• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू :

  • १५ पुष २०७८, बिहीबार ११:०८ मा प्रकाशित
  • १.
    ज्ञान
    उज्यालो प्रकाश
    अन्तरात्माको ज्योति पुञ्ज!

    २.
    ज्ञान
    उज्यालो दियालो
    जीवन पथप्रदर्शक ज्योति !

    ३.
    ज्ञान
    शिक्षाको पाठशाला
    धार्मिक सांस्कृतिक समाजिक !

    ४.
    ज्ञान
    अदृश्य सञ्चित
    सदा सुरक्षित चिरकाल !

    ५.
    ज्ञान
    गुणवानको धन
    कहल्यै नसकिने बाँडेर !

    • उर्मिला पन्त पाण्डेय*
      ज्ञानेश्वर, काठमाण्डौँ
    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू :

    उदक यात्री कमला देवकोटाका उत्कृष्ठ उदकहरू

  • १५ पुष २०७८, बिहीबार ११:०६ मा प्रकाशित
  • १
    पानी
    पुसको मास
    बढेको मनग्य आस !
    २
    चिसो
    मुटुको‌ कम्पन
    अकस्मात् रेटिएको जीवन !
    ३
    सर्प
    भ्यागुता दुलामा
    अनौठो प्रविधि कुनामा !
    ४
    ऋतु
    समयको दास
    नहुने आफ्नो पास !
    ५
    काव्य
    अथाहा सागर
    धारा बगेर प्रवाह !
    ६
    जिन्दगी
    मगन्तेको भेष
    मिलेर डुबाउने स्वदेश !
    ७
    कर्म
    पसिनाको धारा
    भाग्यको दुर्लभ उदय !
    ८
    सेवा
    पीडामा मल्हम
    आखिर सुखमा सन्तुष्टि !
    ९
    जनता
    आशावादी मन
    नकारात्मक सोच त्यागेर !
    १०
    सन्तान
    सृष्टिको चक्र
    जिन्दगीको यात्रा बक्र !
    ११
    भाइरस
    चौतर्फी बिनास
    जिउँदै स्वर्गको आश्रम !
    १२
    चिसो
    रुघाखोकी साझा
    सम्पूर्णमा देखिने बाधा !
    १३
    भुलेको
    भाङ्ग्रो ओढेर
    काया तताउ मिलेर!
    १४
    आवास
    लगाएमा झ्याल
    निश्चित अक्सिजन अभाव !
    १५
    नवरस
    अमृत समान
    गुणको गरेमा सम्मान !
    १६
    राम
    मर्यादा पुरुष
    धोबीले लगाएको अङ्कुश !
    १७
    सीता
    पतिव्रता नारी
    शङ्काले देह त्याग !
    १८
    हनुमान
    रामका भक्त
    कठिन शक्ति अनुमान !
    १९
    रावण
    शिवका भक्त
    नव टाउकाको भोग !
    २०
    सत्यता
    जोगाउन गाह्रो
    झुठ पहिल्याउन गाह्रो !
    २१
    सतही
    ज्ञान अभिमान
    सारा छद्मभेषी मूल्याङ्कन !
    २२
    बिहान
    उषाको किरण
    तर ओझेलमा जीवन !
    २३
    मानव
    पवित्र हृदय
    विकृत भावले दानव !
    २४
    दृष्टि
    मनको भाव
    मिलेर शान्ती सुरक्षा !
    २५
    उदक
    धन्य बनेको
    जीवन सञ्चार गरेको !
    २६
    पिएर
    बाँच्न सिकेर
    अनि बाली सिञ्चेर !

    • कमला देवकोटा
      पाल्पा
    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री कमला देवकोटाका उत्कृष्ठ उदकहरू

    उदक यात्री बुद्धिप्रसाद लामिछानेका उत्कृष्ट उदकहरू

  • १५ पुष २०७८, बिहीबार ११:०४ मा प्रकाशित
  • १
    कोपिला
    फुलेर सुवास
    सधैँ भमराको वास !

    २
    अतीत
    जीवन व्यतित
    हृदय विदारक सम्झना !

    ३
    संस्कृती
    कसैलाई भारी
    आजै सबैको खबरदारी !

    ४
    हेराइ
    फूलको संसार
    श्रावण महिनाको गोरु !

    ५
    नेता
    जनताको माउरे
    पुच्छरको नभएको चौँरे !

    ६
    मन्त्री
    आउने जाने
    कागलाई पाकेको बेल !

    ७
    राजनीति
    बनेको व्यावसाय
    बरा देशको न्ययालय !

    ८
    भाषण
    नेताको अभिव्यक्ति
    यथार्थमा अलग परिवेश !

    ९
    सघर्ष
    गर्नेले गरेका
    ढेडु बाँदरको लर्को !

    १०
    ज्ञान
    जन्मेको विज्ञान
    सृष्टिको आफ्नै शान !

    • बुद्धिप्रसाद लामिछाने
      कैलाली
    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री बुद्धिप्रसाद लामिछानेका उत्कृष्ट उदकहरू

    एनआरएनए आरसिसि अल कासिमको सहयोगमा ३ जना नेपाली स्वदेश फर्के ।

  • १५ पुष २०७८, बिहीबार ०१:१५ मा प्रकाशित
  • समर्पण रम्जान

    २९ डिसेम्बर २०२१! साउदी अरब ! तीन वर्षदेखि साउदीअरब अल कासिमको बन्दर अल जैदी कम्पनीमा कार्यरत ३ जना नेपाली एनआरएनए आरसिसि अल कासिमको सहयोगमा नेपाल फर्केका छन् ।

    रुपन्देही घर भएका कैलास पासी, रौतहट घर भएका हरिन्द्र महरा र सर्लाही घर भएका लखिन्द्र साह तेलिको कम्पनीले नेपाल बाट आएको एक बर्षपछी २ बर्ष सम्म इकमा नविकरण नगरि दिएको र घर जान नसकेको कारण एनआरएनए साउदीका निवर्तमान उपाध्यक्ष तथा एनआरएनए आरसिसि अल कासिमका संरक्षक बिशालकेका कुमार श्रेष्ठलाई सहयोगको लागि अनुरोध गरेका थिए !
    ४ महिना काम गरेको तलब पनि नपाएका ३ जना पीडितहरु काम छोडेर बारम्बार साउदी अरबको लेबर कोर्ट जाँदा पनि कुनै उपाय नभएपछि एनआरएनए आरसिसि अल कासिमलाई सहयोगको लागि अनुरोध गरे सँगै संरक्षक बिशाल कुमार श्रेष्ठ १५ डिसेम्बर आफैं लेबर कोर्ट गएर सहयोग गरे लगत्तै समस्या समाधान भएको थियो ।

    श्रेष्ठको निरन्तर पहलमा पीडितहरुको २२ डिसेम्बरका दिन इक्स्जिट लागेको र २९ डिसेम्बर २०२१ का दिन ३ जनै पीडित आफैंले टिकट काटेर नेपाल फर्कन सफल भएका छन् ।


    उक्त कम्पनीमा धेरै जना नेपाली आएका सोहि कम्पनीमा रहेका नेपालीहरुलाई कहिले करार पत्रमा भए अनुसारको तलब नदिने समस्या त कहिले दुई चार महिनाको तलब रोकिदिने समस्या हुँदा सहयोगको लागि अनुरोध आइरहने बताउंदै बिगतका समयमा पनि दूतावास रियादका कर्मचारी समेत आएर कम्पनी भिजिट गरिएको श्रेष्ठले बताए ।


    कम्पनी राम्रो नहुँदा कतिपय नेपाली उक्त कम्पनीबाट भागेर काम गरेका र कतिपय यस्तै इकमा इक्स्पायर भएर नेपाल फर्किनका लागि पर्खिरहेका, जसको सहयोगका लागि पनि पहल भैरहेको श्रेष्ठले बताए ।।
    उक्त कम्पनीमा तीन बर्षदेखि धेरै नेपालीहरु पीडित हुँदाहुँदै पनि अझैँ नयाँ नेपालीहरु आउने क्रम नरोकिएको र आएपछि उस्तै समस्या भोग्नु परेकोले दूतावास रियादले नीग्रानी गरि नयाँ भिसामा रोक लगाउनु पर्ने अथवा कम्पनीका गतिविधि जाँचेर मात्रै भिसा स्वीकृत गर्नुपर्ने समेत श्रेष्ठ विशालले जनाए ।।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए आरसिसि अल कासिमको सहयोगमा ३ जना नेपाली स्वदेश फर्के ।

    उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

  • १४ पुष २०७८, बुधबार १३:३० मा प्रकाशित
  • १
    जुत्ता
    सुरक्षार्थ गोडाको
    यत्रतत्र घोच्ने काँडाहरू !

    २
    तिखो
    सुन्नलाई भारी
    वचन वाणका भालाहरू !

    ३
    सम्बन्ध
    भावनाको गाँठो
    मीठो सद्भाव तिम्रो !

    ४
    गहिरो
    इनारको पानी
    अबुझ तरुनो जवानी !

    ५
    वृद्ध
    अनुभवको खानी
    जीवन बनाउने रानी !

    ६
    घडी
    दृश्यमा समय
    नसकिने हिँड्न छाडी !

    ७
    सौभाग्य
    सिन्दुर पोते
    सम्बन्धको देखिने परिचय !

    ८
    पृथ्वी
    नि:स्वार्थ गर्भ
    उर्वर गर्ने क्षमता !

    ९
    अनुभूति
    आनन्द खुसी
    जीवनको लामो यात्रा !

    १०
    लाचारीपन
    पत्रिकामा राशिफल
    दैनिक जीवनको पाटो !

    • सविता के.सी., काठमाडौँ
    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

    उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • १४ पुष २०७८, बुधबार १३:२१ मा प्रकाशित
  • १
    निशा
    दीपक विलिन
    चौतर्फी कृष्णको साम्राज्य !
    २
    लालुपाते
    जमिनतिर नुगेको
    शिशिरमा चौतर्फी ढकमक !
    ३
    हिमाल
    सेताम्मे हिउँ
    थरथर काँप्ने जिउ !
    ४
    बिरालो
    पृथक मौनता
    आन्तरिक विकृत चलखेल !
    ५
    कैलाश
    शङ्करको बास
    छुट्टै स्वर्गको आभाष !
    ६
    जिन्दगी
    उकाली ओराली
    पीडा मिश्रित जिम्मेवारी !
    ७
    बगैंचा
    फूलको मुस्कान
    आत्मिक प्रेमको जवाफ !
    ८
    अन्धकार
    सचेतनाको कमी
    सुन्दर फूलको विभत्सता !
    ९
    जिन्दगी
    मनभरिको चाहाना
    फूलसँग रमाउने बाहाना !
    १०
    कृषि
    गरेपछि सम्भार
    जीवन जिउने आधार !

    ✍️ आर्त अकुलीन, कैलाली

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

    दिनभर वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने

  • १४ पुष २०७८, बुधबार ०८:२४ मा प्रकाशित
  • facebook sharing button

    काठमाडौं १४ पुस– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। देशका अधिकांश स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागमा रातिदेखि नै हल्का हिमपात भइरहेको महाशाखाको भनाइ छ।

    महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा दिनभरजसो नै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ।

    https://www.facebook.com/plugins/page.php?href=https%3A%2F%2Fwww.facebook.com%2FRautahat-Times-1853643104750697%2F&tabs=timeline&width=340&height=150&small_header=false&adapt_container_width=true&hide_cover=false&show_facepile=true&appId=1424143921095139

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। 

    राति पनि देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने महाशाखाले जनाएको छ। 

    पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

    त्यसैगरी, यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

    Posted in ताजा अपडेट, बिज्ञान/प्रविधिLeave a Comment on दिनभर वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने

    उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू

  • १४ पुष २०७८, बुधबार ०७:४८ मा प्रकाशित
  • १
    उद्धार
    जीवन आत्मा
    अन्नत करार सुनिश्चितता !

    २
    बुद्धि
    अभाव बुझ
    साँध सीमाना कुँध !

    ३
    बोलेर
    मन खोलेर
    सबैका ढोल बजाएर !

    ४
    समाज
    सङ्कीर्ण मकौडा
    मारी ताना हतौडा !

    ५
    विरङ्ग
    स्चइच्छा रङ्ग
    व्यङ्ग्य वाह ढङ्ग!

    • जमुना कायस्थ
      पोखरा

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू

    सिरहाका प्रहरी प्रमुखलाई ‘चोकमा लगेर जनकारबाही गर्ने’ सीके राउतको धम्की

  • १३ पुष २०७८, मंगलवार १२:०९ मा प्रकाशित
  • काठमाडौँ । आज मंगलबार सिरहामा आमहड्ताल आह्वान गरेको जनमत पार्टीका प्रमुख सीके राउतले सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई धम्की दिएका छन् । राउतको सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत एसपी पाण्डेलाई जनकारबाही गर्ने धम्की दिइएको हो ।

    मंगलबार बिहान एक पोस्ट गर्दै राउतको सचिवालयले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवहार सुधार्न चेतावनी दिएको छ ।

    यदि प्रहरीले व्यवहार सुधार नगरे एसपी पाण्डेलाई सिरहा बजारको बीच चोकमा जनकारबाही गर्ने धम्की दिएको हो । फेसबुक पेजमा भनिएको छ, ‘गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइराखेको, जाडोमा कपडासमेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको समाचार आएको छ । यदि २४ घण्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भन्ने कारबाही गर्न जनतालाई पनि आउँछ । सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ ।’

    उक्त पाेस्टमा थप भनिएकाे छ, ‘२०७३ सालमा स्वराजीको डरले गहुँ खेतमा सुसु गर्नु परेको सम्झना होला नै । फ्रान्सेली क्रान्तिमा जनताले शासकलाई कसरी चौबाटोमा सजाय दिएका थिए, थाहा नै होला ।’

    जनमत पार्टीले आम हड्ताल घोषणा गरेपछि स्थानीय प्रशासनले आज र भोलि २ दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । यसले गर्दा झडपको सम्भावना समेत बढेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीतिLeave a Comment on सिरहाका प्रहरी प्रमुखलाई ‘चोकमा लगेर जनकारबाही गर्ने’ सीके राउतको धम्की

    उदक स्रष्टा भवानी घिमिरेका उत्कृष्ट उदकहरू

  • १३ पुष २०७८, मंगलवार ११:५८ मा प्रकाशित
  • १.
    चाल
    सत्ता टिकाउने
    आन्दोलन गरीबकाे नाममा !

    २.
    सर्प
    देख्दा झस्कनु
    माछा भए पक्रनु !

    ३.
    परिवर्तन
    नामकाे लागि
    काम पहिलेको चालमा !

    ४.
    कुर्सी
    ठूलाका लागि
    साना तालीकाे भागेदार !

    ५.
    कल्पना
    राम राज्यको
    काम गरीब माराकाे

    • भवानी घिमिरे
      सर्लाही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक स्रष्टा भवानी घिमिरेका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P