• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

झिल्काकार सरिता सेढाईंका चोटिला झिल्का कविताहरू

  • २ माघ २०८०, मंगलवार १९:११ मा प्रकाशित
  • झिल्काकार सरिता सेढाईंका चोटिला झिल्का कविताहरू- 
    [१]
    दुःखले लगाएपछि पार
    तब मात्र जीवनले
    पाउँछ होला सार ।
    [२]
    जीवन कर्कलाको पानी
    अडिन मान्दैन कठै
    बगेर कता जानी ।
    [३]
    मायाको बन्धनले बाँध
    प्रिय नपार बिचल्ली
    प्रेमिल विश्वासले साँध ।
    [४]
    उमेर ढल्किँदै गयो
    हरेस खान्छ मनले
    अस्ताउँदो घाम भयो ।
    [५]
    छोराछोरी साथ भए
    कति हुन्थ्यो आनन्द
    सबै परदेश गए ।
    ✍️
    सरिता सेढाईं
    
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, सरिता सेढाईंLeave a Comment on झिल्काकार सरिता सेढाईंका चोटिला झिल्का कविताहरू

    पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष झिल्का लेखन शृङ्खला- ४ सम्पन्न

  • १ माघ २०८०, सोमबार १५:०६ मा प्रकाशित
  • झिल्का कविता लेखन अभ्यासको चौथो शृङ्खला सम्पन्न भएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर झिल्का साहित्य समाज, नेपालले उक्त कार्यक्रमको गरेको थियोे । कार्यक्रममा झिल्काकारहरूको उत्साहप्रद सहभागीता रहेकोे थियोे । नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न स्थानहरूबाट करिब ४ दर्जन बढी झिल्काकारहरूको सहभागीता रहेको थियोे ।

    झिल्का नेपाली माटोमा उम्रिएको, अर्थपूर्ण संरचनायुक्त सरल, लघुतम एक मौलिक नवीनतम काव्य विधा हो । जुन विम्व, प्रतीक आदिको प्रयोग गरेर चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । यसका प्रत्येक हरफमा तीन तीन शब्दहरू हुन्छन् । यसरी यस कवितामा जम्माजम्मी ९ शब्दहरू रहेका हुन्छन् । तसर्थ यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    यसका तीन हरफहरू मध्ये पहिलो र  तेस्रो हरफहरूको अन्तमा तुक (अनुप्रास) अनिवार्य गरिएको छ । यसमा शब्दानुप्रास र एकाक्षरी तुकान्त पनि स्वीकार गर्ने गरिन्छ । तर अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रोले समर्थन गर्दै विस्तार र तेस्रोले भावलाई उत्कर्षमा पुर्‍याउँदै समापन गर्दछ । यी तीनवटै हरफमा परस्पर प्रगाढ सम्बन्ध हुनुपर्छ ।

    झिल्का लेखन अभ्यास शृङ्खला- ४ (पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता  दिवस विशेष)
    
