• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

अमेरिकाको न्यूयोर्क सहरमा नेपाली समुदायले आफ्नै बैंक संचालनमा

  • १७ कार्तिक २०७६, आईतवार ०६:०८ मा प्रकाशित
  • अमेरिका : अमेरिकाको न्यूयोर्क सहरमा नेपाली समुदायले आफ्नै बैंक संचालनमा ल्याएका छन्। न्यूयोर्कमा नेपालीले अक्टोबर महिनाको पहिलो साताबाट एभरेष्ट फेडरल क्रेडिट युनियन बैंक संचालनमा ल्याएका हुन्।

    करिब दुई सय शेयर सदस्य रहेको एभरेष्ट युनियन बैंकले अघिल्लो वर्षको मार्च महिनामा संघीय सरकारबाट अमेरिकाका सबै राज्यमा कारोबार गर्ने मान्यता पाएको थियो। 

    बैंक संचालनमा आएपछि यहाँ रहेका नेपालीलाई उद्यमशील बनाउन सहयोगी हुने अपेक्षा गरिएको छ। अमेरिकामा शाखाखोल्ने लक्ष्य सहितक्रेडिट समिति, सुपरीवेक्षण समितिलगायत विभिन्न उपसमितिसमेत बनाएर काम गरिरहेका छौं, कार्य समितिका सचिव अन्जन श्रेष्ठले भने, ‘यस बैंकको मुख्यलक्ष्य नेपालीलाई नै धनी बनाउनु हो।’ 

    बैंकका प्रमुख कार्यकारी अधिकृत तथा संचालक समिति कोषाध्यक्ष विराज रिजालले अमेरिकामा रहेका सबै नेपालीलाई शेयर किनेर बैंक धनी बन्न सुझाएका छन्। यो बैंकको शेयर किन्नु भनेको यस बैंकको धनी बन्नु हो, अनि डिभिडेन्टका लागि भागिदार हुनु हो। प्रमुख कार्यकारी अधिकृत रिजालले बैंकले अहिले १० हजार डलर बराबर व्यक्तिगत ऋण उपलब्ध गराई रहेको जानकारी समेत दिएका छन्।

    यस बैंकमा खाता हुने सदस्यले मात्रै कर्जा र अन्य कारोबार गर्न पाउनेछन्। अहिले करिव दुई सय सदस्यबाट तीन हजार डलरका दरले शेयर उठाइएको छ। बैंकले नेपाली समुदायबाट एक सय मिलियन डलर जम्मागर्ने र सोही अनुसारको कारोबार गर्ने लक्ष्य लिएको छ। अहिले प्रति शेयर २५ डलरका दरले बिक्री भइसकेको छ। 

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, कला /जीवनशैली, खेल, बिज्ञान/प्रविधि, राजनीति, विचार, समाज, साहित्यLeave a Comment on अमेरिकाको न्यूयोर्क सहरमा नेपाली समुदायले आफ्नै बैंक संचालनमा

    Posts navigation

    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P