तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चुन्न फागुन १ गते निर्वाचन घोषणा गरिएको छ । त्यसका लागि माघ २४ गते संघको साधारण सभा गर्ने निर्णय भएको संघका अध्यक्ष बिरबहादुर रावत (बिरु)ले बताएका छन् ।मंगलवार बसेको संघको बोर्ड बैठक र पूर्व पदाधिकारीको बैठकले संघको नयाँ नेतृत्व चुन्नका लागि निर्वाचनको घोषणा गरेको हो ।
निर्वाचन घोषणा भएसंगै मंगलवारदेखि नै सदस्यता वितरण बन्द गरिएको अध्यक्ष रावतले बताए । अध्यक्ष रावतले आफु आगामी कार्यकालको लागि आकाँक्षी नहुने र बरु राम्रो नेतृत्व चयनमा सघाउने जानकारी दि कसरत हुने संघका सचिव विनिल केसीले जानकारी दिए ।
बिरगंज कपडा बैंकले आज अन्तरास्ट्रिय नया बर्ष २०२१ को शुभ अवसरमा बिरगंजको घन्टाघरमा दिन दुखी असहायहरुमा न्यानो कपडा बितरण गरेको छ ।
बिरगंज कपडा बैंकका सन्योजक बृजेश्वर चौधरीको अध्यक्षतामा भएको कपडा बितरण कार्यक्रममा सुरेन्द्र कुर्मी , जसपाल सिंह ,प्रकाश थारु, मोनिका सिंह , लालबाबु सिंह ,ओम प्रकाश सराफ ,बिरेन्द्र पटेल , कन्हैया पटेल ,श्याम सराफ, ज्योती गुप्ता लगायतको उपस्तिथि रहेको कार्यक्रममा नया ५५ थान कम्बल सहित नया पुरानो लता कपडा ( साडि , सुरुवाल कुर्ता , सर्ट पाइन्ट , स्वेटर , टिसर्ट ) हरु गरि ५७५ थान कपडा २२५ जना सेवाग्राहीहरुलाइ बितरण गरिएको एवम आउने समयमा पनि यो सेवा फरक फरक ठाउँ र समय मा आयोजना हुने कपडा बैंकका सचिव कन्हैया पटेल ले बताउनु भयो ।
समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ बिरगंज पर्साको आयोजनामा तथा अलमन्सुर फाउन्डेसनको सहयोगमा र राईजिङ्ग बिरगंज नेपालको पहलमा गरिब अतिबिपन्न घर परिवारहरुलाई भाडाकुडा किचेनको सामान बितरण गरिएको थियो । सोमबार जिल्ला पर्सा बी.म.न.पा. २ छपकैया घुसुकपुरमा जिल्ला पर्सा पर्सागढी न.पा-५ पचरुखी बहुअर्वा बस्ने ओलायत मिया धोबी, बि.म.न.पा.३ बस्ने नमदिन हवारी र भारतको बिहार घर भई थाना रक्सौल ग्राम नुनियाडिह खेसरिया बस्ने तैयब राय समेतका छोरीहरुको बिवाहका लागि आवस्यक भाडा कुडा लगायत सम्पुर्ण किचेन सामाग्री बितरण गरीएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी गराउनु भयो। उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा अल-मंसुर फाउन्डेशनको जिल्ला अध्यक्ष जेयाउल हक समानी, राईजिङ्ग बिरगंज नेपालका आरजु खान , सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरि सेवा छपकैया-२ का ईन्चार्ज प्र.स.नि.रामेश्वर प्रसाद यादव, प्र.ह. देवेन्द्र कुमार पटेल, प्र.ज. राजु प्रसाद मण्डल , ई. शेख आबिद अलि , एमामुल हक , आरजु ठकुराई , नबिदिन हवारी , साबिर मल्लिक , रोशन शर्मा , सन्दिप सरार्फ , स्थानिय भद्र भलादमी ,बुद्धिजिबिहरु को सहभागीता रहेको थियो ।
उमेश कुशवाहा ,पर्सा -हिन्दूहरुको महान पर्ब छठको उपलक्ष्यमा एक युवक र उनका श्रीमतीले साड़ी तथा गहू बितरण गरेका छन।
नगवाका युवक शेषनाथ पटेल र उनका श्रीमति प्रभा देबिले छठ ब्रतलुलाई आफ्नो निजी खर्चबाट छठ प्रतालुहरुलाई साड़ी तथा गंहू बितरण गरेका छन।
