• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

‘टुक्का माथि टुक्का’ साप्ताहिक व्यङ्ग्यात्मक टुक्का लेखनको ६१औँ शृङ्खला शनिबार सम्पन्न

  • १३ मंसिर २०७९, मंगलवार ०६:५७ मा प्रकाशित
  • काठमाडौ, १० कार्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६१ औँ शृङ्खला मङ्सिर १० गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ८१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६१ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    विश्वास गरे   जनताले,  दिए  देशको  साँचो,
    कुराभन्दा अब काम गर,  कामको छ खाँचो।

    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    नेताको  काम  अब  जनताको सेवा गर्ने,
    अहिले पनि  गर्ने हौ कि मात्रै खल्ती भर्ने ।
    🌑विक्रम तिरूवा सलिन
    जुम्ला

    [२]
    जनादेशको  कदर  गरी तिमी अघि बढ,
    के गर्ने र कहाँ गर्ने भनी वस्तुस्थिति पढ ।
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [३]
    नदिउँ  भने  अमूल्य  मत  राष्ट्र  डुब्ने  डर,
    फकाई फुल्याई लैजानेको खै के मान्नु भर।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [४]
    काम   गरे  नगरे पनि  मेरा  भाषण  सुनिदियौ,
    अब चुनाव सकियो ढुक्क छु मलाई चुनिदियौ ।
    🌑अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [५]
    युवा नेता धेरै आए अब बन्द हुन्छ खाम,
    दायाँबायाँ गर्‍यो भने जेल पुग्दछ हराम ।
    🌑पेक्मा हमुवा

    [६]
    जीवनदेखि लिन मन छ सधैँलाई विश्राम,
    जति दु:ख गरेपनि  मनमा  भएन आराम।
    🌑नन्दा महतारा

    [७]
    सडेको  जरासँगै नयाँ पालुवा पलाए,
    विकास हुन्छ अब युवाले देश चलाए ।
    🌑असिराम डंगौरा
    जोशीपुर कैलाली
    हाल भारत

    [८]
    बुढाले अब आराम गरी खानुपर्छ,
    भ्रष्टाचार नगर विकास अघि सर्छ ।
    🌑प्रेम सुनार

    [९]
    जितेपछि   ठालु  बनी  नबस  है  घर,
    जनताका दु:ख बुझ्न तिम्लाई छ कर ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [१०]
    जनताले  पाँच वर्षे   म्यान्डेट  दिएर  पठाएका  छन्  हेर,
    देश विकास लागि दे’को भोट कसैपनि नजाओस् है खेर।
    🌑बेदु न्यौपाने
    काठमाडौ

    [११]
    व्यवहारमा ल्याउन ती भाषणका कुरा,
    दिएका छन् जनताले  पाँच वर्ष नै पूरा ।
    🌑सागर आँसु
    (डोटी)

    [१२]
    दिएर   मत    टाँडमा   पुर्‍याउने   ती   जनता,
    बाेकायाै ठुलाे भारी ऋणकाे अब जाउन् कता ?
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।

    [१३]
    भाषण  लगाउँदै  सत्तामा छिरेका,
    जुन जोगी आएपनि कानै चिरेका ।
    🌑सरिता सेढाई
    धादिङ

    [१४]
    जनताले दिएका छन् मतदान हेेर,
    देशमा    परिवर्तन   गर्नुपर्छ   धेर ।
    🌑भगवती दवाडी
    झापा

    [१५]
    जेल नेल भोगेर पाका भएको कथा भो अब सुनाउनु पर्दैन,
    योग्य र सक्षमले विकास गर्नसक्छ कथाको नायकले गर्दैन!
    🌑प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    [१६]
    चुनाव जितेको खुसीमा खादा माला अबिर दलेर,
    पाँच  वर्ष   यसरी नै  बित्दो  रै’छ  देशलाई  छलेर ।
    🌑बी.कुलुङ
    दार्जिलिङ

    [१७]
    जसले पायौ  मौका अहिले  काम गरि देखाऊ,
    योग्य,सक्षम,असल बनी आफ्नो नाम लेखाऊ।
    🌑त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    [१८]
    जनताको विश्वासले चुनाव जितेका छौ हेर,
    भ्रष्टाचारको  अन्त्य गरी  देशको मुहार फेर।
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५सङ्गम काेलाेनी भक्तपुर ।

    [१९]
    बुढा  अब  अति  भयो,   लाग्ने गर  चुप,
    जाडो पनि बढ्न थाल्यो खाऊ बरू सुप।
    🌑तुलाराम गिरी

    [२०]
    पठाएका छन् जनताले देशको लागि केही गर भनेर,
    बिश्वास छ बाटो बदल्ने छैनौ पहिलेझैँ लाचारी बनेर।
    🌑शंकर कार्की
    थाहा नगरपालिका ३मकवानपुर।

    [२१]
    सुन्दर  बिहानीको  छ आस,
    स्वच्छ हावामा बदल्ने सास ।
    🌑रजनी पौडेल

    [२२]
    ज-जसले गरेन राम्रो काम जनताले फाल्दिए,
    जनताको काम गर्ने र नयाँलाई भोट हाल्दिए ।
    🌑निमा शेर्पा
    चानबारी गान्तोक सिक्किम ।

    [२३]
    जनताको अमूल्य मतलाई खेर नफाल,
    देश विकास गर्नलाई कदम अघि चाल ।
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [२४]
    काम गर्ने हुन् कि दाम कमाउने हुन् थाहा छैन राजै
    भन्न सकिन्न  केही पनि  निश्चिन्त भइकन लौ आजै।
    🌑दीपक ठटाल जलन

    [२५]
    देश जोगाउँदै  दुष्टको फन्दाबाट गर विकास,
    जनता र देशको लागि सदैव खटिकन खास ।
    🌑सुरेशकुमार पान्डे।
    दाङ घोराही१८

    [२६]
    सोच अब बाँकी त्यही एउटा थियो आशाको नासो,
    बिश्वास  गरी  जिताएका छन्  नबनाउ  अरु  हाँसो ।
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया

    [२७]
    विकासको नाउँ दिई जनताको आँखा नछल्नू,
    बिग्रेको  अवस्था देखी  तपाईं कहिल्यै नगल्नू ।
    🌑कमला भट्टराई
    खोटाङ

    [२८]
    विकास गर्छु मैले भन्छन् माखो नै मर्दैन,
    जनता   जति   ताते  पनि  असर  पर्दैन।
    🌑सन्जना शर्मा
    दाङ लमही

    [२९]
    भष्ट्राचारको अन्त्य गरेर विकास गराउनोस्,
    कङ्गाल होइन  देशलाई  समृद्ध बनाउनोस् ।
    🌑मन्जु जोशी
    डिलासैनी बैतडी

    [३०]
    देशको मुहार फेर्नु भनी  दिएकाछौँ भोट,
    विकास  गर्नु  जनतालाई नदिनु  है चोट।
    🌑नवशिला
    बेलबारी-२, लालभित्ती,मोरङ।

    [३१]
    नेता बन्ने अधिकार पायौँ, दिएर जनताले भाेट,
    काम गरेर  देखाऊ ,नदेऊ   नागरिकलाई चाेट।
    🌑शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    [३२]
    विकल्पमा थिए कैयौँ  पाएनन् क्यारे  टिकट,
    यो देश  लुट्ने भ्रष्टाचारी  हुन्छन्  सधैँ निकट ।
    🌑सूर्यमणि रेग्मी 
    चितवन

    [३३]
    जनताको भोटमा नेताको रजाइ,
    भन न गर्छौ अब कसको भजाइ ?
    🌑रचना शर्मा प्रतीक्षा
    ललितपुर ।

    [३४]
    नोट लिएर भोट दियौ, घिच्यौ मेरो माम,
    जे मन लाग्छ त्यही गर्छु, छैन तेरो काम।
    🌑अजय कुमार झा

    [३५]
    आश्वासन त केवल बादलमा हराएको काग बन्ला,
    कुर्सी भाग लगाउँदै पाँच साल त हराई गयो भन्ला ।
    🌑रन्जना खड्का कुंवर
    हाल पोखरा पृथ्वीचोक

    [३६]
    झुठ्ठा आश्वासन र भाषण भुली, गर अब विकास,
    समृद्धि तर्फ  ध्यान दिएर,  देशलाई देऊ निकास !
    🌑रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !

    [३७]
    जनताले दिएको अभिभारा मनन् गर,
    आपसमा  लड्दै  समय  बर्बाद  नगर ।
    🌑नारायण कोइराला
    तानसेन,पाल्पा

    [३८]
    आफ्नै छातीमा हात राखेर सोचौँ, सही गर्‍यौँ कि गल्ती,
    परिवर्तन   होला कि  टिकाउलान्   उही  चलनचल्ती ।
    🌑राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [३९]
    उद्योगधन्दा कल-कारखाना उत्खनन् हुने खानी,
    विकासकाे नयाँ खाका काेर्दछौँ  गर्दैनाैँ बेइमानी ।
    🌑धन कुमारी रेग्मी
    भरतपुर चितवन

    [४०]
    जनतालाई  घात भयो  यहाँ बारबार,
    अब तिमी काम गरेर जन खुसी पार ।
    🌑तेजप्रसाद खनाल
    देउखुरी दाङ।

    [४१]
    नेताले नै बनाएका छन् जनतालाई  दास,
    काम होइन कुरा गर्छन् छैन तिनको आस
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [४२]
    जनताको काम भोट दिने र नेताको काम विकास,
    काम नगरे  अर्कोपटक दिन्छन्  जनताले निकास ।
    🌑निरु भट्ट
    सुर्नया,बैतडी

    [४३]
    काम हामी गरिहाल्छौँ, पिर नमान साथी,
    नातागोता र  झोले झाले  लिइकन माथि ।
    🌑मोहन भुजेल

    [४४]
    चुने युवा जनताले आज नयाँ अनुहार,
    भ्रष्टचार  निर्मूल  गरी देश लाउन  पार !
    🌑बिबस पारदर्शी
    भद्रपुर  झापा,

    [४५]
    भ्रष्टको बाटो त्यागेर सबै अगाडि सर्नुछ ,
    एकता भाव जगाइ सारा विकास गर्नुछ ।
    🌑आर्त अकुलीन
    कैलाली

    [४६]
    पाँच वर्षे  अवधि दिई  पठाएका छौँ हेर  विश्वास  गरेर,
    सुम्पेका छौँ देशको साँचो, आमूल परिवर्तन गर्छौ भनेर।
    🌑आशारानी श्रीस
    कालीगण्डकी -३ जयखानी गुल्मी।

    [४७]
    हाम्रो देश बिग्रेको हो भ्रष्ट डुलाएर,
    जितेपछि बस्न हुन्न नाक फुलाएर ।
    🌑प्रेम थापा “मन”

    [४८]
    गर्नेछु म देशकाे सबै, विकासका काम,
    जहाँ मेराे  निकास हुने, पाउँनेछु  दाम !
    🌑गाेपालकृष्ण डंगाेल
    काठमाडौं, हाल इटहरी

    [४९]
    देशमा अब केही परिवर्तन हुन्छ कि छ आस,
    झुक्याएर अरूले झैँ जनताको नतोड विश्वास ।
    🌑अस्मिता सापकोटा
    भरतपुर चितवन

