
पञ्चाङ्ग चित्रपट भाग:-१६
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
मिति: २०७९/०७/१६ देखि १७ गते ८ बजे साँझसम्म।
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको १६[सोह्रौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रवर्तक तथा परिकाल्पनाकार
=================
सोमनाथ लुइटेल “रवि पाल्पाली”
सह प्रवर्तक
=======
सुशीला पौडेल
प्रशिक्षक :
————
गुणनिधि घिमिरे
तोयानाथ सुवेदी
चित्र संकलन गुगलबाट
सोमनाथ लुइटेल “रवि पाल्पाली”

शुद्धीकरण
————–
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )
सङ्कलक :-
———-
दुर्गा आचार्य & सुशीला पौडेल
संरचना
———
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजन
————-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
पञ्चाङ्ग ०१
घर गोठ ढलेकोछ गरिबको ।
आगो पनि बलेकोछ गरिबको ।
बाढी आयो आँधी आयो नेता कता ,
घर धनी गलेकोछ गरिबको ।
यस्तै यस्तै चलेकोछ गरिबको ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
हाल बर्दिया ।
पञ्चाङ्ग ०२
दयनीय अवस्था कति देख्नु पर्छ यहाँ ।
नेताले सकेसम्म आफैलाई गर्छ यहाँ ।
चुनाव नै जित्न बन्दुकबाट गोलि चल्छ ,
दु:ख पर्दा नेता गोठमा किन सर्छ यहाँ ।
गरिबको जस्तो दु:ख कसरी टर्छ यहाँ ।
✍️शन्जना शर्मा, लमही दाङ ।
पञ्चाङ्ग ०३
गोठमा गाई बाँध्ने पारा राम्रो ।
उसैले खाने घाँस चारा राम्रो ।
दूध यिनको अमृत समान ,
छेउमा राखेको खै धारा राम्रो ।
यसरी गाई पाल्नु सारा राम्रो ।
✍️भगवती दवाडी ,झापा ।
पञ्चाङ्ग ०४
गुजारामुखी भएर गोठमा चलाउँछ किसान ।
थोरैथोरै भएपनि अाम्दानी फलाउँछ किसान।
जसोतसो गरेर परिवार पाल्नु पर्छ बिचरा,
दुःख दुःखैमा जीवन यसरी गलाउँछ किसान।
खै!कहिले हो समृद्धिको दिन पलाउँछ किसान।
✍️होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग ०५
गरिबको झुपडी छ बाँचेकै छौँ सबै।
गाई भैंसीहरू पनि साँचेकै छौँ सबै।
हामीले दु:ख सुख गरी खाएता पनि,
खुसीसाथ मिलीजुली नाचेकै छौँ सबै।
बारुले कम्मर पनि भाँचेकै छौँ सबै।
✍️मल्ल लक्ष्मी श्रेष्ठ, मेची किनार
बिर्तामोड झापा ।
पन्चाङ्ग ०६
गजबका दिन आएछन् हेर साथी ।
चुनाव आयो नयाँ लुगा फेर साथी ।
म पुरानो विचार फेर्छु यसपालि ,
थोरै नैतिकता हुनेले टेर साथी ।
नहुनेहरू न आऊ म नेर साथी ।
✍️देवी पन्थी ।
पञ्चाङ्ग ०७
मेरो त घर गोठको छानो हरायो ।
गर्दा गर्दै हेर मेरो मानो हरायो ।
दरिद्रता छायो खालि मलाई हो कि ,
घरको मुली नहुँदा रानो हरायो ।
गोठमा पालेको पाठो सानो हरायो ।
✍️संगिता शर्मा, सिन्धुली ।
पञ्चाङ्ग ०८
पूर्व झुल्किने बिहानीको आस राम्रो ।
सन्तोषले फेरिने स्वच्छ सास राम्रो ।
लिनु र दिनु के नै छ र आखिरीमा,
मिलेर खुसीले खाएको गास राम्रो ।
महल भन्दा झुपडीको बास राम्रो ।
✍️आर्त अकुलीन, कैलाली ।
पञ्चाङ्ग ०९
चुहिने खरको छाना जसो तसो बाचिएको छ ।
त्यहीँ भित्र गाई भैँसीहरुपनि साचिएको छ ।
परिश्रमी बन्दै दुई छाक मीठो मसिनो खान्छौ,
परिवारमा मिलिजुली कम्मर भाचिएको छ ।
पर्व आउदा मिलेर सद्भावले नाचिएको छ।
✍️दुर्गा रिजाल आचार्य, मोरङ ।
पञ्चाङ्ग १०
बारीको गोठपनी भत्केर गयो कसरी छाउने हो।
विदेश तिर गएको छोरो पनि कहिले आउने हो।
गोठ भत्किएकोले नै भित्र बस्तु बान्न पाएको छैन,
मलजल गरेर सागसब्जी पो कहिले लाउने हो।
कहिले आउँछ सुख घर गोठ कसरी धाउने हो।
✍️बेदु न्यौपाने काठमाडौ ✍️
पञ्चाङ्ग ११
खरले बनाएकाे त्यो गाेठ पल्टिँन आटेकाे छ।
भर्खरै जन्मेको बाच्छीलाई गाईले चाटेकाे छ।
न छेक्दछ हावा यसले न त पानी नै छेक्दछ,
कठै ग्वाला र गाईले दुखैमा दिन काटेकाे छ।
गाेठ मात्र नभई ग्वालाकाे वस्त्र नि फाटेकाे छ।
✍️मनिषा विष्ट, मेचिनगर १५ फुलमासी ।
पञ्चाङ्ग १२
घामपानी लागेपनि पानी परेपनि सम्झना आइरहने गरायौ ।
सन्तानले छोडेर गएपनि माया त लाइरहने गरायौ ।
उध्रेको घरको छानो भत्केको गाह्रो टाल्न विदेशीएको छोरो,
भित्तामा राखेको तिम्रो तस्विरले निन्द्रा लाइरहने गरायौ ।
कहिले आउलान् सन्तानको यादहरू छाइरहने गरायौ ।
✍️कला ढकाल, झापा [झापाली] ।
पञ्चाङ्ग १३
पौरखी यि हात गोठमा चलाएर खान्छौं ।
हाम्रा पाखा बारीमा अन्न फलाएर खान्छौं ।
पर्दैनौ अरुको भर स्वाभलम्बी भएर ,
रगत पसिनाले माटो गलाएर खान्छौं ।
सिमा मिच्न आउनेलाई ढलाएर खान्छौं।
✍️तारा घिमिरे , संखुवासभा ।
पञ्चाङ्ग १४
झुपडीमा गरिबको वास हुन्छ सधैँ।
देखेर मन कति हो कति रून्छ सधैँ।
गरिबीको उत्थान गर्छौ हामी भनेर,
नेताहरू चै अग्ला शहर घुम्छ सधैँ।
यो देखेर मुटु मेरो अब छुन्छ सधैँ ।
✍️सीता शर्मा पन्थी /बिरगंज ।
पञ्चाङ्ग १५
भाग्यले छेल्यो कर्मले ठेल्यो झुप्रो नी लड्यो है।
छाउँ ता खर छैन नी मेरो दुःख पो बड्यो है।
गरिबी पन छैन नी धन भोकको ज्वालाले ,
दन्दनी बल्छ पेटको आगो झन्के रिस्चड्यो है ।
गरिब भएँ दिनानुदिन जिन्दगी सड्यो है .
✍️गुणनिधि घिमिरे, अमेरिका ।
पञ्चाङ्ग १६
चुनाव आयो दियौं भोट पनि।
मन भित्र न राखी खोट पनि।
हात्थिछापलाई मन्त्री बनायौँ,
जिताउँन त खायौं चोट पनि।
सुध्रिएनन् दियौं त्यो नोट पनि।
✍️सुरेशकुमार पान्डे, दाङ घोराही१८।
पञ्चाङ्ग १७
बासको लागि एउटा कुटी रहेको छ मेरो ।
यसैमा सारा संसार जुटी रहेको छ मेरो ।
एकतालाई जोड दिनुपर्नेमा आजभोली ,
छिमेकीका सहारा त छुटी रहेको छ मेरो।
सबै छोडे एक्लै दिल टुटी रहेको छ मेरो ।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
पञ्चाङ्ग १८
हावाहुरी घाम र पानी छेल्नु पर्छ मैले।
चुल्हो बाल्न सयौँ पापड बेल्नु पर्छ मैले।
झुत्रेझाम्रे लाउनु छ भत्केका छन् घर गोठ ,
गरिबीको खेल किन खेल्नु पर्छ मैले।
मुटु चिर्ने पीडा कति झेल्नु पर्छ मैले ।
✍️श्रीकृष्ण शर्मा, पोखरा ।
पञ्चाङ्ग १९
आज यहाँ नयाँ नेपाल नाम मात्र भयाे ।
ठुलो चलखेल दैनिकी काम मात्र भयो ।
खाेइ कृषिको बजेट अनि गाेठ सुधार ,
सबै पुरानो पारा नयाँ खाम मात्र भयो ।
संविधान कार्यन्वयन जाम मात्र भयाे ।
✍️भवानी घिमिरे,सर्लाही ।
पञ्चाङ्ग २०
राम्रो बानी सिक्नु पर्यो खराब जति सबै छोडिनु पर्छ।
अर्काको खेत कति खन्ने अब आफ्नै मकै गोडिनु पर्छ।
जाँगर चलाए त यही माटोमा उब्जन्छ नि अर्गानिक ,
बिदेशिएका पाइला अब स्वदेश तर्फ मोडिनु पर्छ।
अब घर सङ्गै गोठ, गाउँ सङ्गै शहर जोडिनु पर्छ।
✍️पशपति राई , खोटाङ्ग ।
पञ्चाङ्ग २१
औषधि अति नमीठो हुन्छ भन्दछन् खानेले।
कहिले बित्ला भनेर पला गन्दछन् खानेले।
बिहान हुॅदा खाॅदिन भन्छ बेलुका तड्पिन्छ,
बिरालो जस्तो भए नि सिंह बन्दछन् खानेले।
ऑफूले हिॅड्ने कुबाटो ऑफै खन्दछन् खानेले।
✍️घनश्याम पौडेल, पोखरा ।
पञ्चाङ्ग २२
देशको हालत कस्तो भयो बाटोमा परेका छन् ।
नेताहरू जति सबैले आफ्नै खल्ती भरेका छन् ।
भ्रष्टाचार मौलायो गणतन्त्र र बहुदलले ,
कामको खोजिमा युवा तराइतिर झरेका छन ।
ट्वाल्ल नेता पर्दै जनतालाई के गरेका छन् ।
✍️जानुका गौतम, काठमाडौं ।
पञ्चाङ्ग २३
भाग्यले ठगेको देशमा बाचेका छौं।
भष्ट नेताहरू पछाडि नाचेका छौं।
आकाशे फलको आसामा उम्मिद छ,
सत्यताको लागि जीवन साचेका छौं।
मेहनती बनि कम्मर भाचेका छौँ।
✍️शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा ।
पञ्चाङ्ग २४
छाप्रो भन्दा गोठ राम्रो छ।
दुध भन्दा छुर्पी चाम्रो छ ।
यहि गरिबको चिनारी ,
दुध बेच्ने बानी हाम्रो छ ।
खुट्टा भाँचे बाँध्ने काम्रो छ ।
✍️धनमाया चौधरी, कैलाली ।
पञ्चाङ्ग २५
[०१]
बस्नको लागि यहाँ एउटा घर छ मेरो ।
यही झुपडी छाउने थोरै खर छ मेरो ।
मलाई त शहर भन्दा गाउँ मन पर्छ ,
त्यसैले यहाँका छिमेकीकै भर छ मेरो ।
अन्तमा एक्लै हुँला भन्ने डर छ मेरो।
[०२]
सानो खरको छानोमा जसोतसो बाँचिएकै छ ।
त्यही छानो भित्र गाई बस्तु पनि सांचिएकै छ ।
मिहिनतले दुई छाक त मिठो मसिनै खान्छौँ ,
त्यही सानो झुपडीमा माया प्रीति गाँसिएकै छ ।
हरेक चाडपर्वमा मिलीजुली हाँसिएकै छ ।
✍️दुर्गा भट्टराई , मोरङ।
पञ्चाङ्ग २६
आज म जता त्यतै चक्का जाम देख्छु।
हेर्नू हुलाकमा त खाली खाम देख्छु।
कठै त्यो दिन र आज कति फरक,
तैछाड मैछाड नै खुले आम देख्छु।
आफ्नो फोटो राखी अरूकै नाम देख्छु।
✍️कमला , झापा ।
पञ्चाङ्ग २७
यस्तै गोठ अनि यस्तै घर छ हाम्रो।
गाई-बस्तु र बाख्राको भर छ हाम्रो।
चौपाया तल राख्छौँ थारामा छौँ हामी,
दुःखै सही खानलाई तर छ हाम्रो ।
चुहिए छानो छाउन खर छ हाम्रो।
✍️अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
पञ्चाङ्ग २८
खनी खोस्री गर्ने एउटा पाटो छ हाम्रो।
धन आर्जनको चौपाय बाटो छ हाम्रो।
खरकै छानो भए पनि ओत लाग्ने ठाउँ छ,
अन्न बाली फलाउन उर्बर माटो छ हाम्रो।
जे जस्तो भए पनि पुर्खौली खाटो छ हाम्रो।
✍️सरस्वती श्रेष्ठ, इटहरी ।
पञ्चाङ्ग २९
जाँदैन बाहिर पानी यस्तै छ हजुर।
दर्दनाक जिन्दगानी यस्तै छ हजुर।
कतिबेला उड्छ हावा, हुँरीसँगै घर,
तब मेटिन्छ कहानी यस्तै छ हजुर
सकिन्छ बस्ने र खानी यस्तै छ हजुर ।
✍️वसन्त अनुभव, घोराही, दाङ ।
पञ्चाङ्ग ३०
त्यही पुरानो खरको झुपडी पर्छ मन।
जन्मे र हुर्केको माटोले मेरो हर्छ मन।
पखेटा हालेर जहाँ जहाँ उडे तापनि,
गाउँको गाउँले जीवनमा नै सर्छ मन।
गाउँमै हासी खुसी रमाउदै टर्छ मन।
✍️सुमित्रा पोखरेल, काठमाडौं ।

