• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ३८

  • १४ श्रावण २०८०, आईतवार १३:०३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- अठतीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०८०/०४/ ११गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३८[ अठत्तिसौँ]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन


    —————–
    सुशीला पाैडेल

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
         चित्रमा पञ्चाङ्ग


    ~~~~~~~~~~~~~~

    पञ्चाङ्ग:०१
    सागर   तटमा   मुस्कुराएर   बसेकी  हरित परी।
    कसैकाे प्रतिक्षामा त्याे परेली कसेकी हरित परी।
    लाग्छ  संसारकै सुन्दर दृश्य अन्त देखिदैन कतै,
    ढुङ्गा  हैन सजिव भै धर्तीमा  खसेकी हरित परी।
    कस्ताे  मेराे  पागल मन भित्र पसेकी हरित परी।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    पानी माथि जहाजको चाल हेर्दैछु।
    तलमाथि लहरा झै छाल हेर्दैछु।
    म पहाड शान्त बसेको देख्छौ होला,
    मै माथि विपत्तिको यो जाल हेर्दैछु।
    कस्तो होला भविष्य त्यो हाल हेर्दैछु।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग ::०३
    अक्षर-२२

    कति सुन्दर मानव आकृति भएको ठाउँ जानू जस्तै लाग्यो।
    हेर्दा तलाउमा सजिएको नाउँ खियाउदै लानु जस्तै लाग्यो।
    प्रकृतिले कहीँ कहीँ त कतिसम्म सुन्दर दिन्छ ठाउँ पनि,
    हेर्दा लाग्ने मनो महक दृश्यमा बसि केही खानु जस्तै लाग्यो।
    पत्थर,रुप,लुगा हेर्दा लोभ लाग्दो आफैले तानु जस्तै लाग्यो।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    प्रकृतिको छटा हेर्दा लाग्छ विचित्र।
    यही बसी केही केर्दा लाग्छ विचित्र।
    प्रकृतिको अनुपम दृश्यलाई म,
    आफै अंगालोमा बेर्दा लाग्छ विचित्र।
    प्राकृतिले चाल फेर्दा लाग्छ विचित्र।
    ह्यारिस

    पञ्चाङ्ग:०५
    जिन्दगीमा एकपेट पनि राम्रो खान नपाएकी।
    वर्षमा  एकदिन  मावल  पनि  जान नपाएकी।
    आँसुकै सागरमा जीवन बिताएकी मेरी आमा,
    आमा भएर नि आमाको कहिल्यै मान नपाएकी।
    जिउँदो  रहँदा पनि  जीवनको  भान  नपाएकी।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६
    आमा तिम्रा सपना पूरा गर्दै छु।
    येन केन प्रकारेण अघि सर्दै छु।
    जीवनमा दुखसुख जे परे नि,
    शुरूमा आमाको चरण पर्दै छु।
    संसारमा त्यो तिम्रो नाम छर्दै छु।
    घनश्याम पौडेल, पोखरा

    पञ्चाङ्ग:०७
    मलाई नबुझि तिमी सँधै गाली गर्छौ किन।
    तिम्रो नजिक नै हुन खोज्दा टाढा सर्छौ किन।
    गरिब र धनि त यहीँबाट छुट्टिदोरैछ।
    जति नै सम्झाउँदा मलाई आँखा तर्छौ किन।
    यहाँ गरिखाको देखेर रिसले मर्छौ किन।।
    कमला पाण्डे पराजुली झापा

    पञ्चाङ्ग:०८

    पानी माथि निदाए जस्तो गरि रहेछु म।
    मनमा शान्तिको आभास भरि रहेछु म।
    नेपाल आमाको मुहार हेर त यसमा,
    आजभोलि त जन्जलमा परि रहेछु म।
    दिनानु दिन उँधो उँधो झरि रहेछु म।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:०९

    समुद्रकाे वारी तटमा बसेकी राम्री परी भन्छु ।
    तनमा हरियो फरिया चाेली शृङ्गार धरी भन्छु ।
    मुहार छैन खुलेको पानी बाेक्ने बादल झै देख्दा ,
    रहस्यमय बसाइँ भयाे शाेकाएकी चरी भन्छु ।
    अनुमान मेरो गलत भए अहिल्यै सरी भन्छु ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:१०

    सागर  वारिबाट    हेर्छु   तिमीलाई ।
    त्यही  आई  मनैले  घेर्छु तिमीलाई ।
    जति   गहिरो भए नि  डुङ्गा छँदै छ ,
    मायाले  अँगालोमा  बेर्छु तिमीलाई ।
    समुन्द्र जस्तो दु;ख फेर्छु तिमीलाई ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली

    पञ्चाङ्ग:११

    मेरो भित्री मनको पीडा सुन्नै चाहेनौ।
    सागर सरी आँसु बगे थुन्नै चाहेनौ।
    डुङ्गा चढी हेर्न आउँछन् आँसुको ताल,
    म सँग त मायाको जाल बुन्नै चाहेनौ।
    हाम्रो त्यो प्रेमको हिसाब गुन्नै चाहेनौ।

    सरिता सेढाइ धादिङ

    पञ्चाङ्ग:१२

    प्राकृतिक तवरले झरेकी परी।
    अाफ्नै अस्तित्व बाेकेर परेकी परी।
    प्राकृतिक सुन्दरता कति राम्रो छ,
    समुन्द्रि सुन्दरतामा सरेकी परी।
    सुन्दरताकाे सुगन्ध छरेकी परी।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:१३

    आज फेरि बसेको छु ।
    प्रेम बेरी बसेको छु ।
    तिमी नै मनको माया ,
    सुन्दा खेरि बसेको छु ।
    बाटो हेरी बसेको छु ।

    – आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग :१४
    एक अनकन्टारमा कुनै देशकी परी छन्।
    निकट नदी नाउ देखी पारी तर्न झरी छन् ।
    गाउँ शहर  सुनसान  कसैको   पर्खाइमा तस्वीर कसैले नचिन्ने नै हरियो भरी छन्।
    ऊनी एक्लै कसरी पारी बाट वारि तरी छन् ।
               बेदु न्यौपाने
                  काठमाडौँ ❤️

    पन्चाङ्ग:१५
    अक्षर-१६

    फलेको बृक्षकाे हाँगाे झैँ गरि झुलेकी तिमी।
    लाग्छ संसारकाे सुन्दरतामा घुलेकी तिमी।
    ढुङ्गा आकृति पनि परी झैँ सुन्दर देख्दा ,
    समुद्रि तटमा कति पाे राम्रो खुलेकी तिमी ।
    वरिपरि हरियाली वस्त्रले  फुलेकी तिमी।

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:१६
    श्राप  भोग्न  शिला बसेकी।
    नदी   पारी   टिला  बसेकी।
    प्रकृति    सङ्ग   मिसिएर,
    खम्बा जस्तै किला बसेकी।
    तटमा   दाखिला   बसेकी।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹

    पञ्चाङ्ग:१७

    ढुङ्गामा कुदुएकि सुन्दर नारी चित्र तिमी।
    हरियो वस्त्रमा लगाएको सारी भित्र तिमी।
    कला र कौशलमा  कुदिएको  मनमोहक,
    दृश्यहेर्दा लाग्छ मस्त निद्रामा बिचित्र तिमी।
    बोलाउँदा उठछौकि जस्तोलाग्ने मित्र तिमी।

