• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १५३ सम्पन्न

  • १७ बैशाख २०८१, सोमबार १७:३१ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५३ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-

    [१]
    तुलो
    मापनको साधन
    जिम्मेवारी छ ठुलो !

    • वसन्त अनुभव
      [२]
      तुलो
      इतिहासको पाटो
      आधुनिकताले मेटाएको बाटो !
    • संगीता खरेल
      चन्द्रागिरी-८, काठमाडौं
      [३]
      तुलाे
      जाेख्ने सबै
      दलित अछुत नजाेख्ने !
    • भाेलामान बर्देवा
      धरान-८, सुनसरी
      [४]
      जाेखाैँ
      उठाउ तुलाे
      कस्काे माया ठुलाे ?
    • ताराप्रसाद चापागाईँ
      धुनिबेसी
      [५]
      तुलो
      तौलेर बराबर
      फरक पर्दैन सानोठूलो !
    • गुणनिधि घिमिरे, अमेरिका
      [६]
      तुलो
      समाजको आधार
      गर्छ सम्मान व्यबहार !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [७]
      तुलो
      हराएको साधन
      सम्हालौँ, देखाऔॅं आफ्नोपन !
    • म्यामराज राई, भोजपुर
      [८]
      तुलो
      धार्नी बिसौली
      काम थियो ठूलो !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [९]
      तुलो
      पूर्खाको चिनो
      थिएन त्यो सानोतिनो !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा
      [१०]
      तुलाे
      देखिन्न ठुलाे
      चिर्थाे असमानताकाे कुलाे !
    • राेशन पराजुली, धरान
      [११]
      तुलो
      सामान जोख्ने
      जिम्मेवारी ठूलो छ !
    • अनिता भण्डारी
      [१२]
      तुलो
      लोपोन्मुख सामाग्री
      थियो उहिले नामी !
    • पृथक प्रकृति, झापा
      [१३]
      जोख्ने
      अलिकति पोख्ने
      धेरै थोरै भन्नेछ !
    • सविता के.सी.
      [१४]
      वजन
      नाप तौलको
      गरौँ श्रीहरिको भजन !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [१५]
      तुलो
      बग्ने गर्छ
      मन र कुलो !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ्ग
      [१६]
      तुलो
      जोगाऔँ बचाऔँ
      पारेर मन ठुलो !
    • विके माकजू, भक्तपुर
      [१७]
      तुलो
      समानताको लागि
      उपस्थित छ सदैव !
    • प्रेम थापा ‘मन’
      [१९]
      तुलो
      पुरानो दस्तावेज
      हाम्रो बहुमूल्य इतिहास !
    • डुकछिरिङ लेपचा
      मिरिक, भारत
      [२०]
      तुलो
      गलत भएमा
      परिणाम हुन्छ धुलो !
    • विवश पारदर्शी, झापा
      [२१]
      साधन
      तौल मापन
      मोडिन आफ्नै देशको !
    • चक्र शाही, लम्की, कैलाली
      [२२]
      तुलो
      एक प्रविधि
      पुर्खाको सौम्य सम्पत्ति !
    • आर्त अकुलीन
      [२३]
      तराजु
      न्यायको प्रतीक
      हाम्रो बाजे बराजु !
    • भवानी घिमिरे
      सर्लाही
      [२४]
      न्याय
      छैन तुलो
      त्यसैले भयो लुलो !
    • ऋजु दिल्पाली, ईटहरी-१, सुनसरी
      [२५]
      तुलो
      पुर्खाको धरोहर
      बचाउनु हाम्रो सरोकार !
    • रघु थापा, सु न पा-१
      [२६]
      तुलो
      काममा तिनिक्क
      काम नहुँदा लुलो !
    • घनश्याम पौडेल, पोखरा
      [२७]
      तुलाे
      ताैल मापक
      ढक तराजुकाे अंश !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [२८]
      मापन
      दर्जा ठूलो
      हेर्दा सानो तुलो !
    • बेदु न्यौपाने
      [२९]
      तुलो
      लोपोन्मुख प्रविधि
      न्यायमा जोखिम लुलो !
    • काला देवकोटा, पाल्पा
      [३०]
      मौलिकता
      विधिलाई प्रबर्द्धन
      आजको प्रविधिमा रुपान्तरण !
    • पशपती राई, खोटाङ
      [३१]
      तौल
      मापन गर्नु
      छैन केही भर्नु !
    • नागेन्द्रप्रसाद यादव
      [३३]
      न्याय
      समानान्तर तुलो
      इमानदारिता सबैभन्दा ठूलो !
    • होम प्रसाद नेउपाने
      धरान, सुनसरी
      [३४]
      लिँडेशेर
      तेलको हेरफेर
      गर्थे पुर्खाले बेरबेर !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [३४]
      पहाड
      सुन्दर नेपाल
      प्रकृतिले झन् सजिएको !
    • गङ्गाराम यादव
      औरावनी-२, सुनसरी
      [३५]
      देखाउनु
      नयाँ पुस्तालाई
      नापतौलका पुरानो प्रविधि !
    • समुन्द्रा शर्मा, सुनसरी
      [३७]
      तुलो
      जोख्ने तत्त्व
      गाउँघरमा अझै महत्त्व !
    • सरिता सेढाई, धादिङ
      [३८]
      तराजु
      जोख्ने काम
      यसको साथी ढक !
    • मङ्गला उपाध्याय
      [३९]
      तुलो
      प्राचीन साधन
      पुर्खाको चिनो जोगाऔँ !
    • सीता पाण्डेय मरासिनी
      उपल्लो तम्घास, गुल्मी
      [४०]
      तराजु
      मापन प्रविधि
      पापी मन दाजैको !
    • चेतराज जैशी, हाल: UAE
      [४१]
      तुलो
      होइन जिन्दगी
      नजोखौँ तुलोमा राखी !
    • नारायण कोइराला
      तानसेन, पाल्पा
      [४२]
      तुलाे
      काम ठूलो
      हिजोआज मित्रहरू भुलाे !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [४३]
      तुला
      पुरानो प्रविधि
      सिकायो तौलन यसले !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [४४]
      सन्तुलन
      बनाउन सक्लान्
      जनता अनि नेतामा !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [४५]
      बेरबेर
      नापतौलका महत्त्व
      पुर्ख्यौली गर्थ हेरफेर !
    • सम्झना कुसुम
      [४६]
      तुलो
      जोख्ने वस्तु
      आजकल भेटिन्न गतिलो !
    • भगवती दवाडी, झापा
      [४७]
      तराजु
      अपार संस्कृति
      नापतौलको एक आधार !
    • कविता आचार्य, कैलाली
      [४८]
      तुलाे
      पुरानाे चलन
      हाम्राे पहिचान ठुलाे !
    • चन्द्रावती अधिकारी
      काेहलपुर, बाँके
      [४९]
      तराजु
      देखियो विज्ञानको
      मौलिक ज्ञान अज्ञानको !
    • नन्दलाल आचार्य
      सिद्धार्थटोल, उदयपुर
      हाल: एनेलकुटी, सिरहा
      [५०]
      तुलाे
      मापनकाे साधन
      डिजिटल युगमा प्रविधि !
    • नारायण प्रसाद उपाध्याय, कैलाली
      [५१]
      तुलो
      न्यायको प्रतीक
      न्यायालयलाई गर्दै खबरदारी !
    • तेजप्रसाद खनाल, दाङ
      [५२]
      कुरो
      तौलने हैन
      प्रणाली अवैज्ञानिक छैन !
    • लक्ष्मी रिजाल
      कञ्चनरूप-१२, सप्तरी, नेपाल
      [५३]
      प्राक्
      मापनको माध्यम
      तुलो महत्त्व ठूलो !
    • तोयानाथ सुबेदी
      [५४]
      तुलो
      नापतौल भरपर्दाे
      जमाना आयो खरो !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [५५]
      तुलो
      प्राचीन मापन
      त्यस समयमा ठूलो !
    • मिलन के. सी.(थापा), पोखरा
      [५६]
      तुलाे
      जाेख्ने साधन
      कता हरायाे आजकल !
    • श्रद्धा आचार्य, पोखरा
      [५७]
      तुलो
      जसले समायो
      उसको हात लुलो !
    • डा. देवी पन्थी
      [५८]
      तुलो
      संस्कृतिको पहिचान
      नापतौलको मुख्य आधार !
    • सुरेश न्यौपाने
      [५९]
      तुलो
      पुरातात्त्विक यन्त्र
      बिलायो कठै आज !
    • तोया नाथ चापागाईं
      दमक, झापा, नेपाल
      [६०]
      तुलो
      हराएको मापन
      अझै छ आत्मियता !
    • गोपालप्रसाद पौड्याल
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखनLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १५३ सम्पन्न

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग-७७ सम्पन्न

  • १६ बैशाख २०८१, आईतवार २०:१७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :-७७ सतहत्तर औँमा हामी पुगेका छौँ ।

    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:-  २०८१/०१/१३गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:७७[सतरौऔं]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

     यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक : 


    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    गुणनिधि घिमिरे 

    सुशीला पाैडेल 

    चित्र संकलन 


    सुशीला पाैडेल 

    संकलन

    सुशीला पौडेल 

    दुर्गा रिजाल आचार्य

     शुद्धीकरण 


    भवानी घिमिरे 

    जमुना आचार्य 

    पशपती राई 

    पुष्पा नेपाल (सुवेदी )

    संरचना 


    अनुप्रास :- आफू खुसी

    स्थायी :- आफू खुसी 

    अक्षर :-  बराबरी 

    प्रवर्तक तथा समायोजक


    सोमनाथ लुइटेल “रवि पाल्पाली”

                      तथा 

    पञ्चाङ्ग साहित्य समाज नेपाल 


    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    ~~~~~

         चित्रमा पञ्चाङ्ग 

    ~~

    🇳🇵पञ्चाङ्ग   ०१

    के याे कमिलाकाे खाेपी हाे ?

    या त   धमिराकाे  टाेपी हाे ?

    नाक  छ  मुख  छ हाँसेकाे 

    कसैकी    सुन्दरी  गाेपी हाे ?

    लाै सुङ्गुरे  बन्दाकाेपी हाे ?

    ✍️सुशीला पाैडेल ।

    🇳🇵पञ्चाङ्ग  ०२

    हरियो  तरकारीमा  मन  बढाउनु    पर्छ

    नयाँ  प्रविधि  नवीन  सोँच  पढाउनु पर्छ 

    बन्दगोभी जीवनको निमित्त लाभदायक 

    सबै   वस्तु  चिजबिजलाई चढाउनु पर्छ 

    यसैमा  सबैले  मनलाई  मढाउनु    पर्छ ।

    ✍️सन्ध्या गौतम, काठमाडौं ।

    🇳🇵पञ्चाङ्ग   ०३

    हरियो परियो खानाले  रोग भाग्छ जान्नु 

    यहि खाएपछि काममा मन जाग्छ जान्नु 

    किसान त  निरोगी  हुन्छ  रोगी शहरका 

    शहरका  बजारमा  यसैको  माग्छ जान्नु 

    ताजा तरिन खाएमा शरीर  लाग्छ जान्नु ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” बर्दिया ।

    🇳🇵पञ्चाङ्ग   ०४

    बन्दाको भिडमा बंगुरको आकृति भेटिन्छ यहाँ  

    नाम एउटाको मात्र    कसरी भिन्न  रेटिन्छ यहाँ 

    कलाकारिता   तरकारीले    पनि  त  मन पराए ,

    पकाउने  बेलामा  बारीमा  पाइला मेटिन्छ यहाँ 

    मिहिनेतको  फल  बजारमा  पनि फेटिन्छ यहाँ।

    ✍️सुस्मिता अधिकारी , काठमाडौँ ।

    🇳🇵पञ्चाङ्ग   ०५

    बन्दाकोपीमा पनि जनावर पाईन्छ अब

    अचम्म मान्दामान्दै तर्कारी नै खाईन्छ अब

    कलियुगमा अनेक देख्न पाइने रहेछ

    खान खोजेको तर्कारीको लुगा लाईन्छ अब

    सके सम्म यसैको गीतहरु गाईन्छ अब।

    ✍️दुर्गा आचार्य, मोरङ ।

    🇳🇵पञ्चाङ्ग   ०६

    च्वाँचे हाे कि  बन्दा चिन्नै गाह्रो भाे 

    सफा  हाे  कि  गन्दा चिन्नै गाह्रो भाे 

    नराम्ररी     छाेएछ    कलि   युगले

    दाम हाे    कि चन्दा चिन्नै गाह्रो भाे 

    सबै  परे   फन्दा   चिन्नै  गाह्रो भाे ।

    ✍️भवानी घिमिरे, सर्लाही ।

    🇳🇵पञ्चाङ्ग   ०७

    अर्गानिक  हो  कि  बिषादी  युक्त चिनेर खानुपर्छ 

    किसानलाई  मर्कामा  पार्नुहुन्न  किनेर   खानुपर्छ

    भन्नलाई त सजिलो नै छ  भाग्छ रोग सागपातले

    याद  राख  मसिनो  गरी  दाँतले  पिनेर खानुपर्छ 

    स्वास्थ्य नै हो ठुलो धन अविकृत बिनेर खानुपर्छ।

    ✍️मन्दिरा सेढाई,  मलेखु धादिङ ।

    🇳🇵पञ्चाङ्ग   ०८

    मान्छे  पनि  जनावर ‌ हुन्छ कि  डर हुन थाल्यो

    अचम्म  जनावर  जस्तै   खान कर  हुन थाल्यो

    अब त सागसब्जी मासु सम्झेर खाऊ साथी हो 

    मान्छेको आँखै  झिल्मिल  पर्ने जर हुन थाल्यो

    मनुष्यलाई ओट लाउन सागँकै  घर हुन थाल्यो।

    ✍️सुष्मा मगर रोल्पा, हाल भारत ।

    🇳🇵पञ्चाङ्ग   ०९

    बन्दा हरियो तरकारी फलेको देखियो

    यो अनौठो जनावरमा ढलेको देखियो

    कलियुगमा के के हुन्छ भन्छन्  बुढापाका

    पशु हावी हुँदा हरियो गलेको देखियो

    प्रकृतिले नि  किन होला छलेको देखियो ।

    ✍️शोभा आचार्य गौतम, काठमाडौँ ।

    🇳🇵पञ्चाङ्ग   १०

    फलफूल  र हरियो   सागसब्जी  खाने  गरौँ हामी 

    आफ्नै खेतीमा नै उब्जाएर आफ्नै भर परौँ हामी 

    मिहिनेत  मात्रै  चाहिन्छ  के  फल्दैन हाम्रो देशमा

    कहाँको माटोमा के  फल्छ  त्यही बिउ छरौँ हामी

    टन्न   खाद्यान्न  फलाइ  सबले  भकारी  भरौँ हामी।

    ✍️पशपती राई, खोटाङ ।

    🇳🇵पञ्चाङ्ग   ११

    तरकारी  काउलीको  मस्तै बनेको छ 

    भिटामिन भरिपूर्ण  स्वस्तै  बनेको छ 

    भरतपुर  गर्नु पर्छ मलजल सबै मिलि

    फलेको होकी बसेकाे व्यस्तै बनेको छ

    पिरो  पिरो  तरकारी  सस्तै बनेको छ ।

    ✍️ गोविन्द धामी, दार्चुला।

    🇳🇵पञ्चाङ्ग   १२

    बन्दाको पत्र जस्तो जिन्दगी

    गायक छत्र  जस्तो जिन्दगी

    बाँचेका  छौँ  हामी   रमाएर

    उमेर   सत्र  जस्तो  जिन्दगी

    डुब्ने सर्वत्र  जस्तो  जिन्दगी।

    ✍️प्रभा पोखरेल , अमेरिका ।

    🇳🇵पञ्चाङ्ग   १३

    थाहा छैन खै कुन्नि कसले बनायो 

    पक्कै नि कला पस्कने रसले बनायो 

    उसको कलालाई मेरो सलाम छ

    बन्दाको यो सुगुँर जसले बनायो 

    कोही त भनिदेऊ यसले बनायो । 

    ✍️श्रीकृष्ण शर्मा, पोखरा ।

    🇳🇵पञ्चाङ्ग   १४ 👉 समपञ्चाङ्ग 🇧🇹

    हिजोआज   शाकाहारी   सुङ्गुर   बनेकोछ    हेर

    कुन   कुन  सब्जीले   बन्यो   भन्दै  गनेकोछ  हेर

    कोपी काउली काफि छ अरु सब्जी कहाँ पाउली

    त्यो  कला  नझुक्नेले  नानाभाँती  भनेकोछ  हेर

    जहिल्यै   नै    नकारात्मकसँग    तनेकोछ    हेर ।

    सबै  मिलिजुली  प्रगति   गर्न   कनेकोछ  हेर

    बिहान  र  बेलुकै  बाँझो  बारी खनेकोछ हेर

    खाऔं  ताजा तरकारी बनौं शाकाहारी भन्नेले

    निश्चित  कामको  बाहिर  मन छनेकोछ  हेर

    सागसब्जी  उब्जाउन  ध्यानले  धनेकोछ  हेर ।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    🇳🇵पञ्चाङ्ग   १५

    गलामा   डाेरी   टाँसेछ  साथी

    कसको  बारी नासेछ साथी

    कति   राम्रो   छ  पत्ता सुङ्गुर 

    कस्ताे  याे नाता  गाँसेछ साथी

    बन्दाकाेपीले    हाँसेछ   साथी।

    ✍️ह्यारिस  ।

    🇳🇵पञ्चाङ्ग   १६

    पत्रै  पत्र  देखिन्छ  जती   गन्दा  पनि

    हरियाे  सुङ्गुर  हो कि  झैँ बन्दा पनि

    आँखा उसका रिठ्ठा झै मिलेका काला

    कान  ठूला  गाला  र मुख  भन्दा पनि

    जोगाउन   गरो   छ  झन  धन्दा  पनि।

     ✍️नानीबाबा अधिकारी, काठमाडौं ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग-७७ सम्पन्न

    साताका तीन लघुकथा- ५५

  • १६ बैशाख २०८१, आईतवार ०७:१६ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५५औँ) शृङ्खलाका लागि लघुकथाकार मुक्ति गौतमको लघुकथा ‘डर’, लघुकथाकार राजेश भट्टराईको लघुकथा ‘जात’ र लघुकथाकार रबि पौडेलको लघुकथा ‘युवाविहीन समाज’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~


    १.
    लघुकथा: डर

    ✍️ मुक्ति गौतम
    आज धेरै दिनपछि पुतली फुरफुर उड्दै आयो र एउटा गुलाबको बोटलाई परिक्रमा गर्दै भन्यो– “के भयो गुलाब दाई ? अनुहार पनि निन्याउरो छ । सुनसान छ खोई त जहान, छोराछोरी ? एक्लै हुनुहुन्छ ?”

    बोटले हल्लिँदै हल्लिँदै भन्यो- “खै के भनुँ ! भनिसाध्यै छैन, पुतली ! कहाँ हो कुन्नि ठ्याक्कै शिवजी जस्तै देउता उत्पत्ति भए अरे । फूल चढाउने भनेर असतीहरूले निमिट्यान्नै पारेर जम्मै फूल चुँडिहाले नि ।”

    पुतलीले फेरि भनी- “तिमी काँडाहरूको के काम घोचिदिनु नि ! के हेरेर बस्यौ तिमीहरू ?
    काँडाहरूले गम्भीर भएर भने- “के गर्नु र पुतली ! मान्छे सारै चतुरो ! हामीसँग तर्की तर्की भएभरका फूलका मुन्टाहरू चुँडिहाले । हाम्रो त ट्वाल्ल परेर हेर्ने बाहेक कुनै विकल्प थिएन ।”

    भँवरो घुनुन घुनुन गर्दै भन्न थाल्यो- “कोमल फूल भएर जन्मिने दिन गए, अब कठोर ढुङ्गा भएर जन्मनु पर्छ । किनकी मान्छे ढुङ्गासँग डराउँछ……।”
    अनि त फूल चढाउँछ ।

    काला पहाड, मणिपुर

    २.
    लघुकथा: जात

    ✍️ राजेश भट्टराई
    “तँ किन जहिले पनि मेरो सामुन्ने पर्छेस् ?”
    “पर्छु भनेर होइन, आफ्नो खेतमा जाँदा जम्काभेट भएको ।”
    “बुढेसकालमा मलाई एक्लो बनाएर मुखमुखै लाग्छेस् ?”
    “धेरै गाली नगर्नुस् । तपाईँकै छोरा मेरो पछि लाग्नुभएको हो ।”
    “अरू सन्तानहरू विदेशिए । बुढी झुन्डिएर मरी । त्यही कान्छो छोरा थियो, बुढेसकालको सहारा; त्यसले पनि तँ पानी नलाग्ने जातको छोरी भगायो र छुट्याइदिएँ ।”
    “मलाई जस्तै आमालाई पनि नराम्रो भनेर सहन नसकेर मर्नुभयो ।”
    “अझ बढ्ता बोल्छेस् ? मेरो खेतमा नटेकिकन गएस् आफ्नो खेतमा । तेरो पाइला पर्‍यो भने त, माटो पनि मर्छ ।”
    गाँठो पर्‍यो मुटुमा । भक्कानिइन् र ‘टेक्दिनँ हजुरको खेतमा, अरूकोमा टेकेर पनि पुग्छु, आफ्नो खेतमा ।’ भन्दै धरधरी रुँदै गइन् ।

    आँफै पकाएर खान्थे उनले । पछि भने बुढेसकालले समात्यो । नसक्ने भए । तर छोराबुहारी कसैले पकाएको खाएनन् । भोकै बसे । एकदिन भने धेरै गाह्रो भयो । बल्लबल्ल उठेर झ्याल बाहिर हेरे । देखे बुहारी छिमेकीसँग गफ गरिरहेको । कचौराले झ्याल हानेर आवाज निकाले । बुहारीले हेरेपछि आउन इसारा गरे, आइन् । भने- “बुहारी पानी खानदेऊ ।”
    झसङ्ग हुँदै भनिन्- “मैँले छोएको त चल्दैन नि बुवा !”
    “नचलाई सास गएन, देऊ ।”
    नजिकै भएको बेलामा पानी सारेर ख्वाइदिइन् । दुई घुट्को निलेपछि टाउको हल्लाए । छोडिन् ख्वाउन । बुहारीको हात समाते र भने- “बुहारी ! जस्ले जीवनको अन्तिम समयमा साथ दियो, उसैलाई जिन्दगीभर दुत्कारेँ । मलाई माफ ग…….l” गयो प्राण ।
    सैनामैना११,रुपन्देही

    ३.
    लघुकथा: युवाविहीन समाज

    ✍️ रबि पौडेल
    गाउँघर अहिले शून्य छ । छन् त वृद्ध अवस्थाका आमाबाबाहरू । गाउँमा काम गर्ने बल भएको मानिस छैन । खनजाेत,भारी बाेक्नेदेखि कुनै अप्रिय घटना घटेमा सहयोग गर्ने मानिस छैन ।

    चमेलीकाे घरदेखि सन्तोषकाे घर धेरै टाढा छ । दिउँसो करिब एक बज्दै थियाे । मोबाइलमा रिङ बज्यो । उठाउनेबित्तिकै चमेलीले सहयोग चाहियो भनिन् । ‘के सहयोग हाेला ?’ सन्तोषले विनम्रतापूर्वक कुरा राखे । उनले गाउँमा एक जनाकाे मृत्यु भएको र लास उठाउन मानिस नभएको कुरा राखिन् ।

    समाज अहिले यस्तै छ । ‘हुन्छ, म व्यवस्था मिलाउँछु भन्दै अरू दुई जना साथी खाेजेर सन्तोष चमेलीकाे गाउँतर्फ लागे ।
    दक्षिण भारत पाण्डेचरि

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, साताका तीन लघुकथा2 Comments on साताका तीन लघुकथा- ५५

    साताका उत्कृष्ट झिल्काहरू- १२

  • १५ बैशाख २०८१, शनिबार १९:३७ मा प्रकाशित

  • साताका उत्कृष्ट झिल्का कविताको १२ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १२ का लागि झिल्काकारत्रय जय नारायण नेपाल, पारसमणी खतिवडा र कोपिला अधिकारीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~

    [१]
    १.
    चेतनाको राँको बाली
    जागरुक बन युवा
    विकृतिको जालो फाली ।
    २.
    अतिले हुन्छ खति
    सधैँ व्यवहार गर्नु
    सोचेर चाहिने जति ।
    ३.
    मिहिनेत पसिनाको कमाइ
    मनैदेखि गर्व गराैँ
    फल खाउँ रमाई !
    ✍️

    जय नारायण नेपाल
    ———<•>——-

    [२]
    १.
    चुनावमा मौन अवधि
    पैसा, खसी, भाले
    भोट फकाउने ओखति ।
    २.
    पाएको निसङ्कोच हान्ने
    पैसाको पछाडि नलागी
    असल प्रतिनिधि छान्ने ।
    ३.
    मत दिएर हेर्नुपर्छ
    सुकर्म गर्छन् गर्दैनन्
    अर्को चुनावमा फेर्नुपर्छ ।
    ✍️
    पारसमणि खतिवडा
    सूर्योदय ३ इलाम, हाल सूर्यविनायक, भक्तपुर
    ———<•>——-

    [३]
    १.
    प्नाकृतिक साैन्दर्ययुक्त वन
    वसन्तले हरियाली भर्दा
    खुसी थियाे मन।
    २.
    स्वच्छ हावा हरायाे
    चर्काे खडेरी पर्दा
    आगलागीले धुँवा भरायाे ।
    ३.
    जङ्गलमा आगाे हाँस्याे
    जङ्गली जनावरको बासस्थान
    हेर नराम्ररी मास्यो ।
    ✍️

    कोपिला अधिकारी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का1 Comment on साताका उत्कृष्ट झिल्काहरू- १२

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १४ सम्पन्न

  • १४ बैशाख २०८१, शुक्रबार २२:३८ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको १४ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १४ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    असफलता सफलता हो
    जरा खोज्दै जाँदा
    मेहनत गर्छ जो ।
    २,
    मूर्तिसम्म बन्न मूर्तिले
    घनसित ठोकिॅंदै अनगिन्ती
    सम्पन्नता आउॅंछ फुर्तीले ।
    ३,
    अनन्त नाम रहिरहन
    एकजुट चाहिन्छ एकापसमा
    सफल गोहोमा हिॅंडिरहन ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      साह्रै दु:खको खानी
      ज्वालामुखी भयो जीवन
      मन जलेर खरानी !
      २,
      गर्छन् हर्ष बढाइँ
      हार सुनिश्चित छ
      व्यर्थै बेतुकको लडाइँ !
      ३,
      फेक्छौ षड्यन्त्रको जालो
      उज्यालो देखिन्छ अनुहार
      मन निस्पट्ट कालो !
    • वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ
      …
      १,
      सफलता मेहनतले पाइन्छ
      गरेर नुनको सोझो
      गुनले गुन लाइन्छ ।
      २,
      खोलाको पानी धमिलो
      मनको मैलो पखाल
      नबनाऊ मन अमिलो ।
      ३,
      कर्म गरेर देखाऊ
      झिल्का कविता लेखेर
      इतिहासमा नाम लेखाऊ ।
    • बेदु न्यौपाने
      …
      १,
      मनको शान्ति खोज्दैछु
      हुनसक्छ कसैले हराएको
      त्यही हुनुपर्छ रोज्दैछु।
      २,
      छेउकुना नहेरी नहिॅंडनु
      अपरिचितको नगर्नु विश्वास
      दुश्मनसित सोझै नभिडनु ।
      ३,
      रोजेको केटी बल्लतल्ल
      भित्राउन सकिनॅं समयमा
      परिरहेछु अब अलमल्ल ।
    • दिल ठकुरी, दार्जिलिङ
      …
      १,
      करायो करायो गयो
      षड्यन्त्र ठाउँको ठाउँ
      विकास नहुने भयो !
      २,
      तारा सम्झेर हिॅंड
      जूनसम्म त पुगिएला
      आफ्नै आलस्यसँग भिड ।
      ३,
      भयो अब नगरौँ
      अरूको भर लागेन
      दिवास्वप्नमा कहिल्यै नपरौँ !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      मलाई गरिबीले भगायो
      बाध्यता थियो जानु
      ऋणले परदेश पठायो।
      २,
      फर्की आए रमाउँला
      भत्कियो घर आज
      नयाँ घर बनाउँला।
    • सनत रोकाय बिवश, कुशे गापा -८, जाजरकोट
      …
      १,
      असफलताले सिकाउॅंछ पाठ
      कहिलेकाहीँ त्यस्तो हुँदैमा
      मान्नु हुन्न उराठ।
      २,
      गरौँ असल कर्म
      केही दुःख पर्दैमा
      नबिर्सौँ आफ्नो धर्म।
      ३,
      देखाऔँ कर्म गरेर
      बिर्सनु हुन्न आफ्नो
      के लगिन्छ मरेर।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका, बोस्टन
      …
      १,
      धोकाको सहरमा डुलेछु
      थाहा नपाई तिम्रो
      मुटु माझ फुलेछु।
      २,
      भावीले लेखेको कर्म
      आफन्त सबै पराई
      कसले बुझिदिन्छ मर्म ?
      ३,
      नबनाऊ मन खिन्न
      आजसम्म मैले कसैको
      सकिनँ मन चिन्न ।
    • लक्ष्मण देउवा, डोटी
      …
      १,
      हाँस्ने र हसाउँने
      सबैको मन दुख्छ
      नगर्नु काम फसाउने।
      २,
      खोलिदिन्छ मनको ढोका
      जीवनभर आएर बस
      कहिल्यै नदिनु धोका ।
      ३,
      तिमी मनको राजा
      दुलही बनाएर लैजाऊ
      मलाई बजाएर बाजा ।
    • ललिता गिरी सिन्धुली, हाल काठमाडौं
      …
      १,
      राम्रो काम टिक्दैन
      खाली देखाउने हो
      पालिस नलाए बिक्दैन ।
      २,
      परिश्रम गर्ने हार्दैन
      निरन्तर कोसिस गरे
      शत्रुले असर पार्दैन ।
      ३,
      सुन्दर पहाड मगमगायो
      लालीगुराँस ढकमक्क फुलेर
      त्यसैसँग वसन्त छायो ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
      …
      १,
      आनन्दको उत्सव मनाउन
      आत्मविश्वास हुनपर्छ आफैँमा
      आफूलाई उद्यमशील बनाउन ।
      २,
      बितेर जाने जिन्दगानी
      सुखदुःख जीवनका पाटा
      दिनप्रतिदिन बितिरहने जवानी ।
      ३,
      विगत सम्झेर पछुतो
      गरिरहन्छन् सबै यहाँ
      कोही हुँदैनन् अछुतो ।
    • गुणनिधि घिमिरे अमेरिका
      …
      १,
      बाध्यताले परदेश गयौँ
      झन् दुःखको रास
      सधैँलाई मुग्लानी भयौँ।
      २,
      मर्दाका छैनन् मलामी
      बिहेका जन्ती समेत
      भन्छन् गणतन्त्रविद् हामी।
      ३,
      व्यवस्था हेर्दा दिक्दार
      महॅंगी उस्तै अपराधी
      फैलियो देशमा भ्रष्टाचार।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      …
      १,
      झिल्का कविता लेखन
      मन भावनाको तालमेल
      कार्य व्यवस्थाको प्रवर्धन ।
    • रामशरण गैरे
      …
      १,
      बन्द गर भाषण
      हैन फोस्रा नारा
      असल बनाऊ शासन ।
      २,
      सधैँभरि गफ सुनियो
      प्रगति आफ्नै गरे,
      जनतामा भ्रम बुनियो।
      ३,
      भएन जनताको काम
      जसको हातमा पर्‍यो
      उसैले पारे झ्वाम।
    • शंकर कार्की, मकवानपुर
      …
      १,
      उडेको थियो आकाशमा
      रङ्गीन सपनाहरू बोकेर
      फर्कियो रातो बाकसमा ।
      २,
      सपना नदेख साथी
      यहाँ केवल हुन्छन्
      भ्रष्ट नेता माथि ।
      ३,
      सकिन्न केही गर्न
      हामी सबै हार्यौ
      सिवाय बाँकी मर्न ।
    • ध्रुव श्रेष्ठ, खोटाङ, हाल नरेफाँट काठमाडौ
      …
      १,
      भुल्छन् आफ्नो गल्ती
      एकदम खुसी हुन्छन्
      अरूको बनाएर चल्ती।
      २,
      दाइजो प्रथालाई हटाई
      शिक्षाको ज्योति दिऔँ
      छोरीलाई महत्त्व पढाइ ।
      ३,
      विकासको नाममा भ्रष्टाचार
      हुनुपर्छ सुशासन देशमा
      अब नगरून् अत्याचार ।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      फूल फुल्छ रङ्गीचङ्गी
      फलको बोट नभाँचिदेऊ
      मेरो प्यारो सङ्गी ।
      २,
      फूलको जीवन उस्तै
      हामी पनि देखिन्छौँ
      हेर ! साथी दुरुस्तै ।
      ३,
      हामी आफैँलाई सच्याऔॅं
      हामी सबैजना मिलेर
      फूलको बोटलाई बचाऔॅं ।
    • सुष्मा मगर रोल्पा, हाल भारतको हिमाचल प्रदेश
      …
      १,
      खानलाई जुँगाले छेक्दैन
      गर्नलाई इच्छाशक्ति भए
      वैरीले पाइला टेक्दैन ।
      २,
      जुट्नुपर्छ कम्मर कसेर
      फुट्छ मूल विकासको
      हुँदैन आलस्य बसेर ।
      ३,
      मनको धोको फेरेर
      देश बनाउन जुटौँ
      बन्दैन बाटो हेरेर ।
    • पारसमणि खतिवडा, सूर्योदय ३ इलाम, हाल सूर्यविनायक भक्तपुर
      …
      १,
      सपना किन्ने रहरमा
      जवानी अनि पौरख
      बेचिन्छ बिरानो सहरमा।
      २,
      यहाँ चल्छ हुरीबतास
      उडाउन गरीबको सपना
      गाँस बास कपास।
      ३,
      प्रकृतिले खसायो असिना
      सेताम्मे बनायो खेतबारी
      विध्वंस किसानको पसिना।
    • बिके मुखिया, दार्जिलिङ, भारत
      …
      १,
      मनको आनन्द खोज्दै
      दुनियाँ चकित परे
      बस आँसु रोज्दै ‌।
      २,
      हावाको चिसो लहर
      तिम्रो मिठो माया
      कस्तो सुन्दर सहर ‌।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      कोही हुन्छ फसाउने
      आफ्नो स्वार्थको निम्ति
      साथीलाई दलदलमा भसाउने।
      २,
      गाउँघर मात्र चार्ने
      छैन पुगेन भन्दै
      मागेर छाक टार्ने ।
      ३,
      आफ्नो पेट भर्ने
      सिन्का नसारी बसेर
      कुरा मात्रै गर्ने ।
    • मोती सुब्बा दार्जिलिङ निमकी डाँडा
      …
      १,
      विकासका पूर्वाधार बनाऊ
      जनताको क्षमता हेरेर
      गर्ने वातावरण जनाऊ।
      २,
      ठुलो कुरा गरेका
      सदनमा बसेर नेताले
      झुठो आश्वासन छरेका।
      ३,
      जनतालाई चाहियो काम
      मात्र हातमुख जोर्ने
      अब चाहियो दाम।
    • कला ढकाल झापा
      …
      १,
      खोज्छौ तिमी कहाँ
      समृद्धि टाढा छैन
      प्रेम हुन्छ जहाँ ।
      २,
      लौ अब आइदेऊ
      बलियो एकता गाँस्न
      देशको माया लाइदेऊ ।
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १,
      खुसीको यात्रा टाढा
      कसैको खुसीमा रमाऔॅं
      प्रेमलीला रहोस् गाढा ।
      २,
      ऋण नलागे जमानी
      अरूलाई खोजेर पठायो
      आखिरमा बनायो कहानी ।
      ३,
      लिएपछि अरूको तिर्नुहोस्
      स्याललाई मासु पैँचो
      इमानदारी भएर फिर्नुहोस् ।
    • चुडामणी देबकोटा, चनपा१३काठमाण्डौ
      …
      १,
      ह्रदयको एक कुनामा
      सम्झना गर्दै कल्पिरहेछु
      भएझैँ गरी थुनामा ।
      २,
      मायामा धूलक थियो
      कतिले काँडा कतिले
      उपहारमा फूल दियो।
      ३,
      मान्छे यसरी चिन्छन्
      थाहै नपाई समय
      सुटुक्क धोका दिन्छन्।
    • बि.कुलुङ, दार्जिलिङ, रंगबुल
      …
      १,
      भाषा प्यारो नेपाली
      देश अनुसार भेष
      लेखौँ शब्द समाली ।
      २,
      अचार गुन्द्रुक मिठो
      हाम्रो आफ्नै पौरख
      पकाऔॅं ढिॅंडो पिठो ।
      ३,
      नेपाली बन्धु हाम्रो
      सबैलाई प्यारो लाग्ने
      आफ्नै चलन राम्रो ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      हलुका बतास चल्यो
      भएन शीतल मन
      गर्मीले सत्ता ढल्यो ।
    • नागेन्द्रप्रसाद यादव , दाङ
      …
      १,
      सधैँ मानिस तर्किन्छ
      किन अनास्था होला ?
      प्रवचन सुन्दा झर्किन्छ ।
      २,
      आस्था राख्दा मन
      कृपा पाइने आशा
      मृत्युमा जादैन धन ।
      ३,
      सुविचारमा किन भड्किन्छ ?
      स्वादिष्ट भोजन खाँदा
      कहिलेकाहीँ पक्कै सड्किन्छ ।
    • कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी
      …
      १,
      मिलेन जिन्दगीको हिसाब
      भेटिनँ संसार खोज्दा
      सफल हुने किताब !
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      …
      १,
      अधिक नगर्नु बात
      हुँदैन अन्त तृष्णाको
      जिन्दगी बन्छ घात ।
      २,
      शब्दको झिल्का जोडेर
      अभ्यासको निरन्तरता दिनु
      कृति बन्दछ कोरेर ।
    • कमला भण्डारी ढकाल
      …
      १,
      लक्ष्य बोकेर हिॅंड्नुपर्छ
      मिल्दछ अवश्य सफलता
      दुखसित त भिड्नुपर्छ ।
      २,
      बोकेर खुसी तनले
      अवश्य फुल्छ जीवनमा
      हेर भएर नयाँपनले ।
      ३,
      हुने छैन दायाँबायाँ
      साचेर राख्नु बरु
      मैले दिएको माया।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
      …
      १,
      आफ्नै श्रममा रमाऊ
      निरन्तरता देऊ कामलाई
      श्रमको मूल्य समाऊ ।
      २,
      अर्काको ईर्ष्या नगर्नु
      आफैँ कमाउनु सके
      धेरै तल नझर्नु ।
      ३,
      व्यावहारिक हुन सिक
      विश्वास गर श्रममा
      पैसामा कहिल्यै नबिक ।
    • देव कृष्ण काफ्ले, पोखरा – १, कास्की
      …
      १,
      ठोक्छन् मूर्तिलाई किन ?
      बिगार्छन् स्वरूप कलाको
      सुन्दैनन् अर्ती एकछिन ।
      २,
      सफलता कहाँ हरायौँ
      लहर थियो सूचनाको
      कुन भूगोलमा पलायौँ ।
      ३,
      एकताको बिऊ रोपौँ
      विकास हुन्छ देशको
      द्वन्दलाई सद्धभावले छोपौँ ।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      लालचा धेर पलाउनु
      यही ठुलाे कारण
      मन दुखी बनाउनु ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      …
      १,
      सुस्केरामा भेट्छु उनलाई
      सुसेल्छ मन एकान्तले
      औॅंसीमा देख्छु जूनलाई ।
      २,
      उभेर बस्दा सङ्घारमा
      उठ्न थाल्छ तरङ्गहरू
      दिलभित्रको त्यो जङ्घारमा ।
      ३,
      कोरिसकेँ तिम्रो चित्र
      हेर्दा कर्के नजरले
      तीर लाग्यो मुटुभित्र ।
    • फूलमनया कुलुङ, सोलुखुम्बु
      …
      १,
      सकिॅंदैन सहन अत्याचार
      तर छैन हुती
      भ्रष्टाचारले बनाउॅंछ सरकार।
    • लोक् वहादुर छेत्री लामिछाने, मोदी गा पा २ देउपुर, जि:- पर्वत
      …
      १,
      रुपियाँको हुन्न जात
      उसले कुरा बुझ्यो
      अनि भयो हृदयघात।
      २,
      भित्ताहरू त्यतिबेला हाँस्छन्
      जतिबेला रङ्गीचङ्गी पोस्टहरू
      उसैको छातीभरि टाँस्छन्।
      ३,
      जूनको उज्यालो रातमा
      शत्रु, मित्र दुवैको
      विश्वास हुन्न बातमा।
    • राजनारायण राई, सोनादह दार्जिलिङ
      …
      १,
      भुल्छ हिजोको दुःख
      वसन्तको प्रेममय स्पर्शले
      शिशिरमा सुकेको रुख।
      २,
      पिर भुलेर हाँस्छ
      रोपेको उम्रिने विश्वासमा
      सबैसँग प्रीति गाँस्छ।
      ३,
      बगेको खोला फर्कॅंदैन
      बुझ्नु पर्दछ कुरा
      समयले कहिल्यै पर्खँदैन।
    • अरुण कुमार भुजेल, गोरू बथान, कालिम्पोङ,भारत।
      …
      १,
      कसले देख्दैन भन?
      सहरमा अलेख भएको
      भ्रष्टहरूको कालो धन l
      २,
      देश नितारे लुछेर
      निमुखाले छाक टार्छन्
      नुनिलो आँसुले मुछेर l
      ३,
      परिश्रम गर्नेले हार्दैन
      बस्ला बरु भोकभोकै
      जिउने आशा मार्दैन l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      छैन कसैको भर
      हुनुपर्छ आफू सही
      लाग्दैन कसैको डर ।
      २,
      बिजोक देशको हाल
      हाम्रो नेताको भने
      बेग्लै छ चाल ।
    • अनिता भण्डारी ताप्लेजुङ
      …
      १,
      गर्दिन कसैले भन्दैनन्
      पर पन्छिन्छन् सबै
      परेको बेला गन्दैनन् ।
      २,
      हजुरको गजुर लाउँदै
      गरिबको जिन्दगी बित्छ
      दुष्टकै पछि धाउँदै ।
      ३,
      सधैँ दुःख गर्छन्
      छ बत्तीको पुतलीजस्तै
      खुसी खोज्दै मर्छन् !
    • विवश पारदर्शी, झापा,
      …
      १,
      आदर्श सिद्धान्त मुल्य
      सत्तामा च्याँखे दाउ
      छ विकास मृतकतुल्य।
      २,
      भन्ने मन थियो
      भ्रष्टको कालो धन
      अकुत बजारमा देखियो ।
      ३,
      मान र अपमान
      नेताको जुङ्गा लडाइँ
      गर्दै ह्विपले कमान ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
      …
      १,
      समयले साथ पाएको
      बहाना खोज्नु पर्दैन
      मनले माया लाएको।
      २,
      सभ्यताको बाटो खनोस्
      पुरुषोत्तम समाजको युवामा
      अब रामजस्तै बनोस् ।
      ३,
      खहरेको जस्तै लाग्छ
      जीवनको भेल पनि
      ओर्लिने डर जाग्छ।
    • बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ
      …
      १,
      मिल्छ धारण गर्न
      जब पवित्र मनले
      त्यसको नाम धर्म
      २,
      शान्त जसको मन
      दुःख पीडा दर्दमा
      त्यही उसको धन।
      ३,
      सन्तोषी उही भयो
      सक्यो चित्त बुझाउन
      असन्तुष्टि जिउँदै गयो।
    • घनश्याम पन्त
      …
      १,
      छोटो र मिठो
      देखा पर्यो भर्खँरै
      झिल्का रुपी ठिटो ।
      २,
      बस्यो कस्तो घिडघिडो
      लेख्न मन हुन्छ
      झिल्का अझै छिटछिटो ।
      ३
      हेर्दैर्छु म पलपल ,
      देखाउॅंदो रहेछ झिल्काले
      समाजको तस्विर झलमल ।
    • दीपा समभाव, खोटाङ्ग
      …
      १,
      कसैले नभनी तपाईॅं
      सोच विचार गरी
      नबनौँ आफैँ मपाईॅं
      २,
      बुझेर अरुको मर्म
      सेवा गर्न सके
      हुनेछ मानव धर्म ।
      ३,
      भएर असल पात्र
      फेरौँ मुहार देशको
      होइन आफ्नो मात्र ।
    • जयनारायण नेपाल, इलाम हाल भक्तपुर ।
      …
      १,
      माटो छ राम्रो
      बाली हुन्छ त्यहाँ
      नभए हुन्थ्यो चाम्रो ।
      २,
      के भनौँ कसलाई
      सबै राम्रै छ
      जस दिउँ उसलाई ।
      ३,
      माटोमा फुलेको फूल
      कोपिला चुँडेर कसैले
      नगरौँ यस्तो भुल ।
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि
      …
      १,
      अचुक औषधीमा गनेका
      करेला दैनिक खाऔॅं
      डाक्टरले छन् भनेका ।
      २,
      तितो मुख पार्छ
      उच्च प्रेसर भएको
      बिस्तारै तल सार्छ ।
      ३,
      धेरै हटाउँछ रोग
      फाल्छ बिमार जरैदेखि
      हटेर जान्छ शोक ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
      …
      १,
      धेरै काम हाम्रो
      हामी मिलेर गर्नुपर्ने
      देशको सेवा राम्रो ।
      २,
      लाली लगाएको ओठ
      गाउँघरमा सधैं किसानले ,
      भैँसी पालेको गोठ।
      ३,
      सेवा हामीले गर्नु
      राम्रो काम गरेर ,
      देशमा भोलि मर्नु ।
    • कृष्ण धामी – बझाङ
      …
      १,
      बुझेर गर्नु मतदान
      सित्तैमा पायो भनी
      नजानु भोज खान ।
      २,
      विचार व्यवहार हेर
      हाम्रो होइन राम्रो
      छानेमा जाँदैन खेर ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १ ,
      आउॅंछ बोक्रो ओढेर
      चिन्नै नसक्ने गरी
      लान्छ धोक्रो भरेर।
      २ ,
      आफ्नै लासको मलामी
      जाउँ कसरी भनिदेऊ ?
      नगरौँ दुष्टको सलामी।
    • हरिगोपाल प्रधान, काभ्रे, बनेपा -१४ साँगा बजार
      …
      १,
      उखुजस्तै होस् साथी
      कुभलो नचिताऊ कसैलाई
      छन् भगवान् माथि ।
      २,
      चप्पलको सम्बन्ध जसरी
      छिटाले हान्दै गर्दा
      रहन्छ सम्झना सधैँभरि।
      ३,
      तलुवा बन्नु भएन
      पीडाले छोड्दा पनि
      दु:खले कहिल्यै छोडेन ।
    • केन्टरमेश क्षेत्रीय, रोल्पा
      …
      १,
      चुनावमा हात जोड्छौ
      सिध्याएर देशको ढुकुटी
      मातृभूमि पक्कै छोड्छौ ।
      २,
      अस्ति साख्खै थियौ
      जेब गरम भएपछि
      साख्खैको ज्यान लियौ ।
      ३,
      एक बोतल सुरापान
      अघिल्लो रात मतदानको
      देश डुब्यो जान।
    • हिरालाल न्यौपाने, सल्यान कोटमौला
      …
      १,
      ईश्वर श्रृष्टि मानव
      त्यागौँ हत्या हिंसा
      नबनौँ कवै दानव।
      २,
      जिन्दगी उकाली ओराली
      उतारचढाव जरुर आउँछ
      गन्तव्य विश्राम चौतारी।
      ३,
      हातका मैला धनमा
      नगरौँ लोभ कहिल्यै
      सन्तोष राखौँ मनमा।
    • सरस्वती श्रेष्ठ रुपन्देही बुटवल।
      …
      १,
      कुम्भ मेला हेरियो ,
      धर्म तिर लागेर
      दिमाग पनि फेरियो ।
      २,
      मरेर जाने चोला
      बाँच्नु पर्छ हाँसेर
      जिन्दगी यस्तै होला ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ – ४, झापा
      …
      १,
      झुल्किनन् आज सविता
      कामले फुर्सदै छैन
      लेख्दिन झिल्का कविता ।
      २,
      लोभी छु चाहनाको
      शब्द मात्र थुपार्दछु
      गरिब छु भावनाको ।
      ३,
      लाग्दैछ मूर्खको मेला
      मलाई नबोलाऊ तिमी
      होस् उडेको बेला ।
    • ऋजु दिल्पाली इटहरी १ सुनसरी
      …
      १,
      अनुहारमा भुतुक्कै नहुनु
      व्यावहारिक, संस्कारित हुनुपर्छ
      विषाक्त चिजलाई नछुनु ।
      २,
      सुखमा कति मातेको ?
      भोलिको विचार नगरी
      लगायौ कपडा फाटेको ।
      ३,
      भएछौ तिमी हरामी
      स्वार्थ पुगेछ क्यारे
      दु:ख भोग्ने हामी ।
    • राजेश्वरी राजोपाध्याय, ललितपुर
      …
      १,
      रमाइलो मान्नु परेन
      संसार देखेर दुःखीको
      गरिबीले खोलो तरेन ।
      २,
      सम्पत्ति बढेर भागेछ
      मुलुक सुन्दर पहाडी
      जङ्गल डडेलो लागेछ ।
      ३,
      सुन्दर रङ्गीन सन्सार
      आँधीबेरी चल्यो यसरी
      खाली पारेछन भन्सार ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      बनाएर सानो घर
      ढुङ्गाको अनि माटोकोझैँ
      त्यही घरको भर !
      २,
      चौतारीमा पिपल छाया
      चलेको सिरसिरे बतास
      अमर मुटुभित्र माया !
      ३,
      मरुभूमिको तातो बगर
      मनमा अतृप्त तृष्णा
      बगरले हेरेको सगर !
    • आर्त अकुलीन

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १४ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३१ सम्पन्न

  • १४ बैशाख २०८१, शुक्रबार २१:५८ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३१ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३१
    छैन भरोसा रत्तिभर, आज हो कि भोलि
    कहिले पर्छ दैवको लाठी, पर्दछ गोली !

    वसन्त अनुभव

    [१]
    पाहुना हामी दुई दिनको किन गर्ने लोभ
    हाँसीखुसी दिन कटाऔँ नमानेर क्षोभ !
    ✍️ वसन्त अनुभव

    घोराहीउपमहानगरपालिका १४, दाङ

    [२]
    रिसराग गर्नु छैन दुई दिने पाहुना जानी
    खुसी भै बाच्ने गरौँ नहुँदै आफ्नो शव खरानी ।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    [३]
    रिसराग घमण्ड केको लागि गर्नु
    सत्कर्म गरेरै भावसागर तर्नु ।
    ✍️ बिकास छेत्री अञ्जान

    कैजले, बिजनबारी, दार्जिलिङ।

    [४].
    घाँटी सुकाई बेस्सरी करायो
    भक्कु पाएको दक्षिणा हरायो।

    ✍️ रतन पाण्डे, ‘पारतन’,दार्जीलिङ।

    [५]
    तेरो मेरो भन्ने भाव नै स्वार्थको खेल
    यसैले नै मानिसलाई बनायो फेल ।

    ✍️ होमनाथ गिरी

    [६]
    खुसी आउँछ पाहुना बनेर
    जान्छ फेरि फर्कन्छु है भनेर !
    ✍️ सनत रोकाय बिवश

    कुशे गाःपा 8 जाजरकोट

    [७]
    धर्तीका सबै दुई दिनको पाहुना हामी
    बाँचुञ्जेल जिन्दगी नबनाऔँ बदनामी ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१

    हालः-अमेरिका,बोस्टन।

    [८]
    किन गर्नु अहङ्कार जीवन घामछायाँ
    हाँस्दै कटाऔँ दैनिकी नगरौँ दायाँबायाँ ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )

    कनकाइ ४ झापा

    [९]
    रातभरि रामायण पढायो सीता कसकी जोई,
    छि लाज पो लाग्यो लौन उल्टै नबसिदेऊ न रोई !
    ✍️ वेल तामाङ थोकर

    मकवानपुर //बकैया ८ // बस्तिपुर

    [१०]
    मलाई सिंगापुर र स्विजरल्याण्ड अहँ चाहिँदैन
    मेरै देश सुन्दर छ, जुन खोजेर पनि पाइँदैन ।
    ✍️ शशीश्री आचार्य

    बौद्ध कुमारीगाल काठमाडौं

    [११]
    तेरो मेरो छ तँ तँ म म स्वार्थी मानिस
    बन्छ एकदिन भित्ताको आफैँ सो पिस।

    ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८

    [१२]
    तेरो मेरो भन्दाभन्दै छोडेर जान्छौँ हामी
    दुई दिने जिन्दगीलाई बनाउन दामी ।

    ✍️ सरस्वती श्रेष्ठ इटहरी

    [१३]
    जताततै छाएको छ अन्धकारले संसार
    यस्तै हुँदोरहेछ नतिर्दा जीवनको भार ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’

    पाँचखपन नपा – ६ संखुवासभा ।

    [१४]
    के दशा हो नेपालमा पाइन्न न्याय
    न्याय दिनेकै टेबुल मुनीको आय ।

    ✍️ भाेलामान बर्देवा धरान ८ सुनसरि

    [१५]
    मेरै जिन्दगीमा धेरै आँधीबेहेरी बर्स्यो
    त्यही भएर बारम्बार मेरो मन तर्स्यो ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘

    कालिन्चोक गा. पा. -६, दोलखा ।

    [१६]
    एकान्तको बाटो रोजेँ यो मनमा बैराग चल्दा
    तिम्रो आँखाबाट आँसु नझरोस् म चितामा जल्दा ।

    ✍️ लक्ष्मण देउवा डोटी

    [१७]
    धर्तीमा दुई दिनको हो हामी मनुष्यको चोला
    रिसडाहा नगरौँ भयो, जिन्दगी होला नहोला ।
    ✍️ एवाइ प्रभात

    सहिदभुमि छेन्ताङ धनकुटा

    [१८]
    लोभ गर्नुहुन्न भन्ने मान्छे कति राम्रो
    पाएदेखि प्राणै पनि लिन खोज्ने हाम्रो !
    ✍️ विवश पारदर्शी

    झापा,

    [१९]
    तेरो र मेरो भन्दैमा बित्ने जीवन हाम्रो
    मरियोस् बरू सबैका लागि गरेर राम्रो ।
    ✍️ राजेशराज गड्तौला

    कॅाडाघारी, काठमाण्डौ

    [२०]
    घुस खानेलाई खायाे भनेर गाली गर्छन्
    आफूले पाएपछि नबाेली भकारी भर्छन्।
    ✍️ नवराज भट्ट

    कञ्चनपुर

    [२१]
    याे मातृभुमीमा कति हाल्छाै जाल
    मलाई आउँदैन भन्छाै कि काल !
    ✍️ शालिक राम दाहाल

    चा न पा ३ झाैखेल भक्तपुर

    [२२]
    कसलाई छैन दुख यहाँ कसलाई छैन र पिर ?
    सङ्घर्ष जसले गर्दछ हाँसेर उहीँ नै हुन्छ वीर ।

    ✍️ दीपा तिम्सना -ईलाम

    [२३]
    अगाडि लागेका बाँदरको पुच्छर पक्रेर आशावादी छाैँ हतियारकाे
    उद्देश्य उसको भाषा , धर्म, संस्कृति अनि पाए देशै बेच्ने मतियारकाे ।

    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।

    [२४]
    मान्छेको मन हजुर कति खाली धनमाथि
    मर्ने समय हुने बेला किन चाहियो साथि ‌।
    ✍️ नीमा छिरिङ भोटिया

    जलढका कालेबुङ

    [२५]
    धूर्त फट्याईँको राज भएको बेला
    ईमान्दारिताको त कुरा हुन्छ खेला !

    ✍️ कमला देवकोटा, पाल्पा

    [२६]
    रङ्गविरङ्गी झन्डा भिरेका ती आआफ्नै रहेछन् टोली
    नेताहरू ती भिक्षु हुन् जसको कहिले भरिन्न झोली।
    ✍️ बि.कुलङ

    दार्जिलिङ, रंगबुल

    [२७]
    विनाशकारी हतियार हुन् बारूद र गोला
    नाश हुन्छ अनाहक विस्फोट नगर्नु होला ।
    ✍️ कृष्णकुमार वैद्य

    बनेपा ९, काभ्रे

    [२८]
    जीवन रहेछ बुझ्न नसकिने रहस्य कराइ
    सम्झिकन नभाग्नु कहिले जीवनदेखि डराई ।
    ✍️ मोती सुब्बा

    दार्जिलिङ भारत।

    [२९]
    सन्सार रुपी याे भवसागर म कसरी तरुँ
    कसैको हित गर्न नसके नि अहित नगरुँ।
    ✍️ दीपा समभाव

    दुबेकोल खोटाङ्ग

    [३०]
    सुन, चादी, हिरा, मोती होइन कसैले नि खाने ?
    लाखौँ करोडौँ पैसा भए नि होइन मर्दा लाने !
    ✍️ ज्ञानेन्द्र क्षेत्री
    नयाँ ठिमी भक्तपुर

    हाल = सिडनी अष्ट्रेलिया

    [३१]
    अब गोजीमा प्वा़ल परेछ भइयो जोगी
    खानपिनमा ध्यान गएन बनायो रोगी ।
    ✍️ चुडामणी देबकोटा

    चनपा १३काठमाडौ।

    [३२]
    विश्वासको खै कता फल्छ होला कोसा
    छ कि छैन जाँच्नु छ साथीमा भरोसा ।

    ✍️ प्रेम थापा “मन”

    [३३]
    मर्ने बाँच्ने ठेगान यो छैन आज होकि भोलि
    दुई दिने जिन्दगीमा पापको नथापौँ झोली

    ✍️बेदु न्यौपाने 🇳🇵

    [३४]
    एक लाख ऋण जनताको शिरमा
    तुइनको बाटो छ , लेकैको भिरमा ।

    ✍️ नागेन्द्रप्रसाद यादव , दाङ

    [३५]
    पैसा नभएको गोजीमा, विश्वास माग्दा पाइने
    हाम्रै देशको नेतालाई समृद्धि मात्र चाहिने ।
    ✍️ होम प्रसाद नेउपाने

    धरान,सुनसरी ।

    [३६]
    समयको महत्वलाई बुझ्न नसकेर,
    मानिसको जीवन यहाँ त्यसै जान्छ खेर।
    ✍️ ज्ञानबहादुर क्षत्री

    सन्धिखर्क – २, अर्घाखाँची।

    [३७]
    भेट्ने आशा ठुलै थियाे पल्टाएर डायरीकाे पाना
    गुन्गुनाउने भुन्भुनाउने थियाे अतितकाे गाना ।

    ✍️ जानुका खतिवडा

    [३८]
    पर्दछ यहाँ दैवको लाठी सबैमाथि
    सोरसार पारि हाल अहिले नै साथी ।

    ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।

    [३९}
    तेरो मेरो भन्दाभन्दै बित्दोरहेछ मानव चोला
    यो संसारमा निस्वार्थ रूपमा अघि बढ्ने को होला ?
    ✍️ बाबुराम पाण्डे

    अर्घाखाँची

    [४०]
    ज्यान मरेर गए पनि नाम राख्न अमर
    सत्यको साथ दिनलाई गर्नुपर्छ गमर ।
    ✍️ मन्दिरा सेढाई

    मलेखु,धादिङ

    [४१]
    फलेको हाँगो झुक्नुपर्ने ज्ञानीहरू लुक्नुपर्ने
    सामु ठोक्छन् सलाम पछि किन सधैँ थुक्नुपर्ने ।

    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ

    [४२]
    मरेर जाने हो एक दिन बैराग्य लाग्छ घरी घरी
    तर पनि मान्दैन यो मन सपना बुन्छ थरी थरी।
    ✍️ पुष्पा सुवेदी

    नेपालगन्ज,बॅाके।

    [४३]
    कुनै भराेसा छैन हाम्राे छाेटाे जिवनकाे
    के काे लागि खुन पसिना पिउछ्न् जनकाे ?
    ✍️ ताराप्रसाद चापागाईँ

    धुनिबेसी

    [४४]
    बेकार हुन्छ गर्छु मात्र भन्ने आस
    थाहा नहुने हो परिन्छ काल ग्रास ।
    ✍️ कार्की डिबी माकुम

    सुनवल-४, नवलपरासी

    [४५]
    भर पर्दछौँ भरोसा गर्दछौँ, भ्रष्टाचारीलाई जानी जानी
    चुनावमा भोट हाल्दछौँ, चोर नेतालाई सन्त साधु ठानी।

    ✍️ विके माकजू , भक्तपुर ।

    [४६]
    हार्नुहुन्न हिम्मत कहिल्यै सम्झिएर भोलि
    अमर रहन्छ देशभक्त लागे पनि गोली ।
    ✍️ गंगा खड्का

    बूढानीलकण्ठ ,काठमाडौँ

    [४७]
    छैन भरोसा नश्वर शरिरको आज हो कि भोलि
    गर्नु हुँदैन कुकर्म कहिल्यै आफ्नो इज्जत मोली l

    ✍️ बाबुराम गौतम, गुल्मी

    [४८]
    दैवको लाठी सम्झेर हरेस खानु चै हुन्न
    सत्कर्म गर्नेहरूलाई गोलीले छिट्टै छुन्न।

    ✍️ अरुण कुमार भुजेल

    [४९]
    जन्म, जीवन र मृत्यु यही त हो जिन्दगी
    मरिलानु के छ र साँच्नु ? अरूलाई ठगी ।
    ✍️ ध्रुव श्रेष्ठ

    हाल काठमाण्डौ ।

    [५०]
    जिन्दगीको छैन भरोसा भोलि हो कि पर्सी
    छोटो जीवन बाँच्नुपर्ने किन तर्सी तर्सी ?
    ✍️ चूडा निर्भीक

    हालःकाठमाण्डौ ।

    [५१]
    सन्सारमा कति आए कति गए थाेरै रहे अमर
    सत्कार्यकाे मात्र गरिन्छ आरती डाेलाएर चमर ।
    ✍️ प्रद्युम्न चालिसे

    भक्तपुर कटुञ्जे ।

    [५२]
    आज हाे कि भाेलि थाहा छैन मरिजाने जीवन हाम्राे
    लाेभ गरी अकुत धन कमाउनु हुन्न खासै राम्रो ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    [५३]
    नडुबौँ धेरै लाेभमा, सत्य तथ्य स्विकार
    जस्तै पगरी दिलाओस् र जीवन होस् पार ।
    ✍️ हरिगाेपाल प्रधान

    काभ्रे, बनेपा १४ साँगा बजार।

    [५४]
    आमाबाबुलाई वृद्ध आश्रममा हाल्छौ
    घरमा शून्य हुँदा भोटे कुकुर पाल्छौ ?
    ✍️ रमेश दियाली

    सिटोंग दार्जिलिङ

    [५५]
    कति खेल्छौ सधैँ यहाँ गरी काटमारको होली
    देशको मुहार फेरिएला कि भन्दै गयो भोलि ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा

    मेहेलकुना सुर्खेत

    [५६]
    भोलि गर्ने आज गरौँ आज गर्ने अहिले
    सत्कर्म गर्न नभुलौँ उठ्छ चोला कहिले ?
    ✍️ बिके मुखिया

    दार्जिलिङ,भारत।

    [५७]
    कसैको जीवनको केही भरोसा छैन
    मरिजाने चोला अजम्बरी कोही हैन ।

    ✍️ कला ढकाल

    [५८]
    गोजी छाम्दा परेछ ह्वाङ
    नहुनेलाई धेरै स्वाङ ।
    ✍️ राजनारायण राई

    सोनादह दार्जीलिङ

    [५९]
    राँगो, सुँगुर, बङ्गुरका नरम चाना
    विकासका कुरा छोडी त्यही खान्छौ खाना ।

    ✍️ घनश्याम पन्त

    [६०]
    काक्रासरि किन भयाे देशकाे पिस ?
    विकास हाे कि विनाश भन्दा त रिस ।
    ✍️ जीवि दाङ
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव1 Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३१ सम्पन्न

    उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • १४ बैशाख २०८१, शुक्रबार ०९:०८ मा प्रकाशित
  • उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू !

    १
    आमा
    मातृ शक्ति
    अमूल्य किन्न नपाइने !

    २.
    दया
    मनैदेखिको भाव
    आउने अद्भुत माया !

    ३.
    जीवन
    जगतमा चिनिने
    चिनारीको उपहार एक !

    ४.
    कर्म
    आफ्नो भाग्य
    भोग्छु आफै मर्म !

    ५.
    घाम
    तेजिलो प्रकाश
    सूर्यलाई मानिन्छ धाम !

    ६.
    सुगन्ध
    मानिने पवित्र
    वासना फैलिने मन्द !

    ७.
    गाउँ
    रमणीय परिवेश
    मनै आनन्दको ठाउँ !

    ८.
    भाव
    कुनै कुराको
    एक अर्थपूर्ण प्रभाव !

    ९.
    दोष
    नगरेको काम
    सङ्काको भरमा तोक्नु !

    १०.
    दाता
    योगदान दिने
    कसैको महान रूप !

    ११.
    भावना
    बडा दशैंको
    सबै जनालाई शुभकामना !

    १२.
    दिन
    रमाउँदा हामी
    माताले रक्षा गर्नेछिन् !

    • दुर्गा आचार्य
      मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता2 Comments on उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ९२

  • ११ बैशाख २०८१, मंगलवार २१:१० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: बयानब्बेऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-९२ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०१/१०
    बुधबार बेलुका ०९ बजेसम्म  पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    प्रवर्तक तथा संयोजक:-
    ==============
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:-  [बराबरी]
    अनुप्रास :-  आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग   ०१

    गर्नु छ तिमीले  राम्रो कर्म आफ्नाे
    मानव  सेवा  बुझेर   धर्म आफ्नाे
    बस्दछन्   ईश्वर  जस्काे   हृदयमा
    बुझ्नेछन् बुझ्नेले तब मर्म आफ्नाे
    जब छाेडि सबै लाज सर्म आफ्नाे।

    ✍️सुशीला पौडेल ।

    पञ्चाङ्ग   ०२
    ०१)
    राम्रो नराम्रो बीचमा   चाल्न जान्नु पर्छ
    अँध्यारोमा दीपक नि बाल्न जान्नु पर्छ
    सहयोगी बन्नु  सबैलाई        भलो गर्दै
    दु:ख    पाएकालाई   पाल्न जान्नु पर्छ
    झुटा    मानुस भए  फाल्न  जान्नु पर्छ ।
    ०२)
    हृदयको  आँखा  भयौ नजरमा आउ तिमी
    घण्टी  बजाउँदै  अब  गजरमा आउ  तिमी
    मस्तिष्कको बाटो  हुँदै  दिलमा बास गर्नु है
    कहिले  नसकिने  त्यो अजरमा आउ तिमी
    सम्बन्ध  दिलमा राख्दै बजरमा आउ तिमी ।

    ✍️सन्ध्या गौतम, काठमाडौं ।

    पञ्चाङ्ग   ०३
    ०१)
    हामी बीचको सम्बन्धहरू तोडेको मैले हो
    बाटो अन्तै जाने भएकोले मोडेको मैले हो
    तिमी बिनाको   एक्लोपन खाइरहन्छ सधैँ
    मायालुको   फूलबारीलाई गोडेको मैले हो
    सुमधुर   नाता गासुँ भन्दै जोडेको मैले हो ।
    ०२)
    तिम्रो लागि म उपयुुक्त वर  सम्झन्छु
    तिमी नजिक  भए पनि पर  सम्झन्छु
    तिमी र म बीच फरक केही देख्दिन
    तिमीलाई   जीवनभर  हर  सम्झन्छु
    तिमीलाई आत्मीय मन चर सम्झन्छु

    ✍️सोमनाथ लुइटेल  “रवि पाल्पाली” बर्दिया।

    पञ्चाङ्ग   ०४

    छन  चम्पा चमेली  यही  धरामा  फुलेको
    डाँडा पाखा अनि बारीको गरामा फुलेको
    लटरम्मै    ढाकेको छ    जंगल   गुराँसले
    जाई जुई    लमतन्न    लहरामा   फुलेको
    सबै  जातका  फुल   परम्परामा  फुलेको।

    ✍️मल्ल लक्ष्मी श्रेष्ट,मेची किनार
    बिर्तामोड झापा ।

    पञ्चाङ्ग   ०५

    अनौठो  कुरा मनमा साँच्न  सिकान ए जिन्दगी
    कसैको  सहारा बिना बाँच्न सिकान ए जिन्दगी
    कति  सधैँभरि  सिधा  अनि  इमान्दारी बन्नु  म
    कहिले काही खुसीले नाच्न सिकान ए जिन्दगी
    कसैको  मनलाई  त  भाँच्न सिकान ए जिन्दगी।

    ✍️सुष्मा मगर रोल्पा, हाल भारत ।

    पञ्चाङ्ग   ०६

    आपत   विपतमा  शरण  गरे  राम्रो
    दु:खलाई  आफैले  हरण  गरे राम्रो
    मायाले बसाउनु मायाको संसारमा
    सकिन्छ  भनेपछि  वरण  गरे राम्रो
    मायाले  उसैलाई  भरण  गरे  राम्रो ।

    ✍️सागर नगरकोटी , भक्तपुर ।

    पञ्चाङ्ग   ०७

    गोहीको झैँ आँसु झार्न जानेका छौ
    मेरो बलिदान मार्न जानेका छौ
    दुबै हातमा लड्डु चाहने तिमी
    मुटुको बसाइँ  सार्न जानेका छौ
    मर्नु न बाँच्नु झैँ पार्न जानेका छौ।

    ✍️मन्दिरा सेढाई ,मलेखु धादिङ ।

    पञ्चाङ्ग   ०८

    दक्ष जनशक्तिले  त अब काम पाउन छोडिसके हजुर
    गर्नेले पनि कामकाे खासै दाम पाउन छोडिसके हजुर
    जताततै  बेरोजगारै  बेरोजगार  भ्रष्ट 
    नीतिले  गर्दा
    गरिबले एक पेट खाने माम पाउन छोडिसके  हजुर
    किसान मजदुरले बस्ने ठाम पाउन छाेडिसके हजुर।

    ✍️राज कुमार   राजभण्डारी  खाेटाङ्गे
      मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
                २०८१बैशाख ।

    पञ्चाङ्ग   ०९

    फर्सीको झाँङमा करेला फलेछन् हेर
    सँगै भगवान गणेश ढलेछन्    हेर
    चित्रमा आँखामा छ्ल्न पनि हदै हुन्छ
    याँ हामीलाई छल्नसम्म छलेछन् हेर
    समय भन्दा मान्छे  अघि चलेछन् हेर ।

    ✍️ बेदु न्यौपाने 🇳🇵।

    पञ्चाङ्ग   १०
    ०१)
    अब त जीवन पनि कविता जस्तै  हुनु पर्छ
    कविताले जस्तै जीवनले पनि त रुन पर्छ
    यी  दुइ  बीचमा  विभेद  गरिनु हुन्न है अब
    कविताले पकाए जीवनले भाडा धुनु पर्छ
    यी दुवैले  एक अर्काको मुटु पनि छुनु पर्छ।
    ०२)
    म मा पटक्कै घमण्ड छैन भनेर  घमण्डै गर्छ मान्छे
    ज्ञानको भण्डारमा बसेको छ आखिर घाँस चर्छ मान्छे
    अलिअलि बुद्धि पलाउनै लाग्दा शुद्धि हराउँदो रैछ
    जीवनभर भ्रममा बाँचेर भ्रमकै बिउ छर्छ मान्छे
    यथार्थ त कहिल्यै भेट्नै नपाइ एकदिन मर्छ मान्छे ।

    ✍️पशपती राई, खोटाङ ।

    पञ्चाङ्ग   ११

    सुन्दर फूलबारीका   झार गोडेनन् हेर
    एकताको मुल्य सधैँलाई जोडेनन् हेर
    स्वर्ग सरी छ नेपाल    हाम्रो हेर मनले
    सम्मान चाहेनन् पद मोह छोडेनन् हेर
    देखाउने पाराले   असत्य तोडेनन् हेर ।

    ✍️सुस्मिता अधिकारी ,काठमाडौँ ।

    पञ्चाङ्ग   १२
    ०१)
    लाेकाचारे   बाेली   सुन्ने  मन   लाग्नै  छाेड्याे
    तिमीप्रति   भराेसा  र आशा   जाग्नै  छाेड्याे
    झुटैझुटकाे     खेती  गरी    कति  पुग्छ  भन
    याे मनले    बैगुनीकाे   साथ  माग्नै    छाेड्याे
    तिमी भेट्दा खुशीले  त्याे सीमा नाग्नै छाेड्याे।
    ०२)
    सुखै सुख मिलाेस्  सधैँ ,मैले  दिएर  मिल्छ भने
    हाँसाे  त्यता  आँसु   यता  मैले पिएर  मिल्छ भने
    कर्म भाग्य आफ्नाेआफ्नाे गुनासाे    काेसँग गरूँ?
    फाट्या मन सिलाई दिउँला मैले सिएर मिल्छभने
    दाेष जति  मै  थापूँला मैले   लिएर    मिल्छ भने।

    ✍️चन्द्रावती अधिकारी, लमजुङ दुरा डाँडा
    हाल कोहलपुर बाँके ।

    पञ्चाङ्ग    १३

    हाँसी खेली रमने  बाटो हो माया
    जीवनको अभिन्न पाटो हो माया
    मायाको प्रतीक सम्झी  बसेकैछु
    मुटु भित्र  नदेख्ने  टाटो हो माया
    प्रेमको भन्दै दियौ साटो हो माया ।

    ✍️सीमा कार्की समर्पण, काठमाडौं ।

    पञ्चाङ्ग   १४

    मौसमको कुनै भर हुँदैन
    कुरकुरे बैसको थर  हुँदैन
    वर्षामा उर्लिएको भेल जस्तै
    उम्लेको दूधको तर हुँदैन
    बाँसको घरको चर हुँदैन ।

    ✍️डा. श्री देवी पन्थी ।

    पञ्चाङ्ग   १५

    आँखाले   टेकेर   हुन्न   हजुर
    हातले   छेकेर   हुन्न     हजुर
    भाग्यमा लेखेको पाईन्छ यहाँ
    मान्छेले      फेकेर  हुन्न हजुर
    आगोले   सेकेर    हुन्न   हजुर।

    ✍️सरिता सेढाई, धादिङ ।

    पञ्चाङ्ग   १६

    धरामा  खुलेको   छ  यो जिन्दगानी
    दुःखी औ सुखी जे भयो जिन्दगानी
    कहाँ  छौ  तिमी  के     गरेर बसेको?
    सहारा    लिएरै      गयो जिन्दगानी
    कहानी  यहाँको    ल यो जिन्दगानी।

    ✍️गुणनिधि घिमिरे, अमेरिका ।

    पञ्चाङ्ग   १७

    अजरअमर    रहन     जुर्ने    रहेनछ
    सँदा यौवनले  कहिल्यै  कुर्ने  रहेनछ
    जे गर्नु पर्छ  बेलैमा  गरेको उचित हो
    आखिर त्यो बितेको पल घुर्ने रहेनछ
    चलाख  रहदा  धोकाले‌  पुर्ने  रहेनछ ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग   १८

    पानी  जस्तो  पातलो  हुने हो
    खाँदा  खाँदै आकाश  छुने हो
    जिन्दगी बाँच्ने तरीका आफ्नै
    लागेका  दाग  मिची  धुने  हो
    परि   आए   बेसरी   रुने   हो ।

    ✍️प्रभा पोखरेल, अमेरिका ।

    पञ्चाङ्ग   १९

    सोच्न  छोड  सत्ता  टिक्न, छल गर्न जान्नुपर्छ
    समस्याको   चुरो   बुझी, हल  गर्न   जान्नुपर्छ
    कुण्ठा मोह क्रोध अति,बढ्दै गयो तिमी भित्र,
    घटाउन   यस्ता   कुरा   बल   गर्न   जान्नुपर्छ
    वर्गीय  दुश्मनसँग,   कल      गर्न   जान्नुपर्छ।
                       
    ✍️चिरञ्जीवी ढकाल ,नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके ।

    पञ्चाङ्ग   २०

    जिन्दगी  कतिखेर  खरानी  हुन्छ  थाहा हुन्न
    आफु मरेपछि को हाँस्छ को रुन्छ थाहा हुन्न
    जिउँदो   भइन्जेल   हाँस खेल  गरौँ न साथी
    मरेको  लासलाई  को आई छुन्छ  थाहा हुन्न
    शंखको  धुन  मुर्दाले  कहिँ सुन्छ? थाहा हुँन्न।

    ✍️मल्ल लक्ष्मी श्रेष्ठ,
    मेची किनार बिर्तामोड झापा ।

    पञ्चाङ्ग   २१

    पानीका छालहरू छल्किरहेछन्
    मनका वैमनस्य मल्किरहेछन्
    आफू बेईमानी छु कस्ले भन्छ र
    निधारमा धब्बाले टल्किरहेछन्
    पाखण्डी कर्तुत छचल्किरहेछन् ।

    ✍️सुरेश चन्द्र घिमिरे, कपन ।

    पञ्चाङ्ग   २२

    समयको चक्रसँगै  हिजो भन्दा आज वडा भएकाे छ
    धराकाे सारा बिरुवा मुन्टाे  फैलाएर  खडा भएकाे छ
    शिशिरकाे जाडोले थङ्न्याएकाे देहमा मलम लगाइ देख्दा त अति राम्रो चलाइ नसक्नुको  कडा भएको छ
    वसन्तकाे   उपहार पाई  भरिएकाे    घडा भएकाे छ ।

    ✍️भवानी घिमिरे, सर्लाही ।

    पञ्चाङ्ग   २३

    हत्केलाले सुर्य  छेकेर हजुर
    कति सपना त  टेकेर हजुर
    सधैँ दिनहुुँ नै रुनु परेको छ
    उसैलाई  त फेकेर    हजुर
    शरीर  धेरै  नै सेकेर   हजुर ।

    ✍️सहयात्री शाेभा अर्याल, रुपन्देही ।

    पञ्चाङ्ग   २४

    पीडा दिनेले  सधैँ  दिएकै छन्
    बदला लिनेले नि लिएकै छन्
    देखावटी   नाटक   गर्छौं किन
    जिउनेले एक्लै नि जिएकै छन्
    पीडा  भुल्न सराव पिएकै छन्।

    ✍️ह्यारिस ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ९२

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १५२ सम्पन्न

  • ११ बैशाख २०८१, मंगलवार २०:५७ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५२ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-

    [१]
    सभा
    निरन्तर छलफल
    जनता सधैँ अलमल !

    • वसन्त अनुभव
      [२]
      सधैँ
      नेताको भेला
      सडकमा कुकुरको खेला !
    • बेदु न्यौपाने
      [३]
      अलमल
      नेताको छलफल
      जनता रुवाउने पलपल !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [४]
      सम्वाद
      छलफल कुराकानी
      चुनावी कुरा सहमत !
      विद्यार्थी- सम्झना कुसुम
      [५]
      उसको
      व्यवहार चहलपहल
      देश पूरै खलबल !
    • सनत रोकाय विवश
      कुशे गाःपा-८, जाजरकोट
      [६]
      बहुतै
      गर्छन् भलाकुसारी
      जनतालाई अन्यौलमा पारी !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [७]
      कुकुरहरू
      भएर भेला
      देखाउन लागे खेला !
    • सरिता सेढाई, धादिङ
      [८]
      छलफल
      भएन उस्तै
      चित्रले बोल्यो दुरुस्तै !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [९]
      उदय
      कुकरकाे भेला
      सिंहदरबार भाे मेला !
    • भाेलामान बर्देवा, धरान-८, सुनसरी
      [१०]
      नलाग्दै
      कात्तिक महिना
      छलफल भयो महिमा !
    • सविता के.सी.
      [११]
      कुदृष्टि
      पराइको खटाइ
      कुकुरहरूलाई सुगा रटाइ !
    • ऋजु दिलपाली
      [१२]
      भेला
      केवल लगाउने
      निजी स्वार्थको मेला !
    • पृथक प्रकृति, झापा
      [१३]
      सभा
      हुन्छ निष्कर्षविहिन
      भागको सधैँ झगडा !
    • समुन्द्रा शर्मा, सुनसरी
      [१४]
      कुकृत्यहरू
      बनावटी जागृतिहरू
      खतर्नाक नयाँ खुरापातिहरू !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [१५]
      सडक
      कुकुर भेला
      दाउको अनौठो खेला !
    • आर्त अकुलीन
      [१६]
      कुकुर
      आपसी सद्भाव
      हड्डीका निम्ति द्वन्द !
    • कमला देवकोटा, पाल्पा
      [१७]
      सत्ता
      कुकुरको जमघट
      देखाउँदै अनौठो चटक !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [१९]
      कुकुर
      एकछिन मिलन
      भाग नपुगे ङ्वारङ्वार !
    • प्रेम थापा ‘मन’
      [२०]
      झुण्ड
      आतङ्काे काण्ड
      तछाड मछाडकाे मुकुण्डाे !
    • राेशन पराजुली, धरान
      [२१]
      सभा
      कुकुरको आज
      आफैमा धेर बाझाबाझ!
    • चक्र शाही, लम्की, कैलाली
      [२२]
      छलफल
      कुकुरहरू भेला
      हुन्छ सधैँ झमेला !
    • प्रविना प्रयासी, ओखलढुंगा
      [२३]
      आहा
      कुकुर जति
      छैन मान्छे पनि !
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [२४]
      चित्र
      उस्तै छ
      यहाँ पनि विचित्र !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ
      [२५]
      अधोगति
      भाइ भतिजा
      निजी स्वार्थको नतिजा !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [२६]
      कुकुर
      हड्डी छान्ने
      लुछाचुँडी गर्दै खाने !
    • भवानी घिमिरे, सर्लाही
      [२७]
      गोलबन्द
      कुकुरको बकबक
      एउटै जातको रजगद !
    • सन्तु खत्री
      [२८]
      सभा
      कुकुर जमात
      दाउ मार्ने सोचमा !
    • धनमाया चौधरी, कैलाली
      [२९]
      सावधान
      विचित्रको भेला
      देशमा हुँदैछ खेला !
    • रघु थापा, सु न पा.-१
      [३०]
      सडक
      कुकुरको जमातले
      पारिसके देश सखाप !
    • सरस्वती वली, बर्दिया
      [३१]
      भेला
      हड्डीको खोजाइ
      भेट्दा ङ्यारङुर रेला !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [३३]
      छलफल
      सत्तामा लुछाचुँडी
      नैतिकता खाने राजनीति !
    • पशपती राई, खोटाङ
      [३४]
      छलफल
      स्वार्थी कुकुरको
      स्वागत गर्छौँ हामी !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [३४]
      भेला
      राजनीति खेला
      देखाउँछन् कुकुरको मेला !
    • सरस्वती श्रेष्ठ, इटहरी
      [३५]
      गल्ली
      कुकुरको भेला
      जनता उनका चेला !
    • सुरेश न्यौपाने
      [३७]
      बैठक
      बथान कुकुरको
      ढाल्ने कसरत दाजैको !
    • चेतराज जैशी, हाल: UAE
      [३८]
      कडा
      ङिच्च दाह्रा
      सधैँ हड्डीमा लफडा !
    • विवश पारदर्शी, झापा
      [३९]
      छलफल
      बालुवाको तेल
      कागलाई पाकेको बेल !
    • बुद्धिप्रसाद लामिछाने
      घो नपा-८, दीपनगर, कैलाली
      [४०]
      भागबन्डा
      सभा गर्दै
      नेता जस्ता कुकुर ?
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      [४१]
      गोलबन्द
      छ्लफलमा कुकुर
      खान नपाएर हड्डी !
    • धर्मी शाक्य, बुटवल ,रुपन्देही ।
      [४२]
      गोलमेच
      भागबन्डाको लागि
      देशका विद्वान नेताहरू !
    • विके माकजू, भक्तपुर
      [४३]
      कुकुर
      गर्दैछन् छलफल
      समस्याको निस्किन्छ हल !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [४४]
      यो
      नमूना चित्र
      विचित्र राजनिति दलहरूको !
    • ध्रुव श्रेष्ठ
      खोटाङ, हाल: काठमाडौ
      [४५]
      चित्र
      सदनको भित्र
      जस्तै देखिन्छ विचित्र !
    • कला ढकाल, झापा
      [४६]
      बस्छ्न्
      सधैँ छलफल
      जनतालाई पारेर अलमल !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [४७]
      बफादार
      मालिकको सधैँ
      सिक्नु कुकुरबाट ज्ञान !
    • शारदा आचार्य, ललितपुर
      [४८]
      उदाहरणीय
      कुकुरहरूकाे समझदारी
      सरसल्लाहमा सबैकाे साझेदारी !
    • टीकाराम जाेशी, टीकापुर
      [४९]
      बिचमा
      एउटा हड्डी
      वरिपरि लालायित कुकुरहरू !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [५०]
      कसरी
      सरकार बनाउने
      विषयमा छलफल तयारी !
    • केन्द्रप्रकाश बराल, इलाम
      [५१]
      बौलाहा
      टोक्ला कात्तिकमा
      धेरै भयो छलफल !
    • एवाइ प्रभात

    सहिदभूमि, धनकुटा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला1 Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १५२ सम्पन्न

    साउदी अरबको अल कासिममा आयोजित दुई दिने राहदानी नविकरण घुम्ती टोलिद्वारा ८०० जनाले लिए सेवा !

  • ११ बैशाख २०८१, मंगलवार ०१:१९ मा प्रकाशित
  • अल कासिम साउदी अरब ! नेपाली राजदूतावास रियाद र गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अलकासिमको सयुक्त सहकार्यमा गत मिती २०२४ अप्रिल १९ शुक्रबार  र २० शनिबार गरि दुई दिनमा सम्पन्न राहदानी नवीकरण घुम्ती सेवाद्वारा  ८०० जना नेपालीले सेवा लिएका छन् ।

    उक्त  कार्यक्रम अन्तर्गत राहदानी नविकरण फाराम संकलन, नविकृत रादानी बितरण, ट्राभल डकुमेन्टका सेवा सुबिधाहरु प्रदान गरिएको थियो ।  राहदानी नवीकरण घुम्ती सेवाका लागी नेपाली  राजदूतावास रियादका नियोग उप-प्रमुख डा. डम्बरु बल्लब पौडेल ज्युको नेतृत्वमा, प्रथम सचीव श्र टोप नारायण गिरी, तृतीय सचिब आनन्द चुवाइ, तथा अन्य दूतावासका कर्मचारीहरु र अल कासिम स्थित एनआरएनए का पदाधिकारी तथा अन्य संघसंस्था का पदाधिकारी मिलेर सेवा दिइएको थियो !


    उक्त  कार्यक्रमबाट सेवा सुबिधा लिनको लागी अलकासिम लगयात आसपासका अनैजा, हायल, जुल्फी आदी अलकासिम आसपास बिभिन्न कम्पनिमा कार्यरत ८०० जना नेपाली दाजुभाइ दिदीबहिनीहरु राहदानी नविकरण गर्नका लागी, ५० जना नविकृत राहदानी लिनका लागी  र १ जनाको ट्राभल डकुमेन्टको लागी आएका थिए ।
    राजदूतावास रियाद द्वारा जारी गरिएको पुर्व सूचना अनुसार धेरै जसो दाजुभाइ दिदिबहिनी  राहदानी नविकरणको लागी Pre-enrollment फाराम सेवाग्राही आफैले भरेर आउनुपर्ने भएकोले फाराम भर्न नसक्ने र पहुंच नभएका श्रमिकहरुलाई  एनआरएनका पदाधिकारी तथा समाजसेवीहरुले नेपाली राजदूतावास रियादको सुचना जारी गरेको मिती देखी नै प्रचार प्रसार गरी  राहदानी नविकरणको लागि चाहिने Pre enrollment फाराम निःशुल्क रुपमा भरी सहयोग गरिएको कुरा एनआरएनए आरसिसिका सचीव सिद्दिलाल श्रेष्ठले जानकारी दिए  ।

    राहदानी नविकरण टोलि बिहिवार  बेलुका बुरैदामा उपस्थित भइ  शुक्रवार बिहान ७:०० बजे देखी बेलुका ६ः३०बजे सम्म र शनिवार ७ बजे देखी ७ः३० बजे सम्म  शिवीर संन्चालन  गरेको श्रेष्ठले जानकारी गराए  ।
    शनिबारको शिविर संन्चालनमा केही प्राविधिक समस्या आएता पनी नेपाली राजदूताबास रियादका टोली र गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले निरन्तर खटिएर सेवा दिएका थिए।

    राहदानी नविकरण गर्न  अल कासिम बाट राजदूतावास रियाद धाउनु पर्ने बाध्यता र खर्चिलो यात्राबाट नेपली दाजुभाई दिदी बहिनीहरुलाई मुक्त गराउन नेपाली राजदूतावास रियादले बुरैदामा राहदानी नविकरण शिविर संञ्चालन गरेकोमा अल कासिममा रहनु हुने एनआरएनएकर्मी, समाजसेवी स्वंयसेवकहरुको आत्मिय र निस्वार्थ सेवाग्राहीरु  खुसी  भएका थिए ।
      सेवा भावले रियादबाट ४०० की.मी. टाढा  अलकासिम बुरैदा आएर अहोरात्र रुपमा  नेपाली श्रमिकलाई सेवा प्रदान गरिदिनु हुने नेपाली राजदूतावास रियादका सम्पुर्ण टिम तथा साजसेवी स्वंयम सेवक साथीहरु, इस्लामिक सेन्टर बुरैदा, गोर्खा होटल बुरैदा, नेपाली युवा क्लव अलकासिमलाई एनआरएनए आरसिसि अल कासिमले अभार व्यक्त गरेको छ

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदी अरबको अल कासिममा आयोजित दुई दिने राहदानी नविकरण घुम्ती टोलिद्वारा ८०० जनाले लिए सेवा !

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P