• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ७५

  • ८ बैशाख २०८१, शनिबार २३:२८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग ७५  पचहतरौंमा हामी पुगेका छौं।नेपालीहरुको नयाँ वर्ष नजिक आइरहेको हुँदा नयाँ वर्ष विशेष पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ।सम्पूर्ण देश तथा विदेशमा रहनु हुने नेपालीहरुमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:-  २०८१/०१/ ०६गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:७५[पचहतरौं]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

     यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक : 


    सोमनाथ लुइटेल “रवि पाल्पालि

    गुणनिधि घिमिरे 

    सुशीला पाैडेल 

    चित्र संकलन 


    सुशीला पाैडेल 

    संकलन

    सुशीला पौडेल 

    दुर्गा रिजाल आचार्य

     शुद्धीकरण 


    भवानी घिमिरे 

    जमुना आचार्य 

    पशपती राई 

    पुष्पा नेपाल (सुवेदी )

    संरचना 


    अनुप्रास :- आफू खुसी

    स्थायी :- आफू खुसी 

    अक्षर :-  बराबरी 

    पर्वतक तथा समायोजक


    सोमनाथ लुइटेल “रवि पाल्पाली”

                      तथा 

    पञ्चाङ्ग साहित्य समाज नेपाल 


    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    ~~~~~

    पञ्चाङ्ग   ०१

    फर्सीको झाङमा करेला फलेको देखियो

    त्यसैमाथि सिद्धि गणेश ढलेको  देखियो

    झुक्याउन पनि कतिसम्म सक्दा रहेछन्

    पानी हाली दियो आरती बलेको देखियो

    सबै बुझ्दा हाम्रो मन नै छलेको देखियो।

    ✍️घनश्याम पौडेल, पोखरा ।

    पञ्चाङ्ग   ०२

    तरकारीमा  गणेशको नै ज्यान  देखियो

    कति राम्रो विचित्र अनौठो सान देखियो

    भगवान  जुनै  रुपमा  पनि कति  सौम्य

    ईश्वर  सजाएर  राखेको   मान  देखियो 

    तरकारीमा  भगवानको   थान  देखियो ।

    ✍️शोभा आचार्य गौतम, काठमाडौँ ।

    पञ्चाङ्ग   ०३

    बाझिएको जमिनमा फेरि खेतीको श्रीगणेश गर्नु पर्छ

    प्रविधिको  अधिक  प्रयोग  गरि  उन्नत  बिउ छर्नु पर्छ

    समृद्ध नेपाल सुखी नेपाली  भाषण गरेर  हुदैन है

    त्यसको लागि त सबै मिलि काम गर्न पो अघि सर्नु पर्छ

    खोपडीमा हावा मात्रै हालेर हुन्न है दिमाग भर्नु पर्छ।

    ✍️पशपती राई , खोटाङ ।

    पञ्चाङ्ग   ०४

    हरियो परियो  करेलाको  पातमा हुन्छ 

    यो औषधि  प्रयोग गरेमा जातमा हुन्छ 

    करेला  तितो भए   मिठोलाई नष्ट गर्छ 

    सबै  कुरा मिलाएर खाने  बातमा हुन्छ 

    चिनी रोगलाई ठिक पार्ने आँतमा हुन्छ ।

    ✍️सन्ध्या गौतम, काठमाडौं ।

    पञ्चाङ्ग   ०५

    तितो हुन्छ औषधिको  काम गर्छ साथी 

    सस्तो   छैन  तर  पनि  दाम पर्छ साथी 

    जीवनको  लागि  लाभदायक    करेला

    करेलाले      मधुमेहलाई    हर्छ   साथी 

    किसानले  जनताको  लागि छर्छ साथी ।

    ✍️सोमनाथ लुइटेल  “रवि पाल्पाली” बर्दिया ।

    पञ्चाङ्ग   ०६

    करेलाको   तरकारी  त   खानुपर्छ   साथीहरू

    आफ्नै  बारीमा  फलफुल लानुपर्छ  साथीहरू

    बाचुन्जेल सम्म त हो तिथोमिथो जेपनि चल्छ

    एक  दिन   हामी   मरेर    जानुपर्छ   साथीहरु

    जिउँदै  मा  हामीले  खुःशी पानुपर्छ  साथीहरू ।

    ✍️ सुष्मा मगर, रोल्पा ।

    पञ्चाङ्ग   ०७

    जिब्रोलाई  चट्टपार्ने    करेलाकै  बातमा हुन्छ

    रक्तचाप   घटाउँने    करेलाकै   हातमा हुन्छ

    मिठोखाने राम्रो लाउने मानिसको जात नै हो

    सब्जी तितो बनाउने करेलाकै जातमा  हुन्छ

    आलुलाई मिलाएमा  करेलाकै कातमा हुन्छ।

    ✍️मल्ल लक्ष्मी श्रेष्ठ, मेची किनार

    बिर्तामोड झापा।

    पञ्चाङ्ग    ०८

    कठिन  नायबीको     खराबी भेटियो

    ताल्चा फोरेपछि बल्ल चाबी भेटियो

    त्यस्तो चाबीको के काम भन्थे भन्नेले

    उही त्यो  बुझपच्ची  बिनाबी भेटियो

    अनि सज्जन  माथिको दाबी भेटियो ।

    ✍️अच्युत घिमिरे, भुटान ।

    पञ्चाङ्ग   ०९

    जिब्रोले  उत्तम  ठान्ने  उही   करेलो 

    भान्सामा इज्जत धान्ने  उही करेलो 

    मिठाे  हुन्न  तीतो हुन्छ कलबिख नै 

    तरपनि  बन्छ  जान्ने  उही    करेलो 

    अचार  अब्बल  मन्ने  उही    करेलो ।

    ✍️भवानी घिमिरे, सर्लाही ।

    पञ्चाङ्ग   १०

    कर्तव्य नै बिर्सिएर चल्न थालेपछि 

    अरूको प्रगति देख्दा जल्न थालेपछि 

    हरचिजमा प्रभु नै प्रभु देखिने छन् 

    युधिष्ठिरले समेत छल्न थालेपछि 

    करेलामा नि गणेश फल्न थालेपछि।

    ✍️श्रीकृष्ण शर्मा, पोखरा ।

    पञ्चाङ्ग   ११

    करेला जस्तो तितो नबन साथी तिमीले

    रुखो वचन   बोली नभन साथी तिमीले

    करेला  नि  औषधिको    रुपमा आउँछ 

    आफू सरह  त्यस्तो नगन साथी तिमीले

    अरुको   विरुद्धमा नखन साथी तिमीले।

    ✍️राधेश्याम नगरकोटी, भक्तपुर ।

    पञ्चाङ्ग   १२

    एक्कासि निस्कन्छ हाँसोका दल स्मृतिका

    यी  अश्रु  तपतप   झर्छ  भल     स्मृतिका

    बिगतका  पाना    पल्टाएर        हेर्दा खेरी

    भेटिन्छ  बाल्यपनको   छल       स्मृतिका

    गुलाब  बनी  रहन्छ  त्यो  पल    स्मृतिका ।

    ✍️सीमा कार्की समर्पण, काठमाडौं ।

    पञ्चाङ्ग   १३

    फल्न पनि कसरी फलेको करेलो 

    भारी ज्यान हुनाले ढलेको करेलो 

    जन्म गजाननको भए पनि तितो

    भुटेपछि फतक्क  गलेको करेलो

    तरकारीमा    नाम चलेको करेलो ।

    ✍️प्रभा पोखरेल, अमेरिका ।

    पञ्चाङ्ग   १४

    ०१)

    गमला खनेका छन् करेला गणेश

    एउटा  गनेका छन्  करेला गणेश

    आहा कति राम्राे रंग रूप भएकाे

    हरियाे  बनेका छन्  करेला गणेश

    सबैले भनेका छन्  करेला गणेश।

    ०२)

    स्वार्थी  भएर   चल्न थाले यहाँ

    मान्छेले मान्छे छल्न थाले यहाँ

    सकारात्मक  सोच्नु  छ हामीले

    आफ्नै बाेलीले जल्न थाले यहाँ

    मुखाैटा  लेप   दल्न  थाले यहाँ।

    ✍️सुशीला पौडेल ।

    पञ्चाङ्ग   १५

    शरण    पराैं   गणेशकाे

    महिमा  छराैं   गणेशकाे

    हरित   रूपमा     मनले

    ध्यान त्याे गराैं गणेशकाे

    भक्ति नै  भराैं  गणेशकाे।

    ✍️ह्यारिस ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ७५

    साताका उत्कृष्ट झिल्काहरू- ११

  • ८ बैशाख २०८१, शनिबार १५:४५ मा प्रकाशित

  • साताका उत्कृष्ट झिल्का कविताको ११ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ११ का लागि झिल्काकार त्रय हिरालाल न्यौपाने, विमल खतिवडा माइला र तोया नाथ चापागाईँका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~

    ———<•>——-
    [१]
    १)
    अस्ति भेट भयाै
    मन मिलेकाे ठाँने
    आज तर्केर गयाै !

    २)
    राेएर के गरुँ
    तिम्राे कसिलाे जवानी
    पिएर मात्रै मरुँ !

    ३)
    सिरानी भिज्याे माझ
    सपना बल्झे आँखामा
    भेटाैँ भाेलि साँझ !
    ✍🏼
    हिरालाल न्याैपाने
    सल्यान, काेटमाैला
    ———<•>——-

    [२]
    १)
    चुनावको कोलाहल बजारमा
    मुद्दाहरू सस्तै बिक्दैछन्
    सय अनि हजारमा !

    २)
    कसैलाई लोभ सत्ताको
    नोकरी नभएका उम्मेदवारलाई
    लोभ केवल भत्ताको !

    ३)
    धतुरो खाई बोल्दैछन्
    मुद्दा नभएर होला
    एकार्काको धोती खोल्दैछन् !
    ✍️
    विमल खतिवडा माइला
    ———<•>——-

    [३]
    १)
    लुटिन्छन् हर सपनाहरू
    पुर्‍याइन्छन् शुन्यताको गहिराइमा
    बढार्दै उज्जर चाहनाहरू !

    २)
    प्रतीक्षाका प्रत्येक पलहरू
    सुस्ताउँछन् ती हरघडी
    बोकेर नमिठा छलहरू !

