उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको नवौँ शृङ्खला सम्पन्न भएको छ ।
सो उदक वाचन कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय बाछिटा प्रतिष्ठानका अध्यक्ष साहित्यकार खगेन्द्रप्रसाद बस्यालले उदक साहित्य समाज नेपालले जिम्मेवारीपूर्ण तवरले कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउँदै छोटो समयमा पनि उदकले आफ्नो गति लिएकोले यसले व्यापकता पाओस् भनी शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि बस्यालले वाचन गरिएका उदकहरूमा नेपालीपन, भावको गाम्भीयर्ता, माटोको आवाज र व्यङ्ग्यात्मक अभिव्यक्ति प्रकट भएको धारणा राख्नुभएको थियो ।
साप्ताहिक उदक वाचन कार्यक्रमको सो शृङ्खलामा लक्ष्मी बस्याल, लक्ष्मीप्रसाद मिश्र, सोम लुइटेल, प्रेम थापा, उर्मिला पन्त, वसन्त अनुभव, श्रद्धा आचार्य, अवोध निर्मल, सुरेशचन्द्र घिमिरे, जमुना कायस्थ, रोशन पराजुली, निर्मला सुवेदी, राजेश भट्टराई, बादल वियोगी गुरूङ, सुशिला पोखरेल, देवेन्द्र शाक्य, धर्मी शाक्य लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।
उदक काव्यिक विधाका प्रवर्तक तथा उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनले उदकको सैद्धान्तिक अवधारणाको बारेमा जानकारी गराउँदै उदकमा पहिलो पङ्क्तिमा रहेको एक शब्दले परिचय, दोस्रो पङ्क्तिमा रहेका दुई शब्दले व्याख्या र तेस्रो पङ्क्तिमा रहेका तीन शब्दले निष्कर्ष दिनुको साथै उदक काव्यिक विधाको लघुतम रूप भएकोले काव्यिक भावमा जोड दिन अनुरोध गर्नुभएको थियो ।
उदक साहित्य समाज नेपालका उपाध्यक्ष साहित्यकार सविता केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उदक साहित्य समाज नेपालको महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।
काठमाडौ, ३ पौष । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १३औं शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ५५ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १३औं शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
मरिगए छोड्दिनँ हजुर, हातको राजपाट, छोडुला त्यतिबेला जब, म पुग्नेछु आर्यघाट । ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१// पाएको छु तालाचाबी , गरेको छु राजपाट , सजिलै कहाँ छोडिन्छ , जानुपर्छ आर्यघाट । ✍️ बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा
२// काम गर्ने कालु मकै खाने भालु रे अब किन गोड्नुु, हातमा आएको लड्डु पेडा नखाई के को त्यसै छोड्नु । ✍️ पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
३// जान्ने सुन्ने ठुलाे मै हुँ अनुभवी पनि, राजकाज सबै मेरै बस्छु राजा बनी । ✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी ।
४// अगाडिको भाग पाउँदा छोडि भाग्ने को पो छर, आए आँप आउँछ गए झटारो हो के को डर । ✍️
गुणनिधि घिमिरे #पाँचथर
५// सत्ता र शक्तिबिना मचाहिँ सक्दिनँ सास फेर्न, पद र पैसाबिना बाँच्दिनँ ओओस् मृत्युले घेर्न! ✍️ भूषण जंग
अस्ट्रेलिया