    #सङ्कलन/सम्पादन/संयोजन- वसन्त अनुभव
    ~~~~~~~~~~~~~~~~~~
    [१]
    युद्ध चरण चरण 
    गरेरै पृथ्वीनारायण शाहले
    गरे नेपाल एकीकरण !
    १)
    पसिना  यही  माटोमा
    बगाए  अगाडि  बढ्दछ
    देश प्रगतिको बाटोमा ।
    २)
    खाइ नखाइ गरेर
    लडे देशभक्त युवाहरू
    कति गए मरेर ।
    ३)
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    २०८०/९/२७
    ~~~~<•>~~~~
    [२]
    रह्नेछ पृथ्वीमा नाम
    इतिहास बन्ने यहाँ
    गरेर जनहित काम ।
    १)
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~~~~<•>~~~~
    [३]
    उदय वंशको शाह
    पृथ्वीनारायण शाहबाटै सुरु
    नेपालको एकिकरण वाह !
    १)
    पृथ्वीनारायणलाई गरौँ सह्रनी
    एकताको लागि उनले
    कतिलाई गरे अह्रनी ।
    २)
    पृथक पृथक गरेर
    बन्यो उनैबाट नेपाल 
    गए योद्धा मरेर ।
    ३)
    अहिलेको नेताको पारा
    अरूको अगाडि लम्पसार
    भए साह्रै हुतिहारा ।
    ४)
    सारा जन मिल्दाखेरि
    देश अघि बढ्थ्यो
    भएन केही हत्तेरी ।
    ५)
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~~~~<•>~~~~
    [४]
    अखण्ड देशका लागि
    एकता यो बनिरहोस्
    सङ्घर्ष गरौँ नभागी ।
    १)
    पृथ्वी दिवस मनाऊँ
    एकता बलियो सन्तान
    देशभक्ति गित गाऊँ ।
    २)
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ~~~~<•>~~~~
    [५]
    ज्यानको बाजी लगाई
    एउटै देश बनाए
    पृथ्वीनारायणले पसिना बगाई ।
    १)
    टुक्रा राज्य जोडेर 
    एउटै घर बनाए
    दुश्मनकाे शक्ति तोडेर ।
    २)
    कुटनैतिक चाल गरेकाे
    सिङ्गो राज्य बनाउन
    थियोे बैरीसँग लड्नुपरेकाे ।
    ३)
    पृथ्वीनारायणले युद्ध गरे
    एउटै देश बनाउन
    युवाहरू कति मरे ।
    ४)
    राज्य बिस्तार गरे 
    इतिहासमा नाम लेखाउँदै
    एकताको सन्देश छरे ।
    ५)
    ✍️राज कुमार राजभण्डारी "खाेटाङ्गे"
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    ~~~~<•>~~~~
    [६]
    टुक्रा राज्य एकीकरण
    गरे पृथ्वीनारायण शाहले,
    लडेर  हरेक  चरण।
    १)
    शाहसी  एक  थिए 
    गोर्खाली पहिचान बनाई 
    राष्ट्रलाई योगदान दिए ।
    २)
    इतिहासमा नाम राखे
    राष्ट्र  निर्माण  गर्दा,
    जोखिममा आफूलाई जाके ।
    ३)
    पुष्पा राई, खाेटाङ।
    २०८०।०९।२७।
    ~~~~<•>~~~~
    [७]
    एकीकरणको सुत्रपात गरेर
    नेपाल सिँङ्गो बनाउँदै
    पृथ्वी  गए  मरेर ।
    १)
    मेटिँदैन इतिहास उनको
    पृथ्वी जयन्ती मनाऔँ
    सम्झना राखौँ गुनको ।
    २)
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी
    ~~~~<•>~~~~
    [८]
    अनेकतामा एकता खोज्दै
    मान्छे भौँतारिएर हिँडिरहेछ
    एकतामा अनेकता रोज्दै ।
    १)
    ✍️ धुर्व श्रेष्ठ 
    ~~~~<•>~~~~
    [९]
    मिलाएर सबै प्रबन्ध
    एकताको मालामा पृथ्वी
    छरेका माटोको सुगन्ध !
    १)
    बिहानी पूर्वको लाली
    गाउँघर भएको उज्यालो
    सुन्दर मेची महाकाली !
    २)
    भयो हाम्रो एकीकरण
    अनेकतामा एकताको पाठ
    ठुलो बन्यो समिकरण !
    ३)
    मनको कालो  हटाएर
    एकतामा भावमा सधैँ
    देशको प्रेम जगाएर !
    ४)
    मलिलो देशको माटो
    पृथ्वीको सौम्य सपना
    सुन्दर गाउँघरको बाटो  !
    ५)
    ✍️ आर्त अकुलीन
    ~~~~<•>~~~~
    [१०]
    तिमीले चालेका पाइला
    छाडेका सफलता पाएर 
    पृथ्वीको हातै दाहिना ।
    १)
    टुक्रिएका राज्यको रचना
    नेपाल एउटै मालामा
    बनायौ देशको संरचना ।
    २)
    आधार सिङ्गो देशले
    हरेक लडाइ जितेर
    पृथ्वी खोज्छ परिवेशले ।
    ३)
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~~~~<•>~~~~
    [११]
    झिल्का अगुल्टो बन्नुपर्छ
    साथ भरोसा लेखकको
    भ्रष्टाचारको खोइरो खन्नुपर्छ ।
    १)
    तातेताते हिँड्दैछ झिल्का
    हात समातेर तान्नुपर्छ
    भ्रष्टलाई सम्झेर छिल्का ।
    २)
    देशका लागि लड्नेहरू
    चरण चरणमा मारिए
    उचाइमा पुराउन चड्नेहरू । 
    ३)
    पुर्खाहरूको एकता दिवस
    कोही रेटिए मारिए
    लड्नैपर्ने मिली आपस ।
    ४)
    ✍️ चुडामणी देबकोटा 
    चनपा १३ काठमाण्डौ
    ~~~~<•>~~~~
    [१२]
    एकताको माला गाँसेर
    इतिहासमा उदाहरणीय बने
    खण्ड खण्ड मासेर ।
    १)
    सिङ्गो राज्यको बिस्तार
    नेपाल नेपालीको चिनारी
    बनाएर छाडे सार ।
    २)
    कस्तो सरकार अहिले
    जनताको वास्ता नगर्ने,
    बुझ्दैनन् पिर कहिले ।
    ३)
    नितान्त जोखिम मोलेर
    पृथ्वीनारायण शाहले गरे
    एकीकरण हृदय खोलेर ।
    ४)
    लड्दै जितेका थिए
    राष्ट्रको हित सोचेर 
    उनले दिव्योपदेश दिए ।
    ५)
    गर्छन् किन जालझेल
    केवल अपारदर्शी नीति,
    नबुझिने राजनीति खेल ।
    ६)
    नमूना हाम्रो नेपाल
    प्राकृतिक स्रोतको धनी
    छन् सुन्दर हिमाल ।
    ७)
    ✍️ पृथक प्रकृति, झापा
    ~~~~<•>~~~~
    [१३]
    राष्ट्रनिर्माता देशका हाम्रा
    पृथ्वीनारायण  शाहले गरे
    एकताको  सन्देश  राम्रा ।
    १)
    राज्य बिस्तार गरेर
    इतिहासमा नाम राखे
    गए अमर भएर ।
    २)
    पौष सत्ताइस मनाऊँ
    सारा देशभक्त जनता
    शान्तिको सन्देश गुन्जाऊँ ।
    ३)
    टुक्रे राज्य  जोडेर
    एकताको  सुत्र उनी
    गए संसार छोडेर ।
    ४)
    ✍️ कला ढकाल
    झापा दमक।
    ~~~~<•>~~~~
    [१४]
    शिसाझैँ हेर फुटेर
    टुक्रा टुक्रामा टुक्रिए
    लैजाला देश लुटेर ।
    १)
    नगरौँ भाइ अबेर
    एकता बल हो
    कमिलाको दल हेर ।
    २)
    ✍️ बिके मुखिया
    दार्जिलिङ भारत।
    ~~~~<•>~~~~
    [१५]
    इतिहासको पाना हेरेर
    पृथ्वी पृथक देखिए
    यही माटोमा जन्मेर ।
    १)
    हरेक चरणमा लडेर
    टुक्रिएको राज्य एकीकरण
    स्वागत दिल खोलेर ।
    २)
    एकतामा बढेर अस्तायो
    त्यो वीर पृथ्वीनारायण 
    झगडा नगर्न खटायो ।
    ३)
    नेपाल एकीकरण गरी
    तिमी परलोक गयौ
    एकताको सन्देश छरी ।
    ४)
    एवाइ प्रभात
    धनकुटा सहिदभुमि -३,कोड्लाङ
    ~~~~<•>~~~~
    [१६]
    गरेर फरक काम 
    देश जनताको लागि 
    राख्यौ आफ्नो नाम ।
    १)
    लगायौ ज्यानको बाजी
    देश एकीकरण गर्‍यौ
    बनाई जनता राजी ।
    २)
    ✍️ रुना कर्माचार्य दाहाल 
    चितवन
    ~~~~<•>~~~~
    [१७]
    जुटेर अगाडि सरौँ
    सबैलाई देशको माया
    अब खुसीले भरौँ ।
    १)
    देशले चिनारी दियो
    सबैलाई अब चिनाऊ
    यसैको हामी थियो ।
    २)
    उन्नति विकास भराऊ
    हामी यही देशका
    एकताको परिचय गराऊ ।
    ३)
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    ~~~~<•>~~~~
    [१८]
    लिन सकाैँ ज्ञान
    बल हुन्छ एकतामा
    दिए सबले ध्यान ।
    १)
    मानेर ठुलाे गर्व
    देशभर सबले मनाऔँ
    राष्ट्रिय एकताको पर्व ।
    २)
    स्वार्थभन्दा माथि उठेर
    उचालाैँ सान देशकाे
    एकसाथ हामी जुटेर ।
    ३)
    ✍️ त्रिलाेचन भण्डारी 
    मेचीनगर,झापा
    ~~~~<•>~~~~
    [१९] 
    विचार आएर  सुपुत्रमा 
    खण्डित यो देशलाई 
    रचे एकताको सूत्रमा ।
    १)
    सयौँ भाषा जाति 
    एकतामा बाँधिए मात्रै 
    चर्किन्न नेपालको छाती ।
    २)
    तराई पहाड हिमाल 
    सबै जुट्न सकेमा 
    बन्छ सुन्दर नेपाल ।
    ३)
    ✍️ बाबुराम पाण्डे 
    अर्घाखाँची
    ~~~~<•>~~~~
    [२०]     
    शब्दमा मात्र नहोस् 
    राष्ट्रको राष्ट्रिय एकता 
    सबैको काममा रहोस् ।
    १)
    राष्ट्रको स्वाभिमान खातिर 
    चेतना, विकास, समृद्धि 
    एकताले हुनेछ आखिर ।
    २)
    ✍️ प्रेम थापा "मन"बागलुङ
    ~~~~<•>~~~~
    [२१]
    बगाए पसिना माटोमा
    हरेक दिन हिँडेर
    देशको  पवित्र बाटोमा !
    १)
    हुनुपर्छ देशमा एकता 
    पृथ्वीनारायणको जस्तै अहम् 
    साहस अनि प्रतिबद्धता ।
    २)
    पृथ्वीको जस्तो चाहना 
    होस् हामी सबैको
    यही छ शुभकामना !
    ३)
    ✍️ श्रीकृष्ण  धामी - बझाङ
    ~~~~<•>~~~~
    [२२]
    राष्ट्रनिमार्ण भन्नै लाज
    कार्यशैली उल्टाे भयो 
    स्वाभिमान खोइ आज ।
    १)
    ✍️ जि.बि.चिन्तन 
    ~~~~<•>~~~~
    [२३]
    साना राज्य जोडेर 
    बनाए सिङ्गो घर
    वैरीको सेखी तोडेर !
    १)
    प्रजा हर्षित थिए
    एउटै डालीमा राख्दा
    सबै दुश्मन देखिए ।
    २)
    टुक्रा राज्य सगाल्न
    कुटिनीतिको चाल चले
    राज्य बिस्तार थाल्न ।
    ३)
    गर्जिन्थे शेर बनेर
    घर बिगार्ने वैरीको 
    टाउको काट्थे गनेर ।
    ४)
    ✍️ सीमा कार्की समर्पण
    झिल्का कविता लेखन अभ्यास 
    ~~~~<•>~~~~
    [२४]
    टुक्रा टुक्रा थियो
    सिङ्गो राष्ट्र बनाए
    जनतामा बालेर दियो ।
    १)
    पूरा गरे रहर
    बसेर जनताको मनमा
    बनाए ठुलो सहर ।
    २)
    उच्च पारौँ शिर
    जिवनमा आज्ञाकारी भई
    मानेर उनलाई वीर ।
    ३)
    ✍️ अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा - ६ संखुवासभा ।
    ~~~~<•>~~~~
    [२५]
    पृथ्वीनारायणको सम्झेर चरण 
    आत्मादेखि नै गरौँ
    राष्ट्रनिर्मातालाई सधैँ  स्मरण !
    १)
    बल बुद्धि धन 
    उनेर एउटै मालामा 
    सम्पुर्ण नेपाली मन !
    २)
    हिमाल पहाड तराई
    राखौँ उच्च विचार 
    नसम्झी कोही  पराइ !
    ३)
    समभावको मन्त्र  गुनेर 
    सम्पूर्ण नेपाली जनलाई 
    एउटै मालामा उनेर !
    ४)
    विविधतामा एकताको मलजल 
    शान्त देश बुद्धको
    रहोस् सदा अटल !
    ५)
    छाया परे महामानव
    हावी भए यहाँ 
    मानव रूपी दानव !
    ६)
    डुब्नै लाग्यो देश 
    महामानव आऊ फेरि  
    बदलेर रूप भेश !
    ७)
    ✍️ दीपा गुरुङ 
    ~~~~<•>~~~~
    [२६]
    भिन्न भिन्न जातभित्र
    पृथ्वीको शासन अघि
    थियो अर्कै मानचित्र ।
    १)
    देशमा अशान्ति थियो
    पृथ्वीनारायण शाहको कारणले
    सबैमा एकता दियो ।
    २)
    आपसमै युद्ध हुन्थ्यो
    एकीकरण अघिका देश
    एकअर्काको कहाँ सुन्थ्यो ?
    ३)
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ~~~~<•>~~~~
    [२७]
    छरिएका फूल उनेर 
    एउटा माला बनाए 
    अस्तित्व रहन्छ भनेर । 
    १)
    देशको शिर उठाए 
    भविष्य पहिल्यै सोचेर 
    आफ्ना सैनिक पठाए । 
    २)
    नेपाल भन्न पायौ 
    वीरको रगतले कोरेको 
    नेपाली गीत गायौ । 
    ३)
    ✍️ सुस्मिता अधिकारी,काठमाडौँ
    ~~~~<•>~~~~
    [२८]
    नेपालविना त हामी
    कहाँ, कसरी हुन्थ्यो
    पहिचान नेपाली नामी । 
    १)
    पृथ्वीको अटल सान
    नेपाल देश हो
    सबै नेपालीले जान ।
    २)
    हाम्रा पृथ्वीनारायण शाह
    जयहोस् तिम्रो सदा
    देश नेपाल वाह ! 
    ३)
    ✍️ बिके माकजू , भक्तपुर ।
    ~~~~<•>~~~~
    [२९] 
    आउनू आज एकफेर
    सहिदको गुणगान गरौँला
    गाउँ धरा बसेर ।
    १)
    म पुज्छु धर्तीलाई
    दिन्छ मलाई प्राण
    आउन सम्पूर्ण दाजुभाइ ।
    २)
     ✍️ मुक्ति कफ्ले
    भारत, असम (कोक्रझार)
    ~~~~<•>~~~~
    [३०]
    कुटनैतिक खाडल खन्यो
    पृथ्वीनारायण शाहकै अगुवामा
    सिङ्गो नेपाल बन्यो ।
    १)
    शाह गोरखाबाट उदाए
    गरेर जनताको हित
    नुवाकोटको देवघाटमा अस्ताए
    २)
    ✍️ भुपेन्द्र राना मगर 
    धादिङ
    ~~~~<•>~~~~
    [३१]
    एकीकरण पृथ्वीले आँटेका
    विशाल   बनाई   नेपाल 
    एकताको सुत्रमा बाँधेका ।
    १)
    निस्वार्थ  थियो  एकता 
    बिखण्डनवादीले जे भन
    पाइन्न यस्तो जतातता ।
    २)
    एकता  हुन्छ  मायाले 
    मुटुमा  राखेर  माटो 
    बस्नुपर्छ देशको छायाले ।
    ३)
    फूलबारी  हो  बहुजातकाे
    नेपाल   साझा   घर 
    परिचय आपतमा ओैकातकाे ।
    ४)
    प्रतिबद्ध बनौँ एकतामा
    हामी  जातै  नेपाली 
    विश्वास नगराैँ जडतामा ।
    ५)
    ✍️ रामप्रसाद पुरी ,बादेल, खाेटाङ ।
    ~~~~<•>~~~~
    [३२]
    फुटेर हैन जुटेर
    राष्ट्रियता तब बाच्ला
    नत्र लैजाला लुटेर ।
    १)
    स्वाधीनताले  उठ्दछ गर्व
    विविधतामा थियो  एकता
    जुटेर सबै वर्ग ।
    २)
    भाइ भाइमा फुट
    राष्ट्रघात यहीँ  हो
    गर्छ वैरी ब्रह्मलुट ।
    ३)
    किन चेतना गिर्‍यो
    नेपाली  जन जनको
    यसैले आमालाई  पिर्‍यो ।
    ४)
    विन्ती नाम नाममा
    फुटेर नगुमाऊ  अस्तित्व
    जुटौँ एकताको काममा ।
    ५)
    ✍️ मनोहरी पौडेल 
    गैडाकोट १
    २०८०/९/२७
    ~~~~<•>~~~~
    [३३]
    पुर्खाको रगतले बनेको
    हाम्रो स्वाभिमान नेपाल
    विश्वमा सगरमाथा सजेको ।
    १)
    हिमाल पहाड तराई 
    गोर्खालीको यो सान
    कोही छैन पराइ ।
    २)
    उत्तर हिमाल टल्किन्छ
    नेपाल देश प्यारो
    तराई समथर झल्किन्छ ।
    ३)
    ✍️ शरद प्रधानाङ्ग, विराटनगर -७
    ~~~~<•>~~~~
    [३४]
    पृथ्वीनारायण एक गरे
    अहिले नेता भ्रष्ट 
    के हुन्छ भरे ?
    १)
    अनेक फूल जोड्यौ
    देशको एउटै माला
    बनाई तिमी छोड्यौ ।
    २)
    राष्ट्रिय गहना थियौँ 
    भारेभुरे थिए राज्य
    एक बनाई दियौँ !
    ३)
    ✍️ शोभा आचार्य गौतम 
    काठमाडौँ
    ~~~~<•>~~~~
    [३५]
    योजना बोकेर ताजा
    सपना एकीकरणको महत्त्वाकाङ्क्षी
    पृथ्वी गोरखाका राजा ।
    १)
    विशाल नेपालको निर्माता
    थरी थरी फूलहरू
    ओढाए एउटै छाता ।
    २)
    ✍️ म्यामराज राई, भोजपुर ।
    ~~~~<•>~~~~
    [३६]
    हरेक राज्यलाई बुन्यौ
    उन्यौ यौटै मालामा 
    सयौँ शब्दहरू गुन्यौ ।
    १)
    तिमीले आर्जेको देश
    आजकाल राक्षसको भेषमा
    देशमा विदेशीको प्रवेश ।
    २)
    एक राजनेता थियौ
    साँच्चिकै होनहार राजा
    नेपालीलाई नेपाल दियौ ।
    ३)
    ✍️ शशी आचार्य 
    ~~~~<•>~~~~
    [३७]
    एकतामा एक दियो
    हुँदा पृथ्वीनारायण शाह
    स्वर्गको देश थियो ।
    १)
    ✍️ कबिताहरी 
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ~~~~<•>~~~~
    [३८]
    आऊ एता उठेर 
    सफाइ गराैँ देशको
    नरनारी सब जुटेर ।
    १)
    टुक्रा  राज्य जाेडेर
    पृथ्वी नामका राजाले
    गए नासाे छाेडेर ।
    २)
    ज्यानको  बाजी  लगाए
    राजा पृथ्वीनारायणले हेर
    सैतान टाढा  भगाए।
    ३)
    ✍️ केशवप्रसाद ढकाल 'प्रीतबीज'
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    ~~~~<•>~~~~
    [३९]
    बोकेर मन्त्र एकीकरणको
    उदाए  पृथ्वी  ध्रुवतारा
    सारा गणराज्य समीकरणको ।
    १)
    जुटौँ जनता सकसको
    गाऔँ सुरिलो गीत
    राष्ट्रीय एकता दिवसको ।
    २)
    नबाचौँ हामी फूटेर
    अपसकुन बन्छ जातिको
    अघि  बढौँ जुटेर ।
    ३)
    ✍️ मोती सुब्बा 
    दार्जिलिङ, भारत।
    ~~~~<•>~~~~
    [४०]
    एक भएर मनाऔँ
    राष्ट्रिय एकता दिवस
    अखण्ड नेपाल बनाओैँ । 
    १)
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी 
    (२७ पुस २०८०)
    ~~~~<•>~~~~
    [४१]
    एउटै मालामा उनेर 
    चारवर्ण छत्तिस जातलाई 
    साझा चौतारी चुनेर 
    १)
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~~~~<•>~~~~
    [४२]
    एकता हुनुपर्छ मनको
    वर्गीय एकतामा मात्र
    भलाइ यावत् जनको ।
    १)
    मुठ्ठी कस्नुको प्रतिफल
    समान मजबुत किल्ला
    बनाउँछ सशक्त सबल ।
    २)
    ✍️ कृष्णकुमार वैद्य 
    बनेपा ९, काभ्रे
    ~~~~<•>~~~~
    [४३]
    पृथ्वी थिए बडामहाराजा
    देशमा एकता बनाउने
     नेपाली जनताका साझा ।
    १)
    नेपालका राष्ट्रिय विभूति 
    एकीकरण गरे टुक्रिएकोमा
    दलबल बनाई राउती ।
    २)
    ✍️ भगवती दवाडी ,झापा
    ~~~~<•>~~~~
    [४४]
    विदेशी शक्तिको हरण
    लगाएर ठुलो जुक्ति
    गरे नेपालको एकीकरण ।
    १)
    दिव्य उपदेश राम्रा
    नेपाल एक बनाउने
    नायक पृथ्वीनारायण हाम्रा ।
    २)
    टुक्रा टुक्रा जोडेर
    नेपाल एउटै बनाए
    दुश्मनका गर्धन तोडेर ।
    ३)
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ~~~~<•>~~~~
    [४५]
    राष्ट्रिय एकता दिवस
    विवश आनाकानी गर्नेहरू 
    नगरी कुनै बहस l
    १)
    बाँधे देशलाई एकसूत्रमा
    जनमन माझ भिजेर
    कहलाए सच्चा राष्ट्रपुत्रमा  l
     २)
    राष्ट्रका हुन् हिरा
    बनाए अखण्ड राज्य
    जोडेर कैयन् चिरा l
    ३)
    लडेर वीरताको समर
    सिङ्गो नेपाल बनाई
    बने युगपुरुष अमर l
    ४)
    ✍️ बाबुराम गौतम, गुल्मी
    ~~~~<•>~~~~
    [४६]
    नेपाल एकिकरण गरे
    बडामहाराजाधिराजले तर आज
    देश विदेशीले  भरे ।
    १)
    नेपाल नामाकरण गरेर
    जिम्मा दिए सन्ततिलाई 
    गए दिव्याेपदेश छरेर ।
    २)
    टुक्राटुक्रा राज्य उनेर
    विशाल नेपाल बनाए 
    सबैकाे सल्लाह गुनेर ।
    ३)
    ✍️ प्रद्यम्न चालिसे
    भक्तपुर कटुञ्जे।
    ~~~~<•>~~~~
    [४७]
    टुक्रिएको राज्य एकीकरण
    गर्दा  पृथ्वीनारायण शाहले
    छोएनन् कसैको चरण l
    १)
    पृथ्वीनारायण एक थिए
    टुक्रिएकाे राज्यलाई बनाई
    राष्ट्रलाई याेगदान दिए ।
    २)
    ज्यान जाेखिममा राखी
    विशाल  देश बनाए
    भक्तलाई च्यापेर काखी ।
    ३)
    ✍️ सहयात्री शाेभा अर्याल 
    रुपन्देही , बुटवल
    ~~~~<•>~~~~
    [४८]
    एउटै फूलमालामा  गाँसेर 
    वीर साहसमा लड्दै 
    पृथ्वीनारायण गए हाँसेर ।
    १)
    पूर्खाले आर्जेकाे नेपाल 
    आहा ! रमणीय लाग्ने 
    सुन्दर देश विशाल ।
    २)
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
     सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    ~~~~<•>~~~~
    [४९]
    इतिहास बनायौ राम्रो 
    गरेर सङ्घर्ष धेरै
    बचायौ स्वाभिमान हाम्रो ।
    १)
    एकतामा हुन्छ शक्ति
    गरेर मिहेनत हेर
    कर्तव्य हो भक्ति ।
    २)
    अखण्ड नेपाल बनायौ
    पछि राखेर चुनौति
    वीर गोर्खाली कहलायौ ।
    ३)
    ✍️ दिपा तिम्सना पौडेल-ईलाम
    ~~~~<•>~~~~
    [५०]
    पृथ्वीको सन्देश देशभक्ति
    अनुशरण गरे सबैले
    एकतामा हुन्छ शक्ति 
    १)
    जोगाउन यो देश
    सबै बढौँ अगाडि
    आफ्नाे भाषा भेश । 
    २)
    कहाँ गयो स्वाभिमान ?
    अब हाम्रो पालो
    जोगाउनु पर्छ अभिमान ।
    ३)
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    ~~~~<•>~~~~
    [५१]
    राष्ट्रका गहना थिए
    पृथ्वी सबैले बुझौँ
    सिङ्गो राष्ट्र दिए ।
    [१]
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~~~~<•>~~~~
    [५२]
    सबै एक भयो
    टुक्रा भएको राज्य
    माला बन्दै गयो ।
    १)
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४
    बिगारे जुम्ला
    ~~~~<•>~~~~
    [५३]
    अत्यन्त दुरदर्शी पहरेदार 
    शान्ति   सम्वृद्धि  एकता
    श्रद्धासिक्त भक्ति बारम्बार !
    १)
    गर्न सकेमा पालना
    उनका ती दिव्योपदेशहरूको 
    राष्ट्र विकासको सम्भावना ।
    २)
    स्वदेशी कपडा लगाऊ
    उपदेशहरू दिव्य थिए 
    स्वदेशमै उब्जाएर खाऊ ।
    ३)
    एउटै फूलबारी सबको
    सबै वर्ण जातजाति
    भन्थे राजा जगको ।
    ४)
    अर्पण गर्दछु श्रद्धाभक्ति
    पृथ्वी जयन्ती विशेष
    सर्वमान्य एकता शक्ति ।
    ५) 
    ✍️ गुणनिधि घिमिरे, अमेरिका
    ~~~~<•>~~~~
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, पृथ्वी जयन्ती तथा एकता दिवसLeave a Comment on पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष झिल्का लेखन शृङ्खला- ४ सम्पन्न

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११८

  • १ माघ २०८०, सोमबार १४:४६ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११८ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ४९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११८औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    देशलाई नै चिरा चिरा पारिकन ताजा,
    एकबाट अनेक भयौँ राजा महाराजा ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    बोकाऊ उति जतिसम्म धान्नसक्छ भार
    तिमीलाई  त  मोजै छ  जनतालाई मार ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [२]
    एकतामा बाँधेकाे देश फुटायाे नभन्नू
    भाग पुर्‍याउन चिर्नुपर्‍यो दुष्ट नगन्नू । 
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [३]
    हाम्रो देशमा भएका छन् हजारौँ महाराजा 
    थाेत्रा भाषण दिदै बजाउँदै छन् बाजागाजा ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
     सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    [४]
    पृथ्वीको पालादेखिकै हाम्रो देश एकताबद्ध
    चिराचिरा पार्ने योजना सबै हामी पार्छौं रद्ध ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [५]
    पहिला एउटा राजा पाल्न भयो भन्थे गाह्रो
    अचेल   गाउँ सहर  राजा भएन कि साह्रो ?
    ✍️ गुणनिधि घिमिरे अमेरिका
    [६]
    बनाउ धेरै टुक्रा, जनता आनन्द हुन्छ
    बिग्रेको मति तिम्रो, नेपाल विश्वमा रुन्छ ।
    ✍️ एवाइ प्रभात
    धनकुटा छेन्ताङ
    [७]
    आमालाई  भाग लाउने कस्तो आयो बेला ,
     के लाग्छ र आफ्नै सन्तान भएपछि झेला ।
    ✍️ गंगा खड्का 
    बूढानीलकण्ठ ,काठमाडौँ
    [८]
    फेरि टुक्रा पार्न थाले यिनले हाम्रो देश
    कसले टुक्रा पार्न सक्छ चलिरा'छ रेस ।
    ✍️
    सरिता सेढाई धादिङ
    [९]
    नेताकाे मस्ती जनतालाई बाेकाई सधैँ ऋणको भार
    विकासको दिन्छ नारा ,गाउँघरमा छैन बिजुली तार ।
    ✍️ राज कुमार राजभण्डारी "खाेटाङ्गे"
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर 
    [१०]
    नेता छानी जानी नजानी गल्ती गर्‍यौ कि भुलमा,
    सुनाउँदैछन्  भाषण   राखेर  भेडाको  हुलमा ।
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    [११]
    जति  सक्छौ गर जताततै तिमीहरू कै छ नि राज
    शान्ति पाउने आशामा धर्ती माता रोइरहेछ आज ।
    ✍️ अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा - ६ संखुवासभा ।
    [१२]
    देशभक्ति त छँदैछैन, यिनको बुद्धिमा छ किरा
    श्री पाँचबाट श्री चार भए, देशलाई पारे चिरा ।
    ✍️ पुष्पा सुवेदी
      नेपालगंन्ज, बॅाके ।
    [१३]
    एउटा राजा के राजा, हजारौँ राजा चाहिँन्छ,
    सुनौलो मौका यही हो, फेरि कहिले पाइन्छ      ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [१४]
    आखिर के रहेछ र जीवन मरेपछि फर्कदैन
    धोका, झेल कहिलेसम्म दुश्मन कहिले तर्कदैन ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [१५]
    गणतन्त्र भजाएर  बने हेर सयौँ राजा
    लुटे देशलाई जनताको बजाएर बाजा।
    ✍️ नवशिला,
    नवदेव मार्ग लालभित्ती,मोरङ।
    [१६]
    देश बनाउँ उदेश्य हैन जनताले त प्रष्ट बुझे कुरा झुकेन 
    सात प्रदेश बन्यो जातिय नारा लायौं दलिय स्वार्थ अझै लुकेन ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाण्डौ
    [१७]
    लुट्नु थियो देशलाई, पूरै नाङ्गेझार पारेर
    सुपर हिरो बनियो हजारौँ हजार मारेर ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [१८]
    देश लुटे महाराजाहरूले बनाए सबै खाेक्राे 
    गुदीजति आफू खाए जनतालाई केवल बाेक्राे ।
    ✍️ त्रिलाेचन भण्डारी 
    मेचीनगर,झापा
    [१९]
    काक्रा जस्तै चिरिचिरि सक्ने हुन् कि देश ?
    कुम्भकर्ण कति बन्छाैँ व्युँझी हालाैँ केस ।
    ✍️ जी.वि.चिन्तन घाेराही, दाङ  ।
    २०८०/०९/२८ शनिवार बिहान ६:४१
    [२०]
    प्रजाले अधिकार पाएको छ, आफ्नो राजा आफैँ छान्ने
    असल राजा चुनौंँ किन आफ्नै खुट्टामा बन्चरो हान्ने ?
    ✍️
    बिके मुखिया
    दार्जिलिङ भारत।
    [२१]
    देशको नाममा भुँडी भरियो
    अब मर्ने बेला दुःख परियो ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ, भारत
    [२२]
    नेता राज चलेको छ सबै राजा हुन् लागेकाछन्,
    ढाँटी छली देश, जनता लुटी खान पाएकाछन् ।
    ✍️ विवश पारदर्शी 
    झापा,
    [२३]
    अचम्म ! राजाको नियमको देख्नेले महाराजको लुट देखेनन् 
    अरूको जुम्राको टिप्पणी गर्नेले हात्तीले देश सकेको लेखेनन् ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    [२४]
    गणतन्त्र पनि भएन राजतन्त्र भन्दा भिन्न,
    सामन्तवादी चरित्रकै सानाठूला अवच्छिन्न ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [२५]
    सत्तामा शासन आफ्नो पारेर 
    देशका युवा ती सब मारेर ।
    ✍️ श्री कृष्ण धामी 
    बझाङ
    [२६]
     देश छाडी कतै जान्न नभन
    चम्चा बन   अरूलाई नगन ।
    ✍️ कमला  देवकोटा,  पाल्पा
    [२७]
    संघीयताकाे नाममा बने धेरै राजाहरू,
    पूर्वबाटै देश बचाऊ, बज्दैछ बाजाहरू !
    ✍️ गाेपालकृष्ण डंगाेल
    काठमाडौ, (हाल इटहरी)
    [२८]
    देशमा लगातार अस्थिरताको बीउ रोप्यौ अति
    तिम्रो त मति सुध्रने छैन, व्यङ्ग्य गरे पनि जति ।
    ✍️ प्रेम थापा "मन"बागलुङ
    [२९]
    सुन्दर शान्त विशाल हाम्राे जन्मभूमि नेपाल 
    चिराचिरा पारी बनाए अग्रगामीले  बेहाल ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [३०]
    एउटै  बगैँचा,  हजाराैँ  मालिक
    राष्ट्रभक्त भन्दै ठड्याए सालिक ।
    ✍️ खुनराज काेईराला
    सिद्दलेक-३ गैरीगाउँ,धादिङ
    [३१]
    जनताको नासो जनतामै फर्कियो जनता भाग्यमानी
    सौताको रिसले पोइको नाक काट्ने नगरौँ यस्तो बानी ।
    ✍️ ध्रुव श्रेष्ठ 
    हाल काठमाडौँ ।
    [३२]
    जस्तो बाटो देखायो खुरुखुरु उस्तै बाटो हिन्ने 
    ए सोझा भेडा जनता कहिले भ्रष्ट नेता चिन्ने ?
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    [३३]
    भनेर एक गरेको अर्कै गाउँ र सहर,
    हिँडेको किन कुल्चेर सारा जनका रहर !
    ✍️ आर्त अकुलीन
    [३४]
    सात राज्यमा अब सातश्रीको हुनेभो जय
    नयाँ नेपाल शायद हुनेछ आलोकमय  ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [३५]
    बाँड अनि शासन गर  गणतन्त्रको मूलमन्त्र
    कर्तव्यदेखि भागेर, महसुस गर्छौं राजतन्त्र ।
    ✍️ मोती सुब्बा 
    दार्जिलिङ भारत।
    [३६]
    भेडा ठानेर  जनतालाई सधैँ झुटो भ्रम  छर्छौ
    चिरा चिरा पारेर  यो देशको  रसास्वादन गर्छौ l
    ✍️ बाबुराम गौतम, गुल्मी
    [३७]
    चिन्ता छैन आनन्दले बस्ने कुर्सी पायौ
    जनताको आँखा छली देश लुटी खायौ ।
    ✍️ हिमा आर सी
    मेहेलकुना सुर्खेत
    [३८]
    कमाउनेले  कमाएकै छन् धेरैले जमाएता  पनि हुन्नन् चिर
    बरू सक्नु नासाे सबै, जाेड्ने भन्दा नि सिध्याउने हुन्छ छाेरा वीर ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [३९]
    राजा बन्न आफ्नै आमाको चोलो च्यात्दै गयौ
    अर्धनग्न  ती आमा देख्दा खुसी हुने भयौ ।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४
    बिगारे जुम्ला
    [४०]
    ढाँटेर छलेर पनि घर चलाउने मौका दिनुस्
    उदाहरणको रुपमा यी नेताहरूलाई लिनुस् ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ
    [४१]
    एउटा राजा हटाई, भयौँ हामी धेरै राजा
    धेरै चुल्बुल भयो भने बजाउने हो बाजा ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [४२]
    लायक सरकार नभएर हाम्रो 
    भएन देशमा कहिल्यै पनि राम्रो ।
    ✍️  सीमा कार्की समर्पण
    [४३]
    आज नेताविना देश हुने भयो चौपट
    भएका छन् सबै टाउके नोटका लम्मट ।
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    [४४]
    कति बाेकाउछाैँ नेताहरू हामीलाई भार
    कदापि मान्दैनन् सच्चा जनताहरूले हार ।
    ✍️सहयात्री शाेभा अर्याल 
    रुपन्देही , बुटवल
    [४५]
    अनेक फुलका एउटै माला यो हाम्रो देश,
    किन गर्छौ विखण्डन ईज्जत् राख आफ्नो भेष।
    ✍️ शोभा आचार्य गौतम 
    काठमाडौँ
    [४५]
    भ्याउँदिनँ कैले घरको कामले
    पुगेन मलाई पुर्खाको नामले ।
    ✍️ बालाराम पोखरेल 
    [४६]
    तिमी हौ नेता, अघिपछि भेडा भएसम्म
    हेर्दै जाऊ, कार्यकर्ता फल्छन् र लटरम्म ।
    ✍️ म्यामराज राई, भोजपुर ।
    [४७]
    म त भन्छु फेरि पनि एक राजा नैं हुनुपर्छ, देशको महाराजा
    अनेकौं राजाले त ! देश टाट पल्टिएको अवगत छदैँछ ताजा ।
    ✍️ कबिताहरी 
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [४८]
    नेताको भाषण छ ठुलठुलो व्यवहार लपन छपन
    सपूत होइनन् यिनीहरू विदेशीको टेकुवा र खकन ।
    ✍️ दीपा गुरुङ्ग (समभाव)
    बुअपा-१२ काठमाडौँ
    [४९]
    नेतृत्वकाे भिख मागेर पदासिन भयाै,
    पद दुरूपयाेग गरी  देसै लुट्दै गयौ ।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे पलाञ्चाेक  बनेपा१४ साँगा बजार ।
    
