
१
निशा
दीपक विलिन
चौतर्फी कृष्णको साम्राज्य !
२
लालुपाते
जमिनतिर नुगेको
शिशिरमा चौतर्फी ढकमक !
३
हिमाल
सेताम्मे हिउँ
थरथर काँप्ने जिउ !
४
बिरालो
पृथक मौनता
आन्तरिक विकृत चलखेल !
५
कैलाश
शङ्करको बास
छुट्टै स्वर्गको आभाष !
६
जिन्दगी
उकाली ओराली
पीडा मिश्रित जिम्मेवारी !
७
बगैंचा
फूलको मुस्कान
आत्मिक प्रेमको जवाफ !
८
अन्धकार
सचेतनाको कमी
सुन्दर फूलको विभत्सता !
९
जिन्दगी
मनभरिको चाहाना
फूलसँग रमाउने बाहाना !
१०
कृषि
गरेपछि सम्भार
जीवन जिउने आधार !
✍️ आर्त अकुलीन, कैलाली

