• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

विदेशमा अलपत्र परे, स्वास्थ्य समस्या भए के गर्ने ?

  • ६ कार्तिक २०७९, आईतवार ०७:५० मा प्रकाशित
  • काठमाडौं । आप्रवासी श्रमिकहरुको लागि वैदेशिक रोजगार विभागले प्रदान गर्ने सेवा सम्बन्धि जानकारी मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को आयोजनामा भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    शुक्रबार सम्पन्न उक्त घकार्यक्रममा वैदेशिक रोजगार विभागले श्रमिकलाई प्रदान गर्ने सेवाहरु र विदेशमा विभिन्न किसिमका समस्या परे के गर्ने?, भन्ने विषयमा व‌ैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवारले परामर्श प्रदान गरेका थिए ।

    विदेशमा अलपत्र परेमा, विभिन्न स्वास्थ्य समस्यामा परेमा, करार दायित्व पुरा नगरेको अवस्थामा, कानुनी प्रतिरक्षाको सन्दर्भमा विभागले सहयोग गर्दै आएको निर्देशक सुनुवारले जानकारी दिए । धेरै जस्तो समस्या यी माथि उल्लेखित समस्याहरु भएकोले समयमा पीडितले उजुरी नगर्दा र विभिन्न कानुनी प्रक्रियाले गर्दा पीडितले छरितो सेवा नपाएको सत्यभएपनि यसको सुधारको लागि सबैले पहल थाल्नुपर्ने उनले बताए ।

    विदेशमा अलपत्र परेमा, विभिन्न स्वास्थ्य समस्यामा परेमा, करार दायित्व पुरा नगरेको अवस्थामा, कानुनी प्रतिरक्षाको सन्दर्भमा विद्युतीयमाध्यमबाट पनि उजुरी गर्न सकिने हुनाले सहज भएको निर्देशक सुनुवारले बताए । उजुरी दिदा विदेश स्थित नेपाली नियोग, विभागको कार्यालय, परराष्ट्रमन्त्रालय, प्रशासन लगायतका सरकारका सम्बन्धित निकायमा उजुरी गर्न सकिने उनले बताए । साथै वैदेशिक रोजगारीका क्रममा यस्ता समस्या परेकाको उद्धार पनि तुरुन्तै हुने निर्देशक सुनुवारले बताए ।

    हाल नेपालमा ८ सयभन्दा बढी म्यानपावर कम्पनीले ईजाजत् लिएर विदेशमा श्रमिक पठाउदै आएकोले ईजाजत प्राप्त संस्थाबाट मात्रै विदेश जानपर्ने निर्देशक सुनुवारले आग्रह गरे । कामदारको माग प्रमाणीकरण अनुसार विभागले पूर्व श्रमस्वीकृती, कामदार छनोट लागि अनुमति, अन्तिम श्रम स्वीकृति, ईजाजतपत्र लगायतका सेवाहरु विभागले प्रदान गर्दै र नियमन गर्दै आएकोले आप्रवासी श्रमिकहरु पीडित नहोउन भन्ने तिर विभाग सजग रहदै आएको निर्देशक सुनुवारले बताए ।

    कार्यक्रममा मलेसिया तथा खाडी र अन्य मुलुकमा कार्यरत श्रमिकहरु, विभिन्न मुलकमा रहेका आप्रवासीसम्बन्धि काम गर्ने संस्थाका प्रतिनिधिहरु, पीएनसीसीका स्वयंसेवकहरु लगायतको उपस्थिति रहेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on विदेशमा अलपत्र परे, स्वास्थ्य समस्या भए के गर्ने ?

