नेपाली राजदुवास रियादको अत्यन्त जरूरी सुचना

  • २३ बैशाख २०७७, मंगलवार ००:०३ मा प्रकाशित
  • रियाद साउदी अरब| नेपाली राजदुताबार रियादले ४ मे २०२० का दिन आफ्नो अफिसियल  सामाजिक संजाल फेसबुक पेज मार्फत सुचना जारी गर्दै “कोरोना संक्रमणको महामारी शुरुहुनु भन्दा अगाडि नै ईकमाको म्याद सकिएका, नवीकरण नगरिएका वा ५ महिना भन्दा लामो समयसम्ममा ईकमा नबनाइएका, भगौडा भएका तर कुनै मुद्धा/केश नलागेका वा अन्य कुनै कारणले गैरकानूनी हैसियतमा पुगेका नेपालीहरुका संख्या दैनिक बढ्दै गएको जानकारी प्राप्त भएको छ । माथिको अवस्थामा रहेका नेपालीहरुले नेपाली राजदूतावास रियादको टेलिफोन नम्वरहरु ०५०००३१७०५, ०५०००३४७८६  मा प्राथमिकतासाथ आफ्नो नाम, जिल्ला, पासपोर्ट नम्वर, पुरानो इकामा नम्वर, बोर्डर नम्वर, काम, काम गरेको अवधि र अनुभव, काम गर्ने कम्पनीको नाम, नेपालबाट पठाउने म्यानपावरको नाम जस्ता विवरणहरु टिपाउनुहुन अनुरोध छ ” भनिएको छ।

    सोही सुचना मार्फत उक्त  सूचनालाई टेलिफोन, सामाजिक संजाल लगायतका माध्यम बाट धेरै नेपालीहरुबीच पुर्याई सहयोग गरिदिन गैर आवासीय नेपाली संघ,  साउदी अरबमा क्रियाशील नेपाली संघसंस्था, अनलाइन मिडियाका प्रवन्धक एवं प्रतिनिधिहरुलाई नेपाली राजदूतावासले अनुरोध गरेको छ।


    साथै, महिला, अशक्त विरामी भई नियमित औषधी सेवन गरिरहेका, दुर्घटनामा परी घाइते भएको अवस्थामा रहेकाहरुले समेत प्राथमिकताका साथ आफ्नो विवरण राजदूतावासमा टिपाइदिनुहुन अनुरोध गरिएको छ।नेपाली राजदूतावास रियादमा माथी उल्लेखीत सम्पर्कः नंबरको अलावा निम्न सम्पर्क नंबरमा समेत सम्पर्क राख्न सकिने जनाईएको छ ।(०११४६१११०८ कार्यालय समयमा, ०५५९३८९६००(WhatsApp समेत), ०५०००३१७०५, ०५०००३४७८६, email: eonriyadh@mofa.gov.np

    0 thoughts on “नेपाली राजदुवास रियादको अत्यन्त जरूरी सुचना

    Leave a Reply