
१
पानी
पुसको मास
बढेको मनग्य आस !
२
चिसो
मुटुको कम्पन
अकस्मात् रेटिएको जीवन !
३
सर्प
भ्यागुता दुलामा
अनौठो प्रविधि कुनामा !
४
ऋतु
समयको दास
नहुने आफ्नो पास !
५
काव्य
अथाहा सागर
धारा बगेर प्रवाह !
६
जिन्दगी
मगन्तेको भेष
मिलेर डुबाउने स्वदेश !
७
कर्म
पसिनाको धारा
भाग्यको दुर्लभ उदय !
८
सेवा
पीडामा मल्हम
आखिर सुखमा सन्तुष्टि !
९
जनता
आशावादी मन
नकारात्मक सोच त्यागेर !
१०
सन्तान
सृष्टिको चक्र
जिन्दगीको यात्रा बक्र !
११
भाइरस
चौतर्फी बिनास
जिउँदै स्वर्गको आश्रम !
१२
चिसो
रुघाखोकी साझा
सम्पूर्णमा देखिने बाधा !
१३
भुलेको
भाङ्ग्रो ओढेर
काया तताउ मिलेर!
१४
आवास
लगाएमा झ्याल
निश्चित अक्सिजन अभाव !
१५
नवरस
अमृत समान
गुणको गरेमा सम्मान !
१६
राम
मर्यादा पुरुष
धोबीले लगाएको अङ्कुश !
१७
सीता
पतिव्रता नारी
शङ्काले देह त्याग !
१८
हनुमान
रामका भक्त
कठिन शक्ति अनुमान !
१९
रावण
शिवका भक्त
नव टाउकाको भोग !
२०
सत्यता
जोगाउन गाह्रो
झुठ पहिल्याउन गाह्रो !
२१
सतही
ज्ञान अभिमान
सारा छद्मभेषी मूल्याङ्कन !
२२
बिहान
उषाको किरण
तर ओझेलमा जीवन !
२३
मानव
पवित्र हृदय
विकृत भावले दानव !
२४
दृष्टि
मनको भाव
मिलेर शान्ती सुरक्षा !
२५
उदक
धन्य बनेको
जीवन सञ्चार गरेको !
२६
पिएर
बाँच्न सिकेर
अनि बाली सिञ्चेर !
- कमला देवकोटा
पाल्पा