    सीता शर्मा पन्थी
    विरगञ्ज पर्सा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ३८

    एनआरएनए साउदी अध्यक्षमा रबिना अर्याल लगायत सम्पूर्ण कार्यसमिति निर्विरोध ।

  • १४ श्रावण २०८०, आईतवार ११:४० मा प्रकाशित
  • गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको नवौँ राष्ट्रीय महाधिवेशन २८ जुलाई २०२३ शुक्रवारका दिन साउदीअरबको राजधानी रियादमा २०२३-२०२५ कार्यकालका लागी निर्विरोध कार्यसमितिको चयन गर्दै सम्पन्न भएको छ । उक्त अधिवेशनमा मध्यपूर्व संयोजक राजेन्द्र अर्यालको संयोजकत्व र सदस्य द्वय संरक्षक राजु सैयद र आईसीसी सदस्य तेज बहादुर थापा रहेको निर्वाचन समितिले निर्विरोध कार्यसमितिको घोषणा गरेको थियो ।


    नवौँ राष्ट्रीय महाधिवेशनबाट अध्यक्षमा रबिना अर्याल निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई निर्वाचित हुनु भएको छ। त्यसै गरी उपाध्यक्षहरूमा हेम सुवेदी, मनिष कोईराला, कृष्ण श्रेष्ठ र राज कुमार गिरी निर्वाचित हुनु भएको छ।

    त्यस्तै महासचिवमा शुक्र लामा, सचिवमा ध्रुव कटुवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा दुर्गा काउछा, युवा संयोजकमा विष्णु रावल र महिला संयोजकमा लक्ष्मी थापा मगर निर्वाचित हुनु भएको छ।

    त्यसै गरी २०२३-२०२५ कार्यकालका लागी एनआरएनए एनसीसी साउदीअरबको केन्द्रीय सदस्यहरूमा देवी बहादुर कार्की, युवराज पोख्रेल, पदम बहादुर महत, दिपक ढुंगाना, अमृत बहादुर तमाङ, धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले निर्वाचित हुनु भएको छ।

    अधिवेशन बाटै निर्विरोध रूपमा राम बहादुर क्षेत्री र दिपक रेग्मी एनआरएनए आईसीसी सदस्यमा निर्वाचित हुनु भएको छ भने नव निर्वाचित अध्यक्ष रबिना अर्यालको अध्यक्षतामा बसेको संघको पहिलो बैठकले निर्वाचित सदस्य देवी बहादुर कार्कीलाई संघको प्रवक्तामा नियुक्त गर्दै सोही पहिलो बैठकले २०२३-२०२५ कार्यकालका लागी बिशाल श्रेष्ठलाई एनआरएनए आईसीसी सदस्यमा मनोनित गरिएको छ ।

    महाधिवेशनमा साउदीअरबका लागी नेपालका महामहिम राजदूत नवराज सुवेदी प्रमुख अतिथि र महावाणिज्य दूतावास जेद्धाका कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोखरेल विशिष्ट अतिथि रहनु भएको उक्त महाधिवेशनमा एनआरएनए आईसीसी उपाध्यक्ष नरेन्द्र भाट, महिला उपाध्यक्ष याश्मिन वेगम, मध्यपूर्व क्षेत्रिय संयोजक राजेन्द्र अर्याल, आईसीसी सदस्य तेज बहादुर थापा, संस्थापक एवम् संरक्षकहरू राजु शैयद, ओम घले, विरेन्द्र चौधरी, जन सम्पर्क समिति साउदीअरबका कार्यवाहक सभापति द्वारिका राज गिरी, प्रवासी नेपाली मंच साउदीअरबका अध्यक्ष अमर श्रेष्ठ प्रवासी नेपाली एकता समाज (पानस) का अध्यक्ष कुबेर हुमागाईँ लगायत साउदीअरबमा क्रियाशील विभिन्न सामाजिक तथा राजनीतिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, व्यवसायी तथा बुद्धिजीवीहरू, विभिन्न संचार क्षेत्रमा आवद्ध संचार कर्मिहरू विशिष्ट अतिथि र अतिथिको रूपमा उपस्थित रहनु भएको थियो। उक्त अधिवेशनमा साउदीअरबको विभिन्न शहरहरूबाट संघका विभिन्न तह र ओहदामा क्रियाशील पदाधिकारीहरू, पंजिकृत सदस्यहरू, कलाकर्मीहरू र साउदीअरब स्थित कार्यरत नेपाली दाजुभाई दिदी बहिनीहरू सहित हजार भन्दा बढीको सहभागिता रहेको थियो।

    एनआरएनए एनसीसी साउदीअरबको नवौँ राष्ट्रीय महाधिवेशनमा संघका उपाध्यक्ष राम बहादुर क्षेत्रीले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो भने उपस्थित अतिथिहरू द्वारा नव निर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्नु भएको थियो । शुभ कामना मन्तव्य राख्ने क्रममा महावाणिज्य दूतावास जेद्धाका कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोख्रले ज्युले ऐतिहासिक रूपमा अधिवेशन गरी नयाँ कार्यसमिति चयन भएकोमा बधाई तथा शुभ कामना दिनु हुँदै श्रमिक संवर्धन तथा प्रवर्धनमा महावाणिज्य दूतावास तथा एनआरएनए बिचको सहकार्य निरन्तर रहने बिचार व्यक्त गर्नु हुँदै यस अघि विशेष गरी कोभिड १९ महामारीका बेला एनआरएनए एनसीसी साउदीअरबले पुर्याएको योगदानका लागी हार्दिक धन्यवाद व्यक्त गर्नु भयो।
    उक्त अधिवेशनमा आफ्नो शुभकामना मन्तव्य राख्नु हुँदै नेपाली दूतावास रियादका महामहिम राजदूत नवराज सुवेदी ज्युले एनआरएनएको भूमिका तथा उद्देश्य अत्यन्तै गहन तथा महत्वपूर्ण रहेकाले अन्य विषयहरूको अलावा श्रमिकहरूको पक्षमा विगतमा जस्तै अगामी दिनमा पनि एनआरएनएको सक्रिय एवम् सारभूत रूपमा रहने विश्वास व्यक्त गर्नु हुँदै नेपाली राजदूतावास बाट विगतमा जस्तै निरन्तर सहकार्य हुने प्रतिबद्धता व्यक्त गर्नु भयो। साउदीअरबमा रहेका सम्पूर्ण संघ संस्थाहरू एकतावद्ध भई श्रमिकहरूको हितमा भूमिका निर्वाह गर्दा त्यस बाट राजदूतावासको कार्य सम्पादनमा समेत सघाउ पुग्ने विचार व्यक्त गर्नुभएकोथियो।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on एनआरएनए साउदी अध्यक्षमा रबिना अर्याल लगायत सम्पूर्ण कार्यसमिति निर्विरोध ।

    साताका तीन लघुकथा- ३४

  • १३ श्रावण २०८०, शनिबार १८:३५ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बीचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (३४ औँ) शृङ्खलाका लागि लघुकथाकार नानि भारद्वजको लघुकथा ‘समानता’, लघुकथाकार बिष्णु उप्रेतीको लघुकथा ‘भाइरल’ र लघुकथाकार ‘हिमा आर.सी’को लघुकथा ‘पाप’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा: समानता

