साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५९ औँ शृङ्खला सम्पन्न

  • २८ कार्तिक २०७९, सोमबार १८:०८ मा प्रकाशित
  • काठमाडौ, २६ कात्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५९ औँ शृङ्खला कार्तिक २६ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५९ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    भोट हालौँ ढुक्कसँग छानौँ मान्छे राम्रो,
    यौटा कुरा हेक्का रहोस् जित होस् पक्कै हाम्रो ।
    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    धम्की होइन यो कुरा न हो चेतावनी,
    बुझ्नु होला याचकको अनुरोध भनी ।
    🌑 वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    हेर्दै जाऔँ कस‌ैले त काम गर्ला जनताको,
    हाम्रो भन्दा पनि राम्रो  हुनुपर्छ  समताको।
    🌑पवन अधिकारी

    [३]
    कहिलेकाहीँ बज्छ ताली, कहिले सुन्नुपर्छ गाली,
    सज्जन नेता हुनुपर्यो नि, सबका सब छन् जाली ।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [४]
    बुद्धि विवेक प्रयोग गरौँ भोट  हाल्नको लागि,
    राम्रालाई जिताऔँ हामीले सारा जनता जागी ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [५]
    बोतल नयाँ रक्सी पुरानोमा दिन्न अमूल्य भोट,
    सकभर  नयाँ  दुइटै  भए  चाहिन्न  केही  नोट।
    🌑म्यामराज राई
    हतुवागढी -६, होम्ताङ्, भोजपुर

    [६]
    हाम्रोलाई  छाेडी  राम्रोलाई  मतदान गरी हेरौँ,
    भ्रष्टाचारी नेताहरू छानीछानी यसपालि फेरौ।
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर थिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।

    [७]
    हाम्रोलाई होइन राम्रोलाई मत हालौँ,
    यसपालि चुनावमा पुरानो सबै फालौँ ।
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [८]
    मुखमा  राम ! राम !  हजुर   बगलीमा  बोकौँ  छुरा,
    अर्काले जित्यो भने त कहाँ हुन्छ आफ्नो स्वार्थ पूरा
    🌑त्रिलोचन भण्डारी
    मेचीनगर,झापा

    [९]
    मङ्सिर चार ध्यानमा राखेर,
    भोट हालौँ नेता राम्रा छानेर ।
    🌑मन्जु जोशी
    डिलासैनी,बैतडी

    [१०]
    चुनाव अब नजिक आयो हाल्नु छ लौ भोट,
    सबैको  आफैँ  विचार  बुझ्नु   नहेर्नू ती नोट !
    🌑आर्त अकुलीन
    कैलाली

    [११]
    भोट हाल्ने मन अति थियो नेता भेटिनँ राम्रा,
    उम्दा सबै  पाखा लगाई  टिकट  पाउने हाम्रा !
    🌑इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    [१२]
    राम्रो छानी भोट हालौँ, पुछौँ जनताको आँसु,
    उम्दा  रोजौँ  सब  मिलेर,  खान छोडेर  मासु।
    🌑मनोज खत्री
    अछामी

    [१३]
    जति राम्राे छाने पनि राजनीतिले नराम्रै हुन्छ,
    जितेपछि मातिएर जनता विरुद्ध जाल बुन्छ।
    🌑दीपक ठटाल जलन

    [१४]
    चुनावमा जिउ हजुरी, मिठा सपना बाड्छन्,
    चुनाव जितेपछि नाता सम्बन्ध सबै छाड्छन् ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [१५]
    भोट हाल्दा नोट आउँछ रे, खोजौँ धेरै दिने,
    हरेक पल्ट   यसरी नै  नेताले  मान्छे  किने ।
    🌑राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [१६]
    भोज नोट  खोज्ने हैन  योग्यलाई  भोट,
    आँखा चिम्ली भोट हाल्दा पर्नेछ है चोट!
    🌑कमला  देवकोटा
    पाल्पा

    [१७]
    प्रदेशीको रुपैयाँ चल्छ भोट चल्दैन,
    प्रदेश  नआए  पेटको  भोक टल्दैन ।
    🌑असिराम डंगौरा
    जोशीपुर कैलाली
    हाल भारत

    [१८]
    न राम्रा भेटिन्छन् न हाम्रा भेटिन्छन्,
    दुःखीका दुःख खै कसरी मेटिन्छन् ?
    🌑मित्र `उराठी´ गाैतम
    तिलाेत्तमा-२, रुपन्देही