    [५०]
    विश्वास   गरी  मत  दिए  पाँच  वर्षलाई  हेर,
    जनताकाे विश्वासलाई नफाल्नु है तिमी खेर।
    🌑मित्र उराठी गाैतम
    अमरपुर गुल्मी हाल तिलाेत्तमा न पा-२,रुपन्देही

    [५१]
    कुरा भन्दा काम गर्न युवा जुट्नुपर्छ,
    विकृति  र  विसङ्गतीलाई  चुट्नुपर्छ ।
    🌑कमला  देवकोटा
    पाल्पा

    [५२]
    भ्रष्टलाई भोट दिन्छन्  रकम खाइकन,
    विकास गर्छ भन्दै बस्छन् भर परिकन ।
    🌑डोटि के.आइ.सिंह 06 फलेडि

    [५३]
    कुरा होइन  नेता  अब  इमानदार  भई  काम  गर,
    सिधा सोझा जनताको मनमा नमेटिने विश्वास भर  ।
    🌑राजेन्द्र प्रधान ‘पासा’
    दार्जीलिङ, भारत ।

    [५४]
    तिम्रा पछि  खटिरहे जनता दिनरात,
    जीतको माला लगाएर नगर्नू है घात ।
    🌑कर्ण दयाल ‘सोराडी’
    मेलौली नगरपालिका ७ ,बैतडी

    [५५]
    खुलमखुल्ला टीका लाउनुस्  नभए नि एकान्त,
    दल   फेरिरहनेलाई   किन  चाहियो  सिद्धान्त ?
    🌑प्रल्हाद घिमिरे
    बनेपा_काभ्रेपलान्चोक

    [५६]
    सक्षमलाई नै सुम्पी दिनु बागडोरको साँचो,
    देशको मुहार फेर्नलाई युवाको नै छ खाँचो ।
    🌑बाबुराम गौतम
    गुल्मी

    [५७]
    जनतालाई  गफको  सट्टामा  खोजिरहेछन्  विकास,
    तिम्रो हातमा छ के, कसरी बन्ने? फलाम या कपास।
    🌑म्यामराज राई
    भोजपुर

    [५८]
    अनौठा  रहेछन्  जनता ! कति त  उस्तैलाई छाने,
    जानी बुझी आफ्नो भाग्यमा पुरानै बञ्चरोले हाने।
    🌑अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [५९]
    अब पालो तिम्रो आयो देश विकास गर्ने,
    नगर्नु  तिमी  अरू जस्तै  गोजी पेट भर्ने ।
    🌑दुर्गा आचार्य
    मोरङ

    [६०]
    पहिला   लिएर   देशकाे   नासाे,
    भन्छन् अहिले भयाे गला पासाे ।
    🌑केसर बाेहरा (सङ्घर्ष )
    सुदुरपश्चिम अछाम ।
    हाल भारतबाट ।

    [६१]
    जान्ने बुझ्नेले नदेउ भन्थे मत मलाई तर साेझाले दिए जानीजानी,
    पाँच वर्षलाई ढुक्क भैगाे, मुखले गर्ने काम, हातले गर्छु मनाेमानी ।
    🌑रामप्रसाद पुरी
    बादेल,खाेटाङ ।

    [६२]
    चुनाव  जितेपछि  संसद  भवन छिर्छौ,
    जनताको गुणको बदला कहिले तिर्छौ ?
    🌑रचना मोक्तान “यात्री”
    नमोबुध्द न. पा. ५ काभ्रे

    [६३]
    अग्रता चुम्दै कोही पुगे अगाडि,
    कामचोरलाई   पारेर   पछाडि ।
    🌑समंझना (कुसुम)

    [६४]
    नाती पुस्ता सक्षम भए, तिमी गर आराम,
    काजक्रिया नगर्लान् नि फेरि भए बदनाम  ।
    🌑शोभा गुरुङ
    नेपालगन्ज

    [६५]
    जित भयो भन्दैमा नमात्तिनु कमरेड, देशको लागि गर्नु छ काम,
    निष्ठापूर्वक होस् सधैंभरि सम्मान, देशको हितमा अघि बढ्दै जाम।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [६६]
    जिती गयाैै नेताहरू जनताले भाेट दिई,
    अब गाउँगाउँमा आउँनू सेवा भाव लिई ।
    🌑उर्मिला के.शी.
    धनकुटा

    [६७]
    आफ्नाे नाम लेखाउन त काम गरी देखाऊ
    उत्तम   काम  गरेर   अमर   नाम   लेखाऊ ।
    🌑शर्मिला खतिवडा
    विर्तामोड ,झापा

    [६८]
    आयौ कलाकार  कला देखाउन, काँधमा जोर मादल भिरेको,
    पाँच वर्ष पछि नहोस् फेरि, जुन जोगी आएपनि कानै चिरेको ।
    🌑यामनाथ आचार्य
    पर्वत

    [६९]
    कुरा होइन काम गराैँ  सुधार गरी बानी,
    पठाएका हुन् जनताले इमानदार मानी ।
    🌑सुस्मिता नेपाल
    सुनसरी

    [७०]
    जितेर   गएपछि   बिर्सनू    जिताउनेलाई
    माथि पठाउनू झाेला बाेकी पछ्याउनेलाई ।
    🌑टङ्कबहादुर अालेमगर
    त्रियुगा नगरपालिका -११ उदयपुर १ नम्बर प्रदेश

    [७१]
    देश बनाउने जिम्मेवारी सुम्पेका छौँ चट्ट,
    काम गरी  देखाएर  राख  इतिहास झट्ट ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [७२]
    के गर्ने के नगर्ने त्यो  हजुरकै छ हात,
    जनताको विश्वासलाई नहान्नु है लात ।
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [७३]
    भोट दियौ र जितायौ ए ! जन,
    अब विकासमा लाग्छ यो मन ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [७४]
    कसम खाऊँ विकास गर्ने राखी देश साछी,
    हाम्रो कर्तब्य पुरा गर्‍यौँ तिमी नबन्नू लाछी ।
    🌑पुष्पा सुवेदी
    नेपालगञ्ज बाँके

    [७५]
    जितिहालेंँ पाँच वर्षलाई, खान्छु म बसीबसी,
    भेडा जनता  बसिरहन्छन्, गाउँमै घुँडा धसी।
    🌑मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [७६]
    देशको साँचो सुम्पेपछि विश्वासमा नै बस,
    काम  चाहिँ बढी नै गर  नत्र खरानी  घस।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप:-सुनापति-१
    हाल:-अमेरिका,बोस्टन।

    [७७]
    गाउँगाउँमा  विकासकाे  नारा दिएर चुनाव  जिती सहर पसेँ,
    चुनावकाे खर्च  जुटाउने जाेखना हेरी कापी कलम लिई बसेँ ।
    🌑प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    [७८]
    आफैँ उठेर  दगुरेछ  गोठको त्यो बाछो,
    भ्यागुताको उफ्राइ मात्र तर छिटो माछो।
    🌑प्रदीप के रिमाल
    इटहरी, सुनसरी।

    [७९]
    भर्‍याङ  बन्न पठाएका हुन् आस्थाको नबिर्सनू नि यार,
    पार्टी  सिद्धान्त  भन्दै  मन  टुक्राए  झैँ  देश  टुक्रा  नपार ।
    🌑उमा दाहाल
    शुन्दर हरैचा १० मोरङ

    [८०]
    देश हाक्न आउनू युवा  संझी आफ्नै  गाउँ सहर,
    विदाइ गरी खेद्नु पर्‍यो बुढालाई आ-आफ्नो घर ।
    🌑बासुदेव पौडेल

    [८१]
    विकास भनेको पकाउँदै न पकाउने अहिलेको व्यवस्थाको यो भाँडो,
    अरू देश प्रगति गरी कहाँ पुगिसके हाम्रो चाहिँ कस्तो रहेछ ठाँडो !
    🌑पवन कुमार बुढाथेाकी
    काठमाण्डौ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ साप्ताहिक व्यङ्ग्यात्मक टुक्का लेखनको ६१औँ शृङ्खला शनिबार सम्पन्न

    साउदी अरबको रियादमा क्षेत्रमा भएको भयानक दुर्घटनामा ९ जनाको मृत्यु।

  • १२ मंसिर २०७९, सोमबार १०:२२ मा प्रकाशित
  • रियाद – रियादको वादी दवासिर क्षेत्रमा शुक्रबार भएको एउटा भयानक दुर्घटनामा एकै परिवारका सात सदस्य र एक फिलिपिनो कामदारसहित आठ साउदी नागरिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    दुर्घटना पष्ताच एउटा गाडीमा आगो लागेको र यात्रुहरुको जलेर मृत्यु भएको छ । उक्त गाडीमा एकै परिवारका आठ सदस्य र घरेलु कामदार सवार थिए । अल-रेन – वादी अल-दवासिर रोडमा अर्को गाडीसँग ठोक्किँदा गाडीमा आगलागी भएको थियो।

    साउदी गजेटका अनुसार मृतक परिवारमा बुवा, आमा र पाँच छोराछोरी रहेका छन् भने उनिहरु आभाबाट रियादको यात्रामा थिए । १३ वर्षीया बालिका उक्त परिवारको एक्ली बाँचेकी सदस्य थिइन्। जीएमसीमा परिवारका अन्य सदस्यसँगै यात्रा गरिरहेकी ति बालिका दुर्घटनाबाट चमत्कारी रूपमा जोगिएकी छन् । घाइतेहरूलाई वादी अल-दवासिर जनरल अस्पताल र रानिया जनरल अस्पतालमा भर्ना गरिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदी अरबको रियादमा क्षेत्रमा भएको भयानक दुर्घटनामा ९ जनाको मृत्यु।

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७९औँ भाग शनिबार सम्पन्न

  • १० मंसिर २०७९, शनिबार २१:२० मा प्रकाशित
  • काठमाण्डौँ, १० मङ्सिर । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७९औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    photo: social media

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    [१]
    दुनियाँ
    अनौठो विचित्र
    यथार्थ तस्बिरमा सचित्र !
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    लोभी
    धन कमाउन
    दौडधुप पैसा समाउन !
    🌑जमुना कायस्थ

    [३]
    पैसा
    मान्छेको अघि
    काल उसको पछि !
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [४]
    दौडान
    धनतिर जिन्दगी
    जिन्दगीको पछि काल !
    🌑अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [५]
    मानिस
    आफूलाई बिर्सिएर
    कुद्छ भौतिक अस्त्रमा !
    🌑गोपे दाजु
    पाँचथर ।

    [६]
    जिन्दगी
    धनको पछाडि
    काल जिन्दगीको पछाडि !
    🌑Singer bishal
    Kohalpur, banke

    [७]
    दाैलत
    सङ्ग्रहकाे जात्रा
    टुङ्गियाे जीवनको यात्रा !
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [८]
    मान्छे
    दौडिन्छ यत्रतत्रै
    पैसाकै लागि मात्रै !
    🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [९]
    अर्थ
    कमाउने दौडमा
    अन्त्यमा हुन्छ व्यर्थ !
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [१०]
    मानिस
    पहिचान खाेज्छ
    जन्मकाे कर्मसगै धनमा !
    🌑राेशन पराजुली
    धरान

    [११]
    मन
    अशान्त जन
    व्यर्थमा फाल्ने जीवन ।
    🌑भवानी घिमिरे
    सर्लाही ।

    [१२]
    बाँचुञ्जेल
    लोभ मोह
    गर्दै पैसाको जोहो !
    🌑तेजप्रसाद खनाल
    लमही दाङ।

