१) साँचो पिरती गाँसूँ सधैँभरि म तिमीसँगै खुसीले सधैँ हाँसूँ । २) म मुटुभरी सजाउँछु तिमीलाई यो जुनीमा अब मायाले रिझाउँछु । ३) गुलाफको रातो थुङ्गा तिमी माझी हौ बन्छु तिम्रै डुङ्गा । ४) अमर रहोस् माया पवित्र यो सम्बन्धले नभोगोस् कहिल्यै छाया । ५) मुटुको एउटा कुना सजाएर तिमीलाई राख्छु सधैँभरि दुई गुना । ६) बाचा कसम खाऔँ भुलेर सारा दुनियाँलाई मायाकै संसारमा धाऔँ । ७) न्यानो त्यो अङ्गालो सजाइदिऊँ खुसीहरू सबै फुटाएर मनको भङ्गालो । ८) नटुटोस् यो साथ जिन्दगीको हरेक मोडमा कति सुन्दर माथ । ९) प्रणयको मिठो मास बदलियोस् यो जीवन बनेर तिम्रो बास । १०) चोखो यो प्रीति बसौँला सँगै हाँसेर बदलेर संसारको रीति । ११) अटुट एउटा नाता तिमीलाई नै ओढाउँछु पिरतीको यो छाता । १२) पवित्र रहोस् मन तिमी हौ मेरो जिन्दगीको अमूल्य धन । १३) जपेर पिरतीको माला सजाउँला यो संसार हेरौँला त्यसको चाला । १४) भरेर ओठमा हाँसो बाँचेका छौँ खुसीले नपारी कहिल्यै पासो । ✍️ नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, उदयपुर
लघुकथाकार चुडामणि नेपाल ‘अकिञ्चन’को लघुकथासङ्ग्रह ‘धुवाँको रङ्ग’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि ९ बजेसम्म चलेको थियोे ।
‘धुवाँको रङ्ग’ लघुकथासङ्ग्रह, लघुकथाकार चुडामणि नेपाल ‘अकिञ्चन’को पहिलो लघुकथा कृति हो । जसमा कुल ७९ वटा लघुकथाहरू सङ्ग्रहित रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. विदुर चालिसेले लघुकथासङ्ग्रहमा आयामगत आवृति एउटै भएको उल्लेख गर्दै लघुकथाकार अकिञ्चनको शिर्ष लघुकथा धुवाँको रङ्ग दार्शनिक चिन्तनबाट अभिप्रेरित रहेको बताउनुभयो । साथै उहाँले सेतो रङले सकारात्मक उर्जा र कालो रङले नकारात्मक उर्जा दर्शाउने भन्दै ती प्रतिकात्मक रूपमा आएको भन्नुभयो ।
लघुकथामा शब्द सङ्ख्याको सन्दर्भमा बोल्नुहुँदै उहाँले भन्नुभयो- “जब लघुकथाकार लेखनमा पारङ्गत अवस्थामा पुग्छ नि शब्द कति भयो भनेर उसलाई शब्द गनिरहनुपर्दैन । उसले मानक सङ्ख्याभन्दा बढी लेख्नै सक्दैन ।”
साथै उहाँले लघुकथामा प्राविधिक मोडुलाइजेसन खाँचो रहेको, जसको लागि वृहत् गोष्ठी आयोजना गर्नुपर्ने बताउनुभयो । धुवाँको रङ्ग लघुकथासङ्ग्रहमा ‘प्रोजेक्ट वर्क’ लघुकथा शिर्षक आफैँमा अङ्ग्रेजी शब्दको भएको र त्यसभित्र २४ भन्दा बढी ठाउँमा अङ्ग्रेजी शब्द प्रयोग भएको उल्लेख गर्दै अङ्ग्रेजी शब्द मोह त्याग्न उहाँले सर्जकलाई सुझाउनुभयो ।
कार्यक्रममा ‘धुवाँको रङ्ग’ लघुकथासङ्ग्रहलाई दुई पक्ष- विषयवस्तु वा संरचनागत पक्ष र शिल्प शैली वा सौन्दर्य पक्षमा आधारित रहेर परिचर्चा गरिएको थियोे । लघुकथा कृतिमा समाविष्ट लघुकथाहरूको ‘विषयवस्तु वा संरचनागत पक्ष’मा केन्द्रित रही सोको परिचर्चा वरिष्ठ लघुकथाकार/समालोचक डा.हरिप्रसाद भण्डारीले र शिल्प शैली वा सौन्दर्य पक्षको परिचर्चा वरिष्ठ लघुकथाकार/समालोचक प्रा.डा. कपिल लामिछानेले गर्नुभएको थियोे । ‘धुवाँको रङ’ भित्रका लघुकथाहरूको संरचनागत पक्षको कोणबाट परिचर्चा गर्नुहुँदै डा. हरिप्रसाद भण्डारीले लघुकथा कृतिमा विषयगत विविधता रहेको उल्लेख गर्नुभयो ।
साथै लघुकथा लेख्नका लागि जुन विषय छान्ने गरिन्छ त्यसलाई लघुकथाको विषयवस्तु वा कथावस्तु मानिन्छ । सुनको प्रसङ्ग उठाउँदै उहाँले संरचनागत पक्ष र शिल्प शैली बीच रहेको भिन्नता स्पष्ट पार्नुभयो । खानीबाट सुन निकाल्नु लघुकथाको संरचनागत पक्ष हो भने बुद्धि विवेक सीप प्रयोग गरेर सुनलाई गहनामा परिवर्तन गर्नुलाई शिल्प पक्ष मान्न सकिन्छ, उहाँले भन्नुभयो ।
लघुकथा कृतिको शिर्ष लघुकथा धुवाँको रङ्गका बारेमा परिचर्चा गर्दै कथामा निर्दोष युवाको चिताको धुवाँको रङ सफा सेतो निस्किएको तर धनी स्वार्थी व्यक्तिको चिताको धुवाँको रङ कालो भएको दर्शाइनुले मान्छे जिउँदो हुँदा जस्तो चरित्र छ मरेपछि उसै अनुरूपको प्रभाव छोड्छ भन्ने सन्देश दिएको बताउनुभयो ।
साथै उहाँले सङ्ग्रहमा समाजमा रहेका सामाजिक, राजनैतिक, सास्कृतिक विकृति, विसङ्गतिहरूको उजागर गर्नुका साथै जेष्ठनागरिकको पीडा, वैदेशिक रोजगारले पारेको प्रभाव, महिनावारी बार्ने प्रचलन, महिलाले भोगेका पीडा, प्रेमको प्रसङ्ग, धार्मिक अन्धविश्वास, यौन चाहना, साहित्यमा भएको विकृति, प्राकृतिक प्रकोपले निम्त्याएको अवस्था लगायत विविध विषयलाई कथावस्तु बनाइएको बताउनुभयो।
साथै कृतिमा धेरै भूमिका, शुभकामना नराख्दा उत्तम हुने, पुस्तकको शिर्षक एउटा लघुकथाको शिर्षकबाट नलिई समग्र लघुकथाहरूको प्रतिनिधित्व हुने गरी उपयुक्त शिर्षक राख्दा सबै लघुकथालाई न्याय हुने, विषयवस्तुको पुनरावृत्ति राम्रो नमानिने भन्दै लघुकथामा परिमार्जन आवश्यकता भएको जनाउनुभयो । साथै केही लघुकथा लघुकथाभन्दा पनि बालकथा हुनपुगेको बताउनुभयो । साथै अन्तमा लघुकथाकार अकिञ्चनको प्रयास अत्यन्त सुन्दर, प्रशंसनीय रहेकोे बताउनुभयो ।
त्यस्तै धुवाँको रङ्गको शिल्प शैली अर्थात् सौन्दर्य पक्षको परिचर्चा गर्दै परिचर्चाकार प्रा.डा. कपिल लामिछानेले सङ्ग्रहभित्र सबै लघुकथाहरू उस्तै उस्तै आकारको भएको, एउटै पृष्ठमा अटाएको अर्थात् सन्तुलन कायम गर्नुभएकोमा सर्जकको प्रशंसा गर्नुभयो । लघुकथाहरूको शिर्षकबारे बोल्दै उहाँले कृतिमा ३६ लघुकथाहरू दुई शब्दको र बाँकी सबै लघुकथाहरू एक शब्दको शिर्षक हुनु कृतिको सुन्दर पक्ष रहेको बताउनुभयो ।
धेरै लघुकथामा संवाद शैलीको प्रयोग भएको तर कतिपय लघुकथामा वर्णनात्मक शैली, नाटकीय शैली र संस्मरणात्मक शैलीको पनि प्रयोग भएको बताउनुभयो । कृति अन्तर्गत सुधार गर्नुपर्ने पक्ष बारे बोल्नुहुँदै उहाँले शिर्ष लघुकथामा रङ हुनुपर्नेमा रङ्ग भएको, कतिपय स्थानमा हलन्त हुनुपर्नेमा अजन्त र अजन्त हुनुपर्नेमा हलन्त भएको उल्लेख गर्दै सर्जकले वर्णविन्यासमा सचेत रहन सुझाउनुभयो ।
साथै उहाँले केही लघुकथाहरूमा अन्त्य बिस्तार भएको, धेरै संवादलाई एउटै अनुच्छेदमा राखेको, दुईवटा वा बढी संवादलाई एउटै उद्धरण चिन्हभित्र राखेको, लघुकथामा द्वन्द आवश्यक हुन्छ, भएको तर हुर्कन नपाएको तर्फ औल्याउँदै सङ्ग्रहमा परिमार्जनको आवश्यकता रहेको बताउनुभयो । साथै उहाँले लघुकथा भनेर छापिएका सबै आख्यान लघुकथा हुँदैनन् । तसर्थ सङ्ख्यात्मकलाई भन्दा गुणात्मक पक्षलाई जोड दिनु आजको आवश्यकता भएको बताउनुभयो ।