१०थान साड़ी र ५०किलो गहु ब्रतलूहरुलाई बितरण गरिएको छन।हिन्दूहरुको महान पर्ब छठमा नया सड़ी लगाउनु परेको हुनाले विपन्न परिवारलाई एकदो सहयोग गरेको बताए। लक डाउनको बेलामा पनि खाद्यान राहत सामग्री बितरण गर्नुभएको थिए।
पिसफोर दलितस फाउन्डेसन नेपालको आयोजना तथा सिसिबिएन नेपालको आर्थिक सहयोगमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा दलित बालबालिका संग शिक्षाको बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ।
अन्तर्राष्ट्रिय बाल दिवस -२०२० को अवसरमा दलित बालबालिकाको शिक्षामा पहुँच तथा विद्यालय टिकाउ अभियानको लागि दलित बालबालिका संग अन्तरक्रिया तथा छलफल कार्यक्रम संचालन गरिएको छ।
दलित बालबालिकालाई शिक्षाको महत्त्व, विद्यालय टिकाउको लागि के कसरी गर्ने, दलित समुदायमा शिक्षाको अभियान गर्ने, दलित बालबालिकालाई उच्च शिक्षा सम्म कसरी पुर्याउने बारे छलफल गरिएको छ। दलित बालबालिकालाई विद्यालयमा निरन्तरता दिनु पर्छ। शिक्षा नै जिवनको ज्योति रहेकोे छ।
कोरोना भाईरस बाट बच्नको लागि नेपाल भरी लकडाउनको अवस्था रहेकोे छ। नेपाल भरीको विद्यालय बन्द रहेकोे अवस्था छ। विद्यालय बन्द रहेकोले सबै बालबालिका पढ्न नसक्ने रहेकोे छ। जसा मध्ये दलित बालबालिकाहरु पनि धेरै प्रभावित रहेका छ्न। दलित बालबालिका लकडाउनको कारणले पढाईमा खासै ध्यान नदिएको समस्या छ। घरमै पढने मनसाय पनि नरहेको छ। पढने ईच्छा भएको दलित बालबालिकाको आर्थिक अवस्था कमजोर र अभिभावकको कमाई नभएकोले कापी कलम पनि किन्न नसक्ने दलित बालबालिकाको भनाई रहेकोे छ।
कोरोना भाईरस-१९ बाट बच्नको लागि यो अन्तरक्रिया कार्यक्रम २ चरणमा संचालन गरिएको छ। प्रत्येक सहभागिताले मास्कको प्रयोग गरेको छ्न र सामाजिक दुरी कायम गरिएको छ। पहिलो चरणमा ५५ जनाको सहभागिता रहेकोे छ। दोस्रो चरणमा ५६ जनाको सहभागिता रहेकोे छ। यस कार्यक्रममा जम्मा १११ जनाको सहभागिता रहेकोे छ। यसको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष र दलित सामाजिक अभियान्ता मनोज रामले गर्नु भएको छ।
पिसफोर दलित फाउन्डेसन नेपालको सचिव दिपेन्द्र राम, उदय देवि , श्रीकान्ती देवि , १०१ दलित युवा नेतृत्वको संयोजक सुरेन्द्र पासवान , सदस्य अशोक राम लगायतको सहभागिता रहेकोे छ।
उमेश कुशवाहा,बीरगंज मांसिर ०३ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने धार्मिक एवं लोक आस्थाको पर्व छठको तयारी उत्साहका साथ शुरु भएको छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन आज बिहान बर्तालुले स्नान गरेसँगै यो पर्वको विधि शुरु हुन्छ ।
यमपञ्चक पर्व सम्पन्न हुनासाथ तराईमा यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा सर्वसाधारण जुटेका छन् ।
विगतमा वीरगंज लगायत मध्यतराईमा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिएको भएपनि यस वर्ष कोरोना सङ्क्रमणका कारण समस्या देखिएको छ । तर पनि छठ विधिवत् रुपमा मनाउने कार्यका लागि चहलपहल शुरु भइसकेको छ । यतिखेर बीरगंज लगायत पर्साको ग्रामीण क्षेत्रलगायत विभिन्न ठाउँमा छठ मनाउनका लागि पोखरी, ताल तलाउ, नदी किनारको सरसफाइ शुरु भइसकेको छ ।