    नानि भारद्वज

    “छोरा र छोरीमा भेदभाव गर्नु ठुलो अपराध हो।” महिला हकका विषयमा उनी यसरी गाउँलेलाई चेतना दिने गर्छिन्। धेरै टाढा टाढासम्म उनको चर्चा छ। भाषणले सबै मन्त्रमुग्ध हुन्छन्। मानौँ अब छिट्टै महिला क्रान्ति हुँदैछ। हाम्रो गाउँमा एउटा ठुलै महिलासभा हुनेभयो। हामी आयोजकको तर्फबाट ती महिला नेतृलाई निम्तो दिन उनको घरमै पुग्यौँ।

    अभिवादन आदानप्रदान पश्चात् उनले हामीलाई चिया पिउने अनुरोध गरिन्। चिया गफमा पनि आफ्नोे क्रान्तिकारी विचार पोखिन्- “हेर्नुस् ! छोरी भनेर हेलाहोचो गर्नु धेरै अमानवीय कर्म हो।”
    “हो त मेम् ! अहिलेको युगमा त्यसो गर्नु ठुलो अन्याय हो ।” भन्दै हामीले उनका कुरामा सही थाप्यौँ।

    “त्यसैले त यहाँको यो अग्रगामी सोचको कदर गर्दै हामी कार्यक्रममा निम्तो गर्न आएका छौँ ।” -मैले पनि केही थपेँ। माहोल सर्वसम्मत बन्
    त्यसैबेला तीन/चार वर्षे दुईजना वालक खुरुरु कुदेर आए र नेतृको काखमा बसे।
    वालकका सम्बन्धमा हाम्रा साथीमध्ये कसैले चासो राखे। चासो मेटदै उनले भनिन्- “यो चैँ मेरो नाति; ऊ चैँ छोरीको छोरो ।”
    विराटनगर,मोरङ्ग।

    २)
    लघुकथा: भाइरल

    बिष्णु उप्रेती
    ए बाबु ! लौन याे मेराे माेबाइल समातेर एउटा राम्राे भिडियो खिचिदेउ न। लु त बाबुु।” -मैले मलामीका भिडमा एउटा युवकलाई भने।
    उसले हाँस्दै हाँस्दै मेराे माेबाइल समातेर क्यामेरा खाेल्न थाल्यो ।

    “ए ! पख पख । म लासका छेउमा गएर साेला समाउँछु । अनि चारैतिर आउने गरी घुमाइ घमाइ खिचिदिनु है बाबु !”
    उसले मैले भनेकै तालमा भिडियो बनाउँदै भन्याे- “हैन हजुरबा ! याे वृद्धअवस्थामा मलामी जाँदै गरेकाे बेला, हजुरलाई याे भिडियो किन चाहियाे।”
    “भरे मार्मिक गाना खाेजेर, टिकटक बनाएर पाेष्ट गर्न नि बाबु । लाइक र कमेन्टकाे त कुरै छोडौँ। भाइरल नै हुन्छ नि ! याे भिडियो त।”
    उसले माेबाइल बन्द गरेर फिर्ता दियाे। थपक्क गाेजीमा राखेँ ।

    बेलुका अन्य सबै काम सकेर भावुक गीत सम्झिँदै माेबाइल खाेल्छु त त्यहाँ भिडियो थिएन। बरु यस्तो लेखिएकाे थियाे- ‘समवेदना, भावना र मानवीयता हराएका बुढा। अलिकति लाज छैन। मलामीकाे रुवाबासीमा, सडक दुर्घटनामा, आगजनीमा, अरूको दु:ख र पीडाको भिडियो बनाएर भाइरल बन्नुपर्ने। तिमीभन्दा पापी अरू काे हाेला?’
    २०८०/०४/१०
    बिर्तामोड झापा।

    ३)
    लघुकथा: पाप

    हिमा आर.सी
    “यस्ताको सास जानपनि कति गाह्राे भएको हो, कुन्नि? कुन पापले यस्तो भएको ?” -भन्दै काकीले अलिकति भात मुछेर समीरलाई अलग्गैबाट भातको थाल फालिदिइन् ।

    कुरा सुनिरहेकी आमाको मन अमिलो भयो। हात कमाउँदै समीरले गाँस मुखसम्म लगेपनि मुखमा पर्दैनथ्यो। समीरलाई आमाले खाना खुवाउँदै भन्नुभयो- “म पँधेरोबाट पानी लिएर आउँछु । यहीँ बस्, केही बदमासी नगर्नु।”

    उहाँ पानी लिन जानुभयो । कसैले पनि आफ्नो बच्चाहरू उसको नजिक खेल्न दिएनन्। ऊ जस्तै बच्चाहरू पनि अशक्त र अपाङ्ग हुन्छन् भनेर। उसलाई साच्चिँकै पाप गरेको रहेछु भन्ने लाग्यो। उनीहरूको यस्तो व्यवहारले उसलाई बाँच्न मन लागेन। आमा नभएको बेला उसले मर्ने बिचार गर्‍यो। केही दिन अगाडि आफ्नो आमाले तरकारीमा किरा लागेको छ भनेर विषादी औषधी ल्याएको उसले देखेको थियो । त्यहीँ विषादी औषधी खाएर मर्ने भनेर नजिकै रहेको विषादीको सिसा लिने कोसिस गर्दा हातबाट फुस्किएर फुट्यो । विषादी भुइँमा पोखियो ।

    यो आमाले देख्नुभयो । उसले आमालाई भन्यो- “आमा म पापी हुँ रे ! मसँग खेल्न कोही मान्दैनन्, त्यसैले मर्न लागेको।”
    आमाले काखमा लिएर निधारमा चुम्बन गर्दै भन्नुभयो- “छोरा! मलाई माफ गरिँदे। त कुनै पापले यस्तो भएको हैनस्। तँलाई जन्म दिन सक्दैन्थे । बाध्यतामा परेर गर्भपतनको औषधि खान पुगे। जसको कारण तेरो यो हाल भयो ।”
    मेहेलकुना सुर्खेत

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा- ३४

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- ११४

  • १३ श्रावण २०८०, शनिबार १७:५४ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– ११४ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    मूल्याङ्कन
    आफूले आफूलाई
    रहोस् निरन्तर जारी !

    • वसन्त अनुभव

    [२]
    आफ्नो
    परिचय सत्यमा
    नबनोस् कहिले हत्यामा !

    • जमुना कायस्थ, पोखरा

    [३]
    आफ्नो
    परिचय खोज्दै
    आखिर आफैसँग सोध्दै !

    • सरिता सेढाइ, धादिङ

    [४]
    खबरदारी
    दिमागी खेललाई
    मर्नुहुन्न है मानवता !

    • गोपेन्द्र रिजाल, पाँचथर

    [५]
    हेर्नुस्
    आफैँले आफैँलाई
    धित मारेर जुनीभर !
    -पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा-३, काभ्रे

    [६]
    परिचय
    खोजेमा आफ्नै
    बनिन्छ पक्कै सफल !

    • प्रेम थापा “मन”, बागलुङ

    [७]
    खबरदारी
    पहिले आफैँलाई
    एउटा उदाहरण संसारलाई !

    • नवराज भट्ट, कञ्चनपुर

    [८]
    अनुहार
    आफ्नो हेरे
    बित्थामा अर्काेलाई नगरे !

    • निरज कोइराला

    [९]
    हेरेको
    आँखाले देखेको
    आफूले मात्रै भेटेको !

