• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

उदक यात्री एवम् वरिष्ठ साहित्यकार आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • २४ कार्तिक २०७९, बिहीबार ०७:४१ मा प्रकाशित
  • 🌺 केही उदक 🌺
    —————– … ✍️ आर्त अकुलीन
    १
    तलाउ
    गहिरो खाडल
    माछा सर्पको आश्रय !

    २
    सत्यता
    हाम्रो वर्तमान
    पृथक रणनीति कार्यनीति !

    ३
    स्वार्थ
    दुनो सोझ्याउने
    चौतर्फी भुस्याहाकै चलखेल !

    ४
    शिशिर
    चिसो सिरेटो
    उकाली ओराली गोरेटो !

    ५
    बैशाख
    बगरको तृष्णा
    आखिर सागरको स्मरण !

    ६
    सपना
    मनको सागर
    निरन्तर पौडिने चाहाना !

    ७
    भिखारी
    भिख माग्ने
    खहरे बनेर हराउने !

    ८
    चुनाव
    बाघको मुख
    प्रत्येक मनमा हाउगुजी !

    ९
    पागलपन
    विकृत मानसिकता
    मन मष्तिस्कमा असन्तुलन !

    १०
    छेपारो
    बगैँचामा एक
    विचित्र चरित्र अनेक !


    देवाश्रम, कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री एवम् वरिष्ठ साहित्यकार आर्त अकुलीनका उत्कृष्ट उदकहरू

    छवि किरण अधिकारीका दमदार १२ मुक्तकहरू

  • २३ कार्तिक २०७९, बुधबार २०:४१ मा प्रकाशित
  • छवि किरण अधिकारीका दमदार १२ मुक्तकहरू

    १)
    हो तिमी नै मेरो तन मन जीवन भन्नेले!
    म मुटु तिमी चाहिँ मेरो धड्कन भन्नेले!!
    आज घर न  घाटको बनाएर गएकी छे,
    हिजो म  मुना तिमी  मेरो मदन भन्नेले!!

    २)
    हो एकपछि अर्को गर्दै लगातार आउँछ!
    एकाबिहानै बजारमा अखबार आउँछ!!
    विचरा गरीब भोकै मर्छ केही थाहा हुन्न,
    नेताज्यू घुम्न  गएको समाचार आउँछ!!

    ३)
    हजारौं कथा कहानी किताब पढेर!
    सकियो बरू जवानी किताब पढेर!!
    र पनि  अझै  बुझ्न  सकिएन साथी,
    के  हो  जिन्दगानी ? किताब पढेर!!

    ४)
    हो म साह्रै  बहकिन्छु, झरी परेको बेला!
    यादै यादमा तड्पिन्छु, झरी परेको बेला!!
    किसानले आफ्नो खेत बारीलाई सम्झेझै,
    म उनीलाई सम्झिन्छु, झरी परेको बेला!!

    ५)
    हो यो छाती त्यतिबेला चर्किएर आउँछ!
    रसाउँछन् आँखा आँसु दर्किएर आउँछ!!
    हजारौं सपना बोकी  परदेशिएको छोरा,
    जब  बाकसभित्र  घर फर्किएर आउँछ!!

    ६)
    खै  खुसीहरू   यसरी   कसले  भगाउँछ?
    यी   आँखाले  भने  आँसु  मात्रै बगाउँछ!!
    समयले चोटैमाथि चोट  दिन्छ हिजोआज,
    नियतिले ओखती भन्दै नुनचुक लगाउँछ!!

    ७)
    घाउ हेरेर अनि उठेका ठेला, हेरेर!
    हेरेर  चिसै  भिजेका परेला, हेरेर!!
    अझ धेरै दु:ख  पाउलास्  भन्छन् ,
    ज्योतिष हात हेरेर, हत्केला हेरेर!!

    ८)
    समयले  पनि  यसरी  नै  छल्छ होला कहिलेसम्म?
    तड्पिएरै नि जिन्दगी यो चल्छ होला कहिलेसम्म?? 
    छोडी  जाने  निष्ठुरीलाई  अझै  भुल्न  सक्या  छैन,
    यादै यादमा मन मुटु यो जल्छ होला कहिलेसम्म??

    ९)
    न छ  उपचार न छ  ओखती, यस्तै हुन्छ!
    जल्छ  मुटु, पोल्छ  भतभती, यस्तै हुन्छ!!
    न  दिनमा  भोक लाग्छ, न  रातमा  निद्रा,
    साँच्ची छुटेपछि माया पिरती,यस्तै हुन्छ!!

    १०)
    न चिन्ता  लिन्थे न पीर, यसैमा खुसी हुन्थें!
    एकदिन मर्नैछ आखिर यसैमा खुसी हुन्थें!!
    देशकै  लागि  जन्मेको  हुँ  देशकै   नाउँमा,
    चढाउन  पाएँ  यो  शिर, यसमै खुसी हुन्थें!!

    ११)
    आज यस्तो होला त्यतिबेला सोचेकै थिइनँ!
    समयले  यसरी  धोका  देला सोचेकै थिइनँ!!
    हिजो फूलसरी मन मुटुमा सजाएको मान्छे,
    आज  काँडा  भएर निस्केला सोचेकै थिइनँ!!  

    १२)
    न  त  वार  भएको छ, न त  पार भएको छ!
    आफ्नो जिन्दगी आफैलाई भार भएको छ!!
    मनको मान्छे एकाएक ढुङ्गा भई निस्केपछि,
    उसलाई  पगाल्ने  प्रयास बेकार भएको छ!!

    ✍️ छवि किरण अधिकारी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on छवि किरण अधिकारीका दमदार १२ मुक्तकहरू

    नेकपा (माले) लुम्बिनी प्रदेशसभाका लागि समानुपातिक तर्फ क.भुमा केसी शाह उम्मेदवार

  • २२ कार्तिक २०७९, मंगलवार २३:३० मा प्रकाशित
  • आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा नेकपा (माले) ले लुम्बिनी प्रदेशसभाका लागि समानुपातिक तर्फ क.भुमा केसी शाह लाई उम्मेदवार बनाएको छ।

    उनी नेकपा (माले) काे बैकल्पिक केन्द्रीय कमिटी सदस्य हुनुका साथै नेकपा मालेका बैकल्पिक पाेलिट ब्युरो सदस्य महेन्द्र शाहकी धर्मपत्नी हुन

    हालै सम्पन्न स्थानीय निकायको निर्वाचनमा दाङको तुलसीपुर उप-महानगरपालिकामा मेयर पदका लागि चुनावि मैदानमा उत्रिएका महेन्द्र शाह सीपी मैनालीका विश्वासपात्र हुन ।

    पहिलो संविधानसभा चुनावमा नेकपा मालेको तर्फबाट दाङमा बलियो उपस्थिति जनाउन सफल भए सङ्गै कम्युनिष्ट राजनीतिमा आफ्नो बलियो छाप छोड्न सफल भएका महेन्द्र शाह आफ्नो राजनैतिक यात्रामा क.भुमा केसी शाह लाई आफु द्वारा राजनीतिमा ल्याईयको नभई कम्यूनिष्ट आन्दोलनमा क.भुमा केसी शाहले गरेको योगदानका कारण सम्भव भएको बताउछन् ।

    उता कमरेड भुमा केसी शाह पनि आफू बेदाग रहेको र आफुमा युवा जोश हुनुका साथै लुम्बिनी प्रदेशमा आफ्नो पार्टीको जनाधार रहेकाले आगामी निर्वाचनमा लुम्बिनी प्रदेशका जनताले आफूलाई चुन्नेमा निश्चिन्त रहेको बताउँछिन्।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on नेकपा (माले) लुम्बिनी प्रदेशसभाका लागि समानुपातिक तर्फ क.भुमा केसी शाह उम्मेदवार

    चित्रमा मुक्तक अभ्यास शृङ्खला- ५४ सम्पन्न

  • २२ कार्तिक २०७९, मंगलवार ११:०४ मा प्रकाशित
  • चित्रमा मुक्तक अभ्यास_शृङ्खला ५४ 🇳🇵

