• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

चित्रपट पञ्चाङ्ग लेखनको १८ औँ शृङ्खला सम्पन्न

  • ४ मंसिर २०७९, आईतवार ००:०४ मा प्रकाशित
  • चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [०१]

    भुकम्पले गर्दा नै पुल केही धसेको छ।
    विम्बहरू सबै जमिन भित्र पसेको छ।
    लान्छना लगाउने कार्य  हामीमा धेरै छन्,
    रक्सीले चुर भएर नदीमा खसेको छ।
    देवीको प्रार्थना गरी पानीमा बसेको छ।

    ✍️शिव कुमार रेग्मी,पोखराथोक,पाल्पा ।
    ~~~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [०२]

    नेपालमा पुल  कति  कच्चा बनाउछौ।
    चुनाव जित्नेलाई  नै सच्चा बनाउछौ।
    बिग्रन्छ बाटो भत्किन्छ पुल बनाएको।
    भ्रष्टाचारी   गर्नेले त  घच्चा बनाउछौ।
    जनतालाई   तिमीले बच्चा बनाउछौ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।
    ~~~~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [०३]

    हराभरा आहा अति  राम्रो देखियो।
    ति नदी जति सबै नै  हाम्रो   देखियो।
    नलाउनु  कसैको   नजर  हामीमा,
    जल माथि हुँदा पुल काम्रो देखियो ।
    बलियो नि निकै होला चाम्रो देखियो।

    ✍️शन्जना  शर्मा,  दाङ लमही ।
    ~~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [०४]

    नदीमाथि पुल भासिएको कसरी हेरौँ ।
    नेपालको धन नासिएको कसरी हेरौँ ।
    रातदिन रोएकी छिन् मेरै नेपाल आमा,
    मेरो यो सिमाना तासिएको कसरी हेरौँ ।
    पुर्खाको सम्पत्ति मासिएको कसरी हेरौँ ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ~~~~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [०५]

    गरिबी र भोकमरीले असहाय बच्चा थियो।
    आमाबाबु  मरि गए  उमेर नै  कच्चा थियो।
    उपाय  नै  नदेखेर   फाल  हान्यो  पुलबाट,
    ढाँट्न चोर्न नजानेको संस्कारी र सच्चा थियो।
    बाँचिरहोस् भने पनि सामाजिक घच्चा थियो।

    ✍️ गुणनिधि घिमिरे, अमेरिका ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [०६]

    बजेट झ्वाम पारेर पुल दिएको छ ।
    हेर्नुस् कसरी नदीको पानी पिएको छ ।
    कुन बेला भत्कने हो त्रासको घर भो,
    पौडी खेल्दा बालक त्रासले जिएको छ ।
    कठै ! विकासको मेरुदण्ड खिएको छ ।
     
    ✍️श्रीकृष्ण शर्मा, पोखरा ।
    ~~~~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [०७]

    पौँडदै आफैँ खोला तर्दैछन् नि देखेर पुल कच्चा त्यो।
    ठूलै  खर्च  गरि  बनाए   पनि भएन किन सच्चा त्यो।
    हेर ! बिनासित्ति  खेर  गयो  बजेट त्यसमा अपत्तो,
    बनाउने  कि  बनाउन  लगाउनेको काम बच्चा त्यो।
    कतिको ज्यान लिएर कतिलाई गराउला घच्चा त्यो।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [०८]

    सत्ताको मनोमानीले गर्दा बालबालिका सुरक्षित छैनन्।
    विकासमा आँच आईपर्दा बालबालिका सुरक्षित छैनन्।
    जस्ले जिते पनि चुनावमा देशको लागि गर्ने केही हैन ,
    बाटोघाटो पुल निर्माण सार्दा बालबालिका सुरक्षित छैनन् ।
    बगायो बाढीपैह्रोले चर्दा बालबालिका सुरक्षित छैनन् ।

    ✍️अम्विका अधिकारी, छापा विर्तामोड ।
    ~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [०९]

    पुल भासियाे हेर त।
    धन नासियाे हेर त।
    प्रतिशतकाे खेलमा,
    मनै  तासियाे हेर त।
    नेता गाँसियाे हे र त।

    ✍️म प्र घि, काठमाडौं ।
    ~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [१०]
    [०१]
    बनाएका पुल भासिएका छन् यहाँ ।
    बनाउँदै धन नासिएका छन् यहाँ ।
    के भनौँ  यो कमिसनको हाेडबाजीमा ,
    देखेर यो मन ताछिएका छन् यहाँ ।
    मिली खान नेता गाँसिएका छन् यहाँ ।
    [०२]
    ऎतिहासिक खम्बा  भाँचिएका छन् यहाँ ।
    यसरी  सबै  धन नासिएका छन् यहाँ ।
    देश भन्दा कमिसनमा  ब्यस्त छन् नेता ,
    जनताका मन नै ताछिएका छन्  यहाँ ।
    बेमेलमा  नि नेता गासिएका छन् यहाँ ।

    ✍️दुर्गा भट्टराई, मोरङ ।
    ~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग चित्रपट   [११]

    कच्चा बाटो माथी पुल तल नदी पुल भासिए छ।
    पढ्न भनी हिँड्दा हिँड्दै बालापन त्यसै नासिए छ।
    गाउँ बस्ती सहर बाटो पुल देशमा  राम्रो छैन,
    हाम्रा नेताको विदेशीसँग  साँठगाँठ गाँसिए छ।
    यसरी नै हाम्रो देशमा विकासोन्मुख नासिए छ।

    ✍️बेदु न्यौपाने, काठमाडौ ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग  [१२]

    अलिकति मात्रै भाँसिएको पुल थियो।
    मोटरसाइकलको मान्छे नै झुल थियो।
    गाडी लडेर चालक पानीमा तलै खस्दा,
    त्यस खोलामा हिमनदीको  मूल थियो।
    दुर्घटना भएको ठाउँमा धेरै हुल थियो ।

    ✍️भगवती दवाडी, झापा ।
    ~~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [१३]

    नदीको बचमा भाँसिएको पुल छ ।
    निर्माणको लागि नासिएको भुन छ ।
    कसले कसलाई भन्ने सबै त्यसै,
    नाता आपसमा गाँसिएको मुल छ ।
    यहाँ पार्टीहरु मिसिएको हुल छ ।।

    ✍️धनमाया चौधरी,  कैलाली ।
    ~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [१४]

    नदी वारि पारी जोडिने पुल बन्न सकौँ ।
    बगैंँचामा मग्मगाउने  फूल बन्न सकौँ ।
    पञ्चाङ्गमा रमाउने बानी परिसक्यो है,
    पञ्चाङ्गको  बर्सिरहने मुल बन्न सकौँ।
    यस्लाई सिँगारी रहने तुल बन्न सकौँ।

    ✍️तारा घिमिरे, सङ्खुवासभा ।
    ~~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [१५]

    ठेक्दारको गल्तीले पुल भासियो हेर।
    बेकारमा देशको धन नासियो हेर।
    जनतालाई सुविधा दिन खोज्दाखेरि,
    ठेक्दारसँग भ्रष्ट नेता टाँसियो हेर।
    बेकारमा कच्चापदार्थ मासियो हेर।

    ✍️पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
            पनौती-३,काभ्रे ।
    ~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [१६]

    प्यारो मेरो देशको लागि लड्दैछु म।
    सङ्घर्षको मैदानमा त बड्दैछु म।
    जे परेपर्छ हत्यारालाई छाड्दिन,
    साथ नदिएर नै एक्लै षड्दैछु म।
    समान्तिको दलदलमा गड्दैछु म।

    ✍️कमला पाण्डे पराजुली झापा ।
    ~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग    [१७]

    नदीको  बिचमा  पुल बनाउनेलाई मान्नु पर्छ ।
    अति नै  उत्तम  विचार दिमागलाई ठान्नु पर्छ।
    बनेको पुलबाट कति आनन्द छ हेर्नलाई त्यो,
    कुरा मात्र  होइन यस्तो बनाउनु त जान्नु पर्छ ।
    सबै  मिलि  हातेमालो गरेर लठ्ठारो तान्नु पर्छ ।

    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया  ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [१८]

    तल पानी माथि पुल तर्ने नै हो।
    वारिबाट पारितिर  सर्ने नै  हो।
    पानी जहाज चल्ने समुन्द्र हैन,
    तर्दातर्दै  भत्किएमा मर्ने  नै हो।
    पुलै  नभए  विपत्ति  पर्ने  नै हो।

    ✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
    ~~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [१९]

    पुलको पनि त आयु हुन्छ होला भाँचियो।
    पुरानो थियो कि पुल बिच खोला भाँचियो।
    बनाउन  गारो छ  ज्यान  हथलिमा  राख्दै,
    दिए ठेक्का लिनेछन् नोटकै झोला भाँचियो।
    खाने  खाए  मर्ने  मरे  रुने रोला भाँचियो।

    ✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [२०]

    नेताहरुको बुद्धि विवेक सबै नासिएर गयो।
    जनता हिँड्ने पुलहरु सबै नै भासिएर गयो।
    कमिसनको लोभमा ठेकेदार  छानेर लगाई,
    ती  काम गर्ने  ठेकेदार र नेता टाँसिएर गयो।
    भ्रष्टाचारमा  बनेको  पुलहरु  मासिएर गयो।

    ✍️मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
    बिर्तामोड झापा ।
    ~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [२१]

    बाँडेपछि खाम, काम यस्तै हो।
    भेटी अनि दाम, काम यस्तै हो।
    हुने  यी  विकास  र निर्माणमा,
    हुन्छ छलछाम, काम यस्तै हो।
    छैन  बदनाम,  काम  यस्तै हो ।

    ✍️वसन्त अनुभव , घोराही, दाङ ।
    ~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [२२]

    जताततै अस्तव्यस्त देख्छु देश भित्र मैले
    पुल नाजुक बालक डुब्दै देख्छु चित्र मैले।
    यातायात   पक्कै पनि छँदैछ जोखिमपूर्ण
    पुल भासिनु पक्कै गहिरो देख्छु छित्र मैले
    देख्दैन  है कतै  मर्मत  संहार  मित्र मैले।