    पीएनसीसी द्वारा बैदेशिक रोजगार बिभाग द्वारा प्रदान गर्ने सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै

  • ३ कार्तिक २०७९, बिहीबार २०:०३ मा प्रकाशित
  • काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्वारा आगामी कात्तिक ४ गते अथार्त अक्टोबर २१ मा प्रवासी श्रमिकहरुका लागि बैदेशिक रोजगार बिभाग द्वारा प्रदान गर्ने सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।

    प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी बैदेशिक रोजगार बिभाग द्वारा प्रदान गर्ने सेवा सम्बन्धी जानकारी दिने उद्देश्यले बैदेशिक रोजगार बिभागका महानिर्देशक डम्बर बहादुर सुनुवार मुख्य अतिथी तथा परामर्शदाताका रुपमा उपस्थित भई भर्चुअल माध्यमबाट
    कार्यक्रममा परामर्श तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको पीनसीसीका आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका वा जाने तयारीमा रहेका नेपालीहरुले रोजगार बिभाग द्वारा उपलब्ध गराइने सेवा सुविधाको बारेमा आवश्यक प्रक्रिया बारे जानकारी दिईनेछ ।

    कार्यक्रममा सहभागी हुनको लागी जुम आईडी 2897414063 र पासवर्ड pncc प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ। कार्यक्रम नेपाली समयाअनुसार बेलुका ८ बजे सञ्चालन हुनेछ । कार्यक्रमलाई पिएनसीसीको आधिकारिक फेसबुक पेज, हिमालयन दृष्टि र हिमालटाईम्स डटकमको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिने भएको छ।

    कार्यक्रम मितिः २०७९ कार्तिक ४ गते (शुक्रवार)/ अक्टोबर २१, २०२२
    समयः नेपालबाट सांझको ठिक ८:०० बजे
    मलेसिया: १०:१५ बजे, युएई : १८:१५ बजे, साउदी : १७:१५ बजे, कतारः १७:१५ बजे

    zoom ID – 2897414063/
    Passcode – pncc

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on पीएनसीसी द्वारा बैदेशिक रोजगार बिभाग द्वारा प्रदान गर्ने सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै

    साउदी अरबमा ‘ट्वीट’ गरेको आरोपमा अमेरिकी नागरिकलाई १६ वर्षको जेल सजाय

  • २ कार्तिक २०७९, बुधबार १०:१० मा प्रकाशित
  • साउदी अरेबियाको एक अदालतले अमेरिकी नागरिक साद इब्राहिम अल मादीलाई ट्वीट गरेको आरोपमा १६ वर्षको जेल सजाय सुनाएको छ।

    साउदीको अदालतले ७२ वर्षिय अल-मादीलाई देशलाई अस्थिर पार्ने प्रयास गरेको र आतंकवादलाई सहयोग गरेको अभियोगमा दोषी ठहर गर्दै सजाय सुनाएको इब्राहिमका छोराले बीबीसीलाई जानकारी दिएका छन्।

    अमेरिकी र साउदी अरबको दोहोरो नागरिकता लिएका अल-मादी गत वर्ष नोभेम्बरमा आफ्नो परिवार भेट्न फ्लोरिडाबाट रियाद आएको बेला पक्राउ परेका थिए।

    इब्राहिमका अनुसार यी आरोपहरू प्रमाणित गर्ने प्रमाणका रूपमा अदालतमा १४ वटा ट्वीट मात्रै पेश गरिएको थियो।

    बीबीसीका अनुसार यी ट्वीटहरूमा जेद्दा र मक्काका पुराना संरचनाहरू भत्काइएको विषयमा आलोचना, राज्यमा गरिबीको चिन्ता र साउदी पत्रकार जमाल खशोग्गीको हत्याप्रति गरिएको चिन्ताका विषय थिए।

    अभियोजकहरूले उनलाई अधिकतम ४२ वर्षको जेल सजाय दिन चाहेको उनले बताए। दुई हप्ता अघि, उनलाई १६ वर्षको जेल सजाय सुनाइएको थियो र त्यसपछि १६ वर्षको यात्रा प्रतिबन्ध लगाइएको थियो।

    इब्राहिमले आफ्नो बुबालाई पक्राउ गरेदेखि नै साउदी अधिकारीहरूले यातना दिइरहेको दाबी गर्दै आफ्नो बुबालाई आफूले जेलमा मरेको हेर्न नचाहने बताएका छन्।

    अल-मादीका छोराले पहिलो पटक यसबारे मिडियासँग कुरा गरेका हुन्, जबकि अमेरिकाले उनलाई त्यसो नगर्न सल्लाह दिएको थियो।

    पक्राउ परेदेखि इब्राहिमले बुबासँग कुरा गर्न पाएका छैनन्। तर, परिवारका अन्य सदस्यले बुवालाई भेटेर आफू सञ्चै रहेको बताएका छन्। यद्यपि इब्राहिमले यो दाबीमा शंका गरेको बताउँछन्।

    इब्राहिमले आफ्नो बुबाको मुद्दामा अमेरिकाको चासो नदिएको आरोप लगाए। इब्राहिमले यस विषयमा कुरा गर्न आफ्नो ह्वाइट हाउससँग सम्पर्क हुन नसकेको बताए।

    जुलाईमा अमेरिकी राष्ट्रपति रियादको भ्रमणमा रहेका बेला उनले आफ्नो बुबाको मुद्दाबारे बीबीसीलाई जानकारी दिएका थिए।

    बीबीसीसँग कुरा गर्दै उनले अमेरिकाको दोहोरो मनोवृत्तिमाथि प्रश्न उठाए। उनी भन्छन्, ‘यदि रूस वा इरानमा कुनै नागरिक हिरासतमा परेको भए अमेरिकाले तत्काल कारबाही गर्ने थियो, तर साउदी अरेबियामा जेल परेको कोही नागरिक छ भने पनि यहाँको एक ब्यारेल तेल व्यक्तिभन्दा धेरै मूल्यवान हुन्छ।’

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदी अरबमा ‘ट्वीट’ गरेको आरोपमा अमेरिकी नागरिकलाई १६ वर्षको जेल सजाय

    डुङ्गा पल्टिदा अवैध रूपमा अमेरिका जान लागेका तीन नेपालीको मृत्यु

  • ३१ आश्विन २०७९, सोमबार ०८:१४ मा प्रकाशित
  • तुलसीपुर, ३१ असोज । मध्य अमेरिकाको दक्षिणी क्षेत्रमा रहेको पानामाको समुद्रमा डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा तीन नेपाली र एक भारतिय नागरिक रहेका छन् ।

    अवैध बाटो मार्फत अमेरिका जान लागेका २५ जना चढेको डुङ्गा दुर्घटना भएको हो । बेपत्ता हुनेहरुमा दुई जना युवा रुकुम पश्चिम र एक जना प्युठानको रहेको जानकारी प्राप्त भएको छ ।

    रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ का २५ वर्षका प्रदिप खत्री र मुसिकोट नगरपालिका ५ का अन्दाजी ४० वर्षका रमेश गौतम र प्युठानका काले गिरी दुर्घटनामा परेर बेपत्ता हुनुभएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

    अक्टोबर १३ तारिखको राती पानामा देशको राजधानी पानामा शहरस्थित समुद्रमा डुङ्गा दुर्घटना भएको बताईएको छ । दुर्घटनापछि जीवित रहेकाहरुलाई त्यहाँको सेनाले हवाई जहाज मार्फत कोष्टारिका लिएको छ । उक्त दुर्घटनामा अन्य के कति क्षति भएको भन्ने बारेमा पुरा विवरण आउन सकेको छैन ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on डुङ्गा पल्टिदा अवैध रूपमा अमेरिका जान लागेका तीन नेपालीको मृत्यु

    भिटेनले आफ्नै टाउकोमा फुटाए बोतल

  • २५ आश्विन २०७९, मंगलवार १०:४२ मा प्रकाशित

  • जापान : र्‍यापर भिटेन यतिबेला सांगीतिक कार्यक्रमको सिलसिलामा जापानमा छन्। आइतबार बेलुका राजधानी टोकियोमा नेपाली समुदायले कन्सर्ट आयोजना गरेको थियो, जहाँ भिटेनले प्रस्तुतिभन्दा पनि हर्कतका कारण चर्चा बटुले। कन्सर्टमा गीत गाउँदा गाउँदै उनले अस्वभाविक व्यवहार देखाउन थालेका थिए। उनलाई संयमित तुल्याउन आयोजकलाई हम्मेहम्मे परेको थियो। गाउँदा गाउँदै बोतलले आफ्नै टाउकोमा हिर्काएका थिए।

    आफ्नै टाउकोमा आफैले बोतलले हानेका उनी एक्कासी मञ्चमा ढलेका थिए। त्यसपछि उनले गीत गाउन पनि सकेनन्। भुइँमा ढलेपछि दर्शकले उनको पक्षमा हुटिङ गरेपछि आयोजकले पानी छम्किएर केही बेरमा उठाएको थियो। ब्युँझिएपछि भिटेनले गाउन नसक्ने बताएका थिए। 

    दर्शकले होहल्ला गर्न थालेपछि उनले आइन्दा शो नगर्ने र यही नै अन्तिम शो हुने बताएका थिए। भिटेनले एक्कासी किन यस्तो हर्कत गरेर स्टेजमै बेहोस भए भन्नेबारेमा दर्शक र आयोजकको आफ्नै तर्क छन्। मदिराले लठ्ठिएर भिटेनले त्यस्तो हर्कत देखाएको त्यहाँ पुगेका दर्शक बताउँछन्।

    अर्कोतर्फ, आयोजकले चाहिँ मदिराका कारण भिटेन बेहोस नभएको दाबी गरेको छ। मदिराकै कारण उनी ढलेका हुन् वा स्वास्थ्यको कारण भन्ने जानकारी भने दिइएको छैन। तर, दर्शकहरूले भने भिटेन मदिराकै कारण ढलेको बताँउछन्। भिटेनले भने शारीरिक असन्तुलनका कारण ढलेको दाबी गरेका थिए। भिटेनले गाउन नसक्ने भएपछि स्थानीय कलाकार र डिजेले दर्शकलाई मनोरञ्जन दिएका थिए।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, मुख्य खबरLeave a Comment on भिटेनले आफ्नै टाउकोमा फुटाए बोतल

    नेपाली साझा मंच साउदीद्वारा पर्वतकी मिर्गौला तथा क्यान्सर पीडितलाइ गर्‍यो आर्थिक सहयोग ।

  • २४ आश्विन २०७९, सोमबार २३:३७ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! नेपाली साझा मंच साउदी अरबको पहलमा पर्वतको कुश्मा नगरपालिका वडा नंं १कि दुबै मिर्गौला फेल राजकुमारी सार्की र कुश्मा-२ कि छाला क्यान्सर पीडित दिपा पाद्य्यलाई आर्थिक सहयोग गरेको छ।

    ज्याला मजदुरीकाे भरमा आफ्नो दैनिकी चलाउदै आईरहेका, विगत ३ महिना अगाडि देखि दुवै मिर्गौलामा समस्या देखिएका पर्वतका सार्कीको उपचारको लागि ८/१० लाख खर्च लाग्ने भएपछि आर्थिक समस्या परेपछि संस्थाले सहयोग गरेको छ ।

    त्यसैगरी सोही पर्वत जिल्लाकै अर्का छालाको क्यान्सर पीडित पाध्यको उपचारमा पनि आर्थिक समस्या भएको र उहाँको श्रीमान मानसिक रोगी भएको जानकारी प्राप्त भएपछि दुबै पीडितको बारे बुझी मन्चको खोवर संयोजक भरत पौडेलको नेतृत्वमा अभियान संचालन गरि पीडितलाई आर्थिक सहयोग गरिएको संस्थाले जनाएको छ ।

    संस्थाले मृगौला पीडित सार्कीलाई ने रु १२ हजार र क्यान्सर पीडित पाद्य्यलाई ने रु २० हजार आर्थिक सहयोग गरेका छ । पीडित दुबैलाई रेमिट गरि रकम हस्तान्तरण भैसकेको पनि संस्थाले जानकारी गराएको छ ।