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्काLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११८

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ६२

  • २९ पुष २०८०, आईतवार २१:३९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसठीऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०९/ १९ गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:६२[बैसठीऔ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    ~~
    पञ्चाङ्ग:०१
    गाउँकाे हावा नै मीठो हुन्छ साथी।
    नदीले बगरलाई छुन्छ साथी।
    आफ्नै मिहिनेत र आफ्नै करेसा,
    मनले सुन्दर स्वप्ना बुन्छ साथी।
    मुटुकाे चाहना कस्ले सुन्छ साथी।

    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    घरमाथि टाँड थपी घर बनेकाे छ ।
    प्रकृतिकाे अनुपम थर बनेकाे छ ।
    चारैतिर बन पाखा बिच हरियाली ,
    खाेलानाल समीपमा डर बनेकाे छ ।
    आकाशमा छुने हिउँ भर बनेकाे छ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    पराइहरू पर भए हुन्थ्याे।
    मिल्ने एउटा थर भए हुन्थ्याे।
    कति शान्त सुन्दर छ बगैचा,
    मनमा बस्ने वर भए हुन्थ्याे।
    यस्तै सुन्दर घर भए हुन्थ्याे।
    ह्यारिस

    पञ्चाङ्ग:०४
    करेसाको बीचैमा घर कति राम्रो।
    रमाइलो हरियो पर कति राम्रो।
    आजभोलि त यस्तो देख्न रहरै छ,
    खुलेको छ आकाश तर कति राम्रो।
    सुखमय जिन्दगी भर कति राम्रो।।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०५

    सुन्दर प्रकृति माझमा त्यो घर राम्रो।
    प्रकृति, बस्ती बिचमा हुन्छ भर राम्रो।
    मानव बासस्थानको महत्त्व रहन्छ,
    बगैँचामा छ, पिपल अनि बर राम्रो।
    घरमा आहा! आँखेझ्यालको चर राम्रो ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०६
    मलाई मीठो लाग्छ आफ्नै बारीको फल।
    खनेर रोप्दा जाग्छ आफ्नै बारीको फल।
    घर वरिपरि सुन्दर अनि स्वच्छ हुँदा,
    साँच्चै अनिष्ट भाग्छ आफ्नै बारीको फल।
    व्यापारीले सघाग्छ आफ्नै बारीको फल।
    भगवती दवाडी ,झापा

    पञ्चाङ्ग:०७

    एकान्तमा सुन्दर घर भएको देख्न पाऊँ।
    सुन्दर बधुको नै वर भएको देख्न पाऊँ।
    सजिएको फूलबारी घरैबाट देख्ने ताल,
    मनमा जाँगर र डर भएको देख्न पाऊँ।
    मायालुको पवित्र तर भएको देख्न पाऊँ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” ।

    पञ्चाङ्ग:०८
    वरिपरि हरियाली बीचमा घर रहेछ।
    खोलानाला भन्ने पनि अलि वर रहेछ।
    एक्लो घर भई सुन्दरताले भरिएको,
    त्यो फूलमा नै सुन्दरताको भर रहेछ।
    त्यो घरमा बस्ने मान्छेको के थर रहेछ?

    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:०९

    घरले दिने भलाे जाचाैँ।
    घर भित्रको बलाे जाचाैँ।
    माेल छिन्नुभन्दा अगाडि,
    घरवालाकाे गलाे जाचाैँ।

    घर बनेको थलो जाचाैँ ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    पञ्चाङ्ग:१०
    उर्वर भुमि मलिलो छ माटो पसिना मात्रै बगाउनु पर्छ।
    सुन फल्छ चादी फल्छ यहाँ ठिक सिजनमा लगाउनु पर्छ।
    मरेपछि मात्रै स्वर्गमा पुग्ने चाहाना किन राख्छौं हामीहरु?
    संजीवनी बुटी यहीँ छ मरेकालाई पनि जगाउनु पर्छ।
    यही नै हो स्वर्ग जाग्नुपर्छ सबै अल्छीलाई भगाउनु पर्छ।

    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:११

    खेतीको बिचमा छ सुन्दर घर साथी।
    को होला घरधनी के होला थर साथी।
    पहाडका गाउँघर बस्ति कति राम्रा,
    शितल हावा आउने नदी पर साथी।
    सबकोहीको यस्तो त कहाँ छ र साथी ॥

    गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग-१२
    अक्षर-१९

    म जन्मेको गाउँ घर, लेक बेँसी र कुवा उस्तै देखे।
    त्यहाँ किसानको काधमा हलो अनि जुवा उस्तै देखे।
    आउछन् शहरकाहरु विकासको कुरा गर्छन् अरे ,
    हजुर आमाको चुलोमा ऐले सम्म धुवा उस्तै देखे।
    हटिया त्यहीँ छ व्यापारीले बेचिने रुवा उस्तै देखे ।

    दुर्गा आचार्य
    मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग1 Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ६२

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३८

  • २८ पुष २०८०, शनिबार १९:३६ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १३८ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    बच्चा
    बोक्दै डोकोमा
    आमा कामकै धोकोमा !
    - वसन्त अनुभव 
    [२]
    आफ्नै 
    पेट भोको
    दाउराको मूल्य कति ?
    - सोमनाथ लुइटेल 'रवि पाल्पाली'
    [३]
    बच्चा 
    आमाकाे काख 
    हुन्छ संसारमा लाख !
    - केसर बाेहरा 'सङ्घर्ष’
     अछाम, हाल: भारत
    [४]
    बाेकेर 
    दाउराकाे डाेकाे
    सन्तान हुर्काउने धाेकाे !
    - ताराप्रसाद चापागाईँ, धुनिबेसी
    [५]
    बोकेर
    माया ममता
    जङ्गल जानु बाध्यता !
    - नारायण कोइराला
       तानसेन, पाल्पा
    [६]
    चमत्कार 
    एउटा आइमाईको
    विशुद्ध विश्व समाजको !
    - एवाइ प्रभात
    सहिदभूमि, धनकुटा
    [७]
    आमा 
    ममताकी खानी 
    दुःखकष्ट गाह्रो नमानी !
    - गुणनिधि घिमिरे, अमेरिका
    [८]
    बाध्यता
    आमा भोकमा
    बच्चा बोकी डोकामा !
    - घनश्याम पौडेल, पोखरा
    [९]
    आमा
    महान् धर्ती
    कामसँग सन्तानको जिम्मेवारी !
    - सीता पाण्डेय मरासिनी 
       तम्घास, गुल्मी
    [१०]
    आमा
    हुन् जीवनदाता 
    ब्रह्माण्डमा अमूल्य नाता !
    - पृथक प्रकृति, झापा
    [११]
    पौरखी
    आमा नेपाली
    मधेशी पहाडी हिमाली !
    - सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
    [१२]
    अतुलनीय 
    आमाको स्याहार 
    महिमा सदा अपार !
    - गङ्गा खड्का 
    बूढानीलकण्ठ, काठमाडौँ
    [१३]
    आमा
    जीवनको चालक
    डोकोमा बोकेर बालक !
    - सरिता सेढाई, धादिङ
    [१४]
    ममता
    माताको जिम्मेवारी
    बोझ नहुने भारी !
    - म्यामराज राई
    [१५]
    आमा
    वात्सल्य प्रेम
    दाउराको बन्छ फ्रेम !
    - ऋजु दिल्पाली
    ईटहरी-१, सुनसरी
    [१६]
    काम 
    जीवन धान्न
    बच्चा डाेकाेमा बाेकी !
    - राज कुमार राजभण्डारी 'खाेटाङ्गे'
    मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर 
    [१७]
    आमा 
    शब्द अपार
    मुटुसँग सम्बन्धित माया !
    - भवानी घिमिरे
    [१९]
    आमा
    बोकेर भारी
    स्वप्न सागर आखिरी !
    - आर्त अकुलीन
    [२०]
    दरिद्रता
    बाध्यताको भारी
    आपार मातृत्व स्नेह !
    - राजाराम रत्गैंया, अमौरा, कैलाली
    [२१]
    सन्तान 
    महिनौँ गर्भमा 
    नबढुञ्जेल एकसाथ कर्ममा !
    - अगस्टीन राई, भारत
    [२२]
    माया 
    हरेक पीडामा 
    आमाको शितल छाया !
    - डम्बर थामी 'अनुपम' 
    कालिन्चोक गा.पा.-६, दोलखा 
    [२३]
    महान्
    आमाको ममता 
    संसार अड्याउने क्षमता !
    - सरस्वती वली
     बर्दिया, नेपाल
    [२४]
    कर्म
    आमाको बुझौँ
    हामी सबैले मर्म !
    - अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा -६, संखुवासभा 
    [२५]
    आमा
    दिउँसो दाउरामा
    बिहान बेलुका चुल्हामा !
     - डा. देवी पन्थी
    [२६]
    आमा
    धरती समान
    प्रकृतिको अनुपम उपहार !
    - गोपालप्रसाद पौड्याल
    [२७]
    आमा
    पहाडकी नारी
    सधैं बोक्नुपर्ने भारी !
    - कला ढकाल
      झापा, दमक
    [२८]
    बोझ  
    पापी  पेट 
    निकम्मा निर्लज्ज सरकार !
    - मङ्गला उपाध्याय, बारा
    [२९]
    आमा
    शक्तिकी रूप
    कर्म जिम्मेबारी धूप !
    - प्रभादेवी पौडेल, चितवन
    [३०]
    काख
    दाउराको भारी
    शरीर भारीमा लछारी !
    - सविता के.सी.
    दक्षिणकाली-९, काठमाडौँ 
    [३१]
    आमा 
    बच्चाको संसार
    सन्तानको माया अपरम्पार !
    - रमा पन्त, पाल्पा
    [३३]
    नारी
    दाेहराे भारी
    बालक दाउरा माथि !
    - नवराज भट्ट, कञ्चनपुर
    [३४]
    काम
    सहनै गाह्रो
    आमालाई पार्‍यो साह्रो !
    - अम्बिका अधिकारी
        झापा, बिर्तामोड
    [३५]
    निस्वार्थ 
    ममताले भरिएको 
    सङ्घर्षपूर्ण आमाको जिन्दगी !
    - पुष्पराज पराग, इटहरी
    [३६]
    आमा
    ममताकी खानी
    बुढेसकालमा बनून् रानी !
    - निरज कोइराला
    इटहरी-१६ सुनसरी
    [३७]
    आमा
    कष्टकाे भारी 
    सन्तान हुर्काउँदाकाे जिम्मेवारी !
    - नारायण प्रसाद उपाध्याय, कैलाली 
    [३८]
    माता
    वाध्यता विवशता
    सन्तान स्नेह दृढता !
    - पं ज्यो. तोयनाथ सुवेदी 
       हेटौडा -८, कमाने
    [३९]
    अतुल्य
    सन्तान प्रतिको
    आमाको त्याग अमूल्य !
    - विवश पारदर्शी, झापा
    [४०]
    आमा
    डोकोमा नानी
    नगरी चल्दैन जिन्दगानी !
    - चक्र शाही, लम्की, कैलाली 
    [४१]
    घरबारी
    सन्तानको जिम्मेवारी
    डोकामा दाउराको भारी !
    - हिमाल अम्मै
    घोडाघोडी, कैलाली
    [४२]
    आमा
    ईश्वरको रुप
    आमाविना विश्व कुरूप !
    - तेजप्रसाद खनाल
        लमही, दाङ
    [४३]
    भारी
    बोक्ने नारी
    सन्तानको बोझ उठाउने !
    - धनमाया चौधरी, कैलाली
    [४४]
    भविष्य
    पसिनामा खोज्दै
    मस्त जग निर्माता !
    - मधुसूदन शर्मा, रोल्पा
    [४५]
    आमा
    अपारको माया
    सन्तानको शितल छाया !
    - बुद्धिप्रसाद लामिछाने, कैलाली
    [४६]
    भारी
    बच्चासँगै जिम्मेवारी 
    समाल्ने गर्छिन् नारी !
    - दीपा गुरुङ्ग 'समभाव'
    बुनपा-१२, काठमाडौँ
    [४७]
    माता
    दुःखकी मित
    जीवन जगतकी दाता !
    - पुष्पा श्रेष्ठ 'पुसु'
    रुपा गाउँपालिका-७, कास्की
    [४८]
    आमा
    दयाकी खानी
    साक्षात् भगवानको रूप !
    - दुर्गा अधिकारी भमरकोटे
         हाल, कपन 
    [४९]
    माता
    सृष्टिसित नाता
    टुट्न दिन्नन् ममता !
    - पशपती राई, खोटाङ 
    [५०]
    आमा
    कार्यकुशल नारी 
    काँधमा घरको जिम्मेवारी !
    - मन्दिरा सेढाई 
     मलेखु, धादिङ
    [५१]
    आमा
    दायित्व बाेध
    बच्चा पीडा साेध !
    - ढकाल कवि दत्त
    [५२]
    नारी 
    दुईटा भारी 
    सम्हाल्नुपर्ने सारा स्विकारी !
    - गोपेन्द्र रिजाल, पाँचथर 
    [५३]
    आमा
    पिठ्युँमा भारी
    ममता कर्तव्य बाध्यता !
    - अशोक थापा
    [५४]
    आमा
    ममताकी खानी 
    बोक्छिन् पुरै जिम्मेवारी !
    - सुरेश न्यौपाने
     लम्की, कैलाली
    [५५]
    आमा
    सन्तानको माया
    पिठ्युँमा गरीबीकाे छाया !
    - बलराज गिरी
    जानकी गा.पा.-८, कैलाली
    [५६]
    आमा
    दयाकी खानी
    छैन कुनै बेइमानी !
    - प्रेम थापा 'मन', बागलुङ
    [५७]
    आमा
    धरती समान
    सक्छिन् दु:खसुख सहन !
    - प्रद्युम्न चालिसे
    भक्तपुर, कटुञ्जे 
    [५८]
    आमा
    सन्तानको हर्ष
    गर्छिन् हर्दम सङ्घर्ष !
    - दीपा तिम्सिना पौडेल, इलाम
    [५९]
    नारी
    ममताको फूलबारी 
    सन्तानको असल छहारी !
    - तोया नाथ चापागाईं
     दमक, झापा, नेपाल
    [६०]
    जिन्दगी 
    कसरी हुर्किन्छ
    ठुलो भएपछि बिर्सिन्छ !
    - होमप्रसाद नेउपाने
       धरान, सुनसरी 
    [६१]
    ममता
    आमाको जिम्मेवारी
    हुर्काउँछिन् बोकेर भारी !
    - सरस्वती श्रेष्ठ 
    रुपन्देही, बुटवल
    [६२]
    आमा 
    हुर्काउँछिन् सन्तान 
    रत्तिभर गाह्रो नमानी !
    - सुस्मिता अधिकारी, काठमाडौँ
    [६३]
    आमा
    बोकेर भारी
    सन्तान हुर्काउने जिम्मेवारी !
    - शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    [६४]
    दिनचर्या 
    आमा सृष्टिकर्ता
    बनाइने उनैलाई भर्या !
    - रामप्रसाद पुरी, बादेल, खाेटाङ 
    [६५]
    जननी
    हाम्रो सृष्टिकर्ता
    काम कर्तव्यमा निरन्तरता !
    - कविता आचार्य, कैलाली
    [६६]
    परिस्थिति 
    जस्ताेसुकै बनाेस्
    सन्तान भुल्दिनन् आमा !
    - सुधा बाँस्कोटा ढकाल
    [६७]
    आमा 
    सन्तानको माया 
    थपियाे जिम्मेवारी काँधमा !
    - श्रद्धा आचार्य, पोखरा
    [६८]
    सम्बन्ध
    गर्भ शक्तिकाे
    आमा र सन्तान !
    - राेशन पराजुली
      बरगाछी, धरान
    [६९]
    कमलाे 
    आमाकाे ममता
    काँडा पनि बिझाउन्न !
    - टीकाराम जाेशी, इमाडोल
    [७०]
    विवश
    आमाको साथमा 
    अथाह जिन्दगीको व्यथा !
    - जिज्ञासु पन्त
    [७१]
    आमा
    ममताकी खानी
    दु:खमा वित्यो जीन्दगानी !
    - सरिता काफ्ले 
    कोहलपुर-८, पिपरी, बाँके
    [७२]
    मातृत्व 
    बगिरहेको खोला 
    पिडा अपार झोला !
    - जमुना कायस्थ, पोखरा
    [७३]
    आमा
    सन्तानको लागि
    केही पिर नमान्ने !
    - सरस्वती श्रेष्ठ, इटहरी
    [७४]
    आमा
    पवित्र माया
    ममताकाे दिव्य खानी !
    - सहयात्री शाेभा अर्याल 
       रुपन्देही, अर्याल
    [७५]
    आमा 
    नि:स्वार्थ माया
    धरामा भगवतीको छाया !
    - धनुष न्यौपाने
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३८

    नेपाली साझा मंच साउदीले गर्‍यो बिश्व साईकल यात्री शुंभप्रसाद शर्माको सम्मान ।

  • २८ पुष २०८०, शनिबार ११:५७ मा प्रकाशित
  • साउदी अरब।
    पृथ्बीमा बड्दो तापक्रमकोसमस्या रहेकोले विश्व जलवायु परिवर्तन विरुद्ध लड्न सचेतना जगाउने उद्देश्यका साथ विश्वव्यापी यात्राको क्रममा धेरै देशहरु घुम्दै साउदी अरब आईपुगेका नेपाली साइकल यात्री शुभप्रसाद शर्मालाई नेपाली साझा मंच साउदीले सम्मान गरेको छ ।

    नेपाल चावहिल,काठमाडौंका यात्री शर्मा जलवायु परिवर्तनको बारेमा सचेतना जगाउनको लागि “पृथ्वी बचाउ” भन्ने नाराका साथ गत १ बैशाख २०८० बाट आफ्नो साइकल यात्रा सुरु गरेका विश्वव्यापी भवानी गोर्खावाच शुभयात्रा अभियान साइकल यात्रामा निस्किदै गर्दा अहिलेसम्म १८ औं देशको यात्रा गर्दै जनचेतनामुलक संदेश दिदै साउदि अरब आइपुगेका हुन् । उनले आगामी ५ वर्षभित्र १५० देशको भ्रमण गर्ने लक्ष्य राखेका छन्।


    जटिल र गम्भीर अवस्था रहेको वातावरणीय अबस्था आम मानिसलाई उनीहरुकै भाषामा बुझाउन चाहेको भन्दै शर्माले आफ्नो आदर्श वाक्य सेभ द प्लानेट प्रचार गर्न साइकल यात्रा रोजेको बताए ।
    “म एक साधारण मानिस हुँ, र यस विषयमा मेरो रुचिको कारणले गर्दा म जलवायु परिवर्तनको संकटबारे सचेत छु। तर कति जना सर्वसाधारण सचेत छन् ? धेरैले अझै पनि यसलाई अफवाह ठान्छन्। म यस ग्रहलाई बचाउन आफ्नो केही गर्न चाहन्थे, त्यसैले मैले साइकलमा संसार घुम्ने निर्णय गरें।
    कुवेत भिसाको पर्खाईमा रहेको उनी अहिले साउदीको पुर्बी क्षेत्र रहेको छन् , उनी भोलि शुक्रबार पानस साउदी अरेबियाले राखेको राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको कार्यक्रममा सहभागिता हुने पिटि अनलाईनलाई जानकारी दिए।

    विभिन्न देश घुम्ने क्रममा बहराइन विशेष रहेको ,त्यहाँको संसद सदस्य सहभागी भएको वृक्षारोपण कार्यक्रम आफू पनि सामेल हुन पाउँदा गर्व लागेको ,त्यहाको स्थानीय सरकार र राष्ट्रिय मिडियाले राम्रो कभर गरेको उनले बताए।

    साउदी बसाईमा यात्री शर्मालाई विभिन्न संघ/संस्था तथा ब्यक्तिहरुले सहयोग तथा सम्मान गरेको छ। उनलाई साउदीमा सक्रिय नेपाली साझा मन्च,साउदी अरेबिया साइकल यात्रा गरि देशको नाम उच्च राख्न सफल भएको भन्दै कदर पत्रद्वारा सम्मान गरिएको संस्थाका अध्यक्ष अन्जान गुभाजुले जानकारी गराएका छन्।
    यात्री शर्मालाई बुधबार साउदीको पुर्बी क्षेत्र दम्मामको काठमाडौं नेपाली रेस्टुरेन्टमा नेपाली साझा मंच संस्थाका अध्यक्ष अन्जान गुभाजु, महासचिव राजु केसी, सचीव डिबि बलामी ,सदस्य दिनेश रम्तेल र काठमाडौं नेपाली रेस्टुरेन्टका संचालक रामु क्षेत्री लगायत ब्यक्तिहरुले अनौपचारिक भेट गरि आर्थिक सहयोग सहित कदर पत्रले सम्मान गर्दै उहाँको आगामी दिनहरुमा विश्व यात्रा मार्फत देश र जनतालाई विश्व सामु परिचित गर्न उल्लेख्य भुमिका रहि रहोस भन्ने शुभेच्छा र आगामी बिश्व यात्रा सरल र सहज होस् भनी कामना गरेका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on नेपाली साझा मंच साउदीले गर्‍यो बिश्व साईकल यात्री शुंभप्रसाद शर्माको सम्मान ।

    साताका तीन लघुकथा- ४९

  • २८ पुष २०८०, शनिबार १०:०५ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
    यस साताको (४९औँ) शृङ्खलाका लागि लघुकथाकार बिष्णु उप्रेतीको लघुकथा ‘बा'को भाग’, लघुकथाकार बासुदेव तिमल्सिनाको लघुकथा ‘वरको खोजी’ र लघुकथाकार रमेन्द्र कोइरालाको लघुकथा 'प्रधानमन्त्री’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)

    लघुकथा: ‘बा’काे भाग

    ✍️ बिष्णु उप्रेती
    तुलसीकाे मठमा सारेकाे आधा घन्टापछि बाउले चारैतिर आँखा घुमाएर हेरे । लामाे सास फेरे । हातखुट्टा तनक्क तन्काए र प्वाक्क मुख बाउँदै प्राण छाेडे ।

    छाेरीहरूमा रुवाबासी मच्चियाे । छाेराहरू खासखुस गर्न थाले । हतार हतार कान्छाले हातकाे औँठी खाेल्याे । बुहारीले जनैकाे साँचो चुडाएर बाउकाे काेठातिर पसिन्।
    केहीछिनमा एउटा पुरानो, मैलो, कालाे झाेला ल्याएर बुढालाई दिँदै भनिन्- ” गरुङ्गो नै छ।” कान्छाले मुस्कुराउँदै झाेला समात्याे ।
    यति नै बेला बाउकाे लासबाट एउटा आवाज आयाे । बाउ आफ्नै बाेलिमा भन्दै थिए- “तेरीमा बजिया हाे ! म त जीवनभरि तिमीहरूकै दास, नाेकरमात्र रहेछु, हैन ? बिसौँ वर्षदेखिको औँठी समेत खाेल्यौ हैन, पापी हाे।”
    याे सुनेर जेठाले भन्याे- “जनैकाे चाबी कान्छाले लगेकाे छ । मैले त केही पनि पाइनँ बा ।”
    यसैबेला टुप्लुक्क आइपुगेका पुरेतले भने- “पाप र धर्मकाे पाेकाे बाेकेर जानू बा ! अब बेला बेलामा तर्पण, पिण्ड दिन म लाइदिउँला । तपाईँको भाग, जीवनभरकाे आर्जन, जे भने पनि तेत्ती हाे।”
    २०८०/०९/२२
    बिर्तामोड झापा

    २.
    लघुकथा: वरको खोजी

    ✍️ बासुदेव तिमल्सिना
    “साधुराम दाइ ! लौन, मेरी छोरीलाई एउटा मिल्दो केटो खोज्नुपर्‍यो । हजुरलाई थाहै छ । मेरी छोरी अधिकृतस्तरको नोकरी गर्छे । पढाइलेखाइमा पनि अब्बल छे । मेरो घरव्यवहार सबै त्यसैले थेगेकी छे ।” कुलमानले आफ्नो समस्या राखे ।

    “कस्तो केटो चाहियो ?”
    “राम्रो जागिर होस्, धनीमानी होस् । एक्लो छोरो होस् । पढालेखा होस् । घरमा कोही नहुन् किनभने घरपरिवारमा अरू भए भने छोरीले दुःख पाउँछे ।”

    एकछिन सोचेपछि साधुरामले भने- “तैँले भनेजस्तै सबै कुरा मिल्ने एउटा केटो छ । म कुरा गरेर भोलि भन्छु है त ?”

    भोलिपल्ट फेरि उनीहरूको भेट भयो ।
    “के भो त दाइ कुरा ? केटोले बिहे गर्छु भन्यो ?” उत्सुक हुँदै कुलमानले सोधे ।

    “बिहे त गर्छु भन्यो तर उसको पनि एउटा सर्त रहेछ । ऊ पनि केटीको परिवारमा कोही नभएको एक्ली केटीको खोजीमा रहेछ ।”

    “अब कसरी हुन्छ त दाइ ?” कुलमानले चिन्ता व्यक्त गर्‍यो।

    “नअत्तालिन । यसको पनि उपाय छ । भरे घर जाँदा अलिकति विष लिएर जा । केटी बाहेक सबै परिवारले खाओ । केटी मात्रै बाँच्छे । अनि त्यो केटोसँग म तेरी छोरीको बिहे गराइदिउँला ।”

    लालबन्दी, सर्लाही

    ३.
    लघुकथा: प्रधानमन्त्री

    ✍️ रमेन्द्र कोइराला
    चिया दोकानमा गफ चल्दै थियो । एउटाले भन्यो- “अचेल सिडिओ कार्यालयमा लेखापढी बन्द भएर, पैसाको साह्रै अभाव भएको छ । “
    “किन बन्द भएछ ?” अर्कोले प्रश्न गर्‍यो ।
    “सबै अनलाइनबाटै गर्ने रे । बिचौलियाको काम छैन रे ।”
    “कसले यस्तो काम गरेछ ? “
    “नया सिडिओ महिला आएकी छ, उसैले ।”
    “त्यतिमात्र कहाँ हो र ! हामीले निर्बाध रूपमा पारिबाट मोटरसाइकलमा सामान ल्याउथ्यौँ, त्यो पनि बन्द भयो ।” तस्करले भन्यो ।
    “हाम्रो समेत कुरा सुनिदैँन ।” एक नेताले गुनासो पोख्यो ।
    तिनीहरूको कुरा सुनिरहेको अलिक बुज्रुक व्यक्ति बिचैमा बोल्यो- “दलाली, तस्करी सबै बन्द भएछ, राम्रै भयो त । महिला न त बेलुकाको खानपिनमा सहभागी हुन्छिन् न त सेटिङ हुन पाउँछ । सेटिङ हुन पाएन भने घुसखोर , भ्रष्टाचार र ढिलासुस्ती पनि हुँदैन । सबै कुरा नियमपूर्वक हुन्छ । त्यसैले यी गतिविधि बन्द भएका हुन् । अब साँच्चिकै जिल्लाको विकास हुनेभयो ।”

    यो गफतिर अघिदेखि ध्यान दिइरहेको दोकानदारले चिया घोट्दै भन्यो- “त्यसोभए देश विकासको लागि अब प्रधानमन्त्रीमा पनि महिला नै ल्याउनु पर्नेभयो ।”

    इनरुवा-९, बबिया
    ०८०/९/२३

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged साताका_तीन_लघुकथाLeave a Comment on साताका तीन लघुकथा- ४९

    झिल्का कविता लेखन अभ्यास शृङ्खला- ३

  • २६ पुष २०८०, बिहीबार १९:५१ मा प्रकाशित
  • झिल्का कविता लेखन अभ्यासको तेस्रो शृङ्खला सोमवार सम्पन्न भएको छ । झिल्का साहित्य समाज, नेपालको आयोजनामा आयोजित उक्त शृङ्खलामा थुप्रै झिल्काकारहरूको उत्साहप्रद सहभागीता रहेकोे थियोे । नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न स्थानहरूबाट करिब ५ दर्जन झिल्काकारहरूको सहभागीता रहेको थियोे ।

    झिल्का नेपाली माटोमा उम्रिएको, अर्थपूर्ण संरचनायुक्त सरल, लघुतम एक मौलिक नवीनतम काव्य विधा हो । जुन विम्व, प्रतीक आदिको प्रयोग गरेर चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । यसका प्रत्येक हरफमा तीन तीन शब्दहरू हुन्छन् । यसरी यस कवितामा जम्माजम्मी ९ शब्दहरू रहेका हुन्छन् । तसर्थ यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    यसका तीन हरफहरू मध्ये पहिलो र  तेस्रो हरफहरूको अन्तमा तुक (अनुप्रास) अनिवार्य गरिएको छ । यसमा शब्दानुप्रास र एकाक्षरी तुकान्त पनि स्वीकार गर्ने गरिन्छ । तर अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रोले समर्थन गर्दै विस्तार र तेस्रोले भावलाई उत्कर्षमा पुर्‍याउँदै समापन गर्दछ । यी तीनवटै हरफमा परस्पर प्रगाढ सम्बन्ध हुनुपर्छ ।

