११ फेब्रुअरी २०२२, साउदी अरब ! नेपाल-साउदी सिधा उडान भर्दै आएको हिमालय एयरलाइन्सले कुनैपनी अग्रिम सूचना बिना गत ९ फेब्रुअरी बुधबारका दिन उडान रद्द गर्दा कैयौं नेपाली यात्रुहरु अलपत्र परेका छन् । ९ फेब्रुअरी बुधबार २:१० को रियाद बाट उडान हुनु पर्ने फ्लाइट उडान हुनु पहिले सूचना जारी नगर्दा हिमालयन एयरलाइन्स बाट आफ्नो स्वदेश फर्किदैं गरेका, साउदिका विभिन्न ठाउँबाट आएका नेपालीहरु एयरपोर्टमा अलपत्र परेका थिए ।
केहि यात्रुहरु सोही स्थानका रहेका र आफ्नो बासस्थान तर्फ फर्के पनि 50-60% यात्रु भने टाढा-टाढा बाट आएका, कोइ इकमा इक्स्पायर भइ तथा हुरुब लागेर इक्स्जिट लागि जान लागेका नेपालीहरु आफ्नो फर्किने ठाउँ नहुदाँ उहाँहरुलाइ भने शुक्रबार बिहान सम्मका लागि एयरलाइन्सले होटलमा राखेको तर खान र पानी बिहिवार बिहान सम्म मात्रै दिएको एक पीडितले बताएका छन् ।
पीडित नेपालीहरु मध्ये कतिपय हुरुब लागेर जान लागेका र खान, बस्न, पानी पिउन समेत पैसा नरहेको, एयरलाइन्सले टिकटको मात्रै पैसा फिर्ता गरेको, पिसिआर गरेको पैसा फिर्ता नदिएको, तथा एयरलाइन्सका एक प्रतिनिधिले तपाईं हरुको उडान हुँदैन भन्दै बृस्तित सहयोगको कुरा नगरी सम्पर्क बिहिन भएको कुरा जनाउदैँ उद्दारका लागि साउदीको नेपाली दूतावास तथा अन्य संघसंस्थाहरु सित पीडितहरुले अनुरोध गरेका छन् ।
“मुति सक्यो दैलो देख्यो” भने जस्तो ९ फेब्रुअरी बुधबार नेपालीहरु अलपत्र परे पछि १० फेब्रुअरी बिहिवार हिमालय एयरलाइन्सले एक सूचना जारी गर्दै `अपरिहार्य परिस्थितिका कारण अर्को सूचना प्रकाशित नहुँदासम्म हामी काठमाडौं-दमाम-काठमाडौं र काठमाडौं-रियाद-काठमाडौं क्षेत्रहरूका लागि कुनै पनि यात्रुवाहक उडानहरू सञ्चालन गर्न असमर्थ रहेको र ओहोरदोहोर उडान स्थगित गरिएको कुरा जनाएको छ ।
उक्त सूचनामा `यस क्षेत्रहरूका लागि हाम्रा उडानहरू अवस्था सामान्य भएपछि सञ्चालनमा आउने कुराको सुनिश्चितता पनि यसै सूचनाद्वारा गराउँदछौं, टिकट पूर्ण रिफन्ड र नि:शुल्क रिसेड्युल सुविधाको लागि तपाईंको सम्बन्धित ट्राभल एजेन्सी वा हाम्रो विक्री कार्यालयमा सम्पर्क राख्नु हुन विनम्र अनुरोध समेत गर्दछौँ । हाम्रा यात्रुहरूमा पर्न गएको असुविधाको लागि हामी क्षमा प्रार्थी छौं ´उक्त सूचनामा उल्लेख गरिएको छ ।
पीडित नेपालीहरुको उडान हुनेबेला सम्म निशुल्क खान बस्न, निशुल्क अर्को एयर टिकट दिन र पिसिआर गरेको पैसा समेत दिन हिमालय एअरलाइन्स लाई ध्यानाकर्षण गराउदछौं।
९ फेब्रुअरी २०२२, साउदी अरब ! वैदेशिक रोजगारीको सिलसिलामा वेस्टर्न ह्युमन रिसोर्स प्रालि मार्फत साउदी आएका १५ जना नेपालीहरु दम्माममा अलपत्र परेपछि प्रवासी मिलन एकता समाज र नेपाली साझा मन्च द्वारा करिब १५ दिनलाई पुग्ने खाद्यान्न सामानहरु प्रदान गरेका छन् ।
