बिना सूचना हिमालयन एयरलाइन्सद्वारा उडान रद्ध, कैयौं नेपाली रियादमा अलपत्र,

  • २८ माघ २०७८, शुक्रबार ०३:०७ मा प्रकाशित
  • ११ फेब्रुअरी २०२२, साउदी अरब ! नेपाल-साउदी सिधा उडान भर्दै आएको हिमालय एयरलाइन्सले कुनैपनी अग्रिम सूचना बिना गत ९ फेब्रुअरी बुधबारका दिन उडान रद्द गर्दा कैयौं नेपाली यात्रुहरु अलपत्र परेका छन् ।
    ९ फेब्रुअरी बुधबार २:१० को रियाद बाट उडान हुनु पर्ने फ्लाइट उडान हुनु पहिले सूचना जारी नगर्दा हिमालयन एयरलाइन्स बाट आफ्नो स्वदेश फर्किदैं गरेका, साउदिका विभिन्न ठाउँबाट आएका नेपालीहरु एयरपोर्टमा अलपत्र परेका थिए ।


    केहि यात्रुहरु सोही स्थानका रहेका र आफ्नो बासस्थान तर्फ फर्के पनि 50-60% यात्रु भने टाढा-टाढा बाट आएका, कोइ इकमा इक्स्पायर भइ तथा हुरुब लागेर इक्स्जिट लागि जान लागेका नेपालीहरु आफ्नो फर्किने ठाउँ नहुदाँ उहाँहरुलाइ भने शुक्रबार बिहान सम्मका लागि एयरलाइन्सले होटलमा राखेको तर खान र पानी बिहिवार बिहान सम्म मात्रै दिएको एक पीडितले बताएका छन् ।

    पीडित नेपालीहरु मध्ये कतिपय हुरुब लागेर जान लागेका र खान, बस्न, पानी पिउन समेत पैसा नरहेको, एयरलाइन्सले टिकटको मात्रै पैसा फिर्ता गरेको, पिसिआर गरेको पैसा फिर्ता नदिएको, तथा एयरलाइन्सका एक प्रतिनिधिले तपाईं हरुको उडान हुँदैन भन्दै बृस्तित सहयोगको कुरा नगरी सम्पर्क बिहिन भएको कुरा जनाउदैँ उद्दारका लागि साउदीको नेपाली दूतावास तथा अन्य संघसंस्थाहरु सित पीडितहरुले अनुरोध गरेका छन् ।

    “मुति सक्यो दैलो देख्यो” भने जस्तो ९ फेब्रुअरी बुधबार नेपालीहरु अलपत्र परे पछि १० फेब्रुअरी बिहिवार हिमालय एयरलाइन्सले एक सूचना जारी गर्दै `अपरिहार्य परिस्थितिका कारण अर्को सूचना प्रकाशित नहुँदासम्म हामी काठमाडौं-दमाम-काठमाडौं र काठमाडौं-रियाद-काठमाडौं क्षेत्रहरूका लागि कुनै पनि यात्रुवाहक उडानहरू सञ्चालन गर्न असमर्थ रहेको र ओहोरदोहोर उडान स्थगित गरिएको कुरा जनाएको छ ।

    उक्त सूचनामा `यस क्षेत्रहरूका लागि हाम्रा उडानहरू अवस्था सामान्य भएपछि सञ्चालनमा आउने कुराको सुनिश्चितता पनि यसै सूचनाद्वारा गराउँदछौं, टिकट पूर्ण रिफन्ड र नि:शुल्क रिसेड्युल सुविधाको लागि तपाईंको सम्बन्धित ट्राभल एजेन्सी वा हाम्रो विक्री कार्यालयमा सम्पर्क राख्नु हुन विनम्र अनुरोध समेत गर्दछौँ । हाम्रा यात्रुहरूमा पर्न गएको असुविधाको लागि हामी क्षमा प्रार्थी छौं ´उक्त सूचनामा उल्लेख गरिएको छ ।

    पीडित नेपालीहरुको उडान हुनेबेला सम्म निशुल्क खान बस्न, निशुल्क अर्को एयर टिकट दिन र पिसिआर गरेको पैसा समेत दिन हिमालय एअरलाइन्स लाई ध्यानाकर्षण गराउदछौं।

    Leave a Reply