    [१३]
    यथार्थ
    पैसाको लागी
    नफालौँ जीवन व्यर्थ!
    🌑रमा पन्त
    पाल्पा

    [१४]
    जिन्दगी
    जिउँन गाह्रो
    कालको सधैँ झटारो !
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया

    [१५]
    जिन्दगी
    मानिसको  विचित्र
    लाेभले सकिन्छ चरित्र ।
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५सङ्गम काेलाेनी भक्तपुर ।

    [१६]
    जीवन
    मोहको यात्रा
    संसारी माया विचित्र!
    🌑राजाराम रत्गैंया
    अमौरा कैलाली

    [१७]
    धन
    बुझेमा जिन्दगी
    बुझ्न नसकेमा काल !
    🌑आर्त अकुलीन
    कैलाली

    [१८]
    मान्छे
    पछ्याउँदै धन
    काल तत्पर झन !
    🌑सावित्री अधिकारी
    काठमाडौ

    [१९]
    विकृति
    धनकाे स्वीकृति
    गजबकाे याे प्रकृति !
    🌑नवराज भट्ट
    कञ्चनपुर

    [२०]
    काल
    आउँदैछ चाँडो,
    भरिन्न लोभको भाडो !
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [२१]
    जिन्दगी
    धनको लोभ
    सकिन्छ जीवनको यात्रा !
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [२२]
    धन
    जिउँन चाहिने
    नमरी सुख नपाइने !
    🌑मंगला आचार्य उपाध्याय
    बारा कलैया १

    [२३]
    हेमन्त
    कठाङ्ग्रिदै छ
    हातखुट्टा मन त
    🌑रसज्ञ छ्हरा

    [२४]
    दौडधुप
    धनसम्पत्तिको यात्रा
    पछिपछि कालको जात्रा
    🌑हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [२५]
    अनौठो
    अचम्म लाग्दो
    दृष्टि अघि बढ्ने !
    सविता के.सी.
    काठमाडौँ ।

    [२६]
    धन
    राजा रङ्क
    सबैमा  बज्ने  घन्ट !
    🌑कमला  देवकोटा,
    पाल्पा

    [२७]
    जिन्दगी
    लोभको भाँडो
    भाँसिएर ननिस्कने काँडो
    🌑अम्विका अधिकारी
    झापा

    [२८]
    धन
    दौडाउँछ जीवनभरि
    कालले पछ्याउँछ सधैँभरि !
    🌑नारायण कोइराला
    तानसेन,पाल्पा

    [२९]
    मान्छे
    धनकाे माेहमा
    सकिन्छ जीवनको यात्रा !
    🌑उर्मिला के.शी.
    धनकुटा

    [३०]
    मनुष्य
    धनको खोजीमा
    पुग्छ कालको गोजीमा !
    🌑ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।

    [३१]
    अर्थ
    जीवनको सङ्घर्ष
    लोभ लालच व्यर्थ ।
    🌑सरस्वती वली
    बर्दिया नेपाल

    [३२]
    जीवन
    अपुगको चित्र
    सुमार्गले बन्छ पवित्र !
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [३३]
    जीवन
    आवाश्यकता पैसाको
    कमाउने चरम इच्छा !
    🌑शारदा आचार्य
    ललितपुर !

    [३४]
    मानव
    पैसाको खोजीमा
    मृत्यु सबैभन्दा सत्य !
    🌑विक्रम तिरूवा सलिन
    जुम्ला

    [३५]
    महत्वाकाङ्क्षी
    आजीवन रनभुल्ल
    जीवनमा निरन्तर भागदाैड !
    🌑टीकाराम जाेशी
    टीकापुर।

    [३६]
    धन
    भरिन्न मन
    सकिन्छ सारा जीवन !
    🌑ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क, अर्घाखाँची ।

    [३७]
    समय
    जीवन सीमित
    तर धन असीमित !
    🌑राम बहादुर चौधरी
    जानकी ५, अमौरी, कैलाली, हाल -गोरखा।

    [३८]
    जिन्दगी
    पछ्याउँदै धन
    काल आयो लट्याउन !
    🌑धर्मी शाक्य
    बुटवल ,रुपन्देही ।

    [३९]
    मनाव
    पर्यायमा धनार्थी
    नेपथ्यमा भयानक अविनाशी ।
    🌑म्यामराज राई
    भोजपुर

    [४०]
    जिन्दगी
    पैसाको पछाडि
    काल पनि साथमा !
    🌑प्रदिप नेपाली
    बिहादी ५ उराम,पर्बत

    [४१]
    जीवन
    अनाैठाे हेर
    पैसापछि नलाग धेर !
    🌑शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    [४२]
    मनुष्य
    लोभमा बाँच्छ
    काल पछ्याउँदै नाँच्छ।
    🌑पशपती राई
    खोटाङ ।

    [४३]
    सम्पत्ति
    मानव जीवन
    लोभमा परेको विपत्ति !
    🌑खेमराज पुरी
    कैलाली

    [४४]
    जिन्दगी
    संघर्षको यात्रा
    सकिन्छ एकदिन अवश्य !
    🌑दुर्गा आचार्य
    मोरङ

    [४५]
    पैसा
    रहेन साथ
    कालले गर्‍यो अन्तर्घात !
    🌑संझना (कुसुम)

    [४६]
    जीवन
    खोज्दैछ धन
    कालले पछ्यादैछ झन !
    🌑चक्र बहादुर आलेमगर “लाफा”
    कैलाली

    [४७]
    चुनाव
    भ्रष्टलाई मात
    देशको निमित्त घात !
    🌑इमानसिंह राई
    आमचोक, भोजपुर

    [४८]
    मान्छे
    सधैँ लिप्त
    धनको लोभ प्रदिप्त !
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [४९]
    धन
    एकोहोरो मन
    जिन्दगीको निरस समापन !
    🌑तोया घिमिरे
    शंखमुल, काठमाडौ ।

    [५०]
    गन्तव्य
    धनको खोजी
    आखिर जीवन काल !
    🌑कविता आचार्य
    कैलाली

    [५१]
    धन
    लोभी मन
    मृत्यु यथार्थ जीवन !
    🌑सरस्वती श्रेष्ठ
    रूपन्देही बुट्वल ।

    [५२]
    जीवन
    प्रलोभनको घडा
    पुग्न नसकेको गन्तव्य !
    🌑कल्पना पहाडी , सिन्धुली

    [५३]
    धन
    भाग्छ भगाउँछ
    बित्छ यस्तैमा जीवन !
    🌑मंगला आचार्य उपाध्याय
    बारा कलैया १

    [५४]
    मानव
    दौडधुपको लहड
    मुस्किल धनको पकड !
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [५५]
    जिन्दगी
    बित्छ धनमा
    हरि भज मनमा !
    🌑इन्दिरा ज्ञवाली

    [५६]
    जीवन
    सुखकाे लालसा
    कुद्दै धनकाे पछि !
    🌑प्रद्युम्न चालिसे

    [५७]
    जिन्दगी
    सम्पत्तिको यात्रामा
    नभेटिकनै यात्रा खतम ।
    🌑केन्द्रप्रकश बराल
    इलाम ।

    [५८]
    मानव
    मृत्युको मुखसम्म
    असीमित धनकाे लाेभ !
    🌑श्रद्धा आचार्य
    पोखरा

    [५९]
    धन
    मान्छेको मन
    त्यतिमा सकिन्छ जोवन !
    🌑घनश्याम पौडेल,
    पोखरा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७९औँ भाग शनिबार सम्पन्न

    साउदीविरुद्ध पोल्याण्डको अग्रता

  • १० मंसिर २०७९, शनिबार २०:३१ मा प्रकाशित
  • पोल्याण्डले साउदी अरेबियाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । समूह सी अन्तरगतको खेलमा पोल्याण्डले ३९ औँ मिनेटमा गोल गरेको हो ।

    रोबर्ट लेवान्डोस्कीको पासमा पिटोर जेलिनिस्कीले गोल गर्दै अग्रता दिलाएका छन् । यअसघि पहिलो खेलमा पोल्याण्ड बराबरीमा रोकिएको थियो भने साउदीले अर्जेन्टिनालाई हराएको थियो ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on साउदीविरुद्ध पोल्याण्डको अग्रता

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६० औँ शृङ्खला शनिबार सम्पन्न

  • ९ मंसिर २०७९, शुक्रबार १०:५९ मा प्रकाशित
  • काठमाडौ, ३ कार्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६० औँ शृङ्खला मङ्सिर ३ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ७० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६० औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    बिन्ती मलाई जिताउनोस् सदा मन्त्री बन्न पाऊँ,
    मरेर जाँदा पनि चितामा तोप सलामी खाऊँ ।
    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    ढुक्क हुनु भोट तिमीलाई भयो नमर्दासम्म,
    बुढो ज्यान खङ्ग्रङ्ग सुकी नढलुन्जेल गर्लम्म ।
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    मत हाल्नुस् है उमेदवार छानेर,
    जनताका लागि मरिमेट्ने जानेर ।
    🌑राजकुमार कार्की

    [३]
    भाेट देउ मन्त्री बनाउ साेझा जनता तिमी,
    स्वर्गमा पनि लैजाउँ लाग्छ याे कुर्सी र जिमी।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।

    [४]
    कोही देख्दिनँ राम्रो नेता सबैमा छ खोट,
    जित होस् भन्दै घर-घरमा बाड्दैछन् नोट ।
    🌑सम्झना कुवर

    [५]
    आजसम्म जनताले पनि विचारै नगरी मत हालेर सांसद बनाए,
    के के नै गर्लान भनेको त तिनीहरूनै पैसामा आँखा गाडेर पो गनाए !
    🌑पवन कुमार बुढाथेाकी
    कठमांडैा

    [६]
    अब के नै गर्छौ सांसद बनेर,
    समय बित्छ मर्ने दिन गनेर ।
    🌑असिराम डंगौरा
    जोशीपुर कैलाली
    हाल भारत

    [७]
    ए मान्छे होइन मन बुझेर भोट राख्ने गर्नू,
    युवा हेर्नू दिन बितेका बुढाको भर नपर्नू ।

    🌑श्याम कंन्चन के.सी
    हाल साउदी बाट

    [८]
    हाम्रो यो मत हजुरलाई भो रक्सी मासु पैसा पायौ,
    हजुरजस्तो नेता पायौ जुनी भरको साइनो लायौ।
    🌑नवशिला।
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [९]
    युवाहरू विदेश जान फ्री टिकट झर्छ,
    जिताउ अझै फेरि पनि मैँ बुढोले गर्छ।
    🌑मनोज खत्री अछामी

    [१०]
    पार्टी फेरेरै भएनि मन्त्री बनिरा’छौ तिमी,
    यसपालिको निर्वाचनमा पार्छौँ ज्योति धिमी ।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप;सुनापति-१
    हाल:-अमेरिका,बोस्टन।

    [११]
    भोट दिदै मन्त्री बनाउँछौ, जनताकै हौ तिमी,
    स्वर्ग मर्त्य नै तिम्रै हो नेताज्यू ,सत्ता कुर्सी जिमी।
    🌑बेदु न्यौपाने
    काठमाडौ

    [१२]
    धेरै हसुर्‍यौ पापको घडा एकदिन अवश्य फुट्छ,
    मङ्सिर चारपछि जनतासँग तिम्रो सम्बन्ध टुट्छ ।
    🌑करन शाह

    [१३]
    मङ्सिर चारमा राम्रोलाई जिताउन सबै जनता जुट्छन्
    देशको मुहार फेर्न नयाँ युवाहरू आउछन् अरू छुट्छन् ।
    🌑कबिता भूजेल
    ह.तु.न.पा.१खोटाङ,

    [१४]
    विकासका एजेन्डा लिएर पहिलो काम थाल्नुपर्छ,
    स्पष्ट भिजन हजुरको भएमात्र भोट हाल्नुपर्छ।
    🌑पवन अधिकारी(~Pawan)
    ठेगाना : – खनार – ७ सुनसरी नेपाल (सिमरबोना)

    [१५]
    चुनाव चिन्ह रोजेर भोट हाली जिताउ मलाई,
    देश र जनता भाडमा जाओस् मेरो हुन्छ भलाइ ।
    🌑सुर्यमणी रेग्मी

    [१६]
    ढुक्क भएर बस्नु यो भोट बुढा खाडामा,
    मन्त्री भएरै मर्नु, चिता लिएर भाडामा ।
    🌑अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [१७]
    स्वर्ग नर्क जे भनेपनि तिम्रै काखमा छ भाइ,
    चितामा पनि राख्दिनु जनता ठगेको कमाइ ।
    🌑सुरेशकुमार पान्डे।
    दाङ घोराही१८

    [१८]
    नेतालाई भोट दिई नेता बनाउने यिनै जनता हुन् जुन,
    त्यही नेपाली जनता विदेश गई बगाउँछन् पसिना खुन ।
    🌑सरस्वती श्रेष्ठ
    इटहरी

    [१९]
    देउ न देउ भोट मलाई, जागिर म दिउँला,
    तिमी हामी दाजुभाइ भई पाँच वर्ष जिउँला।
    🌑एवाइ प्रभात
    धनकुटा, हाल मोर

    [२०]
    सांसद बनेपछि फेरि मन्त्री बन्ने मोह जाग्यो,
    मृत्युपर्यन्त पनि सम्मान गारद खाउँ लाग्यो ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [२१]
    पटकपटक भोट दिएर जितायौ,
    तिमीले हाम्रो सधैँ नै कुभको चितायौ ।
    🌑टीका खतिवडा
    इलाम

    [२२]
    मर्नु पर्दैन यार ठूलाबडाको घोती पछारी राख,
    कुर्सीलाई नै साध्य ठान, साधन जनतालाई मान ।
    🌑नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।

    [२३]
    विदेशीको रेमिटेन्स चाहिदैन भो आफ्नै देशमा कमाऊ,
    खनजोत गरी आफ्नै पाखो खेतबारी परिश्रम फलाऊ ।
    🌑आशा तामाङ

    [२४]
    नाेट दिन्छौ भाेट लिन्छाै लिने दिने कुरा,
    खाेट गए चाेट आए पाँच वर्ष पुरा ।
    🌑निरज कोइराला
    बेलका १, हालः इटहरी

    [२५]
    जिताउने अब त जनताको हातको कुरा,
    म नेताले चाहेर मात्रै यहाँ हुँदैन पूरा ।
    🌑साहित्य प्रेमी सलिन
    जुम्ला

    [२६]
    चितामा सलामी खानुभन्दा मरेपछि नि जिउनुपर्छ,
    दुनियाँको फाटेको मन अब विश्वासले सिउनुपर्छ ।
    🌑गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    [२७]
    हामी अमूल्य भोट दिन्छौँ तिमी त्यो मन्त्रीको पद खाऊ
    जनता गरिबीले मरे तिम्रो लास पैसाले जलाऊ
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [२८]
    बुझ म बाहेक अरू कोही नेपालमा छैन राम्रो हेर,
    नत्र त साम दाम दण्ड भेद बेहोर्नु पर्ला यतिखेर ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [२९]
    समाज सुधार्नलाई जिताऔँ जनता भोट हाली ,
    भ्रष्ट नेतालाई दिऔँ जनता तुच्छ श्राप र गाली ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [३०]
    जिताउनुस् हजुर चुनावमा म विकास गर्नेछु,
    जनताका समस्या पिरमर्का सबै आफैँ हर्नेछु ।
    🌑उर्मिला के.शी.
    धनकुटा

    [३१]
    मलाई जिताए जनता, तिमीलाई हेर्छु,
    सधैँ मन्त्री कुम्ल्याएर , खुशीको श्वास फेर्छु ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [३२]
    सोचाइ तपाईंको मात्र भएर कहाँ हुन्छ र, अब अरूको पालो,
    आशा गरी बित्यो पाँच वर्ष पाइएन खै फेर्न हामीले नयाँ टालो
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया

    [३३]
    जिताएकै हो तिमीलाई हरेक पल्ट, के चाहिँ गर्‍यौ ?
    हरेक पटक बरू तिमी हाम्रा नजरबाटै झर्‍यौ ।
    🌑राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [३४]
    बलियो, वीर मान्छे मन्त्री बनोस् पठाउँ चुनेर,
    विकासको बाढी ल्याउन सक्ने समुन्द्र थुनेर।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [३५]
    भोट जहिले पनि मलाई दिनु बरू,
    विकास चैँ न माग्नु पैसा लिनु अरू।
    🌑सन्जना शर्मा
    दाङ लमही ।

    [३६]
    धर्ती, जनता, देश तिम्रै हो, जे जो बन्नु छ बन,
    केही गरेनौ, अब राष्ट्र डुबाउने खाल्डो खन ।
    🌑रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल

    [३७]
    मलाई पठाए म बन्त्री बनौँला,
    म मर्दा नि सत्ता छ मेरो भनौँला ।
    ( छन्दःभुजङ्गप्रयात)
    🌑चूडा निर्भीक
    सिम्पानी गोरखा

    [३८]
    दु:ख पिडा जनताका हटाउँछु भन्थ्यौ जादा,
    लाज हरायो भ्रष्टहरू देश नै बेची खादा।
    🌑शान्ति पाल

    [३९]
    ढाँटे पनि बिन्ती मत देऊ मलाई,
    अरू छोडी आफ्नो नै गर्नुछ भलाइ।
    🌑राममणी जोशी

    [४०]
    रहर त गतिलै रै’छ जनताले के भोट देलान्,
    रुपियाँ चाहिँ थापी चुनावमा बरू हुर्मत लेलान्।
    🌑दीपक ठटाल जलन १९.११.२२

    [४१]
    नालापानीकाे लडाइँले आर्जेकाे यो मुलुक,
    नेपाल चिनाउने तिमीमा के छ त लौ भुक ।
    🌑रमा बेल्बासे
    कपिलवस्तु वाडगङ्गा बनगाइ

    [४२]
    जनताको सुख चैन लुट्ने छन् सारा हर्ष।
    लौ न जिताउनोस् आराम गर्छ पाँच वर्ष।
    🌑रतन बिष्ट
    आलिताल डडेल्धुरा

    [४३]
    चुनाव हुन्जेल जनताकै शरणमा पर्छु,
    जितेपछि त सम्पत्ति कमाएर खल्ती भर्छु।
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।

    [४४]
    मन्त्री सधैँ बनी तिमी, देशमा राज गर्ने,
    साेझा दुखी जनताहरू, अझैँ पछि पर्ने
    🌑शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    [४५]
    देश विकास गरौँ भन्ने कहिले आएन सुद्धी,
    सत्ता तिम्रो हातमा सुम्पने हाम्रो नै उल्टो बुद्धि ।
    🌑पुष्पा सुवेदी
    नेपालगञ्ज ४, बाँके ।

    [४६]
    खानुसम्म खायाै अझै देशै खाऊ हामी तिम्रै पूजा गर्छौं,
    तिमी जस्तो भक्षक नेता पछ्याउन नपाए हामी मर्छाैं ।
    🌑रामप्रसाद पुरी,बादेल,खाेटाङ
    हाल बु न पा ११,फूलबारी कुवा टाेल फ

    [४७]
    विकास गर्न खोजेकै हुँ काम गर्न विपक्षीले दिएन,
    आफ्नै विकास गरे राजनिती भन्दा अर्को बाटो थिएन ।
    🌑शंकर कार्की
    थाहा नगरपालिका मकवानपुर।

    [४८]
    भोट हाल्ने निर्णय गरेछन् साथीहरू, यसपल्ट बिना ढेवा।
    उसैलाई भोट दिई जिताउने, जसले गर्छ देशको सेवा।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [४९]
    इमान किन चाहियो ? सान र मान किन चाहियो ?
    चाहे मुलुक डुबेर जाओस्, आफ्नै दुनो सोझाइयो ।
    🌑रामप्रसाद बेल्बासे ‘एक्लो यात्री’
    शीतगङ्गा -५ , अर्घाखाँची
    हाल : बुद्धभूमि -३,कपिलवस्तु ।

    [५०]
    भोट दिई मलाई जिताउनोस् पुराई होस,
    देख्नु होला तपाईहरूले यो बुढाको जोस ।
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [५१]
    बिन्ती मलाई मतदान गर्नुहोस् लम्पसार पर्छु,
    सात पुस्तालाई पुग्ने गरी हजुर कमाई गर्छु।
    🌑मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार बिर्तामोड झापा

    [५२]
    मर्न लागेर चितामा जानेबेला पनि कति भोट भनेर कराउँछौ,
    कुनै आस नै नगर तिमी जस्तो नाजायजलाई त हामी हराउँछौ।
    🌑घनु भाट क्षेत्री
    शितगंगा १३ सिमलपानी, अर्घाखाँची

    [५३]
    अझै पनि पार्न खोज्छौ आफ्नै भागमा कवाब,
    कहिलेसम्म खेप्ने होला जनताले दबाब ?
    🌑बाबुराम गौतम
    गुल्मी

    [५४]
    हामीले नजिताए नि छौ संसद बन्न पाएकै,
    चोरबाटो अपनाएर छौ मन्त्री पद खाएकै ।
    🌑राज कुमार कार्की
    कटारी-१,उदयपुर

    [५५]
    विकासमा गतिछाडी लाज पचाएर माफी मागे,
    देश बेच्ने भ्रष्टचारी माला जप्दै मुख छोपी भागे ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [५६]
    मर्छु भन्ने लागेकै छैन, छु अमृत जल पिएको,
    कसोगरी हार्छु र मैले, छु खाममा दाम दिएको ।
    🌑मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [५७]
    मेराे मान, प्रतिष्ठा, सानसाैकत यहाँ कसैले नहिलाऊ,
    सरकार! स्वर्गमा पनि एउटा बैङ्कको व्यवस्था मिलाऊ।
    🌑मित्र उराठी गाैतम

    [५८]
    स्वर्गीय बाजे बज्यैले त हेर भाेट तिमीलाई दिने भन्छन्,
    ताेपकाे सलामी खाएर जाऊ उता सांसद बनाइरन्छ्न् ।
    🌑श्याम बिश्वकर्मा

    [५९]
    जित्न पाए खान पाउँथे दानापानी बसी,
    अर्कोपटक छाडी दिन्थेँ पुग्न थालेँ असी ।
    🌑रामकृष्ण दुवाडी

    [६०]
    चुनाव आउँदा मात्र देखिन्छन् गाउँमा नेता,
    त्यसपछि चिन्नै नसकिने लुगा फेर्छन् सेता ।
    🌑जीवन जैशी
    अछाम हाल कैलाली

    [६१]
    स्वार्थका वशमा परी देशमा कालाे कर्तुत अति गरे,
    बच्न बिन्ती-भाउँ गरी जन शरणमा निर्लज्ज भै झरे ।
    🌑प्रद्युम्न चालिसे

