जैमिनी साहित्यिक मञ्च बागलुङ द्वारा हरेक मङ्गलबार सञ्चालन गरिने चित्रमा मुक्तक अभ्यास ५८औं शृङ्खला सम्पन्न🇳🇵 संरक्षक तथा सहजकर्ता -संस्थापक अध्यक्ष निर्मला सुबेदी सञ्चालक तथा संयोजक -संस्थापक सचिब प्रेम थापा
👉️मुक्तक 🇳🇵
आधा आकाश ढाक्नेलाई सहजताको खाँचो छ फैलिएको विकृति हटाउन सभ्यताको खाँचो छ बढ्दो महिला हिंसालाई रोक्न,दिनुपर्छ सचेतना बलियो राष्ट्र बनाउन परस्पर ममताको खाँचो छ ।
✍️प्रेम थापा “मन”🇳🇵
👉️मुक्तक 🇳🇵
सुख,दु:खमा साथ दिन्छिन् प्यारीले कम्ता नठान स्वर्गतुल्य हुन्छ घर छोरी र बुहारीले कम्ता नठान भन्छन् नारी बिनाको घर घरनै रहदैन बुझ राम्ररी , आधा आकाश ढाकेका छन् नारीले कम्ता नठान ।
✍️वसन्त अनुभव 🇳🇵 घोराही, दाङ
👉️मुक्तक 🇳🇵
समताका कुरा गर्छन् नारीलाई गल्छी पार्छन् स्वतन्त्रताका कुरा, पछाडिबाट बल्छी पार्छन् समान रूपमा बढ्ने अघि काम भाग लगाऊ बिहानदेखि घरको धन्दा गर्दा अल्छी पार्छन् ।
✍️सविता के.सी., काठमाडौँ ।🇳🇵
👉️मुक्तक 🇳🇵
नारी एकदिन माइत जाँदा पुरुष भोकै हुन्छ त बनाइ खानु भनी छोडेको सामल पोकै हुन्छ त आमा अब छोरालाई पनि पकाउन सिकाउनु है छोरीले गृहकार्य सकेर नि जुठोभाँडो धोकै हुन्छ त।
✍️पशपती राई खोटाङ ।🇳🇵
👉️मुक्तक 🇳🇵
महिला आरक्षणको व्यवस्था छ संविधानमा घरघरमा चाहिँ महिला हिंसा साँझ बिहानमा आवाज उठाउनु पर्छ परे तरवार चलाउनु पर्छ खोइ निर्मला को बोल्ने न्यायको अभियानमा?
✍️निर्मला सुवेदी,बागलुङ।🇳🇵
👉️मुक्तक 🇳🇵
कहिले देश कहिले परिवार देखेकी छिन् नारीले दुःख अनि पीडाको विरङना टेकेकी छिन् नारीले भगवानको वरदान हुन नारी सम्मान गर्नु पर्छ नी अरु खुसी बनाउन खुसी लखेटेकी छिन् नारीले । ✍️ हेमराज महरा क्षेत्री 🇳🇵 रोल्पा नगरपालिका ५ रोल्पा
👉️मुक्तक 🇳🇵
नारीको सम्मानमा केही गर फाईदा पुरुषलाई नै हुन्छ बराबरी ठानेर ज्योति छर फाईदा पुरुषलाई नै हुन्छ आधाशक्तिको रुपमा सम्मान गर्नुपर्छ हेला गरेर हैन है सफलतको फुल साथ छर फाईदा पुरुषलाई नै हुन्छ।
✍️अम्विका अधिकारी🇳🇵 झापा विर्तामोड ।
👉️मुक्तक 🇳🇵
सदैव रहोस् महान यो देश हाम्रो, संसारको दौडमा यो रेश हाम्रो, अरूको अगाडि नझुकोस् यो सान, धर्म, संस्कृति र भेष हाम्रो ।
✍️विशाल सिङ्गर🇳🇵
👉️मुक्तक 🇳🇵
यी पाखा पखेरामा चिच्याई कराई गर्व छ अनि रमाएकै छु आँटो,ढिंडो खाई गर्व छ यसरी नै मेरो पहिचान बिश्व सामु पस्किदै म नेपाली हुँ,नेपाली हुनुमा मलाई गर्व छ।
✍️प्रदिप नेपाली🇳🇵 बिहादी ५ उराम,पर्बत।
👉️मुक्तक 🇳🇵
असुर दैत्यलाई परास्त गर्ने दुर्गा रूप नारी छन् रूपमा मोहित दैत्य दुतलाई राम्रो सँग खारी छन् दस महिना गर्भ बोक्ने आमाको शक्ति सामर्थ्य नबुझेका पदका ठालु बाटो छेक्ने हकदारी छन् ।
✍️” जिज्ञासु ” पन्त 🇳🇵 लमजुङ । 👉️मुक्तक 🇳🇵
सानो सुन्दर घर सजाउन हिँडेको छु बगैँचा बिच फूल लगाउन हिँडेको छु चन्द्र सूर्य अङ्कित यो ध्वजा बोकेर, मेरो स्वाभिमान बचाउन हिँडेको छु ।
काठमाण्डौँ, १७ मङ्सिर । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८०औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
photo: social media
अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू
[१] अशक्त सशक्तको आशामा हुन्छ निर्भरता खोजिरहेको । 🌑होम प्रसाद धरान,सुनसरी ।
[२] अपाङ्ग फरक क्षमता नआक्नू दुर्बल सपाङ्ग ! 🌑वसन्त अनुभव घोराही, दाङ
