साउदी अरबमा रहेर कार्यरत नेपाली समुदायबीच एक आपसी सद्भाव, मित्रता र खेलकुदको भावनालाई प्रगाढ बनाउने उद्देश्यले साउदी अरबको दमाममा “तेस्रो दमाम च्याम्पियन कप-२०२५” आयोजना हुने भएको छ। युनाइटेड नेपाल फुटबल क्लब दमाम (UNFC DMM) ले मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इद (इद–उल–अजहा) को अवसर पारेर यो भव्य फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो।
यो प्रतियोगिता आगामी जुन ६, २०२५, शुक्रबारका दिन साउदी अरबको पूर्वी क्षेत्र खोबरस्थित अजेजिया फुटबल मैदानमा सम्पन्न हुनेछ। आयोजक समितिले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। शुक्रबार दिउँसो दमामको एक नेपाली होटलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको विस्तृत जानकारी सार्वजनिक गरिएको थियो। सम्मेलनमा आयोजकले खेलप्रेमी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेका छन्। प्रतियोगिताका विजेता तथा अन्य उत्कृष्ट खेलाडीहरूका लागि निकै आकर्षक पुरस्कारहरू प्रदान गरिने भएका छन्। आयोजक क्लबका सचिव कमल ल्हो तामाङका अनुसार, प्रतियोगिताको विजेता टोलीले शानदार ७,७७७ साउदी रियाल करिब दुई लाख असि हजार नेपाली रुपैंया नगद पुरस्कारका साथै प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले पनि ४,४४४ साउदी रियाल नगद, प्रमाणपत्र, ट्रफी र मेडल हात पार्ने कुरा साझा मञ्च साउदी अरबका अध्यक्ष अन्जान गुभाजु ले जानकारी गराएका छन् ।
यति मात्र नभई, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष सम्मान गरिनेछ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर र प्रत्येक खेलका म्यान अफ द म्याच लगायत विभिन्न व्यक्तिगत विधामा पनि आकर्षक पुरस्कार र ट्रफीहरू प्रदान गरिने जानकारी सचिव तामाङले दिएका छन्।
युनाइटेड नेपाल फुटबल क्लबका व्यवस्थापक ओम बहादुर कुमालले प्रतियोगिताको मुख्य लक्ष्य साउदी अरबमा रहेका नेपालीहरूलाई खेलको माध्यमबाट एकताबद्ध गराउनु, भाइचाराको सम्बन्ध स्थापित गर्नु र आपसी सद्भाव बढाउनु रहेको बताए। व्यवस्थापक कुमालले भने, ‘यो प्रतियोगिता केवल एउटा खेल मात्र नभएर यहाँ रहेका सम्पूर्ण नेपालीहरूको एकतालाई अझ बलियो बनाउने एउटा महत्वपूर्ण माध्यम पनि हो। हामीले बकर इद जस्तो पवित्र पर्वको अवसर पारेर यस किसिमको कार्यक्रम आयोजना गरी समुदायमा खुशियाली र अपनत्वको भावना फैलाउन चाहेका छौं।’ स्मरण रहोस्, गत रमादान इदमा सम्पन्न भएको दोस्रो दमाम भेट्रान गोल्डकप–२०२५ को उपाधि पनि युनाइटेड क्लबले नै जितेको थियो। यस पटकको प्रतियोगितामार्फत नेपाली फुटबलप्रतिको लगाबलाई थप विस्तार गर्न क्लबले विश्वास लिएको छ। मध्यान्ह राष्ट्रिय दैनिक यस प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको छ ।
झिल्का लेखन अभियानको ७३ औँ शृङ्खला (नववर्ष विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय १८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका नववर्ष विशेष उत्कृष्ट झिल्का कविताहरू-
—————<•>————– १// बोकेर उमङ्ग हर्ष आशाको नयाँ किरणसँगै आयो हेर नववर्ष ! ✍️ वसन्त अनुभव वसन्तविहार, घोराही २// आयाे नयाँ वर्ष समानुपातिक साेच बनाेस् मनमा हाेस् हर्ष ! ✍️ रवि पाैडेल दक्षिण भारत, पाण्डेचरी ३// छैन मनमा हर्ष बनोस् अब रमाइलो आउने नयाँ वर्ष ! ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत ४// फुर्ती रहोस् तनमा नयाँ वर्षमा अब शान्ति होस् मनमा ! ✍️ सरिता सेढाई धादिङ ५// नयाँ वर्ष आयो सारा नेपालीमा हर्षोल्लास शान्ति खुसी छायो । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ ६// नवीन वर्षले ल्याओस् शान्ति अनि समृद्धि जताततै खुसी छाओस् ! ✍️ भविश्वर पंगेनी वालिङ ९ स्याङ्जा ७// गएकाे वर्ष सम्झेर आफ्नो मनलाई यसै खिन्न नपार्नू हेर ! ✍️ भाेलामान बर्देवा(बैरागि माईलाे) धरान ८ सुनसरि ८// मनभरि खुसी छाओस् एकासीका गल्ती बिर्सेर बयासीमा बहार आओस् ! ✍️ चुडामणी देबकोटा पुरानो नैकाप, काठमाण्डौ ९// उच्चातिउच्च रहोस् भावना आओस् समृद्धिको बहार सम्पूर्णमा नववर्षको शुभकामना ! ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा १०// आयो नयाँ वर्ष भुलेर पुराना पिरहरू मनाऔँ सबैले हर्ष ! ✍️ अरुण कुमार भुजेल गोरूबथान ११// शुभ रहून् दिनहरू हर्ष छाओस् मनमा केही चाहिन्न अरू ! ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा १२// शुभकामना नयाँ वर्षको दिएर आजै सबैलाई खुसी साटौँ हर्षको ! ✍️ सञ्जना शर्मा लमही, दाङ १३// स्विकार्दै गल्ती सहर्ष सच्याए अवगुण आफ्नो सुनौलो बन्छ नववर्ष ! ✍️ किराती हाङ तिम्रो ( बिसु हाङ राई ) विराटनगर मोरङ १४// आयो नयाँ वर्ष नेपालीको घरघरमा आयो उमङ्ग अनि हर्ष ! ✍️ कला ढकाल झापा १५// दुःख कष्ट हरोस् आउने नयाँ वर्षले घाउमा मलम भरोस् ! ✍️ ज्योतिका क्षेत्री सिलगडी, भारत १६// गलत प्रवृत्तिकाे सामना गर्न नपराेस् कसैलाई नयाँ वर्षको शुभकामना ! ✍️ प्रमाेद नेपाल काठमाडौँ-५ १७// पूरा हुन् चाहना सबै नेपाली जनहरूलाई नयाँ वर्षको शुभकामना ! ✍️ साबित्री प्याकुरेल धादिङ्ग १८// आउने नयाँ वर्षमा दु:खपिर सबै हटुन् दिन बितोस् हर्षमा ! ✍️ कपिल किशोर घिमिरे १९// नयाँ वर्ष आयो भिरको चिन्डो देख्छु सन्देह मनमा छायो । ✍️ दिलचन्द छेत्री २०// नयाँ वर्षको शुभकामना सुख, समृद्धि, सुस्वास्थ्य सारा जनमनको चाहना ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे २१// मनको कुरा मनमा जवानीको जोश कस्तो जीवन गयो धनमा ! ✍️ निमा छिरिङ भोटिया जलढका कालेबुङ २२// जताततै छाओस् उमङ्ग आसन्न नयाँ वर्षले गरोस् विभेदको क्रमभङ्ग ! ✍️ बाबुराम गौतम गुल्मी २३// आयो नयाँ वर्ष खुसीयाली बोकेर सबैमा ल्यायो पुन: हर्ष ! ✍️ साहित्य प्रेमी सुशील धनगढी २४// नववर्षको गुणगान गाऊँ स्वागत गरौँ खुब धर्ममा चित्त लगाऊँ ! ✍️ यशोदा रेग्मी चम्लागाई तुमीन नामराङ २५// उच्च रहोस् भावना देशविदेशमा रहनुहुने जनप्रति नववर्षकाे हार्दिक शुभकामना ! ✍️ अम्बिका गिरी विराटनगर २६// उच्च रहाेस् भावना प्रगतिले छलाङ माराेस् सम्पूर्णमा नववर्षकाे शुभकामना ! ✍️ काेपिला अधिकारी गाेरखा, सिरानचाेक २७// आउँछ जान्छ साल बोकेर सन्देश शुभकामनाको झुपडीमा रित्तो थाल ! ✍️ बिके मुखिया वाङ्दे, दार्जिलिङ, भारत २८// ल्याओस् सुखशान्ति नववर्षले शुभकामना आफन्त जनहरूमा बितुन् दिनहरू हर्षले ! ✍️ हिरालाल न्यौपाने बानपा ८ कोटमौला सल्यान २९// फेरियोस् नयाँ वर्ष मनको मुस्कान ओठमा भरियोस् है हर्षैहर्ष ! ✍️ होमप्रसाद नेउपाने धरान, सुनसरी ३०// पूरा होउन् चाहना सुखशान्ति एवम् समृद्धिको सबैमा हार्दिक शुभकामना ! ✍️ रुना कर्माचार्य दाहाल चितवन ३१// पुगोस् सदिच्छा चाहना सकल जनता हाँसुन् नयाँ वर्षको शुभकामना ! ✍️ जिज्ञासु पन्त लमजुङ ३२// घुम्दै आयो नववर्ष सबैकाे मनमा पलाओस् उमङ्ग अनि हर्ष ! ✍️ केसर बाेहरा ( आदर्श ) सुदूरपश्चिम अछाम । हाल भारत ३३// आयो नयाँ वर्ष सारा नेपाली जनमा बोकेर खुसी हर्ष ! ✍️ चक्र लोहोरुङ ३४// नववर्षमा प्रेरणा जागोस् हरेक व्यक्तिको मनमा मानवताले बास पाओस् ! ✍️ सतीश पण्डित चुँदी, तनहुँ ३५// तमाम देशमा रहनुहुने सम्पूर्ण मित्रहरूमा शुभकामना दुःख कष्ट सहनुहुने ! ✍️ बिपी लामिछाने दमक, झापा ३६// पुगोस् सबैको चाहना छाओस् सर्वत्र हर्षोल्लास नयाँ वर्षको शुभकामना ! ✍️ विष्णु पंगेनी(पाण्डे ) वालिङ्, स्याङ्जा ३७// नववर्षले समृद्धि ल्याओस् एकअर्कामा सद्भाव बढाउँदै चारैतिर सुखशान्ति छाओस् ! ✍️ देव स्याङ्देन कालेबुङ ३८// सत्य रहोस् मनोभावना विश्वभर रहनुभएका सबैलाई नववर्षको हार्दिक शुभकामना ! ✍️ गुणनिधि घिमिरे अमेरिका ३९// सबैमा उमङ्ग छाओस् नपरोस् दु:ख कसैलाई सुखमय भाग्य पाओस् ! ✍️ भुपेन्द्र राना मगर धादिङ ४०// सुखशान्ति र हर्ष सबै नेपालीको मनमा छाओस् नयाँवर्षकाे उत्कर्ष ! ✍️ श्रीबहादुर केसी शैलुङ्गे दुवाकाेट भक्तपुर ४१// मनमा खुसी हर्ष वसन्त ऋतुको उमङ्गसँगै आयो नयाँ वर्ष ! ✍️ श्रीकृष्ण धामी देउलेख, बझाङ ४२// मान्नुपर्ने भएन हर्ष बढ्दैछ देशमा अशान्ति सुधार होस् नववर्ष ! ✍️ शंकर कार्की थाहा ३ मकवानपुर ४३// हर्षोल्लासको छ चाहना मनमस्तिष्कमा सधैँ छाओस् नववर्षको सबैमा शुभकामना ! ✍️ कोपिला समीक्षा खार्पा, खोटाङ ४४// आन्तरिक हृदयको चाहना जगमा समृद्धि छाइरहोस् नयाँ वर्षको शुभकामना ! ✍️ मोती योन्जन सुब्बा दार्जिलिङ ४५// विगतझैँ नहोस् नववर्षमा देशमा समृद्धि भई खुसीयाली छाओस् सबमा ! ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हाल अमेरिका, बोस्टन ४६// बढेर सकारात्मक सोचाइ नववर्षको हार्दिक शुभकामना खुसी रहोस् स्थायी ! ✍️ पुष्पा सुवेदी नेपालगन्ज, बॅाके ४७// नववर्ष समृद्धि ल्याओस् सम्पूर्णमा यही शुभकामना हर्षले निष्कर्ष पाओस् ! ✍️ प्रेम थापा “मन” बागलुङ ४८// आयो नयाँ वर्ष भुलाएर दु:ख जति ल्याओस् सबैमा हर्ष ! ✍️ देवकृष्ण काफ्ले ४९// आगामी नयाँ वर्षले सबैलाई खुसी देउन् रमाइलो गरौँ हर्षले ! ✍️ अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ ५०// खुसी उमङ्गले बेर्दै आयो हजुर नववर्ष नयाँ पालुवा फेर्दै ! ✍️ अनिता भण्डारी ताप्लेजुङ ५१// आयो बयासी साल परस्पर सद्भाव बढोस् समृद्धि छाओस् मालामाल ! ✍️ छ्न्त्याल हित ५२// सारा नेपालीको भावना आओस् शान्ति श्रीवृद्धि नयाँ वर्षको शुभकामना ! ✍️ शोभाकान्त रेग्मी वालिङ स्याङ्जा ५३// पल्लव नयाँ अङ्कुरायो वसन्तको आगमनले हेर मुलुकभर खुसी छायो । ✍️ साजन पौडेल ५४// स्वागत नयाँ वर्षलाई नौलो उमङ्गले आऊँ आनन्दमा निश्चिन्त गराई ! ✍️ मनोहरी पौडेल गैडाकोट १ ५५// नववर्षको उज्ज्वल सपना अनेकौँ हर्षोल्लासको साथ सम्पूर्णलाई हार्दिक शुभकामना ! ✍️ रमा गुरुङ्ग सालुगडा, सिलीगुडी ५६// नयाँ वर्षको शुभकामना सुखशान्ति र समृद्धिको पूरा होओस् चाहना ! ✍️ कृष्ण बजगाई खोटाङ ५७// गरौँ शत्रुको सामना सुखद बनोस् नववर्ष सबैमा हार्दिक शुभकामना ! ✍️ वेदु न्यौपाने ५८// पुगोस् सबैको चाहना समस्याहरू हल होउन् नयाँ वर्षको शुभकामना ! ✍️ धनमाया चौधरी कैलाली ५९// जीवनमा खुसी हर्ष बोकेर नेपाली घरघरमा आयो नयाँ वर्ष ! ✍️ सानु जाेशी सुदुरपश्चिम, दार्चुला ६०// शुभकामना नयाँ वर्षकाे छाओस् सबैमा खुसीयाली पाइयाेस् फल सङ्घर्षको ! ✍️ ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम ६१// शान्तिको आवाज लिएर आऊ नववर्ष तिमी क्रान्तिको नारा दिएर ! ✍️ विवश पारदर्शी झापा ६२// पात्रो फेरियो घरमा रुखमा पात फेरिए नयाँ वर्षको साथमा ! ✍️ समुन्द्रा शर्मा ६३// स्वच्छ हाेस् भावना सुख र शान्तिकाे लागि नयाँ वर्षकाे शुभकामना ! ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क ३ खाेटाङ । हाल भक्तपुर ६४// उच्च शिखरको भावना मनमा सजिएर जाओस् नयाँ वर्षको शुभकामना ! ✍️ दुर्गा आचार्य मोरङ ६५// सुखशान्तिको छ चाहना भयरहित बाँच्न पाऊँ आउँदो वर्षको शुभकामना ! ✍️ राजेश्वरी राजोपाध्याय ललितपुर ६६// छाओस् खुसी हर्ष दु:ख पीडा हटोस् उमङ्ग ल्याओस् नववर्ष ! ✍️ राधा चाम्लिङ खोटाङ ६७// नयाँ वर्ष आयाे साथमा वसन्त बहार मनमा खुसी छायाे । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी, धादिङ ६८// कालयुक्त संवत्सर गयाे नयाँ वर्षको शुभकामना उज्यालो साैरमान भयाे । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ६९// नयाँपनको यहाँ खाँचो जीवजगतमा प्रेम बढोस् शान्ति बनोस् साँचो ! ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ७०// घरघरमा खुसी आओस् जोस, जाँगर, आँटमा नववर्षको उमङ्ग छाओस् ! ✍️ सरस्वती श्रेष्ठ रुपन्देही बुटवल ७१// सबैमा उज्यालो छाओस् दुखीहरूको मुहारमा पनि नयाँ उमङ्ग ल्याओस् ! ✍️ संगीता खरेल काठमाडौँ ७२// दुःख नासिएर जाओस् सुखशान्ति समृद्धि लिएर नयाँ साल आओस् ! ✍️ सीमा कार्की समर्पण मेलचोक, पर्सा ७३// घुमेर आयो नववर्ष सम्पूर्णमा शुभकामना भन्दै छाओस् मनमा हर्ष ! ✍️ सुनगाभा पोखरेल कपिलवस्तु ७४// घुमेर आयो नववर्ष बोकेर उमङ्ग शान्ति खुसी अनि हर्ष ! ✍️ डा. जानुका न्यौपाने दोलखा ७५// छैन मनमा हर्ष नहोस् एकासी जस्तो आउँदो नयाँ वर्ष ! ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ ७६// विगतझैँ आयो नववर्ष भुलौँ सारा पिरहरू लिएर मनमा हर्ष ! ✍️ विवा तामाङ ७७// नेपालीहरूमा प्रगति उत्कर्षकाे सम्पूर्ण उत्पीडित दुःखीहरूमा शुभकामना छ नववर्षकाे ! ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ ७८// देशमा खुसी आओस् हटुन् नारा जुलुस नेपालमा शान्ति छाओस् ! ✍️ प्रेम शर्मा “एकान्त प्रेमी” कालेबुङ ७९// नवीन उत्साह लिई आओस् नयाँ वर्ष शान्तिको मद पिई ! ✍️ पदमराज न्यौपाने रामारोशन ४ अछाम ८०// आयो नयाँ वर्ष सर्वत्र खुसी छाओस् उमङ्ग अनि हर्ष ! ✍️ जनक बिसी दक्षिण भारत, कोचिन ८१// घर अनि आँगनमा नयाँ वर्ष आयो खुसी छायो मनमा ! ✍️ जानुका बास्कोटा काठमाण्डौ ८२// बनोस् उल्लासमय वर्ष हटोस् हृदयको तुवाँलो जनमनमा होओस् हर्ष ! ✍️ घनश्याम पन्त हरिवन सर्लाही ८३// पवित्र फूलझैँ फुलेर नववर्ष मनाउनु सबले दु:खपिर सबै भुलेर ! ✍️ बेल थोकर तामाङ ८४// पूरा होउन् मनोकामना जोस जाँगर थपियोस् नयाँ वर्षको शुभकामना ! ✍️ नन्दा धामी नौगाड, दार्चुला ८५// भित्रियाे आँगनमा नववर्ष धरती वसन्तले सजियाे खुल्याे मधुमास सहर्ष ! ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, साँगा बजार बनेपा १४ ८६// सुस्वागतम् नयाँ वर्षलाई हटाई मनको मैलो हाँसीखुसी बसौँ रमाई ! ✍️ सविता भट्टराई जनकपुरधाम ८७// अशान्ति हरोस् भावना हरेक दैलोमा नववर्षले समृद्धि छरोस् शुभकामना ! ✍️ राज बहादुर बडुवाल कनकासुन्दरी-५, जुम्ला ८८// रिसराग सबै हटाई खुसीको वर्ष बनोस् हर्ष उमङ्ग बढाई ! ✍️ नागेन्द्रप्रसाद यादव ८९// मीठो फुरोस् रचना नयाँ साल बयासीको सबैलाई छ शुभकामना ! ✍️ ध्रुव श्रेष्ठ खोटाङ ९०// उच्च रहोस् भावना हरेक नेपालीको मनभित्र नयाँ वर्षको शुभकामना ! ✍ राजेन्द्र प्रधान ‘पासा’ दार्जिलिङ ९१// स्वागतम् नयाँ वर्ष हटोस् सबैका पीडा छाओस् अथाह हर्ष ! ✍️ पुष्पा राई खाेटाङ । हाल- बसुन्धरा, काठमाडौँ ९२// नयाँ समयहरू बिताई सुनौलो नयाँ उमङ्गहरूले नववर्ष मनमा सजाई ! ✍️ नेत्रबहादुर श्रेष्ठ सिन्धुपाल्चोक -१३ ९३// अनेकौँ हुन्छन् चाहना पूरा हाेओस् सबैको नयाँ वर्षकाे शुभकामना ! ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही ९४// नयाँ वर्षको रसरङ्ग सर्वत्र सुखशान्ति फैलियोस् नपरुन् भयले झसङ्ग ! ✍️ देव मगर तिनाउ~१,कचल, पाल्पा ९५// खुसीले भरियोस् आँगन हिमाल पहाड तराईको समृद्ध बनोस् जनजीवन ! ✍️ सुरेशकुमार पाण्डे ९६// सबैले मनाऔँ नववर्ष जोगाउँदै मौलिक परम्परा मनमा बोकेर हर्ष ! ✍️ संगमानंद पत्रकार चूरु-राजस्थान ९७// सम्पूर्ण नेपालीलाई शुभकामना सुखशान्ति अनि समृद्धिकाे सम्पूर्णमा मेरो सद्भावना ! ✍️ शम्भु गजुरेल ९८// नयाँ पात पलायो पुरानो पात्रो बेकाम वर्षले अङ्क बढायो । ✍️ म्यामराज राई भोजपुर ९९// पूरा होउन् चाहना आउँदै गरेको नववर्षको सबैमा हार्दिक शुभकामना ! ✍️ हरिभक्त सिग्देल महेश मण्डिखाटार, काठमाडौँ १००// आयो नयाँ वर्ष मुहारमा छाओस् सबको खुसी अनि हर्ष ! ✍️ चिरञ्जीवी श्रेष्ठ धनकुटा १०१// मनको पीडा हटाई आऊ नयाँ वर्ष खुसी उमङ्ग सजाई ! ✍️ बिमल पोखरेल धरान -१७, पटनाली १०२// आयाे नयाँ वर्ष पलाए नयाँ पालुवा छायाे मनमा हर्ष ! ✍️ जगदिश अधिकारी तारकेश्वर, काठमाण्डाै १०३// नववर्ष आयो भन्छन् एकदिन शुभकामना दिएर वर्षभरि खोइरो खन्छन् । ✍️ डा. देवी पन्थी १०४// गरिबको पेट भरियोस् नयाँ वर्ष बयासीमा उमङ्ग खुसी छरियोस् ! ✍️ तेजप्रसाद खनाल दाङ १०५// भरियोस् मनमा उमङ्ग नयाँ वर्ष आउँदा हुन्छौँ सबै दङ्ग ! ✍️ सुस्मिता अधिकारी काठमाडौँ १०६// कठिनाइको गरेर सामना जुटाैँ अघि बढाैँ नयाँ वर्षको शुभकामना ! ✍️ जयनारायण नेपाल बालकोट, भक्तपुर १०७// सम्पूर्ण कुकृत्य फालेर नववर्ष तिमी आऊ समृद्धिको दियो बालेर ! ✍️ ऋजु दिल्पाली १०८// भित्रिरहेकाे नयाँ वर्ष छर्न सकोस् शुभावना ल्याओस् सबैमा हर्ष ! ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा १०९// घुम्दै फिर्दै आयो नयाँ साल फेरि आशा उमङ्ग छायो । ✍️ शोभा आचार्य गौतम काठमाडौँ ११०// मनमा छाओस् हर्ष सधैँ खुसी बनोस् अबको नयाँ वर्ष ! ✍️ ललिता गिरी सुनकोसी ५, सिन्धुली १११// शुद्ध रहोस् भावना उत्साह, उमङ्गकाे साथ नयाँ वर्षको शुभकामना ! ✍️ सुनिता निरौला पौडेल राधे राधे, भक्तपुर ११२// आयो नयाँ साल तर जताततै देख्छु उही पुरानो ताल ! ✍️ दीपा गुरुङ समभाव ११३// शुभकामना छ नववर्षको खुसी छाओस् नेपालीहरूमा शान्ति सुशासन हर्षको ! ✍️ एवाइ प्रभात धनकुटा ११४// तिमी नयाँ वर्ष आऊ खुसीलाई बोकी मनमा पलाओस् हर्ष ! ✍️ चन्द्रिका रिमाल न्यौपाने ११५// नयाँ उमङ्ग जागोस् सुखशान्ति होस् सर्वत्र समृद्धि उकालो लागोस् ! ✍️ नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल । ११६// नूतन वर्ष आओस् ऊर्जाशील कदम चाल्दै पोहोरको फोहोर लैजाओस् ! ✍️ लक्ष्मी रिजाल कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल ११७// आयो नवीन वर्ष हटाएर सारा पीडा छायो मनमा हर्ष ! ✍️ आर्त अकुलीन ११८// शुभकामना छ नववर्षकाे सबैमा शान्तिको कामना माहोल बनोस् हर्षकाे ! ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ ~<•>~~
नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘तमासा’ र ‘भेटी’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ७ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।
‘तमासा’ लघुकथासङ्ग्रह, लघुकथाकार अनुग्रह रानामगर ‘पुष्प’को र ‘भेटी’ लघुकथासङ्ग्रह, लघुकथाकार विष्णु पन्थी ‘विनु’को लघुकथासङ्ग्रह हो । यी दुवै लघुकथासङ्ग्रहहरू कृतिकारका पहिलो लघुकथा कृतिहरू हुन् ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समालोचक, साहित्यकार प्रा.डा.लक्ष्मणप्रसाद गौतमले नमस्ते आधुनिक लघुकथा मञ्चले फरक ढङ्गले परिचर्चा कार्यक्रम गरेकोप्रति मञ्चको सराहना गर्नुभयो । परिचर्चाकारले लघुकथासङ्ग्रहको परिचर्चा गर्नुपूर्व सङ्ग्रहको परिचय प्रशारण गरिएको प्रति टिप्पणी गर्दै यसो गर्दा उपस्थित दर्शकमा कौतुहलता नरहने र कार्यक्रम अलि खल्लो हुने भएकोले सकेसम्म कम छोटो परिचय राख्न आयोजकलाई सुझाउनुभयो । साथै परिचर्चाकारले दिनुभएको सुझावलाई ग्रहण गर्दै अगाडि बढ्न कृतिकारहरूलाई अनुरोध गर्नुभयो ।
पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, समालोचक एवम् भाषा आयोगका सदस्य गोपाल अश्कले कार्यक्रमको पहिलो चरणमा लघुकथाकार अनुग्रह रानामगर ‘पुष्प’को लघुकथा कृति ‘तमासा’को परिचर्चा गर्दै सङ्ग्रहमा सङ्ग्रहित लघुकथाहरू उपयुक्त आकारमा र सरल रेखिक ढाँचामा रहेको उल्लेख गर्नुभयो । वर्तमान समयमा पनि मुलुकमा तमासा हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सङ्ग्रहको शिर्षक सार्थक रहेको बताउनुभयो । सङ्ग्रहभित्रका अधिकांस लघुकथाहरूमा श्रमजीवी र मध्यमवर्गका पात्रहरू रहेको र लघुकथामा क्लिष्ट नरहेको भन्नुभयो । लघुकथासङ्ग्रहमा विविध विषयहरू उठान गरिएका छन् । कृतिकार लामो समय वैदेशिक रोजगारको क्रममा मुलुकबाहिर रहनुभएको हुँदा त्यसको प्रभाव लघुकथामा देख्न पाइन्छ । कुनै कुनै लघुकथामा बढी व्याख्या भएको, वर्णनात्मक भएको पाइएको हुँदा आगामी दिनमा सचेत रहन पनि सुझाव दिनुभयो । लघुकथाकार ‘पुष्प’को उक्त सङ्ग्रहमा ४१ वटा लघुकथाहरू रहेका छन् ।
कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार विष्णु पन्थी ‘विनु’को लघुकथा कृति ‘भेटी’ बारे परिचर्चा गर्नुहुँदै परिचर्चाकार, वरिष्ठ साहित्यकार एवम् समालोचक डा.शंकरप्रसाद गैरेले लघुकथाकार विनुको लघुकथासङ्ग्रह ‘भेटी’भित्र समाजमा देख्दै, भोग्दै आएका घटनाहरूलाई आधार बनाएर गहन ढङ्गले प्रस्तुत गरिएका ४० वटा लघुकथाहरू रहेको उल्लेख गर्नुभयो । केही सामाजिक, केही राजनीतिक त केही काल्पनिक धरातलमा रहेर लेखिएका लघुकथाहरू पठनीय रहेकोे उल्लेख गर्नुभयो । ‘भेटीभित्रका लघुकथाहरूले नारी चेतनाका कुरा उठाएको छ, राजनैतिक विकृति विसङ्गतिहरू उजागर गरेको छ ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा ‘तमासा’ लघुकथासङ्ग्रहको कृतिकारको तर्फबाट लघुकथाकार अनुग्रह रानामगर ‘पुष्प’ र ‘भेटी’ लघुकथासङ्ग्रहको तर्फबाट लघुकथाकार विष्णु पन्थी ‘विनु’ले धन्यवाद मन्तव्य दिनुभएको थियोे । साथै उहाँहरूले परिचर्चाकारज्यूहरूले दिनुभएको सुझावलाई अक्षरस: पालना गर्ने उल्लेख गर्नुभयो । आयोजक मञ्चप्रति आभार प्रकट गर्दै कृतिकारद्वयले परिचर्चा कार्यक्रमले आफ्ना कमिकमजोरी जान्न पाएको बताउँदै भविष्यमा सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
छोटो समयमै सङ्ग्रह निकाल्नुपरेको हुँदा कमिकमजोरी भएको स्वीकार गर्दै परिचर्चाकारज्यूले दिएको सुझावलाई ग्रहण गरेर अगाडि बढ्ने बताउनुभयो । सङ्ग्रह प्रकाशन लगायत परिचर्चा कार्यक्रम आयोजना गरिदिएकोमा आयोजक संस्थाप्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार, समालोचक एवम् उक्त कृतिहरूका सम्पादक डा.विदुर चालिसेले ‘छोटो समयमै दुई दर्जन बढी कृतिहरूको सम्पादन गर्नु, प्रकाशन गर्नु कम चुनौतीपूर्ण कार्य थिएन, तर हामीले त्यसलाई सहजतापूर्वक सम्पन्न गर्यौँ । हतारमा काम गर्दा सानातिना कमिकमजोरी हुनसक्छन्, तर सकेसम्म कम त्रुटि होस् भन्नेमा हामी सजग थियौँ ।’ उहाँले भन्नुभयो ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेलले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।
राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत साहित्यकार कपिलकिशोर घिमिरेको मुक्तक सङ्ग्रह ‘तरङ्ग’को समीक्षा तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्मा प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ‘तरङ्ग’ मुक्तकसङ्ग्रहको समीक्षा साहित्यकार हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’ले गरेका थिए । समीक्षक साहित्यकार स्वर्णशिकाले ‘तरङ्ग’ मुक्तकसङ्ग्रहमा रहेका सम्पूर्ण मुक्तकहरू राम्रा रहेका कुरा बताए ।
राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल ,वरिष्ठ साहित्यकार गणेश विषम, राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार उत्तमकृष्ण मजगैँया ,लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए भने तरङ्ग मुक्तकसङ्ग्रहका लेखक कपिल किशोर घिमिरेले मुक्तक लेख्दा तथा प्रकाशन गर्दाका अनुभवहरू सुनाएका थिए ।
सो कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा.टीकाराम उदासी, कोषाध्यक्ष डा. खेमराज मल्ल, राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर” झिल्का साहित्य समाजका अध्यक्ष वसन्त अनुभव, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का , साहित्यकारहरू यज्ञबहादुर डाँगी, शशिधर भण्डारी, प्रमोद धिताल, यमुना घिमिरे, कुन्दन किशोर घिमिरे, घनश्याम अस्तित्व, एकनारायण चापागाईं, एकराज शर्मा अधिकारी, हरिप्रसाद पाण्डे, नगेन्द्रकुमार आचार्य, चन्द्रप्रकाश देवकोटा, गिरिराज पौडेल,देवेन्द्र कुमार रिजाल महेश कुमार न्यौपाने सुवाष न्यौपाने, दामोदर पौडेल, गिरिप्रसाद पन्थी, शरद गौतम, मधुसुधन गौतम, वीना रोका क्षेत्री नारदप्रसाद भण्डारी, धनसिंह गिरी , खेमराज गाउँले, यशोदा केसी साहित्यकारहरूको उपस्थिति रहेको थियो। उक्त अवसरमा संस्थाको तर्फबाट साहित्यकार घिमिरेलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो।
राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए ।