    ✍️तेजप्रसाद खनाल, लमही दाङ ।
    ~~~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [२३]

    अब त  पुल  पनि  ठगिएछ  यहाँ।
    खाताबाट  रकम   लगिएछ  यहाँ।
    विकासको पाइलैपिच्छे यस्तै हुन्छ
    भ्रस्टाचारले  मात्र   तगिएछ  यहाँ।
    जनताको  सपना   बगिएछ  यहाँ।

    ✍️अच्युत घिमिरे, भुटान बाट 🇧🇹
    ~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [२४]

    चुनाव जिताएर जनताले फुल लाइदिए।
    परिणाम उसले चाहिँ भने शुल लाइदिए।
    असल नेता त देशले कहिल्यै चुन्न सकेन,
    चुनाव अघि चैँ आश्वासनको मुल लाइदिए।
    जितेपछि दुइदिनै नटिक्ने पुल लाइदिए।

    ✍️पशपती राई, खोटाङ ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [२५]

    ठाउँ ठाउँमा नै पुल कच्चा बनाए बरै ।
    जनताको मन जित्न सच्चा बनाए बरै ।
    भत्किन्छन् पुलहरु अनि भासिन्छन् बाटो ,
    भ्रष्टाचारीहरुले नै घच्चा बनाए बरै।
    साेझा यी जनतालाई बच्चा बनाए बरै।

    ✍️सहयात्री शोभा अर्याल, बुटवल ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [२६]

    पुल बन्दा खुसी लागेको छ ।
    दुःख पीडा सब भागेको छ ।
    अहिले पुल भाँचिएकोले,
    मनमा दुःख नै जागेको छ।
    पीडा माथि पीडा मागेको छ।

    ✍️ह्यारिस ह्यारिसन, काठमाडौं ।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [२७]

    पहिलेका धेरै कुरा मासिएको छ।
    मान्छेहरु हिँड्ने पुल भासिएको छ।
    चुनावमा विकासको हुन्छ कुरा त,
    बच्चा डरले छेउमा टाँसिएको छ।
    जीवन नै दोसाँधमा गाँसिएको छ।

    ✍️सुशीला पौडेल, काठमाडौं ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग    [२८]

    हेर्दाहेर्दै त्याे छँदाखाँदाकाे पुल पनि भासिन लाग्याे ।
    सार्वजनिक ति धराेहरहरु पनि नासिन लाग्याे ।
    भ्रष्टाचारीलाई उति  नै कमिसन नपुगेर हाेला ,
    जनतालाई शास्ति छ है भाेकले  पेट टाँसिन लाग्याे ।
    विदेशीकाे इशारामा चल्दा देश पनि मासिन लाग्याे ।

    ✍️उर्मिला के.शी., धनकुटा।
    ~~~~~~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [२९]

    भाँचिएको पुल कसरी हेर्नु  यहाँ ।
    वर्षै पिच्छे पुल कसरी फेर्नु यहाँ ।
    भाँचिएको नदीमा जिन्दगी बचेको ,
    पानीमा बाँचेको जिन्दगी घेर्नु यहाँ ।
    उद्वार गरेर मायाले  बेर्नु यहाँ ।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [३०]

    सिङ्गै ज्वालामुखी छातीभित्र,हुलेर बाँचेको मान्छे हुँ म।
    मुस्किलले  तिम्रा  यादहरु, भुलेर  बाँचेको मान्छे हुँ म।
    अब पठाएर के गर्छ्यौ, व्यर्थमा  घाइते भएर आउलान्,
    त्यो ज्वालामुखीको लाभा सँगै,घुलेर बाँचेको मान्छे हुँ म।
    राप सँगैको  खरानी माथि, डुलेर  बाँचेको  मान्छे हुँ म।
                              
    चिरञ्जीवी ढकाल, नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके ।
    ~~~~~~~~~~~~~~~~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on चित्रपट पञ्चाङ्ग लेखनको १८ औँ शृङ्खला सम्पन्न

    टुक्काकार राजेशराज गड्ताैलाका टुक्का कविताहरू

  • २ मंसिर २०७९, शुक्रबार १९:५६ मा प्रकाशित
  • १.
    चुनावको मुखमा गर्छन् एकापसमा सक्तो सराप
    जिते पछि कॅाध मिलाउॅछन्, जब कुर्सी हुन्छ धराप ।
    २.
    मख्ख नपराैँ नेताहरूका चिल्ला चाप्ला कुराले
    चुनाव पछाडि जनतालाई काट्ने छन् छुराले ।
    ३.
    चुनाव अगाडि भोट माग्न हात जोड्छन्
    जितेर गए पछि हाम्रै टाउको फोड्छन् ।
    ४.
    युवा अघि बढ्नु पर्‍यो, यी बुढा नेताहरू हराउन
    पठाउॅ अब यिनीहरूलाई भेडा बाख्रा चराउन ।
    ५.
    कर्तव्य भुले नेताहरूले, विचार गरी भोट हालाैँ
    थोत्रा गाडीका इन्जन जस्ता पुराना नेता अब फालाैँ ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरंग
    हाल- प्रवास

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्काकार राजेशराज गड्ताैलाका टुक्का कविताहरू

    क्यारेबियन सागरमा डुंगा दुर्घटना, ३ नेपालीसहित ७ को मृत्यु

  • २९ कार्तिक २०७९, मंगलवार २२:५५ मा प्रकाशित
  • अवैधरूपमा अमेरिका छिर्ने भन्दै संगठित मानव तस्करको भर परेर हिँडेका नेपालीहरूको मृत्यु शृंखला
    काठमाडौँ — २०७८ असारको पहिलो साता अवैधरूपमा कोलम्बियाबाट ब्राजिल छिर्ने क्रममा भएको डुंगा दुर्घटनामा सात नेपालीको मृत्यु भएको घटना बिर्सिन नपाउँदै सोही क्षेत्रमा उस्तै प्रकृतिको घटना भएको छ ।

    डुंगा दुर्घटना हुँदा केही नेपालीको मृत्यु भएको अपुष्ट खबर सार्वजनिक भएको हो ।
    क्यारेबियन सागरमा हराए ७ नेपाली
    प्राप्त विवरणहरूअनुसार गत आइतबार भएको दुर्घटनामा ३ नेपाली, २ बंगालादेशी र १ भारतीयको मृत्यु भएको छ ।

    दुर्घटनाबारे नेपाल सरकारको आधिकारिक निकाय भने बेखबर देखिएको छ । कान्तिपुरको सम्पर्कमा आएका स्रोतहरूका अनुसार दुर्घटनामा रुकुम पश्चिमका २ र प्यूठानका एक जना परेका छन् । कोलम्बियाबाट अवैध रूपमा ब्राजिल छिर्न भन्दै उक्त डुंगामा एक दर्जनभन्दा धेरै

    उक्त दुर्घटनामा परी रुकुम पश्चिमको बाँफिकोट–७ का २५ वर्षीय प्रदीप खत्री, मुसीकोट–५ का अन्दाजी ४० वर्षका रमेश गौतम र प्यूठानका काले गिरी बेपत्ता भएका छन् । रमेशकी पत्नी लीला बोहराले कान्तिपुरसँगको कुराकानीमा श्रीमान्‌सँगै डुंगामा सवार एक जनाले डुंगा दुर्घटना भएको खबर भ्वाइस म्यासेजमार्फत पठाइदिएको र श्रीमान्‌को अवस्थाबारे आफूहरू जानकार नरहेको बताइन् । उनका श्रीमान् गत वैशाख ९ मा अवैध रूपमा अमेरिका छिर्ने भन्दै घरबाट हिँडेका थिए । रमेशको परिवारका एक सदस्यले उनले कोलम्बियासम्म पुग्ने क्रममा मात्रै अनुमानित ३६ लाख खर्चिसकेको बताए । ती सदस्यले भने, ‘परिवारको एजेन्टसँग कुराकानी भइरहेको देखिन्छ । तर दुर्घटनामा रमेश मरे वा बाँचेको यकिन खबर एजेन्टले सुनाइरहेका छैनन् ।’

    डुंगा दुर्घटनामा परेका प्रदीप खत्रीका भाइ सुदर्शन खत्रीले दुर्घटित डुंगामा सवार अन्य नेपालीबाट आफूहरुले घटनाबारे थाह पाएको बताए । उनले डुंगा मध्यरातमा दुर्घटना भएको, घटनापछि ३ जना बेपत्ता भएको र त्यसमध्ये दाइ पनि परेको सूचना पाएको बताए । सुदर्शनका अनुसार गत वर्षको असोजतिरै दाइ अवैधरुपमा संगठित मानव तस्करको सहयोगमा अमेरिका जान भनेर हिँडेका थिए ।

    कान्तिपुरको सम्पर्कमा आएका प्रदीपका एक नातेदारका अनुसार उक्त डुंगामा २५ जना सवार रहेको र तीमध्ये आधाभन्दा धेरै रुकुम पश्चिम, प्युठान र बर्दियाका भएको दाबी सुनाए । उनले बाँफिकोटकै टिकाराम पुन: पनि उक्त दुर्घटनामा परेको तर सेनाले समयमै उद्धार गरेकाले केही नभएको सुनाए । स्रोतका अनुसार अमेरिका जान भनेर हिडेको धेरैजसोले नेपालमै रहेको एजेन्टलाई किस्ता किस्तामा रकम बुझाएको र धेरैजसोले २० देखि २५ लाख खर्चिसकेको देखिन्छ ।

    २०७८ असारमा अवैध रूपमा अमेरिका छिर्ने यात्रामा कोलम्बिया हुँदै अगाडि बढ्ने क्रममा भएको दुर्घटनामा मृत्यु भएकाहरूको परिवारले संगठित मानव तस्करका एजेन्ट भन्दै टोपबहादुर जीसीविरुद्ध प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी गरेका थिए ।

    कसले पुर्‍यायो नेपाली युवालाई कोलम्बिया ?
    ब्युरोले २०७६ जेठ २७ मा पनि मानव बेचबिखन तथा ओसारपसार र संगठित अपराधमा मुद्दा चलाएपछि जीसी पक्राउ परेका थिए । २०७६ असार ५ मा काठमाडौं जिल्ला अदालतबाट १५ लाख रुपैयाँ धरौटीमा छुटेपछि जीसी पुन: मानव बेचबिखनमा सक्रिय भएका थिए । ब्युरो स्रोतका अनुसार दोस्रो घटनामा पनि अनुसन्धानमा तानिएका जीसी महिनौं विदेशमा फरार रहेपछि प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) को सहायतामा पक्राउ गर्ने प्रयास गरेको थियो । उनले दुई महिनाअघि नेपाल आएर आत्मसमर्पण गरेका थिए । जीसी अहिले केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।

    मानव बेचबिखन अनुसन्धान ब्युरोले पनि पानामाको पछिल्लो दुर्घटनाबारे केही सूचनाहरू पाएको देखिन्छ । तर पीडित परिवारका सदस्यहरू प्रहरीमा नआएकाले थप अनुसन्धान नबढाएको देखिन्छ ।

    कान्तिपुर डटकम बाट

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on क्यारेबियन सागरमा डुंगा दुर्घटना, ३ नेपालीसहित ७ को मृत्यु

    चित्रमा_मुक्तक_अभ्यास_शृङ्खला ५५ सम्पन्न

  • २९ कार्तिक २०७९, मंगलवार २१:३४ मा प्रकाशित
  • “#समाज_सेवामा_निस्वार्थ_सहभागिता #साहित्य_उत्थान_र_विकासमा_हाम्रो_प्रतिबद्धता “

    #चित्रमा_मुक्तक_अभ्यास_शृङ्खला ५५ सम्पन्न 🇳🇵🏵️ 🌺

    संरक्षक /सहजकर्ता =निर्मला सुवेदी
    सञ्चालक/संयोजक =प्रेम थापा “मन”

    तस्बिरसँग मिल्दो मुक्तक अभ्यास गर्नु हुने सबै स्रष्टा ज्यूहरू प्रति हार्दिक आभार ।

    #उदाहरण_मुक्तक 🇳🇵

    प्रफुल्लित बनेको छ मन प्रकृतिको भित्र भित्र
    दु:ख सारा हरण गराउन देख्दा मोहक यही चित्र
    कञ्चन मन सजाउन सन्ततिको,सपार्न मतिको
    वर्णन योग्य काफी विश्वको मुटु यही दृश्य पवित्र ।

    ✍️२०७९ ,कात्तिक ,२२ ,मङ्गलबार🇳🇵

    ✍️मुक्तक🇳🇵

    झर्झराउँदा झरना हरियाली फाँट यो सुन्दर।
    बचाउ पर्यावरण देशको अरु सान के छ र ।
    सफा हावा सफा पानी जान हो प्रकृति यो सबैको,
    सबथोक यहिँ मिल्छ जिन्दगी यसैको छ भर।

    👉️रतन बिष्ट
    आलिताल डडेल्धुरा ।

    ✍️मुक्तक🇳🇵

    सुन्दर प्राकृतिक छटा देखिन्छ हेर कस्ताे
    हेरेर यस्ताे दृश्य आँखा टेकिन्छ हेर कस्ताे
    झरना र हरियाे वनले सजाएकाे छ भूमि 
    त्यहाँ पुगे याे अंगालोमा बेरिन्छ हेर कस्ताे।

                             👉️ नवराज भट्ट
                       महेन्द्रनगर, कञ्चनपुर
    ✍️मुक्तक🇳🇵

    कति अदभूत दृश्य, मोहित नहुने को होला
    मन,मुटु अनि अन्तस्करण, नछुने को होला 
    प्रकृति नै हाम्रो साथी, सृष्टिकर्ता पालनकर्ता,
    प्रकृतिसँगै नहाँस्ने,नखेल्ने र नरुँने को होला ?

    👉️वसन्त अनुभव 
    घोराही, दाङ

    ✍️मुक्तक🇳🇵

    चुनावी सरगर्मी ह्वात्तै नै बढेकाे 
    काेही हात्ती चढे काेही धुरीमै रहेकाे
    अरुले कमाए भनेर हुन्छ र ?
    मतदाताकाे मन छ अहिले जलेकाे ।

      👉️  मधुसूदन प्रसाद घिमिरे

    ✍️मुक्तक🇳🇵

    प्रकृतिको कला बनोट लेखेर चित्त मान्दैन
    जसरी  हेरूँ  हेरिरहुँ  चिम्लेर चित्त  मान्दैन
    हरियाली  बस्ती भित्र स्वर्गपुरी घर छ मेरो ,
    यहीँ बस्छु  यहीँ मर्छु म मरेर चित्त  मान्दैन ।

    👉️होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    ✍️मुक्तक🇳🇵

    आहा!कति सुन्दर र रमणीय ठाउँ रहेछ
    डाँडा पाखा पहराले छोपिएको गाउँ रहेछ
    प्रकृति प्रेमिको लागि कविता लेख्न सुहाउने
    हरियाली बसन्तको मनोहक नाउँ रहेछ ।

    👉️अम्विका अधिकारी
    झापा विर्तामोड

    ✍️मुक्तक🇳🇵

    मन नै खुसिले गदगद प्रकृति देख्दा 
    स्वर्गको बयान पनि कमि शब्दमा हेर्दा 
    हरेक दुःख भुलाईदिन्छ यो सुन्दर सन्सार
    खुशी र शान्ति एकै ठाउँमा भेट्दा ।

    👉️सागर शर्मा (ढुक्क हो)
    जैमिनि १० पाही

    ✍️मुक्तक🇳🇵

    प्रकृति तिमीलाई मन पराउने भएछु 
    खै कसरी दिलभित्र सजाउने भएछु ‌
    तिम्रै रूपाकृति देखेर मन भरिएपछि,
    चराझैँ मन मष्तिस्क नचाउने भएछु ।

    👉️- आर्त अकुलीन, कैलाली

    ✍️मुक्तक🇳🇵

    माथी झरना पारी पर्वत तल मेराे गाउँ
    साँच्ची यस्तै हुन्छ हजुर स्वर्ग भन्ने ठाँउ
    माछापुछ्रे अन्नपूर्ण धौलागिरी सबै देखिने
    नेपालमै पर्छ त्यो देउराली हो त्यसको नाउँ ।

    👉️सिर्जन रामु गुरुङ्ग 
    जैमिनि न पा १० राङ्खानी देउराली बागलुङ

    ✍️मुक्तक🇳🇵

    प्राकृतिक सुन्दरताले वरपर सुन्दरता छरेको छ
    साथमा सुन्दर बस्तिले लिई आनन्द अटेको छ
    रमाउन चाहनेहरुका लागि प्रकृति नै एक हो
    कलकल बग्दै हेर यहाँ स्वच्छ सरिता बहेको छ।

         👉️     तेजप्रसाद खनाल
                   लमही दाङ।
    ✍️मुक्तक🇳🇵

    सौन्दर्य प्रकृतिमा हराउँदा यो मन ,
    अचम्मित  आफै,सर्माउँदा यो मन ,
    थाकेको शरीर लामो सुस्केरा सँगै ,
    अमृत रूपी झरना तिर्खाउँदा यो मन ।

    👉️महाश्रम शर्मा 
    जैमिनि 4

    ✍️मुक्तक🇳🇵

    स्वर्गीय आनन्द रारा, फोक्सुण्डो,फेवा तालमा पाउँछौं
    अनि,यी प्रत्येक हात्ती,गैंडा,कस्तुरीको चालमा पाउँछौं 
    यसैले, ए ! बिदेशी  पर्यटकहरु एकपटक घुम्न आउनु 
    यस्तो मनोरम दृश्य एउटा मात्र देश नेपालमा पाउँछौं।

    👉️प्रदिप नेपाली
    बिहादी ५ उराम,पर्बत।

    ✍️मुक्तक🇳🇵

    आहा!मन लोभिने ठाउँ कति सुन्दर छ 
    आजसम्म देखे भन्दा अति सुन्दर छ 
    प्रकृति त हो मानवको बाँच्ने आधार
    यसैमा गरेको हाम्रो प्रगति सुन्दर छ ।

    👉️विक्रम तिरूवा सलिन 
    जुम्ला

    ✍️मुक्तक🇳🇵

    प्रकृतिको सुन्दरताले नछुने को होला?
    यो मौलिकतामा खुशी नहुने को होला?
    सुख मात्र होइन सन्तोष हो हजुर खुशी
    प्राकृतिक विपत्तिमा यहाँ नरुने को होला?

    👉️निर्मला सुवेदी,बागलुङ।

    ✍️मुक्तक🇳🇵

    तन मन वचन  लोभ्यायो  प्रकृतिको भावले
    अन्तःकरण चेष्टा खुलायो हरियाली दावले
    रूपात्मक, अनगन्ती आशय,  दैवी जगतमा
    प्राकृतिक  सुन्दरतालाई   जित्दैन  तनावले।

    ✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹

    ✍️मुक्तक🇳🇵

    चारैदिशा हरियाली कति राम्रो गाउँ छ
    सबैजना एक पटक पुग्नै पर्ने ठाउँ छ 
    नेताहरूले  गर्दा आज कुरुप बनाइसके
    त्यही ठाउँसँग जोडिएको मेरो सुन्दर नाउँ छ ।

    👉️बिक्रम शर्मा चापागाईं 
    जैमिनिघाट बाग्लुङ

    ✍️मुक्तक🇳🇵

    कुनै बेला धूप कुनै बेला छाउँ जिन्दगी यस्तै छ,
    किस्मतको खेल लगाउ दाउँ जिन्दगीको यस्तै छ,
    प्रकृतिको सुन्दरता र स्वरूप जस्तै यहाँको,
    कहिले काँही रमाउने ठाउँ जिन्दगीको यस्तै छ ।

    👉️Singer bishal
    Kohalpur, banke

    ✍️मुक्तक🇳🇵

    हेर्न मात्रै पाए पनि भोक प्यास मेटिन्छ नि
    साराङ्गीको धुन पनि छहराले रेटिन्छ नि
    स्वर्गकै अप्सरा पनि यतै भुल्थिन् होली
    धर्तीमा यस्तो ठाउँ अन्त कहाँ भेटिन्छ नि!