पीडित हरुको बारेमा पिटि अनलाईन मार्फत जानकारी प्राप्त भएपछी नेपाली साझा मन्च साउदीका अध्यक्ष अकल प्रधानको नेतृत्वमा पीडितहरुलाइ भेट गरि समस्या बुझेको थियो। उहाँहरुको समस्या बुज्दा खाद्यान्न लगायतको समस्या रहेको पाए पछि प्रवासी मिलन एकता समाज र नेपाली साझा मन्चको समन्वयमा करिब १५ दिनलाई पुग्ने दाल ,चामल ,तेल मसला ,फलफुल लगायतको सामग्री मन्चको संयोजक अकल प्रधान ,उप संयोजक अन्जान गुभाजु,प्रवासी मिलनको सचिव उदय चौधरीले आज पीडितको रुममा पुगी हस्तान्तरण गरेको छ।
१५ जना पीडित मध्ये एक देव लामा अल्सरको विरामी रहेको उनको उपचारको लागि दिदिबहिनी समुह साउदिकि अध्यक्ष तुलसी गुरुङको समन्वयमा उपचार गरेको थियो । पीडितहरुको सहयोगमा साथ दिनु हुने काजी गुरुङ (अध्यक्ष ),रबिन्द्र शाह ,उदय चौधरी र ज्ञानु तमु तथा प्रवासी मिलन एकत समाजका सम्पुर्ण टिम ,पीडित बारे जानकारी दिनु हुने पिटि अनलाईन , दिदीबहिनि समुह साउदीकि अध्यक्ष तुलसी गुरुङ र नेपाली साझा मन्चको सम्पुर्ण टिमलाइ नेपाली साझा मन्च ,राष्ट्रिय समन्वय परिवारले आभार प्रकट गरेको छ ।
९ फेब्रुअरी २०२२, साउदी अरब ! वैदेशिक रोजगारीको सिलसिलामा वेस्टर्न ह्युमन रिसोर्स प्रालि मार्फत साउदी आएका १५ जना नेपालीहरु दम्माममा अलपत्र परेपछि प्रवासी मिलन एकता समाज र नेपाली साझा मन्चको समन्वयमा करिब १५ दिनलाई पुग्ने खाधन्न सामग्री प्रदान गरेका छन् ।
पीडित हरुको बारेमा पिटि अनलाईन मार्फत जानकारी प्राप्त भएपछी नेपाली साझा मन्च साउदीका अध्यक्ष अकल प्रधानको नेतृत्वमा पीडितहरुलाइ भेट गरि समस्या बुझेको थियो। उहाँहरुको समस्या बुज्दा खाद्यान्न लगायतको समस्या रहेको पाए पछि प्रवासी मिलन एकता समाज र नेपाली साझा मन्चको समन्वयमा करिब १५ दिनलाई पुग्ने दाल ,चामल ,तेल मसला ,फलफुल लगायतको सामग्री मन्चको संयोजक अकल प्रधान ,उप संयोजक अन्जान गुभाजु,प्रवासी मिलनको सचिव उदय चौधरीले आज पीडितको रुममा पुगी हस्तान्तरण गरेको छ।
१५ जना पीडित मध्ये एक देव लामा अल्सरको विरामी रहेको उनको उपचारको लागि दिदिबहिनी समुह साउदिकि अध्यक्ष तुलसी गुरुङको समन्वयमा उपचार गरेको थियो । पीडितहरुको सहयोगमा साथ दिनु हुने काजी गुरुङ (अध्यक्ष ),रबिन्द्र शाह ,उदय चौधरी र ज्ञानु तमु तथा प्रवासी मिलन एकत समाजका सम्पुर्ण टिम ,पीडित बारे जानकारी दिनु हुने पिटि अनलाईन , दिदीबहिनि समुह साउदीकि अध्यक्ष तुलसी गुरुङ र नेपाली साझा मन्चको सम्पुर्ण टिमलाइ नेपाली साझा मन्च ,राष्ट्रिय समन्वय परिवारले आभार प्रकट गरेको छ ।
९ फेब्रुअरी २०२२, साउदि अरब ! नेपाली राजदूतावास, मलेशियाबाट आज एक कार्यक्रमका बीच विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात भएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आई लामो समयदेखि सामान्य कामदारको रुपमा कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न आउनु भएका सेवाग्राही श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको शुरुवात गरिएको हो । मलेसियामा २ लाख भन्दा वढी नेपालीहरु वैदेशिक रोजगारीमा आवद्ध छन् ।
राहदानी विभागबाट उहाँको राहदानी प्रिन्ट समेत गरेर परीक्षण गरिएको छ। दूतावासले पहिलो दिनमै ३३ जना व्यक्तिहरुको राहदानी नवीकरणको लागि लाइभ इन्रोल्मेण्ट गरेको छ।
राजदूतावासले शुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङ्गको आधारमा सेवा प्रदान गर्ने र सो पश्चात नियमित रुपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ। यस सम्बन्धी सूचनाहरु राजदूतावास तथा राहदानी विभागले वेभसाइट तथा फेसबुक मार्फत जानकारी गराउने छ। विद्युतीय राहदानी शुरुवात कार्यक्रममा नेपालबाट भर्चुअल माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भाग लिनु भएको थियो।
त्यस्तै, उक्त कार्यक्रममा नेपाली राजदूतावास मलेशियाका कार्यवाहक राजदूत मोतिबहादुर श्रीस, राजदूतावासका कर्मचारीहरु, आइडिमिया कम्पनीका कार्यक्रम निर्देशक एल्भिन चाय, मलेसियामा कार्यरत गैर आवासीय नेपाली संघ लगायतका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु र सेवाग्राहीको उपस्थिति थियो।
सो कार्यक्रममा कार्यवाहक राजदूत मोतिबहादुर श्रीसले सेवाग्राहीको चाँपलाई सहजरुपमा व्यवस्थापन हुनेगरी सेवा प्रवाहको स्टेशनहरुको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
राहदानी विभागका महानिर्देशक अर्यालले भर्चुअल माध्यमबाट बोल्दै उपकरणहरु पुग्दासाथ विद्युतीय राहदानी जारी गर्न सफल भएकोमा नेपाली राजदूतावास परिवारलाई धन्यवाद ज्ञापन गर्नु भयो।
अर्यालले मलेशियामा बसोबास गर्ने नेपालीहरुलाई बधाइ दिंदै अब मलेशियाबाट अब विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्रबाचक राहदानी जारी नहुने कुरा बताउनु भयो।
काठमाडौ, । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको २० औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ७२ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको २० औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
तिमीले खायौ हिजोसम्म, आज मेरो पालो, मिलीजुली नै जनतामा, फ्याक्नु पर्छ जालो । ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] पालै पालाे मिलिमिली देश लुट्दै जानुपर्छ, कानुन बनाउने हामी नै हाे कस्ले के गर्छ ?
ताराप्रसाद चापागाईं धुनिबेसी ।
[२] खाने मात्रै कुरा तिम्रा केही त गर्देउ विकास, ऋण थुपार्छौ जनता माथी देउ छिटो निकास।
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती न.पा.-३,काभ्रे
[३] सके जति खानुपर्छ, फुटे भुँडी फुट्छ, सिलाऔँला फुट्यो भने खुटेपछि जुट्छ ।
वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[४] तिमी हामी मिलिजुली नै देश लुट्ने ठाउँ, देश लुटी सकेपछि त हामी अन्तै जाउँ ।
💕बेदु न्यौपाने काठमाडौ💕
[५] पाएसम्म खानुपर्छ है, समय हुँदै आज, भेटेसम्म खाने हामी, हामीलाई के को लाज ।
प्रदीप के रिमाल इटहरी -८ सुनसरी
[६] हाम्रो देश बनिसक्यो लुटी खाने भाँडो, यस्तालाई सबै मिली कटाउ है डाँडो।
ललिता अभागी सुनकोशी५सिन्धुली
[७] हामी नै संसद देशका लुट्ने वरिष्ठ नेता पनि, देश तहसनहस पार्न बाँकी कहाँ राख्छौ अनि।
हरिनारायण चौधरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[८] लुटेको नै होस् आफूसँग पैसा भएकै राम्रो, जे गर्छौ सफल हुन्छ राजनीति पनि हाम्रो।
दस्ता कौशिक पाँचथर।
[९] मिलीजुली यिनीहरू खेलिरहन्छन् सधैं खेल, जनता मिली नधपाउन्जेल गर्छन् जालझेल।
म्यामराज राई हतुवागढी,भोजपुर
[१०] जनता बाठो भए, हटाउन्छन् अब जालो, फेरि गाउँमा गयौ भने घसी दिन्छन् कालो
अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया
[११] हिजोसम्म भनेर कहाँ हुन्छ जतिसक्दो एक्लै हो खाने, आफू खाएर जनतालाई झुटो आश्वासन तिर लाने ।
अनिश बाबू उपाध्याय पाँचथर
[१२] जतिसुकै गरेपनि रोइ कराइ नेताले टेर्दैनन्, जनताको पीडा र छट्पटी मरिकाँटे पनि हेर्दैनन् ।
गोमा गुरागाई इटहरी – २
[१३] ढिला किन नेता साथी आऊ आजै जुटौँ, बाडीचुडी खानुपर्छ देशलाई लुटौँ ।
✍ नवशिला बेलबारी-२,लालभित्ती,मोरङ।
[१४] भोलि यो सत्ता नरहला हसुर्छु भेटेजति, पचाउन नसके घरै डाक्टर कति कति।
अनिल खग्रास फनपा ९ पर्वत
[१५] घरकाे खाई सकियाे अब अरूसँग मागाैँ, बिराेधी जन बढे घेरै घर बेचेरै भागाैँ ।
निरज कोइराला
[१६] रोडबाट करोड भएँ, यस्तै धन्दा गरी, आफूलाई हाइ सुख छ, यो जिन्दगी भरि।
घनश्याम पौडेल सृजना चोक, पोखरा
[१७] नातागोता पैसावाला जाऔँ टिप्दै नाम, सबै खाले पद भरौँ ढुक्क आफ्नो ठाम।
मनोहरी पौडेल गैडाकोट १, नवलपुर
[१८] आलोपालो मिली खाऊ तिम्रै भयो बिर्ता, होस् गर जनताले कुट्दै गर्ने छन् फिर्ता।
लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी शनिश्चरे
[१९] सबै मिलौ खुसी पारौँ जनता हसाउँने, सत्ता छ प्यारो, तिम्रो हाम्रो भाँडो कमाउँने ।
होम प्रसाद धरान,सुनसरी ।
[२०] हिजो अस्ति तिम्रो पालो अब मेरो पालो, सकेजती लुटने हो फ्याकेर भ्रम जालो ।
कमला देवकोटा, पाल्पा
[२१] जहिल्यै तिम्रो मात्रै हालीमुहाली गर्ने देश, अहिले मेरो पालो सपार्नु परेको छ भेश।
भगवती दवाडी ,दमक
[२२] मै खान्छु मै लाउँछु तिमीलाई के को पीर, खान नपाए कहाँ हुन सक्छु र म धीर ।
राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ, हाल- प्रवास
[२३] तिमी कुटे झैँ गर , म रोए झैँ गर्छु, म र तिमी आलोपालो ढुकुटी भर्छु ।
बिके माकजु , भक्तपुर ।
[२४] जब फिजाउँछन् उनले दम्भ स्वार्थको जालो, जुट्नु र उठ्नुपर्छ समाउन अब कठालो ।
प्रेम थापा
[२५] देश खाने धमिरा हो कुटु-कुटु खाऊ, कहाँ कस्ले कति खाने मिली पालो लाऊ ।
रामजी लामिछाने
[२६] जतिसक्दो खानुपर्छ पाए जति सारा, हाम्रा लागि उभिनेछन् तिनै सर्वहारा ।
डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६, दोलखा
[२७] हामी भ्रष्टाचार सधैँ गर्ने, आफ्नो खल्ती मात्र हामी भर्ने ।
साहित्य प्रेमी श्री लिम्बू ( प्रयासी) पाँचथर
[२८] खाइदेऊकाे संस्कार हुर्कियो यो देशमा हलहली, खान नपाउनेको चित्र आउँछ आँखामा झलझली।
७ फेब्रुअरी २०२२, साउदी अरब ! बिगत केहि हप्ता देखी साउदी अरवको जेद्धा स्थित एक कम्पनीको कोठामा बिरामी परि छटपटाइरहेका जाजरकोट घर भएर बिगत २५ महिनाअगाडि न्यु वल्ड ओभर्जिस बाट साउदी आएका आएस रानाको एनआरएनए साउदी अरबको निरन्तर पहल र सहयोगमा आज नेपाल फर्कन सफल रहेका छन् ।
बिरामी रानाको छटपटाइरहेको भिडियो सामाजिक संजालमा यत्र तत्र फैलिए लगत्तै एनआरएनए साउदीका अध्यक्ष डम्बर यादवले नेपाली महाबाणिज्य दूतावास जेद्दामा समन्वय गरि सत्य तथ्य बुझेर उहाँको उपचार तथा खान बस्न सबै कुराको ब्यबस्थापन गरेको र दूतावास तथा सम्बन्धित निकायसितको निरन्तर पहल समन्वयमा आज उहाँ नेपाल फर्कन सफल रहेको एनआरएनए अध्यक्ष यादवले जानकारी गराउनु भयो ।
उक्त कम्पनीले इकमा पनि नदिएको, करार अबधी सकिंदा समेत नेपाल पनि नपठाएकोले अलपत्र अबस्थामा पीडित रहेका ९ जना नेपाली मध्ये ७ जना लमिन लामा, यम ब पुन:मगर, हस्त ब पुन: मगर , जितेन्द्र सिङ्दवा, जीवन जेठ्ठी मगर, सुशील बुढा र धन बहादिर बिश्वकर्मा पहिले नै फर्किसकेका र बाकी बिरामी आएस राना को इक्सिट भिसा लागेर आज स्वदेश फर्किदै गरेको र अर्का मेघ बहादुर कल्लीको इक्जिट लाग्न बाकी रहेको, तर उहाँको पनि केहि दिनमा इक्सिट लाग्ने अध्यक्ष डम्बर यादवले जानकारी गराएका छन् ।
उहाँहरु दुइजना मध्य बिरामी आयस रानाको साउदीमा केस रहेको र अर्का मेघ बहादुर कल्लीको बहिर्गमनका लागि आवाश्यक पेपर तयार नहुदाँ नेपाल फर्किन सकेका थिएनन् । बिरामी आयस रानालाइ इक्स्जिट भिसा लगाउन एनआरएनए साउदीको महाबाणिज्य दूतावास जेद्दासितको निरन्तर समन्वयमा अहिले बहिर्गमन भिसा लागेको, उहाँलाई नेपाल फर्काउन आवस्यक हवाइ टिकट समेत एनआरएनए साउदीले उपलब्ध गराएको अध्यक्ष यादवले जानकारी गराए ।।
उहाँको उद्दार गरि नेपाल फिर्तीका लागि बिशेष सहयोग गर्नुहुने महाबाणिज्य दूतावास जेद्दा स-परिवार बिशेष धन्यवाद तथा आभार प्रकट गर्दै उहाँको सहयोगको लागि पहल गर्नु हुने “साउदी अरबमा हामी नेपाली” भन्ने ग्रुपका एड्मिन हरु चन्द्र चुदाली, रवि साप्कोटा, एनआरएनए निवर्तमान उपाध्यक्ष बिशाल श्रेष्ठ, एनआरएनए आरसिसि अध्यक्ष रमजान दिन मियाँ हरुलाइ पनि अध्यक्ष यादवले आभार प्रकट गरेका छन् ।
२३ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा सोमबारदेखि जोर बिजोर प्रणाली हटेको छ । साथै फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने भएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।
फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिनेछ ।तर १२ वर्ष पुरा नएका विद्यार्थीहरुको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।सबै परीक्षाहरु जेड आकारमा फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ ।यस्तै कोरोनाको रोकथाम, नियन्त्रण, उपचार र आम नागरिकले जनस्वास्थ्यको पूर्ण रुपमा पालना गर्नुपर्ने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य रुपमा खोपकार्ड (मोबाइलमा भए पनि हुने) राख्नु पर्नेछ ।
यस्तै विदेशबाट नेपाल आउँदा वा कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुले नेगेटिभ रिपोर्ट भएतापनि कम्तिमा पाँच दिन अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्नु पर्ने काठमाडौं प्रशासनले जनाएको छ ।
यस्तै सरकारी कार्यालय र व्यवसायिक स्थलहरुमा मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ भने मास्क नलगाइ आएमा व्यवस्थापकले पाँच सय रुपैयाँ लिई मास्क उपलब्ध गराउन सूचनामा उल्लेख गरेको छ । साथै मास्क नलगाउनेलाई कार्यालय वा पसलमा प्रवेश नदिन पनि प्रशासनले आग्रह गरेको छ ।
यस्तै सार्वजनिक तथा निजी सेवा प्रदायकलाई सम्भव भएसम्म विद्युतीय प्रणालीमार्फत सेवा दिन सूचनामा उल्लेख गरिएको छ भने उक्त आदेश पालना अवज्ञा गर्ने वा बाधा पुर्याउने व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही र सजाय हुने प्रशासनले जनाएको छ ।
त्यसैगरी सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट र सबै प्रकारका पसल एक पटकमा २० जनाभन्दा बढी भेला नहुने भनिएको छ भने पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक चौथाईमा बनढ्ने गरी पूर्ण खोप लगाएका २० जना मात्र उपस्थित गराउनसमेत प्रशासनले आग्रह गरेको छ ।
साताका तीन लघुकथाको चौथो शृङ्खलामा निम्न लघुकथाकारहरूका तीन लघुकथाहरू छनोट गरी प्रकाशन गरिएको छ ।
१) लघुकथा : साला झण्डा
✍️ दीपक लोहनी उस्ले आफूलाई ऐनामा हेरी, नदी झैँ एउटा सफेद सिउँदो तालुबाट निधारसम्म बगेको थियो । अनुहारभरी केही किरिङ मिरिङ धर्साहरू थिए । पीडा, रहर र चाहनाहरूको, तर सब अस्पष्ट । उस्ले कोठाभरी हेरी, अभाव भरिपूर्ण थियो । हेरी- भित्तामा । भर्भराउँदो एउटा जवान लोग्नेको तस्बिर, झण्डासहित् भित्तामा झुण्डिएको थियो ।
उसको बोली मौन थियो । टोलाउनु सिवाया कुनै नित्य कर्म थिएन । हेर्नु सिवाय केही थिएन । हेरी पुलुक्क टिभीमा । एउटा राजनेता भनाउँदो कुर्लिरहेको थियो- “हाम्रा सहिद महान छन् । यिनै सहिदहरूका देनबाट नै हामीले यी सम्पूर्ण परिवर्तनहरू पाएका छौँ ।” ऊ जुरुक्क उठी । लोग्नेको तस्बिरसँगै झुण्डिएको झण्डा तानी र धुजा धुजा पारी । बर्षौं देखिको उसको आक्रोश त्यही झण्डामा झुण्डिरहेको थियो । @कुरिलो घर काठमाडौं ।
२) लघुकथा: काग र कोइली
✍️ अनन्त राज उपाध्याय कोइली बैनीले काग दाइले अँध्यारो मुख लाएर बसेको देखेर सोधिन् “ किन काग दाइ ! मुख त निन्याउँरो देख्छु, नि ! “ “कोइली बैनी ! तिम्रो शरीर पनि चिल्लो र चिटिक्क परेको छ, स्वर पनि मीठो र मनमोहक छ । तिमीलाई सबैले मन मराउँछन् । आफुलाई त बोल्यो कि खेद्छन् ।” कागले खिन्न मानेर भन्यो । कोइली बैनीले सान्त्वना दिदै भनिन् “ यो प्रकृतिको संरचना हो । यसमा दु:ख वा हर्ष मान्नुपर्ने कुरै छैन। तपाईँले दाइ ! समाजमा फालिएका फोहोरहरूलाई खाइदिएर समाजलाई रोगमुक्त पार्नु हुन्छ । त्यसैले तिहारमा दाइको पूजा गरिन्छ । आफ्नो त कसैले पूजा गर्दैन।” कागले भन्यो “ सायद मैले फोहोर कुराहरू खाएकोले मेरो स्वर खस्रो र नमीठो हुन गइ मलाई कसैले मन पराउँदैन। तिमी त मीठा – मीठा फलहरू खान्छ्यौ, अनि तिम्रो स्वर सबैले मन पराउँछन् । यहीँ कारणले म नेपाली नेता र कर्मचारीहरूलाई भन्छु नराम्रा कुराहरू; घुस, नजराना, चन्दा, बक्सिस केही नखानू । ती सबै कसैगरी पनि गन्हाउँछन् र तिमीहरूलाई कसैले मन पराउँदैनन् ।” कोइलीले भनिन् “ तर पूजा त हुन्छ नि !” कागले सोध्यो “ के ले ? हातले कि लातले ?” हेटौडा
३) लघुकथा: जाडाका पाहुना
✍️ प्रभादेवी पौडेल नव विवाहित भाउजूलाई देवरले भन्यो – “पर्सि मेरो चितवनको साथीको बिहे हुँदैछ, साच्चि हजुरको माइती कहाँनेर रे भाउजू ?” उनले खुशी हुँदै भनिन् – “हुन्छ जानुहोस् बाबु भेटघाट पनि हुन्छ र हजुर आएको देखेर बाआमा निकै खुशी हुनु हुनेछ, त्यहीँ चौबिस कोठी झरेर पूर्व तर्फको बाटो समाउनु, पाँच मिनेटमै घर आउॅछ, अनि बाबु चोकमा गएर विद्युतमा काम गर्ने महेश्वर भट्टराईको घर भनेपछि जस्तै आँखा नदेख्नेले पनि देखाइदिन्छ।” भाउजूका कुरा सुनेपछि ऊ मख्ख परेर बिहेमा गयो। पुग्ने बित्तिकै बिहे घरमा हाजिर भएर एउटा साथी लिएर भाउजूको माइतीमा गयो। ज्वाई नानी भनेर उनीहरूले निकै सम्मान गरे। खानपिन पछि भाउजूका बाले भन्नुभयो,-” बाबु बेलुका फर्कदा कतिबेला हुन्छ, बिहे घरमा घन्च मन्च सहनु भन्दा सुत्न यतै आउनु नी ।” यो कुरा सुनेर ‘हुन्छ नी बा ! आई हाल्छौ’ भनेर उनीहरू गए । बिहेमा उसका साथीहरू धेरै भेटिए। बेहुली लिएर फर्कदा निकै अबेर भएको थियो । ऊ र उसका साथीहरू दुलही भित्रिन नपाउॅदै दाइको ससुराली तिर लागे। उनीहरू मस्तसँग निदाइ रहेका थिए । दश/दश जना साथी छोरीको देवरले भोकै लिएर आएपछि आमा बिरामी भएपनि टाउकोमा फेटा बाँधेर खाना पकाउन थाल्नु भयो। बाले आफूलाई नभएर पनि ओढ्ने ओछ्याउँने ब्यवस्था गर्नुभयो। रातभरी उनीहरू गुनगुन, गफ गर्ने हाॅस्ने गरेर घरका कोही सुत्न पाएनन्। भोलिपल्ट भोज सकेर ऊ घर गयो र आमालाई भन्यो,-“आमा भाउजूका माइती त त्यति हुनेखाने त लागेन।” “कोको गएका थियौ र बाबु?” “हामी दश जना थियौ आमा।” उसले कुरा सक्न नपाउॅदै सबै सुनिरहेकी हजुरआमाले जर्कदै भन्नुभयो,- “बाबु उनीहरूको दोष होइन तैँ बेवकुफ होस्। बिहेमा गएको मान्छे त्यत्रा साथी बटुलेर भोकै आधा रातमा जानु हुन्छ? अनि जाडोको महिना घरकालाई बाहेक फाल्तु दश दश जोर ओढ्ने ओछ्याउँने कसका घरमा हुन्छ? आफ्नै घरमा पनि बिचार गर ? तँ त छोरो मान्छे, भान्छा उम्किए पछि पाहुना आउॅदा कति तनाव हुन्छ भन्ने कुरा त हामी छोरी मान्छेलाई मात्रै थाहा हुन्छ। त्यसैले बुद्धि भएको मान्छे कसैको घर पाहुना हुन जाँदा यी कुरा बिचार गरेर मात्र जानुपर्छ बाबु।” भरतपुर
काठमाडौ, माघ । साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३८औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर
तस्बिरमा उदक अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
[१] पशुपंक्षी हाम्रा गुरुहरू मायालु शान्त व्यवहार !
गुणनिधि घिमिरे पाँचथर मोरङ हाल
[२] जोडी वन चरीका माया अनेक थरिका !
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती न.पा.-३,काभ्रे
[३] जीवन जिउने जोडी कस्तो राम्रो परेवाको !
उमेश बजगाई कैलाली
[४] आहा जोडी ढुकुर सुन्दर प्रेमको प्रतीक !
वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[५] सुन्दर जोडी ढुकुर माया पिरती उधुम !
अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया
[६] उभयचर अतृप्त प्रेम उत्तम मानवेतर सन्देश !
कण्ठराज गिरी
[७] हागाँमा जाेडी ढुक्कुर प्रेमकाे सन्देश प्रवाह !