
समर्पण रम्जान
२६ मे २०२० कासिम साउदी अरब ! साउदी अरेबियाका अधिकारीहरूले कोरोना भाइरसको केही महिनादेखि लागू रहेका लकडाउन तथा कर्फ्युका प्रतिबन्धहरू कम गर्ने निर्णय गरेका छन् ।
उक्त निर्णय, जसले आवागमन र केही आर्थिक र व्यापारिक गतिविधिहरू पुनः सुरु गर्न अनुमति दिँदै सउदी प्रेस एजेन्सीले मंगलबार बिहान आन्तरिक मन्त्रालयको एक आधिकारिक स्रोतलाई उद्धृत गर्दै भनेको छ।
यस कदमले आन्तरिक उडानहरू पुनः सुरु गर्न, मस्जिदहरू, रेस्टुरेन्टहरू र क्याफेहरू खोल्न र कार्य उपस्थितिलाई पनि अनुमति दिएको छ । तर मक्कामा उमराहको लागि भने अस्थायी निलम्बन कायम नै रहिरहने छ।
पहिलो चरण बिहिबार मे २८ देखि सुरु हुने र अन्तिम चरण जुन २० मा समाप्त हुने गरी प्रतिबन्धहरूको सहजता चरणबद्ध रूपमा सम्पन्न गरिनेछ।
पहिलो चरणमा साउदी अरबको मक्का बाहेक अन्य क्षेत्रहरूमा निजी कारहरूमा, राज्यको सबै क्षेत्रहरू बीच र आवागमन बिहान ६ बजे देखि ३ बजे बेलुकी सम्म अनुमति दिइनेछ। आर्थिक र व्यावसायिक गतिविधिहरू खुद्रा तथा थोक पसल र मल्लमा फेरि सुरु हुनेछ तर ब्यूटी सैलून, नाई पसल, खेलकुद क्लब, स्वास्थ्य क्लब, मनोरन्जन केन्द्र र सिनेमाघर सामाजिक दूरीका चिन्ताको कारण बन्द रहनेछ।
दोस्रो चरणमा मे ३१ देखि जून २० सम्म रहने छ । उक्त चरणमा बिहान ६ बजे देखी बेलुकी ८ बजेसम्म अनुमती दिइने छ । मक्का बाहेक राज्यको सबै क्षेत्रहरुमा, शुक्रवारको प्रार्थना सहित सबै राज्यभरका सबै मस्जिदहरूमा सबैकिसिमका प्राथना फेरि शुरू हुनेछन्।
कार्यस्थलमा उपस्थिति निलम्बन समाप्त हुनेछ, मन्त्रालयहरू, सरकारी निकायहरू र निजी क्षेत्रका कम्पनीहरूमा रहेका सबै कर्मचारीहरूलाई उनीहरूको कार्यालयबाट काममा फर्कन अनुमति दिनेछ तर उनीहरूले कडा सावधानीका दिशा निर्देशनहरूको पालना गर्नुपर्ने छ।
नागरिक उड्डयन प्राधिकरण र स्वास्थ्य मन्त्रालयले तोकेको सावधानीका उपायहरूको पालना गरेमा एयरलाइन्सलाई घरेलु उडानहरू सञ्चालन गर्न अनुमति दिइनेछ। अन्तर्राष्ट्रिय उडानहरूको निलम्बन, तथापि, अर्को सूचना नभएसम्म जारी रहनेछ।
बिउटिपार्लर, सैलून, नाई पसल, खेलकुद क्लब, स्वास्थ्य क्लब, मनोरन्जन केन्द्रहरू र सिनेमाघरहरू दोस्रो चरणमा खोल्नलाइ प्रतिबन्धित गरिनेछ। विवाह र अन्त्येष्टि जस्ता पचास भन्दा बढी व्यक्तिको सामाजिक जमघटमा प्रतिबन्ध पनि लागु रहनेछ।
जुन २१ मा सुरु हुने तेस्रो चरणमा, राज्य कोरोनाभाइरस लकडाउन उपायहरू कार्यान्वयन हुनुभन्दा पहिले जस्तो “सामान्य” अवस्थामा फर्किनेछ।
साउदीअरबको पछिल्लो ताजा कोरना अपडेट अनुसार ७६,७२६ जम्मा संक्रमित र ४८,४५० निको भएर फर्केको र ४११ को मृत्यु भएको छ ।
एजेन्सी साउदी गजेट