६// मृत्यु नै भागमा परोस् छोड्ने छैन राजकाज, मरेपछि दुईदिन हुन्छ मोज गर्छु आज । ✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गाउँपालिका-६, दोलखा
७// हनुमान भइन्जेल छोडिन्न कुकुरले बरु हड्डी छोड्ला, पुस्तौं पुग्ने मैले जोड्दा केवल एउटा घर अरुले जोड्ला। ✍️
म्यामराज राई,भोजपुर
८// सत्ता र कुर्सी छोड्दिन मैले कसको के चल्दछ, छोडुला तब जुन दिन मेरो शरीर ढल्दछ । ✍️ विबश पारदर्शी
भद्रपुर न०पा० २ झापा
९// नेताको कुर्चिमा मलाई बिराजमान बनाए, जनता सकभर छाड्दैन तिमि शोक मनाए। ✍️
सुरेशकुमार पान्डे।दाङ घोराही१८
१०// भेडै हुन् यि जनता मेरा राख्नुपर्छ मुठ्ठीमा कजाइ, किन छोड्नु बल्ल भेटे बाघको छाला स्यालको रजाई। ✍️
शान्ता निरौला कन्याटार , पाँचथर
११// सत्ताकै लागि सत्रहजार सिध्याएँ मौका कसैलाई दिन्न, सफलतामा एकछिन उफ्रे पनि भरे तयार छुँ किन्न। ✍️ शर्मिला श्रेष्ठ
भैंसेपाटी , ललितपुर
१२// बिदेशीकाे इशारामा नाच्ने तिमी डलर साटासाट, एमसिसीकाे झाेला थाम्यौँ भने तिमी पक्कै आर्यघाट । ✍️
निरज काेइराला बेलका १ उदयपुर हालः इटहरी
१३// आदत लागेको छ सत्तामा बसी हरामको कमाई खाने, छोडिंदैन कसैगरी हजुर यसलाई बरू सती जाने। ✍️
दीपक ठटाल, जलन,खरसाङ,दार्जीलिङ।
१४// मिठो बोल्नुस् राम्रो गर्नुस् बाँचुन्जेल, मर्दामा अन्त हुन्छ, सबैको खेल । ✍️ रत्ना पुन मगर
रुकुम पश्चिम्
१५// सत्ता पाए सधै अमर म हुन्छु छोड्ने आशै नगर जन, टॉसिएकै छु सत्तामा लिसो समान छोड्दछ कसले भन । ✍️ इन्दिरा देवकोटा
कपिलवस्तु
१६// मेरै मान्यता हुन्छ सबैभन्दा उँचो, बैरिहरु मात्र देख्छन् मलाई छुँचो। ✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
१७// इमानदारीताले मेरो राजनिती चल्दै चल्दैन भने, घरखेत बेची पैसा खन्याइदिन्छु हार्न तयार बने। ✍️ अनिल खग्रास
फनपा ९, पर्वत
१८// हातको माछो छाडी दुलामा हात, भूल गरी मनाउन्न म विष्मात । ✍️
कमला देवकोटा, पाल्पा
१९// सत्ता तिम्रो राजपाट, पैसा तिमीलाई पात्रो, कति गर्छौ लोभलाभ, मर्दा पाउँनेछौ कात्रो । ✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ हाल- प्रवास
२०// जति राम्रो गर्न खोजे पनि त्यति नराम्रो, अरूले राम्रो गरे रिस मान्ने बानी हाम्रो । ✍️ (बिनु)बिनिता विश्वकर्मा
बुढीगंगा नगरपालिका ९ बाजुरा
२१// देश सखाप नपारी छोड्दै छोड्दिनँ, जनतासँग म हात जोड्दै जोड्दिनँ। ✍️ लक्ष्मी श्रेष्ठ
बिर्तामोड झापा
२२// नछोड राजपाट आफ्नै धोक्रो भर नमानीकन लाज, आर्यघाट जाँदा नाङ्गै जानु पर्दछ नबुझे हुन्छ आज। ✍️ अरुण कुमार भुजेल
गोरूबथान कालेबुङ्ग,भारत।
२३// कस्तो गजबको कुरा छ राजपाटको, जताजतै देखिरहेछु बात हाटको । ✍️
रचना शर्मा प्रतीक्षा, लपु ।
२४// मेरो मृत्यु किन नहोस् छोडेर जान्न, यहाँ त म झुठो वाचा कसम खान्न । ✍️ बिक्रम तिरुवा सलिन
तिला गाउँपालिका ३ कुडारी जुम्ला
२५// तिमीले हो बाचुन्जेल मलाई घात गरेको, अब केही समयपछि हेर्नेछौ म मरेको । ✍️ ललिता अभागी
सुनकोशी ५-सिन्धुली
२६// नबस गम्किएर हो यो राजनीतिको खेल, साथी दुई दिनको हो रहदैँन सँधै मेल । ✍️ अनुग्रह राना मगर ‘पुस्प’
संखुवासभा हाल मलेसिया
२७// देशका निम्ति मर्ने हो भने, ठिकै हो नमस्कार, समय बोल्छ गफले हुन्न, गरौंला बहिष्कार । ✍️
मित्र कुमार आचार्य,काठमाडौं ।
२८// साम,दाम,दण्ड,भेद राजनीतिकाे सूत्र , छाेड्न परे छाेडाैंला नि तयार भए पुत्र । ✍️ मित्र उराठी गाैतम
अमरपुर-गुल्मी हाल बुटवल
२९// बिर्ता नै रहेछ राजकाज, हालीमुहाली गर, देशको ढुकुटी आफ्नै पेवा, निर्धक्क मार तर । ✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
३०// मै हुँ राम्रो मै हुँ असल हमेशा म नै भनि, कलियुगका आधार स्तम्भ यस्तै नै त बनि ? ✍️
गृष्मा पौड्याल
३१// नभत्कियोस् कुनै ईच्छा आकांक्षा, पुगोस् कामना, जीवनको अन्त्यसम्म सत्तामा बस्ने चाहना । ✍️
श्रेष्ठ “परिक्रमा”, धरान, सुनसरी
३२// सिद्धान्तको आधारमा चल्ने पछि परे, खेल्छ जस्ले जाली खेल सधैं मस्ती गरे । ✍️
सूर्य मणि रेग्मी
३३// ज्यानै दिन्छु बरु कुर्सी लिएर छोड्छु, गाडी मोटर बङ्गला अवश्यै जोड्छु। ✍️ अर्जुन उप्रेती (अप्रतिम)
असम भारत
३४// राल काढी ज्यूँनार गर्छु बिटा खेप्न पाए, कुर्षि दिन्छु मृत्युु पछि घाटमा भेट्न आए । ✍️ रामकृष्ण दुवाडी
पाेखरा ।
३५// तिम्रो दु:खले आर्ज्याको मुलुक भएपो बन्थ्यो देश, जाइ कटक गरिन्छ अब चाहिन्छ योग्य नरेश । ✍️
जिकुमार गौतम भद्रपुर-१(पृथ्विनगर) झापा
३६// लेखेर मात्र पनि भएन अब सखे राेधन , जुरूक्क उठेर त्याे घाँटी समाई गराै शाेधन । ✍️
प्रद्युम्न चालिसे
३७// हिरा मोती जीउ भरि सुखी छ यो माथ, रुँदारुँदै जुनी जाला छोडौँ भने साथ। ✍️
पौडेल विमुन्स 💕 पोखरा कास्की 💕
३८// नाराबाजी जति गर वैभवकै काम भर्छु, मरेपनी छोड्ने छैन अब आफ्नै सुर गर्छु । ✍️ बेदु न्यौपाने
काठमाडौ
३९// राजपाट सधै हो नसोच्नु आफ्नै बाउको बिर्ता, हुत्तिभए बेचिएको भुमी ल्याउनु पर्छ फिर्ता । ✍️ निर्मला शाही ठकुरी
दैलेख
४०// नि:स्वार्थ सेवा गरिरहेछौ देशमा खै को पसेछ चोर ? हानाथापमै मर्नेछौं हामी सत्यलाई हुल्नु पर्छ खोर । ✍️ रिजाल विनोद
बेलबारी ०२ मोरङ
४१// आफू खुसि हुन्न हेर मन लागि गर्न, जनताले जानेका छन् तिम्रो कर्म हर्न। ✍️ दुर्गा आचार्य
मोरङ
४२// राजनीतिमा आफू सधैँ सर्वेसर्वा पनि, जनतामा शासन गरेँ हकदार बनी। ✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही बुटवल
४३// बुढो कहाँ भएको छु, दिनेछु सब सेवा, फेरियो मेरो बानी, हुँदैहुन्न सत्ता पेवा । ✍️
भगवती दवाडी
४४// आफ्नै हातमा डाडु पन्यू कुर्सी छाेड्दिनँ, नमरुन्जेल मेरै राज वाचा ताेड्दिनँ । ✍️ अम्बिका अधिकारी
काठमाडाैँ ।
४५// प्रजातान्त्रिक देशमा प्रजा नै हो राजा, सत्ताभोगी नेताको बजाऔं अब बाजा। ✍️ बिके मुखिया,
१८ डिसेम्बर २०२१ ! साउदी अरब । नेपाल म्याग्दी घर भइ २३ महिना देखि साउदी अरबको अल कासिम क्षेत्रमा पर्ने अल रासमा रहेको साले फाले अल रसिदि कम्पनिमा कार्यरत कमल घर्ती र सत्रुधन महतो ७ महिना देखि कम्पनी बन्द हुँदा पनि इकमा नभएका कारण आफ्नो जन्म भुमि नेपाल फर्किन नसक्दा एनआरएनए आरसिसि अल कासिमको सहयोगमा आज नेपाल फर्किन सफल भएका छन् ।
साउदीमा रहेका एजेन्ट दिपक थापाको माध्यमबाट फाइजल इन्टरनेसनल मेनपावर हुँदै आएका घर्ती र महत्त्व ले तीन महिना देखि आफुले पाउनु पर्ने तलब पनि नपाएको, बिना लाइसेन्स पानी बोक्ने गाडी चलाउदै गरेको, घर जानलाइ सहयोगको लागि साउदीमा रहेका एजेन्ट थापालाई बारम्बार भन्दा एक महिना पहिले रियाद बोलाएर दूतावास बाट साउदिको अध्यागमन बिभागलाइ इक्सिट भिसा प्रक्रियाको लागि आउट पास बनाएर दिलाएका तर त्यसपछि कुनै सहयोग नगरेका बताएका थिए ।
तर उक्त पेपर पाएपनी अध्यागमन बाट समयमा इक्सिट भिसा नलागेको र आफुहरुलाइ खानको समस्या हुँदा आफुले साउदीका एजेन्ट थापालाइ बारम्बार अनुरोध गर्दा समेत सहयोग गर्न नसक्ने र जे गर्छौ गर, जहाँ जान्छ जा भन्ने जस्ता धम्कि दिएपछी दूतावास रियादलाइ खबर गर्दा दूतावासबाट पनि आफुले सहयोग नपाएको बताउदै एनआरएनए आरसिसि अल कासिमलाई सहयोगको लागि अनुरोध गरेका थिए ।
उहाँको अनुरोध आए लगत्तै एनआरएनए साउदी अरबको सहयोगमा आरसिसी अल कासिमका वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी तथा समाजसेवी धर्मेन्द्र कार्किले एक महिनाको लागि खाद्यान्न सामान प्रदान गर्नुको साथै उहाँ लगायत संरक्षक बिशाल कुमार श्रेष्ठ तथा आरसिसि टिम द्वारा अलरासको अध्यागमन बिभागमा बारम्बार गएर उहाँको इक्सिट भिसा लगाउन सफल भएका थिए । सत्रुधन महत्त्व भने सबै प्रक्रिया पूरा गरि पछिल्लो हप्ता ९ डिसेम्बर २०२१ का दिननै नेपाल फर्की सकेका छन् ।
कमल घर्तीको सबै फाइनल इक्जिट प्रक्रिया पूरा भएपनि कम्पनी तथा एजेन्टले टिकट उपलब्ध नगराउँदा आरसिसी अल कासिमका अध्यक्ष रम्जान दिन मियाँले एनआरएनए साउदी अरबका अध्यक्ष डम्बर यादव सित समन्वय गरि पिसिआर गर्न र हवाई टिकट सहयोगका लागी गरिएको अनुरोधमा एनआरएनए साउदी अरबले पीडित घर्तीलाई अल कासिम बाट काठमाडौ जाने हवाई टिकट उपलब्ध गरे सँगै पीडित कमल घर्ती आज नेपाल फर्किन सफल भएका छन् ।
काठमाडौ, ०३ पौष। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३१ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर
अभ्यास क्रममा सृजना गरिएकाउदकहरू
१// समय सिखाइठ पाठ जिन्गीक हर डगरामे ! ✍️ सागर कुस्मी, कैलाली ।
२// जीवन अवुझकाे भिडमा अपमानित सृष्टि कर्म! ✍️ राेशन पराजुली,धरान
३// छाउपडी प्रथा हटाउ चेलीको ज्यान बचाउ! ✍️ देवेन्द्रराज शाक्य बुटवल रुपन्देही लुम्बिनी प्रदेश
४// छाउमा जिन्दगी सधैं किन हो दाउमा ? ✍️ रमेश प्रभात , चितवन
५// कुसंस्कार छाउपडी प्रथा चेलीको जीवन संकटमा ! ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
६// नारीलाई अत्याचार झन दुख्छ मुटु मन! ✍️ बिक्रम तिरुवा सलिन तिला गाउँपालिका ३ कुडारी,जुम्ला
७// छाउगोठ शिक्षाको कमी बस्दै धर्म मानी ! ✍️ अनुग्रह राना मगर ‘पुस्प’ संखुवासभा हाल मलेसिया
८// कानुन अबुझ नबनौ छाउपडी व्यवस्था हटाउन! ✍️ सरस्वती श्रेष्ठ इटहरी
९// गृहणी छाउगोठको त्रास अझै चेतनाको कमी! ✍️ चेतराज जैशि हाल UAE.
१०// अन्धविश्वास शिक्षाको अभावमा नारीको जीवन खतरामा! ✍️ सीता पाण्डेय मरासिनी रेसुङ्गा नगरपालिका -९,तम्घास ,गुल्मी ।
११// छाउगोठ रूढिवादी परम्परा अशिक्षा गरिबी कारक! ✍️ गोपालप्रसाद पाैड्याल विराटचोक, मोरङ
१२// संस्कृति हटाऊँ विकृति स्वीकार गरौं प्रकृति! ✍️ केशब न्यौपाने नुवाकोट
१३// महिनावारी प्राकृतिक प्रकृया चेतना जागरण आवश्यक ✍️ गुणनिधि घिमिरे, पाँचथर
१४// सामाजिक समस्या अथाह चेतना अभाबको नागरिक ! ✍️ सरस्वती वली बर्दिया नेपाल
२७// छाउमा धेरै नारीको ज्यान जान्छ गाउँमा ! ✍️ सुशीला पौडेल
२८// छाउपडी कुसंस्कारी चलन नारीको जीवन जाेखिममा! ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे भक्तपुर । २९// छाउपडी हटाउँ कुप्रथा नगरौं कसैमाथी घात! ✍️ धनमाया चौधरी कैलाली
३०// रुढीबादी परम्परामा रुमलिन बाध्य नारीको जीवन! ✍️ साबित्री अधिकारी
३१// छाउपडी गोठमा असह्य भयावह अवस्था रितिथिति! ✍️ जमुना कायस्थ
३२// छाउपडी अन्धविश्वासी जालो निर्मूल पार्ने पालो ! ✍️ मित्र कुमार आचार्य,काठमाडौं ।
३३// महिला छाउगोठमा नबसौं अन्धविश्वासमा कोही नफसौं ! ✍️ मंगला उपाध्याय कलैया उ म न पा १
दम्माम स्थित एनआरएनए आउटरिच तथा दूतावासको घुम्ति शिविर सम्पन्न भएको छ। एनआरएनए एनसीसी साउदीले संचालनमा ल्याएको आउटरिच शिविर सम्पन्न भएको छ।१७ डिसेम्बर २०२१ का दिन साउदी अरबको पूर्वी क्षेत्र दम्माममा उक्त कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम बाट साउदीअरबको पूर्वीय प्रान्त दम्माममा कार्यरत ९ सय जना भन्दा बढी आप्रवासी नेपाली सेवा ग्राहीले सेवा लिएका थिए।
उक्त शिविर बाट दम्माममा नेपाली दूतावास रियाद बाट राहदानी नवीकरणको लागी १३ नोबेम्बर र त्यस भन्दा अघि फारम संकलन गरिएका सेवाग्राहीहरूको नवीकृत राहदानी वितरण र नवीकरणको लागी फारम संकलन गरेको थियो।नेपाली दूतावास रियादको तृतीय सचिव बलराम पाण्डे र आनन्द सुबेदीको नेतृत्वमा दूतावास पदाधिकारीहरू र एनआरएनए साउदीका पदाधिकारीहरूको सहजीकरणमा ६ सय भन्दा बढीको राहदानी वितरण गरिएको छ भने नवीकरणको लागी ३ सय २४ जनाको फारम संकलन गरिएको छ।
उक्त राहदानी वितरण कार्यक्रममा नेपाली दूतावास रियादको पूर्वी क्षेत्रको लागी नव नियुक्त जनसम्पर्क अधिकारी तथा एनआरएनए आईसीसी सदस्य नारायण पासवान संगै सहजीकरणका लागी एनआरएनए आईसीसी मध्यपूर्व संयोजकको उम्मेदवार तथा वर्तमान सह संयोजक राजेन्द्र अर्याल, एनआरएनए साउदीका संस्थापक तथा संरक्षक ओम घले, राजु सैयद, बिरेन्द्र चौधरी, एनआरएनए आईसीसी सदस्य तेज थापा, एनआरएनए एनसीसी अध्यक्ष डम्मर कुमार यादव, सदस्य गणेश अर्याल, एनआरएनए आरसीसी दम्मामका उपाध्यक्ष पदम महत, सचिव पूर्ण सुनार, एलसीसी दम्मामका अध्यक्ष हरी थापा, एलसीसी कतिफका अध्यक्ष सन्तोष गौतम, एनआरएनए कर्मी ओम कुमाल, डिबी थापा, हिक्मत तमु गायतका पदाधिकारीहरू, जनजाति महासंघ राष्ट्रीय समन्वय परिषद साउदीका अध्यक्ष खेम गुरूङ्ग, रबिन राई लगायतका पदाधिकारीहरू हेल्प मधेसको तर्फ बाट श्याम कुमार महतो, राम दुलार मण्डल लगायतका पदाधिकारीहरू, नेपाली जनप्रगतिशील मन्च साउदीका उपाध्यक्ष रामचन्द्र वाग्लेको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न साथ र सहयोग गरेका नेपाली दूतावास रियाद, दूतावास परिवार, संघका विभिन्न तह र ओहोदामा रही कार्यरत पदाधिकारीहरू, विभिन्न संघ संस्थाका पदाधिकारीहरू, संचारकर्मीहरू र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने संघ संस्था एवम् व्यक्तित्वहरू सबैमा एनआरएनए एनसीसी साउदी अरबियाले धन्यवाद ज्ञापन गरेको छ। यसका साथै अगामी दिनहरूमा पनि सामाजिक कार्यमा यस्तै साथ र सहयोगको अपेक्षा सहीत संघले नेपाली समाज र क्रियाशील संघ संस्थाहरू संग हातेमालो गर्दै सामाजिक कार्यमा समर्पित रहने प्रतिबद्धता समेत जनाएको छ।
दाङ्ग तुलसीपुर २८ मंसिर/ तुलसीपुर चेम्वर अफ कमर्शले मेला महोत्सव लगाउन लागेको भन्दै तुलसीपुरका ब्यबसायीले बजार बन्द गराएका छन् । कोरोना भाईरसका कारण झण्डै २ बर्षदेखि थिलो थिलो भएको ब्यबसाय माथि उठन नसकि रहेको अबस्थामा पुन मेला महोत्सव सञ्चालनले कम्जोर हुने भन्दै आन्दोलनमा उत्रिएका हुन ।
सडक प्रदर्शनमा उत्रिएका फेन्सी,जुत्ता,कस्मेटिक लगायतले तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग बाणिज्य संघमा समेत ध्यानाकर्षण गराउदा समेत सुनुवाई नभएपछि आन्दोलीत भएका हुन । तुलसीपुर चेम्वर अफ कमर्शले आगामी पुस १ गतेदेखि १२ गते सम्म तुलसीपुरमा सञ्चालन गरेको मेलाबाट आर्थिक संकलन गरि भवन निर्माण गर्ने उदेश्य राखेको बताउदै मेला लाई सहयोग गर्न अनुरोध गरेको छ ।
मेलामा फेन्सीका सामान नराखे भवन निर्माणका लागि आबश्यक ७ लाख बढी रकम सहयोग गर्ने फेन्सी ब्यबसायहरुले बताउदै आएका छन् ।तर उक्त प्रस्तावलाई ठाडै अस्वीकार गर्दै मेला लगाउने दुढताका साथ चेम्वर अगाडी बढेको उनिहरुको आरोप छ ।
मेला लगाउने समय उपयुक्त नभएको फेन्सी ब्यबसायीहरुको भनाई छ । जाडो मौसमको न्यानो कपडा पसलबाट कम बिक्रि हुने र मेलामा बढि आकर्षित हुने फेन्सी ब्यबसायीहरुको तर्क छ । व्यावसायी द्वारा तुलसीपुर बजारमा बिरोध र्याली समेत निकालिएको छ।
काठमाण्डाै – कांग्रेस सभापतिको चयनका लागि फेरि मतदान हुने भएको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो ।
सभापतिका लागि शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात २३ सय ४० मत आवश्यक थियो ।
तर, सभापतिका प्रत्यासी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् । पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गर्नुभएको छ । उहाँले ८२ मतले ५० प्रतिशत कटाउन सक्नुभएन । कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २० मत प्राप्त गर्नुभयो ।
अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।
निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ ।