राहुल गुप्ता पर्सा जिल्लाको पोखरीया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले केही दिन देखि आइ रहेको समाचार प्रति चासो लिदै आफू प्रति लेखिएको भ्रामक समाचारमा अलिकति पनि सत्याता नरहेको बताएका छन। मेरो ब्यक्तिगत जीवनलाई लिएर भ्रामक समाचार लेखेका पत्रकारले दण्डहीन अपराध गरेको उनले बताए ।
त्यस्तै बिना प्रमाण कसैलाइ भ्रष्ट भन्नू कानुनी अपराध रहेको उनले बताए।आफू पोखरीया नगरपालिकाको प्रमुख रहेको नाताले यस पोखरीया नगरपालिका बारे जुन समाचार लेखिएको छ त्यस प्रती ध्यानाकर्षण भएको र त्यस्तो कुनै पनि भ्रष्टाचार,कुनै पनि अनियमियता जोडेर जुन आरोप लगाइएको छ त्यो आरोप सिद्ध गरेर देखाउन उनले चुनौती समेत दिएका छन ।
त्यस्तै उनले आफूलाई अनुभव बिहिन भनेको प्रति बोल्दै नेपाल सरकारले मलाई मेरो क्षमता र योग्यता देखेर यस नगरपालिकाको अधिकृत बनाएको हो। मेरो क्षमता र अनुभवलाई जाच्न चानेले म संग प्रत्यक्ष रुपमा बसेर कुरा गर्न उनले आह्वान समेत गरे ।
त्यस्तै उनले आफू प्रती लेखिएको गलत समाचारले मेरो परिवार र समाजमा मेरो मान मर्दन प्रति ठेस लागेको बताए।कार्यालय समय पछि मेरो आफ्नो व्यक्तिगत जिवन सुरु हुने र मेरो व्यक्तिगत कुराहरु संग जोडिएर झुठो समाचार बनाएर बारगेनिङ गर्न खोज्ने यस्ता पत्रकार र उनको संस्थालाई कार्यवाहिको घेरामा लैजाने बताएका छन । आफू आए देखि नै पोखरिया नगरपालिकाको काम कार्वाही पार्दर्शित रुपमा हुँदै आएको छ ।
मेरो चरीत्र हत्या गर्ने पत्रकारलाई आफू अदालत मुद्दा गर्ने र हरेक कानुनी प्रक्रिया अपनाएर सजायको माग गर्ने बताए।
मधेश प्रदेशमा बढ्दो चिसो (जांडो) लाई मध्य नजर गर्दै बहुदरमाई नगरपालिका वड़ा नं. ७ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादवले कम्बल बितरण गरेका छन।
हिमालयन दृस्टिलाई फोनगरी अध्यक्ष यादवले भने – जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक,एकल महिला विधुवा,अपाङ्ग र निमुखाहरू लाई वडा बाट गत वर्ष झै यस वर्ष पनि तिन सय भन्दा बढि लाई कम्बल वितरण गरि सम्मान गरिएको हो।
यादवले निर्बचित भैदेखी नै बहुदरमाई नगरपालिका -७ लाई देशको वड़ाहरु मध्य बहुदरमाई नगरपालिका-७ लाई नमूना वड़ा बनाउन लागि परेको उनको उद्देश्य रहेको बताए।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसठ्ठऔंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०९/ १९ गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:६१ [एकसठ्ठीऔं ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ चित्रमा पञ्चाङ्ग पञ्चाङ्ग:०१ खेतमा छ अनाज दुख छैन। राेटी खाने नि अब मुख छैन। फर्केर आउ है मातृभूमिमा, हेर परदेशमा सुख छैन। त्यहाँ छहारी दिने रूख छैन। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ हाम्रो देश कसले बनाउने हो ज्ञात छैन। भूकम्प पीडित नरोएको कुनै रात छैन। मन्त्रीहरू हेलिकप्टरमा घुमफिर गर्छन्, गरीब जनताको भोको पेटमा भात छैन। जाडो हुँदा ओढ्ने कम्बल र बस्ने थात छैन ।
• देवी पन्थी
पञ्चाङ्ग:०३
संयाेगले जुराएकाे भेटलाई सम्झन्छु । आकाशमा उडी हिड्ने जेटलाई सम्झन्छु । जति दुःख गरे पनि भरिँदै नभरिने , सँगसँगै भाकाे यही पेटलाई सम्झन्छु । देश भेष आफ्नाे भाषा ठेटलाई सम्झन्छु ।
भवानी घिमिरे सर्लाही ,
पञ्चाङ्ग:०४
परम्परा बुझ्ने पनि बेला हुनुपर्छ। सबैजना बुझ्ने जति भेला हुनुपर्छ। हाम्रै संस्कृतिमा विज्ञान पाएका छौँ, हाम्रो सत्य सभ्यताको मेला हुनुपर्छ । पौरखीको नै हातमा ठेला हुनुपर्छ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।
पञ्चाङ्ग:०५ आगो पनि बलेको छ कि छैन कुन्नी? गुजारा त्यो चलेको छ कि छेन कुन्नी? देखाउन मात्रै हो जस्तो पनि लाग्छ, रोटी कत्ति गलेको छ कि छैन कुन्नी? हृदय त्यो जलेको छ कि छैन कुन्नी? घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग:०६ अभावमा बिगतको रोटी सम्झिन्छन्। नेताले जनतालाई गोटी सम्झिन्छन्। राम्रो मिठो खानाको महत्व छदैछ , दुःखमा ईश्वर कोटी कोटी सम्झिन्छन् । आफ्नो संस्कृती किन हो खोटी सम्झिन्छन्। सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:०७
बलेको आगोमा देखियो गुजरा कसरी चलेको छ। चित्रमा देखेर लेखियो गुजरा कसरी चलेको छ। बिहान र बेलुका हात र मुख जोडन धौ धौ होला, बास त्रिपालले छेकियो गुजारा कसरी चलेको छ। साना खुट्टा खाली टेकियो गुजारा कसरी चलेको छ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०८ कोहीलाई चौरासी व्यञ्जन, कोही रोटी बेलेर खान्छन्। त्यही रोटी पनि दिनभरि ठेलागाडा ठेलेर खान्छन् मान्छे-मान्छे एउटै हो रगत त सबैको रातै हुन्छ, तर मान्छेले मान्छेकै रगतमा होलि खेलेर खान्छन्। यहाँ त बलियाले निर्धालाई जहिल्यै पेलेर खान्छन् । -पशपती राई खोटाङ ।
पञ्चाङ्ग०९ निभेको आगोमा रोटी कसरी पकाउने होला। मुछेको पीठो अझै छ कसरी सकाउने होला। दुई दिने जीवन मा जीवन धान्न गाह्रो भयो, रोटी खान त कुर्दा कुर्दै त्यसै थकाउने होला। नेताले जनतालाई छकाए झै छकाउने होला। सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग:१० रोटी छोटी या मोटी बेल्नै पर्ने छ । आगो बाल्न दाउरा पेल्नै पर्ने छ । रुख्खा सुख्खा पेट पूजा गर्नै पर्यौ, जहानको झमेला झेल्नै पर्ने छ । काम सकि मेलामा खेल्नै पर्ने छ । धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:११ आफु स्वस्थ रहन कहिलेकाहीँ राेटी खानु पर्छ। जिउ घटाउनत बारीमा काम गर्न जानु पर्छ। जस्तो भएनी आफ्नै आँटाेपिठाेमा रमाएकाे राम्रो, केही कुरा फलेभने बजारमा बेच्न लानु पर्छ। परिश्रमले नै सफलता मिल्छ भन्ने ठानु पर्छ।
उर्मिला के.शी. धनकुटा
पञ्चाङ्ग:१२
झुपडीमा गई हेर आगो बलेको छ,छैन। मेहनतीको खेतमा हेर फलेको छ,छैन। जति दुुःख गरेपनि दुई छाक टार्न गाह्रै छ, जिन्दगीको गाडी हेर सजिलै चलेको छ,छैन। दुःखीको मन बुझ पिडाले त्यो जलेको छ,छैन । शोभा आचार्य गौतम काठमाडौँ
झिल्काकार मन्दिरा सेढाईका सुन्दर झिल्काहरू
१)
सबैमा नमस्कार अर्पण
गर्छु स्वच्छ मनले
भएर साहित्यमा समर्पण !
२)
नरम वचन सारै
कोइली लाज मानी
झस्काउँछौ तिमी एकतारै !
३)
छैन घरमा मानु
भाग्यमानीले पाउँछन् काम
बेरोजगारले कता जानु !
४)
लोभ पापको घर
चोरेर खान पल्केकालाई
लाग्दैन इज्जतको डर !
५)
नगर ठुला कुरा
असल कर्म गर
सपना हुन्छ पूरा !
६)
कर्मले नाम लेखिन्छ
डोकोले छोपेको लाज
नियालेर हेरे देखिन्छ !
७)
नगर तिरस्कार मलाई
इमान बेच्ने छैन
गर्नेछु राष्ट्रको भलाइ !
८)
घैटोमा घाम लाग्ला
आज नभए भोलि
युवा शक्ति जाग्ला !
९)
असल बाटो रोजेर
हिँड्नुपर्छ आखिर सबैले
पाइँदैन सुख खोजेर !
१०)
सुन लगाएको देखिने
स्वार्थी यो दुनियाँमा
गुन लगाएको छेकिने !
✍️
मन्दिरा सेढाई
मलेखु,धादिङ
झिल्का कविता
१)
कसरी माया बस्याे
केवल एक नजरमा
प्रेमकाे छुराले धस्याे ।
२)
समयकाे फल सानू
प्रकृतिको अमुल्य उपहार
जडिबुटी जानेर खानू ।
३)
पिपलले दिन्छ छाया
अविचलित भएर सधैँ
अक्सिजन सहित माया ।
४)
आशामा रहन्छन् दुखीदाखी
मनुष्य बनौँ दिनानाथ
मनमा उत्साह राखी ।
५)
पितापुर्खाकाे अमुल्य नासाे
सन्ततिलाई नै दिनुपर्दछ
बुझाउनु लगाई चासाे ।
✍️
प्रद्युम्न चालिसे
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११७ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११७औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
कामै गरेन नेताले भन्छन् बदमास अविकासी नगरेको भए लाखौँ युवा कसरी भए निकासी ?
वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
क्विन्टलका क्विन्टल सुन भित्र्याउनु भयो देख्दैनन् त खोइ
महङ्गी बेरोजगार उपहारको लर्को बस्छन् अझै रोई ।
✍️
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[२]
युवाहरूका रेमिटेन्सले नेपाल देश चल्दैछ,
अनि गरिब दुखीहरूका घरमा आगो बल्दैछ।
✍️
एवाइ प्रभात
सहिदभुमि-३,छेन्ताङ धनकुटा
[३]
युवा विदेश पठाउँदा पनि कमिसन पाइन्छ,
के हेर्नु छ र अब सबै विदेश लाइन लाइन्छ।
✍️
अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
[४]
मरेर यतिसम्म गर्दा पनि विकास
युवाले भन्छन् कहिले दिने हुन् निकास।
✍️
प्रदीप के रिमाल।
[५]
यस्तो देशमा जन्मिएका हामी भाग्यमानी कति
कहिले पलाउने बुद्धि र सुध्रने होला मति?
✍️
अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[६]
मतदान गर्दा बुद्धि पुराएको खोइ
नेतालाई दोष दिदै रुन्छ लाटो पोइ ।
✍️
बिके मुखिया
दार्जिलिङ, भारत।
[७]
बेच्दै छाैँ युवा विदेशतिर किन खाेज्छाै एयरपाेर्टकाे लस्कर
युवाशक्ति निकासी सरकारकाे नीति कहाँ भाे मानव तस्कर ?
✍️
ताराप्रसाद चापागाईँ
धुनिबेसी
[८]
नगरेको हैन विकास देशमा राजनीति निकै भयो
यति हो यहाँ बेरोजगार बनी युवा चैँ विदेश गयो।
✍️
शंकर कार्की थाहा ३ मकवानपुर
[९]
मान्छेको रहेछ दुई दिने चोला,
मरेपछि त पक्कै जाने हो खाेला !
✍️
कृष्ण धामी - बझाङ
[१०]
कति गरून् त नेताले युवालाई गोली दिन्छन्,
सुन तस्करीको विकास गर्न चैँ झोले किन्छन् ।
✍️
विवश पारदर्शी
झापा,
[११]
मान र सम्मानको मात्र कुरा गर्छौ,स्वाभिमानको कुरामा तर्सन्छौ ?
राजनैतिकको मात्र भाषण छाट्छौ,नैतिकताको कुरोमा बर्सन्छौ ?
✍️
पेम्बा योल्मो
[१२]
नेतालाई भन्दा पनि नीतिलाई मानौँ
हाम्रालाई भन्दा पनि राम्रालाई छानौँं ।
✍️
डम्बर थामी 'अनुपम'
कालिन्चोक गा. पा. -६, दोलखा ।
[१३]
दिएकै छन् भाषण चिल्ला सुनेकै छौँ चर्का बोली
भोको युवा देश छोडेर खाएकै छन् तिखा गोली
✍️
उमा दाहाल
शुन्दर हरैँचा -१० मोरङ
[१४]
देशमा राेजगार छैन् युवा जति विदेशतिर गएदेखि
काम भने सिन्काे भाँच्दैनन् नेताहरू ठुला ठुला गर्छन् सेखी ।
✍️
सहयात्री शाेभा अर्याल
रुपन्देही , बुटवल
[१५]
बदमास मान्छेहरू हुन् हाम्रा देशका अविकासी
देशमा रोजगार भए पो युवा नहुन् त निकासी
✍️
गुणनिधि घिमिरे अमेरिका
[१६]
नेताहरू हिँड्छन् कालो सिसा भएको गाडीमा
युवाहरूको सारा जवानी रित्तिन्छ खाडीमा ।
✍️
बि.कुलुङ
दार्जिलिङ
[१७]
हरेक युवाको जीवनसँग नखेल एकदिन बल्नेछ राको,
देशमा रोजगारीको ग्यारेन्टी नगरे सबैको निस्कनेछ डाको।
✍️
अम्बिका अधिकारी
झापा बिर्तामोड
[१८]
चप्पलका फिता लगाएर नमस्कार भन्दै भोट माग्न आए
गद्दी सम्हालेपछि जनताको विश्वास मासुझैँ पोलेर खाए ।
✍️
रतन पाण्डे, 'पारतन', दार्जीलिङ।
[१९]
मानव तस्कर सदियौँदेखि गरिरहेका छन्, यहाँ सरकार आफैँले
उल्टै जनताको हितमा बोल्नु र गर्नुपर्नेमा, झन भन्छन् के बुझिस् तैँले ?
✍️
कबिताहरी
सुन्दरहरैँचा नगरपालिका १ मोरङ
[२०]
फोस्रा भाषणमात्र गर्छन् नेता घुम्छन् चिल्लाे कारमा
देश डुब्न लाछ जनताहरू परेका छन् मारमा ।
✍️
नाम केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ।
हाल भारतबाट ।।
[२१]
लाजविनाको सरकारको सदा काम खोटी
जनताको निकासी चाहीँ गर्छ हजार चाेटी ।
✍️
त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[२२]
धुन्धुकारीले रित्याइसके भकारीका बीज,
निकासी गर्न शासकले देख्दैन अरू चिज !
✍️
कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[२३]
रहर कहाँ हुन्छ विदेश जान छोडी आमाको काख
खोज्दै वेरोजगार नमार बरू निकासी गरी राख।
✍️
भगवती दवाडी
[२४]
नगरेका त कहाँ हुन् र आफ्नालाई त छँदै छन् नि च्यापेका
सोझासाझा र निमुखा जनताको पो मुखमा हिलो छ्यापेका ।
✍️
गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ
[२५]
त्यही युवा थिए देशमा निकासी गर्यो
अरूभन्दा महङ्गो सुन चोरेर मर्यो ।
✍️
चुडामणी ध्रुव देवकोटा
[२६]
धारे हात लगाउँछन् नेतालाई खराब छ भनी
चुनाव आउँदा भोट दिन्छन् तिनैलाई गनी गनी ।
✍️
रचना मोक्तान " यात्री "
नमोबुद्ध न. पा.-५, काभ्रे
[२७]
गरेनौ भन्दिनँ म धेरै गर्यौ अनि आफ्नै भर्यौ मानो
एकचोटी गएर हेरिदेऊ घरको चुहिने छानो ।
✍️
अनुग्रह राना मगर 'पुष्प'
पाँचखपन नपा - ६ संखुवासभा ।
[२८]
बदमासी गरेर सबैले कुरा गरे
राम्रो काम गर्यौ र त युवा जति मरे ।
✍️
हिमा आर सी
मेहेलकुना सुर्खेत
[२९]
जन्तालाई ठुला ठुला आश्वासन दिएर चढ्यौ सत्ता
मतदान जितेपछि बाचा बिर्सी भयौ आज बेपत्ता ।
✍️
दीपा तिम्सना पौडेल-ईलाम
[३०]
युवालाई विदेश पठाउनुलाई के भन्छौ विकास
कदापि यसरी हुनेछैन कसै गरी पनि निकास ।
✍️
प्रेम थापा "मन"बागलुङ
[३१]
कलकारखाना उद्योगधन्दा सबै बन्द गरे
युवा बाहिर पठाए टन्टै पो साफ हुन्छ अरे ।
✍️
सरिता सेढाई धादिङ
[३२]
देश विकासको नाममा विदेशीसँग ऋण मागी मागी,
गरेका छन् नेताले राम्रा राम्रा काम नातागोताकाे लागि ।
✍️
राज कुमार राजभण्डारी "खाेटाङ्गे"
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
[३३]
नदीनाला पहिल्यै बिके मानव नबेचे कसरी कमाउने
एक क्विन्टल सुन ल्याउँदा पनि मुर्खहरू ऑखा लगाउने !
✍️
इन्दिरा देवकोटा
[३४]
उद्योग नभएर के भयो त, विकल्प छन् प्रसस्त
राजनीतिको व्यापार गरेर, कमाऊ पैसा मस्त।
✍️
होम प्रसाद नेउपाने
धरान,सुनसरी।
[३५]
भ्रष्टाचारकै सरकार छ भ्रष्टाचारीलाई मोज
पितपत्रकारिता नै गर्ने यो सरकारको खोज ।
✍️
समुद्र
जल्जला ७ गण्डकी
[३६]
दाेष दिन्छाै नेतालाई कर्मचारी के हुन ?
हिलाे छ्यापेर चाेखाे बन्ने प्रवृति हाे जुन ।
✍️
जि.बि.चिन्तन
२०८०/०९/२१ शनिवार बिहान ६:५४ दाङ
[३७]
अधिकार दिएर नेता बनाइयो
उसैले हाम्रो अधिकार खाइदियो।
✍️
नीमा छिरिङ भोटिया
जलढका कालेबुङ भारत
[३८]
युवाजति विदेश पठाउनू देश रित्तो पारी
नेताजति स्वादे तिध्रा देशमा सिन्का नै नसारी।
✍️
मोती सुब्बा
दार्जिलिङ, भारत।
[३९]
हिँड्दा हिँड्दै नेता खाडल हेर्न बिर्सेछ हरे
जनता विदेश फगत एक्लो परेछ भरे !
✍️
मनोहरी पौडेल
गैडाकोट १
[४०]
विकासको नाममा युवा र शरणार्थीको निकास दुखद
रकम खल्ती भर्दै बङ्गला गाडी नेताको जीवन सुखद !
✍️
कमला देवकोटा, पाल्पा
[४१]
माउ दुब्लो पारेर नेताले सकल मोटा भए
दाउ ठुलो राखेर खेताले नक्कल छोटा रहे
✍️
गम्भीर दुवाडी
गजुरी ५ धादिङ्ग
[४२]
विकासले देश भइसक्याे भरिभराउ केटा
जनता किनबेच गरी नेतृत्वले बेरे फेटा ।
✍️
खुनराज काईराला
सिद्दलेक-३ गैरीगाउँ,धादिङ
[४३]
कोही बाध्यताले विदेश लागे कोही लागे रहरमा
कोही योजना बनाएर लागे कोही भने लहरमामा।
✍️
ध्रुव श्रेष्ठ
हाल काठमाडौ ।
[४४]
अरूलाई खेदौँ आफ्ना सन्तानलाई अझै ठाउँ पुगेको छैन
स्याल खेदिकन जनताले नै व्वाँसाेलाई सत्ता सुम्पेको हैन ?
✍️
रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
[४५]
एकले अर्काे माथि नै दाेषाराेपण मात्र गर्ने ,
देशमा युवा राेके विदेशी मुद्रा कसरी भर्ने ।
✍️
प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[४६]
निकासी गर्न पनि ज्यान दिनुपर्ने यहाँ कस्तो हो यो खेल
आफ्नो फोहोरलाई पाकेटमा हाल्दा अवश्य आउँछ रेल ।
✍️
धनुष न्यौपाने
गुठिचौर गाउँपालिका ०४बिगारे जुम्ला
[४७]
दुष्टहरूले देख्नै चाहेनन् हामीले गरेको विकास
विदेशी मुद्रा आर्जन गर्ने खोलेका हौँ नौलो निकास ।
✍️
बाबुराम गौतम, गुल्मी
[४८]
काम, दाम कमाउन युवा विदेशीए
दोष जति सबै सरकारलाई दिए ।
✍️
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[४९]
युवा निकासी गर्ने कारखाना बन्यो देश हाम्रो
जनतालाई सधैँ दुःख नेतालाई मात्र राम्रो ।
✍️
सुस्मिता अधिकारी ,काठमाडौँ
[५०]
ध्यान किन जाँदैन हो सरकारको, हाम्रा युवा पिँढीतिर
दुनियाँको नजरमा देश तल पर्ला कि भन्ने लाग्छ पिर।
✍️
यमुना प्रधानाङ्ग'मुना'
वीरगञ्ज, पर्सा
हाल: इमाडोल, ललितपुर
[५१]
उकाली बाटो बिर्सेर आफू विदेश गएका
किन हो मान्छे जननी भुल्ने निष्ठुर भएका !
✍️
आर्त अकुलीन
[५२]
गरिरहेछन् नेताले रोजगारीको काम हेर
फलस्वरूप विदेशीए, युवाहरू कति धेर।
✍️
शोभा आचार्य गौतम
काठमाडौँ
[५३]
अचेल विदेशमा पासपोर्ट बिक्छ
पाठशालामा यहाँ, छात्र खै के सिक्छ ?
✍️
नागेन्द्रप्रसाद यादव , दाङ
[५४]
कुर्सीमा बसी ठुलो बनी जसरी नी लाखौँ विदेश छु त पठाएको
जति गरे नि देख्दैनन् जनता चारैतिर कार्यकर्ता छु खटाएको ।
✍️
सुशीला शिखा
काठमाडौ कागेश्वरी
[५५]
स्वदेश भुलेर नजाऊ काेही विदेश
गर्न जाने यही रमाइलो परिवेश ।
✍️
हरिगाेपाल प्रधान
काभ्रे पलाञ्चाेक , बनेपा १४ साँगा जार ।
[५६]
युवा गरियो निकासी, यो पैठारी किन चाहियो
बेचेरै नेपाली युवा खल्ती टन्न भर्न पाइयो ।
✍️
राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
[५७]
युवा लक्षित स्वरोजगार बहानामा पनि
नेताको नै झोला भर्ने गर्छन् सबै भ्रष्ट बनी ।
✍️
पद्मा काश्यप पाण्डे, मोरङ
[५८]
जनतालाई बाख्रा जस्तै बेच्छ सरकार हाम्रो
झोलेहरू अझै भन्छन् विदेश पठाएको राम्रो ।
✍️
बिके माकजू , भक्तपुर ।
[५९]
म नेताले कुन जनताको लखेटेको छु र छोराछोरी
तिम्रा सन्तानहरू बुरुक्क भई हिँड्छन् हेर उफ्रि ओरी ।
✍️
कमला पौडेल
[६०]
देशको उन्नति प्रगति दोस्रो कुरा
कमाउनै मस्त सरकार बबुरा ।
✍️
कोपिला अधिकारी
सिरानचोक ७ , गोरखा
[६१]
युवा विदेश खेदिन्छन्, लाखौँ पर्छन् प्रहारमा
विकासको झिटी गुन्टा, खाने छन् दरबारमा।
✍️
रामशरण न्यौपाने, भक्तपुर
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १३७ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
विदेश
युवाको लर्को
बाध्यता भएर चर्को !
- वसन्त अनुभव
[२]
विदेश
युवाको आवश्यकता
राेजगारी अर्थाेपार्जन अभाव !
- नारायणप्रसाद उपाध्याय, कैलाली
[३]
युवा
विदेशीने ताँती
घरपरिवार छोडी जहाजमाथि !
- चक्र शाही, लम्की, कैलाली
[४]
विडम्बना
अभावको सिकार
छोड्दैछ युवाहरुले देश !
- एवाइ प्रभात
सहिदभूमि-३, छेन्ताङ, धनकुटा
[५]
बेरोजगारी
युवामा कहर
बाध्यतामा विदेशिने लहर !
- सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
[६]
बाध्यता
होइन रहर
जाँदैछौ अञ्जान सहर !
- कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[७]
अभाव
युवा विदेशिने
आर्थिक सङ्कटको प्रभाव !
- डम्बर थामी 'अनुपम'
कालिञ्चोक गा.पा.-६, दोलखा
[८]
अचम्म
नमानौँ कसैले
विडम्वना बुझौँ सबैले !
- राेशन पराजुली, धरान
[९]
अवस्था
हेरन यहाँ
देशको युवा विदेशमा !
- बुद्धिप्रसाद लामिछाने, कैलाली
[१०]
हाल
लोकतन्त्रको ताल
युवालाई बेच्दैछ दलाल !
- पशपती राई, खोटाङ
[११]
विदेशिने
जनताकाे लर्काे
सरकारलाई लाग्दैन झर्काे !
- ताराप्रसाद चापागाईँ, धुनिबेसी
[१२]
जमात
युवाहरू विदेशमा
छैन रोजगार स्वदेशमा !
- सरस्वती श्रेष्ठ, इटहरी
[१३]
मस्ती
मुठीभर दलालकाे
सारालाई सास्ती बेहालकाे !
- निरज कोइराला, इटहरी -१६
[१४]
विदेश
छोडेर घर
छैन जीवनको भर !
- गङ्गा खड्का
बूढानीलकण्ठ, काठमाडौँ
[१५]
युवा
खोजी सुख
चढेर पहाडको दु:ख !
- म्यामराज राई, भोजपुर
[१६]
विलासिता
जीवनको आसमा
युवाको रोजाइ विदेशमा !
- मङ्गला उपाध्याय, बारा
[१७]
हल्ला
विदेशिने सल्लाह
पोथीको अभावमा चल्ला !
- अच्युत घिमिरे, सर्पाङ, भुटान
[१९]
परदेश
उर्लदो जनसागर
रोजगारको विकल्प भर !
- पृथक प्रकृति, झापा
[२०]
बाध्यता
विदेश जाने
भिड जहाजले नधान्ने !
- सरिता सेढाई, धादिङ
[२१]
विदेश
जानै पर्ने
नगएर के गर्ने ?
- सुरेशकुमार पाण्डे
[२]
युवा
खोज्दै रोजगार
स्वदेशमा नपाउँदा अधिकार !
- अनुग्रह राना मगर 'पुष्प'
पाँचखपन नपा-६, संखुवासभा
[२३]
दुखद
देशको स्थिति
कसले बनायो नीति !
- सविता के.सी.
[२४]
युवा
परदेशमा बेचिए
टुलुटुलु हेर्दै सरकार !
- सीता पाण्डेय मरासिनी
उपल्लो तम्घास, गुल्मी
[२५]
युवा
पठाउने विदेश
यो कस्तो व्यवस्था ?
- प्रेम थापा 'मन', बागलुङ
[२६]
विदेश
कमाउने थलो
कसले जोत्ने हलो !
- डा. देवी पन्थी
[२७]
उडान
आकाशे चरा
सम्बन्ध आँसुमा डुबान !
- आर्त अकुलीन
[२८]
युवा
राेजगारकाे खाेजीमा
जान्छन् विदेशी भूमिमा !
- राज कुमार राजभण्डारी "खाेटाङ्गे"
मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[२९]
वैदेशिक
रोजगारप्रतिको आकर्षण
किन लठ्ठायो युवाहरुलाई ?
- केन्द्रप्रकाश बराल, इलाम
[३०]
बाध्यता
विदेश प्रस्थान
खोज्न उज्ज्वल भविष्य !
- सुस्मिता अधिकारी, काठमाडौँ
[३१]
विदेशिनु
कतै बाध्यता
कतै दिखासिकी गर्नु ?
- घनश्याम पौडेल, पोखरा
[३३]
कर्णधार
देशको विदेशतिर
नेता नामको प्रणेता !
- डुक छिरिङ लेप्चा
मिरिक डुप्टिन
[३४]
रित्तिँदै
युवा जनशक्ति
हुन्न देशकाे उन्नति !
- प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[३५]
युवा
विदेश पलायन
स्वदेश माग्दै सहारा !
- वासुदेव ज्ञवाली
पाल्पा, तानसेन-१
[३६]
रहर
सानो घर
त्रिभुवन विमानस्थलको लहर !
- हिमाल अम्मै
घोडाघोडी, कैलाली
[३७]
विदेश
चढेर यान
बाध्यता युवा पलायन !
- कमला देवकोटा, पाल्पा
[३८]
विदेशी
सुखको खोजीमा
रितियो पुरै गाउँबेशी !
- सरस्वती वली
बर्दिया, नेपाल
[३९]
बाध्यता
बेरोजगारी समस्या
हरेक नेपालीको कथा !
- बि के विरही, टीकापुर, कैलाली
[४०]
चिलगाडी
बोकेर मायालु
गएका देशलाई छाडी !
- नागेन्द्रप्रसाद यादव, दाङ
[४१]
बाध्यता
जोखिममा जनता
खप्दै अनेकौँ यातना !
- समुन्द्रा शर्मा, सुनसरी
[४२]
बाध्यता
विदेशिनु हामी
भविष्यकाे आधार छामी !
- केसर बाेहरा 'सङ्घर्ष'
सुदूरपश्चिम, अछाम
हाल: भारत
[४३]
युवा
उड्ने आकाशमा
आफन्त सधैँ त्रासमा !
- चन्द्रावती अधिकारी, काेहलपुर
[४४]
विदेश
युवा गए
ओहो बाध्य भए !
- शोभा गौतम
[४५]
विदेश
जीवन खोज्दै
भौतारिँदै पुगिने गन्तव्य !
- ध्रुव श्रेष्ठ, काठमाडौ
[४६]
विदेशिए
युवा अल्झिए
मातृभूमि फिर्न नबिर्सिए !
- भगवती दवाडी, झापा
[४७]
बाध्यता
जीवन जिउन
विदेश जानेको लहर !
- धनमाया चौधरी, कैलाली
[४८]
देश
उस्तै गतिमा
युवा पलायन विदेशमा !
- डिल्लीराज घिमिरे, अर्घाखाँची
[४९]
बाध्यता
विदेशीने कहर
नहुने रहर युवाको !
- विवश पारदर्शी, झापा
[५०]
विदेश
युवा खाडी
बन्धकीमा छ खेतबारी !
- इन्दिरा देवकोटा
कपिलवस्तु, नपा-३
[५१]
बाध्यता
विदेश जान
साहुकाे ऋण तिर्न !
- उर्मिला के.शी., धनकुटा
[५२]
युवा
परिबन्धमा हेपिएर
आखिर जिउनुपर्ने चेपिएर !
- कला ढकाल, झापा
[५३]
लहर
रोजगारी खोजी
निराश युवा यात्रा !
- घनश्याम पौडेल
गौरीगङ्गा नपा-९, कैलाली
[५४]
कहर
जन्मभूमि त्याग
अविरल आमाको आँसु !
- कविता आचार्य, कैलाली
[५५]
सहारा
भएका परबास
भुलेर आमाको काख !
- सुरेश न्यौपाने
लम्की, कैलाली
[५६]
विदेश
सपना समृद्धिकाे
मृगतृष्णा नबनाेस् कसैकाे !
- सुधा बाँस्कोटा ढकाल
[५७]
बाध्यता
विदेशी भूमिमा
युवा भविष्यकाे खाेजीमा !
- बलराज गिरी, कैलाली
[५८]
बुद्धिमानी
भएका ज्ञानी
मान्छे बेचेर धनी !
- रामप्रसाद पुरी, बादेल, खाेटाङ
[५९]
बाध्यता
विदेशिनु हामी
सन्तानको भविष्यकाे लागि !
- सहयात्री शाेभा अर्याल
रुपन्देही, बुटवल
[६०]
युवा
जनशक्ति बढ्दै
बेरोजगारी असङ्ख्य लड्दै !
- अम्बिका अधिकारी
झापा, बिर्तामोड
[६१]
युवा
जान्छन् खाडीतिर
जन्मभूमिको मान्दै पिर !
- सरिता काफ्ले
कोहलपुर-८, बाँके
[६२]
बाहिरिए
नव युवाहरू
हेर! देश छोडेर !
- पुष्पा शायरा, विराटनगर
झिल्का कविता १) नामै काफी छ ओछ्यान मुतुवा जड्याहा मुतिस् माफी छ । २) घ्यम्पोमा गाडेर बस् जाँडको पुङ्गो मान्छे मर घिचेर हस् । ३) लखरलखर नहिँड झल्लु अचेल खतरा छ रिङरोड स्वयम्भू डल्लु । ४) जाँडेको छैन भर लाउनु हुँदैन काम मर्ने हुन्छ डर । ५) जाँडको अचम्मको करामत विनाजानकारी हेर जाँडेको जीवन गर्छ बरामद । ✍️ बिके माकजू
१)
थालियो झिल्कालाई शुरू
समयले साथ दिएसम्म
अघि बढ्नेछु खुरुखुरु।
२)
जन्म्यौँ कस्तो देशमा ?
नेतृत्व भए बेइमान
देखिन्छन् नक्कली भेषमा ।
३)
सबैले गर्छन् गुनासो
सत्ताधारी मोज गर्ने
छैन जनताको चासो ।
४)
भइरहन्छ यस्तो कहिलेसम्म
जनताको शक्ति उदाओस्
पाइयोस् भोजन टम्म ।
५)
गणतन्त्र कस्तो देखियो
सयौँ राजा भए
भएको गतिविधि लेखियो ।
✍️
अर्जुन प्रसाद चौलागाई
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (४८औँ) शृङ्खलाका लागि लघुकथाकार नन्दलाल आचार्यको लघुकथा ‘लायक’, लघुकथाकार पी पी कोइरालाको लघुकथा ‘प्रायश्चित’ र लघुकथाकार हिमा आर.सी.को लघुकथा 'चरित्र’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१) लघुकथा: लायक
✍️ नन्दलाल आचार्य
दस वर्ष पुरानै परीधानमा, रामचा आज फर्केको देखेर निराश भए उसका बाबु ।
बाबुका आँखामा उहीँ तस्बिर घुमिरह्यो । लेखपढमा बन्दै ध्यान नदिएको र कामकाज गर्न भनेपछि दाँतबाट पसिना छुटाएको कारण, रामचा बहिष्कृत भएको थियोे, बाबुको संविधानबाट ।
“मान्छे भएसी कि गरेर खानुपर्छ कि मरेर जानुपर्छ ।” घरबाट गलहत्याउने बेला यसै भनेका थिए बाबुले ।
रामचाले पनि आँखामा बारिएको दहको डिल भत्काएर दह आधा पारेको थियोे । आधा भने आँखाभित्रै पचाएर निस्केको थियोे ।
आमाबाबुको काख छाडेपछि र घरको छहारी नभेटेपछि रामचाले आफ्नो बानीमा पनि रूपान्तरण गरेको थियो । दृढ सङ्कल्पलाई साथी तुल्याएको थियो । मन जाँच्न सुरक्षित राखेको कपडा पहिरेर बाबुको सामु खडा भएको थियोे ।
“अझै हामी श्वासप्रश्वास गर्दैछौँ । उस्तै हालतमा के खान फर्केको ?” मुटुको किलो बलियो गरी ठोक्दै बाबुले भने ।
आफूलाई नचिनेकोमा रामचा झन् खुसी भयो । छोराको दिमाग खुस्केछ भनी बाबु अत्तालिए ।
“उहिलेको रामचा मरिसक्यो; म त अहिलेको रामचा हुँ बुबा ।” रामचाको बोली सिद्धिन नपाउँदै आठ जना भरियाले दलानमा भारी बिसाइसकेका थिए ।
२०८०-०९-१८ बुधबार, सिर्जनाकुटी, सिरहा
[२] लघुकथा: प्रायश्चित
✍️ पी पी कोइराला
आज उसलाई फाँसी दिन लगिँदै थियो । उसको पैँसठ्ठी वर्षका बुढो बाउ दौडिएर आयो र छोराको खुट्टा समाएर रुँदै भन्यो- “मलाई माफ गर्देउ छोरा !” छोरोले बुझेन । अत्तालिएर पछि सर्यो । भेला भएका मध्ये जजले चिनेर उसको बाबुलाई नजिकै बोलाएर भने- “यो के तमासा हो ? छोरोले त बहुलाएर हत्या गर्यो, गर्यो; बाबु किन खुस्केको ?”
बाबुले भन्यो- “त्यो अपराध मैले गरेको थिएँ, सर । यो निर्दोष छ । उसलाई छोड्दिनु ।” जजले हतार हतार फाँसी रोकेर भने- “धन्न यसको बाउले बेलैमा आफ्नो कर्तुत कबुल गर्यो, नत्र त आज एउटा निर्दोषको ज्यान पो जाने थियो ।”
सबै कानुनी प्रक्रिया पुर्याएर बाबुको घाँटीमा डोरी बेरियो । जजले अन्तिम घडीको सङ्केत दिँदै गन्न थाले- “एक, दुई…। छोरोले पनि सहनै सकेन । उसले जोडले करायो- “ए बा ! यो तपाईँले के गरेको ? खासमा मैले नै त बलात्कार गरेर मारेर फाल्देको हो । किन मलाई बचा’को बा, किन ?”
बुढा बाउले इसारा गरेर उसलाई नजिक बोलायो । अनि कानमा भन्यो- “तँ सानो छँदै अरूको लहैलहैमा आफ्नो धर्म र संस्कृति बहिष्कार गरी तँलाई राम्रो संस्कार सिकाउन नसकेर ठूलो अपराध गरेको रहेछु नि त !”
धरान१३
[३]
लघुकथा: चरित्र
✍️ हिमा आर. सी.
“हेर्नुस् त बुढा ! रश्मी दिदीले कस्तो राम्रो ठाउँमा गएर फोटो खिच्नुभएको ?” सरुले मोबाइल देखाउँदै भनिन् । उनलेे हेरेमात्र कुनै प्रतिक्रिया जनाएनन् सरुले फेरि भनिन्- “हामी पनि कतै घुम्न जाउँ न फोटो खिचौँला !”
“तिमीलाई थाहा छ त, मलाई अफिसको कामले गर्दा फुर्सँदै हुँदैन भनेर कुनै दिन जाउँला नि !” उनले भने । “रश्मी दिदी आज पनि जाँदै हुनुहुन्छ । म पनि उहाँसँगै जान्छु अनि फोटो खिचेर आउँछु नि !” सरुले जिद्दी गर्दै भनिन् । “सरु ! रश्मी दिदीको बारेमा सबैले नराम्रो भन्छन्, अलि बिचार गर है ।” उनलेे सचेत गराउँदै भने ।
“तर उहाँले त राम्रै फोटो हाल्नुभएको हुन्छ त !” सरुले भनिन् । सरुको कुरा सुनेपछि उनलेे भने- “क्यामराले चित्र खिच्छ चरित्र होइन ।”
गुर्भाकोट ८, मेहेलकुना कर्णाली प्रदेश सुर्खेत २०८०/९/५ गते