दलित बालबालिका संग शिक्षाको बारे अन्तरक्रिया कार्यक्रम संचालन

  • ४ मंसिर २०७७, बिहीबार १२:२६ मा प्रकाशित
  • उमेश कुशवाहा,पर्सा ४,मंसिर

    पिसफोर दलितस फाउन्डेसन नेपालको आयोजना तथा सिसिबिएन नेपालको आर्थिक सहयोगमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा दलित बालबालिका संग शिक्षाको बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ।

    अन्तर्राष्ट्रिय बाल दिवस -२०२० को अवसरमा दलित बालबालिकाको शिक्षामा पहुँच तथा विद्यालय टिकाउ अभियानको लागि दलित बालबालिका संग अन्तरक्रिया तथा छलफल कार्यक्रम संचालन गरिएको छ।


    दलित बालबालिकालाई शिक्षाको महत्त्व, विद्यालय टिकाउको लागि के कसरी गर्ने, दलित समुदायमा शिक्षाको अभियान गर्ने, दलित बालबालिकालाई उच्च शिक्षा सम्म कसरी पुर्याउने बारे छलफल गरिएको छ। दलित बालबालिकालाई विद्यालयमा निरन्तरता दिनु पर्छ। शिक्षा नै जिवनको ज्योति रहेकोे छ।

    कोरोना भाईरस बाट बच्नको लागि नेपाल भरी लकडाउनको अवस्था रहेकोे छ। नेपाल भरीको विद्यालय बन्द रहेकोे अवस्था छ। विद्यालय बन्द रहेकोले सबै बालबालिका पढ्न नसक्ने रहेकोे छ।
    जसा मध्ये दलित बालबालिकाहरु पनि धेरै प्रभावित रहेका छ्न। दलित बालबालिका लकडाउनको कारणले पढाईमा खासै ध्यान नदिएको समस्या छ। घरमै पढने मनसाय पनि नरहेको छ।
    पढने ईच्छा भएको दलित बालबालिकाको आर्थिक अवस्था कमजोर र अभिभावकको कमाई नभएकोले कापी कलम पनि किन्न नसक्ने दलित बालबालिकाको भनाई रहेकोे छ।


    कोरोना भाईरस-१९ बाट बच्नको लागि यो अन्तरक्रिया कार्यक्रम २ चरणमा संचालन गरिएको छ। प्रत्येक सहभागिताले मास्कको प्रयोग गरेको छ्न र सामाजिक दुरी कायम गरिएको छ। पहिलो चरणमा ५५ जनाको सहभागिता रहेकोे छ। दोस्रो चरणमा ५६ जनाको सहभागिता रहेकोे छ। यस कार्यक्रममा जम्मा १११ जनाको सहभागिता रहेकोे छ।
    यसको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष र दलित सामाजिक अभियान्ता मनोज रामले गर्नु भएको छ।

    पिसफोर दलित फाउन्डेसन नेपालको सचिव दिपेन्द्र राम, उदय देवि , श्रीकान्ती देवि , १०१ दलित युवा नेतृत्वको संयोजक सुरेन्द्र पासवान , सदस्य अशोक राम लगायतको सहभागिता रहेकोे छ।

    Leave a Reply