साप्ताहिक झिल्का लेखन अभ्यासको ६२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ६२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, कवि लेख्छ कविता बिम्ब, प्रतीक खेलाउॅंदै, कालजयीमा दाँजिन्छ कर्मिता । २, अथाह छ शब्दसागर मोती टिप्न नचुकौँ, खेलाँचीमा नफाली नजर । ३, दिमाग बन्यो प्रविधि हात चल्छ बहानामा, मानव बुख्याचाको प्रतिनिधि । ✍️म्यामराज राई भोजपुर … १, देख्छ, पुग्छ त्यहाँ उछिट्टियो ऊ मोतीविन्दुसॅंगै, अन्धो भविष्य जहाँ । ✍️दिलचन्द क्षत्री … १, झिल्का लेखेर हेरौँ शुद्ध या अशुद्ध मिलेन भनेर नकेरौँ ! २, सिमाना काटिएको ठाउँ किन साँगुरो हुँदैछ ? म जन्मेको गाउँ ! ✍️रवि पौडेल दक्षिण भारत पाण्डेचरी … १, प्रतिगामीले उठायो सिर आज नेताहरूले गर्दा गणतन्त्रले पच्छ्यायो भिर। २, हुन्छ फेरि जेल लुट, फुट उस्तै विदेशकै हो खेल। ३, सङ्घीयताले गरायो फेल देशमा गणतन्त्रको अवस्था नेता विदेशका रखेल। ✍️सुरेशकुमार पाण्डे घोराही – १८, दाङ … १, कतैबाट पापी संसार दृष्टि न हो, आहा ! छ यार । २, कोही नदेखी देख्छ मनको आँखाले होला कोही हतासिएर लेख्छ । ३, जीवन र जोवन कतै कपास जस्तै कतै गरुँगो मन । ✍️अम्बिका प्रसाद कोइराला ‘अकेला’ कानेपोखरी, मोरङ … १, एकदिन पश्चात्तापले पोल्नेछ ए दलालहरू अब ! तिम्रो पोलहरू खोल्नेछ । ✍️ दीप गोले तामाङ रौतहट … १, बनेर तिमी खास विश्वास जित्यौ तिमीले हौ मेरो प्रकाश। २, मनको डरलाई बिसाऊ गन्तव्य चुम्ने लक्ष्यमा कदमहरू अघि बढाऊ। ३, साँझमा बत्ती बल्छ कलमभन्दा किबोर्ड प्यारो मोबाइलमा संसार चल्छ। ✍️सतीश पण्डित भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा ६ मनतातीर्थ ) … १, नारी सिङ्गो प्रकृति बुझ्न पर्छ सबैले बचाउन हाम्रो रीति । २, आधा आधा बाँडेर बनाउनु छ देशलाई हुन्न रिसराग साँधेर । ३, नारी हुन दीप्ति घर चलाउने परी बनाउने सबैलाई तृप्ति । ✍️कोपिला समीक्षा खार्पा, खोटाङ … १, कमिलाको प्वाँख आयो उड्यो, डढ्यो आगोमा पखेटाले मृत्यु पायो। २, जीवनमा घमण्ड नगर्नु बिस्तारै जाँदा पुगिन्छ हडबडले दुर्घट्नामा नपर्नु । ✍️चुडामणि देवकोटा पुरानो नैकाप काठमाण्डौ … १, जीवनको कथा झल्किन्छ मनको भाव कवितामा व्यथा सबै छल्किन्छ । २, आफ्नो काम गर्नु खेरो समय जान्छ उत्साह मनमा भर्नु । ३, दुनियाँको पछि नलाग्नु पुर्याउॅंदैनन् तिनले गन्तव्य काम कर्तव्यसँग नभाग्नु । ✍️पुष्पा राई बादेल, खोटाङ … १, युवाहरू सडकमा चम्केका नेपाल आमा रोइरहेकी राष्ट्रघातका विरुद्ध लम्केका। २, वायु बबण्डर चलेपछि रोक्न कसको तागत हृदयमा आगो बलेपछि। ३, धर्तीमाताले राजभक्त रोजेकी राष्ट्रघाती ब्वाँसाहरू पिपासु, उदाङ्गो बनाउन खोजेकी। ✍️घनश्याम पन्त हरिवन सर्लाही … १, नारी सृष्टिको खानी नगरौँ सबैलाई हेला हुँदैन कसको हानी ? २, सधैँ भावनामा डुबेर लेख्छु कविता तिम्रो हराए देख्छौ भनेर। ✍️एवाइ प्रभात धनकुटा … १, कस्तो रहेछ भीर ? चट्टानले ढाकेको सबै उस्तै छ पीर। ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ … १, फलेको हाँगो नुग्नलाई आधार तयार गरौँ सोचेको कुरा पुग्नलाई । ✍️प्रेम थापा ‘मन’ बागलुङ … १, बरु देखाऊ, कोरेर कवि बन्न नखोज अरूको रचना चोरेर। २, यहाँ मान्छे बदलिन्छ। लाटो किन नहोस् ? आफ्नोलाई प्राथमिकता दिन्छ। ✍️बेल थोकर तामाङ मकवानपुर … १, स्वतन्त्र हुनुपर्छ कवि कसैको बहकाउ नपर्ने कञ्चन भएर छवि । ✍️संगीता खरेल काठमाडौं … १, यादमा भिर पाखा ज्यान परदेशमा छ, सम्झनाले रसाउॅंछ आँखा । २, आमा पिँढीमा बसेर बाटो हेर्छिन् सधैँ परदेशी छोरो सम्झेर । ३, मूल्याङ्कन गर्छन् मेरो धनी, गरिबको तराजु , समाज मेरो सेरोफेरो । ✍️भुपेन्द्र राना मगर धादिङ … १, कविता लेखौँ मनले सुन्दर आउन भावहरू प्रशंसा गरोस् तनले। २, लेखौँ आफैँ कोरेर जुन बन्छ आफ्नो लेख्नु हुन्न चोरेर। ३, ज्ञान बढ्छ पढेर त्यसै किताब आए पुगिन्छ हिमाल चढेर। ✍️नवराज भट्ट कञ्चनपुर … १, स्वदेशको उर्वर माटो त्यागेर आज युवाहरू लागेछन् विदेशको बाटो। २, चाँडै युवा जाग स्वर्ग भन्दा सुन्दर स्वदेश बनाउन लाग। ३, हटाऊ फोहोर जालो अब देश बनाउने युवा तिम्रो पालो। ✍️बिके मुखिया ‘वाङदे’ दार्जिलिङ,भारत। … १, खुसीमा मन हाँस्दछ मन मिल्नेले जगमा मात्र माया गाँस्दछ । २, जन्मभूमिलाई माया गरौँ आफ्नै भाषा संस्कृतिसँग सदैव अगाडि सरौँ । ३, कलङ्कारीले धर्मलाई मास्दछ नक्कले बानीले आफ्नै संस्कार संस्कृति नास्दछ। ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, सृष्टिको महिमामय मन बुझ्न चाहनेले रहस्य गर्नुपर्छ घोर अध्ययन। २, बानी बसिसक्यो देख्ने पलमै परिवर्तित रूप विषय बन्छ लेख्ने। ३, हरे, राम ! घनश्याम ! तीन छक्क पार्ने महान सृष्टिको तामझाम। ✍️ज्योतिका क्षेत्री सिलगढी भारत … १, कविता सरिता बनोस् कालजयी बनेमा उत्तम यथार्थ ओकल्ने होओस्। २, गुम्दै गएको विश्वास फिर्दै आए कसो ? छिट्टै घटोस् अविश्वास। ✍️कमला देवकोटा पाल्पा … १, आखिर सुस्त बोलेर देखाउँछन् मन सारा सिस्नोझैँ गरी पोलेर ! ✍️आर्त अकुलीन … १, कविता कर्मिता अनुप्रास अब बल्ल पलायो झिल्का कवितामा आस ! २, सागरसँग दाँजेर नजर मिल्दोरहेछ साथी नचुकौँ प्रविधिको प्रतिनिधि अजर ! ✍️विवश पारदर्शी झापा … १, डुब्दै कविताको छालमा पस्कॅंदै सृजना नवीनतम रमाउनुछ छन्दहरूको तालमा। ✍️तोया नाथ चापागाईं दमक, झापा … १, वसन्तले फुलाएझैँ तिल्का तिता मिठा भावहरू पोखेर लेखौँ झिल्का। २, अभ्यास गरे बारबार सिकिॅंदो रहेछ लेख्नु गुरूको निर्देशन अनुसार। ३, सतत नमन मेरो मार्ग निर्देशक गुरुहरूलाई घुमेर सात फेरो। ✍️पुष्पा सुवेदी नेपालगन्ज, बाँके … १, पहाड, पखेरा, तराई झिल्काले समेटौ सबै कोही नहोस् पराई । २, अतिक्रमणले सीमा नाघेर खोसेर लान्छु, भन्छ ब्वाँसोहरू लोभमा लागेर । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, चाहिन्न आकाशको तारा चोखोनितो माया देऊ सजाएर दिलमा प्यारा ! २, झर्दिनँ अवश्य नाथ निरन्तर यो सासले जबसम्म दिनेछ साथ ! ३, माया कहिल्यै नघटोस् जइदिन घट्ला मेरो जीवनकै अन्तिम होस् ! ✍️वसन्त अनुभव वसन्तविहार घोराही … १, संस्कार संस्कृति जोगाऔॅं सुन्दर पहिचान हाम्रो यसका विकृति हटाऔॅं । २, गरौँ मिलेर काम होस्टेमा हैँसे गरी राख्नुपर्छ देशको नाम । ३, बुझेर मानव मर्म गरौँ स्वच्छ मनले परोपकार निष्काम कर्म । ✍️जयनारायण नेपाल इलाम ( हाल सूर्य विनायक २, बालकोट भक्तपुर ) … १, धेरै चाहिन्न बिज, काफी हुन्छ झिल्का उब्जाउन सब चिज । २, पोख्ने हो लेखेरै सिक्ने हो सबैले सुनेर देखेर हेरेरै । ३, शब्दभित्र छ भाव भावभित्र हुन्छ शब्द यसैमा बढ्दैछ लगाव । ✍️दीपा गुरुङ ‘समभाव’ दुबेकोल, खोटाङ … १, जहाँ पुग्दैन रवि त्यहाँ पुग्ने गर्दछन् महान् आदरणीय कवि । ✍️केसर बोहरा ‘सङ्घर्ष’ सुदूरपश्चिम अछाम ( हाल भारत ) … १, बुझ्नुपर्नेले नबुझी गर्दैन बुझ पचाउॅंछन् विद्धान्ले, बुज्रुक बन्नु पर्दैन। ✍️लोक बहादुर छेत्री लामिछाने मोदी गा पा वडा नं २ देउपुर, पर्वत … १, आफूले नै कोर्नु बदनाम हुनलाई अर्काको रचना कहिल्यै नचोर्नु। २, सधैँ नराम्रो हुनलाई गर्छौ खराब काम पछि पछुताएर रुनलाई। ३, आउ अघि बढौँ राम्रा अनि मिठा झिल्का कविताहरू पढौँ। ✍️अनिता भण्डारी ताप्लेजुङ … १, हाम्रो देश नेपाल अन्य देशको दाँजोमा सुन्दर शान्त विशाल । २, अनुपम प्रकृति जोगाऔॅं जन्मेको हो यसबाट अनेकन संस्कृतिमा रमाऔॅं । ३, देशलाई गरेर फारो विकास समृद्धिको राख्नुपर्छ सबै मिलेर ख्यारो । ✍️राजेन्द्र भुसाल ‘डिल्ली’ अर्घाखाँची … १, बुझ्नु युवाले कुरा प्रतिगमनको पछि लागे हुँदैन उद्देश्य पूरा। २, जन्मिएको आफ्नै गाउँ प्यारो लाग्छ सधैँभरि खेली हिँडेको ठाउँ । ३, बनाउँनु स्वच्छ छवि तबमात्रै हुन्छ वास्तवमा देशको प्यारो कवि। ✍️राज कुमार राजभण्डारी खोटाङ्गे ऐसेलुखर्क ३ खोटाङ ( हाल भक्तपुर ) … १, नवसर्जक हुनसक्छ विद्धान् साथमा जगाउने रुचि झिल्का साँच्चिकै महान् । ✍️विष्णु पंगेनी पाण्डे वालिङ्, स्याङ्जा … १, हेरेर सामान किन्नु असली, नकली जोखेर कलियुगका मान्छे चिन्नु । २, अक्षर अक्षर तुनेर बन्दछ सुन्दर कविता एकेक शब्द चुनेर । ३, सुस्त सुस्त बोलेर भनिदेउ प्यारी झाँईकुरी मनको कुरा खोलेर । ✍ राजेन्द्र प्रधान ‘पासा’ दार्जिलिङ … १, गर्नुपर्नेछ असल काम लानु छैन मरेपछि, जोगाउन पर्छ नाम। २, समाज परिवर्तन गर्न सुधार्नु पर्छ आफैँलाई, विकृतिको खाडल भर्न। ✍️शंकर कार्की थाहा नगरपालिका ३ मकवानपुर … १, मुसुक्क मुस्कुराउनु पर्छ, जिबनमा पर्ने दु:ख जति सबै हर्छ। २, जानेर नजानेर भए गल्ती नगर्नु कहिले सम्बन्ध सुधारेर गए। ✍️दुर्गा आचार्य मोरङ … १, यन्त्र गर्छ काम यन्त्रै बनाउनेको इतिहास, उसकै लेखिन्छ नाम। २, मेसिनले दिएको निर्देशन मानव मान्दै जाँदा, सोच्नै नपर्दा लोसेपन। ३, रोग भित्र्याउने यन्त्र , निको पार्ने यहीँ अचम्म जादु, मन्त्र । ✍️मनोहरी पौडेल गैडाकोट १ … १, झिल्का कविता सोचेर बोकेर अनेकौँ भावना नलेख्नु कसैलाई घोचेर । २, मनको भावना फिॅंजाउॅंछु अनेकौँ कुरा खेलेर नमिले गुरुलाई लेखाउॅंछु । ✍️रमा गुरुङ्ग सालुगडा सिलीगुडी … १, मन्द मुस्कान दिनेले अहिले घात गरेछ हाँसेर बीस लिनेले ! ✍️धनमाया चौधरी कैलाली … १, भेदभाव नगरौँ हामी सबैलाई दिनुपर्छ मौका असल मान्छे छामी । ✍️नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ … १, पानी निरन्तर पिऊँ स्वच्छ पानी पिएर निरोगी बनेर जिऊँ । २, विश्वमा शान्ति खोजौं एकापसमा भाइचारा गरी सुन्दर संसारलाई रोजौं । ३, अरूका रचना नचोर्नु हृदयभित्रबाट अब आफैँले मनन गरेर कोर्नु । ✍️बिपी लामिछाने दमक, झापा … १, सहिदका आत्मा बोल्नेछ खेर गयो बलिदान गणतन्त्रे नेतालाई पोल्नेछ । २, नहोस् विलम्ब सोचौँ राष्ट्रप्रेमी नागरिक बनी असल शासक रोजौं । ३, बनोस् कलम हतियार त्यागौँ स्वार्थ मनको नबनौँ भ्रष्टको मतियार । ✍️शोभा शाह थापा, हेटौंडा ४, मकवानपुर … १, मनको मैलो धुनलाई कवितामा भाव पोखेर सजिलो हुन्छ रुनलाई । २, दुख बिसाउने चौतारी कविताले दिन्छ सान्त्वना हिॅंड्नु पर्दैन भौतारी । ✍️राधा चाम्लिङ खोटाङ … १, माइतीमा चेली अटेनन् काम मात्र चाहिने दुःख कहिले कटेनन्। २, कसैको विश्वास नगर्नु आफ्नो सम्झेर त आफ्नैको भर नपर्नु । ✍️कला ढकाल झापा … १, झिल्काले सिकायो लेख्न सबैले ध्यान दिए सहज संसार देख्न । २, मनको भावना पोखेर लेख झिल्का कविता अक्षर अक्षर उनेर । ✍️बिबा तामाङ दार्जिलिङ … १, खेती वचनको गरेर जुटौँ सबै हामी काँधमा काँध राखेर । २, मनका पीडा भुलिन्छ एकार्कालाई साटासाट कुरा पीडा सबै हुत्तिन्छ । ३, आदत बदलिएको देखे मित्रहरूले हिजोआज धेरै त्यही सम्झनामा लेखे । ✍️ईश्वर साउद ‘भिक्षु’ रामारोशन गाउँपालिका छ सुदुरपश्चिम अछाम … १, महाङ्काल नगरपालिका धायौँ जनताको स्वास्थ जाँच्न, ठुलेदुर्लाङ्ग हेलपोष्ट आयौँ । २, बाटो खराब अति नागरिक सचेत नहुँदा , विकास छैन रति । ३, आएका बिरामी हेरेर डाक्टरले पठाउनु भयो, समस्याको समाधान गरेर । ✍️सीमा कार्की समर्पण मेलचोक पर्सा … १, अहिलेको समय यहाँ बुझ्नै छैन कोही कमाउनै खोज्छन् जहाँ । २, नेताले कमाउॅंदा टन्न जनता चुप लाग्ने बोल्दैनन् केही धन्न । ३, पाँच वर्षे खेती नेताले हो गर्ने देखाऔॅ शक्ति चेती । ✍️राजेशराज गड्तौला काँडाघारी, काठमाण्डौ … १, चल्यो बतास हुरुरु सितल छायो मनमा चरी उड्यो बुरुरु । २, पंक्षीले गुँड लाएछ कदमको बोटको डालीमा चारो टिप्न धाएछ । ✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’ कनकाई -४, झापा … १, रमाएर बाँचेको मन कता कता अन्जानै सम्झिन्छ त्यो बचपन । २, मिले सहमति दिनु नमिले केही लाग्दैन सुझाव फिर्ता लिनु । ३, अवस्था बलियो पार्न साच्चै परेका ठाउँमा हुँदैन केही बार्न । ✍️अच्युत घिमिरे सर्पाङ, भुटान … १, सकारात्मक, सोच राखौँ परिश्रमको फल मिठो फल्छन, फलहरू लाखौँ । २, पाट् पाट, जोडेर असल कार्य गरौँ घमण्डीपन सबै छोडेर । ३, कुण्ड कुण्ड पानी कलम चल्यो फेरि लेख्दैछु जानी नजानी । ✍️जानुका बास्कोटा काठमाण्डौं … १, कविताका शब्द अभावहरू कति मिठा हुन्छन् ? देखाउछ अनेक प्रभावहरू । २, कविता तब हुन्छ जब भावप्रधान भई शब्द जो बुन्छ। ३, कविता चेतनाको दियो छर्दछ प्रकाश मनमा बन्दछ जीवनकै मियो । ✍️देव मगर तिनाउ~१, कचल, पाल्पा … १, सोचेजस्तो कहिल्यै भएन थाप्लोबाट गरिब जनताको ऋणको भारी गएन। २, रसिला कुरा गर्छन् धूर्तहरूको चाल यस्तै आफ्नै खल्ती भर्छन्। ३, देशलाई दुख्दा रमाउँछन् मातृप्रेम नभएका मानिसहरू लुटेर सम्पति कमाउँछन्। ✍️अरुण कुमार भुजेल गोरूबथान … १, कविता कविले लेख्ने अन्तर्हृदयमा रहेको भावना सबैतिरको छर्लङ्ग देख्ने। २, गहिराइमा पुग्छ जब समेटेर सारा कुरा लेख्न थाल्छ तब। ३, दिमाग उसको चारैतिर अन्तर्मनबाट चलाउँदै गर्दा नपरोस् कसैलाई पिर। ✍️अर्जुन प्रसाद चौलागाई हाल:-अमेरिका, बोस्टन … १, देखाए सिद्धान्तको पोको व्यवहारमा कतैबाट देखिएन उठाए नोटको डोको । २, देश सबैका साजा मिलेर हिँड्नु राम्रो बजिरह्यो अहङ्कारको बाजा । ३, चारैतिर आदर्श मरेको बेथिति हुर्केको देखिन्छ अराजकता राम्रोसँग सरेको ✍️प्रद्यम्न चालिसे भक्तपुर कटुञ्जे … १, साधनाले बनिन्छ कवि अरूको रचना चोरेर नबिगार्नु आफ्नो छवि l २, बोलीले दिन्छ चिनारी इज्जत खस्किन सक्छ नगरी बोल्दा तयारी l ३, ब्रह्म दृष्टिले देखेर दुनियाँ चाहार्छ कविले भावको लौरी टेकेर l ✍️बाबुराम गौतम गुल्मी … १, जीवनमा नगर्नु पाप मनलाई शुद्ध राखी भगवान्को नाम जाप। २, कर्तव्यबाट मुख नमोड्नु, दृढताको उदाहरण बन्दै दिगो छाप छोड्नु । ✍️देव स्याङ्देन कालेबुङ … १, जीवन एक उपहार सँगालेर आनन्दित अनुभूति सजाउनु आफ्नो मुहार । २, राख्नु आफूलाई कसेर दुख, सुखको अनुभूति खोतल्दै आफैँभित्र बसेर । ३, निर्माण सकारात्मक चरित्र जीवन्त बनाउॅंछ जिन्दगी करुणाले हृदय पवित्र । ✍️रुना कर्माचार्य दाहाल चितवन … १, भन्नेले भन्छ नानाभाँती सुझबुझ आफैँले गर्नुपर्छ हल्लामा नलाग्नु जाती । २, भएन विधिको शासन लुच्चो फटाहाको राजले मुलुक झनझन पतन । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे … १, सहिदहरूले शान्ति पाऊन् देशमा झैझगडा नभई , सबैमा उमङ्ग छाऊन् । २, शब्दमा भावको भाग रहेको झिल्का राम्रो कसैमा नहोस् राग । ✍️दुर्गा भट्टराई मोरङ … १, जिन्दगी भए खास स्वार्थी संसार हजुर कसैको नगर्नु आस। ✍️सानु जोशी सुदुरपश्चिम, दार्चुला … १, गर्नुहोस् दैवीहरूको आराधना नवरात्रि अनुष्ठानको लागि पूरा हुनेछ कामना । ✍️संगमानंद पत्रकार चूरु-राजस्थान, भारत … १, झिल्का लेखेर गाऔॅं सबै सधैँ मिलेर अब एकसाथ रमाऔॅं । २, गोठाले जीवन रमाइलो झ्याउरे गाउॅंदै हिॅंड्दा मिल्दा माहिलो साहिँलो । ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगा बजार बनेपा १४ … १, बन्न सकौँ कवि दियो बालेर चेतनाको उच्च राखौँ छवि । २, मनमा बगाउँदै सरिता सकारात्मक सन्देश छर्न लेखौँ सुन्दर कविता । ३, पोखौँ मनका भावना विश्व कविता दिवसको सबैमा हार्दिक शुभकामना । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, साहित्यको विधा कविता भाव आफ्नो पोख्ने चोरेर नदेखाउँ रमिता । २, पुग्छ त्यहाँसम्म कवि जहाँ रवि पुग्दैन चोरेर नबिगारौँ छवि । ३, कोरौँ भाव कवि कुना कन्दराका बस्तीको जहाँ पुग्दैन रवि । ✍️राज बहादुर बडुवाल कनकासुन्दरी – ५, जुम्ला
नोबेल साकोस साहित्य संस्था, विराटनगर शाखाको मासिक कार्यक्रम चैत्र १६ गते शनिबार दाहाल प्रतिष्ठानको सभा हलमा अन्तर्राष्ट्रिय लेखक संघका अध्यक्ष, विराट साहित्य सङ्गमका सल्लाहकार तथा विराटनगर प्रज्ञा प्रतिष्ठानका विभागीय प्रमुख एवम् साहित्यकार शिव नारायण सिंगालको प्रमुख अतिथ्यतामा सम्पन्न भयो ।
विशिष्ट अतिथिमा विराट साहित्य सङ्गमका सम्पादक रामबाबु दाहाल, दाहाल प्रतिष्ठानका शाखा अध्यक्ष नारायण प्रसाद दाहाल, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेल थिए भने अतिथिमा भानु कला केन्द्रका अध्यक्ष माया पौडेल, दाहाल प्रतिष्ठानका सचिव चित्रप्रसाद दाहाल, छन्द वाटिकाका अध्यक्ष हरि कट्टेल, सचिव चिरञ्जीवी काफ्ले, मैथिली समाजका अध्यक्ष डोमी कामत, दाहाल प्रतिष्ठानका केन्द्रिय सदस्य जीवनाथ दाहाल, कवि राजेन्द्र गुरागाई लगायत बेलबारीबाट लेखक, पत्रकार तथा अनुसन्धाता केशु विरही र साहित्यकार नवराज नवशीलाको उपस्थिति रहेको थियो ।
विराटनगर शाखाले आफ्नो नियमित कार्यक्रमअन्तर्गत प्रतिभावान् बालबालिकालाई उत्प्रेरणा होस् भन्ने अभिप्रायले प्रदान गर्दै आएको प्रोत्साहन पुरस्कार यस शृङ्खलामा आकृति राईलाई प्रदान गर्यो । पुरस्कृत राईले एउटा गीतमार्फत आफ्नो प्रस्तुति समेत दिइन् ।
सोही अवसरमा दाहाल प्रतिष्ठानका परिकल्पनाकार, संस्थापक सचिव तथा कार्यक्रमका विशिष्ट अतिथिमा रहेका रामबाबु दाहालले प्रतिष्ठान आफ्नो अवधारणा अनुरूप विकसित भएको खण्डमा साकोसले यही हलमा सधैँ कार्यक्रम सञ्चालन गर्न पाउने समेत घोषणा गरे ।
शाखा अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सञ्चालनको जिम्मा भने सचिव सुजाता राईको पोल्टोमा थियो । तीन दर्जनभन्दा बढी साहित्यप्रेमीहरूको उपस्थितिमा सबैले आफ्नो मन पर्ने विधामा साहित्यिक सिर्जना वाचन गरेर कार्यक्रमको शोभा बढाए । शाखाका सदस्य शान्ता भट्टराईले आफ्नो स्वागत मन्तव्यद्वारा आमन्त्रित पाहुनालाई स्वागत गरी सुरु भएको कार्यक्रम करिब चार घण्टासम्ममा समापन भयो ।
साप्ताहिक झिल्का लेखन अभ्यासको ६१ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ६१ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, तिम्रो रङ रङहरूमा सौहार्द उपस्थितिमा मिसिन्छ, देखिन्छ अतुलनीय नुमा । २, सञ्जालमा सबै काबिल निर्णयार्थ निर्णय दिन्छन् समाज बन्न मुस्किल । ३, पछ्याए राम्रो चलन कदापि हुँदैन घाटा, बरु घट्छ जलन । ✍️म्यामराज राई भोजपुर … १, रङ्गहरू पोतिनु पर्छ मेटाई दु:खको धब्बा जीवनमा खुसियाली भर्छ । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी … १, झरेका ति आँसु हेरेर भन प्रिय कसरी म हाँसूँ ? २, रोएको यो मन देखेर देशको हालत कसरी सम्हालूँ, भन । ३, देशको हालत डामाडोल भ्याएसम्म सबले खाए अहिले खोल्छन् पोल । ✍️ध्रुव श्रेष्ठ खोटाङ … १, जिन्दगी थकित भयो हारेको जिन्दगी सम्हाल्ने पियार कता गयो । ✍️राज कुमार राजभण्डारी खोटाङ्गे ऐसेलुखर्क – ३, खोटाङ ( हाल भक्तपुर ) … १, उठेर आयो फेरि सिनो जनताले ढालेको जागौँ नगरौँ देरी। २, रङको भयो होली तराई, पहाड, मधेश खेल्यौँ हृदय खोली। ३, लेखौँ लागेको आफूलाई प्रतिभा हुन्छन् सबैमा प्रगतिको बाटो समाई। ✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८ … १, आयो दौडेर होली माया प्रेम गाँसौ खेलौँ दिल खोली। ✍️नवराज भट्ट कञ्चनपुर … १, नयनमा गहिराई अपार छर्छ घाम मुस्कानले मनको आँगनभरि प्यार। २, रङ्गिन्छु तिम्रो छायाले छुन नसके पनि स्पर्शका ती भावनाले। ३, नियम बन्दछ बन्धन खोज्छ परिवर्तन जसले हुन्छ त्यही अल्झन। ✍️सतीश पण्डित भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा ६ मातातीर्थ ) … १, सकियो होली अब चैते दसैँको तयारीमा जुटौँ हामी सब। २, नयाँ वर्ष आउॅंदैछ चाडपर्व मनाउॅंदा भित्रभित्रै खर्चले ढाड समाउॅंदैछ। ✍️पुष्पा सुवेदी नेपालगन्ज, बाँके … १, जिन्दगी मैदान सङ्घर्षको आउने भएन दिन खुसी र हर्षको । ✍️सरिता सेढाई धादिङ … १, रङ्गहरू सबैले खेल्नुपर्छ जीवनमा खुसीयाली भर्न रङ्गले सुखदुःख टर्छ । २, वसन्त ऋतुको पर्व खेलौँ संस्कृतिको होली सबैले मानेर गर्व! ✍️वेदु न्यौपाने … १, तिम्रो मायाले गर्दा पागल बन्दै गए, बुझेनौ दुख पर्दा। २, स्वार्थमा चलेको कलि अर्थ रहेनछ सहयोग, जान्छन् गुण छली। ✍️शंकर कार्की थाहा नगरपालिका ३ मकवानपुर। … १, घमण्ड, द्वेष मासेर जीवन हाम्रो एकबारको जिउन सिकौँ हाँसेर ✍️विष्णु पंगेनी (पाण्डे ) वालिङ्, स्याङ्जा … १, उमङ्ग छाएझैँ होलीमा देशोन्नतिका लागि आवश्यक मित्रता नेताको बोलीमा । २, पाइन्छ नेपाली भन्न देश बनाउन सकिने योगदान दिए धन्न । ✍️कोपिला समिक्षा खार्पा, खोटाङ … १, सकेसम्म हृदयदेखि हासौँ नदेखाउ कसैलाई रोएर सबैसॅंग मित्रता गासौँ । २, आँखा राता नपारौँ तालि बजाउने आफ्नै बलिन्द्र आँसु नझारौँ। ✍️चुडामणि देवकोटा पुरानोनैकाप, काठमाण्डौ … १, वसन्तको बहार छायो गुराँसले वन ढकमक्क कोइलीले गीत गायो। २, वसन्तमा पालुवा फेरिँदै हरियाली छाउने तरखर लतिका सबतिर बेरिँदै। ३, कोइलीले गीत गायो वसन्तको स्वागत हेतु मनमा उमङ्ग छायो। ✍️सरस्वती श्रेष्ठ रुपन्देही, बुटवल … १, रङ्गको पर्व होली संस्कार जोगाउनुछ तिमीले दुख नहोस् भोलि। ✍️एवाइ प्रभात धनकुटा … १, एकपछि अर्को पर्व संस्कार मात्र फरक मानिन्छ गरेर गर्व । २, संस्कृति हाम्रो सम्पत्ति बेला बेला आउँछ प्राकृतिक विपत्ति । ✍️अम्बिका गिरी विराटनगर … १, सधैँ नकारात्मक क्रोध कार्ययोजना विहिन हिँड्छौ कहिले हुन्छ बोध ? ✍️प्रेम थापा “मन” बागलुङ … १, होलीले बढ्यो उमङ्ग आपसी द्वेष घटोस् दिगो प्रेम प्रसङ्ग। ✍️कमला देवकोटा पाल्पा … १, होलीको रङ जस्तै जीवनको हर आयाम फेरिएर जाओस् प्रशस्तै । २, सकारात्मक बनोस् मन सृजनामा तल्लीन बनोस् उत्साह थपिओस् झन । ✍️पुष्पा राई खोटाङ … १, सबैले खेलौँ होली उमङ्ग र सद्भावमा बेलेर मीठो बोली। २, हरियाली वसन्त आयो शिशिरको पीडा भुलाउन मनमा खुसीयाली छायो। ✍️संगीता खरेल काठमाडौँ … १, बिग्रेर मानिसको मति, ओरालो लागेको मृगझैँ रोकिन्छ कर्मको गति ! ✍️आर्त अकुलीन … १, जीवन नफालौँ खेर। नर्कमय जिन्दगीलाई तिमी पबित्र बनाएर हेर । २, जिन्दगी खरानिको रास। सबैको प्यारो बन्नु भएसम्म एकमुठी सास। ✍️बेल थोकर तामाङ बकैया – ८, बस्तिपुर, मकवानपुर … १, होलीको बेला आउनु सबैसँगै मिलेर हेर खुसी हर्षले छाउनु । ✍️साहित्य प्रेमी सुशील धनगढी … १, शिशिरले ल्यायो घमाइलो गुराँस फुलेछ बनैमा कोइलीको भाका रमाइलो । ✍️बिबा तामाङ दार्जिलिङ … १, प्रगति देखेर जल्नेसँग सावधान रहनुपर्छ हामी पलपल रङ बदल्नेसँग ! २, हुन्छन् वरपर मान्छेहरू भाँजो हाल्ने सम्बन्धमा तिललाई पहाड बनाउनेहरू ! ३, हिँडेर कर्तव्यको पथमा अगाडि बढौँ निरन्तर चढेर उन्नतिको रथमा ! ✍️वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ … १, हेर्दा त सानी तर साँच्चै उभित्र अनन्त छ कहानी । ✍️योजना आचार्य … १, मिठो कुरा आयो मिल्ने मिलाउने दिन होली पर्व पायो। ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ … १, प्रभुको नाम बिर्सिएला ढिला किन हुनुछ प्रभु पथमा भेला । २, जीवन फूल खिल्दछ शरणागति भएमा हामीलाई प्रभु माया मिल्दछ । ३, जिन्दगी सङ्घर्षको मेला कदापि नहोऔँ सधैँ हामी प्रभुबाट हेला । ✍️कार्की डिबी माकुम सुनवल -४, नवलपरासी … १, रङहरूमा सद्भावको सन्देश पुग्न नसकेपछि मनमा थाप्छन् हरतरहले बन्देज । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, संसार झुक्छ मायामा आमाको काख तुल्य हिमालको सितल छायाँमा । ✍️विवश पारदर्शी झापा … १, छु पर्खेर बसेको हृदयमा माया बोकेर मुटुमा छु पसेको । २, मलाई तिमी मनपर्छ किन किन तिमीतिरै यो मुटु सर्छ । ३, आँखाले नै बोल बरु इसारा बुझूँला, मनको कुरा खोल । ✍️मनुहाङ किराँती सोलु … १, लात भोको पेटमा आऊ काममा भन्ने बात पहिलो भेटमा । ✍️नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल । … १, आयो वसन्त बहार चिसोलाई पर सार्दै छायो जताततै पहार l २, गुराँस फुले पाखामा अनगिन्ती चरका गीत सुनिन्छ नौलो भाकामा l ३, स्वर्गसरि लाग्छ गाउँघर गुन्जयामान छन् वनपाखा जताततै हरेक पहर l ✍️बाबुराम गौतम गुल्मी … १, हिॅंडेको छ रोजेर कर्म गर्नुपर्छ है पाइॅंदैन कहीँ खोजेर । ✍️दीप गोले तामाङ रौतहट … १, अधर्मले हारेको छिन बाँड्छौँ सबैसँग खुसी सत्यले जितेको दिन । २, आफ्नोसँग होली खेलेर मनाउॅंछौँ संस्कृति हामीले, अरूलाई दुःख नदिएर । ३, आफ्नो संस्कृत बचाऔॅं तडकभडक नगरी खेलौँ , रङहरू मात्रै लगाऔॅं । ✍️सीमा कार्की समर्पण मेलचोक … १, जल्नेहरू जल्दै गरून् छिर्के लगाउने त, चाँडै नै मरून्। २, लेखान्त नै मान्नुपर्छ हाम्रो भेटलाई त, कुरा मिलेको ठान्नुपर्छ। ३, कतै देखेको हुनुपर्छ लाग्छ मलाई तस्तै मेरा शब्दले छुनुपर्छ। ✍️कला ढकाल झापा … १, समयको शक्ति ठुलो गर्नुपर्छ राम्रो सेवा नत्र पसिन्छ दुलो । ✍️नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ … १, हृदयमा फोटो फ्रेम तिम्रो मायाले राखेँ गर्छु तिमीलाई प्रेम । २, प्रयोग गर्छन् रेती आफू मोज गर्न गर्छन् भ्रमको खेती । ३, उर्लिन्छन् उल्फैको धनले कमाएको भन्ने कसरी हुन्छ थाहा विलासीपनले । ✍️रामप्रसाद पुरी बादेल, खोटाङ … १, मनायौँ रमाइलोसँग होली आर्कोसाल के थाहा नआउन सक्छ भोलि। ✍️सुनगाभा पोखरेल कपिलवस्तु … १, मैले कसम खाएँ माया तिमी मेरो तिमीमा म पाएँ । २, फूल जस्तै फक्रनु जस्तो दुःखमा पनि समयलाई राम्ररी पक्रनु । ३, बेरोजगारीको छ प्रहर रोजगारीको समस्याले बढ्दैछ विदेश जानेको लहर । ✍️शशीश्री आचार्य बौद्ध कुमारीगाल, काठमाडौँ … १, छाउँछ खुसी हर्ष अर्को नाम जिन्दगीको पक्कै हो सङ्घर्ष । २, त्यागेर शङ्का भ्रम सफलताका लागि नै नियमित गरौँ श्रम । ✍️भोज विवश मगर गैंडाकोट -३, नवलपरासी पूर्व … १, स्वच्छ पवित्र भावना चाडपर्व आउँछ जान्छ सबैमा सुखद कामना । २, नरहून् कालामैला मनहरू ईश्वरीय शक्तिको सौरभ मीठासमै रहोस् वचनहरू । ३, कुरा कसैको नकाटौँ सद्भावना रहनुपर्छ सधैँ आपसमा कोही नफाटौँ । ✍️घनश्याम पन्त हरिवन, सर्लाही … १, खोक्रो नारामा नेपाल समृद्ध भनेर भक्ने नेताको छैन कपाल । २, पग्लियो हिमालको हिऊँ पर्यावरण बदलिएको कारण प्रकृतिको ठग्ने निउॅं । ३, लोकतान्त्रिक गणतन्त्रको शासन जनता महॅंगीको मारमा नेतालाई अधिक रासन। ✍️बिपी लामिछाने दमक, झापा … १, सम्झना ठुलो धन बाटौँला मायाको डोरी मिलाएर दुवै तनमन । ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे … १, फुल्छ कति राम्रो लेकको वनमा लालीगुराँस राष्ट्रिय फूल हाम्रो । २, वसन्त ऋतुसँगै आउने हरियाली नयाँ पवन मनमा खुसी छाउने। ✍️साबित्री प्याकुरेल धादिङ … १, लेखेको भाग्य मेटिॅंदैन कोरेको भावीले निधारमा खोजेर नयाँ भेटिॅंदैन । २, अरूको आशा नगर दिन्छन् झुटो आश्वासन कहिल्यै नपर्नु भर । ✍️राधा चाम्लिङ खोटाङ … १, मौसम परिवर्तन हुँदै निलो आकाशमा परिणत बादलका धब्बा धुँदै। २, वसन्त ऋतु आएछ पलाउँदैछन् नयाँ पालुवा सुकेका पातपतिङ्गर झरेछ । ✍️शोभा आचार्य गौतम काठमाडौँ … १, रङ मुछिएका लोला, तराईको गर्मी यस्तो विकृति आएर होला। २, खुसियाली कति मिठो, साथ राम्रो सधैँ रमाई खाने सुधोपिठो। ✍️दुर्गा आचार्य मोरङ … १, शुभकामना यो होलीको सुन्न पाऊॅं यस्तै, तिम्रो मिठो बोलीको। २, दुई शब्द खर्च होलीको शुभकामना सबैमा दिनु सबैले पर्छ। ✍️कृष्ण शर्मा ‘प्रतीक’ मोदी – ७, पर्वत ( हाल: दुबई ) … १, होलीमा सबै रहॅंदै भाङ, धतुरो नखानू, कष्टमा बस्नुपर्ला सहॅंदै । ✍️रमा गुरुङ सालुगडा सिलीगुडी … १, होली रङहरूले छायो रमाउँदै सबै देशमा चरीले गित गायो ! २, लाउँदै पर्वहरूले बाटो सबै विदेशमा हामी बाँजो घरको पाटो ! ✍️रवि पौडेल दक्षिण भारत पाण्डेचरी … १, भोग्नेलाई हुन्छ थाहा दुःख सहर, गाउँको दुवैको मिश्रणमा आहा ! २, उदाउँछ भोलि गर्व नौलो बिहानी लिएर रमाउँदै रङको पर्व । ✍️शान्ति भुजेल … १, पर्दा जिन्दगीमा रात कसको विश्वास गर्नु ? आफ्नाहरूले गरेपछि घात । २, आँसुलाई पर्छ थुन्न फुर्सद छैन कसैलाई मनको पीडा सुन्न । ✍️प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना, सुर्खेत … १, दलेर एकअर्कामा रङ्ग होलीको पर्व मनाइयो सद्भाव नगरीकन भङ्ग। २, खोलेर मनको झोली संस्कार संस्कृति अनुसारको मनाइयो सबैले होली। ✍️अरुण कुमार भुजेल दार्जिलिङ, भारत … १, कति बोल्दछौ झुटो अखण्डित भन्छौ तिमी देख्दछु तमाम ठुटो । २, नमानेर बस्दा धक श्रृङ्गार नगरीकन पनि रूप देख्छ चमक । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे … १, किसानले जोत्ने हलो गणतन्त्र आयो देशमा गरायो मुखियालाई भलो। २, किसानको काँधमा कोदालो खेतबारीमा उम्रीए बनमारा गरीबको घरमा भुइँचालो। ✍️होमप्रसाद नेउपाने धरान, सुनसरी … १, किसानको हातमा कोदाली व्यवस्था परिवर्तनले फेरिएन गर्ने उकाली ओराली। २, लाग्यो डाँडामा जुन तल्लाघरे शाहिलालाई मैले व्यर्थै लगाएछु गुन। ३, स्वर्गझैँ लाग्छ गाउँघर त्यहाँको वातावरण जस्तो भेटिॅंदैन कुनै सहर। ✍️अर्जुन प्रसाद चौलागाई रामेछाप:-सुनापति-१ ( हाल:-अमेरिका,बोस्टन ) … १, जीवनको अनिश्चित मोड बाँच्नुको छैन ठेकान पैसा कमाउने होड । २, चित्र छ विचित्र मान्छे पनि उदेकको कालो सेतो मनभित्र । ३, सत्य सत्य बोल्छु पारदर्शी मन मेरो पोल सबै खोल्छु । ✍ राजेन्द्र प्रधान ‘पासा’ दार्जिलिङ … १, फुल्यो फूल गमलामा सुगन्ध छरेर वरिपरि भवरा आए हमलामा । २, किन गर्छौ रिसराग भोक मेटाउन आज अघाएर फेरी भाग।। ✍️चन्द्रिका रिमाल न्यौपाने … १, प्रेममा परेपछि मान्छेहरू पागल जस्तो हुन्छन् त्याग्छन् बाआमा बरु । २, स्वार्थी छन् मान्छेहरू आफ्नो फाइदा हेर्छन् लडाइ दिन्छन् अरू । ✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’ कनकाई – ४, झापा … १, मनमा छैन शान्ति , वसन्त ऋतुको बहारमा, देखिन्न मुहारमा कान्ति। २, उज्यालो भयो वन गुँरास फुलेर पहाडमा, प्रकृतिको हाँसेको मन । ३, प्रकृति जस्तै हामी, निरन्तर चल्नसके त बनिन्थ्यो तब स्वामी। ✍️मनोहरी पौडेल गैडाकोट – १ … १, चिसो मौसम रोकियो चैत मासको हावा बार्दलीमा टक्क ठोकियो । २, बर्सात हुनै सकेन पालुवा ओइलियो खडेरीले परिश्रमको केही लागेन । ✍️जानुका बास्कोटा काठमाडौँ … १, बुझेर पर्वहरूको अर्थ पालन गरौँ संस्कृति तामझाम नगरौँ व्यर्थ! २, खेलौँ मिलीजुली होली ईर्ष्या, द्वेष भुलेर गुनासोहरूको गाँठो खोली! ३, बोलिराखौँ मिठो बोली घोली मुखमा मिठास हुन्छौँ हुँदैनौँ भोलि । ✍️ज्योतिका छेत्री सिलगडी, भारत … १, जुलुस र होली छक्क छन् नेता कसरी देखिन्छौँ भोलि ? २, मजै आएन होलीको सम्झेर राजाको जुलुस कस्तो होला भोलिको ? ३, आफ्नै हो गल्ती याद आएन जनताको हेरियो आफ्नै खल्ती ? ✍️शम्भु गजुरेल सिन्धुली … १, नगर अर्कोलाई गाली कमजोरी पत्ता लगाइ बजाउँलान् शत्रुले ताली। २, सुकाई व्यर्थमा घोक्रो देख्दादेख्दै सुन्दर देश बनायौ साह्रै खोक्रो । ३, गर्नुपर्छ बेलामा होस समयलाई चिन्न नसके खेप्नुपर्ला जनताको रोष । ✍️जयनारायण नेपाल इलाम ( हाल सूर्यविनायक २ बालकोट, भक्तपुर ) … १, ऋतुराज वसन्त आयो चारैतिर हरियाली बनाई मनमोहक दृश्य छायो । ✍️कोपिला अधिकारी गोरखा … १, हुन्छ सधैँ हार गयो कोसिस खेर सकिन लगाउन पार ✍️नन्दा धामी नौगाड, दार्चुला … १, समयले कोल्टे फेर्यो जलवायु परिवर्तन हुँदै प्रदूषणले संसारलाई घेर्यो । २, देखिने ध्रुवतारा जस्तै सबैलाई सुमार्ग डोऱ्याउने प्रकाश छर्नु प्रशस्तै। ✍️देव स्याङ्देन कालेबुङ … १, उसलाई कससैले तपाईॅं बनाओस् कि नबनओस् बनिदिन्छ आफैँ मपाइँ। २, बेग्लाबेग्लै मान्छेका ओठ छ कति पीडादायी ? सहनु परेको चोट। ✍️सतीश सिकारु तनहूँ … १, गुण लायौ अनेक कसरी बिसौँ मैले गुमाएर आफ्नो विवेक। ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा – १४ … १, वैज्ञानिक गर्देछन् प्रयास पृथ्वीमा आउनेछ सुनीता सबैलाई छ विश्वास । ✍️संगमानंद पत्रकार चूरु-राजस्थान, भारत … १, नजरको दृष्टिकोण फेर्नू, अरूलाई भन्नुभन्दा पहिला आफूलाई ऎनामा हेर्नू । २, सम्बन्धमा छुरा खोपिन्छ छल्ने, लुकाउने गरेमा शङ्खाको बीउ रोपिन्छ। ✍️रुना कर्माचार्य दाहाल चितवन … १, सुन्दर देश नेपाल भिजनबिनाको छ नेतृत्व बनाए साहै बेहाल । २, जीवन एक सङ्घर्ष पौरखी पाखुरा बजारे जीवनमा सदैव हर्ष। ३, कहाँकी हौ परी ? मदहोस हुन्छु म नहेर बिन्ती त्यसरी । ✍️बिमल पोखरेल धरान -१७, पटनाली … १, आर्यघाट जलाइएको लास उफ्रिॅंदै चाहियो भन्छन् गनतन्त्रमा कस्तो बकवास ? २, उहिले गएको मलामी ब्युँतिने स्वप्न देख्दै अहिले खोज्छन् सलामी । ✍️राज बहादुर बडुवाल कनकासुम्दरी-५, जुम्ला … १, सोचेको आउँदैन दिन त्यसैले अब छोडिसके अनेकथरी पिर लिन। २, आशाको दियो बाल्न आफैँ परिश्रम गरेर पर्छ कदम चाल्न। ३, स्वार्थी भावना तोडौँ उन्नति, प्रगतिको बाटोतिर अब पाइला मोडौँ । ✍️ललिता गिरी सिन्धुली … १, जोस जागर उर्जा सहने शक्ति मिलिरहोस्, क्षमता नै पुर्जा । ✍️श्रीकृष्ण धामी बझाङ … १, विभिन्न रङ घोली पर्वमा गरौँ रमाइलो आपसमा मिलाइ लोली । २, अबिर अनि रङ्ग रमाएको देख्दा हामी पराया होऊन् दङ्ग । ३, मनमा उमङ्ग छायो नयाँ पालुवा लिएर वसन्त ऋतु आयो । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, सधैँ खुसी भएर जिउने हामी सबै पीडा भुल्दै गएर। ✍️सानु जोशी सुदुरपश्चिम, दार्चुला ::::::::जय झिल्का साहित्य ! ::::::::
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयबाइसऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/१२/०७गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२२[एकसयबाइसऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ पञ्चाङ्ग:०१ बसाई शहरको भो। दुःखले कहरको भो। जसोतसो जिन्दगी छ, खानामा जहर भो। कत्तिको रहर भो। -सुशीला पौडेल
पञ्चाङ्ग:०२ ओहो ! सहर सबैलाई बस्न लाग्यो रहर छेउमा सहि, घर बनाउने जाग्यो रहर, जङ्गल पनि पुरै ढाकछोप भयो बस्तीले अचेल जनसंख्याको चापले भाग्यो रहर, सुख सुविधा खोज्दै विदेशीने माग्यो रहर। -शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०३ पाेहाेर आको ऋतुराज आज घरमा आयाे फूलै फूलको डाली बाेकी आफ्नो भरमा आयाे हात खुट्टा उस्तै देख्छु चाल पनि उस्तै हुँदा ,, बिर्सेकाे रहेनछ आफ्नो कुल थरमा आयाे महँगीलाई नछाेइ ऊ आफ्नो दरमा आयाे।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०४ व्यस्त सहरमा कसरी चलाउने जिन्दगी यो, अक्सिजन छैन कसरी पलाउने जिन्दगी यो। एक घरका अर्को घरका सँग चिनजान छैन्, छैन खाना,पानी कसरी जलाउने जिन्दगी यो, जग्गा नत खेती कसरी फलाउने जिन्दगी यो ।
-दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग-५ यहाँ शुद्ध हावा अनि शुद्ध पानी कहाँ पाउनु अचेल सबैले गाउछन् पप लोकभाका कहाँ आउनु अचेल गाउँघर आज शहर भो देउसीरे भन्न रहर भो आगन नै छैन घरको देउसे कहाँ धाउनु अचेल बनजङ्गल त मासियो कोइली कहाँ गाउनु अचेल। -पशपती राई खोटाङ ।
राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा शनिवार घोराहीमा बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान कार्यक्रममा भाषागत विविधता प्रस्तुत गर्दै एकै थलोमा सात भाषाका सिर्जना प्रस्तुत गरिएका हुन् । बहुभाषिक काव्य उत्सवमा नेपाली, संस्कृत, अवधि, कुसुण्डा, नेवारी, मगर र थारू भाषाका १४ वटा काव्य रचना बाचन गरिएका थिए । उत्सवमा साहित्यकार एवम् कविहरू नारायण नेपाल र शारदा शर्माले नेपाली भाषा, उत्तम खतिवडा र जनक पोखरेलले संस्कृत भाषा, नारायणप्रसाद श्रेष्ठ र योगमाया श्रेष्ठले नेवारी भाषा, जगतराम यादव र बसन्तप्रकाश यादवले अवधि भाषा, छविलाल कोपिला र राजकुमार कान्छाले थारू भाषा, क्षितिज मगर र कमलप्रसाद गौतमले मगर खाम भाषा र उदय आले र निर्मला कुसुण्डाले कुसुण्डा भाषाका विभिन्न विषयवस्तु समेटिएका रचना प्रस्तुत गरिएका थिए ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको काव्य उत्सव कार्यक्रममा साहित्य तथा गीत संगीत क्षेत्रको उन्नयनमा योगदान पुर्याउने ६ जना साहित्यकारलाई सम्मान एवम् पुरस्कृत गरिएको थियो । कार्यक्रममा यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट कवि एवम् समालोचक डा. कृष्णराज डिसी, वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट गायक प्रकाश रेग्मी र कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट कवि एवम् समालोचक, अनुसन्धानकर्ता डा.कृष्णराज सर्वहारीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा साहित्यकार एवम् समाजसेवी विनोद पोख्रेल, साहित्यकार पद्मप्रसाद शर्मा र राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा ‘समीर’ लाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष एवम् वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा पुरस्कार प्रदान गर्दै शर्माले एउटै मञ्चमा विभिन्न भाषाका कविता प्रस्तुत गरेर साहित्यमा भएको विविधतालाई एकतृत गर्ने काम गरेको बताए । परिषद्ले भाषा संरक्षणसँगै साहित्य उत्थानका लागि गरेको यो प्रयास अनुकरणीय रहेको भन्दै भाषा, कला र संस्कृति जोगाउनका लागि यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । बहुभाषिक काव्य उत्सवले विभिन्न भाषाको संरक्षण र स्रष्टालाई मातृभाषामा रचना सिर्जना गर्न उत्प्रेरित गर्ने काम गरेको भन्दै उनले परिषद् दाङ शाखाको प्रशंशा व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले एउटै मञ्चमा विभिन्न भाषाका कवितालाई स्थान दिएर नयाँ अभ्यासको थालनी गरिएको भन्दै यस प्रकारको कार्यक्रमले ओझेलमा परेका भाषा, साहित्य र संस्कृतिको विकासमा सहयोग गर्ने बताएका थिए । वक्ताहरूले नेपालको बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई उजागर गर्न कार्यक्रमले सघाएको भन्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । साथै आगामी दिनमा सबै भाषा र भाषालाई समेट्दै कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाले भाषा, साहित्य र कला संस्कृतिको विकासका लागि सबै भाषालाई समेट्दै कार्यक्रमहरू गर्न आवश्यक रहेको बताएका थिए । राप्ती साहित्य परिषद्का केन्द्रीय निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनाल, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासी, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार दीपक शर्मा ‘समिर’, पुरस्कृत व्यक्तित्व प्राज्ञ सदस्य कृष्णराज सर्वहारी, सम्मानित व्यक्तित्व पदमप्रसाद शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य तथा पत्रकार शरद अधिकारी, साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुरका अध्यक्ष डिल्लीराज श्रीधर, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च एवम् नागरिक समाज दाङका संयोजक निमबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पुरस्कृत व्यक्तित्व कालाकार प्रकाश रेग्मीले गीत गाएका थिए । परिषद्को वार्षिक साधारणसभा समेत रहेको उक्त कार्यक्रममा सचिव घनश्याम केसीले सांगठनिक तथा कोषाध्यक्ष सुशीला आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । राप्ती साहित्य परिषद् दाङ शाखा उपाध्यक्ष सुरेशकुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गरेका थिए ।
रमजान दिन मियाँ ! साउदी अरबको जेद्दामा अवस्थित ईस्लामिक दावाह सेन्टर सनैयाद्वारा गत २७ मार्च बिहिवारका दिन आयोजित इफ्तारी तथा भलिबल प्रतियोगिता भब्यताका साथ सु-सम्पन्न भएको छ । नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ एक्जुट गराउने र एक आपसी भेटघाट गर्ने उद्देश्यका साथ मुस्लिमहरुको पवित्र महिना रमदानको अन्तिम समय र इदको सुरुवातसँगै आयोजित उक्त कार्यक्रम महाबाणिज्यदुताबास जेद्दाका कार्यवाहक महाबाणिज्यदुत श्रृजना अधिकारीको प्रमुख अतिथ्यमा, नेपाली बिभागका प्रमुख मन्जुर अलि मियाँको सभापतित्वमा, रम्जानदिन मियाँद्वारा संचालन गरिएको थियो ।
बिशिस्ट अतिथिमा महाबाणिज्यदुताबास जेद्दाका श्रम सहचारी जीवन घिमिरे, अतिथिहरुमा एनआरएनए उपाध्यक्ष राजकुमार गिरि, तमुधी जेद्दाका भिम गुरुङ, र आरसिसि जेद्दाका कार्यवाहक अध्यक्ष चिरञ्जीवी बस्नेत, तथा नेपाली युवा क्लबका प्रतिनिधि रहेका थिए । कार्यक्रममा अतिथिहरुद्वारा रमादान तथा इदको शुभकामना दिदै यस्ता कार्यक्रमले नेपाली दाजुभाइ दिदिबहिनी हरुलाइ एकजुट गर्ने, एक आपसी भाइचारा बढाउन मद्दत गर्ने र श्रमिकहरुको समस्या समाधानमा समेत सहयोग पुर्याउने कुरा अबगत गराउदै आयोजक टिम लाई धन्यवाद दिनुभएको थियो !
कार्यक्रममा बिशिस्ट तथा प्रमुख अतिथि महाबाणिज्यदुताबास जेद्दाका कार्यवाहक महाबाणिज्यदुत श्रृजना अधिकारीले रमदान तथा इदको शुभकामना दिदै कार्यक्रम आयोजकलाइ धन्यवाद दिनु भएको थियो । साथै श्रमिकहरुलाइ कुनैपनी सहयोग चाहिएमा दूतावासमा सम्पर्क गर्न र आफुहरु श्रमिक हकहितको सहयोगको लागी तयार रहेको बताउँदै भलिबल प्रतियोगिताका लागि आएका खेलाडीहरुलाइ शुभकामना दिनु भएको थियो । उक्त कार्यक्रममा करिब १०० देखि १५० जनालाइ इफ्तारीको खानेकुरा, जुस, पानी खाना, तथा फलफुल खुवाइएको थियो । इफ्तारी कार्यक्रम सकिए लगत्तै भलिबल प्रतियोगिता सुरु भएको थियो यान्बु राबिक र जेद्दा वरिपरि रहेका भलिबल खेल प्रेमी खेलाडीहरुको १२ टिमले सहभागी जनाएर खेल खेलेका थिए । उत्कृष्ट खेल खेल्दै लुलु अमिर फवाजले टिम प्रथम स्थान, आयोजक टिम नेपाली युवा क्लबले द्दितिय स्थान र राबिग टिमले तृतीय स्थान हासिल गर्दै क्रमश पहिलो लाई २००० साउदी रियल, द्दितिय हुनेलाइ १५०० र तृतीय हुने टिमलाइ ७०० रियल पुरस्कार प्रदान गरिएको थियो ! बिजेता टिमहरुलाइ आयोजक टिमका इस्लामीक सेन्टरका प्रमुख मन्जुर अलि मियाँले मेटल, लगाइ प्रमाणपत्र प्रदान गरेका थिए । भलिबल खेलको संयोजन युवा क्लबका सन्तोष बि.क ले गरेका थिए !।
प्रतियोगिता बिहीवार बेलुकी ९ बजे देखि सुरु भएर बिहान ९ बजे समापन भएको थियो ।