    [१९]
    च्याउ उम्रेझैँ छ्यापछ्याप्ती नै छन् नेता अचेल बजारमा,
    योग्य  युवा  नेता छानौँ  आउने  उनासी  मंसिर  चारमा।
    🌑दिनेश संगम

    [२०]
    देशको मुहार फेर्ने भए, राम्रो राम्रो छान्नु पर्छ,
    देउता खोज्दा दानव परे भोक निद्रा सबै हर्छ !
    🌑रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल

    [२१]
    सबै कुरा बुझेपछि ,मात्र भोट हाल्नुहोस्,
    प्रतिनिधि  बनाएर  संसदमा  फाल्नुहोस्।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [२२]
    राम्रो मान्छे त मैले खोइ देखिनँ भोट हाल्न,
    पूरानालाई  यसपालि सबले  थालौँ फाल्न।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप:सुनापति-१
    हाल:अमेरिका,बोस्टन।

    [२३]
    जो  नेता राम्रो,
    त्यो नेता हाम्रो ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [२४]
    हाम्राे मान्छे जिताउँ चुनावमा दुई चार पैसा कमाऊँ
    राम्रा सबै पाखा लगाई फेरि पनि पुर्पुराे त्याे समाऊँ ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [२५]
    चुनाव  जितेपछि  नेताको  हुन्छ  उहीँ चाल,
    भोट दिने जनताको चैँ जस्ताको तस्तै हाल ।
    🌑राजेन्द्र प्रधान ‘ पासा,’
    दार्जिलिङ, (भारत)

    [२६]
    राम्रो भनेर हाम्रो छान्छन् कुहिएका आलु,
    छैन विकास भ्रष्ट बन्छन् समाउँछन् तालु।
    🌑प्रदीप के रिमाल
    इटहरी, सुनसरी ।

    [२७]
    देशलाई    बनाउनेहरूभन्दा    धेरै    बिगार्नेहरू    छानेको,
    दशकौँ भइसक्यो है साथी हामीले अँध्यारोमा ढुङ्गा हानेको!
    🌑बि.कुलुङ

    [२८]
    हाम्रो हैन राम्रो छानौँ यसपटकको नारा,
    नारालाई साकार पार्न सचेत बनौँ सारा।
    🌑अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [२९]
    हाल्नु पर्दछ भाेट, विकृतिलाई  पुग्ने गरी चाेट,
    हालसम्मकै कमजोरीहरूकाे मेटियाेस् है खाेट ।
    🌑रामप्रसाद पुरी
    बादेल खाेटाङ ।

    [३०]
    राम्रो त सबै छन् तर भ्रष्टचारी भए,
    कारबाही भएन कानुन माथि गए ।
    🌑पैरवी

    [३१]
    सबै भन्छन् आफ्नै राम्रो बनेका छन् झुण्ड,
    खै  कस्लाई भोट दिनु  देख्छु  सुण्ड मुण्ड !
    🌑बिबस पारदर्शी
    भद्रपुर  झापा,

    [३२]
    भाेट हालाैँ याे पाली असल मान्छे छानी,
    फरक  पर्न  जाला  है  अरू  कतै  हानी ।
    🌑शाेभा आचार्य गाैतम
    काठमाडौ

    [३३]
    राम्रालाई भोट हाले हुन्छ देशको हित,
    अमुल्य मत दिई गराऔँ युवाको जित।
    🌑सम्झना (कुसुम )

    [३४]
    नातागोता सबै मिली छानौँ मान्छे हाम्रो,
    हाम्रा  मान्छे  जितेपछि  कमिसन राम्रो।
    🌑मल्ल लक्ष्मी श्रेष्ट
       मेची किनार
    बिर्तामोड झापा

    [३५]
    विचार गरौँ सोचौँ अनि  मात्र खसाऔँ मत,
    हाम्रो होइन राम्रो नेता नलागेको होस् खत ।
    🌑महेश्वर प्रधान
    गोरुबथान,भारत।

    [३६]
    देशभक्त  नेतालाई  भोट  हालौँ सोचेर,
    अयोग्यलाई अब पाखा लगाऔँ घोचेर ।
    🌑भगवती दवाडी
    झापा

    [३७]
    सचेत होऔँ भ‍ोट हाल्न हाम्रो छोडी राम्रोलाई खोजौँ,
    देशको  विकास  गर्नसक्ने  असल  व्यक्तिलाई रोजौँ ।
    🌑दुर्गा आचार्य
    मोरङ

    [३८]
    राम्रो मान्छेलाई छानी भाेट दिँदा हुन्छ पक्कै जित,
    बुझ्नेछन्  जनताका  पिर  मर्का  हुनेछ  हाम्रै  हित ।
    🌑केसी उर्मिला

    [३९]
    वडाका समस्या उठान गर्ने सल्ट्याउने पनि,
    हेरौँ  सबैले  प्राथमिकता  कसले  हेर्छ भनी ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४०]
    अल्लि राम्रो नेता छानी खसालौँ है मत,
    अब्बल  त  भेटिँदैनन्  झुटो  छ  जगत ।
    🌑बाबुराम गौतम,
    गुल्मी

    [४१]
    बुढाखाडा  जति  सबै लगाउँदै पाखा,
    युवालाई मत दिऔँ खोलिकन आँखा ।
    🌑सरिता सेढाई
    धादिङ

    [४२]
    खसाउ भोट जन हो, विचार गरेर,
    गर्छ विकास  जसले, जाँगर भरेर ।
    🌑नवशिला
    बेलबारी -२, लालभित्ती,मोरङ

    [४३]
    चुनाव आयो  सबैले मत हाल्नुपर्छ,
    विकास नगर्ने नेता यहीँ फाल्नुपर्छ ।
    🌑तारा घिमिरे

    [४४]
    देख्दा त भ्रष्टचारी  कति  सुन्दर लाग्छन्,
    चुनाव जितेपछि चिल्ला कारमा भाग्छ्न् ।
    🌑सुरेशकुमार पान्डे

    [४५]
    चुनाव आउँछ  जान्छ  केवल  नेतालाई,
    बेल पाक्यो हर्ष न बिस्मात चुनाव आई ।
    🌑चुडामणि देबकोटा
    च न पा १३ काठमाडौ

    [४६]
    भोट   त   दिने   हो   नेतालाई,
    निम्त्याइन्छ कि झन् ब्यथालाई ।
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [४७]
    पत्याउनेले  पत्याइहाल्यो त ढाँट्नेले  ढाँट्यो,
    ठिक छु भन्छन् सबैले यो देश के गर्न आँट्यो।
    🌑राममणी जोशी

    [४८]
    बिस  वर्षपछि  बल्ल   हाम्रा  हजुरबाले  बाेले,
    चुनावमा नाति ऐजरू फालेस् भनी मुख खाेले ।
    🌑प्रद्युम्न चालिसे

    [४९]
    कुन चाहिँ  राम्रो कुन हाम्रो, सकिएन छान्न,
    सबले भन्छन् विकास गर्छु,घुस पनि खान्न ।
    🌑मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [५१]
    भोट माग्ने बेला  मात्रै  जनता सम्झिने,
    पछि बनाउँछन् सम्झिने पानी छम्किने ।
    🌑प्रेम सुनार
    दैलेख

    [५२]
    नागरिक कर्तव्य,  मताधिकार प्रयोग गर्नुपर्छ,
    उम्मेदवार सबै उस्तै भोट दिने हात पछि सर्छ ।
    🌑रामकृष्ण रिजाल
    बागलुङ

    [५३]
    यसपालि हामीले राम्रो नेता छान्नुपर्छ
    जसले देश  अनि जनताको हित गर्छ ।
    🌑दुर्गा भट्टराई
    मोरङ

    [५४]
    पुराना ती  नेताहरू चिन्ने  आयो रे  दिन,
    राम्रा मान्छे पत्ता लागेमा छोड पीर लिन।
    🌑लक्ष्मण देउवा
    डोटी

    [५५]
    बुढापाका नेतालाई  लौ न भोट दिँदा  पाइन्छ अरे नोट,
    राम्रा युवा नेताहरूलाई दिन्छन् चट्ट विदेशीले त्यो चोट ।
    🌑बेदु न्यौपाने
    काठमाडौ

    [५६]
    पटकपटक    आइरहने    यो    भोट,
    चुनौँ आफ्नै मान्छे नदिउँ मनमा चोट।
    🌑अच्युत घिमिरे-
    भुटान बाट 🇧🇹

    [५७]
    चुनाव आ’छ पाँच वर्षमा नेता भन्छ उही,
    याेजना भए अलपत्र बजेट जान्छन् चुही ।
    🌑रामकृष्ण दुवाडी
    पाेखरा

    [५९]
    भोग्यौँ हेर्यौँ अब अति भयो फाल थोत्रा निकम्मा
    आयो   अहिले    जनलहर   युवा   भएर  जम्मा ।
    🌑सुर्यमणी रेग्मी

    [६०]
    हाम्रो मान्छेले  जित्नुपर्छ भन्ने दिन गए,
    जनताले  भोग्नु  भोगे अब  सचेत भए ।
    🌑गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    Leave a Reply