    • सविता के.सी.

    [१०]
    अनुहार
    सत्य दर्पण
    अरूमा खोज्नु बेकार !

    • म्यामराज राई, भोजपुर

    [११]
    आश्चर्य
    पर्‍यो छक्क
    आफैँलाई हेरेर दङ्ग !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा

    [१२]
    ऐना
    आफ्नो व्यवहार
    अघि बढ्ने आधार !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [१३]
    बिगारे
    अरू दोषी
    आफूलाई बनाउने सहासी !

    • भगवती दवाडी, झापा

    [१४]
    खोपडी
    प्रयोग जानेमा
    ब्रह्माण्ड छ यसमा !

    • शारदा गौतम आचार्य
      ललितपुर

    [१५]
    ऐना
    समतल सतहमा
    सारा जीवनको प्रतिबिम्ब !

    • आर्त अकुलीन

    [१६]
    खबरदारी
    आफैँले आफैँलाई
    सचेत गराउन खाेज्दै !

    • राज कुमार राजभण्डारी “खाेटाङ्गे”
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर

    [१७]
    मानव
    व्यवहारमा दानव
    देखाउँदै आफैँले तान्डव!

    • टीकाराम पुन टिपु, सल्यान

    [१८]
    आत्मानुशासन
    जीवन खेल
    मनुष्य बन्ने परीक्षा !

    • नन्दलाल आचार्य
      सिद्धार्थटोल, उदयपुर

    [१९]
    मस्तिष्क
    अनियन्त्रित विचार
    उपचार आफ्नै हातमा ।

    • प्रभादेवी पौडेल
      भरतपुर-९, चितवन

    [२०]
    अनुहार
    आफ्नो आफैँ
    हेर्दैमा हुने दिक्क !

    • चक्र शाही, लम्की ,कैलाली

    [२१]
    आलोचना
    आत्मको समीक्षा
    जीवन्त आफ्नै विवेचना !

    • कमला देवकोटा, पाल्पा

    [२२]
    मस्तिष्क
    जीवनकाे चालक
    चलाउन नजाने बाधक !

    • भवानी घिमिरे, सर्लाही

    [२३]
    मान्छे
    ऐना हेर
    अरूलाई नजिस्काऊ धेर !

    • पशपती राई, खोटाङ

    [२४]
    दुष्कर्मी
    अतृप्त देह
    हाँक छेदित शिरलाई !

    • कण्ठराज गिरी

    [२५]
    अनुहार
    आफ्नै हेरौँ
    अरुलाई केही नभनौँ !

    • पं ज्यो तोयनाथ सुवेदी
      हेटौडा-८, कमाने

    [२६]
    आत्ममूल्याङ्कन
    गर्नुपर्ने झन्
    आफूले आफैँलाई जान !

    • सरिता काफ्ले, कोहलपुर-८, बाँके

    [२७]
    म
    आफ्नै दूरबिन
    आफैँलाई हकार्छु हरदिन !

    • मधुसुदन शर्मा

    [२८]
    ऐना
    देखियो प्रतिबिम्ब
    कर्तुत भयो छर्लङ्ग !

    • धनमाया चौधरी, कैलाली

    [२९]
    खोज्दै
    आफ्नो परिचय
    आफूभित्र आफैँ सोध्दै !

    • दुर्गा आचार्य, मोरङ

    [३०]
    विश्लेषण
    स्वयम्को जरुरी
    अनि हुँदैन मजबुरी !

    • पृथक प्रकृति, झापा

    [३१]
    हेर
    आफैँ सोच
    जीवनको कटु सत्य !
    -धर्मी शाक्य, बुटवल, रुपन्देही

    [३२]
    फर्केर
    नहेरी आफूलाई
    पर्नुहुन्न गमक्क बरिलै !

    • तेजप्रसाद खनाल, दाङ

    [३३]
    खबरदार
    स्वयम् पहरेदार
    सुख सुस्वास्थ्य स्वउद्दार !

    • तोया घिमिरे, शङ्खमूल, काठमाडौँ

    [३४]
    सुझाव
    अरूको सुनेर
    निर्णय आफैँलाई सोधेर !

    • कल्पना पहाडी, सिन्धुली

    [३५]
    मनाेभावमा
    अन्तरमनकाे ऐना
    मानव सभ्यताकाे परिचय !

    • राेशन पराजुली, धरान

    [३६]
    हात
    मुर्कट्टाको साथ
    तर्साउने खबरदारी गरेर !

    • मङ्गला उपाध्याय, बारा

    [३७]
    सतह
    परिचय खोज्दै!
    अनि आफैँसँग सोध्दै !

    • बेदु न्यौपाने, काठमाडौँ

    [३८]
    सावधान
    मस्तिष्क दर्पण
    असाधारण जीवन धन !

    • विवश पारदर्शी, झापा

    [३९]
    चिनौँ
    पहिला आफू
    अनि चिनिन्छ अरू !

    • बीके माकाजु

    [४०]
    खबरदारी
    आन्तरिक द्वन्द्व
    आफ्नै अन्तर्मनकाे प्रतिबिम्ब !

    • श्रद्धा आचार्य, पोखरा

    [४१]
    हरबखत
    आफूभित्र नियाल
    कर्मेन्द्रियकाे विवेकको सन्तुलन !

    • टीकाराम जाेशी, इमाडाेल

    [४२]
    पहिले
    आफूलाई हेर्नू
    अनिमात्र सङ्गत फेर्नू !

    • घनश्याम पौडेल, पोखरा

    [४३]
    आदेश
    हेरेकाे परमादेश
    कति नाङ्गै भएको !

    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे

    [४४]
    स्वमुल्याङ्कन
    गर्दै आत्मसम्मान
    विवेकले पूर्ण जिन्दगी !

    • तोयानाथ चापागाईं
      दमक, झापा, नेपाल

    [४५]
    मानव
    कस्तो चोला
    तेरोमेरो किन होला ?

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [४६]
    मान्छे
    आफूलाई बिर्सेर
    नियाल्छ टाउको छिनेर !

    • मिलन के. सी.(थापा), पोखरा

    [४७]
    टाउको
    जिल्ल पर्दै
    हृदय प्रश्न गर्दै !

    • समुन्द्रा शर्मा, सुनसरी

    [४८]
    ऐना
    अनुहार हेर
    इज्जतको काम गर !

    • त्रिलोक रामदाम

    [४९]
    भ्रम
    मस्तिष्कको चाल
    आफैँलाई नचिन्दा बेहाल !

    • सरस्वती वली, बर्दिया

    [५०]
    खोजी
    मूल्याङ्कन तरीका
    रोजी हरेक थरीका !

    • जमुना आचार्य, सिन्धुपाल्चोक

    [५१]
    मानव
    अमुल्य चोला
    पृथ्वीको अनुपम रचना !

    • तिला लेकाली

    [५२]
    खोज्दै
    आफ्नो परिचय
    आफूभित्र आफैँ सोध्दै !

    • दुर्गा आचार्य, मोरङ

    [५३]
    मानिस
    सजीव प्राणी
    भित्री ज्ञानको खोजी !

    • कविता आचार्य, कैलाली

    [५४]
    टाउको
    नसोच्नु जाउको
    भार हुँदैन साउको !

    • अच्युत घिमिरे, भुटान

    [५५]
    प्रतिबिम्ब
    गरेको भ्रष्टाचार
    आफैँले आफैँलाई खबरदार !

    • अम्विका अधिकारी
      झापा, विर्तामोड

    [५६]
    मूल्याङ्कन
    खोज आफैँमा
    बचाएर आफ्नै स्वाभिमान !

    • इन्दिरा देवकोटा
      कपिलवस्तु न.पा.-३

    [५७]
    अनुहार
    आफ्नै प्रतिबिम्ब
    हेर्न गर्नुहुन्न विलम्ब !

    • बाबुराम आचार्य
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- ११४

    नेपाल एयरलाइन्सले काठमाडौं–दमाम साताको तीन उडान गर्ने।

  • १२ श्रावण २०८०, शुक्रबार १५:५९ मा प्रकाशित
  • नेपाल एयरलाइन्सले आगामी अगस्ट महिनाबाट साउदीको दमाम सहरबाट सीधा उडान भर्ने भएको छ।

    जसअनुसार दमाम–काठमाडौं–दमाम साताको तीन उडान हुने भएको हो। यसअघि रियाद–काठमाडौं–रियाद सीधा उडान भर्दै आएको एयरलाइन्सले केही समयको लागि उडान नहुने जनाएको छ।

    नेपाल एयरलाइन्सको यस रुटको उडानको निरन्तरता दिनको लागि साउदीमा रहेका संघसंस्थाले नेपाली राजदूत नवराज सुवेदीलाई विज्ञप्तिसमेत बुझाएका थिए। साउदीको रियाद सहरबाट नेपाल एयरलाइन्सको पहिलो उडान २२ अप्रिल २०२२ का दिन भएको थियो।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on नेपाल एयरलाइन्सले काठमाडौं–दमाम साताको तीन उडान गर्ने।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ९४

  • १२ श्रावण २०८०, शुक्रबार ०७:१३ मा प्रकाशित
  • काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९४ औँ शृङ्खला यही श्रावण ०२ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ४२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    एक क्विन्टल सुन ल्याँउदा, चट्ट सलाम ठोके,
    के भाका हुन् यी भन्सारे ? एउटा मोबाइल रोके ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    सुन ल्याउन छोडी छोडी मोबाइल ल्यायौ ?
    थुइक्क तिम्रो काँचो बुद्धि बल्ल चोक्टा खायौ ।
    -वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    सुन ल्याउनेलाई खुसी भएर भाग पाउँला भनी सलाम ठोके,
    आफ्नै मोबाइल ल्याउनेको चैँ जबर्जस्ती गरी खोसेर नै पो बोके ।
    -पवन कुमार बुढाथेाकी
    काठमाडौंं

    [३]
    त्यत्रो सुन भित्र्याउँदा तिमी बसेर के हेर्‍यौ,
    चोक्टा खाने आस गरेका झोल पिएर छेर्‍यौ ।
    -बेदु न्यौपाने
    काठमाडौँ

    [४]
    एउटा मोबाइल ल्याउँन गाह्रो एयरपोर्ट भन्सारमा,
    सुन तस्करको माखेसाङ्ग्लो हेर विदेशदेखि धन्सारमा ।
    -टिकाराम पुन टिपु
    सल्यान

    [५]
    चोर्नेको सेटिङ्ग भएरै छिराउन सफल भए सुन,
    कहाँ सम्झन्थेँ सानाले ठूलालाई हिजो लगाएको गुन।
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।

    [६]
    धन्सारे र भन्सारे त उस्तै उस्तै साथी,
    तलबाट रोकेजस्तो छिराउने माथि ।
    -गुणनिधि घिमिरे, अमेरिका

    [७]
    यतिधेरै सुन भित्रिँदा भन्सार विभागले कतै लुकाएन ?
    त्यो चेकजाँच गर्ने मेसिनले हरे किन यहाँ चाल पाएन ?
    -कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [८]
    अझै आफैँ ठुला हुँदै झुटाे भाषण गर्ने,
    जनतामात्र हुन् खाली घेराबन्दीमा पर्ने।
    -धनु रेग्मी
    भरतपुर

    [९]
    कतिबेला देखाउँछौ ङिच्च दाँत, पारिकन लोलोपोतो,
    चेकजाँच भन्ने त्यस्तै रहेछ, खास रहेछ मिलोमोतो ।
    -प्रेम थापा “मन”बागलुङ

    [१०]
    भित्रभित्रै मिल्या होला पाइन्छ भनी अंश,
    के थाहा ! देखेको छैन एउटै हुन् कि वंश ?
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा

    [११]
    अलिअलि भाग रोक्नेलाई पनि लाए,
    त्यत्रो सुन सबै मिली खर्लप्पै पो खाए ।
    -सरिता सेढाइ धादिङ

    [१२]
    ठुलालाई उम्काई हाल्छन् साना पर्छन् घानमा,
    अचम्मको कानुन बन्छ साेझासाझा तानमा ।
    -त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [१३]
    बाहिरबाट गरेको छ जनताको काम,
    भित्रभित्रै छ अर्कै खेती कमाउने दाम ।
    -भवानी घिमिरे
    सर्लाही ।

    [१४]
    थाहा छैन यो घर कसरी चल्दैछ,
    भित्रभित्रै माटो जस्तै गरी गल्दैछ !
    -आर्त अकुलीन, कैलाली

    [१५]
    व्यापारी ब्वाँसाकाे अवतार हाम्रो सधैँ लुटिरहन्छाैँ,
    नाटक गर्छाैँ अनेकन् जनताकाे गिदी भुटिरहन्छाैँ ।
    -निरज कोइराला इटहरी

    [१६]
    चेकजाँच गर्ने मेसिन कस्तो नुन ल्याउदा चुई चुई कराउने,
    भारीकाे भारी सुन भित्रिँदा सुन छ भनेर बाेल्न पुरै डराउने ।
    -राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।

    [१७]
    पित्तल भनेर छोडेको सुन पो परेछ,
    हात्ती फुकाऊ भनेको थिएँ भेडो झरेछ।
    -म्यामराज राई, भोजपुर

    [१८]
    भन्सारेको के कुरा गर्नु, रोक्ने कुरा छिराउँछन्,
    धनीलाई काखी च्यापी गरीबलाई पिराउँछन्।
    -दीपक ठटाल जलन,२२.७.२४

    [१९]
    भन्सारेले गर्ने भनेको सर्वसाधारणलाई रोक्ने काम,
    अलिक ठुला सामान आए त मिलीजुली नदेखाई हाम ।
    -राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ

    [२०]
    एकसय किलो सुन ल्या’को छु बोराभित्र भरी,
    अब आफ्नो नाम खोपेर बनाउँछु जलहरी ।
    -नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [२१]
    मोबाइल र पैसा राख्न त छ जतासुकै ठाउँ,
    एक क्विन्टल सुन सरकार कहाँ तह लाउँ ?
    -बिबस पारदर्शी
    झापा

    [२२]
    जनताले ल्याएको एउटा मोबाइल किन झार्ने,
    सुन ल्याउने हाकिमले सलाम ठोकी आँखा मार्ने ।
    -अम्विका अधिकारी
    झापा विर्तामोड

    [२३]
    सुनको लङ्का भन्थे नि पैला, लौ अहिले नेपाल
    सुनको भारी वोक्ने भरियाको, छ छाती विशाल ।
    -ध्रुव श्रेष्ठ,
    खोटाङ ।