    [६२]
    सधैँभरि आफैँ खाउँ आफैँ मात्र लाउँ,
    अगाडिका बाटा पनि आफैँ हिड्न पाउँ।
    🌑दुर्गा आचार्य
    मोरङ

    [६३]
    सबैले चाहेको रुचाएकाे नेतृत्व खाेजाैँ,
    याे देशको औधी माया गर्ने सेवक राेजाैँ ।
    🌑शर्मिला खतिवडा
    विर्तामोड ,झापा ।

    [६४]
    जसरी हुन्छ भोट लिने,
    जनतालाई चाेट दिने ।
    🌑दुर्गा भट्टराई
    मोरङ

    [६५]
    हुन्छ आउनुस् अलि बढि अङ्गरक्षक ल्याउँनु,
    ताेप सलामी मात्र किन सके अरू नि भ्याउँनु ।
    🌑शान्ति याक्साे
    काठमाडौं ।

    [६६]
    चुनावताका मात्र तिमी घुम्छौ हात जोडी वरपर,
    राष्ट्रको विकास गर्छौ नै भन्ने रत्तिभर छैन भर ।
    🌑राजेन्द्र प्रधान ‘पासा’
    दार्जीलिङ, भारत ।

    [६७]
    भोट पाए मन्त्री भए कुकुरहरू मासुको थैलो भुँडी बढाए,
    आफ्ना छोराछोरी विदेशमा जनताका छोराछोरी मात्रै लडाए ।।
    🌑यामनाथ आचार्य
    पर्वत

    [६८]
    धोको छ जितेर फेरि मन्त्री बन्ने ,
    थाहै नदिई सुटुक्क जरा खन्ने !
    🌑बिबस पारदर्शी
    भद्रपुर झापा,

    [६९]
    केही गर्छौ भने तिमी हरेस नखाऊ,
    डुब्न लग्यो स्वदेश अब तिमी बचाऊ ।
    🌑कमला भट्टराई
    खोटाङ

    [७०]
    जित्यौ अब कोट फेर,
    पुग्छौ के जनतानेर ?
    🌑जनकराज भट्टराई

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६० औँ शृङ्खला शनिबार सम्पन्न

    एमाले महासचिव शङ्कर पोखरेलको हारले केपी ओलीको उत्तराधिकारीबारे उब्जाएका प्रश्न

  • ८ मंसिर २०७९, बिहीबार १८:१३ मा प्रकाशित
  • लुम्बिनी प्रदेशमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारी बन्ने प्रयासमा रहेका दुई नेता प्रतिनिधिसभा अन्तर्गत चुनावी प्रतिस्पर्धामा थिए। त्यसमध्ये एक एमाले महासचिव शङ्कर पोखरेलले बेहोरेको हारले एमालेको आन्तरिक राजनीति र भावी नेतृत्व दौडमा कस्तो असर पार्न सक्छ?

    कुनै पनि कम्युनिस्ट पार्टीमा महासचिवको पदलाई शक्तिशाली पदमा लिने परम्परा छ।

    अझ अघिल्लो सालको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले महासचिव बनाएका नेता शङ्कर पोखरेललाई उनको उत्तराधिकारीको रूपमा हेर्ने गरिएको थियो।

    तर प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दाङ क्षेत्र नम्बर दुईमा चुनाव लडिरहेका पोखरेल माओवादी केन्द्रकी नेतृ रेखा शर्माबाट पराजित भएका छन्।

    साँघुरो मतान्तरले भएको पोखरेलको हारले नेकपा एमालेको पुस्तान्तरण प्रभाव पार्नसक्ने विश्लेषकहरू बताउँछन्।

    ओलीपछिको नेता को?

    नेकपा एमालेको विधानको धारा ६४ मा राखिएको व्यवस्था अनुसार अहिले पार्टीको नेतृत्व सम्हालिरहेका कतिपय नेता आगामी महाधिवेशनबाट अवकाश लिने अवस्थामा पुग्नेछन्।

    पार्टी विधानको उक्त धारामा कुनै पनि पदमा दुई पटक रहन नपाउने र सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्य निर्वाचित वा मनोनीत हुन ७० वर्ष पूरा नभएको हुनुपर्ने उल्लेख छ।

    तर ७० वर्ष नहुँदै निर्वाचित भएको व्यक्तिलाई अर्को महाधिवेशन नहुन्जेलसम्मको आफ्नो कार्यकाल पू रा गर्न बाधा नपुग्ने विधानमा जनाइएको छ।

    अहिलेका एमालेका कैयौँ वरिष्ठ नेताहरू अबको चार वर्षपछि हुने महाधिवेशनअघि नै उमेरको उक्त समय सीमा नाघेका कारण कार्यकारी पदमा प्रतिस्पर्धा गर्नबाट वञ्चित हुनेछन्।

    माओवादी केन्द्रकी रेखा शर्मा एमाले महासचिव शङ्कर पोखरेल भन्दा झन्डै २ सय मत धेरै ल्याएर विजयी भएकी हुन्

    यस्तोमा अहिले पार्टीका महासचिव रहेका ५९ वर्षिय शङ्कर पोखरेल र ६२ वर्षको उमेरमा हिँडिरहेका उपाध्यक्ष विष्णु पौडेलबिच भावी नेतृत्वका लागि प्रतिस्पर्धा हुने धेरैले ठान्दै आएका थिए।

    आफ्नो गृह नगर दाङको क्षेत्र नम्बर दुईमा डेढ सय मतभन्दा केही बढीले माओवादी केन्द्रकी उम्मेद्वार पूर्व मन्त्री रेखा शर्मासँग महासचिव पोखरेल पराजित भएपछि त्यसले नेकपा एमालेको पुस्तान्तरणबारे पनि सवाल उब्जाएको कतिपय विश्लेषकहरू बताउँछन्।

    एक जना वामपन्थी विश्लेषक झलक सुवेदी नेपाली कांग्रेसका दुवै महामन्त्रीहरूले जितिरहँदा एमालेका महासचिवको पराजयले साङ्केतिक अर्थ राख्ने बताउँछन्।

    उनले भने, “मेरो विचारमा नेपाली कांग्रेसमा पुस्ता हस्तान्तरणको एउटा सहज सोपान तयार भयो। शेरबहादुर देउवाहरू पछि को भन्दा अब गगन (थापा), विश्व प्रकाश (शर्मा) र प्रदीप (पौडेल) भन्ने एउटा प्रस्ट नेतृत्व देखियो।”

    उनले थपे, “नेकपा एमालेमा ओली (केपी शर्मा ओली) ले जिते। तर उनीपछि त्यहाँ नेतृत्व गर्ने को हो भन्दा, विष्णु पौडेलले जित्लान्, पृथ्वी सुब्बा गुरुङले जिते तर पार्टीकै महासचिवले हारिसकेपछि ठ्याक्कै नेतृत्वको बारेमा प्रश्न उठ्न सक्छ।”

    उनले एउटा चुनाव हार्दैमा पोखरेलको नेतृत्व क्षमतामाथि प्रश्न उठ्ने वा दलभित्रको आन्तरिक राजनीतिमा ठूलो प्रभाव नपर्ने नभएपनि त्यसले आकर्षण कम बनाउन सक्ने टिप्पणी गरे।

    नेतृत्वको आकाङ्क्षाबारे पोखरेलले के भनेका थिए?

    महासचिव पोखरेलले चुनावअघि बीबीसीलाई दिएको अन्तरवार्तामा एमाले सामूहिक नेतृत्वमा चल्ने पार्टी भएकाले आफ्नो आकाङ्क्षा भन्दा पनि चुनावी परिणामलाई प्राथमिकतामा राखेको बताएका थिए।

    उनको भनाइ थियो, ‘यति बेला मुलुकको राजनीतिमा पार्टीको नेतृत्वकारी भूमिकाको खोजी हामीले गरिरहेका छौं। यो सामूहिक प्रयासको खोजी हो। कुनै व्यक्तिको कुरा होइन।”

    उनले भनेका थिए, “म अहिले राष्ट्रिय राजनीतिको विषयलाई केन्द्रमा राखिरहेको छु। पार्टीको आन्तरिक विषय अहिले चर्चाको विषय होइन।”

    लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री रहेका पोखरेलको प्रतिस्पर्धामा त्यही प्रदेशका एमाले नेता एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल रहेका छन्।

    अध्यक्ष केपी शर्मा ओली सहजै निर्वाचित भएपनि कैयौँ वरिष्ठ नेताहरूले कठिन चुनौती बेहोरिरहेका छन्

    जारी मतगणनामा रुपन्देही क्षेत्र नम्बर दुईमा पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले कडा चुनौती दिइरहेका छन्।

    एक हजार भन्दा कम मतान्तरले पौडेल अघि छन्।

    बीबीसीसँग कुरा गर्दै ६२ वर्षका पौडेलले दलको नेतृत्वमा आफ्नो स्वाभाविक दाबी रहने बताएका थिए।

    महासचिव पोखरेलसँग नेतृत्वका लागि तपाईँको प्रतिस्पर्धा हुन्छ कि हुँदैन भन्ने बीबीसीको प्रश्नमा उनले भनेका थिए, “त्यो भोलिको विषय हो अहिले छलफल गर्नुपर्ने विषय नै होइन।”

    को हुन सक्छन् भावी नेता?

    एमालेका अध्यक्ष केपी ओली ७० वर्ष पुगिसकेका छन्। विधान अनुसार उनले फेरि पार्टीको नेतृत्व गर्ने सम्भावना छैन।

    कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित भएका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ६८ वर्ष पुगिसकेका छन्।

    इलाममा आफ्ना प्रतिस्पर्धीबाट चुनौती सामना गरे पनि मतगणनामा केही अघि रहेका अर्का उपाध्यक्ष सुवास नेम्वाङ पनि उमेरका कारण नेतृत्व दौडमा रहने छैनन्।

    अहिले ६४ वर्ष पुगेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ यो चुनावमा विजयी भएका छन्।

    अर्का उपमहासचिव प्रदीप ज्ञवाली र उनका कांग्रेसका प्रतिस्पर्धी चन्द्र भण्डारीबिच कडा प्रतिस्पर्धा चलिरहेको छ।

    एमालेका तीन जना सचिव टोपबहादुर रायमाझी, गोकर्ण विष्ट र योगेश भट्टराईले चुनाव जितेका छन्।

    पार्टी नेतृत्वमा पुग्न विभिन्न परिस्थितिहरूले भूमिका खेल्ने बताएका विश्लेषक सुवेदी संसद्मा भूमिका खेल्ने नेताहरू सजिलै चिनिने ठान्छन्।

    उनले भने, “विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ वामपन्थी एकताको लागि जोड दिइरहेका नेताहरू हुन्। माधव नेपाल र प्रचण्डहरू पनि दबावमा छन्। ती दुई नेताको भूमिका बलशाली रह्यो भने पार्टी एकता वा वाममोर्चाको पक्षमा दबाव पनि सृजना होला। त्यस्तो भयो भने उनीहरूलाई नेतृत्वदायी भूमिकामा देखाउँछ भन्ने अनुमान गर्छु।”

    यस पटकको चुनावमा ओली निकट मानिएका नेता राजन भट्टराईदेखि भानुभक्त ढकालसम्म पराजित भएका छन्।