कोरोना सङ्क्रमण जोखिमका विचमै पर्वको तयारी भई रहेको छ । व्रतालुहरुले बाँसका डाला, नाङ्गलो, ढकिया, कनसुप्ती र माटोको सामग्री लगायतका छठ पर्वमा आवश्यक पर्ने नारिवल, सख्खर किनमेल गर्न बजारमा निस्किएका छन् । विगतमा जस्तो भिडभाडका साथ पर्व मनाउन सर्वसाधारण नजुटेपछि तयारी भने भव्य रुपमा भई रहेको छ ।
कार्तिक महिनाको शुक्ल चर्तुर्थीको दिनदेखि शुरु भई चार दिनसम्म मनाइने छठपर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको छ ।
विशेष गरी तराई मधेशमा मधेशी समुदायले मनाइँदै आएको छठ पर्व केही वर्ष यतादेखि पहाडी समुदाय र मुस्लिम समुदायले समेत मनाउने क्रम बढेपछि यो पर्व लोकप्रिय हुँदै गएको छ ।
छठ ब्रत्त गर्नाले पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ । अत्यन्तै निष्ठाका साथ मनाईने छठ पर्व एक मात्र जिवित भगवानको रुपमा रहेको सुर्यलाई आराधना गरि मनाईने भएको हुँदा यस पर्वको महत्व दिन प्रति दिन बढदै गएको छ ।
सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुशी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रौपदीसहित पाण्डवहरूले अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन शुरु गरिएको पौराणिक ग्रन्थमा उल्लेख छ । अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको सूर्य पुराणमा उल्लेख छ । छठ व्रतका प्रभावले अटल सौभाग्य र पतिप्रेम प्राप्त भएपछि अरुले पनि मनाउने परम्पराको शुरुआत भएको अनुयायीको भनाइ छ ।
मृतकका जेठो र माइलो छोरा माफी दिन तयार थिए, कान्छो र भाइहरु भने खुनको बदला खुन हुनुपर्ने भन्दै माफीको विपक्षमा उभिएपछि म्याग्दीका सन्तबहादुर २० वर्षदेखि जेलमै
काठमाडौँ — साउदी अरबको कुरैयात जेलमा रहेका सन्तबहादुर पुन पछिल्लो पाँच महिनादेखि दूतावासको सम्पर्कमा आएनन् । नियमित सम्पर्कमा आइराख्ने उनी बेखबर बनेपछि दूतावास झस्कियो, कतै उनीमाथि २० वर्षअघि सुनाइएको मृत्युदण्डको सजाय कार्यान्वयन त भएन ? उनको अवस्था बुझ्न गत बुधबार राजधानी रियादबाट दूतावासका कन्सुलर भरत खनाल कुरैयात जेलमा पुगे । यो जेल रियादबाट १२ सय किमि टाढा पर्छ । जेल प्रशासनसँग भेट भएपछि बल्ल ढुक्क भए उनी, सन्तबहादुरको अवस्था ठीक छ । यही खुसीको खबर उनले राजदूत महेन्द्रसिंह राजपुतलाई सुनाए । राजपुत यतिबेला स्थानीय गभर्नरसँग भेटका लागि पुनः समय मिलाउने तरखरमा लागेका छन् । ‘उनी पहिला जस्तो खुसी देखिँदैनन् । पहिला बिन्दास थिए,’ कन्सुलर खनालले भने, ‘मलाई पनि चिनेनन् ।’ खनालसँग उनको यो तेस्रो भेट थियो । जेलमा इन्टरनेट हटाइदिएपछि सन्तबहादुरको परिवारसँग पनि सम्पर्क टुटेको रहेछ । पहिले इमोमार्फत उनले घण्टौंसम्म परिवारसँग संवाद गर्थे । म्याग्दीका सन्तबहादुर २४ वर्षअघि साउदी अरबको दक्षिण भेगस्थित गुरियतको नासफाह गाउँमा खेतीको काम गर्न पुगे । मजरामा उनीसँग गाउँले साथीभाइ पनि थिए । चार वर्षपछि बिदामा घर आए । घरबाट फर्केको ६ महिना हुँदै थियो । उनको साहुका भाइको भेडा चराउने सिरियन नागरिक हज गर्न मक्का गए । उनी हजबाट नफर्केसम्म झन्डै दुई सय भेडा चराउने जिम्मेवारी सन्तबहादुरलाई आयो । भेडा चराउने पहाड मजराबाट टाढै थियो । ओदह अइद हमोउद अल सरारी नाम गरेको एउटा साउदी बारम्बार भेडा माग्न आउन थाल्यो । सन्तबहादुरले पहिलो दिन भेडा दिएनन् । दोस्रो दिन पनि आएर जबर्जस्ती गर्न खोज्यो । उनले एउटा बिरामी भेडा दिएर पठाए । त्यसपछि पनि ऊ भेडा लिन आइरहन्थ्यो । ‘तिमीलाई भेडा दिन मिल्दैन, मलाई मालिकले मार्छ । मालिकसँग नै गएर माग,’ उनले ओदहलाई सम्झाए । हप्कीदप्की गरेर उनले सन्तबहादुरलाई पिट्नै खोजे । ‘ऊ मलाई मार्न अगाडि सरेजस्तो लाग्यो । मसँग साथमा भएको चक्कु चलाएँ, उसको पेटभित्र छिरेछ,’ सन्तबहादुरले घटना सम्झिए, ‘ऊ ठाउँको ठाउँ भयो । मलाई पनि फाँसी हुन्छ भनेर त्यतिखेरै आफूलाई पनि चक्कु हानें । मलाई घाइते अवस्थामा प्रहरीले फेला पारेर अस्पताल पुर्यायो ।’ उनले प्रहरीसमक्ष नढाँटी घटना विवरण सबै बताइदिए । सन्तबहादुरले सप्रमाण आफू दोषी रहेको बताइदिएपछि प्रहरीलाई थप अनुसन्धान गर्न समय लागेन । उनलाई दुई वर्षसम्म नजरबन्दमा राखियो । कसैसँग बोल्न र भेट्न दिइएन । कुरैयात अदालतले २०५८ जेठमा मृत्युदण्डको सजाय दिने फैसला सुनायो । मृतकका तीन छोरा थिए । त्यतिखेर कान्छा छोरा ५ वर्षका थिए । उनी १८ वर्ष पुगेपछि मात्रै मृत्युदण्ड कार्यान्वयनको विषयमा अर्को निर्णय गर्ने फैसला सुनाइयो । मृत्युदण्ड दिन सबै परिवारको सहमति चाहिने भयो । त्यतिन्जेलसम्म सन्तबहादुर जेलमै बस्नुपर्ने भयो । मृत्युदण्डको फैसला पाएपछि उनलाई कुरैयात जेलमा सारियो । ‘यो अपराधीहरू बस्ने घर हो,’ फोन सम्पर्कमा आएका सन्तबहादुरले जेलभित्रैबाट गत फागुनमा कान्तिपुरसँग भनेका थिए, ‘यही घरभित्र बाँच्न सिकें ।’ जेल निकै ठूलो छ । उनी ३ नम्बर भवनमा बस्थे । त्यो भवनमा झन्डै २ सय कैदी कहिल्यै घट्दैनन् । ‘हत्यामा मृत्युदण्ड पाएकालाई फाँसी दिन समय लाग्दो रहेछ,’ उनले भने, ‘लागूऔषध मुद्दाकालाई त तुरुन्तै फाँसी दिन्छ । यस्तो सजाय हरेक मंगलबार कार्यान्वयन हुन्छ ।’ सन्तबहादुरको जीवनमा मंगलबारे खड्गो भने टरिरहेको छ । मृतकका माइलो छोरा फाहदले जेलमै भेटेर माफी दिने वचन दिए । फाहद इस्लामिक स्कुल (मदरसा) का शिक्षक (मुतवे) हुन् । जेठो छोरा पनि माफी दिन तयार थिए । तर, कान्छो छोरा र मृतकका भाइहरू खुनका बदला खुन नै हुनुपर्ने भन्दै माफीको विपक्षमा उभिए । जेलका अधिकारीले सन्तबहादुरका मालिकलाई पीडितमार्फत माफी दिन प्रयास गर्न लगाए । पीडितले मानेनन् । नेपाली दूतावासले मृतकको समुदायका स्थानीय नेतामार्फत पनि माफीको प्रयास गरे तर सम्भव भएन । केन्द्रीयस्तरमा रहेको आममाफी कमिटीका अलकासिम क्षेत्रका गभर्नर, अलजोफ क्षेत्रका गभर्नर र मुख्य न्यायाधीश तीनैजना सन्तबहादुरलाई माफी दिन राजी छन् । तर, मृत्युदण्ड वा माफी दिनेसम्बन्धी