[३] नियति सांसारिक विश्व बनाऊँ समान जगत। 🌑तेजप्रसाद खनाल लमही दाङ।
[४] समानता असमानताकाे युद्व एक एक साथ । 🌑राेशन पराजुली धरान।
[५] बाध्यता अपाङ्गता नियति अघि बढ्दै जीवन । 🌑महानन्द भट्ट कंचनपुर ।
[६] मानव अपाङ्ग, सपाङ्ग सेवा प्रमुख अङ्ग । 🌑म्यामराज राई भोजपुर
[७] अध्यक्ष वडाकाे राजा जनताको कर खाजा ! 🌑बिपी खनाल
[८] अपाङ्गता साेचाैँ समानता सम्मान अनि मानवता । 🌑ताराप्रसाद चापागाईँ धुनिबेसी
[९] दिवस उत्साह मनको नौलो आशाको किरण ! 🌑अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा
[१०] अपाङ्गता फरक क्षमता आफ्नो गन्तव्यमा निरन्तरता । 🌑भवानी घिमिरे सर्लाही ।
मलेसियाको सेरेम्बानमा रहेको एक रेष्टुरेन्टमा दुई नेपाली सुरक्षगार्डको हत्या भएको छ । डिसेम्बर ३ तारिख अर्थात शनिबार दिउँसो मलेसियाको राजधानी क्लालालम्पुरबाट करिब ६५ किलोमिटर दक्षिणमा पर्ने सेरेम्बानमा रहेको एक रेष्टुरेन्ट परिसरमा हथौडाले हानेर उनीहरुको हत्या गरिएको अवस्थामा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मलेसियाको सरकारी सञ्चारमाध्यम बेर्नामाले उल्लेख गरेकोे छ ।
मृतक सुरक्षागार्डहरुको अनुहारमा धेरै वटा चोट लागेको बताइएको छ । रगत जमेका कारण अनुहारमा लागेका चोट कालो भएको प्रहरीले बताएको छ । सेरेम्बान प्रहरीका सहायक कमाण्डर नन्द मारोफले घटनाका बारेमा स्थानीय बासिन्दाबाट शनिबार साँझ पौने सात बजेतिर सूचना पाए लगत्तै घटनास्थलमा पुग्दा दुई जना मृत र एक जना जीवित गरी तीन जना नेपाली फेला परेको बताएका छन् ।
मृतकहरुको नाम र नेपालमा उनीहरुको ठेगाना खुलाइएको छैन । तर उनीहरु मलेसियामा सुरक्षागार्डको रुपमा काम गर्नेहरु भएको सुनिश्चित गरिएको प्रहरीले बताएको छ । मृतकहरुको उमेर ३५ वर्ष र ४६ वर्ष रहेको पनि अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ ।
मृतकहरुको शव एकअर्काबाट टाढै र फरक–फरक स्थानमा पाइएको भन्दै प्रहरीले फरेन्सिक जाँचपछि हत्याको उद्देश्य र अन्य विषय पत्ता लाग्ने बताएको छ । मलेसियाको प्रहरीले आक्रमणमा हथौडा प्रयोग भएको र उक्त हथौडा बरामद गरेको बताएको छ ।
मारोफका अनुसार जीवित फेला परेका नेपालीलाई नियन्त्रणमा राखिएको छ । घटनाको मलेसियाको दण्डसंहिताको धारा ३०२ अन्तर्गत अनुसन्धान भइरहेको छ । रेष्टुरेन्ट नजिकै रहेको सिसिटिभी भिडियो फुटेजबाट घटनाको कारण र पक्राउ परेका नेपालीको संलग्नता रहे/नरहेको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।
पञ्चाङ्ग चित्रपट भाग :- २० लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०७९/०८/१५ गते
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २०[बिसौं] चित्रपटमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
शुद्धीकरण ————– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना ——— अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजन ————-
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~~~~~~~~~~~~~~~~~ पञ्चाङ्ग चित्रपट [०१] [०१] के जाडाे के गर्मी सडककाे बास छ। हेर्नकाे लागि तस्बिर निकै खास छ। मानवता केवल अक्षरमा मात्र भाेकाे छ पेट सधैँ भिक्षाकाे आस छ। परिस्थिति नै राजनीतिकाे दास छ। [०२] कति डर लाग्दाे छ सडककाे जीवनमा। न्याय कता भाग्दाे छ सडककाे जीवनमा। भाेकाे पेट चिसाे भुईं आनन्दकाे निन्द्रा छ, पिडै पीडा दाग्दाे छ सडककाे जीवनमा। मानवता माग्दाे छ सडककाे जीवनमा।
💢सुशीला पौडेल
पञ्चाङ्ग [०२]
सधैँ भयो सडक माथि बास यो जिन्दगी । जिउनलाई छैन केही खास यो जिन्दगी । जिन्दगीको अर्थ नबुझ्दै आमा बित्नुभयो , कति बन्नु खै गरिबीकै दास यो जिन्दगी । बाँचेर नि भयो जिउँदो लास यो जिन्दगी ।
💢श्रीकृष्ण शर्मा, पोखरा।
पञ्चाङ्ग [०३]
भोको पेट लिएर भुइँमा सुत्नु परेको छ। हाम्रो पिर मर्का खै कसले बुझ्ने गरेको छ। दुःखी र गरिबीको जिन्दगी कसैको नहोस्, चिसोको कारण आँखाबाट आँसु झरेको छ। धनिले गरिबको खुसी जहिले हरेको छ।
💢ह्यारिसन ह्यारिस, काठमाडौं ।
पञ्चाङ्ग [०४]
हेर त यी बालक हरूको पाटी र बाटोको बास भो । भोको पेट थाकेको शरीर बाटैमा जिउँदो लास भो । के हुने हो ? जिन्दगीभर कठैबरा केही नै थाछैन , जिन्दगी केहो अर्थ नबुझ्दै बाटोमै बासको खास भो । बच्चामै ठगिएको जीवन पछि त कसैको दास भो ।
💢बेदु न्यौपाने,काठमाडौ ✍️
पञ्चाङ्ग [०५]
चिसो तातो सडकको नै बास हेर। हामी मरे कसलाई छ खास हेर। हिजो पनि यस्तै आज नि यस्तै भनु, कहिले फुस्लुक्क जान्छ र सास हेर। उठाउने कोही हुदैन लास हेर।
💢सुमित्रा पोखरेल, काठमाडौं ।
पञ्चाङ्ग [०६]
मेरो पनि रहर थियो आङ भरि लुगा भए कस्तो हुन्थ्यो, मात्र बिहान र बेलुका पेट भित्र खाना गए कस्तो हुन्थ्यो । गरिबी निवारणका नारा सिमित देखे आँशु थामिदैन, बरु जान्थ्यौँ हामी त बाल आश्रम कसैले लए कस्तो हुन्थ्यो , उद्दार गर देवता मान्छु भन्थे मनले जए कस्तो हुन्थ्यो ।
💢दुर्गा आचार्य , मोरङ ।
पञ्चाङ्ग [०७]
चिसो लाग्छ भोक लाग्छ,छैन कुनै सहारा, चिसोले बालख जाग्छ छैन कुनै सहारा यिनको चासो यो धर्तिमा,कसैलाई छैन पुरा गर्यो स्वार्थ भाग्छ, छैन कुनै सहारा लाज छोप्न वस्त्र माग्छ छैन कुनै सहारा।
💢सुरेशकुमार पाण्डे, दाङ घोराही १८ ।
पञ्चाङ्ग [०८]
सत्तामा बस्नेले पनि गरिबी हेरेका होलान्। गरिबी उन्मुलनको कानुन फेरेका होलान्। यस्तै हेर्न चाहन्छन् संधै लाज पचेकाहरु, पद,पैसाको लागि मात्र केही केरेका होलान्। बालबालिका माथि ठूलालाई टेरेका होलान्।
💢होम प्रसाद नेउपाने, धरान सुनसरी ।
पञ्चाङ्ग [०९]
कठै!को छ यिनका सहारा ढले सडकमै । चारैतिर झिलीमिली बत्ती बले सडकमै । जता बत्ती बलेपनि साथमा कोही नहुँदा, खाना छैन छामछुम माया गले सडकमै । घाम पानी शीत भोक प्यास छले सडकमै ।
💢जमुना आचार्य , सिन्धुपाल्चोक ।
पञ्चाङ्ग [१०]
बिचरा बालक सडक पेटिमा ढलेका छन् । खाना छैन पेटको भोकले कति गलेका छन् । सरकार छ तर दु:खि गरिबको छ कहाँ , शक्ति छैन साहारा बिना कसरी पलेका छन् । बच्चाकै लागी आमाबाबु काममा चलेका छन् ।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।
पन्चाङ्ग [११]
हामीलाई पनि बस्नकाे लागि घर भए हुन्थ्याे । राम्राे खान लाउँन त कसैकाे भर भए हुन्थ्याे । सडक पेटी बेवारिसे टहरा हाे हाम्राे बास , बिज्याईँ गर्ने थिएनाै कसैकाे डर भए हुन्थ्याे । समाजमा चिनिन हाम्रो पनि थर भए हुन्थ्याे ।
💢उर्मिला के.शी., धनकुटा ।
पञ्चाङ्ग [१२]
छहरा दिने काे हाेला यहाँ ? पहरा दिने काे हाेला यहाँ ? दैवकाे छ भर जीवनमा , टहरा दिने काे हाेला यहाँ ? सहरा दिने काे हाेला यहाँ ?
💢भवानी घिमिरे, सर्लाही ।
पञ्चाङ्ग [१३]
आफन्तैले यहां खोइरो खनेको छ । अघि मुख फर्काई ठिक्क बनेको छ । बोकेर हिन्छन् नाना भांती कुराहरु, मेरो अघि तिमी असल भनेको छ । बर्बाद गर्ने दिन बस्दै गनेको छ ।
💢सरिता सेढाइ, चरौदी धादिङ ।
पञ्चाङ्ग [१४]
सरकारले माया गर्दै बेर्न सकेन । भबिष्य बच्चाको नेताले हेर्न सकेन । जनताले चुनाव जिताएर जाने भए , नयाँ नियम कागजमा केर्न सकेन । मायाले बच्चाको मुहार फेर्न सकेन ।
💢कला ढकाल, झापा ।
पञ्चाङ्ग [१५]
बजेट बच्चाको लागि पारेन यहाँ । नीति नियम कहिले बारेन यहाँ । कागजमा मात्रै नियम बन्यो हेर , दु:ख बालबालिकाको टारेन यहाँ। सरकारले ठाउँमा सारेन यहाँ।
💢जानुका गौतम, काठमाडौं ।
पञ्चाङ्ग-१६
उही धर्तीमा कोही दास उही मान्छे । कोही भने कसैको खास उही मान्छे। मुखले समानता फलाक्न नछाड्ने, उठाउँदैन कोही लास उही मान्छे। यथार्थमा दिदैन बास उही मान्छे। पशपती राई खोटाङ
काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे छलफल भएको छ । आज दिउँसो चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको बैठकमा यस्तो छलफल भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
बैठकपछि कुराकानी गर्दै महराले बर्तमान गठबन्धन छोड्ने निर्णय नगरेको तर सबै विकल्प खुला राख्ने निर्णय भएको बताउनुभयो । ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन,’ उहाँले भन्नुभयो, ‘अन्य विकल्प पनि खुल्ला राख्ने निर्णय भएको छ ।’
एमालेसँग पनि मिलेर सरकार बनाउने विकल्प खुल्ला राख्नु भएको हो भन्ने प्रश्नमा महराले भन्नुभयो, ‘सबै विकल्प खुल्ला छ, तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय हामीले गरेका छैनौं ।’
बैठकमा चुनावी नतिजाबारे भने प्रारम्भिक छलफल भएको थियो । अपेक्षा गरेजस्तो नजिता नआएको निष्कर्षमा बैठक पुगेको महराले बताउनुभयो।
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग २० [बिसौँ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०८/१२ गते समय :- साँझ ८ बजे ………………………………………… प्रशिक्षक:- ——- गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अनुप्रास :- खाली बाली ढाली पाली नाली दाली चाली हाली फाली टाली जाली आदि
स्थायी :-गरायौ
पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————-
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- ———————–
पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ । उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ——————————— समपञ्चाङ्ग
सम्बन्ध पवित्र थियो खाली गरायौ [०१] बलियो घर चुहुने पाली गरायौ [०२] ——————————– तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।
निष्ठुरीको दिलमा बस्ने बास छैन [०३] ——————————————
१,२,३का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ । ———————————— आफू सभ्य मलाई त जाली गरायौ[०४] भोजन भएनी रित्तो थाली गरायौ [०५]
माथिको १,२,३,४,५ लाइनको मर्मलाई पूर्णता दिन बाँकी १२३४५ ले खुल्नुपर्छ । —————————————- उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । १ र २ मा जस्तै हुनुपर्छ । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
आठौँ लाइनले माथिको ६ र ७ लाई विस्तार गर्नुपर्छ। ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
नत ओत नत पोत भयो जिन्दगी [०८]
६,७ र ८ का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
पानी छेक्नलाई अझै आलि गरायौ[०९] काम सकिएपछी त नाली गरायौ[१०] ————————————– उदाहरण सम पञ्चाङ्ग ०१
सम्बन्ध पवित्र थियो खाली गरायौ [०१] बलियो घर चुहुने पाली गरायौ [०२] निष्ठुरीको दिलमा बस्ने बास छैन [०३] आफू सभ्य मलाई त जाली गरायौ[०४] भोजन भएनी रित्तो थाली गरायौ [०५]
नोकर जस्तै कुरुवा माली गरायौ [०६] खेत जोत्ने हलीलाई फाली गरायौ [०७] नत ओत नत पोत भयो जिन्दगी [०८] पानी छेक्नलाई अझै आलि गरायौ[०९] काम सकिएपछि त नाली गरायौ[१०]
✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली “ —————————-
पञ्चाङ्ग तथा समपञ्चाङ्गहरू:-
समपञ्चाङ्ग [१]
सम्बन्ध पवित्र थियो खाली गरायौ । बलियो घर चुहुने पाली गरायौ । निष्ठुरीको दिलमा बस्ने बास छैन , आफू सभ्य मलाई त जाली गरायौ । भोजन भएनी रित्तो थाली गरायौ ।
नोकर जस्तै कुरुवा माली गरायौ । खेत जोत्ने हलीलाई फाली गरायौ । नत ओत नत पोत भयो जिन्दगी , पानी छेक्नलाई अझै आलि गरायौ । काम सकिएपछि त नाली गरायौ ।
✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली “ पाल्पा हाल बर्दिया । ~~~~~~~~~~~~~~~~~~~~~~~
समपञ्चाङ्ग [०२]
गयौ उजाड यो सिउदो खाली बनाएर । दुनियाँको नजर देखि गाली बनाएर । साथ नदिने भएत किन रोज्यौ पहिले, समाजमा तिरस्कारको ताली बनाएर। भत्किएको घर नजिक पाली बनाएर ।
गयौं भाँचिएको रुखको डाली बनाएर । नसुहाउँने त्यो ओठको लाली बनाएर । यस्तो होला भन्नेत सोचेको थिएन मैले, हितैसी मेरो साथीलाई साली बनाएर । नभएको त्यो आरोपमा जाली बनाएर ।
✍️तारा घिमिरे, सङ्खुवा सभा । ~~~~~~~~~~~~~~~~~~~
समपञ्चाङ्ग [०३]
यो दिलको माझ पनि खाली गरायौ। भित्रभित्रै त्यो आत्मसात जाली गरायौ। के गल्तीको सजाय भोग्न दिदै छौ आज, सुन्दर जीवन जिएँथेँ नाली गरायौ। सबैको आँखाको अगाडि ताली गरायौ।
मलाई तिमीले गर्दा त्यो काली गरायौ। हिजोआजको दिनदिनै शाली गरायौ। तिम्रो मनको भाषामा त बुझ्न सकिन, आजभोलि हुँदाहुँदै त पाली गरायौ। रुख काट्ने औजार जस्तो फाली गरायौ।
समपञ्चाङ्ग [०४] [०१] हिजो यो जिन्दगीको आफू माली गरायौ । फेरि आज मेरै सिउँदो खाली गरायौ । भर काट्नु थियो भने के माया गरेको , दुःख आँसु बग्ने मलाई नाली गरायौ । असिनाले चुटेको धान बाली गरायौ ।
फल सबै लुटेर खाली डाली गरायौ । बिगार्यौ खरको चुहिने पाली गरायौ । लायौ बाली जोतेर खेत खायौ तिमीले , मलाई त व्यर्थै फलामे फाली गरायौ । आफू उम्क्यौ दोष लाएर जाली गरायौ । [०२] किसानको हातमा ठेला देखियो । मलमाथि नेताको खेला देखियो । यहाँ हरेक दिन गाईजात्रा हुन्छ , संसद्मा अचम्मको मेला देखियो । नेता सबै विदेशी चेला देखियो ।
जताततै चोरको भेला देखियो । यो देशको ढुकुटी रेला देखियो । लासको राजनीति गर्नेबाटै नै, सहिदको नाममा हेला देखियो । अब देश सँच्चिने बेला देखियो ।
✍️श्रीकृष्ण शर्मा पोखरा । ~~~~~~~~~~~~~~~~~~~~~~~~
समपञ्चाङ्ग [०५]
दिल भरिएको थियो खाली गरायौँ । ऋण बोक्यौँ घर बेच्यौँ पाली गरायौँ । कर्मले किन हो यस्तो खेल खेल्दै छ, समाजमा मलाई पो जाली गरायौँ । खान अन्न छैन खाली थाली गरायौँ ।
सम्बन्ध फोहोर फाल्ने नाली गरायौँ मेरो श्रम कमाउने बाली गरायौँ। तिमी बाट सहाराको के आश गर्नु? दल दले हिलो छेउँ आली गरायौँ। सधैँको पहरेदार माली गरायौँ ।
✍️दुर्गा आचार्य,मोरङ । ~~~~~~~~~~~~~~~~~~~~~~
समापञ्चाङ्ग [०६]
पहिले उब्जाउ दिइरहने बाली गरायाै । काम सकियाे अनि तिमीलेत खाली गरायाै। याे संसार पनि कस्तो हुँदाेरहेछ बिचित्र, स्वार्थी भयाै छाेड्याै सबैसामु जाली गरायाै। धर्ती फाेर्न नसक्ने कुँडीएकाे फाली गरायाै।
✍️उर्मिला के.शी., धनकुटा । ~~~~~~~~~~~~~~~~~~~~~~~~~~
समपञ्चाङ्ग [०७]
दिलको ढोका खुल्लैछ काली आए हुन्छ। मनको सारा द्वेष चैँ फाली आए हुन्छ। तिमी बिना अन्धकार छ मेरो संसार, एउटा सानो उज्यालो बाली आए हुन्छ। साथमा थोरै प्रेमिल गाली आए हुन्छ।
केही चाहिँदैन हात खाली आए हुन्छ। नकुराउ धेरै यसै पाली आए हुन्छ। समय भन्दा बलियो को छ र धर्तिमा, बाटाका ती अबरोध ढाली आए हुन्छ। बन्ने छौ आएर मेरो माली आए हुन्छ।
झिकेर मलाई मुटु खाली गरायौं । बिना गल्ती सजायमा गाली गरायौं । बदलेर मौसम जस्तै तिम्रो मन, जिन्दगी बाँझो खेतको आली गरायौं । चोखो प्रेमलाई गन्धे नाली गरायौं ।
✍️पुष्पा नेपाल(सुवेदी ), इलाम । ~~~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [०९] [०१] नचिनेर मन मेरो काली गरायौ। हृदयको चोखो प्रेम खाली गरायौ। एक्लो भएर जहाँ जान्छौ,जाउ तिमी, सच्चा व्यवहारलाई जाली गरायौ। सुनको कचौरा थिएँ थाली गरायौ। [०२] सकेनौँ रानी बनाउन माली बनायौ। सुनको सियोलाई पनि फाली बनायौ। भिरको चिण्डो जसरी बनायौ जिन्दगी, मसिनु ढुङ्गाको अडेसा आली बनायौ। पहिरो झरेको सरिको नाली बनायौ।
✍️होम प्रसाद नेउपाने धरान,सुनसरी । ~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [१०]
पल्लागाउँका साहूकि छोरी ब्ल्याकब्युटी काली भन्थे। पार्पाचुके गर्दै छाड्दै गाउँकै ईज्जत फाली भन्थे। कहिले हाँस्थी कहिले रुन्थी आनीबानी राम्रै लाग्थ्यो , बर्षदिनमा दुईटा तिन्टा झत्ते टाला टाली भन्थे । टाढाकि ता होईन अरे आफ्नै बाउकि साली भन्थे।
✍️गुणनिधि घिमिरे अमेरिका । ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [११]
हत्केलामाथि ठेला हेरेर । अनौठो लाग्छ चेला हेरेर । बाको निधार भारीले थिच्दा, तिमी बसेछौ मेला हेरेर । के पाइन्छ र खेला हेरेर ।
✍️आर्त अकुलीन, कैलाली । ~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [१२] १. कसैलाई बाँच्ने अझै आस छ। कसैकाे आफन्तकाे लास छ। आस र निराशाकाे जीवन, न मरुञ्जेल सधैं पास छ। कसैलाई यही नै खास हुन्छ। २. जन्मेकाे प्राणी मर्छ एकदिन। राम्राे गर्ने नै तर्छ एकदिन। जन्मेपछि भाेगिन्छ परेकाे नै, आजकाे डेरा सर्छ एकदिन। ठूलाे मानिस झर्छ एकदिन। ३. सन्तानले नैतिक शिक्षा पाउँछ घरबाट। विद्या आर्जन गर्न स्कूल धाउँछ घरबाट ज्ञान प्राप्त गर्न घर स्कुल दुबै चाहिने नै, सभ्य भएर समाजमा आउँछ घरबाट। हित गर्नेकाे गुणगान गाउँछ घरबाट। ४. सेवा गर्ने सबैले नामकाे लागि हाे। मान्छे दौडिने सबै कामकाे लागि हाे। सेवा नगरे मेवा कहाँ पाइन्छ नि, काम गर्ने नै यहाँ मामकाे लागि हाे। अझ भनौ भने याे दामकाे लागि हाे।
✍️नवराज भट्ट ~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [१३] [०१] हरभरा रसिलाे जग्गा खाली गरायौँ। गरा फाली फूलबारीकाे माली गरायौै। खेत जाेत्ने हलाे थियोे बारीमा कोदालो, काटेर नै बिना कामकाे फाली गरायाैँ। साेझा सिधा ब्यक्तित्वलाई जाली गरायौँ। [०२] फूलकाे बगैँचा थियोे खाली गरायौँ। सुन्दर फूल बिनाकाे डाली गरायौँ। फूलेर सुगन्ध दिन्थ्याे अबस्य पनि , फूल बिना बगैँचाकाे माली गरायाैँ। फूलकाे बगानलाई नाली गरायाैँ।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ । ~~~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [१४]
जनताले लत्याए पनि कुर्सी समाएकै छन्। हार्नुमा दुख छैन बरू अझ रमाएकै छन्। गुमेपछि फेरि आइन्न भन्ने थाहा छॅदै छ, त्यसैले पुस्तौॅलाई पुग्नेगरी कमाएकै छन्। नैतिकताले छोड्नुपर्ने सत्ता जमाएकै छन्।
✍️घनश्याम पौडेल, पोखरा । ~~~~~~~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [१५]
बसाइँ सरेर तिमीले गाउँ खालि बनायौप। बाँझो छोडेर जमीन नअन्न बाली बनायौ। कसले सिङ्गार्छ गाउँ अब बेवारिसे भयो, गाउँलाई त थियो आशा मन जाली बनायौ। मासेर तिमी तिलहरी यहाँ फाली बनायौ। /१/ पवित्र मन किन जाली बनायौ। जरुरी कोठा तर पाली बनायौ। पवित्र हुनुपर्थ्यो भावना तर, पवित्र पोखरी त नाली बनायौ । भावना भित्र खाली खाली बनायौ ।
उनै फर्किन्छन् जान्छन् देश खाली गराउँदै। गर्किए कतै हली कतै आली गराउँदै। बुझ्नेहरूले बुझेका हुन्छन् उनको चाला, सोरेर गयो उस्ले रित्तो डाली गराउँदै। बज्यो ताली देख्ने आलिपाली गराउंदै।
✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ । ~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [१८] [०१] कोमल हृदय रित्याएर खाली गरायौ। तिम्रो मनको फूलबारीमा माली गरायौ। यात्रा धेरै पार गर्नुछ गन्तव्यमा पुग्न, दोबाटो छेक्नलाई तिमीले आली गरायौ। यो दुनियाँ सामुमा मलाई जाली गरायौ। [०२] मेरो लास जलिरहँदा ताली गरायौ। तिम्रो आस्था ढलिरहँदा ढाली गरायौ। आँट र हिक्मतलाई डोहोर्याएपछि तिमी खेल हारिरहँदा जाली गरायौ । तिम्रो चर्चा चलिरहँदा नाली गरायौ। [०३] परिबन्धमा परे पछि त्यस्तै हुन्छ कहिले काहीँ । काम धन्दा व्यबहारले ब्यस्तै हुन्छ कहिलेकाहीँ । सम्झनामा आउँछौ नि तिमी हर दिनरातहारू, नजानिदो मायापनि अभ्यस्तै हुन्छ कहिलेकाहीँ। मुटुका यी धड्कन पनि ज्यस्तै हुन्छ कहिलेकाहीँ ।
लहर थियो फूलले भरेको किन यसलाई खाली गरायौ। रहर थियो जुन झैँ परेको किन यसलाई फाली गरायौ। जीवन हाम्रो जहिले डुबेको हुन्छ हाराहारी सुख दुःखमा , कहर थियो सुविधा हरेको किन यसलाई ताली गरायौ । पहर थियो उन्नति मरेको किन यसलाई बाली गरायौ।
✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹 ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [२०] [०१] तिम्रो छाती भित्र भित्रै फुल्ने मेरो रहर छ। तिमै काखे सिरानिमा झुल्ने मेरो रहर छ। कहिले पनि तिमी मलाई नाई नभन है, प्रेमसँग गाउँ घर डुल्ने मेरो रहर छ। मेरा सारा दु:खी दिन भुल्ने मेरो रहर छ। [०२] कसैको मन मुटुमा म घुल्न सकिन। मेरो मुटुको कुना भित्र हुल्न सकिन। भगवान म कसोगरि बाँच्ने हो यहा, प्यारको मूल्य कतै नि असुल्न सकिन। अरु कोहीसँग पनि म डुल्न सकिन।
✍️मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार बिर्तामोड झापा । ~~~~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [२१]
स्वर्ग जस्तो मेरो भूमि अन्त कहां पाऊ छौँ । बिदेशीबाट फर्किएपछि यहीं आऊ छौँ देश हाम्रो छैन कमि सबै कुरामा पुर्ण, ढिंडो फांडो खोले सिस्नु जे छ त्यहि खाऊ छौँ । आफ्नै डाँडा काँडासित माया प्रिती लाऊ छौँ।
थकानकाे औषधि आराम भए। लेखा जाेखा बिना त्यो काम भए। मानिस कति अशल हुँदाे कठै, वनबास जानु अघि राम भए। खुसी हुन्छ पौरखको दाम भए ।
✍️मिना देवकोटा, ~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [२३]
आज हजूरको दिन खास होला। कहि नगई घरमै वास होला। शुभ जन्म दिन होस सबतिर , आशीर्वाद प्राप्त हुने आस होला। सुभकामना दिनेको रास होला।
✍️सीता शर्मा पन्थी, बिरंगज । ~~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [२४]
तिम्रो मेरो माया पनि टुटे-फुटेको जस्तो । पानी पर्दा असिनाको भाग्य जुटेको जस्तो । बुझ्नै गाह्रो हुन्छ मलाई के भएको होला, समयले जवानीको खुसी लुटेको जस्तो । सानो चोट लाग्दा खेरि दिल टुटेको जस्तो।
✍️दस्ता कौशिक,पाँचथर। ~~~~~~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [२५]
सिर्जनाका फूलहरुका डाली गरायौ । कताकता डुल्नमा पुगेँ खाली गरायौ। निस्कनै मुस्किल पसेपछि सागरमा, भागदौड र पसिनामा काली गरायौ । यस्तै बीचमा परेँ हिँड्दै ताली गरायौ।
पञ्चाङ्ग [२६] [०१] चाहे जसलाई हिजो उसलाई पाउन सकिएन। अघि पछि सायद उसको धाउन सकिएन। अरूले त प्रेम भनी जून तारा नी झारी ल्याए, आफूले चै कविता नी गाउन सकिएन। सायद त्यस्ता माया हाम्ले लाउन सकिएन । [०२] प्रेम बाली खेरै गयो दाउन सकिएन। संका सधैं चुहुई रहे छाउन सकिएन। आदत बद्लियो बेला वसन्त नि बदलिएर, अश्रु झरी परिरहने साउन सकिएन। मिलन बिछोडका गीत गाउन सकिएन।
नेपालकाे एक मात्र संस्कृत विश्वविद्यालय रहेकाे दाङ जिल्ला हावापानीकाे हिषाबले एकदमै राम्राे मानिन्छ ।पहाडि जिल्ला भएपनि प्रसस्त समथर खेतियाेग्य मैदानले जस्ताे काम गर्दछु भन्दा पनि कुनै कमि छैन ।राष्ट्र गुरु याेगी नरहरिनाथले चिम्टा गाडेर दाङ जिल्लामा संस्कृत विश्वविद्यालय स्थापना गराएरै जानू भयाे ।त्यस्तै गुरुले काेटिहाेम पनि दाङ जिल्लामा ३ ठांउमा लगाउनु भयाे ।ती स्थान हुन् चाैघेरा सिद्ध रत्ननाथ मठ,त्रि सिद्धेश्वर शिवालय तुल्सिपुर र अर्काे रिहार धाममा ।काेटिहाेम लगाउनुकाे मूख्य उद्धेश्य एउटै थियाे गुरुकुल र गाैशाला हरेक मठ मन्दिरमा स्थापना गरेर संचालन गर्ने ।उद्धेश्य राम्रा हुन्छन् महान पुरुषका तर ती उद्धेश्य पूरा गर्नकालागि लाग्ने अनुयायी हरुकाे खाँचाे समाजमा रहेका छन् ।अहिले आएर याे महसुस सबैलाई भएकाे छ ।यसै शिलसिलामा दाङमा खुलेकाे गाेरखनाथ वैदिक गुरुकुलम् ले सबैलाई सानाे आशा जगाएकाे सुगन्ध धेरै स्थानबाट पाईएकाे छ ।मठ,मन्दिर समाज तथा राज्यबाट सहयाेग भएमा सुविधा सम्पन्न व्यवस्थापनका साथ एक अब्बल गुरुकुल दाङमा चलाउन सकिन्छ भन्ने दृढ विचार लिएर अगाडि लागेका छन् घाेराही १७ निवासी प्रकाश भट्टराई ।उहाँकाे परिवारनै गुरुकुलमा लागेकाे छ ।छाेराले पनि गुरुकुलमानै पढ्दछन् ।नयाँ नयाँ याेजनामा काम गर्ने तथा समाजसंग गुरुकुललाई जाेड्नकालागि घर घर पुगेर अन्न दान लिने साेचाई लिएकाे भट्टराई बताउनु हुन्छ । यहि मंसिर १३ १४ गते वटुकहरुलाई शैक्षिक ,धार्मिक तथा पर्यटकीय भ्रमण गराउने उद्धेश्य लिएर देवघाट धामकाे अध्ययन अबलाेकन भ्रमण यस गुरुकुलले गराएकाे छ ।गुरु गाेरखनाथकाे आशीर्वाद ग्रहण गरि शैक्षिक भ्रमण यात्रा शुभारम्भ गर्ने क्रममा बांणगंगा नगर पालिकाकाे नन्दनगरमा अवस्थित मनकामना संस्कृत गुरुकुल ,चितवन गैडाकाेटमा रहेकाे याेगी नरहरिनाथ गुरुकुल ,नवलपरासीमा रहेकाे धार्मिक पर्यटकीय सिजि मन्दिर ,लुम्बिनी,देवघाट स्थित महेश सन्यास आश्रम,हरिहर सन्यास आश्रम ,गलेश्वर आश्रम लगायतका स्थानकाे अध्ययन अवलाेकन गरेकाे छ ।शैक्षिक भ्रमणकाे क्रममा यस पटक आफ्नाे कार्मिक सम्बन्ध भएकाे देवघाट स्थित महेश संस्कृत गुरुकुलम् मा विशेष रुपमा रहेकाे छ ।१४ गते विहान ७ बजे महेश आश्रमका वर्तमान स्वामी महाराजकाे दर्शन आशीर्वाद ग्रहण गरी सत्संग छलफल गर्ने माैका प्राप्त गरेकाे छ । महाराजजीबाट सबैलाई भाेजन खाना ,बसाईका बारेमा केही साेधेपश्चात दाङमा गुरुकुल संचालन गर्नकालागि साेचाई गुरु महाराजकाे थियाे ।आज त्यस कार्यकाे सुरुवात भएकाे छ खुसि लाग्याे ।अब हामी संम्पर्कमा रहेर काम गराैं ।म दाङ आउंदछु ठूलाे कार्यक्रम राखेर एउटा याेजना बनाउनु पर्दछ ।गुुरुकुल चलाउनका लागि उपयुक्त वातावरण चाहिन्छ । सुरुवात भएकाे छ अब थप्दै जाने हाे भन्नु भयाे साथै केही विद्यार्थीलाई जानेका शैक्षिक गतिविधि साेध्नु भयाे ।तत्पश्चात हामी विदा भयाै । महेश सन्यास आश्रमका संस्थापक महाराज स्वामी रामानन्द हुनुहुन्छ ।त्यस आश्रमबाट संचालित महेश संस्कृत गुरुकुलम् हाे ।आज भन्दा करिब ३० बर्ष अगाडि स्वामीज्यूले कठिन साधना र प्रयत्नबाट आज याे अबस्थामा आईपुगेकाे छ ।अहिले यस गुरुकुलमा करिव २५० बिद्यार्थीहरु कक्षा ६ देखि आचार्य सम्मकाे अध्ययन आवासीय रुपमा रहेर अध्ययन गरिरहेका छन् ।स्वामीज्यूकाे एउट भनाई थियाे —* पढ्ने र पढाउने कुरामा कहिल्यै अल्छी गर्न हुँदैन ।* आज त्याे प्रतिफल दिएकाे छ यस गुरुकुलले ।व्यवस्थापन तर्फ भन्नु पर्दा एकै पटक सबै विद्यार्थीहरुलाई भाेजन,सत्संग गराउन सक्ने ब्यवस्थित भाेजन काेठा र सत्संग कक्ष रहेका छन् ।त्यस्तै अतिथि पाहुना ,विद्यार्थीहरुका अभिभावकहरुकालागि सुविधा सम्पन्न आवास गृह रहेकाे छ ।विद्यालयमा पठन पाठन कक्ष , प्रशासन कक्ष ,शिवालय परिसर लगायत पठन पाठन गर्नकालागि चाहिने सबै क्षेत्रलाई समेटेर लगेकाे पाईन्छ यस गुरुकुलमा । अहिले स्वामी रमणान्दज्यूकाे प्रमुख संरक्षकत्वमा रहेकाे यस गुरुकुलमा उच्च शिक्षा देखि आचार्य तर्फकाे जिम्मेवारी गुरु कमल सुवेदी र कक्षा ६ देखि माथि उच्च शिक्षा सम्मकालागि गुरु फणीन्द्र पाैडेलले लिएर खटिनु भएकाे छ भने अन्य साधु,सन्त गुरुहरुकाे मेहनत र जिम्मेवारी भुमिका उत्तिकै राम्राे रहेकाे छ ।यस्तै गुरुकुलम् संचालनकालागि गुरु गुरु प्रसाद सुवेदी ,गुरु कपिल सुवेदी ,गुरु राम प्रसाद सुवेदी हेटाैंडा लगायत साधु सन्त , विद्वान ,धर्मात्मा समाजसेवी दाता अभिभावकज्यूहरुकाे अत्यन्तै सकृयता रहेकाे छ ।जयतु संस्कृतम् ।
सयुक्त अरब इमिरेट्समा घर ठेगना खुल्न नसकेको एक महिलाको निधन भएको र उनको पार्थिव शरीर युएइको अस्पतालमा अलपत्र अबस्थामा रहेको बताईएको छ।
फेशबुक मार्फत तिलक पुन द्वारा गराईएको जानकारी अनुसार उक्त महिलाको नाम मिना पान्डे तथा राहदानी नम्बर ५१२८२७ रहेको बताएका छन्।
मुत्युको कारणभने प्रष्ट रुपमा जानकारीमा नआएको उक्त महिलाका आफ्ना आफन्तलाई सम्पर्कमा आउन आह्वान गरिएको छ।
कोही कसैले महिलाको आफन्त बारे जानकारी भए झापाली समाज युएईका अध्यक्ष अमर राई तथा महासचिव डिएस नेपाल वा सचिव लोकेश कोइरालाको मोबाइल नम्बर मा फोन गरी जानकारी गराउन सक्नुहुनेछ भनी उल्लेख गरिएको छ।
झापाली समाज यु ए इ महासचिव= Ds नेपाल +971552806223 अध्यक्ष =अमर राई +971 52 866 9978 सचिब=लोकेश कोइराला+971 55 583 1388