    खासगरी माओवादी केन्द्रसँगको एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी गठन भएका बेला उत्पन्न विवादमा खेलेका भूमिकाका कारण सुवेदी जस्ता केही विज्ञले एमालेका दोस्रो पुस्ताका कतिपय अनुहारहरू अहिले नै पार्टी नेतृत्वको लागि तयार नभइसकेको ठान्ने गरेका छन्।
    बिबिसीबाट

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on एमाले महासचिव शङ्कर पोखरेलको हारले केपी ओलीको उत्तराधिकारीबारे उब्जाएका प्रश्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७८औँ भाग शनिबार सम्पन्न

  • ८ मंसिर २०७९, बिहीबार १३:५१ मा प्रकाशित
  • काठमाण्डौँ, ०३ मङ्सिर । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७८औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    photo: social media

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    [१]
    नेता
    ढोगेर खुट्टा
    माग्दै अमूल्य भोट !
    🌑संझना कुसुम

    [२]
    नाटकिय
    भोट बटुल्न
    नेता पाउमा लम्पसार !
    🌑उर्मिला पन्त पाण्डेय

    [३]
    लम्पसारवाद
    नाेट पाउमा
    भविष्य जुवाकाे दाउमा ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [४]
    नाटक
    देखाउँछन चटक
    भोट माग्ने घटक।
    🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [५]
    सिपालु
    नकचरो नेता
    जिताई पठायो पिरालु !
    🌑पशपती राई
    खोटाङ

    [६]
    तमासा
    लाटोकोसेरो हेर्दैछ
    कुकुर दङ्ग पर्दैछ !
    🌑सविता के.सी.
    काठमाडौँ ।

    [७]
    लम्पसार
    नोटको कारोबार
    भोटमा पुर्‍याउनु हेरविचार !
    🌑अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [८]
    चुनाब
    अघि छोड्दैनन्
    चुनाव जितेपछि चिन्दैनन् !
    🌑रमा पन्त
    पाल्पा

    [९]
    कुचाल
    स्वार्थमा ढोग
    मतदाताको जहिले बिजोग।
    🌑म्यामराज राई
    भोजपुर।

    [१०]
    लम्पसार
    चुनावको बेला
    बुझेनन् हातको ठेला !
    🌑कृष्ण जोशी
    मेरिल्याण्ड अमेरिका

    [११]
    भाेट
    खुट्टा ढाेग
    बाँकी सबै नाेट !
    🌑नवराज भट्ट
    कञ्चनपुर

    [१२]
    आदरलाई
    लम्पसार नभन
    मत किनेको नठान ।
    🌑नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।

    [१३]
    उम्मेदवार
    चुनावमा लम्पसार
    चुनावपछि उहीँ अहङ्कार !
    🌑ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क, अर्घाखाँची ।

    [१४]
    गरिबी
    पेटको सवाल
    देखाउँदै रुपैयाँको रवाफ !
    🌑हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [१५]
    नेता
    घरघर पुगे
    जनताको पाउ परे !
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [१६]
    कुकुर
    ईमानदार हुन्छ
    लम्पसारवाद स्वार्थी हुन्छ !
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५सङ्गम काेलाेनी भक्तपुर ।

    [१७]
    आदत
    अनौठाे विमारी
    लाजसरम पचाउने खेल !
    🌑राेशन पराजुली
    धरान

    [१८]
    चुनाव
    नेताको लम्पसार
    पाँच वर्षमा एकपटक !
    🌑घनश्याम पौडेल
    गौरीगंगा नगरपालिका -९ कैलाली

    [१९]
    भोट
    माग्दै कुकुर
    जितेपछि हुनेछ लापत्ता ।
    🌑डुक ‘विवश’
    भारत,दार्जीलिङ

    [२०]
    चुनाव
    गरिबलाई तनाव
    राष्ट्रको सम्पत्ति सखाप !
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया

    [२१]
    चुनाव
    नेताको नाटक
    विवश गरिब जनता !
    🌑राजाराम रत्गैंया
    अमौरा कैलाली।

    [२२]
    चुनाव
    क्षणिक अनौठो
    स्वार्थ भित्रको मुखुण्डो ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [२३]
    चुनाव
    आउँदा आउँछन्
    नाटक गर्नेहरू देशैभरि !
    🌑नरेन्द्रबहादुर क्षेत्री
    बुटवल।

    [२४]
    नेता
    चुनावमा ढोग
    जितेपछि लात्तीले ठोक !
    🌑सलिन
    जुम्ला

    [२५]
    कुकुर
    सबैको रक्षक
    मानव नियति भक्षक !
    🌑आर्त अकुलीन
    कैलाली

    [२६]
    अपवित्र
    मानसिक दरिद्रता
    नेपाली नेताको चरित्र ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [२७]
    चुनाव
    लाजको पसारो
    जनताका आँखामा छारो !
    🌑श्रीकृष्ण शर्मा
    पोखरा

    [२८]
    लम्पसार
    चुनावमा प्यार
    चुनाव सकिए सिंहदरवार
    🌑घनश्याम पौडेल
    पोखरा

    [२९]
    नेता
    पाउमा नोट
    गद्धारलाई नदिऊ भोट !
    🌑कमला देवकोटा
    पाल्पा

    [३०]
    नेता
    त्यस्तो मान्ने
    जान्ने व्यक्तिलाई छान्ने !
    🌑बुद्धिप्रसाद लामिछाने
    कैलाली

    [३१]
    श्वान
    भुकाइ, उलुक
    उँगाइ ,नेताको झुकाइ।
    🌑महानन्द भट्ट
    कंचनपुर ।

    [३२]
    भाेट
    पैसा लिने
    असललाई राेजेर दिने।
    🌑सौन्दर्य शाक्य
    तानसेन, पाल्पा

    [३३]
    चुनाव
    पैसाको चलखेल
    इमानजमान सबै हराएको!
    🌑बिमला पोखरेल
    अर्घाखाची

    [३४]
    आज
    नोटको खेल
    भोलि दु:खको भेल।
    🌑राम बहादुर चौधरी
    गोरखा।

    [३५]
    स्वार्थको
    भेटी पाउमा
    ढुकुटी लुट्ने दाउमा !
    🌑हिरालाल खनाल
    काठमाडौँ

    [३६]
    सिंहदरबार
    आज लम्पसार
    भोलि बन्छ सरदार ।
    🌑दुर्गा भमरकोटे ।

    [३७]
    उल्लु
    तीनजना मान्छे
    हेर्दै विषालु सर्पलाई !
    🌑युगल

    [३८]
    नौटङ्की
    स्वार्थमा ढोग
    चुनावमा माग्नलाई भोट !
    🌑सरस्वती वली
    बर्दिया नेपाल

    [३९]
    मतदान
    यसपालि मलाई
    लौन हजुर नछुटाई !
    🌑चक्र आलेमगर “लाफा”
    कैलाली

    [४०]
    नेता
    कुर्सीको लागि
    फ्याँक्न तयार पैसा !
    🌑प्रदिप नेपाली
    बिहादी ५ उराम,पर्बत

    [४१]
    सरकार
    तिमीलाई धिक्कार
    जनता कुपोषणको सिकार !
    🌑मंगला उपाध्याय

    [४२]
    नेता
    निर्वाचनमा झुक्ने
    विजय पश्चात् भुक्ने ।
    🌑त्रिलोक रामदाम
    भैरहवा~८ ,रुपन्देही !

    [४३]
    नेता
    आज लम्पसार
    चुनाव सकिएपछि लापत्ता !
    🌑धनमाया चौधरी
    कैलाली सुगौली

    [४४]
    चुनाव
    नाटक धेरै
    पैसामा मत बिक्री !
    🌑रमेश प्रभात
    चितवन

    [४५]
    चुनाव
    नाटकको रंगमञ्च
    गोही सबै लम्पसार !
    🌑गोपे दाजु
    पाँचथर ।

    [४६]
    भरोसा
    पसारेर पैसा
    जिताउ मलाई हरहमेसा!
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [४७]
    लालच
    स्वार्थको खेती
    पिठ्युँमा छुरा प्रहार !
    🌑शारदा आचार्य
    ललितपुर !

    [४८]
    चुनाव
    ज्यादै महत्वपूर्ण
    भाेट माग्न लम्पसार ।
    🌑प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [४९]
    भरोसा
    पैसाको बिटोमा
    जनता फसे जुठोमा !
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [५०]
    झुकेको
    भोट किन्न
    पैसा छरी खिन्न।
    🌑जमुना कायस्थ
    पोखरा

    [५१]
    लम्पसार
    नाेटकाे विटाे
    भाेट फकाउँने बाहाना !
    🌑भावना मञ्जु
    माेरङ

    [५२]
    सांसद
    लम्पसार परेर
    चुनावमा भोट माग्नुपर्ने !
    🌑खेमराज पुरी
    कैलाली

    [५३]
    अचम्म
    नेताको चाल
    बुढाबुढी भएको बेहाल ।
    🌑धर्मी शाक्य
    बुटवल ,रुपन्देही ।

    [५४]
    चरणमा
    चढाएर नोट
    चुनावी नौटङ्की शरणमा !
    🌑बद्री पोखरेल

    [५५]
    चुनावी
    माहोल हुन्छ
    कि नोटको खेल !
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [५६]
    चुनावी
    हातमा परीक्षा
    माग्दै नोटमा शिक्षा !!
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [५७]
    नोटले
    चुनावी माहोल
    देखियो बिछट्टै रौनक ।
    🌑सरस्वती श्रेष्ठ
    इटहरी

    [५८]
    मानिस
    स्वार्थको पोका
    पाइला पाइलामा धोका !
    🌑कविता आचार्य, कैलाली

    [५९]
    चमत्कार
    चुनावमा लम्पसार
    चुनावपछि हिटलरी व्यवहार !
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७८औँ भाग शनिबार सम्पन्न

    उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

  • ७ मंसिर २०७९, बुधबार १७:१४ मा प्रकाशित
  • १
    समर्पण
    आफूलाई अर्पण
    मेरो आफ्नै दर्पण !

    २
    साथ
    स्वार्थीको हात
    मीठा मुलायम बात !

    ३
    स्थिति
    भएको समय
    नाजुक देशको स्थिति !

    ४
    घाती
    मीठा बात
    व्वाँसोको जस्तो छाती !

    ५
    तोड्नु
    छुटाउने कार्य
    बलीमा बोकाको शिर !

    ६
    नाजुक
    कमजोर स्थिति
    समयले निम्त्याएको परिस्थिति !

    ७
    ज्ञान
    मनमा भान
    आफैँले स्थिति जान !

    ८
    प्रवचन
    ज्ञानका कुरा
    व्यवहारमा धारिलो छुरा !

    ९
    धुर्त
    स्यालका बात
    नदिनु त्यसलाई साथ !

    १०
    स्थिर
    अटल अचल
    मनलाई पार्नु धिर !

    ११
    श्रीखण्ड
    वास्नादार काठ
    खुर्पामा बिँड राख !

    १२
    परिचय
    चिनजानका कार्य
    आफ्नो व्यवहार नियाल !

    १३
    घात
    उल्टो प्रतिघात
    बेइमानीको हुन्न साथ !

    १४
    लोभी
    चाहिने स्वभाव
    इज्जत पानीको फोका !

    १५
    सिफारिस
    अर्कालाई अह्रायो
    आफ्नो परिचय हरायो !

    १६
    मौन
    नबोली बस्यो
    परिस्थिति खरानी धस्यो !

    • सविता केसी, काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

    कुवेतमा कल्पना राईको निधन

  • ७ मंसिर २०७९, बुधबार १६:५५ मा प्रकाशित
  • बैदेशिक रोजगारीको शिलशिलामा कुवेत आएकी कल्पना राईको मृत्यु भएको छ खोटाङ् जिल्ला आइसेलुखाराक ५ फुर्सेकी कल्पना राईले नोभेम्बर १६ तारिख आत्महत्या गरेको बुझिएको छ । घरेलु कामदारको रुपमा कार्यरत पासपोर्ट नम्बर १०६८४८०५ रहेकी मृतक राईको परिवारलाई सम्पर्कमा आउँन नेपाली दुताबास कुवेतका दुर्तीय सचिब श्रीकृष्ण सिलवालले आग्रह गर्नु भएको छ।

    केकारणले उनले आत्महात्या गरिन भन्ने बारेमा खुल्न सकेको छैन । मृतकको परिवार सम्पर्कमा आए पश्चात मृतक राईको सब नेपाल पठाउने प्रक्रिया अघि बढ्ने हुदा यदि कुवेतमा कार्यरत खोटाङ्ग जिल्लाबासी कसैलाई मृतक राईको बारेमा जानकारी र परिवारसँग चिनजान भएमा नेपाली दुतावास कुवेतमा सम्पर्क गराईदिनु हुन् समेत नेपाली दुतावासले अनुरोध गरेको छ ।

    साभार: निरेम डटकम बाट

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on कुवेतमा कल्पना राईको निधन

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खलाको १९ औँ भाग सम्पन्न

  • ७ मंसिर २०७९, बुधबार ०६:५६ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग १९ [उन्नाइसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    ======================
    सम पञ्चाङ्गसंरचना
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    अक्षर सङ्ख्या:- प्रत्येक हरफमा अक्षर बराबरी हुनु पर्नेछ ।

    अनुप्रास :-भोट, नोट, रोट, चोट, खोट, पोट, बोट, लोट, ओट, आदि ।

    स्थायी :-आफूखुसी
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————-

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ?
    —————- ———————–

    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————
    समपञ्चाङ्ग

    आज खुलेर बोल्छु घण्टीमा भोट दिनुपर्छ [०१]
    भ्रष्टलाई   पाखा   लगाएर  चोट  दिनुपर्छ [०२]
    ——————————–
    तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।

    चुनावले निर्णय दिन सके देश बन्ने हाे [०३]
    ——————————————

    १,२,३का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ । ————————————
    जाडो आउँदै छ बुढालाई कोट दिनुपर्छ [०४]
    वृद्ध नेता सबैलाई खेल्न  पोट दिनुपर्छ [०५]

    माथिको १,२,३,४,५ लाइनको मर्मलाई पूर्णता दिन बाँकी १२३४५ ले खुल्नुपर्छ । —————————————- उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । १ र २ मा जस्तै हुनुपर्छ ।
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    आफू शुद्ध बनी अरूलाई खोट दिनुपर्छ [०६]
    बिस्तारै चोट दिँदै फिरीमा ओट दिनुपर्छ [०७]

    आठौँ लाइनले माथिको ६ र ७ लाई विस्तार गर्नुपर्छ।
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    मौन सत्रमा प्रचार भन्दा पैसा बाँड्दै गयौ [०८]

    ६,७ र ८ का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ ।
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    प्रतिघातीलाई मिलेर नै छोट दिनुपर्छ [०९]
    जितेर गोरखनाथलाई  रोट दिनु पर्छ [१०] ————————————– उदाहरण सम पञ्चाङ्ग ०१

    आज खुलेर बोल्छु घण्टीमा भोट दिनु पर्छ [०१]
    भ्रष्टलाई  पाखा   लगाई  चोट     दिनु पर्छ [०२]
    चुनावले  निर्णय  दिन  सके  देश   बन्ने हाे [०३]
    जाडो  आउँदै छ  बुढालाई  कोट दिनु पर्छ [०४]
    वृद्ध  नेता  सबैलाई  खेल्न  पोट  दिनुपर्छ [०५]

    आफू  शुद्ध  बनी  अरूलाई खोट दिनुपर्छ [०६]
    बिस्तारै  चोट  दिँदै  फिरीमा ओट दिनुपर्छ [०७]
    मौन  सत्रमा प्रचार भन्दा पैसा बाँड्दै गयौ [०८]
    प्रतिघातीलाई  मिलेर  नै  छोट  दिनु   पर्छ [०९]
    जितेर    गोरखनाथलाई   रोट   दिनु  पर्छ [१०] 

    सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग तथा सम पञ्चाङ्गहरू
    ~~~~~~~~~~~~~~~~~~

    सम पञ्चाङ्ग   [०१]

    आज खुलेर बोल्छु घण्टीमा भोट दिनु पर्छ ।
    भ्रष्टलाई  पाखा   लगाई  चोट     दिनु पर्छ ।
    चुनावले  निर्णय  दिन  सके  देश   बन्ने हाे ,
    जाडो  आउँदै छ  बुढालाई  कोट दिनु पर्छ ।
    वृद्ध  नेता  सबैलाई  खेल्न  पोट  दिनुपर्छ ।

    आफू  शुद्ध  बनी  अरूलाई खोट दिनुपर्छ ।
    बिस्तारै  चोट  दिँदै  फिरीमा ओट दिनुपर्छ ।
    मौन  सत्रमा प्रचार भन्दा पैसा बाँड्दै गयौ ,
    प्रतिघातीलाई  मिलेर  नै  छोट  दिनु   पर्छ ।
    जितेर    गोरखनाथलाई   रोट   दिनु  पर्छ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    सम पञ्चाङ्ग   [०२]

    असल नेतालाई छानीछानी भोट दिने हो ।
    अक्षम नेतालाई यसपालि चोट दिने हो ।
    वयोवृद्ध भएका मान्छे हो धर्म–कर्म गर ,
    माघै काट्न नसक्नेहरूलाई कोट दिने हो ।
    देश हाँक्ने युवालाई फूलको बोट दिने हो ।
    नेता होइन जनतालाई पो खोट दिने हो ।
    कलो खाई भोट दिनेको गला घोटदिने हो ।
    अब नबुझ्ने जनताले कहिले होला बुझ्ने ,
    भोलि यही देश बेच्नेले आज नोट दिने हो ।
    चोर नेतालाई झन् किन मिठो रोट दिने हो ?

    ✍️श्रीकृष्ण शर्मा,  पोखरा ।
    ~~~~~~~~~~~~~~~~~~~~

    सम पञ्चाङ्ग   [०३]

    प्रेममा लागेको खोट सम्झेको छु ।
    मायाले दिएको चोट सम्झेको छु ।
    सिरसिर हावा मनमा शीतल,
    वर र पीपल बोट सम्झेको छु ।
    चौतारीको न्यानो कोट सम्झेको छु ।

    गुलाफको सौम्य बोट सम्झेको छु ।
    मायाले दिएको कोट सम्झेको छु ।
    पिरतीमा घात गरेको तिमीले,
    मुटुको वेदना चोट सम्झेको छु ।
    के होला भनेर खोट सम्झेको छु ।

    पञ्चाङ्ग

    बाबा आमाको केश राम्रो लाग्छ ।
    सुन्दर परिवेश राम्रो लाग्छ ।
    उकाली, ओराली, लेक र बेसी
    मलाई मेरो देश राम्रो लाग्छ ।
    शान्त सुन्दर शेष राम्रो लाग्छ ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ~~~~~~~~~~~~~~~~

    सम पञ्चाङ्ग   [०४]

    जाडोको समय आएको लगाउन कोट चाहिन्छ।
    देशको भविष्य उज्ज्वल बनाउन भोट चाहिन्छ।
    चुनाव आउँदा मात्र गाउँ गाउँ जाने होइन,
    सधैँ आउने बनाउन एउटा बोट चाहिन्छ।
    सबैको विश्वासिलो बन्नको लागि ओट चाहिन्छ।

    भविष्य निर्माण गर्न सबैले भोट दिनु पर्छ।
    हाम्रोलाई होइन राम्रोलाई नोट दिनु पर्छ।
    विश्वास गर्ने कुनै नै आधार नभएको हुँदा,
    आफ्नोलाई आफ्नैबाट सधैँ नै खोट दिनु पर्छ।
    पाँच वर्षमा दिएको भोटले चोट दिनुपर्छ ।

    ✍️सुशीला पौडेल, नेपाल ।
    ~~~~~~~~~~~~~~~~~~

    समपञ्चाङ्ग   [०५]

    दाताले देश विकासका लागि सदुपयोग खालको भोट देओस्।
    मतदानले जिती उसले विकास भर्न समावेशी नोट देओस्।
    युवापिँढी पो छान्नुपर्छ अब ढल्केवर पर्दा पछाडि राखेर ,
    नाङ्गा आङ चिसोमा कठ्याङ्ग्रिएको हेर्दा  बास सहित कोट देओस्।
    भोटले भोकको लागि जमिन सहितका नै बीउका बोट देओस् ।

    हाँसीहाँसी सजिलै समस्याका समाधान गरि  विना खोट देओस् ।
    बेरोजी राखे जनता सबैलाई कि दिन काट्ने खेल पोट देओस् ।
    कि जनशक्तिको  भरपूर  उपयोग  गरि गाउँ-गाउँ  विकास,
    आँउदोमा त नठानेर फेरि जनताले मिलिजुली चोट देओस्।
    एक्लैले हुँदैन  ती धनी, गरिब, मजदुर सबका ओट देओस् ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
    ~~~~~~~~~~~~~~~~~

    समपञ्चाङ्ग   [०६]

    जनताले आफ्नो अमुल्य भोट दिए,
    पछि फल मिल्छ भनेर बोट दिए,
    बदलामा जनतालाई धोका भयो,
    त्यही भोटले हजार चोट दिए।
    त्यतिले मात्रै नपुगेर खोट दिए।

    जनताले नै उसलाई कोट दिए।
    माथी माथी जानलाई अठोट दिए।
    जनतालाई भने अल्मल्याइ रहे,
    भुलाउनको लागि सधैं पोट दिए।
    अम्मली पो बनाउन चुरोट दिए।

    ✍️पशपती राई, खोटाङ ।
    ~~~~~~~~~~~~~~~~~~~

    सम पञ्चाङ्ग [०७]

    लाएको त्यो प्रेमलाई खोट दियौ।
    सोझासाझा महिलामा चोट दियौ।
    तिमी त साह्रै वैमनस्य रहेछौ,
    नजान्ने मा गएर त्यो लोट दियौ।
    कसैको स्वार्थमा गयौ ओट दियौ।

    स्वार्थी भएर  गयौ र भोट दियौ।
    आसा राखिएकोमा चैँ चोट दियौ।
    तिम्रो यो स्वार्थवाद कहिले सम्म,
    अरुलाई नै गएर ओट दियौ।
    सारै नै नराम्रो गरि खोट दियौ।

    ✍️बेदु न्यौपाने, काठमाडौ ।
    ~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [०८]

    सत्ता पोट  भए  जित अवश्य ।
    धन्दा खोट भए जित अवश्य ।
    भोटमा गुण्डागर्दी चल्छ सधैँ ,
    खोट  चोट भए जित अवश्य ।
    नोटै  नोट  भए जित अवश्य ।

    गुणनिधि घिमिरे, अमेरिका ।
    ~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग [०९]

    नेताहरूले चुनावमा जित्छन् नोट लगाएर।
    माखो मार्ने कोही छैनन् के गर्ने खोट लगाएर।
    दलाली मात्रै पालन पोषण हुन्छन् यो देशमा,
    गरीब माथी हुन्छ दुख साह्रै चोट लगाएर।
    पैसा फल्छ रे यहाँ  रूपैयाँको बोट लगाएर।

    शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१०]
    १•
    नोटसँग  भोट   साट्नु, महापाप हुन्छ हेर।
    आज हाँसे पनि भोलि,अभिश्राप हुन्छ हेर।
    जानी जानी बन्चरोको,चोट किन सहने हो,
    नत्र   भ्रष्टचारीको  नै, फलिफाप हुन्छ हेर।
    सानो गल्ती गरे देखि,पश्चाताप हुन्छ हेर।
    २•
    जनताको मनभित्र बस्नेलाई भोट दियौं।
    सॅधैभरि छलछाम  गर्नेलाई  चोट दियौं।
    जनताले गर्नु गरे अब पालो नेताजीको,
    मतदाता न्यायमूर्ति बनी कालो कोट दियौॅ।
    सॅधैभरि जोगाउनू नोट फल्ने बोट दियौॅ।
    ३•
    यो पालीको चुनावमा अठोट गरियो।
    हाम्रा छोडी राम्रालाई छनोट गरियो।
    जनताको चाहनालाई टाढा राखेर,
    अन्यत्रीका कुरा मात्र सपोर्ट गरियो।
    जो चाहिन्छ त्यसैलाई बचोट गरियो।
    घनश्याम पौडेल,पोखरा

    ✍️घनश्याम पौडेल, पोखरा ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [११]

    मान्छे चिनेर जिताउँ आफ्ना  नहेरौँ अब।
    सहि सोचेर अगाडी जाउँ पाटी नफेरौँ अब।
    जोड् घटाउ जति गर उहीँ  भेटियो नतिजा ,
    नोट थुपारे  पनि  अरूको कुरा नटेरौँ अब।
    देश बनाउँ आफैँ नराम्रा कुरा नखेरौँ अब।

    ✍️शन्जना शर्मा, दाङ लमही ।
    ~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१२]

    थोरै राहत मिलेको थियो पुल बनेको देखेर।
    छिन भर आशा हरायो बाढीले खनेको देखेर।
    अब फेरि भेलमै हेलिनु पर्ने भयो जनताले,
    सुबिधा छैन पछुतो लाग्छ कर गनेको देखेर।
    बन्छ फेरि भ‍ोट देउ रे नेताले भनेको देखेर।

    ✍️दुर्गा रिजाल आचार्य, मोरङ ।
    ~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१३]

    यहाँ मान्छेकाे भाग्य बदल्ने नाेट रहेछ ।
    कस्ताे नेता छान्ने हाे त्याे सबै भाेट रहेछ ।
    जनता साेझासाझा पत्याउँछन् रे चाँडै नै,
    तर नेताहरूकाे मनमा खाेट रहेछ ।
    जनताले सधैँ खानु पर्ने चाेट रहेछ ।

              ✍️ नवराज भट्ट
         महेन्द्रनगर, कञ्चनपुर ।
    ~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग  [१४]

    असल नेता छान्नलाई चुक्नु त भएन कोही
    भोट दिन नगइकन रुक्नु त भएन कोही
    विकासको नारा कहिल्यै पुरा गर्दैनन् थाहा छ
    प्रलोभनमा परेर नि झुक्नु त भएन कोही
    अन्याय गर्नेलाई कान फुक्नु त भईन कोही

    ✍️अम्विका अधिकारी, झापा विर्तामोड ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१५]

    हाम्रालाई होइन  राम्रालाई  भोट दिनुपर्छ ।
    हामी  मिलेर भ्रस्टाचारलाई चोट दिनुपर्छ ।
    राखेर युवा पर्दा पछाडि   विजय हुँदैन नै ,
    जाडोको समय छ वृद्धलाई कोट दिनुपर्छ ।
    पालो बनाएर   नसक्नेलाई छोट‌ दिनुपर्छ ।

    ✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹
    ~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग  [१६]

    भोट दिएर चोट  पाएका  जनता हामी।
    भात दिएर ढिडो खाएका जनता हामी।
    खै कसलाई के  दिने  दोधारे भयो मन,
    कोट दिएर भोटो लाएका जनता हामी।
    नोट दिएर  रोट  चाहेका  जनता हामी।

    ✍️मन्दिरा सेढाई, मलेखु,धादिङ ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१७]

    पांच घन्टाको पैदल हिंडेर खसाल्यौं भोट हामी।
    चिसोले लागेन निन्द्रा र फर्कियौँ बिना रोट हामी।
    थिए  सिथिल जोश  अहिले  मतदातामा  थिएन,
    उम्मेदवारमा नै जित्ने  सधैँभरी देख्छौँ होट हामी।
    गर्ने कसैले केही होइन चिन्ता देख्छौँ नोट हामी।

    ✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
    ~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग[१८]

    जनताले जतिपल्ट भोट दिए।
    यी नेताले त्यतिपल्ट चोट दिए।
    देश लुटे जनता लुटे नाङ्गो पारे,
    झोले चम्चे भ्रष्टलाई नोट दिए।
    बुझे पछि जनताले खोट दिए !

    ✍️बिबस पारदर्शी, भद्रपुर  झापा ।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग [१९]

    जनताको  मर्म  बुझ्दैन  नोट  खानेले।
    बिनाकारण नोट खान्छ भोट खानेले।
    सत्तामा पुग्न  जनताकै  बलि चढ्दैछ,
    केही  गर्दैनन्  ईश्वरको  रोट   खानेले।
    कसरी  चरित्र बुझ्ने हो   खोट खानेले।

    ✍️जनुका गौतम , काठमाडौं ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२०]

    राम्रो नेता छानी सबैले भाेट दिनुपर्छ ।
    अक्षम घुस्याहालाइ खाेट दिनुपर्छ ।
    जनताका पिरमार्का नबुझेपछी यहाँ ,
    सबै  जनता मिली धेरै चाेट दिनुपर्छ ।
    अन्याय गर्ने पापीलाइ छाेट दिनुपर्छ ।

    ✍️उर्मिला के.शी., धनकुटा ।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२१]

    मनपरेको  मान्छेले  खोट लाउँदैन,
    मीठो  बोलीवचनले  चोट लाउँदैन।
    शंका गर्ने बानीले गर्न सक्दछ हानी ,
    हृदयमा  फुल्छ  फूल बोट लाउँदैन,
    मजाले गुड्छ जीवन अोट लाउँदैन।

    ✍️होम प्रसाद नेउपाने, धरान सुनसरी ।
    ~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२२]
    [०१]
    असल व्यक्तिलाई छानेर भोट दिनुपर्छ ।
    भ्रष्टाचारी नेता त सारेर खोट दिनुपर्छ ।
    जनताको पिडा नबुझ्ने नेता के काम यहाँ ,
    अब सबै जनता मिलेर  चोट दिनुपर्छ ।
    यी अत्याचारीलाई हामीले छोट दिनुपर्छ ।
    [०२[
    सुन्दर बगैँचामा बोट हुनुपर्छ ।
    आराम गर्न यहाँ  नोट हुनुपर्छ ।
    जीवन गुजार्न  कहाँ सजिलो छ र,
    गर्छु भन्न  मनमा  अठोट हुनुपर्छ ।
    योग्य व्यक्ति छान्न त भोट हुनुपर्छ ।

    ✍️दुर्गा भट्टराई,  बिराटनगर ।
    ~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२३]

    हराभरा    हुनलाई   बोट चाहिन्छ ।
    कारोबार    चलाउन नोट चाहिन्छ ।
    यो कुरा   बुझी मनैमा राख्नु हजुर,
    जिवन  जिउन  त अठोट चाहिन्छ ।
    चर्चित  हुन असली खोट चाहिन्छ ।

    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२४]

    चुनावको मासु खाए भोट पनि लाए ।
    कतिले त  थोरै-थोरै पैसा  पनि पाए ।
    फटाहा हो भन्ने कुरो जानीजानी पनि ,
    भेडाले नै भोट हाले पछि ती नै आए ।
    भोट हाल्नेले नै कठै! ठुलो खाए।

    ✍️दस्ता कौशिक, पाँचथर।
    ~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२५]

    जाडोमा तातो कोट चाहिएको छ।
    बुवाको लागि पोट चाहिएको छ।
    चिसोको बेला तातो चीज चाहिने,
    वृद्धलाई त खोट चाहिएको छ।
    युवाहरुमा बोट चाहिएको छ।

    ✍️ह्यारिसन ह्यारिश, काठमाडौं ।

    पञ्चाङ्ग   [२६]
    १
    दिल भित्र लागेको खाेट याद आउँछ।
    आफन्तले दिएकाे चाेट याद आउँछ।
    यस्तै नै  रहेछ  जिन्दगी  भनि समालेँ,
    उही  राताे  फूलकाे बाेट  याद आउँछ।
    जाडाे जाडाे माैसम काेट याद आउँछ।
    २
    हाम्रोलाई हाेइन है राम्रोलाई भाेट दिनु पर्छ।
    भनेका पनि हुन् जेल उनलाई चाेट दिनु पर्छ।
    असल देशप्रेमी भए पछि राम्रो नै गर्नु हाेस,
    अन्य अनि अत्याचार गर्नेलाइ खाेट दिनु पर्छ।
    गरिब दुखीलाइ जाडो याममा काेट दिनु पर्छ।

    ✍️सहयात्री शाेभा अर्याल
           रुपन्देही १४ बुटवल
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    सम पञ्चाङ  [२७]

    भुलौला म कसरी मुटुमा लागेको चाेट उस्तै छ ।
    रुखमा चढाई फेद ढाल्न लागेको बोट उस्तै छ ।
    फुर्क्याएर  विश्वास  दिलाएर धुरी  माथी  पुगेँ ,
    तल खसाल्न लगाएको यो आरोप खोट उस्तै छ ।
    धोका दिने खालको त्यो अपराधी अठोट उस्तै छ ।

    चुनाव आयो जनताको आत्मा घाती भोट उस्तै छ ।
    भेडा बाख्रा जस्तै जनता ठानी  दिने नोट उस्तै छ ।
    परिणाम आउँछ अब छिटो भन्दा छिटो छ हेर्नु,
    धेरै  दाहुन हालेी  पकाए  नहुने राेट उस्तै  छ ।
    जति अड्कलेर ठिक बनाएको ओट उस्तै छ ।

    ✍️तारा घिमिरे सङ्खुवा सभा ।
    ~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२८]

    चुनाव गराउन टाडा धाइयो पनि।
    घर छोडेर सारै दुुःख पाइयो पनि।
    निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्नमा,
    मेसमा पकाएको खाना खाइयो पनि।
    समानुपातिकमा भोट लाइयो पनि।

    ✍️भगवती दवाडी ,झापा ।

    पञ्चाङ्ग   [२९]

    शुभ कामको पनि पहिलो  तात होस्
    आफ्नो आफ्नो सदैव सबैको जात होस्
    सबतिर  छन्  रे   नयाँ   सरकारको,
    गठनको  प्रस्ताव प्रस्ताव  बात  होस् ।
    विकासमा  नयाँ लहरको खात होस् ।

    ✍️सीता शर्मा, पन्थी बिरंगज ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खलाको १९ औँ भाग सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P