    [२४]
    ‘लाेके’तन्त्रमा जनतालाई ‘भुकतन्त्र’ तर्फ जाल छ माेड्ने,
    माैका थियो’ अनि ‘यही’ सत्ता पूजारीकाे सुन सम्पत्ति जाेड्ने ।
    -रामप्रसाद पुरी, बादेल खाेटाङ ।

    [२५]
    ठुला माछा समात्ने हुनुपर्छ आँट,
    भुरा खाने बाहेक देखिएन छाँट ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    [२६]
    जे गर्छ यहाँ फटाहाले नै सबै थोक गर्छ,
    चेकजाँचमा त केवल सोझो मान्छे पो पर्छ ।
    बाबुराम पाण्डे
    अर्घाखाँची

    [२७]
    कस्ता आँखा होलान् चेकजाँचकर्ताको अमुल्य बस्तु छेक्ने,
    कमिशन नआउने समान चैँ टाढैबाट प्रष्ट धेक्ने ।
    -शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर।

    [२८]
    सबै मिली गरीबको पसिनाको कमाईमा आँखा गुडाए,
    स्वार्थ पूर्तिकै लागि सरकारी कानुनको खिल्ली नै उडाए ।
    -रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !

    [२९]
    ठुला माछा चिप्लेर भाग्छन् साना पर्छन् जालमा,
    भित्र भित्र षड्यन्त्र बुन्छन् ठुला बस्छन् खालमा।
    -दुर्गा आचार्य
    मोरङ

    [३०]
    काले आए गोरे आए सुनकै खेती गर्छन्,
    मर्ने बेला मुखमा राखी वैतरणी तर्छन् ।
    -पद्मा पाण्डे
    पथरी मोरङ

    [३१]
    एक क्विन्टल त्यो सुन ल्याउँदा देख्ने काेही नि भएन,
    कसरी आयाे एयरपोर्टमा, चेकजाँचमा गएन।
    -शाेभा आचार्य गाैतम
    काठमाडौँ

    [३२]
    मिल्दैन भाग तेराे र मेरो हुन् कुकुर बिराला,
    टाउके लुक्छन् भरिया थुन्दै दुखी देश निकाला।
    -इन्दिरा प्रयास

    [३३]
    नेपाल गरिब छ भनी सुन ल्याउन थाले,
    व्यक्तिगत सम्पत्ति दाखिला गर्नुहुन्न काले ।
    -जमुना आचार्य सिन्धुपाल्चोक

    [३४]
    रोल्पा, रुकुममा छैन खाने नुन,
    तस्कर गर्दैछन् नेता मिली सुन।
    -शिव कुमार रेग्मी
    पोखराथोक,पाल्पा

    [३५]
    एउटै गतिलो छैन सरकारी संयन्त्र,
    बिस्तारै घाँडो बन्दैछ देशमा गणतन्त्र।
    -प्रदीप के रिमाल
    इटहरी, सुनसरी।

    [३६]
    मोबाइल होइन सुन छिराउने गौँडो थियो,
    चुन्नलाई सानो गल्ती भयो गेटमै खसाल्दियो।
    -अच्युत घिमिरे-भुटानबाट🇧🇹

    [३७]
    आउँदा नुन भनेर आयो भन्सारभित्र,
    एक क्विन्टल सुन रहेछ कस्तो बिचित्र।
    -होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [३८]
    सादा तलबले त आधुनिक भवन बन्दै बन्दैन,
    भन्सारले जाँचपास गर्‍यो, म चाेर कसैले भन्दैन ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [३९]
    विदेशको चिनो ल्याए अहो ! कस्तो दु:ख पाइन्छ,
    सेटिङ छ सुन तस्करीबाट मात्र कमाइन्छ ।
    -भगवती दवाडी

    [४०]
    भारे भुरे सामान रोक्नु भान्सारेहरूको काम,
    बहुमुल्य सामान भेट्टिए आफैँले पार्छन् झ्वाम ।
    -बाबुराम गौतम, गुल्मी

    [४१]
    भयो नेपाल नै खाने, भ्रष्टाचार अजिङ्गर,
    अवैध सुन भित्र्याए, बनाए स्वर्णकै घर ।
    -रामशरण न्यौपाने,भक्तपुर

    [४२]
    सुनौली पारि घरीघरी लुकिछिपी गर्छिन्,
    देखिन चाहे समातिन्छिन् नत्र ढुक्क पर्छिन् ।
    -सुस्मिता अधिकारी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ९४

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ५३

  • १० श्रावण २०८०, बुधबार २१:४८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: त्रिपनौंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-५३ (त्रिपन्नौं) ————————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०४/०८ गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    ………………………………………………
    पञ्चाङ्ग:०१
    राम्रो सम्बध त जुटाउनु छ।
    देखावटी माया टुटाउन छ।
    मानिसको ब्यबहार देख्दा त,
    जिन्दगी भर नै छुटाउनु छ।
    कुरौटे टाउको फुटाउनु छ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    सुन मेरो कुरा अझै मन गलेको छ आज।
    दिल पनि आज किन किन जलेको छ आज।
    अचानो बन्यो मेरो मुटु साट्न सकिन पीडा ,
    मुटु पनि किन सुस्त सुस्त चलेको छ आज ।
    उनकै कुराले यो हृदय बलेको छ आज ।

    ✍️सोमनाथ लुइटेल रवि पाल्पाली” पाल्पा
    हाल :- बर्दिया ।

    पञ्चाङ्ग:०३
    अन्जान भएर नै गरेको कर्म भोग्दैछु आज।
    खै कसरी छुट्याउने पाप धर्म भोग्दैछु।
    धनी न गरीब जीवनको त्यो कर्म भोग्नै पर्छ,
    मानव भएको नामको त्यो सर्म भोग्दैछु आज।
    आफैँले गरेको कामको हो मर्म भोग्दैछु आज।
    बेदु न्यौपाने
    काठमाडौँ ❤️

    पञ्चाङ्ग:०४
    अक्षर१६

    देशभक्तको देशका लागि तन मन हुन्छ।
    देशको अघात मायाँ माटो हाम्रो धन हुन्छ।
    दुष्टले देशलाई कब्जा गर्ने कोसिस गर्दा,
    दुश्मन सँग नै सधै हाम्रो भनाभन हुन्छ।
    चुप नलागौं अब त चिन्ता जनजन हुन्छ।
    सुरेशकुमार पाण्डे दाङ घोराही १८

    पञ्चाङ्ग:०५
    रातदिन नभनी काम गर्नु छ।
    भोको पेट संघर्ष गरि भर्नु छ।
    मानिस मानिसको फरक देख्दा,
    सबैको हृदयमा खुसी छर्नु छ।
    भएका दुःखी आत्म जति हर्नु छ।
    ह्यारिस

    पञ्चाङ्ग:०६

    मायाको डोरो कसैले नबाटे आफैँ बाटिँदो रहेछ ।
    झिना मसिना कुरा नढाँटे तापनि ढाटिँदो रहेछ ।
    तीतो कुरालाई चाख्दै नचाख्ने मानवीय स्वभावमा ,
    मिठो पाए हात चाट्यो भाँडो समेत चाटिँदो रहेछ ।
    कसैले च्वास्स भन्दा झट्ट आफ्नो चित्त काटिँदो रहेछ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०७