    साहित्य उन्नतिका लागि उत्साहजनक सहभागी भई मुक्तक राखिदिनु हुने सम्पूर्ण आदरणीय मुक्तककार ज्यूहरूमा सादर साधुबाद सहित नमन छ ।

    सहभागी मुक्तककारहरू र उहाँहरूका मुक्तक निम्न छन् ।

    ✍️मुक्तक 🇳🇵

    यो मन पनि दोमन हुँदा म भित्रको मलाई चिन्न सकिन
    विलापमा दु:खीहरू रुँदा म भित्रको मलाई चिन्न सकिन
    सम्झिएकै हो, विकृति र विसङ्गति कम गर्न तम्सिएकै हो
    यहीँ सबैको मर्मले नछुँदा म भित्रको मलाई चिन्न सकिन ।

    ✍️प्रेम थापा “मन “🇳🇵

    ✍️मुक्तक 🇳🇵

    म केवल मलाई मात्र हेर्छु
    अवसर पाए रङ्ग घसि फेर्छु
    दुनियाँ स्वार्थमा सबै त्याग्छ
    आफू बन्न देश चक्र व्यूहले घेर्छु।

          गणेश पौडेल
     कालिका ६ चितवन 

    ✍️मुक्तक 🇳🇵

    मनका कुरा नि:स्वार्थले भन्न दिनुस् मबाट
    जीवनको दर्शन, बाटो खन्न दिनुस् मबाट
    यसैले,म धेरै अघि बढ्नु छ मित्र, यी बुझ्नु
    र त, मलाई सधैं म बन्न दिनुस् मबाट ।

    प्रदिप नेपाली
    बिहादी ५ उराम,पर्बत।

    ✍️मुक्तक 🇳🇵

    म के हुँ म को हुँ भन्दै आफू भित्रको म चिन्न सके राम्रो
    मन् भरी रहेका कलुषित अहंकारी भावना छिन्न सके राम्रो
    बल्ल बल्ल पाएको मनुष्य चोलालाई हामीले
    सधैं सत्मार्गमा लगाई सत्यको बाटो हिंड्न सके राम्रो।
    सरस्वती श्रेष्ठ इटहरी

    ✍️मुक्तक 🇳🇵

    खराबलाई खराब राम्रोलाई दामी भन्नुपर्छ
    जो चर्चामा रहन्छन् उसलाई नामी भन्नुपर्छ
    रत्तिभर घमण्ड गर्नु हुँदैन कुनै पनि कुरामा,
    जहिल्यै आदर गर्दै म होइन हामी भन्नुपर्छ ।

    वसन्त अनुभव
    घोराही- १४, दाङ

    ✍️मुक्तक 🇳🇵

    म बाहेक अरु देखेनौं र पो यस्तो भयो हाल
    त्यसैले त इमान्दारिताको सस्तो भयो सवाल
    कहिले यता ठिक्क कहिले उता ठिक्क तिमी
    सदाचार हराए पछि अवसरवादको बुन्यौ जाल।
    निर्मला सुवेदी,बागलुङ।

    ✍️मुक्तक 🇳🇵

    आफुलाई संसारको सबभन्दा जान्ने हु भन्छ
    सबैले मेरा अगाडि शिर निहुर्याइ मान्ने हु भन्छ
    घमण्डले सानातिनालाई भुसुना सम्म सम्झदैन
    अर्काको मार्कालाई सहयोग गर्न छान्ने हु भन्छ
    अम्विका अधिकारी
    झापा विर्तामोड

    ✍️मुक्तक 🇳🇵

    के पढाए कुन्नि राम्रो म भन्छन्
    अरूलाई भुसुना मात्र गन्छन्
    चल्दैन यसरी जीवन, बुझ्नुपर्ने
    अझै नि अरूको खोइरो खन्छन् ।

    सविता के.सी., काठमाडौँ ।

    ✍️मुक्तक 🇳🇵

    राम्रो कामको लागि हामी सधैं लागि पर्नु पर्छ
    यसको लागि सर्वप्रथम शुरु म बाटै गर्नु पर्छ
    म पछि अनि अर्को धेरै म थपिएर हामी बन्छौ
    थोपा थोपा मिलेर ताल होइन सागर भर्नु पर्छ।
    -पशपति राई खोटाङ्ग

    ✍️मुक्तक 🇳🇵

    दोष सबै अरूलाई बोकाई म ले आफूलाई ज मा छ
    मुखले फैसला सुनाए पछि आत्माले म लाई स मा छ
    झुट खेतीको फसल खान्छन दुनियाँलाई रिस पोखाई
    चोर अौँला ठड्याए तीन अौँलाको खवरदारी म मा छ ।

    ” जिज्ञासु ” पन्त
    लमजुङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on चित्रमा मुक्तक अभ्यास शृङ्खला- ५४ सम्पन्न

    रूपन्देहीको देवदहमा दम्पती मृत फेला

  • २१ कार्तिक २०७९, सोमबार १०:४४ मा प्रकाशित
  • रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला परेका छन्।

    देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलमा बसोबास गर्दै आएका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरमा सोमबार बिहान मृत भेटिएका हुन्।

    कोठामा ढोका भित्रबाट चुकुल लागेको अवस्थामा उनिहरुको शव फेला परेको प्रहरीले जनाएको छ।

    देवदह प्रहरी चौकी प्रमुख रहेका प्रहरी निरीक्षक गंगाबहादुर सारुले हेमकला भुईंमा पल्टिएको र बालेन्द्र झुण्डिएको अवस्थामा फेला परेको बताए।

    बुटवलको प्रहरी टोली घटनास्थल पुगेपछि मात्र ढोका खोलेर घटनाको अनुसन्धान सुरू गर्ने प्रहरीले जनाएको छ।

    घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमतीको हत्या गरि आफूले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ।

    ‘कोठाको भित्रबाट चुकुल लगाएको छ, घटनाको प्रकृति हेर्दा हत्यापछि आत्महत्या गरेको जस्तो देखिन्छ, तर अनुसन्धान नगरी यहि हो भन्न सकिँदैन,’ उनले भने।

    वैदेशिक रोजगारीमा रहेका बालेन्द्र चार दिन अघि मात्रै घर फर्किएका थिए।

    आइतबार साँझसम्म पारिवारिक कलह, झै-झगडा केहि थाहा नभएको स्थानीयले बताएका छन्।

    बालेन्द्र र हेमकलाका ८ वर्षीय छोरा आइतबार राती आफन्तको घरमा सुत्न गएको र बिहान घर आउँदा ढोका लागेको देखेर झ्याबाट हेर्दा आमा भुईंमा पल्टिएको र बुवा झुण्डिएको देखेपछि छिमेकीलाई खबर गरेका थिए।

    Posted in मुख्य खबर, समाजLeave a Comment on रूपन्देहीको देवदहमा दम्पती मृत फेला

    राजनीतिक चलखेलले नौ बर्ष जेलमा बनवास् काटनु पर्यो:-रामचन्द्र प्यासी

  • २१ कार्तिक २०७९, सोमबार ०८:०५ मा प्रकाशित

  • उमेश कुशवहा,पर्सा

    ब्लु क्रश सोसाइटी नेपाल द्वारा मनी भूषण कुशवावाको अध्यक्षतामा चियापान तथा सम्मान कार्यक्रम सम्पन भएको छ।

    ब्लु क्रश सोसाइटी नेपालद्वारा चियापान तथा स्म्मान कार्याक्रम प्रसौनी गाउपालिका बेलहियामा पुर्ब संविधान सभा सदस्य रामचन्द्र प्यासी कुशवाहालाई यस सस्थाका अध्यक्ष तथा सद्स्यहरु द्वारा एक कार्यक्रम गरि प्यासीलाई सम्मान गरिएको छ।

    म किसानको छोरा हु राजनीतिकमा आगाडी बढ़दै थिए तर राज्य बाट षडयंत्र गरी मलाई राजनीतिक जलखेल गरी फसाईएको थियो, म निर्दोष हुदा हुदै पनि मलाई ९ बर्षको लागि जेलमा बनवास काट्नु पर्यो,जेलमा आफ्नो समय बिताउनु पर्यो म जाहिले पनि राजनीतिकमा सक्रिय रहनछु उहाँले उत्त कार्यक्रममा बोल्दै आफ्नो मन्तव्य राख्नु भएको थिए।

    क्लबका अध्यक्ष मनी भूषण कुशवाहाले यो हाम्रो संस्थाले कसैलाई रगत नपाएको बेलामा रगतको बावस्ता गर्ने,गरीब असहाय,दिन दुखियालाई हेरचार गर्न उद्देश्य राखी स्थापन गरिएको उहाले बताउनु भयो।

    उक्त कर्याक्रमका बिशिस्ट अतिथि सहिद अहमद हवारी ,प्रमुख अतिथी रामचन्द्र प्यासी कुशवाहा,अतिथी शेशनाथ कुशवाहा, मिश्रिलाल यादव , असेसर कुर्मी , रबिन्द्र यादव ,अमरदेव कुशवहा,अजय गुप्ता ,मिश्रि महतो, अनिरुध दुबे ,भदै चौधरी,लक्ष्मी नारायन मण्डल , बृज किशोर साह,प्रसौनी गाउपालिका वार्ड नं.६ का वडा अध्यक्ष बृज किशोर कुशवाहा, बिरेन्द्र कुशवाहा, शिव दयाल पास्वान , मनकामना स्कूलका सन्चालक श्री रामबाबु कुशवाहा, स्थानीय,पत्रकार ,लगायत हजारौ मानिसको उपस्तिथिमा चियापान कार्यक्रम तथा प्यासीलाई गम्छा तथा फुलमाला लगाइ ब्लु क्रस सोसाइटी नेपाल द्वारा सम्मान गरी कार्यक्रम समापन गरेको थियो।

    उक्त कर्यक्रमका सन्चालक रामबिधया प्रसाद कुशवाहाले गर्नु भएको थियो।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on राजनीतिक चलखेलले नौ बर्ष जेलमा बनवास् काटनु पर्यो:-रामचन्द्र प्यासी

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७६औँ भाग शनिबार सम्पन्न

  • १९ कार्तिक २०७९, शनिबार १७:३४ मा प्रकाशित
  • काठमाण्डौँ, १९ कार्तिक । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७६औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    photo: social media

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓
    [१]
    चुनाव
    जनको तनाव
    कहाँ लाउने छाप ?
    🌑 वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    चुनाव
    खोक्रो आश्वासन
    जनताको आँखामा छारो !
    🌑खेमराज पुरी
    कैलाली

    [३]
    चुनाव
    मनको शङ्का
    विकासको नाममा कलङ्क !
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [४]
    नेता
    बोकेर खोट
    माग्दै हिडेका भोट !
    🌑दुर्गा तामाङ
    संखुवासभा

    [५]
    निर्वाचन
    दहीचिउरे नेता
    पाँच वर्षे जागिर !
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [६]
    नेता
    आए दैलोमा
    छेपारोझैँ रङ्ग फेरेर !
    🌑मंगला आचार्य उपाध्याय
    बारा कलैया १

    [७]
    झुठा
    बोकेर आश्वासन
    बाँड्दै नेता घरघरमा !
    🌑सुशीला पौडेल

    [८]
    चुनाव
    कुर्सीको खेल
    नेतृत्वमा सधैँ जालझेल !
    🌑रमा पन्त
    पाल्पा

    [९]
    चुनाव
    नजिती नहुने
    नेतालाई साह्रै तनाव !
    🌑पशपति राई
    खोटाङ्ग

    [१०]
    घरदैलो
    घरघरमा उपस्थिति
    नेताहरूको अहिलेको स्थिति !
    🌑सविता के.सी.
    काठमाडौँ ।

    [११]
    निर्वाचन
    जनताको इच्छा
    नेता छान्ने परीक्षा !
    🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [१२]
    भिखारी
    भिख माग्ने
    खहरे बनेर हराउने !
    🌑आर्त अकुलीन
    कैलाली

    [१३]
    भोट
    जनताको खोस्ने
    वर्षौसम्म गाउँदेखि गायब ।
    🌑 साहित्य प्रेमी सलिन

    [१४]
    हिजोआज
    नमस्कार मुखले
    जनता मर्छ दु:खले
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [१५]
    उदक
    मतलब
    खत्तम यहाँ
    अवसर पाएपछि तत्काल ।
    🌑निर्मला सुवेदी
    बागलुङ।

    [१६]
    चमत्कार
    गर्छौँ नमस्कार
    आउॅंछौँ लिएर बहार ।
    🌑म्यामराज राई,
    भोजपुर।

    [१७]
    आयो
    चुनाव हेर
    दौडधुप हुने धेर ।
    🌑रसज्ञ छहरा
    कावासोती -३ नवलपुर

    [१८]
    नमस्कार
    भोटको साइनो
    जनता बनाउने दाहिनो !
    🌑अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [१९]
    चुनाव
    भ्रमको खेती
    सोझा जनताको क्षति ।
    🌑ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।

    [२०]
    चुनाव
    लाजको पसारो
    जनताका आँखामा छारो !
    🌑श्रीकृष्ण शर्मा
    पोखरा

    [२१]
    सदाबहार
    उहीँ अनुहार
    पुग्यो अब विकार !
    🌑कृष्ण जोशी
    हाल मेरिल्याण्ड अमेरिका

    [२२]
    नेता
    चुनावमा घरघर
    चुनाव सकिए परपर ।
    🌑बिके माकजु

    [२३]
    झर्को
    जनतालाई बर्को
    अस्थिरता रोप्नेको लर्को ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [२४]
    नेताजी
    भाेटकाे आशा
    जनतालाई सधैैँ निराशा !
    🌑नवराज भट्ट
    कञ्चनपुर

    [२५]
    निर्वाचन
    लामो यात्रा
    जितेपछि पुरानै जात्रा !
    🌑आशा भण्डारी

    [२६]
    नेता
    जनताको चाहाना
    यता न उता ।
    🌑दुर्गा भमरकोटे

    [२७]
    भोट
    छानेर राम्रो
    होस् सदुपयोग हाम्रो
    🌑सिंगर

    [२८]
    मगन्ते
    झोली बोक्दै
    गाँउ सहर फिरन्ते !
    🌑शारदा गौतमआचार्य
    लालितपुर !

    [२९]
    भोट
    मागिन्छ भिख
    जनतालाई थुपार्न चोट !
    🌑देव खनाल

    [३०]
    नेताजी
    लाज पचाएर
    माग्न आउँछन् भाेट !
    🌑उर्मिला के.शी
    धनकुटा ।

    [३१]
    मतदान
    सुपात्रमा हान
    पछि कुर्सी तानातान ।
    🌑गोपे दाजु,
    पाँचथर ।

    [३२]
    फिरन्ते
    माग्नलाई सिपालु
    लाज पचेका विषालु !
    🌑मनोज थापा

    [३३]
    घरदैलो
    दाजुभाइ भन्ने
    चुनाव सकिए नचिन्ने !
    🌑धनमाया चौधरी
    कैलाली

    [३४]
    स्वदेश
    शाश्वत परिवेश
    टाउकाको दानवीय भेष !
    🌑तोया घिमिरे
    शङ्खमूल, काठमाडौ ।

    [३५]
    मतदान
    राज्यसंयन्त्रको छनाैट
    कुमार्गमा चुनावी परिदृश्य ।
    🌑नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [३६]
    चुनाव
    झुठो आश्वासन
    कमाइ खाने भाँडो !
    🌑देवकी केसी

    [३७]
    नेता !
    यतिन्जेल कता ?
    चुनाव हुँदा यता !
    🌑मानन्धर रमेश

    [३८]
    लुटेराहरू
    देश गाउँघर
    अहिलेको बढ्दो बिगबिगी!
    🌑चक्र आलेमगर “लाफा”
    कैलाली

    [३९]
    नमस्कार
    झुटाे आश्वासन
    कस्ताे बस्याे संस्कार !
    🌑राेशन पराजुली,धरान।

    [४०]
    नेता
    चुनावी दाउ
    पर्दै जनताको पाउ !
    🌑श्रद्धा आचार्य
    पोखरा

    [४१]
    नेताकाे
    राजनीति पेसा
    देशकाे भयाे दुर्दशा !
    🌑सुधा बाँस्कोटा ढकाल

    [४२]
    भोट
    लाज पचाएर
    माग्न आउँछन् घरघर ।
    🌑धर्मी शाक्य
    बुटवल ,रुपन्देही ।

    [४३]
    नेता
    देशको ढुकुटी
    खाने गर्दै दाउ ।
    🌑प्रदिप नेपाली
    बिहादी ५ उराम,पर्बत।।

    [४४]
    नेता
    बेभरका मान्छे
    गर्दै साठगाँठ जतातता !
    🌑घनश्याम पौडेल
    पोखरा

    [४५]
    नेता
    गर्छन् नमस्कार
    भोट खसाउँने बेलामा ।
    🌑सरस्वती श्रेष्ठ
    इटहरी

    [४६]
    नेता
    लाउँदै हाउभाउ
    चुनाव जित्ने दाऊ !
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया

    [४७]
    नेता
    भए पथभ्रष्ट
    देश जनता त्रस्त !
    🌑प्रद्युम्न चालिसे
    देवघाट तनहुँ ।

    [४८]
    नियति
    भोग्दैछौँ हामी
    नेपाली राजनीति संस्कार !
    🌑कण्ठराज गिरी
    टीकापुर

    [४९]
    ढोँगी
    नेताहरूको स्वभाव
    स्वार्थमा लिप्त रोगी ।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [५०]
    देश
    जोगीको भेष
    पाँच वर्षको परिवेश !
    🌑हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [५१]
    नेता
    जनताका व्यथा
    जोड्दै मस्तिमा जेथा !
    🌑टिकाराम पुन मगर

    [५२]
    नेता
    कमाउने पेशा
    देशको पारे दुर्दशा ।
    🌑दुर्गा भट्टराई
    मोरङ

    [५३]
    ङिच्च
    दाँत देखाउँदै
    नकच्चराहरू भोट माग्दै !
    🌑महानन्द भट्ट
    कंचनपुर

    [५४]
    चुनावी
    लहर हात
    जोड्दै बाचा तोड्दै !
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [५५]
    माग्दै
    जिब्रो फट्कार्दै
    आयाै बिचरा हाम्फाल्दै !
    🌑रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [५६]
    चुनाव
    शकुनि प्रवृत्ति
    चक्रव्यूहमा फसाउँदै देश ।
    🌑कमला

    [५७]
    नेताका
    वृद्ध अनुहार
    विश्वास हराए रोजगार !
    🌑भगवती दवाडी

    [५८]
    नेता
    भोटका भोगी
    सदैव कुर्सीका लोभी।
    🌑सरस्वती श्रेष्ठ

    [५९]
    चुनाव
    भोट तपाईको
    नोट मेरै कमाइको !
    🌑हिरा तामङ
    काभ्रे (महाभारत-7 आहाले बाँस्पुर)

    [६०]
    क्षणिक
    वसन्त बहार
    वर्षाउँदै नमन बारम्बार !
    🌑कमला देवकोटा
    पाल्पा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७६औँ भाग शनिबार सम्पन्न

    उदक यात्री सुधा बाँस्कोटा ढकालका उत्कृष्ट उदकहरू

  • १८ कार्तिक २०७९, शुक्रबार १३:५५ मा प्रकाशित
  • उदक यात्री सुधा बाँस्कोटा ढकालका उत्कृष्ट उदकहरू –

    १
    हरिबाेधिनी
    एकादशी पर्व
    सम्पूर्ण हिन्दुहरुकाे गर्व !

    २
    हरि
    ब्रम्ह तत्त्व
    जीवनकाे अमूल्य सार !

    ३
    ध्यान
    स्वयंकाे खाेज
    आध्यात्मिक चिन्तन मनन !

    • सुधा बाँस्कोटा ढकाल, काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सुधा बाँस्कोटा ढकालका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग चित्रपट अभ्यास शृङ्खला-१६ सम्पन्न

  • १८ कार्तिक २०७९, शुक्रबार १०:३३ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग:-१६
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०७/१६ देखि १७ गते ८ बजे साँझसम्म।

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको १६[सोह्रौँ]  चित्रपटमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

              
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रवर्तक तथा परिकाल्पनाकार
    =================
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    सह प्रवर्तक
    =======
    सुशीला पौडेल

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    तोयानाथ सुवेदी

    चित्र संकलन गुगलबाट

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    शुद्धीकरण
    ————–
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    सङ्कलक :-
    ———-
    दुर्गा आचार्य & सुशीला पौडेल

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजन
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    पञ्चाङ्ग   ०१

    घर  गोठ   ढलेकोछ       गरिबको ।
    आगो   पनि   बलेकोछ   गरिबको ।
    बाढी आयो आँधी आयो नेता कता ,
    घर  धनी       गलेकोछ   गरिबको ।
    यस्तै   यस्तै   चलेकोछ   गरिबको ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।

    पञ्चाङ्ग    ०२

    दयनीय अवस्था कति देख्नु पर्छ यहाँ ।
    नेताले सकेसम्म  आफैलाई गर्छ यहाँ ।
    चुनाव नै जित्न बन्दुकबाट गोलि चल्छ ,
    दु:ख पर्दा नेता गोठमा किन सर्छ यहाँ ।
    गरिबको जस्तो दु:ख कसरी टर्छ यहाँ ।

    ✍️शन्जना शर्मा, लमही दाङ ।

    पञ्चाङ्ग   ०३

    गोठमा गाई बाँध्ने पारा राम्रो ।
    उसैले खाने घाँस चारा राम्रो ।
    दूध  यिनको  अमृत समान ,
    छेउमा राखेको खै धारा राम्रो ।
    यसरी गाई पाल्नु सारा राम्रो ।

    ✍️भगवती दवाडी ,झापा ।

    पञ्चाङ्ग  ०४

    गुजारामुखी भएर गोठमा चलाउँछ किसान ।
    थोरैथोरै भएपनि अाम्दानी फलाउँछ किसान।
    जसोतसो  गरेर  परिवार  पाल्नु  पर्छ  बिचरा,
    दुःख दुःखैमा  जीवन  यसरी  गलाउँछ किसान।
    खै!कहिले हो समृद्धिको दिन पलाउँछ किसान।

    ✍️होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग   ०५

    गरिबको  झुपडी छ  बाँचेकै छौँ  सबै।
    गाई  भैंसीहरू  पनि साँचेकै छौँ  सबै।
    हामीले  दु:ख सुख  गरी खाएता पनि,
    खुसीसाथ मिलीजुली नाचेकै छौँ सबै।
    बारुले  कम्मर  पनि  भाँचेकै छौँ  सबै।

    ✍️मल्ल लक्ष्मी श्रेष्ठ, मेची किनार
    बिर्तामोड झापा ।

    पन्चाङ्ग   ०६

    गजबका दिन आएछन्  हेर साथी ।
    चुनाव आयो नयाँ  लुगा फेर साथी ।
    म पुरानो  विचार    फेर्छु यसपालि ,
    थोरै   नैतिकता  हुनेले   टेर साथी ।
    नहुनेहरू   न आऊ   म नेर साथी ।

    ✍️देवी पन्थी ।

    पञ्चाङ्ग   ०७

    मेरो त घर     गोठको छानो हरायो ।
    गर्दा   गर्दै   हेर   मेरो  मानो हरायो ।
    दरिद्रता छायो खालि मलाई हो कि ,
    घरको  मुली  नहुँदा   रानो   हरायो ।
    गोठमा पालेको पाठो  सानो हरायो ।

    ✍️संगिता शर्मा, सिन्धुली ।

    पञ्चाङ्ग   ०८

    पूर्व झुल्किने बिहानीको आस राम्रो ।
    सन्तोषले फेरिने  स्वच्छ सास राम्रो ।
    लिनु र दिनु के   नै छ  र आखिरीमा,
    मिलेर   खुसीले खाएको गास राम्रो ।
    महल  भन्दा  झुपडीको  बास राम्रो ।

    ✍️आर्त अकुलीन, कैलाली ।

    पञ्चाङ्ग   ०९

    चुहिने खरको छाना जसो तसो बाचिएको छ ।
    त्यहीँ भित्र गाई भैँसीहरुपनि साचिएको छ ।
    परिश्रमी बन्दै दुई छाक मीठो मसिनो खान्छौ,
    परिवारमा मिलिजुली कम्मर भाचिएको छ ।
    पर्व आउदा मिलेर सद्भावले नाचिएको छ।

    ✍️दुर्गा रिजाल आचार्य, मोरङ ।

    पञ्चाङ्ग   १०

    बारीको गोठपनी भत्केर गयो कसरी छाउने हो।
    विदेश तिर गएको छोरो पनि कहिले आउने हो।
    गोठ भत्किएकोले नै भित्र बस्तु बान्न पाएको छैन,
    मलजल गरेर सागसब्जी पो कहिले लाउने हो।
    कहिले आउँछ सुख घर गोठ कसरी धाउने हो।

    ✍️बेदु न्यौपाने काठमाडौ ✍️

    पञ्चाङ्ग   ११

    खरले बनाएकाे त्यो  गाेठ पल्टिँन आटेकाे छ।
    भर्खरै  जन्मेको बाच्छीलाई गाईले चाटेकाे छ।
    न छेक्दछ हावा यसले   न त पानी नै छेक्दछ,
    कठै ग्वाला र गाईले  दुखैमा दिन  काटेकाे छ।
    गाेठ मात्र नभई ग्वालाकाे वस्त्र नि फाटेकाे छ।

    ✍️मनिषा विष्ट, मेचिनगर १५ फुलमासी ।

    पञ्चाङ्ग   १२

    घामपानी लागेपनि पानी परेपनि सम्झना आइरहने गरायौ ।
    सन्तानले छोडेर गएपनि माया त लाइरहने गरायौ ।
    उध्रेको घरको छानो भत्केको गाह्रो टाल्न विदेशीएको छोरो,
    भित्तामा राखेको तिम्रो तस्विरले निन्द्रा लाइरहने गरायौ ।
    कहिले आउलान् सन्तानको यादहरू छाइरहने गरायौ ।

    ✍️कला ढकाल, झापा [झापाली] ।

    पञ्चाङ्ग   १३

    पौरखी यि हात गोठमा चलाएर खान्छौं ।
    हाम्रा पाखा बारीमा अन्न फलाएर खान्छौं ।
    पर्दैनौ  अरुको भर  स्वाभलम्बी भएर ,
    रगत  पसिनाले  माटो  गलाएर खान्छौं ।
    सिमा मिच्न आउनेलाई ढलाएर खान्छौं।

    ✍️तारा घिमिरे , संखुवासभा ।

    पञ्चाङ्ग  १४

    झुपडीमा गरिबको वास हुन्छ सधैँ।
    देखेर मन कति हो कति रून्छ सधैँ।
    गरिबीको उत्थान गर्छौ हामी भनेर,
    नेताहरू चै अग्ला शहर  घुम्छ सधैँ।
    यो देखेर मुटु मेरो अब छुन्छ सधैँ ।

    ✍️सीता शर्मा पन्थी /बिरगंज ।

    पञ्चाङ्ग   १५

    भाग्यले छेल्यो कर्मले ठेल्यो झुप्रो नी लड्यो है।
    छाउँ ता खर छैन नी  मेरो  दुःख पो बड्यो है।
    गरिबी पन छैन नी धन भोकको ज्वालाले ,
    दन्दनी बल्छ पेटको आगो झन्के रिस्चड्यो है ।
    गरिब  भएँ   दिनानुदिन   जिन्दगी सड्यो है .

    ✍️गुणनिधि घिमिरे, अमेरिका ।

    पञ्चाङ्ग   १६

    चुनाव आयो  दियौं भोट पनि।
    मन भित्र न   राखी खोट पनि।
    हात्थिछापलाई   मन्त्री  बनायौँ,
    जिताउँन त  खायौं  चोट पनि।
    सुध्रिएनन् दियौं त्यो नोट पनि।

    ✍️सुरेशकुमार पान्डे, दाङ घोराही१८।

    पञ्चाङ्ग   १७

    बासको लागि एउटा कुटी रहेको छ मेरो ।
    यसैमा सारा संसार  जुटी रहेको छ मेरो ।
    एकतालाई जोड दिनुपर्नेमा आजभोली ,
    छिमेकीका सहारा त छुटी रहेको छ मेरो।
    सबै छोडे  एक्लै दिल टुटी रहेको छ मेरो ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।

    पञ्चाङ्ग   १८

    हावाहुरी घाम र पानी छेल्नु पर्छ मैले।
    चुल्हो बाल्न सयौँ पापड बेल्नु पर्छ मैले।
    झुत्रेझाम्रे लाउनु छ भत्केका छन् घर गोठ ,
    गरिबीको खेल किन खेल्नु पर्छ मैले।
    मुटु चिर्ने पीडा कति झेल्नु पर्छ मैले ।

    ✍️श्रीकृष्ण शर्मा, पोखरा ।

    पञ्चाङ्ग   १९

    आज यहाँ नयाँ नेपाल  नाम मात्र भयाे ।
    ठुलो चलखेल दैनिकी काम मात्र भयो ।
    खाेइ कृषिको बजेट   अनि गाेठ सुधार ,
    सबै पुरानो पारा नयाँ  खाम मात्र भयो ।
    संविधान कार्यन्वयन   जाम मात्र भयाे ।

    ✍️भवानी घिमिरे,सर्लाही ।

    पञ्चाङ्ग   २०

    राम्रो बानी सिक्नु पर्यो खराब जति सबै  छोडिनु पर्छ।
    अर्काको खेत कति खन्ने अब आफ्नै मकै गोडिनु पर्छ।
    जाँगर  चलाए  त  यही माटोमा उब्जन्छ नि अर्गानिक ,
    बिदेशिएका  पाइला  अब  स्वदेश  तर्फ  मोडिनु  पर्छ।
    अब   घर  सङ्गै  गोठ, गाउँ  सङ्गै  शहर  जोडिनु  पर्छ।

    ✍️पशपति राई , खोटाङ्ग ।

    पञ्चाङ्ग   २१

    औषधि अति नमीठो हुन्छ भन्दछन् खानेले।
    कहिले बित्ला भनेर पला  गन्दछन्  खानेले।
    बिहान हुॅदा खाॅदिन भन्छ बेलुका तड्पिन्छ,
    बिरालो जस्तो भए नि सिंह बन्दछन् खानेले।
    ऑफूले हिॅड्ने कुबाटो ऑफै खन्दछन् खानेले।

    ✍️घनश्याम पौडेल, पोखरा ।

    पञ्चाङ्ग   २२

    देशको हालत कस्तो भयो बाटोमा परेका छन् ।
    नेताहरू जति सबैले आफ्नै खल्ती भरेका छन् ।
    भ्रष्टाचार मौलायो गणतन्त्र र बहुदलले ,
    कामको खोजिमा युवा तराइतिर झरेका छन ।
    ट्वाल्ल  नेता पर्दै जनतालाई के गरेका  छन्  ।

    ✍️जानुका गौतम, काठमाडौं ।

    पञ्चाङ्ग   २३

    भाग्यले ठगेको देशमा बाचेका छौं।
    भष्ट नेताहरू पछाडि नाचेका छौं।
    आकाशे फलको आसामा उम्मिद छ,
    सत्यताको लागि जीवन साचेका छौं।
    मेहनती बनि कम्मर भाचेका छौँ।

    ✍️शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा ।

    पञ्चाङ्ग   २४

    छाप्रो भन्दा गोठ राम्रो छ।
    दुध भन्दा छुर्पी चाम्रो छ ।
    यहि गरिबको चिनारी ,
    दुध बेच्ने बानी हाम्रो छ । 
    खुट्टा भाँचे बाँध्ने काम्रो छ ।

    ✍️धनमाया चौधरी, कैलाली ।

    पञ्चाङ्ग   २५
    [०१]
    बस्नको लागि यहाँ  एउटा घर छ मेरो ।
    यही झुपडी छाउने थोरै खर छ मेरो ।
    मलाई त शहर भन्दा गाउँ मन पर्छ ,
    त्यसैले यहाँका छिमेकीकै भर छ  मेरो ।
    अन्तमा  एक्लै हुँला  भन्ने डर छ मेरो।
    [०२]
    सानो खरको छानोमा जसोतसो बाँचिएकै छ ।
    त्यही छानो भित्र गाई बस्तु पनि सांचिएकै छ ।
    मिहिनतले  दुई छाक त मिठो मसिनै खान्छौँ ,
    त्यही सानो झुपडीमा माया प्रीति गाँसिएकै छ ।
    हरेक  चाडपर्वमा  मिलीजुली हाँसिएकै छ ।

    ✍️दुर्गा भट्टराई , मोरङ।

    पञ्चाङ्ग  २६

    आज म जता त्यतै चक्का जाम देख्छु।
    हेर्नू हुलाकमा त खाली खाम देख्छु।
    कठै त्यो दिन  र आज कति  फरक,
    तैछाड मैछाड नै खुले आम देख्छु।
    आफ्नो फोटो राखी  अरूकै नाम देख्छु।

    ✍️कमला , झापा ।

    पञ्चाङ्ग   २७

    यस्तै गोठ अनि यस्तै घर छ हाम्रो।
    गाई-बस्तु र बाख्राको भर छ हाम्रो।
    चौपाया तल राख्छौँ थारामा छौँ हामी,
    दुःखै सही खानलाई तर छ हाम्रो ।
    चुहिए छानो छाउन खर छ हाम्रो।

         ✍️अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग   २८

    खनी   खोस्री   गर्ने   एउटा पाटो छ हाम्रो।
    धन आर्जनको   चौपाय      बाटो छ हाम्रो।
    खरकै छानो भए पनि ओत लाग्ने ठाउँ छ,
    अन्न बाली    फलाउन उर्बर माटो छ हाम्रो।
    जे जस्तो भए पनि पुर्खौली खाटो छ हाम्रो।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।

    पञ्चाङ्ग   २९

    जाँदैन  बाहिर  पानी  यस्तै छ हजुर।
    दर्दनाक  जिन्दगानी  यस्तै छ  हजुर।
    कतिबेला  उड्छ  हावा, हुँरीसँगै घर,
    तब  मेटिन्छ  कहानी  यस्तै छ हजुर
    सकिन्छ बस्ने र खानी यस्तै छ हजुर ।

    ✍️वसन्त अनुभव, घोराही, दाङ ।

    पञ्चाङ्ग   ३०

    त्यही पुरानो खरको झुपडी पर्छ मन।
    जन्मे र हुर्केको माटोले मेरो हर्छ मन।
    पखेटा हालेर जहाँ जहाँ उडे तापनि,
    गाउँको गाउँले जीवनमा नै सर्छ मन।
    गाउँमै हासी खुसी  रमाउदै टर्छ मन।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट अभ्यास शृङ्खला-१६ सम्पन्न

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५७ औँ शृङ्खला सम्पन्न

  • १८ कार्तिक २०७९, शुक्रबार ०७:४७ मा प्रकाशित
  • काठमाडौ, १२ कात्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५७ औँ शृङ्खला कार्तिक ५ गते शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ८३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५७ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    सकियो तीज सकियो दसैँ सकियो तिहार,
    खाडल पुर्न पुगेन पैसा पठाऊ पियार ।

    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    नहेरी घाँटी निल्दछौ हाड पछुतो अड्किँदा,
    उड्दछ सारा सपनाहरू जीवन पड्किँदा ।
    🌑वसन्त अनुभव
    घोराही- १४, दाङ

    [२]
    जानिनँ मैले काम गर्न भन्छ कसरी कमाउ,
    हजार झुट चुट्कीमै बोल्छौ नेता भई रमाउ ।
    🌑सुदिप कुइकेल

    [३]
    मन जलेको छ कसरी निभाउँ,
    भएँ म खरानी कसरी भिजाउँ ।
    🌑सन्जना
    शर्मा दाङ लमही।

    [४]
    गरेर सिको फजूल-खर्ची तिहार मनायौ,
    भएन सुको कसरी पुर्ने खाडल बनायौ।
    🌑ख्यामराज खतिवडा
    सूर्योदय ७ इलाम

    [५]
    कसरी चल्छ जिन्दगी सानू पैसामा रुँझेर,
    रमाउँनू घरको दुःख व्यवहार बुझेर ।
    🌑निर्मला खत्री
    ओखलढुंगा

    [६]
    तिहार भनेर नाँच्छन् र गाउछन् दक्षिणा मागेर,
    हुनेले देला नहुने गरिब कहाँ जाने भागेर ।
    🌑दुर्गा तामाङ
    संखुवासभा

    [७]
    हाैसिई खायाै तम्सिई लायाै अगाडि हेरेनाै,
    नहेरी घाँटी हाड त्याे निल्ने बानी नै फेरेनाै ।
    🌑त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [८]
    धेरैको हाँसेरै मन जित्ने,
    दुश्मनहरू सबै नै बित्ने।
    🌑सुशीला पौडेल

    [९]
    जिन्दगीमा कहिले सिकाएनौ हार्न,
    आँसु के हो भनेर सिकाएनौ झार्न ।
    🌑भगवान श्रेष्ठ
    आँबु खैरेनी,३ तनहुँ

    [१०]
    छैन खुसी छैन आनन्द, नत छ मन स्थिर,
    साहुको ऋण, कसरी तिरूँ छ मनमा पिर ।
    🌑 हिरा सारू मगर
    बौदीकाली-६, नवलपुर!

    [११]
    घडेरी बेची चुनाव लड्यौ, तैपनि जितेनौं,
    ऋणको भार बोकेर हिड्यौ, पिरले बितेनौ ।
    🌑अजय कुमार झा
    महोत्तरी, जलेश्वर,

    [१२]
    सम्झिई तिम्रो वचन भक्क हुन्छ छाती,
    कोपिला मै झर्ने फूल नफुलेकै जाती ।
    🌑टंकबाबु बि.सी.
    तुर्माखाँद ३ अछाम
    सुदूरपश्चिम प्रदेश

    [१३]
    दसैँ तिहारमा खाएर मस्ती रमाइलो भयो,
    फजुल खर्च गर्नाले खेतबारी सबै नै गयो ।
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर थिमी५सङ्गम काेलाेनी भक्तपुर ।

    [१४]
    घाँटी सानो हुनेले भन्छन् किन निल्नु ठूलो हाड,
    के गर्नु समाजमा गिरी मान्नु नि भएन चाड ।
    🌑शंकर कार्की
    थाहा नगरपालिका ३मकवानपुर।

    [१५]
    तीज, दसैँ, तिहार दुःख सुखमै बित्यो, अब आउँदै छ छठ पर्व,
    छठी मैयाले दुःख पीडा व्यथा हरण गरून्, मन मुटुमा होस् गर्व ।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [१६]
    कमाएकाे पठाएँ सबै खर्च बढ्याे अति,
    फुर्मास गर्दै हिड्छे स्वास्नी हुने भाे दुर्गति ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [१७]
    दसैँ, तिहार छोडी गए, छोडे अभावको दरार,
    सुल्झाउँनै पर्यो साहुको अब, पैसाको व्यवहार ।
    🌑अबजस चन्द्र
    झापा

    [१८]
    जिउ ज्यान हेर्दा खुबै रै’छ ज्याङ्गो,
    भयो भ्रष्ट त्यो बुद्धि देखेँ नि नाङ्गो ।
    🌑अन्जु तिमल्सिना घिमिरे
    गोदावरी १० ललितपुर

    [१९]
    पियारी अब घरमा आउन एक वर्ष ढिलायो,
    तलब जम्मै तिहार पर्वमा कहाँ कहाँ बिलायो ।
    🌑कर्ण दयाल सोराडी
    मेलौली नगरपालिका ७ ,बैतडी

    [२०]
    खादाको बखतमा देखेनौ आँखा हसुर्‍यौ त्यसरी,
    साथीको फिर्ता गर्नु छ यसपालि पठाऊँ कसरी ?
    🌑प्रदीप के रिमाल
    इटहरी, सुनसरी।

    [२१]
    हुनेलाई धनमाथि धनैको छ थाक,
    कति छन् गरिब टुटेको छ छाक ।
    🌑चक्र सुब्बा
    पश्चिम बंगाल पथरझोरा

    [२२]
    पर्वहरू त सकिएर गए हजुर अब याे वर्ष दिनलाई,
    कसरी तिराैँला चाडबाड उतार्न लागेका दुखीको रिनलाई ।
    🌑शाेभा आचार्य गाैतम
    काठमाण्डौँ

    [२३]
    कसरी पठाउँ, सकिनँ टिप्न, रुखैको पातैमा,
    अर्को सालसम्म आउँला घर, पैसाको साथैमा ।
    🌑मनोज खत्री अछामी

    [२४]
    इज्जत थाम्न मान्नुनै पर्दछ चाडबाड हजार,
    पहिचान हाम्रा संस्कृति राम्रा तीज दसैँ तिहार ।
    🌑बिबस पारदर्शी
    भद्रपुर झापा

    [२५]
    नगरी देखासिकी चाडपर्व मनाउँदैथेँ धन्न,
    सकियो पैसा तिहारमा हेर चाडैँ पठाऊ टन्न ।
    🌑भगवती दवाडी
    झापा

    [२६]
    म परदेश छोरा-छोरी घर,
    खाऊँ सक मरी लानु के छर ।
    🌑यामनाथ आचार्य
    पर्वत

    [२७]
    घाँटी सानो थाहा पाउँदापाउँदै किन पो ठुलो खानु,
    पछिको कुरा थाहा नहुनेले बेलैमा टुट्ला नि मानु।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप:सुनापति-१
    हाल:बोस्टन,अमेरिका।

    [२८]
    नसकियोस् जिन्दगी नसकियोस् समय,
    सकिनु पर्ने सकिन्न कुरा कतिपय ।
    🌑मदनमणी थुलुङ राई
    सोलु दुधकुण्ड नगरपालिका ११ तिङ्ला।

    [२९]
    नेपाली धर्म संस्कार कर्म कसरी मनाऊँ,
    पियारालाई खल्तीको पीडा कसरी जनाऊँ !
    🌑रचना शर्मा प्रतीक्षा
    महालक्ष्मी ४, ललितपुर ।

    [३०]
    खल्लो भयो, यसपालि नि यो दसैँ तिहार,
    अभागी रहेछु, खाली भयो मेरो निधार ।
    🌑प्रकृति श्रेष्ठ
    हाल बुटवल

    [३१]
    कमाई भएमा मनाउँला यस्ता पर्व हजार,
    घर बेचेर ऋणमा मान्ने छैन दसैँ तिहार ।
    🌑शिव कुमार रेग्मी
    पोखराथोक,पाल्पा

    [३२]
    भएको पैसा सिद्धियाे प्यारा रमाइलो गर्दै, हाम्रा चाडपर्व मानेर,
    व्यवहार चल्न गाह्राे भाे पैसा पठाऊ है, मनको बात आफैँ जानेर ।
    🌑मित्र `उराठी´ गाैतम
    तिलाेत्तमा-२, रुपन्देही

    [३३]
    औकात भुलेर पौडेकी थियौ रे सुखको सागरमा,
    पैसाले गर्दा बिराम चिन्ह लगाइथ्यौ रे जाँगरमा
    🌑बाबुराम गौतम
    गुल्मी

    [३४]
    अरूका अघि देखासिकी गरे त्यस्तै हो हालत,
    के गरी पैसा पुगेन त्यहाँ थाहा पाए चाल त ।
    🌑छिरिङ डाेमा शेर्पा
    गौरीशंकर ,दोलाखा

    [३५]
    आजसम्मन जेनतेन गरी भगाएँ तिहार,
    तुरुन्तै पैसा पठाऊ नत्र बालबच्चा स्याहार ।
    🌑भगवती अधिकारी
    झापा

    [३६]
    तिहार पनि दिक्दार नै भो हजुर नआएर,
    साह्रै मन चन्चल भो पैसाको बिटो नपाएर ।
    🌑प्रेम थापा “मन “

    [३७]
    विदेशै गएँ, दु:ख नि गरेँ, पठाएँ घर खर्च पियारी,
    सकिनँ धान्न अब त खर्च, माफी देऊँ राम्ररी बिचारी ।
    🌑इन्दिरा गौतम
    इटहरी १

    [३८]
    देखावटी, देखासिकीमा जो छ सबै खर्च गर्ने,
    थाहा छैन भोलिबाट कसरी खाली भुँडी भर्ने ।
    🌑लिलाराम दास

    [३९]
    पसिना बग्छ दिन र रात बग्छ नि रगत,
    दाम र पैसा भएन भने के होला जगत ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [४०]
    मनाइयो तीज मनाइयो दसैँ मनाइयो तिहार,
    दस नङ्ग्रा खियाएर साहुको छिट्टै तिर्नु छ उधार ।
    🌑बेदु न्यौपाने

    [४१]
    तिमीले आज परको देश पसिना बगायौ,
    जवानी सबै सकेर कस्तो पिरती लगायौ ?
    🌑आर्त अकुलीन
    कैलाली

    [४२]
    काेही छन् साउदी युवाहरू काेही छन् कतारमा,
    भविष्य खाेज्दै विदेश जाने थुप्रै छन् हतारमा ।
    🌑राेशन खड्का
    बाजुरा बडिमालिका ६ काेर्ध

    [४३]
    सक्नु हुदैन देखावटीमा सम्पत्ति भन्ने कुरा
    पसिना बगाएर कमाऊँ सपना हुन्छ पूरा ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [४४]
    देखासिकी चाडपर्व परम्परा धान्न मुस्किल,
    ऋण लागेपछि भएका छन् यी आँखा टिलपिल ।
    🌑भावना मञ्जु
    माेरङ

    [४५]
    चाडपर्व आएर गए टाउको किन भारी ?
    बाह्रैँ मास चाड मान्ने भए लागौँ धर्ती पारी ।
    🌑नन्दलाल आचार्य
    बेलका- २, सिद्धार्थटोल, उदयपुर
    अहिले- रुपनगर, सप्तरी

    [४६]
    खायौँँ रक्सी मासु, अपच भयो, मेला पर्वको नाउँ,
    लाग्यो ऋण, जानुपर्‍यो विदेश, छाडेर आफ्नो गाउँ।
    🌑सुरेशकुमार पान्डे।
    दाङ घोराही १८

    [४७]
    दु:खले सिएँ नानीको नाना दु:खले दिन कटाएँ,
    महान चाडपर्वमा पनि आफ्नैँ रहर हटाएँ ।
    🌑पवित्रा पोख्रेल

    [४८]
    ए प्यारी ! तिमी त घरमा नै बस्छौ गरेर रमाइलो,
    के थाहा तिमीलाई यहाँको दु:ख प्रचण्ड घमाइलो ।
    🌑मिलन कुलुङ

    [४९]
    सालकाे पात हाेइन पैसा अप्ठ्यारो छ रुख,
    पैसा पैसा भन्दाभन्दै जीवनभरकाे दुख !
    🌑निरज कोइराला
    बेलका१ उदयपुर, हालः इटहरी

    [५०]
    रितै त होनि आउने र जाने वर्ष दिनको चाड,
    पिर नलेउ सानू काटी धान पकाउँनु है माड ।
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया

    [५१]
    नेता आए है मात्तिएको राँगोझैँ, यिनीले जनतालाई मात्र हान्ने,
    राष्ट्रिय सम्पत्ति खाएर त मेाटाएका हुन्, यिनलाई कसले मान्ने ।
    🌑पवन कुमार बुढाथेाकी
    काठमाडौं, हाल सिडनी

    [५२]
    आउँछन् सधैँ चाडपर्व रमाइलो लिएर,
    हुन्छन् विदा गहकिलाे ऋणकाे भारी दिएर ।
    🌑कृष्ण अधिकारी
    विर्तामोड, झापा

    [५३]
    दसैँ र तिहार मनाएँ प्यारा ऋणै गरेर,
    डलर पठाऊँ पियारा, खनखन गनेर ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [५४]
    पैसाको बोटमा टिप्दैमा रुपियाँ जान्छ कि यो चोला,
    खडेरी पर्दा नदी सुक्छ तिमीलाई नि थाहा होला ।
    🌑बुद्धराम थिङ
    वाग्मती १ ललितपुर

    [५५]
    राजनीतिमा बेइमानीको लागेको छ लेउ,
    राम्रा असल नेतालाई लगाए पाखा छेउ ।
    🌑विष्णु पाख्रीन तामाङ

    [५६]
    पसिना चुहाई चार घण्टा सुती यी आँखा मिचेर,
    तिमीलाई पैसा पठाउन भनी बस्दैँछु टिपेर ।
    🌑गाेपालकृष्ण डंगाेल
    काठमाण्डाैँ ।

    [५७]
    घाँटी नहेरी हाड निल्नेलाई सकिन्छ केनै भन्न ?
    खाली अनुरोध गर्ने न हो बेलैमा सचेत बन्न ।
    🌑पेम्बा दोर्जे भोम्जन
    बकैया गाउँपालिका -११, गमल्टार, मकवानपुर ।
    हाल श्री जनजागृति माध्यमिक विद्यालय, बकैया – ०८, मकवानपुर।

    [५८]
    मान्याै हाैँली चाडपर्व खर्च जुटाएर ,
    धनी बस केही बर्ष जाेखिम् उठाएर ।
    🌑रामकृष्ण दुवाडी

    [५९]
    पठाएकै छु पैसा तलब आउनासाथ, अझै कति हो चाहिने
    म यता छु परिश्रम गर्दै, कसलाई राख्यौ प्यारी तिम्रो दाहिने ?
    🌑राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [६०]
    सबैले भनौँ उज्यालो रोजौँ, अँध्यारो फालेर,
    स्वतन्त्र भई हाँसौँ रमौँ निरङ्कुस ढालेर ।
    :🌑कुमार श्रेष्ठ “बुभुत्सु”
    महालक्ष्मी न.पा.९ (ल.पु.जी)

    [६१]
    तन्ना जति नै खुट्टा फैलाए पाे पैसाले पनि पुग्थ्यो पर्वमा,
    फजुल खर्च उडाउने भए रमाउँदै झुठो त्यो गर्वमा ।
    🌑दीपक ठटाल जलन
    खरसाङ

    [६२]
    बाटो नहेरी गन्तव्यमा लम्किँदा,
    पछुतो लाग्छ है विगत सम्झिँदा !
    🌑रितु बुढाथोकी
    उदयपुर गाईघाट

    [६३]
    दसैँको रौँनक, तिहारको तुजुक, पैसाले गरायो,
    आँगनमा साहु आएको देख्दा जोश जाँगर हरायो।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [६४]
    के गर्नु प्रिय म घर बसेमा चुलो नै बल्दैन,
    सजिलो छैन पैसा कमाउन रुखमा फल्दैन।
    🌑घनु भाट क्षेत्री
    सिमलपानी, शितगंगा १३ अर्घाखाँची
    हाल : परदेशी भुमी दुबई

    [६५]
    हेर्दाहेर्दै तिमी पनि आखिर उसैको भयौ,
    म पर्खेको थिए तिमी उसँग रमाएरै गयौ।
    🌑सानु ओम बडैला
    सुदुर पश्चिम डोटी

    [६६]
    साथीसँग सापटी लिएको त्यो रकम अझै कटेन,
    पठाउन त बढी नै पठाएँ फजुल खर्च घटेन ।
    🌑असिराम डंगौरा
    जोशीपुर कैलाली
    हाल-भारत

    [६७]
    विदेशमा प्यारी पैसा नै फल्ने क्या ठुला छन् बाेट,
    त्यो पैसा टिप्न नजान्ने मेरा ठुलठुला छन् खाेट ।
    🌑रामप्रसाद बेल्बासे’एक्लो यात्री’
    शीतगङ्गा-५,अर्घाखाँची
    हाल: बुद्धभूमि ३,कपिलवस्तु ।

    [६८]
    आउँछन् पर्वहरू दु:ख सुख खुसीले मनायो,
    सकिएर जाँदा ऋणको भारी टाउको कन्यायो !
    🌑रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !

    [६९]
    कमाउँने म छँदैछु प्यारी मिठाे मिठाे खाउन,
    बरु म भुलिदिउँला स्वदेश फर्केर आउन ।
    🌑माया नेपाल
    इटहरी

    [७०]
    दु:ख सुख आउँछ जान्छ, यस्तै हो संसार,
    बाँचुन्जेल कमाउन, उठाऊ तरवार ।
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [७१]
    तिहारसँगै सकियो यस वर्षका चाड र पर्व,
    पियारासँगै घर बस्न पाउँदा लाग्दछ नि गर्व ।
    🌑भेष कुमारी लामिछाने
    देवदह ०५ , खैरेनी

    [७२]
    पठा’कोथे तिज र दसैँमा सोच त बिचारी,
    पैसा टिप्न चढ्दैछु रुख यहाँ पख न प्यारी ।
    🌑राजकुमार कार्की

    [७३]
    पठाउन हुन्थ्यो ऋणमा छु पठाऊँ कसरी,
    चाडबाडे गर्जो टार्नु उतै जसरी तसरी ।
    🌑सुरेखा चाम्लिंग राई
    –भक्तपुर

    [७४]
    चाड र पर्व मानियो प्यारा ऋण है खोजेर,
    पठाऊँ खर्च साथी आउने दिन है सोधेर ।
    🌑सरिता सेढाई

    [७५]
    एक्लै बसी परदेशमा किन दु:ख पाउँनु,
    पैसा मलाई चाहिँदैन तिमी आफैँ आउँनु ।
    🌑मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [७६]
    चाडबाड गयो दसैँ र तिहारमा आउँन पाइनँ,
    आमा र बुबा परिवारसँग एक छाक नै खाइनँ।
    🌑दुर्गा आचार्य
    मोरङ

    [७७]
    यो वर्षको दसैँ तिहार, रमझम गरी गयो,
    आउने साल कता कोही, सम्झनामै दिने भयो।
    🌑एवाइ प्रभात(पारुहाङ राई)
    धनकुटा । हाल मोरङ

    [७८]
    विदेशबाट पठाए पैसा चाडपर्व मनाउन,
    कसले भन्यो मोजमस्ती गरी जोगीनै बनाउन ?
    🌑नवशिला
    बेलाबारी-२, लालभित्ती, मोरङ ।

    [७९]
    चाडपर्व गए सकिएन हामीले केही नि लाउन,
    अलिकति पैसा पठाउनुस् हजुर याे घर छाउन ।
    🌑उर्मिला के.शी
    धनकुटा

    [८०]
    पचास डिग्री तापक्रममा झार्नुपर्दछ पसिना ,
    बेकार फजुल खर्च गरी बन्न नखाेज हसिना ।
    🌑 प्रद्युम्न चालिसे
    देवघाट तनहुँ ।

    [८१]
    नेपालीपन यी हाम्रा धन जोगाऔँ संस्कृति,
    घाँटी हेरी हाड निल्ने गरौँ चलाऔँ जागृति ।
    🌑हरि गिरी
    सुनकोशी-३, सिन्धुली

    [८२]
    दुखजिलो गरिकन कमाएको धन,
    हावामा उडाएको किन तिमीले भन?
    🌑गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    [८३]
    दसैँ र तिहार आहा क्या राम्रो रमाइलो गरियो,
    पछुतो अहिले लाग्दैछ हजुर ऋणमा परियो ।
    🌑ईशहाक हुसैन
    जीतपुर सिमरा १४ बारा बाट

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५७ औँ शृङ्खला सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P