    👉️-पशपती राई खोटाङ

    ✍️मुक्तक🇳🇵

    कति सुन्दर  प्राकृतिकले भरिपुर्ण  मनमोहक ठाउँ 
    सूक्ष्म रुपले अवलोकन  गर्दा  बिर्सने  आफ्नै नाउँ 
    झर्नाको संगीत संँगै  ~ छङ्गछङ्ग  बग्ने उस्तै  खोला 
    प्राकृतिले सजिएको सुन्दर लाग्छ देख्दा अझै गाउँ।

    👉️अनुपमा भुजेल (आभा)
    खोटाङ्ग नेर्पा-६

    ✍️मुक्तक🇳🇵

    देशलाई प्रकृतिले दिएको अतिनै सुन्दर उपहार छ
    प्रकृति प्रेमी साहित्यकारको धेरैनै मिठो उदगार छ
    उत्तरतर्फ कञ्चन हिमाल दक्षिण सुनौला फाँटहरू
    पाहुनालाई लोभ्याउने स्वच्छ प्राकृतिक उपकार छ ।

    👉️” जिज्ञासु ” पन्त

    ✍️मुक्तक🇳🇵

    खोज्दा नेपाली कै नाम भेटियोस् अनि पो त मज्जा हुन्छ
    उठ्ना बितिकै झरना देखियोस् अनि पो त मज्जा हुन्छ 
    सबैले गुनगुनाउन परोस अाहा कति राम्रो नेपाल भनेर 
    विदेशीको गलत नजर छेकियोस् अनि पो त मज्जा हुन्छ ।

    👉️ हेमराज महरा क्षेत्री
    रोल्पा नगरपालिका 5 रोल्पा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on चित्रमा_मुक्तक_अभ्यास_शृङ्खला ५५ सम्पन्न

    साउदी अरबको अल्कासिमबाट एघार जना नेपालीको उद्धार।

  • २८ कार्तिक २०७९, सोमबार २३:०३ मा प्रकाशित
  • साउदी अरबको अल्कासिममा कामविहीन भई अलपत्र अवस्थामा रहेका ६ जना नेपालीलाई आरसीसी अल्कासिमको समन्वय र नेपाली राजदुतावास रियादको विशेश पहलमा उद्धार गरि नेपाल फर्काइयको छ भने बाँकी रहेका पाँचजना टिकटको पर्खाइमा रहेको त्यहाँ स्थितआरसिसी अल्कासिमका संरक्षक तथा सामाजिक अभियन्ता बिशाल श्रेष्ठले बताउनुभयो।

    करिब एक बर्ष पहिले नेपालबाट आई छ महिना देखी इकाम रिनु नभएर काम बिहिन भएका एघार जना पीडित नेपालीहरुलाइ आरसिसी अल-कासिमको समन्वय र नेपाली राजदुतावास रियादको विशेश पहलमा बहिर्गमन भिसा लगाइएता पनी टिकटको अभावमा छ जनालाई मात्र नेपाल पठईएको र टिकटको व्यवस्था मिलाएर बाँकी पाँच जनालाई पनी छिट्टै नेपाल पठाउने तयारी भइरहेको श्रेष्ठले बताउनुभयो।

    पीडितहरु महोत्तरी जिल्ला निवासी राम जीवन दास काथवनिय, सिरहा जिल्ला निवासी शिव सुन्दर मन्डल, प्रमोद कुमार मन्डल, बिशाल सर्मा तिवारी, इश्वरी प्रशाद भुसाल, सन्तोष कुमार मन्डल, रौतहट जिल्ला निवासी निरन्जन साह, राजेस बैठा, सुभ नारायण राय यादव र बारा जिल्ला निवासी स्यामबाबु प्रसाद यादव, छोटेलाल यादव बिशाल श्रेष्ठको सम्पर्कमा आएका थिए ।


    पीडितहरुका अनुसार करिब एकबर्ष पहिले नेपाल स्थित प्रतिज्ञा ओभरसिसबाट साउदी अरबको जेद्दा स्थित एसिसी कम्पनीमा आएका थिए भने छ महिना पछी कम्पनी द्वारा इकामा नवीकरण गर्न नसक्दा काम बिहिन भएर तिन महिना पहिलेनै कासिम आएका र त्यहाँ पनी खाना बस्नको समस्या भए पछी प्रतिज्ञा ओभरसिस संग समन्वय गरेर खानाको लागि केही रकम पनी उपलब्ध गराइएको श्रेष्ठले बताउनुभयो ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदी अरबको अल्कासिमबाट एघार जना नेपालीको उद्धार।

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५९ औँ शृङ्खला सम्पन्न

  • २८ कार्तिक २०७९, सोमबार १८:०८ मा प्रकाशित
  • काठमाडौ, २६ कात्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५९ औँ शृङ्खला कार्तिक २६ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५९ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    भोट हालौँ ढुक्कसँग छानौँ मान्छे राम्रो,
    यौटा कुरा हेक्का रहोस् जित होस् पक्कै हाम्रो ।
    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    धम्की होइन यो कुरा न हो चेतावनी,
    बुझ्नु होला याचकको अनुरोध भनी ।
    🌑 वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    हेर्दै जाऔँ कस‌ैले त काम गर्ला जनताको,
    हाम्रो भन्दा पनि राम्रो  हुनुपर्छ  समताको।
    🌑पवन अधिकारी

    [३]
    कहिलेकाहीँ बज्छ ताली, कहिले सुन्नुपर्छ गाली,
    सज्जन नेता हुनुपर्यो नि, सबका सब छन् जाली ।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [४]
    बुद्धि विवेक प्रयोग गरौँ भोट  हाल्नको लागि,
    राम्रालाई जिताऔँ हामीले सारा जनता जागी ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [५]
    बोतल नयाँ रक्सी पुरानोमा दिन्न अमूल्य भोट,
    सकभर  नयाँ  दुइटै  भए  चाहिन्न  केही  नोट।
    🌑म्यामराज राई
    हतुवागढी -६, होम्ताङ्, भोजपुर

    [६]
    हाम्रोलाई  छाेडी  राम्रोलाई  मतदान गरी हेरौँ,
    भ्रष्टाचारी नेताहरू छानीछानी यसपालि फेरौ।
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर थिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।

    [७]
    हाम्रोलाई होइन राम्रोलाई मत हालौँ,
    यसपालि चुनावमा पुरानो सबै फालौँ ।
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [८]
    मुखमा  राम ! राम !  हजुर   बगलीमा  बोकौँ  छुरा,
    अर्काले जित्यो भने त कहाँ हुन्छ आफ्नो स्वार्थ पूरा
    🌑त्रिलोचन भण्डारी
    मेचीनगर,झापा

    [९]
    मङ्सिर चार ध्यानमा राखेर,
    भोट हालौँ नेता राम्रा छानेर ।
    🌑मन्जु जोशी
    डिलासैनी,बैतडी

    [१०]
    चुनाव अब नजिक आयो हाल्नु छ लौ भोट,
    सबैको  आफैँ  विचार  बुझ्नु   नहेर्नू ती नोट !
    🌑आर्त अकुलीन
    कैलाली

    [११]
    भोट हाल्ने मन अति थियो नेता भेटिनँ राम्रा,
    उम्दा सबै  पाखा लगाई  टिकट  पाउने हाम्रा !
    🌑इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    [१२]
    राम्रो छानी भोट हालौँ, पुछौँ जनताको आँसु,
    उम्दा  रोजौँ  सब  मिलेर,  खान छोडेर  मासु।
    🌑मनोज खत्री
    अछामी

    [१३]
    जति राम्राे छाने पनि राजनीतिले नराम्रै हुन्छ,
    जितेपछि मातिएर जनता विरुद्ध जाल बुन्छ।
    🌑दीपक ठटाल जलन

    [१४]
    चुनावमा जिउ हजुरी, मिठा सपना बाड्छन्,
    चुनाव जितेपछि नाता सम्बन्ध सबै छाड्छन् ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [१५]
    भोट हाल्दा नोट आउँछ रे, खोजौँ धेरै दिने,
    हरेक पल्ट   यसरी नै  नेताले  मान्छे  किने ।
    🌑राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [१६]
    भोज नोट  खोज्ने हैन  योग्यलाई  भोट,
    आँखा चिम्ली भोट हाल्दा पर्नेछ है चोट!
    🌑कमला  देवकोटा
    पाल्पा

    [१७]
    प्रदेशीको रुपैयाँ चल्छ भोट चल्दैन,
    प्रदेश  नआए  पेटको  भोक टल्दैन ।
    🌑असिराम डंगौरा
    जोशीपुर कैलाली
    हाल भारत

    [१८]
    न राम्रा भेटिन्छन् न हाम्रा भेटिन्छन्,
    दुःखीका दुःख खै कसरी मेटिन्छन् ?
    🌑मित्र `उराठी´ गाैतम
    तिलाेत्तमा-२, रुपन्देही

    [१९]
    च्याउ उम्रेझैँ छ्यापछ्याप्ती नै छन् नेता अचेल बजारमा,
    योग्य  युवा  नेता छानौँ  आउने  उनासी  मंसिर  चारमा।
    🌑दिनेश संगम

    [२०]
    देशको मुहार फेर्ने भए, राम्रो राम्रो छान्नु पर्छ,
    देउता खोज्दा दानव परे भोक निद्रा सबै हर्छ !
    🌑रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल

    [२१]
    सबै कुरा बुझेपछि ,मात्र भोट हाल्नुहोस्,
    प्रतिनिधि  बनाएर  संसदमा  फाल्नुहोस्।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [२२]
    राम्रो मान्छे त मैले खोइ देखिनँ भोट हाल्न,
    पूरानालाई  यसपालि सबले  थालौँ फाल्न।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप:सुनापति-१
    हाल:अमेरिका,बोस्टन।

    [२३]
    जो  नेता राम्रो,
    त्यो नेता हाम्रो ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [२४]
    हाम्राे मान्छे जिताउँ चुनावमा दुई चार पैसा कमाऊँ
    राम्रा सबै पाखा लगाई फेरि पनि पुर्पुराे त्याे समाऊँ ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [२५]
    चुनाव  जितेपछि  नेताको  हुन्छ  उहीँ चाल,
    भोट दिने जनताको चैँ जस्ताको तस्तै हाल ।
    🌑राजेन्द्र प्रधान ‘ पासा,’
    दार्जिलिङ, (भारत)

    [२६]
    राम्रो भनेर हाम्रो छान्छन् कुहिएका आलु,
    छैन विकास भ्रष्ट बन्छन् समाउँछन् तालु।
    🌑प्रदीप के रिमाल
    इटहरी, सुनसरी ।

    [२७]
    देशलाई    बनाउनेहरूभन्दा    धेरै    बिगार्नेहरू    छानेको,
    दशकौँ भइसक्यो है साथी हामीले अँध्यारोमा ढुङ्गा हानेको!
    🌑बि.कुलुङ

    [२८]
    हाम्रो हैन राम्रो छानौँ यसपटकको नारा,
    नारालाई साकार पार्न सचेत बनौँ सारा।
    🌑अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [२९]
    हाल्नु पर्दछ भाेट, विकृतिलाई  पुग्ने गरी चाेट,
    हालसम्मकै कमजोरीहरूकाे मेटियाेस् है खाेट ।
    🌑रामप्रसाद पुरी
    बादेल खाेटाङ ।

    [३०]
    राम्रो त सबै छन् तर भ्रष्टचारी भए,
    कारबाही भएन कानुन माथि गए ।
    🌑पैरवी

    [३१]
    सबै भन्छन् आफ्नै राम्रो बनेका छन् झुण्ड,
    खै  कस्लाई भोट दिनु  देख्छु  सुण्ड मुण्ड !
    🌑बिबस पारदर्शी
    भद्रपुर  झापा,

    [३२]
    भाेट हालाैँ याे पाली असल मान्छे छानी,
    फरक  पर्न  जाला  है  अरू  कतै  हानी ।
    🌑शाेभा आचार्य गाैतम
    काठमाडौ

    [३३]
    राम्रालाई भोट हाले हुन्छ देशको हित,
    अमुल्य मत दिई गराऔँ युवाको जित।
    🌑सम्झना (कुसुम )

    [३४]
    नातागोता सबै मिली छानौँ मान्छे हाम्रो,
    हाम्रा  मान्छे  जितेपछि  कमिसन राम्रो।
    🌑मल्ल लक्ष्मी श्रेष्ट
       मेची किनार
    बिर्तामोड झापा

    [३५]
    विचार गरौँ सोचौँ अनि  मात्र खसाऔँ मत,
    हाम्रो होइन राम्रो नेता नलागेको होस् खत ।
    🌑महेश्वर प्रधान
    गोरुबथान,भारत।

    [३६]
    देशभक्त  नेतालाई  भोट  हालौँ सोचेर,
    अयोग्यलाई अब पाखा लगाऔँ घोचेर ।
    🌑भगवती दवाडी
    झापा

    [३७]
    सचेत होऔँ भ‍ोट हाल्न हाम्रो छोडी राम्रोलाई खोजौँ,
    देशको  विकास  गर्नसक्ने  असल  व्यक्तिलाई रोजौँ ।
    🌑दुर्गा आचार्य
    मोरङ

    [३८]
    राम्रो मान्छेलाई छानी भाेट दिँदा हुन्छ पक्कै जित,
    बुझ्नेछन्  जनताका  पिर  मर्का  हुनेछ  हाम्रै  हित ।
    🌑केसी उर्मिला

    [३९]
    वडाका समस्या उठान गर्ने सल्ट्याउने पनि,
    हेरौँ  सबैले  प्राथमिकता  कसले  हेर्छ भनी ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४०]
    अल्लि राम्रो नेता छानी खसालौँ है मत,
    अब्बल  त  भेटिँदैनन्  झुटो  छ  जगत ।
    🌑बाबुराम गौतम,
    गुल्मी

    [४१]
    बुढाखाडा  जति  सबै लगाउँदै पाखा,
    युवालाई मत दिऔँ खोलिकन आँखा ।
    🌑सरिता सेढाई
    धादिङ

    [४२]
    खसाउ भोट जन हो, विचार गरेर,
    गर्छ विकास  जसले, जाँगर भरेर ।
    🌑नवशिला
    बेलबारी -२, लालभित्ती,मोरङ

    [४३]
    चुनाव आयो  सबैले मत हाल्नुपर्छ,
    विकास नगर्ने नेता यहीँ फाल्नुपर्छ ।
    🌑तारा घिमिरे

    [४४]
    देख्दा त भ्रष्टचारी  कति  सुन्दर लाग्छन्,
    चुनाव जितेपछि चिल्ला कारमा भाग्छ्न् ।
    🌑सुरेशकुमार पान्डे

    [४५]
    चुनाव आउँछ  जान्छ  केवल  नेतालाई,
    बेल पाक्यो हर्ष न बिस्मात चुनाव आई ।
    🌑चुडामणि देबकोटा
    च न पा १३ काठमाडौ

    [४६]
    भोट   त   दिने   हो   नेतालाई,
    निम्त्याइन्छ कि झन् ब्यथालाई ।
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [४७]
    पत्याउनेले  पत्याइहाल्यो त ढाँट्नेले  ढाँट्यो,
    ठिक छु भन्छन् सबैले यो देश के गर्न आँट्यो।
    🌑राममणी जोशी

    [४८]
    बिस  वर्षपछि  बल्ल   हाम्रा  हजुरबाले  बाेले,
    चुनावमा नाति ऐजरू फालेस् भनी मुख खाेले ।
    🌑प्रद्युम्न चालिसे

    [४९]
    कुन चाहिँ  राम्रो कुन हाम्रो, सकिएन छान्न,
    सबले भन्छन् विकास गर्छु,घुस पनि खान्न ।
    🌑मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [५१]
    भोट माग्ने बेला  मात्रै  जनता सम्झिने,
    पछि बनाउँछन् सम्झिने पानी छम्किने ।
    🌑प्रेम सुनार
    दैलेख

    [५२]
    नागरिक कर्तव्य,  मताधिकार प्रयोग गर्नुपर्छ,
    उम्मेदवार सबै उस्तै भोट दिने हात पछि सर्छ ।
    🌑रामकृष्ण रिजाल
    बागलुङ

    [५३]
    यसपालि हामीले राम्रो नेता छान्नुपर्छ
    जसले देश  अनि जनताको हित गर्छ ।
    🌑दुर्गा भट्टराई
    मोरङ

    [५४]
    पुराना ती  नेताहरू चिन्ने  आयो रे  दिन,
    राम्रा मान्छे पत्ता लागेमा छोड पीर लिन।
    🌑लक्ष्मण देउवा
    डोटी

    [५५]
    बुढापाका नेतालाई  लौ न भोट दिँदा  पाइन्छ अरे नोट,
    राम्रा युवा नेताहरूलाई दिन्छन् चट्ट विदेशीले त्यो चोट ।
    🌑बेदु न्यौपाने
    काठमाडौ

    [५६]
    पटकपटक    आइरहने    यो    भोट,
    चुनौँ आफ्नै मान्छे नदिउँ मनमा चोट।
    🌑अच्युत घिमिरे-
    भुटान बाट 🇧🇹

    [५७]
    चुनाव आ’छ पाँच वर्षमा नेता भन्छ उही,
    याेजना भए अलपत्र बजेट जान्छन् चुही ।
    🌑रामकृष्ण दुवाडी
    पाेखरा

    [५९]
    भोग्यौँ हेर्यौँ अब अति भयो फाल थोत्रा निकम्मा
    आयो   अहिले    जनलहर   युवा   भएर  जम्मा ।
    🌑सुर्यमणी रेग्मी

    [६०]
    हाम्रो मान्छेले  जित्नुपर्छ भन्ने दिन गए,
    जनताले  भोग्नु  भोगे अब  सचेत भए ।
    🌑गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५९ औँ शृङ्खला सम्पन्न

    भारतीय कलाकारको श्रीमतीलाई बाँधेर सम्पत्ति लुटेको आरोपमा एक नेपाली युवाको खोजी तीब्र

  • २७ कार्तिक २०७९, आईतवार २३:१८ मा प्रकाशित
  • तस्वीर : कलाकार राधाकृष्णन

    काठमाडौं। भारतीय फिल्मका एक जना कलाकारको घरमा लुटपाट गरेको आरोपमा एकजना नेपाली युवाको खोजीमा भारतीय प्रहरी लागेको छ। ती कलाकारको श्रीमतीलाई घरमा बाँधेर सुन र नगद लुटेको आरोप भारतको चेन्नई प्रहरीले लगाएको छ।

    समाचारअनुसार, भारतको चेन्नई नजिकको नन्दम्बकम डिफेस्स कोलनीमा बस्ने राधाकृष्णनको घरको घटना हो यो। नोभेम्बर १० अर्थात् गत गत विहिबार दिउँसो नै यो घटना भएको थियो। ५४ बर्षिय राधाकृष्णन भारतीय फिल्मका सहायक कलाकार हुन्।

    रमेश नाम गरेका नेपाली नागरिक यी कलाकारको घरमा घरेलु कामदारका रुपमा कार्यरत रहेको र उनले नै वाहिरबाट अरु २ जना साथीहरु बोलाई घरमा लुटपाट गरेको आरोप लगाइएको छ।

    चेन्नई प्रहरीले रमेशको पूरा नाम र नेपालको ठेगाना सार्वजानिक गरेको छैन। घटनाविवरण अनुसार, राधाकृष्णन घर वाहिर गएको मौका पारेर आफ्ना अरु दुई साथीहरु बोलाई रमेशले राधाकृष्णनकी श्रीमती ४८ बर्षीया राजीलाई बाँधेका थिए।

    राजीलाई बाँधी सकेपछि राजीले नै डरले सुन र नगद सबै देखाइदिएको र रमेश र उनको टीमले लुटेर फरार थिए। यो विषयलाई भारतीय संचारमाध्यम इण्डिया टुडेले समेत शुक्रबार समाचार प्रकाशित गरेको छ।

    समाचारमा नेपाली नागरिक रमेश र उनको समूहले कलाकारको घरबाट २५० तोला सुनका गहनाहरु ३ लाख नगद लुटेर भागेको उल्लेख छ । समाचारमा चेन्नई प्रहरीमा रमेशविरुद्ध उजुरी दर्ता भएको र उनको खोजी भइरहेको पनि उल्लेख गरिएको छ।

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on भारतीय कलाकारको श्रीमतीलाई बाँधेर सम्पत्ति लुटेको आरोपमा एक नेपाली युवाको खोजी तीब्र

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७७औँ भाग शनिबार सम्पन्न

  • २६ कार्तिक २०७९, शनिबार २३:०५ मा प्रकाशित
  • काठमाण्डौँ, २६ कार्तिक । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७७औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    photo: social media

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    [१]
    गोरु
    जनावरको कर्म
    कसले बुझ्ने मर्म।
    🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे ।

    [२]
    पशु
    अबुझ प्राणी
    बुझ्दैन तिनको व्यथा ।
    🌑सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [३]
    सहकर्मी
    परेपछी कमजोर
    अर्कोलाई दु:ख घनघोर ।
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [४]
    मानव
    बुझ्दैन दानव
    पशुको भित्री व्यथा !
    🌑पशपती राई
    खोटाङ

    [५]
    भाँचिन्छ
    हलो जुवा
    लौरो धेरै वर्षाउँदा !
    🌑केदार सुनुवार

    [६]
    हलगोरु
    श्वेत उभिएको
    रक्त थचक्क बसेको ।
    🌑महानन्द भट्ट
    कंचनपुर ।

    [७]
    कर्म
    जनावरको धर्म
    कसले बुझिदिने मर्म !
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [८]
    बहादुरी
    न्यायिक कर्मशिल
    बल बुद्वि विबेकशिल।
    🌑राेशन पराजुली
    धरान।

    [९]
    जोडा
    एउटा सक्रिय
    अर्को अल्छी निष्कृय !
    🌑घनश्याम पौडेल
    पोखरा

    [१०]
    परिस्थिति
    हलो अड्काउने
    निरन्तर गोरु चुट्ने !
    🌑आर्त अकुलीन
    कैलाली

    [११]
    हलाे
    चट्टानमा अड्कियाे
    कमजोर गाेरु बस्दियो ।
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर थिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।

    [१२]
    बन्धन
    कार्यगत एकता
    थकित दुर्बल मित्र !
    🌑राजाराम रत्गैंया
    अमौरा, कैलाली

    [१३]
    किसान 
    अल्छी गोरु
    सुख्खा खेत जोत्दै !
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [१४]
    बुढेसकालमा
    आरामको खाँचो
    हजुर ! यसै सालमा ।
    🌑तेजप्रसाद खनाल
    लमही दाङ।

    [१५]
    खेतबारी
    बाँझै वारिपारि
    गोरु किसान हैरानी ।
    🌑चक्र बहादुर आलेमगर “लाफा”
    कैलाली

    [१६]
    बाँझो
    गोरुले जोत्ने
    मर्म कसले बुझ्ने !
    🌑रमा पन्त
    पाल्पा !

    [१७]
    किसान
    एक हलगाेरु
    गाेरु मालिक परेशान !
    🌑नवराज भट्ट
    महेन्द्रनगर, कञ्चनपुर

    [१८]
    हलो
    बस्ने गोरु
    हुँदैन राम्रो मेलो
    🌑श्रीकृष्ण शर्मा
    पोखरा

    [१९]
    वृद्ध
    कठिन काम
    होला कुनै बाध्यता !
    🌑बिमला पोखरेल
    अर्घाखाँची

    [२०]
    गोरु
    थकित अवस्था
    ग्रामीण कृषि व्यवस्था ।
    🌑सरस्वती श्रेष्ठ

    [२१]
    बेथिति
    मनपरि रजाईं
    मियो बिनाको दाइँ ।
    🌑ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।

    [२२]
    लाचार
    कस्तो संसार
    प्राणी माथि प्रहार !
    🌑कृष्ण जोशी
    मेरिल्याण्ड, अमेरिका

    [२३]
    देश
    अनेक जात्रा
    रोकिएको समृद्धिको यात्रा ।
    🌑हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [२४]
    शक्ति
    भएकोमा दम्भ
    निर्बलियो लतारिन्छ अचम्म ।
    🌑प्रेम थापा “मन”

    [२५]
    देश
    बाँझो खेत
    नेता गले गोरु ।
    🌑बिपी खनाल
    लम्की, कैलाली

    [२६]
    कार्तिक 
    कामको चटारो
    गोरुलाई बस्नै हतारो !
    🌑चक्र शाही

    [२७]
    खेतमा
    गोरु बस्यो
    नेताले देश सक्यो!
    🌑बालकृष्ण खनाल
    टीकापुर कैलाली

    [२८]
    पहेली
    बेहाल हली
    गोरु बसेर खलबली ।
    🌑अगस्टीन राई
    पूर्व सिक्किम, भारत

    [२९]
    मर्द
    लाठीले कुट्ने
    गोरु उठ्दै नउठ्ने !
    🌑कमला  देवकोटा
    पाल्पा

    [३०]
    हली
    नारेका हलगोरु
    हेर्दै अमिल्दो गठबन्धन !
    🌑गोपे दाजु
    पाँचथर।

    [३१]
    थकित
    कामको भार
    प्रकृतिमा जीवन सार !
    🌑सविता के.सी.
    काठमाडौँ ।

    [३२]
    हलो
    बन्जर भूमि
    जोत्ने गोरुको पारा !
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [३३]
    छैनन्
    माया गर्ने
    तन मन शिथिल ।
    🌑गीता खनाल
    तिलोत्तमा न .पा.१५, रुपन्देही ।

    [३४]
    हलो
    बाँझो खेतमा
    दाना सबैको पेटमा।
    🌑राम बहादुर चौधरी
    गोरखा।

    [३५]
    गाेरु
    मेलामा बसे
    किसानका आँसु खसे
    🌑उर्मिला के.शी.
    धनकुटा ।

    [३६]
    चोला
    लिएर गोरुको
    नजोतिई कहाँ भो ।
    🌑देवकी के.सी.

    [३७]
    थकित
    गाेरुहरू फेरि
    आतुर सत्ता हत्याउन । 
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।

    [३८]
    उन्नति
    असम्भव हुन्छ
    हल पिरुवा भएपछि ।
    🌑तिला लेकाली

    [३९]
    देश
    बन्जर भयो
    सकेनन् गोरुले जोत्न ।
    🌑त्रिलोक रामदाम
    भैरहवा ।

    [४०]
    गठबन्धन
    अमिल्दा गोरु
    देशको भविष्य अनिश्चित ।
    🌑रमेश प्रभात

    [४१]
    परिस्थिति
    खेत जोत्ने
    थकित गोरुको अवस्था !
    🌑रिता खराल
    रुपन्देही

    [४२]
    किसान
    नारेर हलगोरु
    छैन जोतेको निसान ।
    🌑होम प्रसाद
    धरान,सुनसरी

    [४३]
    गोरु
    नारिएर थकित
    हली पर्यो बिचल्ली ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [४४]
    दुःख
    खाई नखाई
    पुर्व जन्मको कमाइ ।
    🌑
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [४५]
    गाेरु
    खेतमा जाेत्दा
    थकाइमा विश्राम मारेका !
    🌑श्रद्धा आचार्य
    पोखरा

    [४६]
    पीडा
    सिवाय सहनु
    गएर कहाँ कहनु ?
    🌑विजय राज सिंह

    [४७]
    गोरु
    कामको थकाइ
    पर्दछ सहन जीवनभर !
    🌑प्रदिप नेपाली
    बिहादी ५ उराम,पर्बत

    [४८]
    गोरु
    खेतको मेलो
    जीवनभर चल्ने झमेलो ।
    🌑सम्झना कुवर

    [४९]
    भोको
    पेट मेरो
    तान्नु कसरी हलो !
    🌑मंगला आचार्य उपाध्याय
    कलैया १ बारा

    [५०]
    गोरु
    थकित अवस्था
    खेत जोत्न नसक्दा !
    🌑धर्मी शाक्य
    बुटवल ,रुपन्देही ।

    [५१]
    थकान
    कामको चाप
    गोरुको जीवन अभिशाप !
    🌑दुर्गा भट्टराई
    मोरङ

    [५२]
    हलो
    गोरुलाई कुभलो
    मानिसको अनिवार्य छाकलो !
    🌑अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [५३]
    गोरु
    जोतेर गलेको
    हलीको जीवन चलेको !
    🌑भगवती दवाडी
    झापा

    [५४]
    थकाइ
    कामको भार
    खेतीपाती गर्न चटारो !
    🌑खेमराज पुरी
    कैलाली

    [५५]
    गोरु
    जोतिने परिस्थिति
    मर्नु नबाँच्नुको स्थिति !
    🌑कण्ठराज गिरी
    कैलाली।

    [५६]
    नारिएकाे
    अल्छीका साथ
    हिड्नेकाे पुच्छर निमाेठिन्छ ।
    🌑नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [५७]
    गोरु
    कृषकको साथी
    साह्रै नै जाति !
    🌑शारदा आचार्य !

    [५८]
    निर्भर
    परम्परागत खेती
    गरीब किसान बाध्य !
    🌑टिकाराम जोशी

    [५९]
    बिचैमा
    रोकियो कर्म
    हल नमिलेका गोरु !
    🌑गोपाल प्रसाद पौड्याल

    [६०]
    गाेरु
    नमिलेको हल
    चुनावमा मिलेकाे दल !
    🌑प्रद्युम्न चालिसे ।
    भक्तपुुर कटुञ्जे ।

    [६१]
    गोरु
    कुट्दै जोत्ने
    निर्दयी कसले रोक्ने ।
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [६२]
    सहकर्मी
    कमजोर थचक्क
    बलिया साहसी जुरुक्क।
    🌑जमुना कायस्थ
    पोखरा

    [६३]
    प्रकृति
    ढुङ्गा टारमा
    हलगोरु छन् मारमा ।
    🌑दुर्गा आचार्य
    मोरङ

    [६४]
    नियत
    हलो भाँच्ने
    आफूखुसी उफ्रदै नाँच्ने !
    🌑कविता आचार्य
    कैलाली

    [६५]
    नियत
    सृजित परिस्थिति
    दोस थुपार्ने नीति !
    🌑राम न्यौपाने

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७७औँ भाग शनिबार सम्पन्न

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५८ औँ शृङ्खला सम्पन्न

  • २४ कार्तिक २०७९, बिहीबार २२:४६ मा प्रकाशित
  • काठमाडौ, कात्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५८ औँ शृङ्खला कार्तिक १९ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ८१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५८ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    सारा नेपाली सिङ्गापुरे, हुन्छन् अष्ट्रेलियाली,
    छ्यापछ्याप्ती भिसा झार्नेछु, चुनाव जितौँ खाली ।
    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    हावादारी कुराहरू सबै चुनावकाे नारा सस्ताे,
    भाेट माग्दा म्याउँम्याउँ गर्ने जितेपछि बाघ जस्ताे ।
    🌑ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    [२]
    हजुर त साह्रै देशप्रेमी, दुरगामी छ सोच,
    खुलस्त राख्दिनु भो मत, नमानी कुनै सङ्कोच ।
    🌑वसन्त अनुभव
    घोराही – १४, दाङ

    [३]
    युवा जति पलायन छन् बूढाबुढी छन् घरमा,
    खुराफाती गफाडी नेताकाे नपराैँ है भरमा ।
    🌑मीरा ज्ञवाली
    बुटवल

    [४]
    गरिब सामु नफैलाऊ हात विलासी जीवन भोग्नेहरू,
    पहिलेको बाचा पूरा गर्‍यौ त चुनावमा खुट्टा ढोग्नेहरू?
    🌑असिराम डंगौरा
    जोशीपुर कैलाली
    हाल -भारत

    [५]
    झुठो आस र आश्वासन के देखाउँछौ जाली,
    युवा जति विदेश पठायौ बन्यो देश खाली ।
    🌑बेदु न्यौपाने
    काठमाडौ

    [६]
    आफन्त नजिक भएर के भयो भोट नआएपछि,
    भाग ठूलो पर्दा कसैलाई नदिई एक्लै खाएपछि ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [७]

    यहाँ भोक र सपना बाँडिन्छ भोटसँग साटिन्छ,
    चुनावी खर्च असुल्न श्रमजीवीको गाँस काटिन्छ !
    🌑भुषणजंग

    [८]
    नेपाली जति विदेशमा गई बन्ने भए परदेशी,
    नेपालका नेताहरू मात्र देखिनेभए नि स्वदेशी ।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप,सुनापति-१
    हाल:-अमेरिका,बोस्टन।

    [९]
    सम्भावनाका भिरहरू भत्काउँदै छाैँ हामी,
    ठूला देशकाे मागी खाँदा निक्कै बन्छाैँ नि नामी ।
    🌑निरज कोइराला
    बेलका १ उदयपुर

    [१०]
    झझल्को मात्र लगाएछौ दुई दिन आएर,
    केही हुन्न आखिर आदर्शको गीत गाएर ।
    🌑आर्त अकुलीन
    कैलाली

    [११]
    टुक्का
    ठुला देश पठाइदिने आस देखाएर,
    के विकास गर्छौ युवा विदेश पठाएर ।
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [१२]
    भोट दिई जिताउन होला नजानेकै,
    पक्कै नि असल नेता होला नछानेकै।
    🌑काजि प्रसाद खतिवडा

    [१३]
    बुढापाका जितेर मसानघाट विकास गर्छन्,
    अझै त्यस्तालाई नै भोट दिए आफ्नु धोक्रो भर्छन् ।
    🌑सुशांक दाहाल
    विराटनगर मोरङ

    [१४]
    देशको विकास गर्नतिर होइन आफ्नो विकास गर्न खट्छ्न् जाली,
    लागिपर्छन् उनीहरू भोटलाई नोटमा परिवर्तन गर्न खाली।
    🌑जोगरत्न बज्राचार्य
    भिंन्छेबहाल ललितपुर।

    [१५]
    सरकार बनाउँछन् अनी गर्छन् राज आलो पालो,
    हाम्रो मत लिएपछि सधैँ बन्छन् विदेशी गोठालो।
    🌑सुरेशकुमार पान्डे

    [१६]
    नेता भन्छ लौन भोट दिनोस् देशलाई बनाउँछु सिङ्गापुर,
    जितेपछि के मतलब देशको माटो बन्न जान्छ अझै झुर ।
    🌑चूडा निर्भीक

    [१७]
    नारा बनाए जनता मोहित पार्ने,
    विना ढेउवामै भिसा टिकट झार्ने ।
    🌑सुर्यमणी रेग्मी

    [१८]
    थर्काएर भाषणमा किन भुक्छस् ?
    सरकार समस्यामा किन लुक्छस् ?
    🌑मदन चाैहान

    [१९]
    कामकुरो त एकातिर कुम्लो बोकी ठिमीतिर,
    चुनाव जिते आकाश उड्छौ हेर्दैनौ जिमीतिर ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२०]
    चुनावी घाेषणापत्रकाे बाहिरी आवरणमा कति मिठाे नारा,
    भित्री पेजमा गहिरिएर पढ्दा भने देखियाे खुरापाती पारा ।
    🌑 राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर थिमी सङ्गम काेलाेनी भक्तपुर ।

    [२१]
    चुनाव अघि आश्वासनका बाँड्छन् मिठा पाेका,
    मिसन पूरा भएपछि दिन थाल्छन् है धाेका ।
    🌑त्रिलाेचन भणडारी
    मेचीनगर,झापा
    [२२]
    युवा जति विदेश हुँदा बोल्ने होइनन् कोही अनि,
    हालीमुहाली बुढाकै छ भनिरहँदा अझै पनि ।
    🌑भगवती दवाडी
    झापा

    [२३]
    देशनै बेचेर खानेको ओइरो बन्दैछ
    फाइदा हुने ठाउँ हेरेर पैरो खन्दैछ।
    🌑शन्जना सर्मा
    दाङ लमही

    [२४]
    गफ छाँटे पनि उहीँ अस्थिरताको बीउ रोप्छौ
    चुनाव सकिएपछि, उनै दुखियालाई कोप्छौ ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [२५]
    भोटमात्र देऊ जनता संसार घुमाउँछौँ,
    फ्री भिसा, फ्री टिकटमा सारा देश उडाउँछौँ ।
    🌑बिबस पारदर्शी
    भद्रपुर झापा,

    [२६]
    हाम्रा नेता सबै भए जाली,
    जनता अझै ठोक्दै छन् ताली।
    🌑मनोज खत्री अछामी

    [२७]
    भिसा झारी देश रित्याउने कस्तो याे नेताको चाल?
    अचेर्नु खाएर पनि नअघाई बुन्छौ फेरि जाल?
    🌑दीपक ठटाल जलन

    [२८]
    भाेट मात्रै पाऊ हामीले सारा संसार सम्याउँछाैँ
    जितिसके भन्छन् तिनीहरू तेरो मेरो ठम्याउँछाैँ।
    🌑शर्मिला खतिवडा
    विर्तामोड ,झापा ।

    [२९]
    गद्दार नेता जनतालाई मतपत्रमा मात्र गन्छन्
    युवालाई विदेश पठाई मनपरि गरौंला भन्छन्
    🌑पुष्पा सुवेदी
    नेपालगञ्ज – ४, बाँके ।

    [३०]
    नेपाली भ्रष्ट नेताहरू सबै दादा बन्छन्
    बुथ क्याप्चर गरेर चुनाव जित्ने भन्छन्।
    🌑शिव कुमार रेग्मी
    पोखराथोक,पाल्पा

    [३१]
    गद्दार नेता चुनिनुको हो यो प्रतिफल,
    भोट हाल्दा मतदाताले सोचौँ पल पल।
    🌑म्यामराज राई
    हतुवागढी -६, होम्ताङ्, भोजपुर

    [३२]
    राहदानी बनाइयाे बारी बेचेर,
    मतदान गरौँ अब धेरै साेचेर ।
    🌑दिनेश कोइराला

    [३३]
    भोट त माग्छन् नेताहरू नोट बाँडेर,
    चुनाव जितेपछि सबै जान्छन् छाडेर।
    🌑मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार, बिर्तामोड झापा

    [३४]
    धूर्तहरू सारा देशको सत्तामा बसे,
    भाग्य खोज्दै युवाहरू खाडीतिर पसे।
    🌑बि.कुलुङ
    दार्जिलिङ

    [३५]
    बत्तिसौँ वर्षदेखि जनता खाँदै आ’काछन् धोका,
    जन्ता नै छन् भेडाहरू बाँड आश्वासनका पोका ।
    🌑ईशहाक हुसैन
    जीतपुर सिमरा १४ बारा

    [३६]
    भोटको दिन भोज गर्छु काटी सुङ्गुर पाडा,
    चुनाव जित्न हर्कत गर्छु बन्छु गती छाडा।
    🌑नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [३७]
    गर्नु छ खेती फेरि पनि झुटको यहाँ चुनाव जित्नलाई,
    लुकाउन अनुहार कति पो लाग्छ पाँच वर्ष बित्नलाई ।
    🌑राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [३८]
    युवा जति विदेश पठाई लाउँछन् धेरै फुर्ती,
    त्यहीँ युवाकाे रेमिट्यान्सले मासु रक्सी र सुर्ती ।
    🌑छत्र शाही

    [३९]
    भोट माग्दा नेताहरू त, सोझासाझा हुन्छन्
    जितेपछि जनता चुस्न अनेक् जाल बुन्छ्न् ।
    🌑नवीन विष्ट

    [४०]
    जितायाै फेरि जिताऊ, देशलाई बनाउँछु तारा,
    वारिपारि बेसाउने, स्वयम् बनाउँछु सर्वहारा ।
    🌑टंक बहादुर आले
    त्रियुगा नगरपालिका, उदयपुर

    [४१]
    चुनाव जितेर जनतालाई विदेश तिर पठाऔँ,
    राज्यको ढुकुटी जति भ्रष्टहरू मिलेर नै पचाऔँ ।
    🌑विक्रम तिरूवा सलिन
    जुम्ला

    [४२]
    जनतामाझ गएर सुनाउँदैछौ आश्वासनका कुरा,
    जितेपछि गरिब जनतामाथि गर्छौ
    कि प्रहार छुरा ?
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [४३]
    सारा युवा पिँढी राेजगारकाे लागि विदेशतिर धाउने,
    देश खाली हुन लाग्याे नेता यहाँ चुनावका गीत गाउने।
    🌑शाेभा अाचार्य गाैतम
    काठमाडाै

    [४४]
    नसम्झ दुवालो फर्काई माछा मारेजस्तो
    सबैलाई थाहा छ, पाइदैन भिसा सस्तो ।
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया

    [४५]
    विदेश अनि खाडी पसी दु:ख गर्नु पर्दा,
    चुनावपछि दु:ख हुने भ्रष्टाचार गर्दा ।
    🌑लक्ष्मण देउवा
    आदर्श ५ डोटी

    [४६]
    भोट तेरो नोट मेरो भन्छौ सधैँ खाली, के देश बन्ला खै तिमीलाई भोट हाली ?
    🌑मिम पौडेल
    पोखरा -१७ बिरौटा

    [४७]
    भ्रम छर्ने मालिक भा’छन्, श्रम गर्ने नाेकर,
    कहिलेसम्म रहलान् नि हाम्रा यस्ता जाेकर ।
    🌑रामप्रसाद बेल्बासे ‘एक्लो यात्री’
    शीतगङ्गा-५,अर्घाखाँची
    हाल: बुद्धभूमि -३, कपिलवस्तु ।

    [४८]
    युवाहरू सबै विदेश लागे रित्तो बनाई गाउँ,
    बुढा नेताहरू देश बनाउन लड्दैछन् चुनाउ ।
    🌑दिपेन्द्र आचार्य

    [४९]
    नेता त्यो हो लिङ्ग छुटिएका बिचारका छक्का,
    नदी जस्तै भूगोल बेच्ने नेताका कुरा पक्का ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [५०]
    सुनो जित निश्चित है हमारी,
    तुम् लाेग् हमके कमारा कमारी ।
    🌑बासुदेव हुमागाई

    [५१]
    ढाँट्न छल्न सजिलो छ नेपाली सकल जन,
    छोड्नै मान्दैन सत्ताको मोहमा परेको मन ।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [५२]
    नेता तिम्राे त उता नि छ दसैँ आएको,
    यता हाम्राे त हेर साह्रै दशा लाएकाे ।
    🌑सुर्योदय दिपाली

    [५३]
    युवाहरूलाई विदेश पठाउँछु भनेर भोट माग्ने,
    नेपाल वृद्धआश्रम हो र घैटोमा घाम कहिले लाग्ने ।
    🌑दयावस सन्तोष दाहाल

    [५४]
    चुनाव अघिका कुरा, हाेला पूरा कति ?
    चुनावमा स्मार्टसिटी, आश्वासन जति।
    🌑राजन श्रेष्ठ

    [५५]
    फोस्रा गफ हाँक्छौ किन पचाएर शर्म ?
    जितेपछि तोडी हाल्छौ वाचा अनि धर्म ।
    🌑बाबुराम गौतम
    गुल्मी

    [५६]
    भाेट माग्न घर-घरमा नेताज्यू आए डुल्दै,
    जितेपछि देश जनता जान्छन् यिनले भुल्दै ।
    🌑दुर्गा भट्टराई
    मोरङ

    [५७]
    आफू बनेपछि अरूको किन गर्छन् र ख्याल ,
    आखिर सबैको उहीँ सत्ता हत्याउने चाल ।
    🌑गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    [५८]
    युवा जति विदेश खेद, देशमा आफैँ राज गर,
    देश चाहे भाँडमा जाओस् आफ्नोे चाहिँ भुँडी भर।
    🌑मित्र `उराठी´ गाैतम
    अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा-२, रुपन्देही

    [५९]
    खेदेर भुरा बने बाम,
    विषालु पानी गुम्यो नाम।
    🌑झलकभट्टराई
    झापा

    [६०]
    जनतालाई मिथ्या नेपाल सिंगापुर बनाउने सपना देखायौ,
    लुटेरा र भ्रष्टाचारीको रुपमा इतिहासमा आफ्नो नाउँ लेखायौ।
    🌑करन बहादुर शाह
    डडेल्धुरा

    [६१]
    नेताहरूको कुरामा, नबुझी नबजाऔँ ताली,
    राम्रो नेता चुनेर सबैले पठाऔँ यसपाली ।
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [६२]
    काम गर्ने जनशक्ति सबै विदेशतिर,
    मलामी नि पाईन्न यहाँ पर्नुपर्यो पिर ।
    🌑सरिता सेढाई
    धादिङ

    [६३]
    चुनावको बेला लाउँछौ आश्वासनको गगनभेदी नारा,
    सिंहदरबार छिरेपछि त किन कुरा बिर्सी जान्छौ सारा ?
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [६४]
    विदेश गई नकमाएसम्म घरमा छाक टर्ने छैन,
    नेताहरूको भाषण मात्र ठूला-ठूला माखो मार्ने हैन ।
    🌑रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !

    [६५]
    चुनावमा सधैँ ललिपप फ्याक्ने,
    सिद्धिएपछि अवश्य घाँटी ङ्याक्ने ।
    🌑युबकला पाण्डे
    रुपन्देही सिद्धार्थनगर

    [६६]
    धेरै सुनिन्छ यस्तो कुरा प्रत्येक चुनावको वेला,
    अब त जनताले पत्याउँदैनन् अति भयो रेला।
    🌑अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [६७]
    अहिलेनै हामीलाई मत दिएर हाम्रो विश्वास जित्नुस्,
    वैदेशिक रोजगारीमा पठाउँला तपाईं उतै बित्नुस्।
    🌑प्रदीप के रिमाल
    इटहरी, सुनसरी।

    [६८]
    हाम्रा युवा विदेश खेद्ने अझै धनकाे लाेभमा पारी,
    राेजगार देशमा नदिइकन ,खेद्ने समुन्द्र तारी ?
    🌑रामप्रसाद पुरी
    बादेल,खाेटाङ ।

    [६९]
    थियो जनता, भयो नेता, झुटको खेती मन परायो,
    खाएका ति वाचा कसम, मगज खुस्क्यो सब हरायो ।
    🌑
    यामनाथ आचार्य
    पर्वत

    [७०]
    ढँटुवा ती नेताले राष्ट्रको सम्पत्ति हाम,
    वाध्यता हाम्रो विदेशिनु छैन यहाँ काम ।
    🌑राजेन्द्र प्रधान ‘पासा’
    दार्जिलिङ, भारत ।

    [७१]
    खाली कुरा गरेर देशको विकास गर्ने,
    आफूले खनेको खाल्डोमा स्वयम् आफैँ पर्ने ।
    🌑सरस्वती श्रेष्ठ

    [७२]
    जे जे बोल्छौ बोलीहाल, आइसक्यो मङ्सिर चार,
    हेक्का राख त्यसपछि पक्कै हुन्छ वार कि पार ।
    🌑ख्यामराज खतिवडा
    सूर्योदय 7 कन्याम इलाम

    [७३]
    पुग्न त पुग्यौ तिमी सट्टामा, निर्दोषको घाँटी रेटी,
    के पुगेन अझै पनि किन खोज्दछौ कोसेली भेटी ।
    🌑दिनेशसंगम
    कैलाली

    [७४]
    कर्तव्य निश्चितै हो चाँडै बन्नलाई म नेता,
    मात्र भोट चाहियो, फेरि फर्किन्न यता तेता।
    🌑अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [७५]
    भन्दाखेरि अनेक थरी दलहरू भन्छन्,
    खाने बेला भएपछि सबै एउटै बन्छन् !
    🌑इन्द्रकुमार श्रेष्ठ
    कमलाकुञ्ज,ओखलढुङ्गा।

    [७६]
    सबै युवा विदेशीए सारा,
    भोट कसले हाल्दछ प्यारा ।
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [७७]
    आश्वासनका पाेका पनि हरे कस्ता कस्ता,
    चुनावैपिच्छे कुरा फेर्ने नेता बने सस्ता ।
    🌑प्रद्युम्न चालिसे
    देवघाट तनहुँ ।

    [७८]
    युवा जति विदेशमा बुढा-खाडा कति दाउने,
    बाँकी रहेका बिचराको पालो कहिले आउने ?
    🌑इन्दिरा गौतम

    [७९]
    नाटक पार्दै नेताहरू भाेट माग्न आउँछन् घरघर,
    चुनाव जितेपछि हेर्दैनन् कसैलाई, हुन्छन् परपर ।
    🌑उर्मिला के.शी
    धनकुटा

    [८०]
    जित वा हारपछि हाेला पहिलाे रह्याे नारा,
    काम तिमीले के गर्याै पहिला बताऊ सारा ।
    🌑कृष्ण अधिकारी
    विर्तामोड झापा

    [८१]
    देखावटी आश्वासन झुटमा खोज्छौ ताली,
    बुझेको छ साराले चुनावमा यसपाली।
    🌑सुरेखा चाम्लिंग राई
    भक्तपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५८ औँ शृङ्खला सम्पन्न

    बाजुरामा भूकम्पको धक्का महसुस

  • २४ कार्तिक २०७९, बिहीबार ०९:१४ मा प्रकाशित
  • यसअघि खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर बुधबार बिहान गएको भूकम्पको धक्काले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको थियो ।

    डोटीको पूर्वीचौकी गाउँपालिका–३ मा भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on बाजुरामा भूकम्पको धक्का महसुस

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P