कृतिकारको तर्फबाट बोल्नुहुँदै लघुकथाकार चुडामणि नेपाल ‘अकिञ्चन’ले समीक्षकहरूबाट आएको सुझावलाई शिरोपर गर्दै आगामी दिनमा सुधार गरेर अगाडि बढ्ने बताउनुभयो । साथै उहाँले सुन्दर समीक्षाका लागि समीक्षकहरूप्रति, अवसर र व्यवस्थापनका लागि नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूप्रति आभार एवम् धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष एवम् नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले केही सर्जकहरूमा आफ्नो सृजना ठिक भएको र जस्ताको तस्तै छापियोस्’ भन्ने चाहना हुन्छ जुन उचित नभएको बताउनुभयो । साथै अर्काले लेखेको लघुकथा चोरेर त्यसमा थोरै विषयवस्तु, शिल्प शैली परिवर्तन गरेर आफ्नो लघुकथा बनाउनु अनैतिक व्यवहार भएको, जुन क्षम्य नहुने बताउनुभयो ।
‘लघुकथा वन्दना’को प्रशारणसँगै सुरु भएको कार्यक्रममा वरिष्ठ साहित्यकार हरि कट्टेल र दिनेश राज सुवेदीले शुभकामना मन्तव्य दिनुभएको थियोे भने वरिष्ठ लघुकथाकार/साहित्यकार ध्रुव मधिकर्मी, डा.टिकाराम पोख्रेल, वसन्त अनुभव, नर पल्लव, रमेन्द्र कोइराला, इन्दिरा चापागाईं, सीता रेग्मी, नारायणनाथ योगी, लक्ष्मी रेग्मी खनाल, तुलसी पण्डित, दुर्गा ढकाल, हरि कट्टेल, दिनेश राज सुवेदी, चिरञ्जीवी काफ्ले, तिर्थ राज भाट लगायत संस्थाका पदाधिकारी, लघुकथाकार, साहित्यकार, समीक्षक, पाठक, पत्रकारहरूको बाक्लो उपस्थिति रहेकोे थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण लघुकथाकार आयुष बडालले गर्नुभएको थियोे ।
लघुकथाकार सुरेशकुमार पाण्डेको तेस्रो लघुकथा कृति ‘आवाज’को शनिवार विमोचन भएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार/पत्रकार एवम् पूर्व सभासद्, शताब्दी पुरुष नारायण प्रसाद शर्माले उक्त कृतिको विमोचन गर्नुभएको थियोे । विमोचित कृतिका कृतिकार सुरेशकुमार पाण्डे आयोजक संस्थाको उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँको यो पाँचौ एकल साहित्यिक कृति हो । यसअघि उहाँका ‘अन्धकार चिर्ने दीयो’ र ‘देशभक्ति आवाज’ नामक दुई गजलसङ्ग्रह, ‘अनुभव’ (हिन्दी) र ‘जेईको सम्झना’ (नेपाली) नामक दुई लघुकथासङ्ग्रह प्रकाशित भइसकेका छन् ।
कार्यक्रममा विमोचित कृतिको समीक्षा झिल्का साहित्य समाजका अध्यक्ष/झिल्का प्रवर्तक एवम् लघुकथाकार वसन्त अनुभवले गर्नुभएको थियोे ।
कार्यक्रम परिषदका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार/पत्रकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।
कार्यक्रमको विशिष्ट अतिथिमा राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनाल, भाषा आयोगका पूर्व सदस्य एवम् वरिष्ठ साहित्यकार/समालोचक डा.अमर गिरी र वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयालगायत अतिथिहरूमा परिषदका सल्लाहकार पद्मप्रसाद शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास लेख्नेको सूचीमा उभिन सफल उपन्यासकार एवम् नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासन, नेपाली लेखक संघका अध्यक्ष डा. हिमलाल पन्थी, राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष कमलमणि देवकोटा, राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष डा.