
रौतहट
नेपालमा संचार आतंकले पराकाष्ठा नाघेको छ । डलर खाएर हुर्केका ती संचारमाध्यमलाई घटनाको वास्तविकता भन्दा समाजमा जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक द्वैष कसरी फैलाउने भन्ने निहुँ चाहिएको हुन्छ ।
२० वर्ष भन्दा मुनिका बालिकासँग विहे गर्नु/गराउनु कानूनी अपराध मानिएको र सरकारले जारी गरेको “सामाजिक दूरी सहितको बन्दाबन्दी (लकडाउन)” को समयमा पनि २० जनाको ग्यांग लिएर नाबालिकाको अपहरण गर्ने शैलीमा आएकाहरूलाई कुन चाहिँ समाज, बाबुआमा र समुदायले फूलमालाले स्वागत गर्छ ?
२० औं जनाको हुल बनाएर एक जना १७ वर्षीय नाबालिकालाई अपहरणको सैलिमा पुगेका जत्थाका नाइके अभिभावक र स्थानीयसँगको प्रतिकारमा मारिन्छ ।
सो घटनालाई डलरबाट पोषित समाजका केहि उच्छृंखल तत्व र मीडियाले गइराईसम्म पुग्दै नपुगी “दलित भएकै कारण मारिए” भनेर हाइलाइट गरिन्छ । त्यही समाचारलाई आधार बनाएर सारा देश, मीडियाले जातीय आगोमा हावा दिने काम गरिन्छ । यसतर्फ हाम्रो ध्यान खै ?
राज्यबाट छोरीचेलीको भरपर्दो सुरक्षा नभैरहेकैले गर्दा वर्षेनी “निर्मला काण्ड” भैरहेका दृष्टान्तहरू बढ्दो छ, कुनै गिरावट छैन । एसिड प्रहार गर्ने र बलात्कार, हत्या गर्ने घटना बढ्दै गएको समयमा आफ्ना छोरी चेलीको सुरक्षा प्रति गम्भीर नहुने बाबुआमा को होलान र ?
निर्मला काण्ड र त्यस्तै प्रकृतिको अपराधमा यस्तै प्रतिकार भएको भए धेरै चेलीहरु यतिखेर यतिखेर जीवित नै हुन्थे की ?
कुनै पनि घटना, दुर्घटनालाई भावनामा बगेर, जतिवादको चश्माले एकतर्फी नहेरौं नत्र अपराधी हौसिन्छन्, हाम्रा छोरी चेलीहरु असुरक्षित भैरहन्छन् ।