    स्वास्थ्यकाे लागि अर्गानिक माग बढी छ।
    खाद्यान्न वस्तुमा विषादी भाग बढी छ।
    कहाँ पाउनु खै जमिन बस्तीले ढाक्याे,
    जुनै तरकारी रङको राग बढी छ।
    भाेग्नु पर्दा नागरिकमा अाग बढी छ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०८
    भाग्यमा जे जे लेखेकाे छ यही पाइने रहेछ।
    दु:ख परेेपछि नमिठाेे पनि खाइने रहेछ।
    जीवन बिताउन त्यति सजिलाे कहाँ छ यहाँ,
    पेट भर्नकाे अनेक ठाउँमा धाइने रहेछ।
    स्वार्थकाे लागि त नजाने पनि गाइने रहेछ।
    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:०९
    अक्षर-१७

    यहाँ वृक्ष काटि सबै उजाड बनायो दैवले।
    बाढी पहिरो आई खेतबारी हनायो दैवले।
    समयको घडी साथमा हुदा खेरि पनि यहाँ
    भए भरको दु:ख पीडा सबै खनायो दैवले,
    पीडामा यस्तै भो जीवन भन्ने जनायो दैवले।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:१०
    उमेरले काम गर्ने जाँगर हराई दियो।
    समयले कसो गर्छ भनेर डराई दियो।
    आखिरमा पर्खदैन कसैलाई पनि यस्ले,
    बिनासित्तै आशंका मात्रै बढी गराई दियो।
    आलो घाउमाथि नुनखुर्सानी छराई दियो।

    घनश्याम पौडेल, पोखरा

    पञ्चाङ्ग:११

    तिमीले आफ्नो अधिकार त चलाउन सक्छौ।
    अधिकार चलाएर सत्ता ढलाउन सक्छौ ।
    तर तिमीले फेर्ने सास त आफै उडि जान्छ,
    सास गएपछि मुर्दालाई जलाउन सक्छौ।
    अथवा जमिनमा गाडेर गलाउन सक्छौ ।
    -पशपती राई खोटाङ

    पञ्चाङ्ग:१२

    दैव लागेथ्यो थाहा थिएन सयो कुन बाटो।
    कर्म यो सहज पार्न खोज्दा भयो कुन बाटो।
    जानीनजानी किन फेरेछु सोच्छु घरीघरी,
    त्यो आत्माले त बुझेको छ नि लयो कुन बाटो
    देख्नेका लागि भएन भन्छन् गयो कुन बाटो ।

    जमुना आचार्य

    पञ्चाङ्ग:१३

    माया थिएन भने किन आँखामा खिलायाै तिमीले।
    छिया छिया भै फाटेकाे मनलाई सिलायाै तिमीले।
    कपटी रहेछ तिम्रो त चाल बुझ्नै सकिन मैले,
    मनभित्र पसी अनेक भराेसा दिलायाै तिमीले।
    देखायाै अमृत तर जहरनै पिलायाै तिमीले।

    उर्मिला के.शी.
    धनकुटा !

    पञ्चाङ्ग:१४

    आज तिम्रो नाममा व्रत बसेकी छु।
    तिम्रो मन मुटुमा म त पसेकी छु।
    भगवान मेरो आयु नि थपि दिनु है,
    भगवानको नजरबाट खसेकी छु।
    प्रभु तिमीलाई मनमा कसेकी छु।
    सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग:१५
    तिमीले माया मारेर के भो ?
    मलाई एक्लो पारेर के भो ?
    सक्छु बाँच्न तिमी बिना पनि,
    छेकेर बार बारेर के भो ?
    बसाइँ अन्तै सारेर के भो ?
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ५३

    एम्बाप्पेलाई साउदी क्लब अल हिलालकाे कीर्तिमानी प्रस्ताव

  • १० श्रावण २०८०, बुधबार ०२:१७ मा प्रकाशित
  • काठमाण्डाै – साउदी अरेबियाकाे क्लब अल हिलालले फ्रान्सका स्टार फुटबलर किलियन एम्बाप्लेलाई भित्र्याउन कीर्तिमानी रकमकाे प्रस्ताव गरेकाे छ । अल हिलालले पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई आफ्नाे क्लबमा आउन २५९ मिलियन पाउन्ड स्टर्लिङकाे प्रस्ताव गरेकाे हाे ।

    २४ वर्षीय फ्रान्सका कप्तानकाे पीएसजीसँगकाे अनुबन्ध सकिन एक वर्ष बाँकी छ । एम्बाप्पेले भने आफूलाई जापानकाे प्रि–सिजन भ्रमणका लागि नछानेकाे भन्दै पीएसजीसँग अनुबन्ध लम्ब्याउन तयार छैनन् ।

    पीएसजी एम्बाप्लेलाई आउँदाे गर्मीयाममा त्यसै गएकाे भन्दा अहिले नै अन्य क्लबमा अनुबन्ध गराउन चाहन्छ ।

    सन् २०१७ मा नेयमार बार्सिलाेनाबाट पीएसजीमा जाँदा २०० मिलियन पाउन्डमा अनुबन्ध भएका थिए जुन रकम कीर्तिमानी हाे ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबरLeave a Comment on एम्बाप्पेलाई साउदी क्लब अल हिलालकाे कीर्तिमानी प्रस्ताव

    खाने पानीको हाहाकार : महानगर उप-प्रमुख आलमले दैनीक ३ सय घरलाई आफ्नै घरबाट पानी सहयोग गर्दै

  • ९ श्रावण २०८०, मंगलवार २०:५८ मा प्रकाशित
  • वीरगंज, खाने पानीको हाहाकार भएपछी वीरगंज महानगरपालिका का उप-प्रमुख इम्तियाज आलमले दैनिक ३०० सयभन्दा बढि घरलाई आफ्नै घरबाट पानी सहयोग गर्दै आएका छन्।

    अहिले पानीको हाहाकार भइरहेको बेला बिरगंज महानगरपालिका विभिन्न वडाहरुका स्थानीय वासी लाई बिरगंज महानगरपालिका का उप-प्रमुख इम्तियाज आलमले आफनो घरबाट अहिले दैनिक रुपमा ३०० भन्दा बढि घरलाई खाने पानी सहयोग गरिदै आएका छन्।

    तराइको धेरै ठाउँमा पानीको मुहान सुक्न थाले पछि वीरगंजमा पनि यसको असर धेरै नै परेको छ।अहिले पानीको अभावलाई कम गर्न उप-प्रमुख आलमले दिनरात काम गरिरहेका छ्न । पानीको समस्यालाई लिएर दिनरात जनताहरु ले फोनबाट दुखोस गर्न थाले पछि पानी ब्यवस्थापनका लागि उनले वीरगंज महानगरपालिका अन्तरगत रहेको दमकलहरु लाई समस्या भएको ठाउमा पठाउने गरेका छ्न ।

    चापाकल सुकेर पिउने पानीको समस्या भएका वडाहरूमा अहिले उनले दुई महीनादेखि ट्यांकरबाट पिउने पानी उपलब्ध गराउँदै आएको बताए । पिउने पानीको समस्या भएका वडाहरूबाट माग भए अनुसार ट्यांकरबाट पानी उपलब्ध गराउँदै आएको बताए।

    वर्षा नभएको र बढ्दो गर्मीका कारण जमिनमुनि सतहमा पानी सुक्दा चापकलहरूमा पानी आउन छोडेपछि हरेक वडाका स्थानीय धेरै नै पीडित भएका छन।