    झिल्का लेखन अभ्यास शृङ्खला- ३
               विषय- स्वतन्त्र
    #सङ्कलन/सम्पादन/संयोजन- वसन्त अनुभव
    ~~~~~~~~~~~~~~~~~~~
    [१]
    १)
    दु:खमा मिलेन साथ
    बढाएर के गर्छौ ?
    खाली सुखमा हाथ ।
    २)
    मुटुमा  दिएर  चोट
    एकाएक गयो निष्ठुरी
    लगाई अमिट खोट ।
    ३)
    आँखा ओछ्याएर हरपल
    बसिरहेछु तिम्रै प्रतीक्षामा
    यहाँ   तड्पिएर   पलपल !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    ~~~~~~<•>~~~~~~
    [२]
    १)
    चुपचाप तिमी बसेर
    मनमा पीडाले जलाउँदा
    सितल आँसु खसेर ।
    २)
    हिमाली छाँया हेरेर
    रमेर बाँच्न सकेकी
    सुखको सास फेरेर ।
    ३)
    मधेसी पहाडी हिमाली
    झुक्नुहुन्न वैरीको सामु
    कहिल्यै हामी नेपाली ।
    ४)
    नाम देवको गर्छ
    पापै पापले भरिएर
    राक्षस बनेर मर्छ ।
    ५)
    धर्म गर मानव
    मन्दिर धाएर के ?
    जब बन्दछौ दानव ।
    ६)
    प्राणी  हित धर्म
    जानुछ सबै छोडेर
    लैजाने केवल कर्म ।
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३
    ~~~~~~<•>~~~~~~
    [३]
    १)
    अमूल्य खुसी मनको
    जीवनमा सन्तोष मिल्नेछ
    त्यागौँ  मोह  धनको ।
    २)
    मुहार आफ्नै भुलेछन्
    बिर्सेर राष्ट्रको सेवा
    भ्रष्टहरू तालमै घुलेछन् ।
    ३)
    आशाको बिउँ  रोपौँला
    देशको विकास गर्नुछ
    समय मौका छोपौँला ।
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    ~~~~~~<•>~~~~~~
    [४]
    १)
    हाँस्नुमा खुसी हैन
    हाँस्छ दुखमा त्यसरी
    संयोग सजिलो छैन ।
    २)
    देशको विकास गर्नेछु
    एकदिन पक्कै पनि
    डलरले देश भर्नेछु ।
    ३)
    सिमाना मिचेको हेर्दैन
    सरकारमा बस्ने नेताहरूले
    आफ्नो कुरा टेर्दैन।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि-३,छेन्ताङ धनकुटा हाल मोरङ
    ~~~~~~<•>~~~~~~
    [५]
    १)
    सङ्घर्ष हो जिवन
    जारी राख्नुपर्छ लडाइँ
    समस्या हो इन्धन ।
    २)
    आफ्नो देश समाज
    निरन्तर गरौँ हामी
    देशको हितमा काज ।
    ३)
    विधा जुनसुकै पनि
    बनाऔँ प्रगतिशिल सबै
    मिलेर गरिब धनी ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ~~~~~~<•>~~~~~~
    [६]
    १)
    वेगमा मुटु धड्कन्छ
    भुलेर सारा थकानहरू
    आमाको सास अड्कन्छ ।
    २)
    मनमा सम्झना आइदिन्छ
    अत्यन्तै बलियो माया
    मुटुले धड्कनसँगै बताइदिन्छ ।
    ३)
    दुई आँखाका नानी
    जीवनभर लम्बाउनु छ
    सम्झन लायक कहानी ।
    ✍️
    प्रेम थापा "मन"बागलुङ
    ~~~~~~<•>~~~~~~
    [७]
    १)
    लान्छु अर्को साल
    नमरी बाँचेमा प्यारी
    नआइदेओस् है काल ।
    २)
    पर्खि बस सानू
    आउँला लिन छिट्टै
    पर्छ सँगै जानू ।
    ३)
    खोइ त हाँसेको ?
    रुवाउनलाई होइन प्यारी
    मैले प्रीति गाँसेको ।
    ४)
    पर्ख दुई वर्ष
    विवाह पश्चात् हौँला
    प्रफुल्ल र हर्ष ।
    ५)
    मान्छे औधी ज्ञानी
    मैले दिएको कुरा
    मीठो मानी खानी ।
    ६)
    लगन जुरेको बेला
    आउँला तिम्रो घर
    भर्न विवाह मेला ।
    ✍️
    बिके माकजू
    ~~~~~~<•>~~~~~~
    [८]
    १)
    आयाे झिल्काकाे समय
    मिलेर    तपाईँ     हामी
    मनाऔँ    यसकाे  जय ।
    २)
    समयले साथ दिएपछि
    लेख्नुस् झिल्का कविता
    आउँछ कति कति ।
    ३)
    बाल्नुस् साहित्यकाे दियाे
    साथमा झिल्का लिएर
    बनाऊँ यसैलाई मियाे ।
    ४)
    साहित्यकाे एउटा पाटाे
    झिल्कालाई साथ लिएर
    हिडाैँ नयाँ बाटाे ।
    ५)
    सक्यौँ भने रमाउन
    साहित्यमा छ मजा
    हेर इष्टमित्र कमाउन ।
    ✍️
    भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर  कपिलवस्तु
    ~~~~~~<•>~~~~~~
    [९]
    १)
    आज विगत भुल्नेले
    भोलि झल्यास्स ब्युँझिनेछ
    पराइको साथमा डुल्नेले ।
    २)
    जीवनमा कसैलाई नरुवाउँनु
    पालो आउँछ सबैको
    बिनसित्ति हण्डर नखुवाउँनु ।
    ३)
    हिजोको उ करोडपति
    विपरित हावा चल्यो
    व्यवहार बिग्रिएर रोडपति ।
    ✍️
    चुडामणी देबकोटा
    चनपा १३ काठमाडौ । हाल बारा सिमरा
    ~~~~~~<•>~~~~~~
    [१०]
    १)
    गाजलले लठ्ठै बनाउने
    सन्सार हेर्ने तिम्रो आँखा
    पहिलो भेटमै मख्खै बनाउने ।
    २)
    गोलीले सहिद भयो
    जल्यो मन्त्रीको गाडी
    विनाकारण युवा गयो ।
    ३)
    देश लुटिँदै छ
    मौन छन् जनता
    युवा भुटिँदै छ ।
    ✍️
    प्रेम शर्मा " एकान्त प्रेमी "
    कालेबुङ , भारत
    ~~~~~~<•>~~~~~~
    [११]
    १)
    दिएन  भाग्यले   साथ
    पसिना बेदाममा बिक्दा
    रहरहरू  भए  अनाथ l
    २)
    च्यातिए मुटुका पाना
    बताइदेऊ न   निष्ठुरी
    सिलाउने त्यो दबाइखाना l
    ३)
    हुँदैन  कुनै  चमत्कार
    रहेसम्म दुष्ट  नेता
    पीडा दिन्छन् बारम्बार l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ~~~~~~<•>~~~~~~
    [१२]
    १)
    कस्तो अचम्म लाग्छ
    मेरो विचारमा माया
    भनेपछि उसै भाग्छ ।
    २)
    यो मनको रहर
    हजुर हुँदैन नि
    कसैले भनेर ठहर ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    ~~~~~~<•>~~~~~~
    [१३]
    १)
    भन्थे मिलेको जाेडी
    जाेरीपारी छन् सबैको
    निर्माेहीले मायाजाल ताेडी ।
    २)
    भगवान् हुँदा दाइनाे
    कसैको केही लाग्दैन
    मिलेर जाेडेकाे साइनो  ।
    ३)
    गाेडाैँ आफ्नो फूलबारी
    हामी फुट्दा हाँस्ने
    छन् हाम्रा जाेरीपारी ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल ,खाेटाङ
    ~~~~~~<•>~~~~~~
    [१४]
    १)
    अधुरो माया साटेर
    अपुरो भयो जिन्दगी
    कोसेली मुटु काटेर ।
    २)
    जिन्दगी उधारो चल्दैन
    साथमा पैसा नभएपछि
    चुल्होमा आगो बल्दैन ।
    ३)
    भिन्न पाटो आभासमा
    शङ्का स्वार्थ पलेपछि
    पर्छ मुटु आघातमा ।
    ४)
    घनिष्ठ मित्र बनेर
    पोखिन्छ समय आएपछि
    आँखामा भित्र सजेर ।
    ५)
    बनुँला सारथि तेल
    अत्यास नहुनु कहिले
    बन्छु परेलीको भेल।
    ✍️
    शरद प्रधानाङ्ग
    विराटनगर - ७
    ~~~~~~<•>~~~~~~
    [१५]
    १)
    दिन भयो धमिलो
    घाम नदेखेर आकाशमा
    मन भयो अमिलो ।
    [२]
    कक्रियो मन उसैगरि
    फूल्न सकिन हिउँदमा
    पीरले छोप्छ मनभरि ।
    ३)
    गाउँछन् गीत स्वतन्त्रको
    समस्याले छोपी बेस्सरी
    जीवन बित्दैछ परतन्त्रको।
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ, भारत।
    ~~~~~~<•>~~~~~~
    [१६]
    १)
    पाैषकाे तिख्खर जाडाेमा
    घाम लाग्दा घमाइलाे
    बस्न मज्जा डाँडाेमा ।
    २)
    खबर राम्राे हालकाे
    कामना मीठाे गराैँला
    आउने नयाँ सालकाे ।
    ३)
    सपना मीठा देखेर
    मनकाे तिर्सना मेटाैँला
    काव्य साहित्य लेखेर ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    ~~~~~~<•>~~~~~~
    [१७]
    १)
    गर्भमै ऋण बोकेर
    स्वतन्त्र हुँदैन कोही
    फगत पाठ घोकेर ।
    २)
    पाइन्न स्वतन्त्रता मागेर
    काँधमा काँध मिलाउँदै
    सङ्घर्ष गर्नुपर्छ जागेर ।
    ३)
    झाँगियो झनै अमित्रता
    व्यवहारिक छैन शासक
    देखाउँछ खाली दुष्टता ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~~~~~~<•>~~~~~~
    [१८]
    मदिरा बेसरी पिउँछु
    छैन कसैको डरभर
    स्वतन्त्र भई जिउँछु ।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ~~~~~~<•>~~~~~~
    [१९]
    १)
    मनपर्छ राताे फूल
    मेरो मायाले दिए
    हुँदैन कहिल्यै भुल ।
    २)
    मनमा माया हुन्छ
    सधैंँ तिम्रो माझमा
    यादले झन छुन्छ ।
    ३)
    कस्तो रहेछ माया
    सधैँभरि उसले मात्रै
    दिन्छ सितल छायाँ ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही, बुटवल
    ~~~~~~<•>~~~~~~
    [२०]
    १)
    वीर गाेर्खे नेपाली
    बैरीको सामु झुक्दैन
    नेपालकाे झन्डा उचाली ।
    २)
    अन्यायको विराेध गरेर
    नारीलाई मुक्ति गरौँला
    क्रान्तिकाे सन्देश छरेर ।
    ३)
    महिला  हिंसा अति
    कति चुपचाप बस्छौ ?
    देशलाई भयाे खति ।
    ✍️
    राज कुमार राजभण्डारी "खाेटाङ्गे"
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    ~~~~~~<•>~~~~~~
    [२१]
    अनेक मोहमा बाँचेका
    नखाई नखाई रोगमा
    कस्लाई भनेर साँचेका
    २)
    हिमाल चम्किलो हिउँले
    बसेका रमाई रमाई
    तराई धानको बिउँले ।
    ३)
    धनीको घमण्ड धनले
    नभए खान लाउन
    गरिबले माग्छ मनले ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~~~~~~<•>~~~~~~
    [२२]
    १)
    मानवीय धर्म होस्
    देखिन्छ महोदय भोलि
    आडम्बर डाँडा कटोस् ।
    २)
    जिम्मेवारी बोझ मान्नेले
    सम्बन्ध गाँस्न हुँदैन
    मनोमानी विकास ठान्नेले ।
    ३)
    विश्वमा परिचित नेपाली
    संस्कृति जोगाउन सकौँ,
    हामी हौँ गोर्खाली ।
    ४)
    केही होइन वचन
    कसैका लागि साथी
    देखावटीका मात्र सज्जन ।
    ५)
    समान हुँदा आँखाहरू
    नजर हुन्छ्न् बेग्लाबेग्लै
    हाम्रो मिल्दैनन् भाखाहरू ।
    ६)
    निहित राष्ट्रिय परम्परा
    मासिँदैन हत्तपत्त हजुर
    गाडिएर असहिष्णुताको जरा ।
    ७)
    फूलसँग काँडा हुन्छ
    सौँदर्य वासना रुँचाउने,
    घोच्छ भन्दै रुन्छ ।
    ✍️
    पृथक प्रकृति
    झापा
    ~~~~~~<•>~~~~~~
    [२३]
    १)
    यहाँ न्याय पाउन
    पर्दाेरहेछ हेर हामीले
    सेतो कात्रो लाउन ।
    २)
    हुने आखिर मानहानि
    न्याय माग्दा खेरी
    प्राण खोसेर खानी ।
    ३)
    देशको लागि मर्छु
    बैरीले दखल दिएमा
    त्यसको प्राण हर्छु ।
    ✍️
    सीमा कार्की समर्पण
    ~~~~~~<•>~~~~~~
    [२४]
    १)
    दलका नेता तगडा
    भ्रमकाे खेतीमा विकास
    कुर्सीमा मात्र झगडा ।
    २)
    भागबण्डामा राम्राे विकास
    देशकाे गिर्दो साख
    गणतन्त्रकाे मुख्य निकास ।
    ३)
    भ्रष्टकाे ठूलै लर्काे
    बाँच्न कठिन भयाे
    बजार भाउ चर्काे ।
    ✍️
    प्रद्युम्न चालिसे
    ~~~~~~<•>~~~~~~
    [२५]
    १)
    नराखाैँ मनमा पाप
    मिजासले भइन्छ राम्राे
    छाेड्नुपर्छ समाजमा छाप ।
    २)
    पिरकाे भारी बाेकेर
    शिर उठाउन गाह्राे
    बसाैँ कहाँ राेकेर ।
    ३)
    सबैलाई उस्तै देखेँ
    दु:खकाे भुमरीमा बाँचेकाे
    त्यसैले कहानी लेखेँ ।
    ✍️
    सन्दीप विश्वकर्मा
      प्यूठान (हाल:पाल्पा)
    ~~~~~~<•>~~~~~~
    [२६]
    १)
    सबैका आफ्नै कथा
    फरक हुन्न केही
    निस्कन्छ उस्तै व्यथा ।
    २)
    आफैँ  बाँधिने नीति
    मान्छे  बनाउन सकोस्
    बल्ल बस्नेछ थिति ।
    ३)
    खति शक्ति  अति
    जो महत्वाकाङ्क्षी  छ
    आखिर बिग्रन्छ मति ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    २०८०/९/९ साँझ -:५:५६
    ~~~~~~<•>~~~~~~
    [२७]
    १)
    भन्छौ सुखमा बसौँला
    अफ्नो बस्ती  छोडेर
    कुन सहरमा पसौला ?
    २)
    अल्छी कतै बस्दैन
    जता चहारे पनि
    मुखमा माड पस्दैन ।
    ✍️
    उमा दाहाल
    सुन्दरहरैँचा-१० मोरङ
    ~~~~~~<•>~~~~~~
    [२८]
    १)
    तनमनले गीत गायाे
    लौ कस्ताे अचम्म
    मथिङ्गल नै जलायाे ।
    २)
    देश हाँक्ने भन्छन्
    उँभाे लगाउने भन्दै
    मात्र खाल्डो खन्छन् ।
    ३)
    भन्ने बेला प्रजातन्त्र
    सिकाउछ कान फुक्दै
    देश डुबाउने मन्त्र ।
    ✍️
    हरिगाेपाल प्रधान
    काभ्रे पलाञ्चाेक बनेपा १४ साँगा बजार।
    ~~~~~~<•>~~~~~~
    [२९]
    १)
    झिल्का नयाँ कविता
    हामी सबै मिलेर
    लेखौँ भन्छिन् बबिता ।
    २)
    देशको माया बोकेर
    विदेशमा भइयो अहिले
    छातीमा किला ठोकेर।
    ३)
    समस्याका हुरी कति
    जुध्न सिकौँ सबैले
    बाधा रहन्नन् रति ।
    ४)
    मनमा अत्यन्त  खुसी
    स्वच्छ वातावरण होओस्
    जीवनमा नआओस् ढुसी।
    ५)
    आउँछन् बाधा जीवनमा
    पन्छाउन सिकौँ सबैले
    रहन्नन् बाँकि जनमा ।
    ६)
    समयको यो खेल
    साना जहिल्यै चेपुवामा
    भैदिए हुन्थ्यो मेल ।
    ७)
    दशमा सुन्ना सय
    जाओस् शान बढ्दै
    झिल्काको होस् जय ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~~~~~~<•>~~~~~~
    [३०]
    १)
    किन हिँड्छौ तर्केर
    बसेकी छौ तिमी
    आखिर मृत्यु पर्खेर ।
    २)
    रोकिन्न नदी बहन्छ
    सागरलाई भेट्न उसले
    जस्तै झमेला  सहन्छ ।
    ३)
    दिएर अरूलाई दुख
    पाउन्नौ तिमीले कहिल्यै
    यस जुनिमा सुख ।
    ✍️
    धुर्व श्रेष्ठ
    ~~~~~~<•>~~~~~~
    [३१]
    १)
    गर साथि कर्म
    सफल जीवन बनाउने
    सङ्घर्ष हो धर्म ।
    २)
    मन्दिरमा छन् मुर्ति
    खुट्टा टेक्न सक्दैन
    किन ठूलो फुर्ती
    ३)
    समय भयो कोल्टो
    जसले सक्छ लुट्न
    उसकै ठूलो पोल्टो ।
    ✍️
    दीपा तिम्सना पौडेल- ईलाम
    ~~~~~~<•>~~~~~~
    [३३]
    १)
    ठाेक गाेली जनतालाई
    कुम्ल्याऊ सम्पत्ति राष्ट्रकाे
    बचाउँछन् छिमेकी आई ।
    २)
    मान्छे अज्ञानी भएर
    मूर्ख बन्छ घरिघरी
    सिमा नाघ्दै गएर ।
    ३)
    बेइमानी भन्छाै किन
    इमानी छु जहिल्यै
    बुझाैला कुनै दिन ।
    ✍️
    तारा प्रसाद चापागाईँ
    धुनिबेसी
    ~~~~~~<•>~~~~~~
    [३४]
    १)
    महल देखिन्छ सहरमा
    बैङ्कभित्र  छन् पैसा
    बाध्यता हाेइन रहरमा ।
    २)
    आमाको सुन्दर चोली
    सधैँभरि सुन्न पाउँ
    मिठो  मिठो   बोली ।
    ३)
    चुनावको बेला टाेली
    नेता आएपछि गाउँमा
    बोल्छन् अनेकन बोली ।
    ✍️
    श्री कृष्ण धामी
    बझाङ
    ~~~~~~<•>~~~~~~
    [३५]
    १)
    धुलै उडेको माटो
    विकासको पर्खाइमा जनता
    कहिल्यै बन्दैन बाटो ।
    २)
    चिसोले गरिबलाई सतायो
    वर्षैपिच्छे आउने मौसमी
    पवनले तुवाँलो हटायो ।
    ३)
    दिनको सुनौलो बिहानी
    रोजगारी गरेर हरपल
    बित्न पाओस् जिन्दगानी ।
    ४)
    दान जानी नजानी
    दयाले हुनेछ  कल्याण
    जिन्दगी हुनेछ खरानी ।
    ✍️
    भगवती दवाडी, झापा
    ~~~~~~<•>~~~~~~
    [३६]
    १)
    मन्त्रीलाई नमस्कार भन्यो
    झुक्यो सलाम गर्‍यो
    देश कहाँ बन्यो ?
    २)
    परदेश गएर नमर्नु
    देशमै नेता बनेर
    खुब उन्नति गर्नु।
    ३)
    कमाए मान्छे गन्छ
    कुकुर हजुर नकमाए
    विदेशिनु बाध्यता बन्छ ।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ~~~~~~<•>~~~~~~
    [३७]
    १)
    काम गरेर देखाउँ
    असल बाटो हिँडेर
    समाजमा नाम लेखाउँ ।
    २)
    समाजमा चेतना जगाउँ
    परोकार पुण्य कर्मको
    सेवामा मन लगाउँ  ।
    ३)
    छोटो जीवनको चोला
    अविरल बग्दछ पानी
    ओरालो झर्दछ होला ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    ~~~~~~<•>~~~~~~
    [३८]
    १)
    झेल्दै बेरोजगारी कहर
    पलायन हुँदैछन् युवाहरू
    देश विदेशको सहर ।
    २)
    विनागुरुको शिक्षा ज्ञान
    गर्न सकिन्छ कसरी
    लगाए पनि ध्यान ।
    ३)
    आउँछ नयाँ साल
    फेरिन्छ पुनः भित्तेपात्रो
    फेरिँदैन गरिबको हाल ।
    ✍️
    बिके मुखिया
    दार्जिलिङ, भारत।
    ~~~~~~<•>~~~~~~
    [३९]
    संसार सुन्दर सृष्टि
    स्नेह माया ममता
    गर्ने वात्सल्य वृष्टि ।
    २)
    कोमल कञ्चन मन
    ममत्व दिने आमा
    नरित्तिने स्नेही धन ।
    ३)
    आमा प्रथम गुरू
    तोते बोली भाषा
    शिक्षा घरबाट शुरू ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~~~~~~<•>~~~~~~
    [४०]
    १)
    गन्तव्यको भयङ्कर आकार
    कहिले होला युवाहरूको
    सुनौलो सपना साकार ।
    २)
    हरघडी गर्नुपर्छ काम
    परदेशी मेसिन हो
    त्यत्तिकै पाइन्न दाम ।
    ३)
    के हुँदैछ ? जगत
    जताततै छ अशान्ति
    दिनदिनै बग्दछ रगत ।
    ✍️
    डम्बर थामी 'अनुपम'
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~~~~~~<•>~~~~~~
    [४१]
    १)
    मनमा   माया   पालेर
    कुरेर   बस्छु   पियारा
    आशाको दियो बालेर ।
    २)
    आँखामा  तिमी  बसेछौ
    मायाको भारी बिसाउन
    सुटुक्कै दिलमा  पसेछौ ।
    ३)
    छातीमा   टाँस   मलाई
    नजाऊ   छाडी   कहिल्यै
    हृदय     मेरो     जलाई ।
    ✍️
    नवशिला
    नवदेव मार्ग, लालभित्ती,मोरङ।
    ~~~~~~<•>~~~~~~
    [४२]
    १)
    विश्वलाई चिनाउने सगरमाथा
    बसेको   छ    हृदयभरि
    बोकेर अनमोल गाथा ।
    २)
    म एक्लै जान्थेँ
    त्यो पारी वनमा
    काफल टिपी खान्थेँ ।
    ३)
    वरिपरि हरियो वन
    देखेर खुशी छायो
    रमायो झन् मन ।
    ✍️
    अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा - ६ संखुवासभा ।
    ~~~~~~<•>~~~~~~
    [४२]
    १)
    अल्छिपना कतै चल्दैन
    मिहिनेत आवश्यक जहाँसुकै
    पैसा रुखमा फल्दैन ।
    २)
    बाआमाको मन हुरुक्क
    सबै होइनन् कतिपय
    देश छोड्दा फुरुक्क ।
    ३)
    यहीँ फल्छ सुन
    चाहिन्छ मिहिनेत कडा
    मनमा कुरा गुन ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी,  मोरङ
    ~~~~~~<•>~~~~~~
    [४३]
    १)
    आसिन पिँजडाको भित्र
    कल्पिएर सुन्दर कथा
    कोरिन्छ खुल्ला चित्र ।
    २)
    कड्किएर दिन्छ आदेश
    कुल्चिएर भान फुक्काको
    यताउति नगरेकै वेश !
    ३)
    कहेर समृद्धिको मन्त्र
    पारिन्छ भिमकाय पल्टा
    रहन सदावहार स्वतन्त्र ।
    ✍️
    रानाजी, काठमाडौँ
    २०८०।०९।२१
    ~~~~~~<•>~~~~~~
    [४४]
    १)
    लागेपछि इमानको खडेरी
    मान्छेलाई सकिँदो रहेनछ
    सुधार्न बनेपछि अटेरी  ।
    २)
    आफ्नाले ठग्छन् आफ्नैलाई
    हरायो मान्छेमा आज
    आफन्त अनि दाजुभाइ ।
    ३)
    नदेखाऊ मित्र अहङ्कार
    सबैले गर्छन् मूल्याङ्कन
    बन बरु इमानदार ।
    ✍️
    बाबुराम पाण्डे
    शितगंगा अर्घाखाँची
    ~~~~~~<•>~~~~~~
    [४५]
    १)
    सोझो सिधा ठाने
    भनेको माने सबै
    गलहत्तिएर भएँ जाने ।
    २)
    खुल्ला छ दिल
    चिलबिल हुन्न पार्नु
    अनि पाउँछौ श्लील।
    ३)
    नयनमा हराउँने गर्छु
    लुटपुट लुटपुट गर्दै
    तिम्रै भर पर्छु ।
    ✍️
    अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    ~~~~~~<•>~~~~~~
    [४६]
    १)
    अहिंसा मानव धर्ममा
    सफलता मिल्नेछ अवश्य
    विश्वास   गर  कर्ममा ।
    २)
    मेहनती शिखर चड्दछ
    नतर्स  असफल   हुँदैमा
    घोडा   चढ्ने   लड्दछ ।
    ३)
    आँखामा सपना पालेर
    निरन्तर बढ्नोस् लक्ष्यमा
    कदम कदम सम्हालेर ।
    ✍️
    Lumbini Sahitya Pratisthan
    ~~~~~~<•>~~~~~~
    [४७]
    १)
    मनमा आँधी चल्दैछ
    बुझ्ने साथी नहुँदा
    पीडाले छाती जल्दैछ।
    २)
    देवी द्याैता भाकेर
    यात्राको थालनी गरियो
    छातीमा ढुङ्गा राखेर ।
    ३)
    पैसामा चासो गर्दैछन्
    पराई मुलुक पुगी
    नेपाली कयाैँ मर्दैछन् ।
    ✍️
    केशवप्रसाद ढकाल 'प्रीतबीज'
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    ~~~~~~<•>~~~~~~
    [४८]
    १)
    चल्दैछ सुगन्धको लहर
    घुम्न मन भयो
    मायालुको सुन्दर सहर ।
    २)
    कायामा अल्झेको माया
    त्यसैले भेटेपछि  तिमीलाई
    लाग्छ आफ्नै छाँया ।
    ३)
    दिनरात हर प्रहर
    त्यही मनको मन्दिरमा
    बस्न जाग्यो रहर ।
    ✍️
    दीपा गुरुङ्ग (समभाव)
    बुनपा१२ काठमाडौ
    ~~~~~~<•>~~~~~~
    [४९]
    १)
    बिरालो चोर पल्केको
    घरमा भयो आतङ्क
    भुसको आगो सल्केको ।
    २)
    फाटेर आकाश खुलेछ
    आखिर फ्याउरो करायो
    बारीमा बाँस फुलेछ ।
    ३)
    हेर मसानघाट जाग्यो
    देखेर मुर्दाहरू अगाडि
    सबैलाई डर लाग्यो ।
    ✍️
    आर्त अकुलीन
    ~~~~~~<•>~~~~~~
    [५०]
    १)
    तारा उदाउँदा राति
    कति राम्रो देखिन्छ
    पिँढीमा कमिलाकाे ताँति ।
    २)
    सिक्दै जाउँ झिल्का
    मान्ने होइन गाह्रो
    फाल्न कुसंस्कारको छिल्का ।
    ३)
    छैन खबर मेराे
    व्यर्थै तेराेमेराे किन ?
    पारेर मुहार अँधेराे ।
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि ।
    ~~~~~~<•>~~~~~~
    [५०]
    १)
    रहिछौ तिमी काली
    राम्री देखिएकी लगाउँदा
    ओठमा रातो लाली ।
    २)
    आउ दिलमा बस
    मनमा सजाउँला तिमीलाई
    मायाले मलाई कस ।
    ३)
    सुन्दर सपना सजाई
    घरबार हामी जोडौँला
    पिरतीको गीत गाई ।
    ✍️
    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो)
    कनकाई ४ झापा
    ~~~~~~<•>~~~~~~
    [५१]
    १)
    सपनाको एक उडान
    आराम सुख दिने
    बनाउॅंछु रङ्गीन बगान ।
    २)
    रोजगारी मागेको बोली
    कठै ! मेरो देश
    सरकारले सोचेछ गोली ।
    ३)
    देशलाई चाहिने युवा
    देशमा निराशा बढ्यो
    नेतृत्वको जताततै खुवा ।
    ✍️
    म्यामराज राई
    ~~~~~~<•>~~~~~~
    [५२]
    १)
    मनमा माया जाग्यो
    सम्झिदा सधैँ उसलाई
    थकान पनि लाग्यो ।
    २)
    आँखामा आँसु हुन्छ
    बिर्सन सक्दिनँ उसलाई
    सम्झिएर मन रुन्छ ।
    ३)
    आगो नै उकेल्नुपर्छ
    जिन्दगी खेल हो
    अनेक तिकडम गर्छ ।
    ४)
    लिएर लक्ष्य मनमा
    परिवर्तन हुनुपर्छ हामी
    एकपल्ट आफ्नै जीवनमा ।
    ✍️
    चेतन खनाल (दाह्रीवाला)
    बंगलाचुली १ दाङ।
    ~~~~~~<•>~~~~~~
    [५३]
    १)
    कुहिरोले घाम  लुकायो
    न्यानो कपडा चाहिने
    महङ्गीले नेटो कटायो ।
    २)
    थरथर मुटु कमाउने
    पारिलो घामको आशमा
    न्यानो कपडा सुकाउने ।
    ३)
    शितलहर चल्दैछ तराईमा
    सदा होसियार रहौँ
    हिमपात बढ्दैछ हिमालमा ।
    ✍️
    सुर्य रेग्मी
    ~~~~~~<•>~~~~~~
    [५४]
    १)
    स्वभाव देखायो तुच्छ
    वरिष्ठ ठान्छ मान्छे
    व्यहोरा पशुको पुच्छ ।
    २)
    सर्वाधिकार लेखकमा हुने
    सर्वस्व गुमाई छपायो
    कुनामा बसेर रुने ।
    ३)
    आक्रोशमा रिस देखायो
    थियो अव्यक्त भाव
    शत्रुमा नाम लेखायो ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~~~~~~<•>~~~~~~
    [५५]
    १)
    हाँस्न मन लाग्छ
    तिम्रो छेउमा बस्दा
    दुःख पीडा भाग्छ ।
    २)
    तिमीलाई अप्ठ्यारो पर्दा
    सदा साथ दिन्छु
    तिम्रो आँसु झर्दा ।
    ३)
    तिमीलाई त सुटुक्क
    याे मुटुमा राख्दा
    माया लाग्छ कुटुक्क ।
    ✍️
    उर्मिला के.शी.
    धनकुटा
    ~~~~~~<•>~~~~~~
    [५६]
    १)
    बिरानो ठाउँ रहेछ
    साथ दिन आउँ
    ऊ एक्लै भएछ ।
    २)
    कान्छी पनि आइछ
    बोकेर सुन्दर फूलमाला 
    चौतर्फी उधुमै छाइछ ।
    ३)
    मायाको चिनो ल्याएँ
    पाएँ तिमीमा खुसी
    त्यसैले तिमीसँगै आएँ ।
    ✍️
    शशिश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ~~~~~~<•>~~~~~~
    [५७]
    १)
    स्वतन्त्र भई बाँच्नुपर्छ
    आफ्नो कर्म गरेर
    हक आधिकार साँच्नुपर्छ ।
    २)
    अधिकार भन्दै गन्छौ
    कर्तव्य निर्वाह नगरेर
    स्वतन्त्र भएन भन्छौ ।
    ३)
    चाहना धेरै थिए
    गर्ने अनुपम कर्म
    केहीमा हत्कडी लगाइदिए ।
    ✍️
    धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविताLeave a Comment on झिल्का कविता लेखन अभ्यास शृङ्खला- ३

    साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- ७७

  • २६ पुष २०८०, बिहीबार १९:३१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: सतहत्तराैंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास श्रृङखला दर्ता पछिको भाग :-७७ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०९/२३गते
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    मीठो बाेली पनि बहकाउने भाँडाे भयाे।
    कुव्यवहार चाहीँ बिझाउने काँडाे भयाे।
    काे कस्ताे हुन्छ निधारमा लेखिएकाे हुन्न,
    एउटाकाेे जिन्दगी अर्काेलाई घाँडाे भयाे।
    धन्य समय मान्छे चिन्नलाई चाँडाे भयाे।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    दुश्मनले खाडल खन्ने छ।
    दुनियाँले देख्दा वाह भन्ने छ।
    जिन्दगी सुख दुःखका घेरा हो,
    गन्न नसकिने धेरै पन्ने छ।
    याद अविष्मरणीय बन्ने छ।
    ह्यारिस

    पञ्चाङ्ग:०३

    शार्दूलविक्रीडित छन्द
    sss, iis, isi, iis, ssi, ssi, s =१९

    कौसीमा बसने अलाप गरने , मिलाप मेरै भयो।
    साथीको मनमा रहेर किनहो, बिलाप धेरै भयो।
    काहाँको रणमा बचेर अमली ,सोचेर काट्ने थियौ,
    साथीको घरमा अनेक बर्षमा ,आएर खेरै भयो।
    चौतारी सपक्कै विरानी भएको , सोचेर तेरै भयो ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

    पञ्चाङ्ग:०४

    औँसीकाे रातलाई जूनकाे आशा हुने।
    नयाँ बेहुलीलाई सुनकाे आशा हुने।
    आशा र विश्वसले चलेकाे जगतमा,
    बिरामीलाई बाँच्न खुनकाे आशा हुने ।
    अभाव जीवनमा नुनकाे आशा हुने ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०५
    दिन दिन जाडोले पेली रहेछ।
    मनभित्र तर्कना खेली रहेछ।
    बाहिर जान आउन पनि गाह्रो,
    हालखुट्टा त्यतिकै जेली रहेछ।
    जडाउरीले जाडो छेली रहेछ।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०६
    दिनहुँ चिसोले जीउ गलेको छ।
    जठराग्नीले शरीर ढलेको छ।
    आसै आसमा सत्यानास हुन् थाल्यो,
    भित्र यो मन भत्भती जलेको छ।
    द्वन्द, मुठभेड देश चलेको छ!
    कमला देवकोटा, पाल्पा

    पञ्चाङ्ग:०७


    माना पाथी भराएर खान्छाै।
    चिच्याएर कराएर खान्छाै।
    खानाविनै मरेका छाै तिमी ,
    थिचोमिचो गराएर खान्छाै ।

    हिस्सा बिलाे छराएर खान्छाै ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    पञ्चाङ्ग:०८
    कहाँनेर गल्ती भयो , कहाँनेर चुक्यौ हामी।
    बढ्नुको साटो किन खै दिनदिनै सुक्यौ हामी।
    गल्ती सबैको हुन्छ तर देखेनौ आफ्नो गल्ती,
    बदला लिन सधैं उसकै बाटो ढुक्यौ हामी ।
    सत्ताको लागि आफ्नै अनुहारमा थुक्यौ हामी ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०९
    कतिले दुई मुटु गाँसेर चाहाना छुँदा रहेछन्।
    कुतिले यहाँ विछोड गराएपछि रुँदा रहेछन्।
    यस्तै जोड्ने र तोड्नेको प्रक्रियामा सामेल भएरै,
    भाव असल कमसल खाले कति हुँदा रहेछन्।
    यिनै भाव यहाँ मानिसमा हाजिरी खुदा रहेछन्।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग
    अक्षर-२०

    सेता दन्ते लहर संग मधुरो मुस्कान छरेर आयौँ,
    एक छिन् भेट्छु भन्ने बित्तिकै तिमी त यतै सरेर आयौँ।
    त्यो तिम्रो चाल मग्न पार्ने रुप ढंग नै अनौठो देखिन्छ
    आहाँ तिमीले त मायालु मनै तान्ने बोलि धरेर आयौँ,
    कयौँ अप्ठ्यारा बाटा अनि खोला नदिहरु तरेर आयौँ।

    दुर्गा आचार्य
    मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्गLeave a Comment on साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- ७७

    झिल्काकार शरद प्रधानाङ्गज्यूका सुन्दर झिल्का कविताहरू

  • २४ पुष २०८०, मंगलवार २२:२२ मा प्रकाशित
  • झिल्का कविताहरू
    १)
    तातो गोली खानुहोस्
    रोजगारी सम्पन्न मुलुक
    कोसेली नगद लानुहोस् ।
    २)
    ठुलै उत्सव मान्यो
    भुसुनालाई कुल्चेर यहाँ
    सिंहले बहादुरी ठान्यो ।
    ३)
    आँसुको रङ्ग कस्तो
    साउन भदौको वर्षात्
    पानीभन्दा नि सस्तो ।
    ४)
    पाच्य अपाच्य प्रथाहरू
    सजिएको छ छातीभित्र
    अनुभूतिका कैयौँ कथाहरू ।
    ५)
    घनिष्ठ मित्र बनेर
    लुकामारी खेल्छन् आँसुमा
    आँखामा चित्र सजेर ।
    ६)
    कस्तो हुन्छ तालमेल
    रमाउँछ सधैँ स्वार्थमा
    उद्देश्य बन्छ जालझेल ।
    ७)
    सबैभन्दा पैसा ठुलो
    आत्मियता टिकाउ बन्छ
    स्वार्थभित्र मापन तुलो ।
    ८)
    भर्‍याङ् बोक्ने फेदमा
    भर्‍याङ चढ्ने शिखर
    समाउने सधैँ खेदमा ।
    ९)
    नयनको पानी नझार
    जिन्दगीबाट धेरै टाढा
    ओझेलमा मलाई नसार ।
    १०)
    अकालमा पर्‍यो मर्नु
    कसरी पुण्य कमाउँला
    डालीबाट त्यसै झर्नु ।
    ✍️
    शरद प्रधानाङ्ग
    विराटनगर – ७

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, शरद प्रधानाङ्गLeave a Comment on झिल्काकार शरद प्रधानाङ्गज्यूका सुन्दर झिल्का कविताहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P