टिकाराम उदासी, सर्वोदय पुस्तकालय एवम् वाचनालयका अध्यक्ष सुशील गौतम, युवा संघका पूर्व अध्यक्ष एवम् समाजसेवी काशीनाथ पोख्रेल, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखा अध्यक्ष डा.कृष्णराज डि.सी., राप्ती साहित्य परिषद दाङका पूर्व अध्यक्ष दीपक समीर लगायत ५ दर्जन बढी लेखक, साहित्यकार, पत्रकारहरूको उपस्थिति रहेकोे थियोे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायण प्रसाद शर्माले सुरेशकुमार पाण्डेका लघुकथाकृति आफूले पढेको, उहाँ राम्रो लेख्नुहुन्छ । दाङले एक उत्कृष्ट साधक पाएको उल्लेख गर्दै लघुकथा पाण्डेको सक्रियता, क्रियाशिलताको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा पुस्तक लेखनका अनुभवका बारेमा कृतिकार सुरेशकुमार पाण्डेले प्रकाश पार्नुभएको थियो भने पुरुषोत्तम खनाल, उत्तमकृष्ण मजगैँया, डा.अमर गिरी, खगराज न्यौपाने, सविन प्रियासन, काशीनाथ पोख्रेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा कृतिकार पाण्डेकी बुहारी मनिषा रेग्मी पाण्डेले उपस्थित सम्पूर्ण व्यक्तित्वहरूमा धन्यवाद प्रकट गर्नुभएको थियोे ।
परिषद्की सहसचिव विना रोकायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषदका जिल्ला सचिव घनश्याम केसीले गर्नुभएको थियो ।
नुवाकोट। विदुर नगरपालिका–१३, अजिङ्गरेस्थित श्री अजिङ्गरे माध्यमिक विद्यालयमा करिब ३८ वर्षसम्म निरन्तर शिक्षण सेवामा समर्पित रही स्वेच्छिक अवकाश लिनु भएका शिक्षक रामशरण अर्यालको बिदाई तथा सम्मान कार्यक्रम अत्यन्तै सम्मानपूर्ण र भावुक वातावरणमा सम्पन्न गरिएको छ।
वि.सं. २०४४ साल चैत ८ गतेदेखि २०८२ साल कार्तिक ३० गतेसम्म सोही विद्यालयमा अध्यापन गराउँदै आउनु भएका गुरु अर्यालले शिक्षण पेशालाई केवल रोजगारी होइन, सेवाको पवित्र साधनाका रूपमा अंगाल्दै हजारौँ विद्यार्थीको शैक्षिक, नैतिक र जीवन–निर्माणमा अमूल्य योगदान पुर्याउनु भएको विद्यालय परिवारले जनाएको छ।
दीर्घकालीन निष्ठा, इमान्दारिता, अनुशासन र जिम्मेवारीबोधका साथ शिक्षण यात्रामा समर्पित उहाँको योगदानको कदरस्वरूप आज विद्यालय परिसरबाट पञ्चेबाजासहित भव्य बिदाई गरिएको हो। विद्यार्थी, शिक्षक–कर्मचारी, अभिभावक तथा स्थानीय समुदायको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा शिक्षक अर्यालप्रति सम्मान, कृतज्ञता र भावनाको अनुपम दृश्य देखिएको थियो।
बिदाईका क्रममा भावुक हुँदै शिक्षक अर्यालले भन्नुभयो,
“यो विद्यालय मेरो कर्मथलो मात्रै होइन, मेरो जीवनकै ठूलो पहिचान हो। यहाँका विद्यार्थी, सहकर्मी र अभिभावकबाट पाएको माया र सम्मान मेरो जीवनको अमूल्य पूँजी हो। अब औपचारिक सेवा समाप्त भए पनि शिक्षा र संस्कारप्रतिको मेरो दायित्व कहिल्यै समाप्त हुने छैन।”