    हरेक वडा कार्यलयबाट पानीको लागि सेवाग्राही सिफारिस गराउन आएको तथा हरेक सेवाग्राही को समस्या सुनेर कसरी समाधान गर्न सकिन छ भनेर उप-प्रमुख आलमले दिनरात बिचार बिमर्श लिएर काम गरिरहेका छ्न ।

    उनको सचिवालयले पनि पानीको समस्यालाई लिएर आउने सेवाग्राहीलाई आफै वीरगंज महानगरपालिका खानेपानी अन्तरगत रहेका शाखाहरु मा गइ सिफारिस लगायत कामहरु छिटो भन्दा छिटो गराइ रहेका छ्न जसले गर्दा खानेपानी समय मै उपलब्ध होस ।आफ्नो महानगरपालिका भित्रका कोइ पनि जनतालाई खानेपानीको अभाव हुन नदिने आफु लागि परेको उप-प्रमुखले बताए।

    दिन प्रती दिन बढ्दो गर्मीको कारण जमिन मुनिको पानीको सतह घट्दै गइरहेको तथा यसलाइ रोक्न सम्पुर्ण वडाका जनता सचेत हुन समेत उनले आग्रह गरे। यसका लागि बृक्षारोपन गर्न आवश्यक रहेको बताए। उनी समाजको बिकाशका लागि परेको बताए ।

    Posted in मुख्य खबरLeave a Comment on खाने पानीको हाहाकार : महानगर उप-प्रमुख आलमले दैनीक ३ सय घरलाई आफ्नै घरबाट पानी सहयोग गर्दै

    पञ्चाङ्ग लेखन शृङ्खला- ३७

  • ८ श्रावण २०८०, सोमबार ००:०३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- सैतीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०८०/०४/ ०४गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३७[ सैत्तिसौँ]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन
    —————–
    सुशीला पाैडेल

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~
    पञ्चाङ्ग:०१

    अविरल पानीको झमझम झरी छ साउनमा ।
    मेहदी हातमा चुरा लाएकी परी छ साउनमा ।
    हरियो वन बुट्यान र मान्छे चिन्न गार्‍हो भाे मित्र ,
    शृङ्गार उही बन्दाकोपीकाे नै गरी छ साउनमा ।
    पाेसाक कार्यक्रम पिच्छे थरी थरी छ साउनमा ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०२

    धरतीले  बर्षातकाे  पानी  पाएकाेे   साउनमा।
    झ्याउकिरी झ्याउझ्याउ गर्दै गाएकाे साउनमा।
    रमाएछ  हरियाे   तस्बिरमा   बन्दाकाेपी पनि,
    धेरै  नै  रमाइलो   समय   आएकाे   साउनमा।
    आहा कति  राम्राे हरियाली छाएकाेे साउनमा।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०३

    स्वर्गकी परी धर्तीमा झरी छ।
    चुँडेर  मन  आँखामा परि छ।
    राम्री छे सारै हरित वस्त्रमा,
    सबैको दिल्को धड्कन परि छ।
    बन्दा डल्लाले शृङ्गार गरि छ।
    कमला  देवकोटा,  पाल्पा

    पञ्चाङ्ग:०४
    कति राम्री सुन्दरी परी हेर।
    रङ्ग सँगै धर्तीमा झरी हेर।
    हरियो रङ प्रकृतिको कला,
    लाेभ लाग्दाे श्रृङ्गार गरी हेर।
    पाेशाकका अनेक थरी हेर।
    शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    पञ्चाङ्ग:०५
    लेकबाट झरेर बेंसी रोपाइँ गरीछन नारीले ।
    झमझम परेको साउने भेल तरीछन नारीले।
    हरियै साडी चुरा पोते मेहदी लाएकी नारीछन,
    शृङ्गार चै जंगल जस्तै हरियै परीछन नारीले।
    बन्दाकोपी जस्तै सुन्दर शरीर भरिछ्न नारीले।
             बेदु न्यौपाने
                  काठमाडौँ ❤️

    पञ्चाङ्ग:०६
    अक्षर-१६
    साउन र भदौ हरियाली छाएको देखियो।
    असारको गित खेतालाले गाएको देखियो।
    जता हेर्दा हरियो छ यो बेला मनै आनन्द,
    बन्दाकोपीले पनि हरियो लायको देखियो।
    सबै आनन्दले रमाएर खाएको देखियो ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०७
    साउनमा मुसल्धारे झरि देखियो।
    झरिमा पलाको थरिथरि देखियो।
    हेर  काउलीको  त  रुपै  फेरिएछ,
    यो  रुपान्तरण  घरिघरि  देखियो।
    मान्छेको रुप झैँ मनपरि देखियो।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹

    पञ्चाङ्ग:०८
    हरियो चुरा लाउनु भन्दा रैछ्न् साउनमा।
    फोटो खिच्न हिलो माटो खन्दा रैछन् साउनमा।
    नया प्रविधिको खेती समयको मात्रै क्षति,
    बीउ त छैन भ्युज पो गन्दा रैछन् साउनमा।
    नग्नता प्रदर्शनको धन्दा रैछन् साउनमा।
    -पशपती राई खोटाङ

    पञ्चाङ्ग:०८

    कति राम्रो बन्दा कोपी छ।
    हरियो   लाएको  टोपी छ।
    साउन     हरियो    सबैको,
    लौ  पातले लाज छोपी छ।
    यति   राम्रो  बोट  रोपी छ ॥

    गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०९

    पानी झम्झम पर्न जान्छ अहिले याे साउने मास हाे।
    राेपेका विरुवा हुने छ हरियाे जाे अन्नकाे गाँस हाे।
    खानै पर्दछ प्राण धान्न सबले पक्वानका साधन
    नारीले हरियाे चुरा र कपडा लाए भने खास हाे।
    पूजा शंकरकाे जपी व्रत गरे जाने उनै पास हाे।

    ताेयानाथ सुवेदी,काडाघारी

    पञ्चाङ्ग:१०
    कति राम्रो बनाए बन्दा गोपीमा।
    मानिस नै जनाए बन्दा गोपिमा।
    मानिसको कलालाई मान्नु पर्छ,
    पसिना नि खनाए बन्दा गोपीमा।
    नजान्ने त गनाए बन्दा गोपीमा।
    ह्यारिस

    पञ्चाङ्ग:११

    हरियो अर्गानिक फलफूलको माग बढेको छ ।
    यसरी  दक्षिणबाट  भारतको भाग बढेको छ ।
    आफैले गरौँ उत्पादन नेपाली बजार छदैछ ,
    प्राकृतिको आवरणबाट हाम्रो राग बढेको छ ।
    नेपालीले काम  देख्दा हृदयमा आग बढेको छ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग: १२

    किनेर खानुभन्दा आफैँ   लाएकै वेश हुन्छ ।
    आफ्नै बारीमा तरकारी    पाएकै वेश हुन्छ ।
    विदेशबाट आयातित विषालु सब्जी भन्दा,
    गरेर  खेती   अर्गानिक     खाएकै वेश हुन्छ ।
    बाँझो जोत्न स्वदेश फर्की आएकै वेश हुन्छ ।

    ✍️ वसन्त अनुभव
    घोराही, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन शृङ्खला- ३७

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P