तुलसिपुर उबासकाे फागुन १ मा निर्वाचन हुने

  • २२ पुष २०७७, बुधबार १८:५८ मा प्रकाशित
  • तुलसिपुर पुस २२

    तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चुन्न फागुन १ गते निर्वाचन घोषणा गरिएको छ । त्यसका लागि माघ २४ गते संघको साधारण सभा गर्ने निर्णय भएको संघका अध्यक्ष बिरबहादुर रावत (बिरु)ले बताएका छन् ।मंगलवार बसेको संघको बोर्ड बैठक र पूर्व पदाधिकारीको   बैठकले संघको नयाँ नेतृत्व चुन्नका लागि निर्वाचनको घोषणा गरेको हो । 

    निर्वाचन घोषणा भएसंगै मंगलवारदेखि नै सदस्यता वितरण बन्द गरिएको अध्यक्ष रावतले बताए । अध्यक्ष रावतले आफु आगामी कार्यकालको लागि आकाँक्षी नहुने र बरु राम्रो नेतृत्व चयनमा सघाउने जानकारी दि कसरत हुने संघका सचिव विनिल केसीले जानकारी दिए ।

    Leave a Reply