यसअघि तय गरिएको कार्यक्रमअनुसार उहाँको औपचारिक बिदाई तथा सम्मान समारोह मिति २०८२ साल फागुन ४ गते सोमबार आयोजना गरिने विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको छ। उक्त कार्यक्रममा भूतपूर्व विद्यार्थी, अभिभावक, वर्तमान विद्यार्थी तथा सम्पूर्ण विद्यालय परिवारको उल्लेख्य उपस्थिति रहने जनाइएको छ।
विद्यालय व्यवस्थापन समितिले सबै भूपू विद्यार्थी, अभिभावक तथा सरोकारवाला महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई शिछक अर्यालप्रतिको सम्मानलाई अझ उचाइ दिन हार्दिक अनुरोध गरेको छ । शिछक अर्यालको दीर्घ सेवायात्रा भावी पुस्ताका लागि प्रेरणाको दीप बनेर रहने विद्यालय परिवारको विश्वास छ। अर्यालले अध्यापन गरिएको पुर्ब बिधार्थीद्वारा स्वतस्फुर्त सहयोग सन्क्लन गरी पन्चेबाजा ब्यबस्स्थापन गरिएको भुपु बिधार्थी श्रीकृष्ण थापाले बताए ।अनुको अनुसार साबिक कल्याणपुर बिदुर – 13 पहिलो पट्क शिछकलाई सम्मान सहित यसरी बिदाई गरिएको हो ।
गत १३ फेब्रुवरी २०२६ शुक्रबारका दिन नेपाली महावाणिज्यदूतावास, जेद्दाले गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समन्वय समिति, जेद्दासंगको सहकार्यमा जेद्दाको अल खुम्राहमा एक दिने घुम्ती शिविर सप्पन्न गरेको छ । महाबाणिज्य दूतावासबाट करिब 80-90 किलोमीटर टाढा रहेको उक्त स्थानमा संचालित शिविरमा साउदी अरबको अलअबीर अस्पतालको सहयोगमा ४ जना वरिष्ठ डाक्टरहरु सहित १२ जनाको स्वास्थ्य टोलीद्वारा स्वास्थ्य सेवा प्रदान गरिएको थियो। उक्त शिविरबाट करिब १२० जना नेपाली श्रमिकहरूले प्रत्यक्ष रुपमा सेवा लिएर लाभान्वित भएका थिए।
उक्त घुम्ती शिविरमा आँखाको परिक्षण , नाक कान घाँटीको परीक्षण, रक्तचाप र मधुमेह परीक्षण गरिएको थियो । सोही परिक्षण बमोजिमको रिपोर्ट अनुसार, श्रमिकको स्वास्थ्य समस्या अनुसारको स्वास्थ परामर्श सेवा समेत उपलब्ध गराइएको थियो।
त्यसैगरी, राहदानी नविकरण सम्बन्धी सेवा तथा बहिर्गमन (Exit) भिसाको लागि आवश्यक प्रक्रियामा सहजीकरण गरिएको थियो। शिवीरमा श्रमिकहरूलाई श्रम कानून तथा अधिकारका बारेमा नेपाली महाबाणिज्य दूतावास जेद्दाका कन्सुलर जीवन घिमिरेले जानकारी गराउँदै श्रमिकलाइ सचेत गरएका थिए भने वित्तीय साक्षरतामूलक सम्बन्धी कन्सुलेटका अर्का प्रतिनिधिले जानकारी प्रदान गरेका थिए । नियमित रूपमा सञ्चालन हुँदै आएको यस प्रकारको घुम्ती शिविरबाट महावाणिज्यदूतावासमा आएर सेवा लिन असमर्थ भएका नेपाली श्रमिकहरू लाभान्वित भएका थिए । एनआरएनएका गतिविधि तथा एनआरएनए साउदिले गर्ने कार्यहरू अबगत गराउदै एनआरएनए साउदीका उपाध्यक्ष राज गिरिद्वारा संचालित उक्त श्रमिक अन्तरक्रिया कार्यक्रममा उपस्थित नेपाली श्रमिक कामदारसंग श्रम तथा कंसुलर सम्बन्धी विभिन्न विषयमा अन्तक्रिया गरिएको थियो। कार्यक्रममा महावाणिज्यदूतावासका महाबाणिज्यदूत पारस पण्डित, बाणिज्यदूत सुबास यादब,श्रम सहचारी जीवन घिमिरे तथा अन्य कर्मचारीहरु एनआरएनए का उपाध्यक्ष अर्जुन थापा, कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ, तथा अन्य पदाधिकारीहरुको साथै संघ संस्थाका पदाधिकारीहरु,पत्रकार तथा श्रमिक नेपाली दाजुभाइ दिदिबहिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम भब्य बनाउन सहयोग गर्नुहुने डाक्टर स्वास्थ्य कर्मि तथा सहयोगी दाताहरुलाइ आयोजक टिमले सम्मान पत्र र खादाले सम्मान गरेको थियो ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयबाउन्नौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/१०/१५
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १५३[एकसयत्रिपन्नौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
माघ १६ गते शहीद दिवस परेको हुनाले,शहीद दिवस विशेष पञ्चाङ्ग लेख्नु हुन सबैमा हार्दिक अनुरोध छ।
पञ्चाङ्ग:०१ आफ्नाे हृदयमा भरेर सहिदको सम्झना भावनाकाे गंगा तरेर सहिदको सम्झना श्रद्धा सुमन ज्ञात अज्ञात सहिदहरुमा, समर्पण अघि सरेर सहिदको सम्झना आजकाे दिनमा गरेर सहिदको सम्झना। -सुशीला पौडेल पञ्चाङ्ग-०२ न कसैले आफ्नो डिउटी गर्छ न कसैले आफ्नो काम गर्छ अर्काको काममा हस्तक्षेप गरेर गाली तथानाम गर्छ सहिद भने गेटमा उभिएर हेरिरहेछ चर्तीकला, कोही कुर्सी तानातान छ कोही भने सडकमा जाम गर्छ सहिदको भर्र्याङ् चढी सत्तामा पुगेपछि छलछाम गर्छ। -पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय त्रिहतरौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७३———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/१०/१९
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ प्रगतिमा लगाउनु हो जिन्दगी दुष्टलाई भगाउनु हो जिन्दगी दुईचार मानिसले खेदो खनोस्, यस्तालाई डगाउनु हो जिन्दगी खुशीयाली जगाउनु हो जिन्दगी। -सुशीला पौडेल
पञ्चाङ्ग-:०२ देश दनदनी जल्दाखेरि कसले आँसु झार्यो यहाँ आफू एक्लै बाजी मारौंला भन्दै सयौं काजी मार्यो यहाँ मुर्दावाद जिन्दावादको नारा घन्किदैथ्यो सडकमा मुर्छित् थिइन् आमा एकछाक नुन कसले बार्यो यहाँ गाली र तालीले जित्यो लोकतन्त्र देशले हार्यो यहाँ -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०३ बलिदान अन्याय परेरगयो देशमा, जनताको धड्कन मरेर गयो देशमा धेरै गरिबको बास उजाडिएको देखेँ, आमा बुबाको भाग्य हरेर गयो देशमा सहिदको सपना टरेरगयो देशमा।
-दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०४ आँधी तुफान खाेलाकाे प्रवाह गरेनौ बम बारुद गाेलाकाे प्रवाह गरेनौ देशको निम्ति दिएर आफ्नो बलिदान, अमुल्य मान्छे चाेलाकाे प्रवाह गरेनौ शिव शंकर भाेलाकाे प्रवाह गरेनौ ।
-भवानी घिमिरे सर्लाही ।
ॐ पञ्चाङ्ग:०५ “””””””” मित्रहरूले पठाएको म खाँदै छु मिठाे सेल साथी स्वार्थ मिल्यो भने हजुर हाम्रो हुन्छ छिटाे मेल साथी अब उधारोमा काराेबार चल्ने समय गयाे प्रभु! राजनीतिमा जहिलेसुकै हुन्छ ठेलमठेल साथी सत्तारूढ हुन यहाँ अवश्य हुन्छ जालझेल साथी । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकाउन्नौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/१०/०१
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १५१[एकसयएकाउन्नौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~
पञ्चाङ्ग:०१
योग गरौं र रोग भगाऔ हामी
तन मनमा उर्जा जगाऔं हामी
योग दिवसको शुभकामना छ,
स्वस्थ रहेर खुशी बगाऔं हामी
सुखकाे पहिरन लगाऔं हामी।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२ योग गरौँ रोग भगाउनु सबैले घर घर नारा जगाउनु सबैले योग गरेर हामी नै स्वस्थ हुनेछौ, मुहर्तमा मन लगाउनु सबैले योगको नारामा सगाउनु सबैले।
-दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग- ०३ स्वस्थ शरीर भएपछि मन पनि स्वस्थ हुन्छ हजुर स्वस्थ मनले नै राम्रा- राम्रा सपना पनि बुन्छ हजुर तन-मन दुवैलाई स्वस्थ राख्न योग गरौं नियमित, नगरे योग तनमन दुवै वियोगले रुन्छ हजुर त्यस्तो बेला करुणाको गीत पनि कसले सुन्छ हजुर।
झिल्का कविता १) बनाएर चुनावी ढाल एउटै घरभित्र पनि किन बनायौ पर्खाल ? २) सङ्घीयता भयो अपच मुलुक कङ्गाल हुनथाल्यो विदेशी भरिए खचाखच । ३) साम्राज्यवाद ठूलो रोग गर्छन् नेताहरू सधैँभरी किन उसैलाई ढोग । ४) मतदान नागरिक अधिकार जनतालाई चिन्ता देशको गर्नुहुँदैन भोटको व्यापार । ५) तराई पहाड हिमाल जनता मिलेर सबै बलियो बनाउँ नेपाल । ६) गाउँ हाम्रो सहर भए देश बलियो सुन्दर बन्छ घर । ७) सबैले अबको पालो बलियो नेता देशभक्त छानौँ देशकै गोठालो । ८) पाखा लगाउँ पोल्ने गर्ने देशमा भ्रष्टाचार विदेशीकै भाषा बोल्ने । ९) देश सङ्कटमा गयो बने विदेशी दलाल भगाउँ अति भयो । १०) देशबाट हटाउँ भ्रष्टाचार सुधार्न देशको व्यवस्था नेताहरू छानौँ इमान्दार । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १९८औँ शृङ्खलामा साहित्यकार दीपबहादुर खत्रीको मुक्तकसङ्ग्रह ‘स्वतन्त्रताको श्वास’ माथि समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रबार राप्ती साहित्य परिषद् दाङको सभाहलमा सम्पन्न उक्त कार्यक्रम परिषद् जिल्ला शाखा, दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा, संस्कृतिविद् डा. गोविन्द आचार्यको प्रमुख आतिथ्य तथा पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा साहित्यकार तथा स्रष्टा दीपबहादुर खत्रीद्वारा लिखित ‘स्वतन्त्रताको श्वास’ मुक्तक सङ्ग्रहको समीक्षा डा. लोकराज पराजुलीले गर्नुभएको थियो। समीक्षक पराजुलीले दीपबहादुर खत्रीको मुक्तक सङ्ग्रह ‘स्वतन्त्रताको श्वास’ मा समाजको यथार्थ, बदलिँदो मूल्य र मान्यता, आत्मसङ्घर्षका साथै व्यङ्ग्यात्मक भाव, करुणाका तरङ्ग, विद्रोही स्वर र श्रद्धाजस्ता अनुभूतिहरू अभिव्यक्त भएको उल्लेख गर्नुभयो। उहाँले ‘स्वतन्त्रताको श्वास’ मुक्तक सङ्ग्रह हरेक दृष्टिकोणबाट उत्कृष्ट रहेको बताउँदै लेखकलाई निरन्तर सिर्जनामा लागिरहन सुझावसमेत दिनुभयो।
कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा (समीर), लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रलेस दाङका अध्यक्ष चन्द्रबहादुर थापा, राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पदमप्रसाद शर्मा, वरिष्ठ साहित्यकार गणेश विषमलगायत साहित्यप्रेमी, पत्रकार तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो। परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो।