काठमाडौँ- पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको अल नासर क्लब जाने सम्झौता गरेसँगै उनको जर्सी खरिद गर्न समर्थकको भिड लागेको छ ।
रोनाल्डोले अल नासरसँग साढे दुई वर्षको सम्झौता गरेपछि उनले लगाउने ७ नम्बरको अल नासर क्लबको जर्सी खरिदका लागि समर्थकको भिड लागेको द नेशनल न्यूजले जनाएको छ ।
अल नासरले कीर्तिमानी मूल्यमा रोनाल्डोलाई क्लबमा भित्र्याएको हो । रोनाल्डो आउने भएपछि अल नासरको सामाजिक सञ्जालमा ‘फलोअर्स’ पनि ह्वातै बढेको छ । त्यससँगै उनले लगाउने जर्सीको माग पनि ह्वात्तै बढेको हो ।
अल नासरले यसै हप्ता रोनाल्डोलाई समर्थकमा सार्वजनिक गर्ने भएको छ । अल नासरले रोनाल्डोलाई २०२५ को जुनसम्म वार्षिक २०० मिलियन डलर दिने गरी भित्र्याएको हो ।
रोनाल्डोले क्लब स्तरमा ७ सय तथा देशका लागि १ सय १८ गोल गरेका छन् ।
साउदी अरबमा एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । पर्देश नम्बर एक धनकुटा ७ घरभई हाल धरानमा बस्दै आएका मुकेश राई करिब १० बर्ष देखि साउदी अरबको पूर्वी प्रान्त खोबर-दहरान अवस्थित एउटा प्रतिष्ठित सुपरमार्केटमा काम गर्दै आएका थिए !
उमेरले ४० पुगेका मुकेशको गत सनिबार (डिसेम्बर १७ तारिख) मध्यान्ह करिब १२:४० हृदयघातका कारण अस्पताल पुग्न नपाउँदै बाटोमै मृत्यु भएको थियो।
हामि बिहान ७बजे कार्यस्थलम पुग्यौं, करिब चार घन्टा पष्चात मुकेशले मुटु दुख्नथालेको भन्दै आफ्नो कम्पनीमा आएका अल्मराईका बजार प्रतिनिधि श्रीलंकन् नागरिक लाई आफुलाई अस्पतालसम्म पुर्याईदिन आग्रह गरे तर १० मिनेट को दुरीमा रहेको अश्पताल पुग्ननपाउदै उनको बाटोमै मृत्यु भएको उनकै कम्पनी कार्यरत मेखबहादुर मैनालीले बताए ।
साउदी अरबको एउटा प्रतिष्ठित सुपर मार्केटमा काम गर्दै आएका राईको शवलाई छिटो भन्दा छिटो नेपाल पठाउने कामले तिब्रता पाएको र अबको केही दिनमा शव नेपाल पुग्ने बताइएको छ ।
जापानको टोकियोमा एक नेपालीको मृत्यु भएको छ । सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आउनु भएका भोजपुरका ४२ वर्षीय राम प्रसाद राईकाे गए राति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
१३ वर्ष देखि जापानमा श्रीमतीसहित बस्दै आउनु भएका राई गए राति ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिनु भएकाे थियाे । शनिवार राति ११ बजे श्रीमती कामबाट फर्कँदा राई मृत अवस्थामा भेटिएको र तुरुन्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ ।
राईको मृत्युको कारण पोस्टमार्टम पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।
साउदीमा हुरुब लागेकाहरूले एक्जिट भिसा लागेको दुई हप्ता भित्र साउदी छाड्नु पर्ने नयाँ नियम लागू भएको छ ।
साउदीमा रहेको नेपाली दूतावासका अनुसार साउदी जवाजतको नयाँ नियम अनुसार हरुब लागेका व्यक्तिहरूले एक्जिट भिसा प्राप्त गरेको दुई हप्ता भित्रै साउदी छाड्नु पर्ने भएको हो ।
एक्जिट भिसाको प्रक्रिया दूतावासले निःशुल्क रूपमा गरिरहेको छ । तर दूतावासले प्रक्रिया गरेर एक्जिट भिसा प्राप्त भइसकेपछि भने नेपाल फर्किने हवाई टिकटको व्यवस्था व्यक्ति आफैँले गर्न पर्छ ।
एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आएको छ भने घर फर्किने बेलामा त्यही म्यासेज विमानस्थलमा देखाउँदा हुन्छ । तर मोबाइलमा म्यासेज आएको छैन र दूतावासले सूचीमा आफ्नो नाम निकालेको छ भने दूतावासमै गएर एक्जिट भिसाको कागजात लिन पर्छ ।
इकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेका वा साउदी पुगेको ३ महिनाभन्दा बढी समयसम्म पनि इकामा नबनाइदिएका वा हुरुब लागेका व्यक्तिको मात्र दूतावासले एक्जिट भिसाको प्रक्रिया गरिदिन्छ । इकामाको म्याद भएकाहरूको एक्जिट भिसाको प्रक्रिया दूतावासबाट गर्न नमिल्ने दूतावासले जनाएको छ । त्यसै गरी साउदीमा कुनै मुद्दा, जरिवाना छ भने त्यो क्लियर नहुँदासम्म एक्जिट भिसा लाग्दैन ।
अमेरिकाको मेरिल्याण्ड राज्यस्थीत रकभीलमा एक नेपाली युवाको आफ्नै घरमा सुतेको अवस्थामा निधन भएको छ ।
नेपालको उदयपूर जिल्लाको गाईघाट साउने घर भएका ३७ बर्षका भूपाल कुमार मगरको मंगलबार विहान निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।
“सोमबार बेलुका भूपाल भर्जिनियाका आफन्तको घरमा भएको पूजामा गएका थिए ।” भूपालका फुपाजु उद्धव खपागींले भने ।
भूपालले त्यहां आफ्नो दुई महिनाको छोराको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै काखमा लिएर पूजास्थललाई तीन फन्को घुमेको पनि फुपाजु खपागींले सम्झिए ।
भूपाल घरमा आएर पनि खाना खाएर सुतेका थिए ।
“राती साढे २ बजेतीर छोरा रोयो । सधैं उहां उठेर फुल्याउनु हुन्थ्यो तर उठ्नु भएन । म उठ्दा उहांलाई श्वासप्रश्वासमा समस्या भएको देखें । छटपटाईरहनु भएको थियो । के भयो भन्दै झकझक्याएं । उहांलाई धेरैपटक बोलाउने कोशिस गरें । उहांले नबोलेपछि ईमरजन्सीमा कल गरें ।” श्रीमती पारु थापाले भनिन, “रेस्क्यु टिमले बेड मै आएर केही प्रयास गर्यो तर केही पार लागेन, ३ बजेतीर ‘डेथ डिक्लियर’ गरिदियो ।
भूपालको शबलाई अहिले बाल्टिमोर मेडिकल सेन्टरमा पोष्टमार्टमका लागि राखिएको उद्धवले जानकारी दिए । हिजो धेरै ‘डेड बडी’ को पोष्टमार्टम गर्नु पर्ने भएकोले पालो आएन । आज पोष्टमार्टम हुन्छ । अनि अन्तिम संस्कारका बारेमा निर्णय गर्छौं ।” उद्धवले भने ।
भूपाल सन् २०१४ मा डिभी लटरी परेर अमेरिका आएका थिए । सन् २०१८ मा नेपाल गएर उदयपुर बांसबोटेकी पार्बती थापा ‘पारू’ संग विवाह गरेर फर्किएका थिए ।
भूपालकी श्रीमती अमेरिका आएको एक बर्ष मात्र भएको छ । उनीहरुबाट जन्मिएको छोरा अहिले दुई महिनाका छन् ।
घट्नाका बारेमा बुझ्न नेप्लिज डायस्पोराका समाचार संकलकले उद्धवसंग कुरा गर्दा श्रीमान गुमाएकी पार्बती पनि संगै थिईन । उनले फोनमा समाचार संकलकलाई भनिन्- “तपाईको समाचारमा हामी तीनजनाको अन्तिम तस्वीर पनि संगै राखिदिनु होला । मैले ठूलो भएपछि छोरालाई उस्को बाबुको बारेमा त्यो समाचार देखाउने छु ।”
भूपालको निधनको खबर नेपाल आफन्तलाई पनि पठाईसकिएको जानकारी प्राप्त भएको छ ।
भूपालको श्रीमती र छोरालाई यहांका उनका साथीभाईहरुले सहयोग गरिरहेका छन् ।
भूपाल केही समयदेखि डब्लुएफजी नामक कम्पनीसंग पनि आबद्ध थिए । पारिवारको आर्थिक सुरक्षाको बारेमा ख्याल गर्नुपर्छ भनेर चेतना जगाउने सहयोग गर्ने गर्थे ।
“उनले यो संसार छाडेर जादै गर्दा परिवार र समाजलाई आर्थिक भार भने थोपरेका छैनन । उनले फेमिली प्रोटेक्सन वापत १.२ मिलियनको ईन्सुरेन्स खरीद गरेर बसेका थिए ।” डब्लुएफजीका सिनियर मार्केटिगं डाईरेक्टर समेत रहेका उद्धव खपांगीले भने ।
उनले थपे, “भूपाल अति नै रमाईलो र असल मान्छे थिए । उनले धेरै छिटो यो संसार छाडेर गएकोमा हामी दु:खी छौं । उनको अभाव परिवारमा सधै खड्किईरहनेछ तर, उनले परिवारको जिम्मेवारी चटक्क छाडेर गएनन् । जादाजादै एउटा लिगेसी भने छोडेर गएका छन् ।”
मलेसियाको सेरेम्बानमा रहेको एक रेष्टुरेन्टमा दुई नेपाली सुरक्षगार्डको हत्या भएको छ । डिसेम्बर ३ तारिख अर्थात शनिबार दिउँसो मलेसियाको राजधानी क्लालालम्पुरबाट करिब ६५ किलोमिटर दक्षिणमा पर्ने सेरेम्बानमा रहेको एक रेष्टुरेन्ट परिसरमा हथौडाले हानेर उनीहरुको हत्या गरिएको अवस्थामा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मलेसियाको सरकारी सञ्चारमाध्यम बेर्नामाले उल्लेख गरेकोे छ ।
मृतक सुरक्षागार्डहरुको अनुहारमा धेरै वटा चोट लागेको बताइएको छ । रगत जमेका कारण अनुहारमा लागेका चोट कालो भएको प्रहरीले बताएको छ । सेरेम्बान प्रहरीका सहायक कमाण्डर नन्द मारोफले घटनाका बारेमा स्थानीय बासिन्दाबाट शनिबार साँझ पौने सात बजेतिर सूचना पाए लगत्तै घटनास्थलमा पुग्दा दुई जना मृत र एक जना जीवित गरी तीन जना नेपाली फेला परेको बताएका छन् ।
मृतकहरुको नाम र नेपालमा उनीहरुको ठेगाना खुलाइएको छैन । तर उनीहरु मलेसियामा सुरक्षागार्डको रुपमा काम गर्नेहरु भएको सुनिश्चित गरिएको प्रहरीले बताएको छ । मृतकहरुको उमेर ३५ वर्ष र ४६ वर्ष रहेको पनि अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ ।
मृतकहरुको शव एकअर्काबाट टाढै र फरक–फरक स्थानमा पाइएको भन्दै प्रहरीले फरेन्सिक जाँचपछि हत्याको उद्देश्य र अन्य विषय पत्ता लाग्ने बताएको छ । मलेसियाको प्रहरीले आक्रमणमा हथौडा प्रयोग भएको र उक्त हथौडा बरामद गरेको बताएको छ ।
मारोफका अनुसार जीवित फेला परेका नेपालीलाई नियन्त्रणमा राखिएको छ । घटनाको मलेसियाको दण्डसंहिताको धारा ३०२ अन्तर्गत अनुसन्धान भइरहेको छ । रेष्टुरेन्ट नजिकै रहेको सिसिटिभी भिडियो फुटेजबाट घटनाको कारण र पक्राउ परेका नेपालीको संलग्नता रहे/नरहेको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।
सयुक्त अरब इमिरेट्समा घर ठेगना खुल्न नसकेको एक महिलाको निधन भएको र उनको पार्थिव शरीर युएइको अस्पतालमा अलपत्र अबस्थामा रहेको बताईएको छ।
फेशबुक मार्फत तिलक पुन द्वारा गराईएको जानकारी अनुसार उक्त महिलाको नाम मिना पान्डे तथा राहदानी नम्बर ५१२८२७ रहेको बताएका छन्।
मुत्युको कारणभने प्रष्ट रुपमा जानकारीमा नआएको उक्त महिलाका आफ्ना आफन्तलाई सम्पर्कमा आउन आह्वान गरिएको छ।
कोही कसैले महिलाको आफन्त बारे जानकारी भए झापाली समाज युएईका अध्यक्ष अमर राई तथा महासचिव डिएस नेपाल वा सचिव लोकेश कोइरालाको मोबाइल नम्बर मा फोन गरी जानकारी गराउन सक्नुहुनेछ भनी उल्लेख गरिएको छ।
झापाली समाज यु ए इ महासचिव= Ds नेपाल +971552806223 अध्यक्ष =अमर राई +971 52 866 9978 सचिब=लोकेश कोइराला+971 55 583 1388
रियाद – रियादको वादी दवासिर क्षेत्रमा शुक्रबार भएको एउटा भयानक दुर्घटनामा एकै परिवारका सात सदस्य र एक फिलिपिनो कामदारसहित आठ साउदी नागरिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दुर्घटना पष्ताच एउटा गाडीमा आगो लागेको र यात्रुहरुको जलेर मृत्यु भएको छ । उक्त गाडीमा एकै परिवारका आठ सदस्य र घरेलु कामदार सवार थिए । अल-रेन – वादी अल-दवासिर रोडमा अर्को गाडीसँग ठोक्किँदा गाडीमा आगलागी भएको थियो।
साउदी गजेटका अनुसार मृतक परिवारमा बुवा, आमा र पाँच छोराछोरी रहेका छन् भने उनिहरु आभाबाट रियादको यात्रामा थिए । १३ वर्षीया बालिका उक्त परिवारको एक्ली बाँचेकी सदस्य थिइन्। जीएमसीमा परिवारका अन्य सदस्यसँगै यात्रा गरिरहेकी ति बालिका दुर्घटनाबाट चमत्कारी रूपमा जोगिएकी छन् । घाइतेहरूलाई वादी अल-दवासिर जनरल अस्पताल र रानिया जनरल अस्पतालमा भर्ना गरिएको छ।
बैदेशिक रोजगारीको शिलशिलामा कुवेत आएकी कल्पना राईको मृत्यु भएको छ खोटाङ् जिल्ला आइसेलुखाराक ५ फुर्सेकी कल्पना राईले नोभेम्बर १६ तारिख आत्महत्या गरेको बुझिएको छ । घरेलु कामदारको रुपमा कार्यरत पासपोर्ट नम्बर १०६८४८०५ रहेकी मृतक राईको परिवारलाई सम्पर्कमा आउँन नेपाली दुताबास कुवेतका दुर्तीय सचिब श्रीकृष्ण सिलवालले आग्रह गर्नु भएको छ।
केकारणले उनले आत्महात्या गरिन भन्ने बारेमा खुल्न सकेको छैन । मृतकको परिवार सम्पर्कमा आए पश्चात मृतक राईको सब नेपाल पठाउने प्रक्रिया अघि बढ्ने हुदा यदि कुवेतमा कार्यरत खोटाङ्ग जिल्लाबासी कसैलाई मृतक राईको बारेमा जानकारी र परिवारसँग चिनजान भएमा नेपाली दुतावास कुवेतमा सम्पर्क गराईदिनु हुन् समेत नेपाली दुतावासले अनुरोध गरेको छ ।
अवैधरूपमा अमेरिका छिर्ने भन्दै संगठित मानव तस्करको भर परेर हिँडेका नेपालीहरूको मृत्यु शृंखला काठमाडौँ — २०७८ असारको पहिलो साता अवैधरूपमा कोलम्बियाबाट ब्राजिल छिर्ने क्रममा भएको डुंगा दुर्घटनामा सात नेपालीको मृत्यु भएको घटना बिर्सिन नपाउँदै सोही क्षेत्रमा उस्तै प्रकृतिको घटना भएको छ ।
डुंगा दुर्घटना हुँदा केही नेपालीको मृत्यु भएको अपुष्ट खबर सार्वजनिक भएको हो । क्यारेबियन सागरमा हराए ७ नेपाली प्राप्त विवरणहरूअनुसार गत आइतबार भएको दुर्घटनामा ३ नेपाली, २ बंगालादेशी र १ भारतीयको मृत्यु भएको छ ।
दुर्घटनाबारे नेपाल सरकारको आधिकारिक निकाय भने बेखबर देखिएको छ । कान्तिपुरको सम्पर्कमा आएका स्रोतहरूका अनुसार दुर्घटनामा रुकुम पश्चिमका २ र प्यूठानका एक जना परेका छन् । कोलम्बियाबाट अवैध रूपमा ब्राजिल छिर्न भन्दै उक्त डुंगामा एक दर्जनभन्दा धेरै
उक्त दुर्घटनामा परी रुकुम पश्चिमको बाँफिकोट–७ का २५ वर्षीय प्रदीप खत्री, मुसीकोट–५ का अन्दाजी ४० वर्षका रमेश गौतम र प्यूठानका काले गिरी बेपत्ता भएका छन् । रमेशकी पत्नी लीला बोहराले कान्तिपुरसँगको कुराकानीमा श्रीमान्सँगै डुंगामा सवार एक जनाले डुंगा दुर्घटना भएको खबर भ्वाइस म्यासेजमार्फत पठाइदिएको र श्रीमान्को अवस्थाबारे आफूहरू जानकार नरहेको बताइन् । उनका श्रीमान् गत वैशाख ९ मा अवैध रूपमा अमेरिका छिर्ने भन्दै घरबाट हिँडेका थिए । रमेशको परिवारका एक सदस्यले उनले कोलम्बियासम्म पुग्ने क्रममा मात्रै अनुमानित ३६ लाख खर्चिसकेको बताए । ती सदस्यले भने, ‘परिवारको एजेन्टसँग कुराकानी भइरहेको देखिन्छ । तर दुर्घटनामा रमेश मरे वा बाँचेको यकिन खबर एजेन्टले सुनाइरहेका छैनन् ।’
डुंगा दुर्घटनामा परेका प्रदीप खत्रीका भाइ सुदर्शन खत्रीले दुर्घटित डुंगामा सवार अन्य नेपालीबाट आफूहरुले घटनाबारे थाह पाएको बताए । उनले डुंगा मध्यरातमा दुर्घटना भएको, घटनापछि ३ जना बेपत्ता भएको र त्यसमध्ये दाइ पनि परेको सूचना पाएको बताए । सुदर्शनका अनुसार गत वर्षको असोजतिरै दाइ अवैधरुपमा संगठित मानव तस्करको सहयोगमा अमेरिका जान भनेर हिँडेका थिए ।
कान्तिपुरको सम्पर्कमा आएका प्रदीपका एक नातेदारका अनुसार उक्त डुंगामा २५ जना सवार रहेको र तीमध्ये आधाभन्दा धेरै रुकुम पश्चिम, प्युठान र बर्दियाका भएको दाबी सुनाए । उनले बाँफिकोटकै टिकाराम पुन: पनि उक्त दुर्घटनामा परेको तर सेनाले समयमै उद्धार गरेकाले केही नभएको सुनाए । स्रोतका अनुसार अमेरिका जान भनेर हिडेको धेरैजसोले नेपालमै रहेको एजेन्टलाई किस्ता किस्तामा रकम बुझाएको र धेरैजसोले २० देखि २५ लाख खर्चिसकेको देखिन्छ ।
२०७८ असारमा अवैध रूपमा अमेरिका छिर्ने यात्रामा कोलम्बिया हुँदै अगाडि बढ्ने क्रममा भएको दुर्घटनामा मृत्यु भएकाहरूको परिवारले संगठित मानव तस्करका एजेन्ट भन्दै टोपबहादुर जीसीविरुद्ध प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी गरेका थिए ।
कसले पुर्यायो नेपाली युवालाई कोलम्बिया ? ब्युरोले २०७६ जेठ २७ मा पनि मानव बेचबिखन तथा ओसारपसार र संगठित अपराधमा मुद्दा चलाएपछि जीसी पक्राउ परेका थिए । २०७६ असार ५ मा काठमाडौं जिल्ला अदालतबाट १५ लाख रुपैयाँ धरौटीमा छुटेपछि जीसी पुन: मानव बेचबिखनमा सक्रिय भएका थिए । ब्युरो स्रोतका अनुसार दोस्रो घटनामा पनि अनुसन्धानमा तानिएका जीसी महिनौं विदेशमा फरार रहेपछि प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) को सहायतामा पक्राउ गर्ने प्रयास गरेको थियो । उनले दुई महिनाअघि नेपाल आएर आत्मसमर्पण गरेका थिए । जीसी अहिले केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले पनि पानामाको पछिल्लो दुर्घटनाबारे केही सूचनाहरू पाएको देखिन्छ । तर पीडित परिवारका सदस्यहरू प्रहरीमा नआएकाले थप अनुसन्धान नबढाएको देखिन्छ ।