    ३)
    अस्तव्यस्त छ धरा
    फुर्सद छैन मनुलाई
    उखेलिए रुखका जरा !
    ✍️
    तोया नाथ चापागाईँ
    दमक,झापा,नेपाल
    ———<•>——-


    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- ११

    युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु

  • ६ बैशाख २०८१, बिहीबार २०:३१ मा प्रकाशित
  • काठमाडौं । युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।

    युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । पुनले एक रेस्टुरेन्टमा काम गर्ने गरेको दूतावासले जनाएको छ ।

    युएईमा दुई दिनदेखि भएको भिषण वर्षाका कारण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ ।

    युएईमा अहिले भइरहेको बर्षा ७५ बर्ष यताकै ठुलो भएको बताइएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु

    साप्ताहिक पञ्चाङ्ग चित्रपट- ७५

  • ६ बैशाख २०८१, बिहीबार ०५:०८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पचहतरौंमा हामी पुगेका छौं।नेपालीहरुको नयाँ वर्ष नजिक आइरहेको हुँदा नयाँ वर्ष विशेष पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ।सम्पूर्ण देश तथा विदेशमा रहनु हुने नेपालीहरुमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:-  २०८०/१२/ २९गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:७५[पचहतरौं]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

     यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक : 


    सोमनाथ लुइटेल “रवि पाल्पालि

    गुणनिधि घिमिरे 

    सुशीला पाैडेल 

    चित्र संकलन 


    सुशीला पाैडेल 

    संकलन

    सुशीला पौडेल 

    दुर्गा रिजाल आचार्य

     शुद्धीकरण 


    भवानी घिमिरे 

    जमुना आचार्य 

    पशपती राई 

    पुष्पा नेपाल (सुवेदी )

    संरचना 


    अनुप्रास :- आफू खुसी

    स्थायी :- आफू खुसी 

    अक्षर :-  बराबरी 

    पर्वतक तथा समायोजक


    सोमनाथ लुइटेल “रवि पाल्पाली”

                      तथा 

    पञ्चाङ्ग साहित्य समाज नेपाल 


    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    ~~~~~

         चित्रमा पञ्चाङ्ग 

    ~~

    पञ्चाङ्ग   ०१

    फूल र काँडा  बिन्छु नयाँ वर्षमा

    आफ्नाे  पराइ चिन्छु नयाँ वर्षमा

    सबैकाे जीवन रहाेस् खुशी खुसी

    त्यही  मुस्कान लिन्छु नयाँ वर्षमा

    शुभकामना   दिन्छु   नयाँ बर्षमा।

    ✍️सुशीला पौडेल ।

    पञ्चाङ्ग   ०२

    हौसला,खुसी लिएर आओस् नयाँ वर्ष

    अँध्यारो हट्दै उज्यालो छाओस् नयाँ वर्ष

    साल फेरिएर  नकारात्मकता हट्दै

    हरेकले सुख शान्ति पाओस् नयाँ वर्ष

    चराचुरुङ्गी नि  गीत गाओस् नयाँ वर्ष।

    ✍️शोभा आचार्य गौतम, काठमाडौँ ।

    पञ्चाङ्ग   ०३

    खुशी भरौं नयाँ वर्षमा

    शान्ति छरौं नयाँ वर्षमा

    शुभकामना छ सबैमा

    दुःख हरौं नयाँ वर्षमा

    शुभ गरौं नयाँ वर्षमा।

    ✍️ह्यारिस ।

    पञ्चाङ्ग   ०४

    मनमा सुन्दर बिचार गरौं सबैले

    मेटाएर द्वेष  सद्भाव छरौं सबैले

    नया वर्षको शुभकामना सबैलाई 

    अहंकार मासेर  प्रेम  भरौं सबैले

    दानवीय  प्रवृतिलाई  हरौं सबैले।

    ✍️पशपती राई, खोटाङ हाल प्रवास।

    पञ्चाङ्ग   ०५

    वैशाख आयो नयाँ  वर्षको  शुभारम्भ

    गदगद  खुसी   र   हर्षको   शुभारम्भ

    सुख  ल्याउला  दुई  हजार एकासीले

    दिलाउला छुट्कारा घर्षको शुभारम्भ

    अन्त्य गराउला त्यो धर्षको शुभारम्भ ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग   ०६

    नयाँ वर्षले खुसियाली लिएर आओस् है

    एकासी सालले सबैमा उमङ्ग छाओस् है

    पुरानो कुरीति त्यागेर  मित्र  भाव  जाऊँ

    नव  कोइलीले  मधुरस  गीत  गाओस् है

    आफ्नै देशमा  सबैले रोजगार पाओस् है।

     ✍️ बेदु न्यौपाने 🇳🇵

    पञ्चाङ्ग  ०७

    ०१)

    नव  वर्षमा  रुन  नपरोस्   कसैलाई 

    अप्ठ्यारोमा  हुन  नपरोस् कसैलाई 

    शुभकामना सबैमा एकासी सालको 

    खसेको आँसु धुन नपरोस् कसैलाई 

    दु:खको  पल छुन नपरोस् कसैलाई ।

    ०२)

    नयाँ वर्षमा सबैको लागि माया मिलोस 

    घाम हुँदा  बर  पिपलको छाया मिलोस

    दुई हजार  एकासीको   शुभकामना छ 

    सदैव  प्रगति  तिमीलाई  दायाँ मिलोस 

    रोगलाई निको पार्ने  गर्ने काया मिलोस।

    ✍️सन्ध्या गौतम, काठमाडौं ।

    पञ्चाङ्ग   ०८

    नयाँ वर्षको  शुभकामना      लिएर जानू है

    एकासी औँ सालको कामना  दिएर जानू है 

    आज  हामी  टाढा छौँ  तर  नजिक हुनुपर्छ 

    आदानप्रदान   हर्ष  दु:ख   पिएर  जानू   है 

    मिल्छ  भने  दुखलाई  पनि   सिएर जानू है 

    ✍️सोमनाथ लुइटेल  “रवि पाल्पाली” बर्दिया ।

    पञ्चाङ्ग   ०९

    जोश जाँगर लिएर आइदेउ 

    निराशा सारा पिएर आइदेउ 

    नयाँ बर्षको शुभकामना पोख्दै 

    स्वार्थ र लोभ खिएर आइदेउ 

    टुटेका मुटु  सिएर आइदेउ ।

    ✍️सुस्मिता अधिकारी ,काठमाडौँ ।

    पञ्चाङ्ग   १०

    बगैंचामा  फूल फुलेर  हाेला  सुवास  छाएछ आज

    फूलै  फूलको उपहार  बाेकी  वसन्त आएछ आज

    पुरानो  दिनलाई  बिर्सिदै नयाँ  दिनको  थालनीमा

    हर्ष  र  उमंगले  नयाँ  बर्षकाे गीत  गाएछ आज

    आपसमा खुसीको चिनाे साट्दै पिरती लाएछ आज।

    ✍️राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    पञ्चाङ्ग   ११

    नबनाेस् कसैकाे आँखमा आँसुको ताल शुभकामना

    साेचेझैं रहिरहाेस् समय अनि हाल शुभकामना

    विसंगति,असमानता हटाइ अगाडि बढ्दै जाँदा 

    नथापाेस् कसैलेनि  पासाे बनाइ जाल शुभकामना 

    सुखमय बनीरहाेस्  याे एकासी साल शुभकामना।

    ✍️उर्मिला के.शी.  धनकुटा ।

    पञ्चाङ्ग   १२

    आस्तिक भाव राख्दै मनाइयोस् नववर्ष 

    मनको मैलो पखाल्दै जनाइयोस् नववर्ष 

    सबैको मङ्गल हुने कामना नयाँ वर्षको 

    मनका कटुतानै सबै बनाइयोस् नववर्ष 

    मन प्रभु चिन्तनमा नै भनाइयोस् नववर्ष ।

    ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ।

    पञ्चाङ्ग   १३

    दुःखै दुःखको रहेछ घेरो जिन्दगी

    आँसु आँसुमा डुबेको मेरो जिन्दगी

    मलाई नि रमाउँदै हिँड्न मन थ्यो  

    भयो पीडा नै पीडाकै फेरो जिन्दगी 

    चल्दै छ यै कष्टको मेहेरो जिन्दगी । 

    ✍️श्रीकृष्ण शर्मा, पोखरा–५, मालेपाटन ।

    पञ्चाङ्ग   १४

    लुकाई राखेको मातालाई खोजि पता लगाएर आउ 

    आफ्नो पुच्छरमा आगो लगाई लङ्का जगाएर आउ

    शत्रुको तागत जाँचि आएर हनुमान पत्ता पाउने तिमी

    श्री राम सहित भाइ बन्धुलाई लङ्का भगाएर आउ 

    अधर्मले बिनास ल्याउने भनी शिक्षा  मगाएर आउ ।

    ✍️सिमा कार्की समर्पण , काठमाडौं ।

    पञ्चाङ्ग   १५

    भन्नलाई सजिलोछ तर गर्न गार्हो हुन्छ

    सुखा याममा बोट बिरुवा सर्न गार्हो हुन्छ

    हावा पानीको अनुकूल नमिल्दा खेरी पनि

    पाकेकै फल पनि यहाँ त झर्न गार्हो हुन्छ

    त्यसैले कसैको पनि भर पर्न गार्हो हुन्छ।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट- ७५

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १३ सम्पन्न

  • ४ बैशाख २०८१, मंगलवार ०७:३६ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको १३ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ४३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १३ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    नववर्ष नेपालीमा छायो
    गुराँसको बैँसालु जवानी
    उल्लासमय वातावरण बनायो ।
    २,
    चराहरूले चिरबिर गाए
    खुसी बाँड्न सबैतिर
    पालुवाहरू जगत्‌मा आए ।
    ३,
    वर्ष एउटा सकिन्छ
    दिन, बार, महिना
    पात्रो उही दोहोरिन्छ ।

    • म्यामराज राई
      …
      १,
      छैन शान्ति मनमा
      पीडाहरूको अग्लो पहाड
      कष्ट छन् जीवनमा !
      २,
      भएन कहिल्यै सोचेजस्तो
      एकसाथ हजार काँडाहरूले
      लाग्छ बारबार घोचेजस्तो !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      आयो नेपालीको नववर्ष
      पाखापखेरीमा गुराँस फुलेझैँ
      थपियोस् सबैमा हर्ष।
      २,
      वर्ष आउॅंछ बित्छ
      कर्म गरेको कुराले
      बल्ल आफूलाई जित्छ।
      ३,
      बिते हरेक दिन
      पात्रो मात्र नपल्टियोस्
      सम्झना आओस् हरछिन।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
      …
      १,
      नवीन वर्षको खुसीयाली
      वसन्तको बहारमा पलायो
      बनमा छायो हरियाली ।
      २,
      कोइलीले गीत गायो
      मिठास त्यो स्वरमा
      रुखमा हरियाली छायो ।
      ३,
      वर्ष एक सकिन्छ
      दिन, हप्ता, महिना
      पात्रो उही दोहोरिन्छ ।
    • बेदु न्यौपाने
      …
      १,
      हिजोको दिन खेल
      आजको दिन बित्दै
      भोलिको दिन मेल।
      २,
      उषाको लालीसॅंगै हुर्केकी
      धमिलो वातावरणको हावाले
      निर्वस्त्रमै हेर फुर्केकी ।
      ३,
      धर्ममा मन लगाउनु
      बुद्धि आफैँ टप्किन्छ
      हृदयमा सत्यता जगाउनु ।
    • राजेश्वरी राजोपाध्याय, ललितपुर
      …
      १,
      आयो नयाँ वर्ष
      सबै नेपालीको मनमा
      बोकेर खुसी हर्ष |
      २,
      सत्बुद्धि सबैको पलाओस्
      रुखो तिखा वचनले
      कसैको मन नजलाओस् ।
      ३,
      भ्रष्टाचारको अन्त्य होस्
      देश विकास गर्नलाई
      पलाओस् जाँगर जोस् ।
    • सरिता सेढाई धादिङ
      …
      १,
      गयो पुरानो वर्ष
      स्वागत नयाँ साललाई
      भरेर खुसी, हर्ष ।
      २,
      दु:ख पीडा जाओस्
      नेपालीको सबै घरघरमा
      हर्ष उमङ्ग आओस् ।
    • कला ढकाल झापा
      …
      १,
      उल्लास उमङ्ग ल्यायो
      नयाँ वर्षले मलाई
      मनमा हुटहुटी जगायो ।
      २,
      परिवर्तनका खाका कोर्न
      सकूँ नयाँ वर्ष
      फोर्न होइन जोर्न ।
    • देव मगर, तिनाउ-१,कचल, पाल्पा
      …
      १,
      आयो नयाँ वर्ष,
      रिस राग फालौँ
      भरौँ खुसी हर्ष।
      २,
      कठिनाइहरूको गर्दै सामना,
      भक्तिभाव मनमा राखेर
      सम्पूर्णमा उन्नतिको शुभकामना !
      ३,
      समय बदलिँदो पालुवा
      समयसॅंगै मानिस पनि
      एकदिन बन्छ बालुवा ।
    • दीपा समभाव, रावाबेशी, दुबेकोल, खोटाङ
      …
      १,
      पुरानो दिन गयो
      नयाँ दिन आँउदा
      मन खुसी भयो ।
      २,
      रहोस् स्वच्छ भावना
      सबैमा नयाँ वर्षको
      सुख समृद्धिको शुभकामना ।
      ३,
      वसन्तको बहारमा पलायो
      हरियाली वन हुँदा
      कोइली खुसीले रमायो ।
    • राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
      …
      १,
      फेरियो नयाँ वर्ष
      मनमा पिर पुरानै
      छैन कुनै हर्ष।
      २,
      घटेको छैन अत्याचार
      राजनीति विकृति मौलायो
      जनतालाई महॅंगीको भार ।
      ३,
      लाग्दै गरेको नववर्ष
      सबैको प्रगति होस्
      शुभकामना फैलोस् हर्ष ।
    • शंकर कार्की, मकवानपुर
      …
      १,
      वर्ष भनेको फेरिन्छ
      मन मन्दिर मान्छेको
      के हुन्छ हेरिन्छ ?
      २,
      पोहोरको नववर्षमा भन्थ्यो
      आमूल परिवर्तन आउँछ
      औॅंला भाँचेर गन्थ्यो।
      ३,
      केवल बदलियो भाषा
      कामकाज उस्तै रह्यो
      कसरी गर्ने आशा।
    • घनश्याम पन्त
      …
      १,
      हर्षले विभोर मन
      कसले पो जान्ने
      नभएको बेला धन।
      २,
      फेरिरहन्छ पलहरू यहाँ
      आउँछ होला मनहरू
      नयाँ सालमा जहाँ।
      ३,
      खुसी छु भेटेर
      हतार सबैलाई आफ्नो
      दिन गयो छुटेर।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      गजब रहोस् नववर्ष,
      हिमाल पहाड तराई
      फैलियोस् खुसी हर्ष।
      २,
      भुलुन् फूलमा मौरी,
      खेलौँला मायाको जुवा
      नयाँवर्षको दिउँला जितौरी।
    • होम प्र, नेउपाने, धरान,सुनसरी ।
      …
      १,
      मनमा पिर भएमा
      प्रगति पनि रोकिन्छ
      एकार्कामा आघात रहेमा ।
      २,
      सक्दो सहयोग गर्नु
      तिक्तता सारा हटाई
      आपसी भर पर्नु ।
      ३,
      उमङ्ग नयाँ वर्षमा
      मन सफा गराई
      अघि बढौँ हर्षमा !
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      हर्षको पगरी गुथेर
      आएको नवीन सालले
      लैजाओस् दु:ख थुतेर !
      २,
      चुलीमा पुगून् उक्लेर
      हिजोका इच्छा अधुरा
      चाहना नझरुन् टुक्रेर !
    • नील हरि काफ्ले, सिन्धुली (हाल काठमाडौँ)
      …
      १,
      उत्साह ऊर्जाको विकास
      सकस नहोस् कसैलाई
      मिलोस् राम्रोसँग निकास।
      २,
      रुपान्तरण हुन्छन् चीजबीज
      प्रकृतिको नियम यही
      उदाहरण बिहानैको शीत।
      ३,
      समाजमा चल्ती परम्परा
      बदलिनु जरुरी देखिन्छ
      खल्बल्याउँदैछ मानवीय धरा।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      नयाँ पाठ पढाओस्
      नयाँ वर्ष एकासीले
      देशमा सद्भाव बढाओस्।
      २,
      बाधा सारा हटून्
      बनून् सबै उन्नतिशील
      मेलमिलापले काममा डटून् ।
      ३,
      सम्पन्न बनोस् देश
      उऋण भएर बाचौँ
      नरहोस् कसैको लेश !
    • विवश पारदर्शी, झापा
      …
      १,
      नभुलौँ कसैले संस्कार
      पालना गर्नुछ हर्षले
      नववर्षमा मनका सदाचार ।
      २,
      सबैमा प्रसन्नता हुनुपर्छ
      नववर्षको मङ्गल कामना
      हर्षले शत्रुता धुनुपर्छ ।
      ३,
      प्रभुको माया अपरम्पार
      प्रेम साट्ने गरौँ
      किन काँडे तारबार ?
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      नव वर्षको शुभकामना
      बाँडेर बाँचौँ मिलेर
      निस्वार्थ लिॅंदै मनकामना ।
    • मित्र कुमार आचार्य, काठमाडौं ,नेपाल ।
      …
      १,
      छैन समय स्थिर
      अनित्य छन् सबै
      नमान्नु कुनै पिर !
      २,
      बदलिन्छ हर साल
      तर बदलिएन कहिल्यै
      हाम्रो देशको हाल ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      आयो नयाँ साल
      कर्मयोगी सपना सजाउने
      सुधार्ने हो चाल ।
    • नागेन्द्रप्रसाद यादव , दाङ
      …
      १,
      चारैतिर हरियाली छायो
      हर्ष उमङ्ग लिएर
      नयाँ वर्ष आयो ।
      २,
      बितेका कुरा छोडौँ
      एकासी सालमा अब
      नयाँ काम जोडौँ ।
      ३,
      देशले प्रगति पाओस्
      प्रकृति प्रकोप अब
      कहिले पनि नाआओस् ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      लेख्यो शब्द रड्किन्छ
      अनगिन्ती प्रयास गर्छु
      मन त्यसै भड्किन्छ ।
      २,
      तिनजुरे कालिन्चोकका लालिगुराँसहरू
      ढकमक पाखाहरू यतिखेर
      एकासीले उडाओस् निरासहरू ।
      ३,
      असीका धेरै चाहनाहरू
      होऊन् एकासीमा पूरा
      झिल्काबाट फैलियोस् शुभकामनाहरू ।
    • चुडामणी देबकोटा, चनपा – १३, काठमाण्डौ
      …
      १,
      लाग्यो नयाँ वर्ष
      मनाउ सबै मिली
      नजाओस् कतै हर्ष ।
      २,
      पात्रो फेरियो आज
      दिनहरू उस्तै छन्
      गर्नुपर्छ सधैँ काज।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
      …
      १,
      स्वस्थ रहोस् भावना
      वसन्तको यो अनुगमनसँगै,
      नयाँ वर्षको शुभकामना ।
      २,
      मनमा खुसी छाओस्
      नयाँ सालमा सधैँ
      हर्ष उमङ्ग आओस् ।
      ३,
      फेरिएको रहेछ साल
      हर्ष उल्लास आएपछि ,
      सोध्न पाए हाल।
    • श्रीकृष्ण धामी, बझाङ्
      …
      १,
      नूतन वर्ष एकासीको
      शुभकामना छ सबैमा,
      मङ्गल होस् देशबासीको ।
      २,
      सबै सुखका भागी
      स्वस्थ शान्त सुन्दर,
      शुभकामना सबका लागि ।
    • शम्भु गजुरेल
      …
      १,
      मनमा हर्ष छाओस्
      एकपछि अर्का गर्दै
      दुःख हटेर जाओस्।
    • बिरेन्द्र कुमार चौधरी, इटहरी सुनसरी कोशी प्रदेश
      …
      १,
      वसन्तमा फूल फुल्छ
      रमेर प्रेममा सबैको
      जीवन उमङ्गले झुल्छ।
      २,
      मुस्कुराउनु सक्नु पर्छ
      सङ्घर्ष जारी राखे
      विपत्ति आफैँ टर्छ।
      ३,
      केवल फूलमा डुल्छ
      रस बटुल्न सधैँ
      मौरी परीश्रममा भुल्छ।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालिम्पोङ, भारत
      …
      १,
      नयाँ वर्षको शुभकामना
      हर्ष, उमङ्ग जोसले
      काम गरोस् कामना ।
      २,
      सुखी जीवन बिताउनुस्
      काम हुनेछ राम्रो
      सबैको भलो चिताउनुस् ।
      ३,
      कसैलाई नलागोस् रोक
      सबैको उपचार होस्
      मेटिनुपर्छ सबको भोक ।
    • रवि पौडेल ,दक्षिण भारत पाण्डेचरि
      …
      १,
      ईशको कुरा खाएर
      लागेर धर्म कर्ममा
      प्रभुकै भजन गाएर !
      २,
      आएको नयाँ वर्ष
      विगतको पिर मेटाइ,
      मनमा छाएको हर्ष !
      ३,
      मनको हटाइ पिर
      जिन्दगी आत्मिक खुसीले
      शिखरझैँ उठाऊ शिर !
    • आर्त अकुलीन
      …
      १,
      बिर्सिएमा आफ्नो कृति,
      लोप भइन्छ संसारमा,
      गिर्दै जान्छ मनोवृति ।
      २,
      आँट गरे पुर्याउने,
      ईश्वरले गर्छन् भन्छन्,
      टुक्का रहेछन् सुर्याउने।
      ३,
      नववर्ष फलोस् फुलोस्,
      नेपालीको मन मष्तिक,
      जसोतसो यही भुलोस्।।
    • मनोहरी पौडेल, गैडाकोट १
      …
      १,
      वसन्त ऋतु सरी
      होस् जीवन सबैको
      परोस् आशाको झरी।
      २,
      लुट्नेको जमात हटोस्
      बनाउने बढून् अगाडि
      सत्यता मनमा अटोस्।
      ३,
      पछ्याई कर्मको बाटो
      फुलुन फूल बगैंचामा
      धन्य बनोस् माटो।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      कालो मेघको धमास
      रिसाउन जानिनन् प्रकृति
      चुटेर कोपिलाको नाश ।
      २,
      रामनवमीको छ शुभकामना
      देशमा शान्ति छाओस्
      यही मङ्गलमय भावना ।
      ३,
      राम नवमीको बेलामा
      दुर्गा पूजा उत्सव
      घुम्न जाऔॅं मेलामा ।
    • मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा भारत
      …
      १,
      आफ्नै पोसाक हुनुपर्छ
      सद्भाव र परम्परा
      बोली वचनले गर्छ।
      २,
      असल व्यवहार गरौँ
      यो नयाँ वर्षबाट
      मातृत्वको सरण परौँ।
      ३,
      बेलगाम भयो भ्रष्टाचार
      ठेगान लगाउनै पर्यो
      सुधारौँ आआफ्नो व्यवहार।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      …
      १,
      आत्मीयता बचाउन सकियोस्
      मित्रताको सच्चा परिभाषित
      निस्वार्थपनले माया पोखियोस्
      २,
      हेर्नलाई ईश्वरको वरदान
      दृश्यालोकन गर्न उपलब्धि
      आँखा मानिसमा सम्मान ।
      ३,
      मनको उत्कण्ठा पखाल्न
      वैमनस्य नराखेको असली
      आपसी मतभेद निकाल्न ।
    • दिल ठकुरी, दार्जिलिङ
      …
      १,
      नयाँ वर्ष आयो
      गाउँ सहर जताततै
      हर्ष उमङ्ग जगायो ।
      २,
      कुर्दाकुर्दै वर्ष सकिन्छ
      दिन फिर्लान् भन्दाभन्दै
      निमुखाको आशा मकिन्छ ।
      ३,
      वसन्तले ल्यायो बहार
      दुखियाको घर आँगनमा
      कहिले लाग्ला पहार ?
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      बुझौँ जगत्ले सारा
      मिर्मिरे उज्यालो हुन्छ
      झरेपछि आकाशको तारा ।
      २,
      अहो ! षड्यन्त्रकारी चाल
      आफ्नो शिकार पक्रनलाई
      माकुरोले बुन्छ जाल ।
      ३,
      लाग्न छाड्यो आस
      नगर्दै केही प्रगति
      रोकिन्छ कि सास ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा
      …
      १ ,
      शान्तिको गीत गाएर
      मनको मैलो धोऔॅं
      सबैतिर प्रीत छाएर ।
      २ ,
      भावना चोखो सजाऔॅं
      सृष्टि सर्वत्र फुलाई
      सुगन्ध सबैमा फैलाऔॅं ।
    • हरिगोपाल प्रधान, काभ्रे, बनेपा – १४, साँगा बजार
      …
      १,
      जब सहयात्री भेटिन्छ
      सुखदुःख एकार्कामा बताउँदा
      मनको पीडा मेटिन्छ ।
      २,
      व्यवहारमा इमानदारी भएकोले
      रुवाउॅंदैन कहिल्यै पनि
      हन्डर ठक्कर खपेकोले ।
      ३,
      मिहिनेतीले गर्दछ काम
      सुखदुःख खप्छ जिन्दगीका
      परिश्रमबाट कमाउँछ दाम ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा
      …
      १,
      नववर्षसँगै हरियाली आयो
      फूलका बास्नाले वरिपरिका
      पुतली, मौरी रमायो ।
      २,
      उल्लाससँगै शान्ति आयो
      नारीको सम्मान चेतनाले
      नयाँ ज्योति जगायो ।
      ३,
      लहलह चारैतिर झुल्यो
      डाडैमा है गुराँस
      वनको रूपै खुल्यो ।
    • शशीश्री आचार्य
      …
      १,
      तिमी नयाँ वर्ष
      काम गर्ने मान्छे
      पुरानै चलनले हर्ष ।
      २,
      काम गर्नेछन् कालु
      जन्तु कहिल्यै नअघाउने
      पाल्नु पर्नेछ भालु ।
      ३,
      बसाउन सकेनन् थिति
      वर्षौं बितेर गयो
      पुगेन कहिल्यै मिति ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      तिम्रो सहरमा धाउॅंला
      गाउॅं सुनसान भएछ
      चाहेको खुसी ल्याउॅंला।
      २,
      कानुन सानालाई भएछन्
      मान्नु पर्ने सबैले
      शक्तिमा मनपरी गरेछन् ।
      ३,
      गाउॅंमा सिट गन्छौ
      सहरमा मान्छे कोचेर
      फरक यसैमा भन्छौ ।
    • केन्टरमेश क्षेत्रीय, रोल्पा

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १३ सम्पन्न

    रोल्पाका एक युवाले वडा संग बजेट माग गरी स्कुलमा तारबार लगाए

  • ३ बैशाख २०८१, सोमबार १७:१० मा प्रकाशित
  • उमान घर्ती मगर,रोल्पा।

    रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका वडा नं. ७ मा पर्ने श्री ज्योती प्राथमिक विद्यालय पालिकाको अन्य बस्ती भन्दा बिकट गाउँले चिनिन्छ । जहाँ मोटरबाटो , खानेपानी , अस्पताल विद्युत एवं अन्य सेवाबाट टाढै छन् ।सोही गाउँका बिद्यार्थीहरु आधारभूत तह तथा अन्य तहका शिक्षा हासिल गर्न गुम्चाल जानुपर्छ ।जुन विद्यालय सुरुवात देखि हाल सम्म स्थानीय सरकार र अन्य निकायको नजरमा नपरि सेवाबाट बन्चित भइ संरचना जस्ताको त्यस्तै पुरानै छ। उक्त बिद्यालय बिदाको समयमा अत्यन्तै जथाभावी फोहोर हुने एवं व्यवस्थापनमा कमजोर हुने गर्दछ ।

    त्यस ठाउँका एक युवक खिम घर्ती मगर जब बिदेशबाट फर्किए।उनी फर्किए लगत्तै त्यस बिद्यालयमा ध्यान पुग्यो।उनले बालबालिकाको गुणस्तरीय शिक्षा अध्ययन गर्नुपर्छ भन्ने उद्देश्य एवं उचित व्यवस्थापनको लागि स्थानीय सरकार तथा वडालाई आवश्यक बजेट मागका साथै ध्यानाकर्षण गराएपछि वडाले बिद्यालयको अवस्थालाई बुझी तारबारको लागि केही बजेट दियो।उनै घर्तीको पहल अनि प्रयासमा स्थानीयकोसमन्वय गरि आफैले उपभोक्ता समिती गठन गरे। स्थानीयको सहमति अनुसार उनी समितिको अध्यक्षमा चयन भए। चयन भएसङ्गै गाउँका जनता , शिक्षक , वि. व्य. समिति सबैको प्रयासमा तारबार (घेराबन्दी) सम्पन्न भएको छ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on रोल्पाका एक युवाले वडा संग बजेट माग गरी स्कुलमा तारबार लगाए

    जुबेलमा आयोजित भलिबल प्रतियोगिताको उपाधी बागमती प्रदेश भलिबल क्लबलाई

  • ३ बैशाख २०८१, सोमबार १७:०६ मा प्रकाशित
  • जुबेल,साउदी। साउदी अरेबियाको पुर्बी क्षेत्र अल जुबेलमा आयोजित भलिबल प्रतियोगिताको उपाधी बागमती प्रदेश भलिबल क्लबले चुमेको छ।

    नवबर्ष २०८१ तथा रमादन ईदको अबसरमा ए जि एस नेपाली भलिबल कमिटी जुबेल र गण्डकी क्लब जुबेलको सयुक्त आयोजनामा शुक्रवार राती सम्पन्न खेलमा बागमतीले आयोजक ए जि एस नेपाली भलिबल टोलीलाई फाईनलमा हराउदै उपाधी चुमेको हो। २८ टोली सहभागि प्रतियोगिताको उप-बिजेता आयोजक ए जि एस र तेस्रो स्थान सह आयोजक गण्डकी क्लब जुबेलले जितेको छ। उल्लेखनीय दर्शक उपस्थिति रहेको प्रतियोगीताको उपाधी बिजेता बागमतीलाई २५ सय रियाल , उपबिजेता ए जि एस १३ सय र तेस्रो पुरस्कार गण्डकीलाई ६ सय प्रमुख अतिथी प्रवासी मिलन एकता समाज साउदी अरबका अध्यक्ष काजी गुरुङले नगद ,प्रमाण पत्र र शिल्ड प्रदान गरेका छन् ।

    बुधबार, बिहिवार र शुक्रबार सम्पन्न प्रतियोगिता जुबेलको अल गोसाइबी क्यामको खेलमैदानमा सञ्चालन भएको थियो। प्रतियोगिता सम्पन्न गर्न उल्लेखनीय भुमिका निर्वाह गर्नुहुने खेलाडी ,सहभागी क्लब ,आर्थिक ,नैतिक ,भौतिक लगायत विभिन्न सहयोग गर्नु हुने प्रवासी मिल एकता समाज र गण्डकी क्लब लगायत सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्दै कुनै कारणबस गल्ती हुन गएमा माफी चाहन्छु – खेल संयोजक खेमराज खनालले भने ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on जुबेलमा आयोजित भलिबल प्रतियोगिताको उपाधी बागमती प्रदेश भलिबल क्लबलाई

    झापाली समाज साउदीको दोस्रो महाधिवेशनबाट रबिन गिरी अध्यक्षमा निर्वाचित

  • ३ बैशाख २०८१, सोमबार १६:५८ मा प्रकाशित
  • रियाद।

    गत 12 अप्रिल 2024 शुक्रबारका दिन रियादमा भएको झापाली सेवा समाज साउदी अरेबियाको दोस्रो महाधिवेशनबाट अध्यक्षमा गायक रविन गिरी निर्बिरोध निर्वाचित भएका छन्।

    साउदीको प्रतिष्ठित अल्माराई कम्पनीमा क्वालिटी कन्ट्रोल सहायक म्यानेजरमा बिगत १० बर्ष देखि कार्यरत समाजसेवी गिरी गायकारको पनि रहेका छन् । उनको केही एल्बमहरु बजारमा आईसकेको छ भने केहि रेकर्डिङको क्रममा रहेको छ। विद्यार्थी जीवन देखि सामाजिक अभियानमा आवद्ध गिरी वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत रहेर पनि श्रमिक राहत तथा उद्वारमा सकृय रहदै आईरहेको छन्। रियाद सिजनमा नेपाली समुदायको संयोजक भएर सफल कार्यक्रम गरिसकेका गिरी एक कुशल ब्यबस्थापक पनि हुन्।

    बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सामाजिक अभियन्ताहरु तथा साउदीमा कार्यरत नेपाली दाजुभाईहरुको बाक्लो उपस्तिथि रहेको उक्त कार्यक्रममा लोकप्रिय गायक प्रमोद खरेल लगायत स्थानीय कलाकारहरुले उत्कृष्ट प्रस्तुति दिएका थिए । नयाँ कार्यसमिति चयनका साथै सांस्कृतिक मनोरन्जनका साथमा महाधिवेशन सम्पन्न भएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on झापाली समाज साउदीको दोस्रो महाधिवेशनबाट रबिन गिरी अध्यक्षमा निर्वाचित

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १२ सम्पन्न

  • ३ बैशाख २०८१, सोमबार ११:३७ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको १२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    तमासको हेमन्तको धर्ष
    सङ्घर्ष गर्छ पालुवाले
    कर्मपछि फुल्दछ हर्ष ।
    २,
    नयाँ वर्षको समीर
    सौन्दर्यको पोको फुकाउॅंछ
    फैलाउॅंछ दृश्यको मदिर ।
    ३,
    यामले गुराँस फुलाउॅंछ
    सुन्दर सागरदेखि सगरसम्म
    अपेक्षित मन भुलाउॅंछ ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      रहेन तिम्रो आस
      धोकेबाज रहेछौ तिमी
      पर्दिनँ तिम्रो पास !
      २,
      बन्दिनँ तिमीदेखि टाढा
      उसैगरी रहन्छु जसरी
      फूलको साथमा काँडा !
      ३,
      सकिन्न मनको व्यथा
      कापीमा कोरेको भए
      बन्दथ्यो सायद कथा !
    • वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ
      …
      १,
      तरङ्ग बने यादहरू
      तड्पिएँ म हरपल
      उर्लिए अश्रु भेलहरू ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      …
      १,
      एकासी सालको वर्ष
      ल्याउँछ कर्म गरेपछि
      नवीन सालले हर्ष ।
      २,
      बिनाकारण कहिल्यै नभुल
      मेहनतले कर्म गरेपछि
      अवश्य फुल्दछ फूल ।
      ३,
      फूल राम्रो फुलाऔॅं
      बिरुवाको संरक्षण गरेर
      सुगन्धित बास्ना झुलाऔॅं ।
    • बेदु न्यौपाने
      …
      १,
      तिम्रो यादहरूले सताउँदा
      विगतका कथाहरू बोकेर
      रोइरहन्छु सम्झना आउँदा ।
      २,
      सात समुद्र तरेर
      छाडेर गयौ निष्ठुरी
      फर्क माया गरेर ।
      ३,
      बाध्यता मिसिएको रहर
      भुलेर गाउँका यादहरू
      पुगियो बिरानो सहर ।
    • गुणनिधि घिमिरे, अमेरिका
      …
      १.
      सरकारले उद्घोष गरोस्
      नयाँ वर्षको आगमनले
      युवा विदेशिन नपरोस् ।
      २.
      सबैलाई पारेर दङ्ग
      ल्याओस् नयाँ वर्षले
      नेपालीहरूमा हर्ष उमङ्ग ।
      ३.
      देश सुध्रन्छ पुकारौँ
      यो नयाँ सालसँगै
      समृद्धिको ढोका उघारौँ ।
    • लिजा पुन मगर, म्याग्दी
      …
      १,
      मात्र खोज्छन् मान्यजनहरू
      एउटा हातले ताली
      उडाउँदै धुलोका कणहरू ।
      २,
      कञ्जुस्याइॅं गर्छन् मायामा
      सानो चित्त हुनेले
      ठिक्क पार्छन् छायामा ।
      ३,
      सहनु धेरै गाह्रो
      पीडाले सिमाना नाघेपछि
      जिब्रो कति साह्रो ।
    • राजेश्वरी राजोपाध्याय, ललितपुर
      …
      १.
      यादहरू छन् अति
      त्यसमै भुलेर नचल्ने
      फर्कॅंदा होला क्षति ।
      २.
      नयाँ वर्षको लहर
      खुसियालीले ल्याओस् सधैँ
      सम्पूर्ण मेटियोस् कहर ।
      ३,
      बाध्यताभित्रको यो खुसी
      सबै चिज भुलिॅंदा
      भरियोस् अझै झुसी।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका, बोस्टन
      …
      १,
      मन तृप्त हुन्छ
      नयाँ जोस जाँगरले
      प्रगतिको पाइला छुन्छ ।
      २,
      विकासका लहर आउला
      नयाँ वर्षसँगै नेपालीको
      मुहारमा खुसी छाउला ।
      ३,
      देश उध्रेको बेला
      सिउने धागोको होइन
      कैँचीको छ भेला ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
      …
      १,
      राम्रो सुन्दर देखेर
      नेपाल देश हाम्रो
      लिँदैछन् झन् चोरेर ।
      २,
      सपना देखेको थिएँ
      यो मुटु निकालेर
      अरूलाई दान दिएँ।
    • सनत रोकाय बिवश, कुशे गा.पा८ जाजरकोट
      …
      १,
      सपनाको भयो खरानी
      उर्लिने डर जनसागर
      आँखाभरि भयो पानी।
      २,
      सुकेर खोला बगर
      रित्तियो देश सारा
      परेन नेतालाई असर।
      ३,
      लुटेरा पसे देशमा
      कङ्गाल भयो देश
      भित्रिए साधुको भेषमा।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      …
      १,
      उत्सव मनाउने संस्कृति
      हाँसी खुसी मिलेर
      हुन्छ कालजयी स्मृति ।
      २,
      छिचोल्दै जाँदा बगर
      आनन्द हुन्छ मनमा
      भावनाको हुन्छ सगर।
      ३,
      नयाँ वर्ष आयो
      मनले अचेल बेस्सरी
      खुसीको गीत गायो ।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      नयाँ वर्ष आउँदैछ
      वसन्त ऋतुले होला
      मनमा खुसी छाउँदैछ।
      २,
      पीरको भारी बिसाई
      सफल रहोस् जीवन
      हाँसो खुसी मिसाई।
    • तेजप्रसाद खनाल लमही दाङ।
      …
      १,
      कस्तो चैतको हुरी
      उडाई लगेछ छानो
      फुरीको चुहिएछ धुरी ।
      २,
      कस्तो बर्सेको असिना
      अलपत्र पारेर चारैतिर
      छुटायो गरिबको पसिना ।
      ३,
      एकासी आउने नववर्ष
      सबैमा मङ्गलमय कामना
      रहोस् हर्ष उत्कर्ष ।
    • मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा
      …
      १,
      लालीगुराँस फुल्यो पाखैभरि
      माथि सैलुङ डाँडामा
      नेपाल आमाको काखैभरि ।
      २,
      यतिबेला मनमोहक देखिन्छ
      आगन्तुक कोइलीको कुहुकुहु
      वसन्तको महिमा लेखिन्छ ।
      ३,
      भव्य नववर्ष आयो
      कठिनसॅंग गयो विगत
      सुख, शान्ति छायो ।
    • चुडामणी देवकोटा, चनपा – १३, काठमाडौँ
      …
      १,
      रुखमा पालुवा पलायो
      गीत गाउॅंदै चरीले
      हाँगामा गुँड बनायो।
      २,
      चैते हुरी चल्दैछ
      खडेरी लागेको बनमा
      हुरुरु डढेलो जल्दैछ।
      ३,
      न्याउली रुन्छ वनमा
      प्रदेशीको सम्झना झलझली
      विरह जाग्यो मनमा।
    • बिके मुखिया, दार्जिलिङ, भारत
      …
      १,
      फैलिएर शान्ति सद्भावना
      समृद्धिका पालुवा पलाओस्
      नयाँ सालको शुभकामना !
      २,
      होस् सबको प्रवृद्धि
      वसन्तको पावन अवसरमा
      सुख, शान्ति, समृद्धि ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      छायो हर्षको लहर
      नयाँ वर्षको आगमनमा
      लिएर आस्थाको रहर ।
      २,
      पुरानो वैभावहरू पखालौँ
      स्वच्छता मनमा राखेर
      नयाँ वर्षलाई सॅंगालौँ ।
      ३,
      मिठा सन्देशहरू पस्केर
      मित्रतालाई राखौँ यथावत्
      नजाओस् सम्बन्धहरू धस्केर ।
    • दिल ठकुरी (दार्जिलिङ )
      …
      १,
      राम्रो गरेर कर्म
      कमाएर नाम सारा
      सबैलाई गरी धर्म !
      २,
      भिरमा गुराँस फुलेको
      अनुपम वासन्ती वायु
      हेरेर मन भुलेको !
      ३,
      बनेको आँखाको नानी
      मनको तृष्णा पूरा
      कञ्चन मूलको पानी !
    • आर्त अकुलीन
      …
      १,
      दगुरिरहेछ त्यो पल
      जीवनसँग प्रतिस्पर्धा गर्दै
      जित्नुलाई गरेर छल।
      २,
      थाप्लोमा दाम्लो अडियो
      सहयात्री भएदेखि गरिबी
      दुःखहरूसँग खुब लडियो ।
    • बि.कुलुङ, दार्जिलिङ, रंगबुल
      …
      १,
      आयो नयाँ वर्ष
      द्वेष फालेर आऊ
      घोलौँ उमङ्गको हर्ष ।
      २,
      पलाए वसन्तका मुना
      हाँसेको बेला प्रकृति
      फालौँ आलस्यका तुना !
      ३,
      जहाँ सद्भाव जुट्दछ
      बस्छ स्वार्थ रोई
      प्रेमको मूल फुट्दछ ।
    • ऋजु दिल्पाली, इटहरी १ सुनसरी
      …
      १,
      आशाको किरण छैन
      जताततै दु:ख छरिए
      आँसुको भेल हैन ।
    • अम्बिका अधिकरी, झापा बिर्तामोड
      …
      १,
      जनतालाई रुने गराए
      देशको पैसाकै लोभमा
      भ्रष्टले खल्ती भराए ।
      २,
      अति रहेछन् लिप्त
      पैसाका लागि मरिहत्ते
      जनता पारे विक्षिप्त ।
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १,
      आफैँलाई भयो भार
      आफ्नै जीवन आजभोलि
      मर्यो बाँच्ने आधार।
      २,
      गयो विश्वासलाई लुटेर
      अचेल पीडामा बाँच्दैछु
      अभागीको भाग्य फुटेर।
      ३,
      छोड्दिन भन्थी साथ
      तोडेर वाचा कसमहरू
      उसैले गरी विश्वासघात।
    • नवशिला, नवदेव मार्ग, लालभित्ती, बेलबारी, मोरङ।
      …
      १,
      आउँदैछ नयाँ वर्ष
      बोकेर उमङ्ग नौलो
      जगाउनु मनमा हर्ष।
      २,
      जीवनमा आओस् हर्ष
      नयाँ दिन खुसियालीको
      बनोस् नयाँ वर्ष ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
      …
      १,
      दिलमा यस्तै हुन्छ
      आफ्नो सम्झेर सबैलाई
      मेरो मनले छुन्छ।
      २,
      भुल भयो कसरी
      प्रेम भनेर हुन्न
      नजानी गर्यो जसरी ‌।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      मुटुको वेदना पोखूँ
      जिन्दगी फेरि नमिल्ला
      मर्म कहाँ रोपूँ ?
    • शरद ओझा “मेदिनीराज”, द.न.पा-४, बमरोडा
      …
      १,
      उमङ्गहरू नौला आउॅंछन्
      भएर उद्देश्य धेरै
      सङ्कल्पले तिमीलाई मनाउॅंछन् ।
      २,
      शुभकामनाले भित्ता भरिन्छन्
      गल्तीबाट पाठ सिक्दै
      नयाँ योजनाहरू बुनिन्छन् ।
      ३,
      सुस्वास्थ्य दिर्घायुको कामना
      सबै झिल्का परिवारलाई
      नयाँ वर्षको शुभकामना ।
    • केन्टरमेश थापा, रोल्पा
      …
      १,
      लेखेर मसी सुक्यो
      संविधानमा समान अधिकार
      तर कहाँनेर लुक्यो ।
      २,
      वसन्त हावा सिरिरी
      बिहानी सुन्दर छ
      बज्यो मुरली तिरिरी ।
      ३,
      चिप्लो रातो माटो
      हेरेर हिॅंड्नु साथी
      अप्ठ्यारो छ बाटो ।
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि
      …
      १,
      मिठो बोली बोलेर
      नयाँ वर्ष मनाऔँ
      सबैले दिल खोलेर।
      २,
      आउँदैछ नयाँ वर्ष
      छायो नेपालीको ओठमा
      हाँसो खुसी हर्ष।
      ३,
      नपर्नु अर्काको भर
      फसाउन सक्छन् अरूले
      अफ्नो काम गर।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      राता गुराँस लाख
      कोकिल मृदु गाना
      आऊ प्रियसी काख ।
      २,
      पालुवा पलाए धेर
      बैँसालु तरुणीको गाना
      मुग्ध भएँ सुनेर ।
      ३,
      बटुवा निदाएको भेटिन्छ
      छहारी सितल प्यारो
      पानीको प्यास मेटिन्छ ।
    • हिरालाल न्यौपाने, बानपा ८ कोटमौला, सल्यान
      …
      १,
      पल्टाउॅंदै जिन्दगीका पाना,
      नववर्ष पनि आयो,
      थन्क्याएर यादका खजाना।
      २,
      रुँदै जान्छ रात
      हाँस्दै आउँछन् दिनहरू
      खसाएर रुखको पात।
    • होम प्र.नेउपाने, धरान,सुनसरी
      …
      १,
      पर्दछ भुल सम्झिनु
      समयसँग हरपल सधैँ
      अथक हामी लम्किनु ।
      २,
      नववर्षको मङ्गल शुभकामना
      नित्य कर्ममा लागौँ
      पूर्ण हुनेछन् चाहना ।
      ३,
      कर्मठ तम्सिनु पर्दछ
      दुष्कर्मी जगतमा सधैँ
      अर्काकै आर्जन चर्दछ ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      सङ्घर्षमा बितेछ जवानी
      पछुतो मानेर भएन
      जीवन भएछ खरानी ।
      २,
      अश्रुपूरित भिजेका नयन
      आगत सम्झेर कहालिँदै
      बिझाउॅंछ अनायासै शयन ।
    • प्रकाश के.सी., लोकन्थली, भक्तपुर
      …
      १,
      मान्छेले मान्छे भुलेछ
      धर्मखेतीको भ्रम फिँजाउँदा
      भगवान् बहिरो बनेछ ।
      २,
      कति कराउँछस् मानव
      पाप कमाइस् तैँले
      अचेल बनिछस् दानव ।
      ३,
      पैसाले धर्म किनियो
      झोला भरिएपछि भने
      त्यही पापलाई तिरियो ।
    • नन्दलाल आचार्य, सिद्धार्थट‍ोल, उदयपुर, हाल- एनेलकुटी, सिरहा
      …
      १,
      बग्यो अश्रु भेल
      खाएर कसम झुटा
      गर्यौ मायामा झेल ।
    • मन्दिरा सेढाई ,मलेखु,धादिङ
      …
      १,
      नेपालीको नयाँ वर्ष
      मनाऔॅं मिलेर हामी
      राखेर मनमा हर्ष ।
      २,
      विकास गरौँ भाषाको
      मलजलमा अध्ययन गरी
      नेपालीको बलियो आशाको ।
      ३.
      हामी बसौँ जहाँ
      मुटुमा नेपाल छ
      बिर्सन्छौँ राष्ट्र कहाँ ?
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      जहिले म सताउने
      आमा अनौठो नाता
      पिट्ने मायाले फकाउने।
      २,
      तिम्रो यादमा रुँदै
      लागे प्रदेशको बाटो
      पवित्र माटो छुँदै।
      ३,
      बिन्ती आकाशमा नहेर
      अवश्य कमाएर आउनेछु
      बाकसमा आउन्नँ मरेर ।
    • संगीता खरेल, चन्द्रागिरी – ८ काठमाडौं
      …
      १,
      बाटोमा साथीको पर्खाई
      समय हेर्दछु गन्तव्यमा
      सबैले नयन तर्काई ।
      २,
      सहरमा बाटोको अस्तव्यस्त
      प्रवाह नगरी कति
      फोहर फाल्ने खुलस्त ।
      ३,
      एसियाली बाटो सुरुआत
      वरपीपल रहेन कतैपनि
      रुख काटेर खातैखात ।
    • भगवती दवाडी ,झापा
      …
      १,
      आउँदैछ लाउँदै मीत
      आकाश पाताल देखाउँदै
      आश्वासनको मिठो गीत ।
      २,
      चुनावी झण्डाको बजार
      साधु बिरालाको भेषमा
      दुईमुखे प्रतिनिधि हजार ।
      ३,
      मारोगोली माटोको मुद्दा
      जातिलाई खाल्डोमा हाल्न
      आउँदैछ छिचिमिराको हुद्दा ।
    • राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ
      …
      १,
      मिठो ब‍ोलीले छुनुपर्छ
      आफ्ना हुन पराया
      व्यवहार निष्पक्ष हुनुपर्छ ।
    • धनमाया चौधरी, कैलाली
      …
      १ ,
      चोइटिएको अभिलाषा बोकेर
      सर्वदा प्रतीक्षामा उभिएँ
      तिम्रै कोसेलीले मातेर ।
      २ ,
      गरौँ विपद्को सामना
      पुगोस् सबैको स्वेच्छा
      नयाँ वर्षको शुभकामना ।
    • हरिगोपाल प्रधान, काभ्रे, बनेपा १४ साँगाबजार
      …
      १,
      खुसी बोकेर आयो
      नयाँ वर्ष उल्लासमय
      उज्यालोको गीत गायो ।
      २,
      रमाऔॅं यो क्षणमा
      नवीन ज्ञान वृद्धि
      भएको एकै दिनमा ।
      ३,
      नवीन रङ्ग बोकेर
      सव नेपालीको मनमनमा
      जगाई सद्बुद्धिले सोचेर ।
    • मनुहाङ किराँती, सोलु
      …
      १,
      उत्साह लिएर आऊ
      हे नयाँ वर्ष
      सन्देश दिएर जाऊ ।
      २,
      सधैँ हाम्रो कामना
      फुलोस् फलोस् जीवन
      मौलाओस् आत्मीय सुभावना ।
      ३,
      यादगार रहोस् वर्ष
      चुमोस् शान्ति समृद्धि
      बर्साओस् चरम हर्ष ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      …
      १,
      अब केही गरौँ
      खाली बसेर हुन्न
      खुसीको बिउँ छरौँ।
      २,
      बाँचेर के गर्नु
      स्वार्थी यो दुँनियामा
      कसको नजिक सर्नु ?
      ३,
      आकाशका जुनतारा गनेर
      आफूहरू बाँच्न नखोज
      अरूलाई यस्तोउस्तो भनेर ।
    • गोविन्दराज तिमिल्सेना
      …
      १,
      स्वस्थ रहोस् भावना
      वसन्तको यो अनुगमनसँग ,
      नयाँ वर्षको शुभकामना ।
      २,
      मनमा खुसीको हर्ष
      हर्ष उमङ्गमा छदै ,
      आओस् नयाँ वर्ष ।
      ३,
      फेरियो महिना साल
      गरिब जेहेन्दारको जिन्दगी
      बजार भाउले बेहाल ।
    • श्रीकृष्ण धामी, बझाङ
      …
      १,
      राप निभाउॅंछ पानीले
      भन्दै सल्काइयो आगो,
      खरानी उडाउने बानीले ।
      २,
      कहिल्यै नपरोस् दुख
      यही कामना थियो,
      चाहेर उदाएन सुख।
      ३,
      चोटमा खुसी हुन,
      सिकाउने महान् गुरु,
      खुसीले आँसु धुन ।
    • मनोहरी पौडेल, गैडाकोट १
      …
      १,
      वसन्त ऋतु आयो
      नविनताको साथमा दिलले
      हर्ष, खुसी पायो ।
      २,
      विगतको दुख नहोस्
      यो वर्षमा पनि
      सम्झेर रुन नपरोस् ।
      ३,
      रहोस् स्वच्छ भावना
      अशान्ति हटेर जाओस्
      नयाँ वर्षको शुभकामना ।
    • भावना थापा ‘मुस्कान’
      …
      १,
      आउँछन्, जान्छन् वर्षहरू
      किन कता भागे ?
      मेरा यी हर्षहरू ।
    • दीपा समभाव, खोटाङ्ग
      …
      १,
      वासन्ती छटा देख्दाखेरि
      विक्षिप्त यो मनले
      जिजीविषा जगायो फेरि l
      २,
      आसन्न नयाँ वर्षले
      दिएको खुसी पाएर
      झुमून् सम्पूर्ण हर्षले l
      ३,
      नयाँ वर्षको उपहार
      ग्रहण गरी भ्रष्टले
      सुधारोस् दुष्ट व्यवहार l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      उमङ्ग बोकेर ल्यायो
      खुसी मानेर रमाऔॅं
      नयाँ वर्ष आयो ।
      २,
      सबैको मनमा लहरी
      बास गरे राम्रो
      यो नयाँ सालभरि ।
      ३,
      सालको पहिलो दिन
      जीवन छ अप्ठ्यारोमा
      आऊ, काल लिन ।
    • ललिता गिरी सिन्धुली, हाल काठमाडौँ
      …
      १,
      फूलजस्तै अब फुलोस्
      नयाँ वर्षसँगै सबैको
      जीवन सुन्दर बनोस् ।
      २,
      जीवनमा नपरोस हार्न
      सबैसँग मित्रता गासौँ
      नपरोस् आँसु झार्न।
      ३,
      असल सोचौँ भावना
      शान्ति समृद्धिसँगै सबैलाई,
      नयाँ वर्षको शुभकामना ।
    • मन्जु बोहरा, बझाङ
      …
      १,
      वर्षको गतिविधि हेरियो
      एक साल बितेछ
      अर्को साल फेरियो ।
      २,
      रमाऊ उमङ्ग हर्षमा
      खुसीको चाह राख्नु
      अब नयाँ वर्षमा ।
      ३,
      नेपाल हाम्रो देशमा
      हामी हिॅंड्नु पर्ने
      सधैँ गरिबीको भेषमा।
    • लक्ष्मण देउवा डोटी, हाल भारत
      …
      १,
      रचना रचेर रचिन्छ
      बिग्रन्छ लेख्दामा पहिले
      बिस्तारै अवश्य सुध्रिन्छ ।
      २,
      सिर्जना लेख्छु यहाँ
      होलान् गल्ती हजार
      भन्नु बिग्रेको जहाँ ।
    • कृष्ण उपाध्याय
      …
      १,
      सधैँ शीरमा नाम्लो
      गरिबी हटाउन सकिएन
      जोड्न सकिएन काम्लो ।
      २,
      पेटभरि छैन खाना
      गरिबीको सिमा छैन
      छैन तनमा नाना ।
    • देव कृष्ण काफ्ले, पोखरा १, कास्की
      …
      १,
      सबैको पुगोस् चाहना
      मनैमा उमङ्ग छाओस्
      नववर्षको छ शुभकामना ।
      २,
      सम्झे विगतको कुरा
      हुँदैन केही सम्झेर
      भए सपना अधुरा ।
      ३,
      सम्झनाले सतायो अति
      मनलाई भुलाउन खोज्छु
      हुन्छ केही क्षति ।
    • सहयात्री शोभा अर्याल, रुपन्देही
      …
      १,
      साहित्यमा रङ्ग छर्न
      झिल्का कविता उदायो
      हरेकको मन भर्न ।
      २,
      कोही आउॅंछ जीवनमा
      जीवनको रङ्ग भर्न
      खुसियाली छाउॅंछ मनमा ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ – ४, झापा
      …
      १,
      आयो नयाँ वर्ष
      बोकेर लहर खुसीका
      छाओस् सबैमा हर्ष ।
    • सुस्मिता अधिकारी, काठमाडौँ
      …
      १,
      हिॅंडेका कमाउन परदेश
      पैसा ल्याउँछु भन्दाभन्दै
      होओस् बिरानो घरदेश
      २,
      जिन्दगी सम्झॅंदा लामो
      कटाउनु कसरी खै ?
      आजकल निदाउन गाह्रो ।
      ३,
      सम्झना सधैँ बच्चाको
      गिन्ती ऋणकै रातदिन
      परदेशी जीवन कच्चाको ।
    • फूलमाया कुलुङ, सोलुखुम्बु
      …
      १,
      बारम्बार भोट खेर,
      दोहोरिन्न गलत व्यक्तिमा
      अब गल्ति भएर ।
      २,
      नेताको भरमा देश
      छैन न्यायको सीमा,
      छिमेकीको साँधमा परिवेश ।
    • भोलामान बर्देवा, धरान – ८ सुनसरी
      …
      १,
      देशमा परिवर्तन आओस्
      नेपाली जनताले अब
      शान्तिले बाँच्न पाओस् ।
      २,
      काँधमा काँध मिलाऊ
      भ्रष्ट नेता जतिलाई
      एकएक गरी जिलाऊ।
    • कला ढकाल, झापा
      …
      १,
      नपरोस् पीडाको सामना
      नयाँ वर्ष आएपछि
      गर्दैछन् सबैले कामना ।
    • सन्तु खत्री
      …
      १,
      तिम्रो साथै रमाएर
      अग्नीको फेरो लिई,
      आएँ हात समाएर ।
      २,
      प्यारा दुख्छ मन
      अरूसॅंग तिमी बोल्दा,
      हुन्छ मलाई जलन ।
      ३,
      राख्नु मनमा मलाई
      नदिनु ध्यान अन्त,
      हुन्छ हाम्रो भलाई ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा
      …
      १,
      बोकी उमङ्ग हर्ष
      छायो जताततै यहाँ
      आयो नयाँ वर्ष ।
      २,
      सबै गर्छु सामना
      वसन्तको यो बहारसँगै
      नयाँ बर्षको शुभकामना।
    • उर्मिला के.शी., धनकुटा
      …
      १,
      वसन्तको यो हर्ष
      पालुवा छन् नौला
      आउँदैछ नयाँ वर्ष ।
      २,
      चाल्दै नयाँ चाल
      आउँदैछ नवीन दिन
      बिर्सॅंदै पुरानो साल।
      ३,
      चमक छाओस् तनमा
      बिर्सँदै पुरानो वर्ष
      शुभकामना जन जनमा।
    • तोया नाथ चापागाईं, दमक,झापा,नेपाल
      …
      १,
      मन निरसिलो हुन्छ
      विरह वेदना पोख्दै
      कोइली वनमा रुन्छ।
      २,
      आएछ नयाँ वर्ष
      फेरियो नयाँ भित्तेपात्रो
      तर छैन हर्ष।
      ३,
      फूलहरू ढकमक्क फुल्छ
      वसन्त ऋतुमा यहाँ
      त्यही मौरी झुल्छ।
    • अरुण कुमार भुजेल, गोरु बथान,कालिम्पोङ,भारत।
      …
      १,
      पालुवाको पालो आयो
      खुसियाली वनमा छर्दै
      चरीले गीत गायो।
      २,
      खुसीको चरम उत्कर्ष
      कोइलीको स्वरसँगै घुम्दै
      आयो नयाँ वर्ष ।
    • प्रमिला प्याकुरेल, बिराटनगर -५
      …
      १,
      हेर वसन्त आयो
      न्यानो स्पर्श लिई,
      अगाध माया लायो।
      २,
      लहरायो बैँसको फूल
      लाग्छ चुमूँझैँ मलाई
      होला कि भुल !
      ३,
      हेरेरै नाच्छ मन
      प्रकृतिको उपहार कस्तो,
      सुन्दरतामा छ आफ्नोपन ।
    • पुष्पा राई, बादेल, खोटाङ ।
      …
      १,
      सबैमा छाओस् हर्ष
      लिएर पोको खुसीको
      आओस् नयाँ वर्ष।
      २,
      जनता अब जागून्
      लाएर ठाडो पुच्छर
      भ्रष्टाचारी सबै भागून् ।
      ३,
      ठाउँबाट हात झिकेपछि
      सास्ती पाउँछन् जनताले
      न्याय पैसामा बिकेपछि ।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
      …
      १,
      खुसीको खबर लिएर
      नयाँ वर्ष मनाऔँ
      सबैलाई शुभकामना दिएर ।
    • गोकर्ण दयाल

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १२ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३० सम्पन्न

  • ३ बैशाख २०८१, सोमबार ०९:४५ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३० औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३०


    समस्याका डङ्गुर छन् आएको छ नयाँ वर्ष
    पेटमा मुसा दौड्नेगर्छन् दु:ख मानौँ कि हर्ष ?

    वसन्त अनुभव

    [१]
    केवल पात्रो फेरिँदैमा अवस्था फेरिँदैन
    नजर उही दृश्य उही फरक हेरिँदैन ।
    ✍️ वसन्त अनुभव

    घोराहीउपमहानगरपालिका १४, दाङ

    [२]
    सकूँ लक्ष्य चुम्न गरेर मेहनत अनि सङ्घर्ष
    सम्भावना बोकेर आओस् यसपालीको नववर्ष ।
    ✍️ नवशिला

    नवदेव मार्ग , लालभित्ती,मोरङ।

    [३]
    समस्याका डङ्गुरहरू पन्छाउँदै जाओस्
    नववर्षले सम्पूर्णमा सुखशान्ति छाओस् ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘

    कालिन्चोक गा. पा. -६, दोलखा ।

    [४]
    शुभकामना के दिँउ तिमीलाई यो नयाँ वर्षको
    जनता हुन् यीनै नेता हुन् तिनै खै के छ र हर्षको ?
    ✍️ ध्रुव श्रेष्ठ

    खोटाङ हाल काठमाडौँ ।

    [५]
    जताततै आयो भन्छन् सबैले उमङ्ग बोकी नयाँ वर्ष
    परदेशी जीवनमा खै देखिन मैले त कहिल्यै हर्ष ।
    अनुग्रह राना मगर ‘पुष्प’

    पाँचखपन नपा – ६ संखुवासभा ।

    [६]
    नयाँ वर्ष त भन्नु मात्र खास फरक हुन्न
    वर्षाएका शुभकामनाले सबैलाई छुन्न ।
    ✍️ त्रिलाेचन भण्डारी

    मेचीनगर,झापा

    [७]
    दु:खलाई मृत्युको मुखमा पारी हर्ष डाक्नुछ
    मुसा हटाई ऊर्जा बढाएर जीवन हाँक्नुछ ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर

    हाल- एनेलकुटी, सिरहा ।

    [८]
    हुने कहिले होइन होला किले छोडेन
    साल जति फेरे पनि भाग्य कतै मोडेन |

    ✍️ सरिता सेढाई धादिङ

    [९]
    बिरालो हो क्या मान्छे पेटमा कुदेको छ मुसा ?
    वसन्तको झरी सुरु भो पलायो तामा टुसा ।

    ✍️ मोती सुब्बा

    [१०]
    विकासका पुर्वाधार जाओस् बढ्दै
    सद्बुद्धि तिर नै ध्यान आओस् गढ्दै।

    ✍️ कला ढकाल झापा

    [११]
    बाहिर भन्छु म पनि नयाँ वर्ष
    भित्रभित्र लाग्दैन कत्ति नि हर्ष।
    ✍️ सतीश पण्डित

    भाजु६ चुँदी तनहु

    [१२]
    खै रमाई के गर्नु, एकदिन आउने नयाँ वर्ष
    मनमा सधैँ उही पुरानै पिर, छैन कुनै हर्ष।

    ✍️ शंकर कार्की ,मकवानपुर।

    [१३]
    यहाँ सधैँ हुने यो हत्या र हिंसालाई रोकी
    तब हुन्थ्यो मन खुसी लाग्थ्यो नयाँ वर्ष हो कि !
    ✍️ प्रतिज्ञा प्रतिज्ञा

    मेहेलकुना सुर्खेत

    [१४]
    पात्रो फेरिएसँगै मानिसको पनि फेरियोस् विचार
    सबै सत्कर्ममा लागी हटोस् देशमा हुने भ्रस्टाचार ।
    ✍️ बाबुराम पाण्डे

    अर्घाखाँची

    [१५]
    नयाँ वर्ष आयाे गयाे खै के भयाे ?
    निमुखालाई यातना दिँदै गयाे ।

    ✍️ जी.वि.कश्यप घाेराही ,दाङ

    [१६]
    दैनिकी उहीँ छ बेचैनता उहीँ छ आए पनि नयाँ वर्ष
    लथालिङ्ग भताभुङ्ग छ देशको स्थिति छैन मनमा हर्ष।

    ✍️ दीपा तिम्सिना-ईलाम

    [१७]
    सधैँ जस्तै हर्ष मानी आएको छ नयाँ साल
    हिजो जस्तै भोलि पनि हुने देख्छु हाम्रो ताल ।
    ✍️ चूडा निर्भीक

    काठमाडौँ

    [१८]
    दिन उही, रात उही, मात्र यो साल फेरियो
    खुशीयाली मनाउदा, साहुँको ऋण बेरियो ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )

    कनकाई ४ झापा

    [१९]
    विकासको यी मूल फुटाउन नयाँ सालमा लागेका
    अब धन कमाउने नेताहरू हामीदेखि भागेका ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    भारत

    [२०]
    समस्याको पोको लिएर आयो है नयाँ वर्ष
    भित्र मुसो दौडाई बाहिर देखावटी हर्ष !

    ✍️ कमला देवकोटा, पाल्पा

    [२१]
    नकारात्मकबाट सकारात्मक तर्फ सबै मोडिउन्
    नयाँ वर्षदेखि नराम्रा कार्यहरू नि अब छोडिउन् ।

    ✍️ प्रेम थापा “मन”बागलुङ

    [२२]
    जीवनको सङ्कल्प हराएको जस्तो लाग्छ मात्र बोल्न पाउँदा हर्षले
    भोक भोकै खुसी निभाएर के गर्नु शुभकामना र यो नयाँ वर्षले ।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    [२३]
    हटोस् समस्याको बादल लागुन् सुख समृद्धिको घाम
    नववर्ष मंगलमय रहोस् बनुन् सम्पुर्णको काम।
    ✍️ बिके मुखिया

    दार्जिलिङ,भारत।

    [२४]
    नैराश्य नभइकन मनाउनु नयाँ वर्ष
    एकदिन अवश्य छाउँछ रे सर्वत्र हर्ष।
    ✍️ अरुण कुमार भुजेल

    गोरूबथान,कालिम्पोङ,भारत।

    [२५]
    खाउन् मस्तले पेट भरुन् ठगले यस वर्ष,
    हामी ठगेर खाँदैनौँ गर्छौँ कठिन सङ्घर्ष।
    ✍️ होम प्रसाद नेउपाने

    धरान,सुनसरी ।

    [२६]
    फाल्न सक्छ बढारेर समस्याको जाक
    नयाँ वर्ष तय गर्ला खान दुई छाक !
    ✍️ विवश पारदर्शी

    झापा

    [२७]
    गते फेरियो बार फेरियो, फेरियो महिना र साल
    लथालिङ्ग देशको भताभुङ्ग चाला फेरिएन हाल ।
    ✍️ कृष्णकुमार वैद्य

    बनेपा ९, काभ्रे

    [२८]
    एकअर्काको हात समाएर गर्नुछ उत्कर्ष
    यस्तै यस्तै शिक्षा लिएर आए हुन्थ्यो नववर्ष !
    ✍️ बि.कुलुङ

    दार्जिलिङ रंगबुल

    [२९]
    बाहिर सुनाैलाे बाेक्राे
    भित्रभित्रै सबै खाेक्राे।
    ✍️ हरिगाेपाल प्रधान

    काभ्रे, बनेपा १४ साँगाबजार।

    [३०]
    देशको हालत बिजोग छ, नववर्ष आए पनि
    सुनिदैन विचार नेताको, मान्छे आफ्नै जगे अनि।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    [३१]
    गते बार फेरिए, फेरिए महिना र साल
    लथालिङ्ग र भताभुङ्ग भयो देशको ताल ।
    ✍️ दुर्गा भट्टराई

    मोरङ

    [३२]
    समस्या आउछन् जान्छन् नयाँ वर्ष जस्तो
    अवस्था हुन्छ उस्तै समय सोचे सस्तो ।

    ✍️ सुस्मिता अधिकारी , काठमाडौँ

    [३३]
    समस्या जहीँका तही छन् आयो नयाँ वर्ष
    उही छ दिन अनि रात उमङ्ग न हर्ष ।
    ✍️ शोभा आचार्य गौतम

    काठमाडौँ

    [३४]
    नयाँ नयाँ उमङ्ग बोकी आयो नयाँ साल
    किनी ल्याओस् अब छिट्टै देश भक्तिको पाल ।
    ✍️ दीपा समभाव

    दुबेकोल खोटाङ्ग

    [३५]
    सामाजिक संजाल भरि देख्छु आयो भन्छन् सबैले नयाँ वर्ष
    भित्तामा सज्जिने पात्राे फेरिन्छ तर गरिबलाई छैन हर्ष।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    [३६]
    आयो नयाँ वर्ष खै के लिएर आयो
    बस्ती घच्घचायो निदबाट जगायो ।

    ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८

    [३७]
    हातमा शक्ति हुनेहरूले बेस्सरी दुरुपयोग गर्छन्
    युवा बरा ! पेटको आगो निभाउन सात समुद्र तर्छन् ।

    ✍️ बाबुराम गौतम, गुल्मी

    [३८]
    भित्तेपात्रो फेरिँदै जान्छ हरेक वर्ष नै नयाँ सालमा
    हर्ष के हो थाहा छैन बिताउनु पर्छ जिन्दगी पालमा ।

    ✍ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।

    [३९]
    शुभेच्छा यही पस्किएँ आज
    यथार्थ उन्नत बनाेस् समाज ।
    ✍️ रामकृष्ण दुवाडी

    पाेखरा

    [४०]
    नववर्षले पेट भरिन्न देखिन्छ नाङ्गाभोका ।
    कोही भेटिदैनन् संसारका मन्दिरमा नरोका ।
    ✍️ चुडामणी देबकोटा

    चनपा १३ काठमाडौँ

    [४१]
    पुरा होउन् मनले सोचेका ती हरेक चाहना
    सबैलाई नयाँ वर्षको हार्दिक शुभकामना ।

    ✍️ कृष्ण धामी – बझाङ

    [४२]
    पात्रो फेरिएझैँ फेरिउँन् दुखीले गरेको सङ्घर्ष
    नयाँ आयाम लिएर आओस् यो एकासी नववर्ष।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१

    हालः-अमेरिका,बोस्टन।

    [४३]
    नयाँ वर्षले साँच्चै नयाँ परिवर्तन लिएर आओस्
    अलकति दया र मानवताकाे सत्ता देशले पाओस् ।
    ✍️ ताराप्रसाद चापागाईँ

    धुनिबेसी

    [४४]
    उदायो नवीन वर्ष
    मनमा देखियो हर्ष !

    ✍️ आर्त अकुलीन

    [४५]
    लिई आऊ सुख समृद्धि र दिगो हर्ष
    सबैको बनोस् उल्लासमय नयाँ वर्ष ।

    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ

    [४६]
    समस्या यस्तै हो, आउँछ जिन्दगीमा झेल्दै र खेल्दै जाओैँला,
    यी खाने मुखलाई जुँगाले छेक्दैन, जुरेकाे जे छ खाओैँला ।

    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।

    [४७]
    वर्ष फेरिए जस्तै भ्रष्टहरूको अवस्था चैँ फेरियोस्

    नयाँ वर्षले देशमा जनताको सहकाल घेरियोस् ।

    ✍️ बेदु न्यौपाने 🇳🇵

    [४८]
    सबैकाे मनमा खुुसी अनि हर्ष
    दु:ख भुलाएर आयाे नयाँ वर्ष।
    ✍️ सहयात्री शाेभा अर्याल

    रुपन्देही

    [४९]
    देश र तिम्रो समस्या बारे मलाई के थाहा ?
    नववर्षसॅंगै झन् भित्राएँ लाग्ने गरी आहा ।

    ✍️ म्यामराज राई, भोजपुर

    [५०]
    आयो नयाँ वर्ष दु:ख मेटियोस्
    भोकोपेट भर्ने बाटो भेटियोस् ।
    ✍️ मन्दिरा सेढाई

    मलेखु,धादिङ

    [५१]
    बिहानीको किरणसँगै फेरि आयो नयाँ वर्ष
    समस्याको ओइरो देख्छु बिस्मात मान्नु कि हर्ष ?
    ✍️ तोया नाथ चापागाईं

    दमक,झापा

    [५२]
    आउँदोरहेछ धनीलाई हरेक दिन नयाँ वर्ष
    रित्तो खल्ती भएकालाई खै केको उमङ्ग केको हर्ष ।
    ✍️ राजेशराज गड्तौला

    काँडाघारी, काठमाण्डौ

    [५३]
    खाली पेट भर्नलाई अब गरौं है सुरु
    समस्याको समाधानमा आफै बन्नु गुरु ।

    ✍️ धनुष न्यौपाने

    [५४]
    नयाँ वर्षले सबैमा सुख शान्ति छाओस्
    सिर्जना गर्न अति धेरै जाँगर आओस्
    भगवती दवाडी ,झापा
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३० सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P