विषय कानुनबमोजिम पीडित व्यक्ति तथा निजको परिवारको निजी अधिकार क्षेत्रभित्रको पर्ने हुँदा उच्च सरकारी निकायका अधिकारीहरूको प्रयास सफल भएको छैन । साउदीको परराष्ट्र मन्त्रालयले अलकसिमस्थित मेलमिलाप गर्ने कमिटीलाई मेलमिलाप गराइदिन पत्र लेखेको थियो । कमिटीले ७ अक्टोबर २०१८ मा कुरैयातको जेलबाट फैसलाको प्रति मगायो । कमिटीले बोलाएर छलफल गर्दा पनि पीडित पक्ष सहमत भएनन् । परिवारका एक सदस्य मात्रै पनि माफीको विपक्षमा उभिए माफी दिन मिल्दैन । फैसलालाई कार्यान्वयन गराउनका लागि परिवारले दबाब दिएपछि जेठो छोरा फाहदले अदालतलाई पत्र लेख्दै फैसलालाई कार्यान्वयन गराउन पत्र दिइसकेका छन् । अदालतले फैसला कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्र पठाइसकेको छ । दूतावासले गरेका सबै प्रयास सफल भएका छैनन् । सन्तबहादुरलाई बचाउने अन्तिम प्रयासस्वरूप राष्ट्रपति विद्यादेवी भण्डारीले डेढ वर्षअघि नै साउदी राजालाई पत्र लेखेर माफी दिन अनुरोध गरेकी थिइन् । राजदूत राजपुतले खासगरी पीडित परिवारको कान्छो छोरा सहमतिमा आउनेबित्तिकै समस्याको समाधान हुने बताए । ‘२० वर्षभन्दा बढी जेल बसिसकेको छ । अब यसलाई मानवीय हिसाबले पनि हेरिदिनुपर्छ भनेर त्यस क्षेत्रको गभर्नरलाई भनेको छु,’ राजदूत राजपुतले भने, ‘यो कानुनी हिसाबले सल्टिँदैन । गभर्नरलाई आफ्नो पद र व्यक्तित्वबाट परिवारलाई प्रभावित बनाउन सके भने मात्रै फाँसी रोकिन सक्छ ।’ फाँसीबाट जोगाउन दूतावासबाट भने अनेक सूत्रहरू प्रयोग भइरहेको उनले बताए । पीडित परिवारले माफी नदिएसम्म अन्य कुनै उपायबाट बच्न सम्भव नहुने बुझेरै होला सन्तबहादुरले पहिले नै परिवारलाई कुनै पहलकदमी नलिन भनेका थिए । सानोमै छाडेर हिँडेकाले छोराहरूलाई सन्तबहादुरको अनुहारको खास याद छैन । उनका शिव, खड्ग र मीनबहादुर गरी तीन छोरा छन् । शिव शारीरिक रूपमा अशक्त छन् । सन्तबहादुर बिहान ५ बजे उठ्छन् । उठ्नेबित्तिकै सलाह (प्रार्थना) गर्छन् । कुरानको पाठ पढ्छन् । जेल छिरेलगत्तै उनलाई इस्लाम धर्म कबुल गराइएको थियो । ‘इस्लाम धर्म कबुल गरेमा मलाई माफी मिल्छ भनेर ओदहकै जेठो छोराले भन्यो । उसले इस्लाम धर्म मानेपछि हामी दाजुभाइ हुन्छौं पनि भनेको थियो,’ उनले भने, ‘उसले माफी दिन्छु भनेको थियो । तर लिखित दिएको थिएन ।’ सलाहपछि दिउँसो १२ बजेसम्म सरसफाइ गर्छन् । जेलमा बस्ने साउदीको लुगा धोइदिन्छन् । त्यसबाट आउने पैसा घरमा पठाउँछन् । अहिले भने पहिलाजसरी जेलभित्र काम गर्न सकेका छैनन् । ‘उमेर पनि बूढो हुँदै गएको देखें । परिवार नै पाल्नका लागि मरिमेटे जस्तो लागेन,’ कन्सुलर खनालले भने । लामो समय जेल बसिसकेपछि माफी पाएर छुट्ने हुन् कि भन्ने आशा पत्नी मायालाई पनि छ । ‘परदेशी श्रीमान् तपाईं जेलबाट निस्कने कहिले हो ? बरु अलिअलि पैसा दिए निकाल्छ कि ? कसो हो ? कति सालको जेल दिएको हो ? हामीलाई थाहा नै दिएन,’ मायाले पत्रमा लेखिकी थिइन्, ‘हाम्रो भेट हुन्छ कि हुँदैन ?’ सन्तबहादुरलाई विश्वास छ, ‘मान्छेको भाग्य मात्रै होइन आयु पनि पहिल्यै लेखिएको हुन्छ । पहिल्यै लेखिएको हुन्थेन र कर्मअनुसारको फल पाइन्थ्यो भने म पहिले नै माटोमा मिलिसकेको हुने थिएँ,’ उनी पत्नी मायालाई बारम्बार भनिराख्छन्, ‘मलाई कहिले के पर्छ भनेर चिन्ता गर्नुपर्दैन । जुन दिन ममाथि घटना घट्छ, त्यो दिन मात्रै रुने हो । दुःख मान्ने हो । जति दिनसम्म बाँच्न पाइन्छ ।’ यो खबर ई कान्तिपुरको आजको संस्करणमा होम कार्की द्वारा कभर गरिएको छ !
वीरगंज, कार्तिक १२ / वीरगंजमा अल्पत्र रहेका एक ब्यक्तिलाई उदार गरीएको छ । वीरगंजको घरिअर्वा पोखरीको छेउमा लडिरहेको अवस्थामा अल्पत्र र घाउको ब्यथाले छट्पटी रहेको ब्यक्तिलाई डा. दिपक चौरसियाले उदार गरेका छन् ।
डा. चौरसियाले अल्पत्र रहेको ब्यक्तिलाई उदार गरी वीरगंजस्थित रहेको नारायणी अस्पतालमा उपचारको लागि भर्ना गरेका छन् । डा. चौरसियाले भर्ना गराएका ब्यक्तिलाई आफैंले उपचार गरीरहेको अस्पताल श्रोतले जनाएको छ । वीरगंजमा अहिले सम्म कुनै डाक्टरले नगरेको मानवीय र समाजीक कार्या डा. दिपक चौरसियाले गरेका छन् ।
डाक्टर भएर बाटोमा अल्पत्र रहेको ब्यक्तिलाई उदार गरी आफैंले उपचार गर्ने कार्याले डा. चौरसियाले मानवताको काम र कर्तब्य यहि हो भन्ने समाजमा राम्रो सन्देश पहुचाएको प्रत्यक्षदर्शीले बताएका छन् । डा. चौरसियाको आग्रहमा ग्रीन प्लस फर्मेसीले सो ब्यक्तिमा लाग्ने सम्पुण औषधी सहयोग गरेको छ ।
अल्पत्र रहेको ब्यक्तिले आफ्नो ठेगाना बाराको जितपुर रहेको बताएको अस्पताल श्रोतले जनाएको छ ।
१ कार्तिक हिन्दुहरुको महान पर्व बडादशै नेपाली घराआगनमा भित्रिएको छ । आज बडादशैको पहिलो दिन अर्थात नवरात्रको प्रथम दिन जसलाई घटस्थापना भनिन्छ ।
आज वरिपरि नौ वटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि रोप्ने गरिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा-आजा गरिन्छ।
ब्रह्मवैवर्त पुराण अनुसार वर्णन गरिएका नव दिग्दुर्गाहरू यी हुन् : प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश। पहिलो दिन शैलपुत्री दोस्रो दिन ब्रह्चारिणी, यसैगरी चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ ।
षष्ठी तिथिमा विशेष कार्य-: बेलको हाँगामा तेल, हर्दी लेपन गरी देवीबोधन गरिन्छ । सप्तमीका दिन विशेष कार्य-: दसैं घरमा नवपत्रिका प्रवेश गराई भद्रकाली, सरस्वतीको पूजा गरिन्छ । अष्टमीमा विशेष कार्य-:कालरात्रिको विधिवत् पूजा गरी भगवतीको वाहन बाघको पनि पूजा गरिन्छ ।
खस मष्टपूजकले बाज उडाउने चलन छ । शस्त्रास्त्र -हातहतियार) हरूको पनि पूजा गर्नुपर्छ । महानवमीमा विशेष कार्य-:नवदुर्गा स्वरूप नौ जना कन्याको र दशमीका दिन विहान अपराजिता देवीको पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवी-देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालीका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ।
यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ। आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवी देवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो। गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ ।
नौ रात्रिसम्म पूजा गरेर दशौँ दिन विहान टीका-प्रसाद ग्रहण गरे पछि बचेका अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुने कुरा वनौषधिविज्ञहरूको छ । जौका जमरालाई महौषधि भनिएको छ ।
निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ ।
यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा,आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती -चण्डी), स्त्रोत्र रत्नावली, कालीका स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ।
पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ। पूजक अनुसार वलि दुई प्रकारको हुन्छ | श्रौतयज्ञानुसारको पशु वलि र साकाहारीहरूले प्रदान गर्ने नरिवल ऊखु कुभिण्डो आदि स्मार्तवलि | वलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ।
चीनमा एक टिकटक स्टारको पतिले आफ्नो नियमित ‘लाइभ’ गर्नेक्रममा नै पेट्रोल खनाएर आगो लगाइदिएपछि मृत्यु भएको छ। बिबिसीमा प्रकाशित समाचार अनुसार लामु नाम गरेकी ती महिला चिनियाँ संस्करणको टिकटक ‘डोइन’मा चर्चित थिइन् जहाँ उनलाई लाखौंले पछ्याउने गरेका थिए। स्थानीय चिनियाँ संचारमाध्यमका अनुसार पूर्व पतिले लगाएको आगोबाट उनको शरिरको ९० प्रतिशत भाग जलेको थियो। आक्रमण भएको दुई सातापछि बुधबार उपचारका क्रममा उनको मृत्यु भएको हो। घटनाले चीनमा महिलाविरूद्ध हुने हिंसालाई पुनः सामाजिक संजालमा आलोचनाको प्रमुख विषय बनाएको छ। चीनको सिचुवान प्रान्तकी बासिन्दा ३० वर्षीय लामु टिकटकमा पोस्ट गर्ने ग्रामिण जीवन झल्काउने सुखद् टिकटक भिडिओका कारण टिकटक प्रयोगकर्तामाझ चर्चित रहँदै आएकी थिइन्। टिकटकका प्रयोगकर्ताहरूले बिना मेकअप भिडिओ बनाएकोमा उनको प्रशंसा गर्ने गरेका थिए। उनको भिडिओमा लाखौंको संख्यामा ‘लाइक्स’हरू आउने गर्थे। त्यहाँको स्थानीय प्रहरीले उनीमाथि सेप्टेम्बर १४ मा आक्रमण भएको जनाएको छ। आक्रमणपछि उनलाई उपचारका लागि सुरूमा स्थानीय अस्पताल लगिएको थियो भने त्यसपछि उनलाई सिचुवानको प्रान्तीय अस्पतालमा सारिएको थियो। घटनामा घाइते भएकी उनको उपचारका लागि उनका परिवारले प्रशंसकहरूसँग आर्थिक सहयोगका लागि आव्हान गरेर २४ घण्टामा एक मिलियन चिनियाँ युवान संकलन गरेको त्यहाँको एक स्थानीय संचारमाध्यमले जनाएको छ। चिनियाँ प्रहरीले घटनामा संलग्न भएको शंकामा लामुका पूर्वपतिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।
डेली मेलले लामुले सेप्टेम्बरमा उनले अन्तिम भिडिओ पोस्ट गरेको जनाएको छ। सो भिडिओमा उनले आफ्ना प्रशंसकलाई परम्परागत तिब्बती भाषाको गीतमा शुभकामना दिएकी थिइन्। भोलिपल्ट आफ्नो नियमित लाइभमा आएकी लामुको लाइभ स्क्रिन कालो भएको थियो र लाइभ हेरिरहेका प्रयोगकर्ताहरूले उनी चिच्याएको आवाज सुनेका थिए। त्यसपछि दुईदिन पछि उनी दिदीले घटनाको जानकारी दिएपछि उनीमाथिको आक्रमण भएको सार्वजनिक भएको थियो।