    पीडित दुबै जना सार्की र पाध्य दम्पतीको सिघ्र स्वास्थ्य लाभको कामना सहित आर्थिक सहयोग गरि मानवीयता व्यक्त गर्नु हुने खोवर संयोजक पौडेल तथा एफपिआईमा कार्यरत दाजुभाइ लगायत सम्पूर्ण सहयोगी मनहरुमा नेपाल साझा मन्च साउदीले हार्दिक आभार व्यक्त गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिज्ञान/प्रविधिLeave a Comment on नेपाली साझा मंच साउदीद्वारा पर्वतकी मिर्गौला तथा क्यान्सर पीडितलाइ गर्‍यो आर्थिक सहयोग ।

    आफ्नै घर खरीद गर्ने एनआरएनए अमेरिका पहिलो एनसीसी

  • २२ आश्विन २०७९, शनिबार १८:१५ मा प्रकाशित
  • गैर आवाशिय नेपाली संघ (एनआरएनए)का संसारभर रहेका ८२ राष्ट्रिय समन्वय समिति (एनसीसी) मध्ये आफ्नै भवन खरीद गरेर एनआरएनए अमेरिका पहिलो बनेको छ ।

    अमेरिकाले अमेरिकाको भर्जिनिया राज्यमा आफ्नै घर खरीद गरेको छ । अक्टोबर ४ तारिख बिहान अध्यक्ष वुद्धि सुवेदी नेतृत्वको कार्य समितिका केही पदाधिकारीहरु उपस्थित भएर घर खरीद कार्य टुंगोमा पुर्याएका थिए । 

    भर्जिनियाको फेयर फ्याक्स काउण्टिमा अवस्थित यो घर कन्डोमनिय हो । जसमा एउटा हल सहित ५ वटा कोठा रहेका छन । कोठाहरुलाई व्यवसायिक प्रयोजनमा लगाउने एनआरएनएको योजना रहेको अध्यक्ष सुवेदीले बताए । 

    संस्थालाई व्यबस्थित गर्न आफ्नै ठेगाना चाहिने भएकोले घर खरीद गरिएको कोषाध्यक्ष राजिव श्रेष्ठले बताए । बरिष्ठ उपाध्यक्ष तथा भवन खरीद गर्न बनेको आर्थिक समितिका संयोजक कृष्णजीवि पन्तले चन्दादाता सबैलाई धन्यवाद दिएका छन । पन्तले यो भवन खरीद गर्न एक महिनाको अवधिमा २ लाख ८० हजार डलर चन्दा संकलन गरेका थिए ।

    “एउटा डाईनामिक कर्मचारी राखेर अमेरिकामा रहेका नेपालीका आशा र गुनासा सुन्ने व्यबस्था गर्नेछौं” अध्यक्ष सुवेदीले नेप्लिज डायस्पोरासंग भने । उनले भने “यो घर पुरै पैसा तिरेर खरीद गरिएकोले संस्थालाई अतिरिक्त आर्थिक भार थपिने छैन बरु एनआरएनए अमेरिकालाई थप आर्थिक उपार्जनको अवसर हुनेछ ।”

    आगामी दिनमा संघका कामहरु व्यवस्थित हुने बताउदै उपाध्यक्ष डिलु पराजुलीले अब आफूहरु सदस्य संख्यामा वृद्धि गर्न सक्रिय हुने बताए । “भवनका माध्यमबाट भावना जोड्न खोजेका हौं ।” सचिव अनुप खनालले भने ।

    आफ्नै घर खरीद गर्ने एनआरएनए अमेरिका पहिलो एनसीसी हो । एनआरएनएका अहिले ८२ वटा देशमा एनसीसी सक्रिय छन ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on आफ्नै घर खरीद गर्ने एनआरएनए अमेरिका पहिलो एनसीसी

    गैरआवासीय नेपाली संघ पुर्बी क्षेत्रीय समन्वय समिति दम्माम द्वारा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।

  • १६ आश्विन २०७९, आईतवार ०३:०५ मा प्रकाशित

  • साउदी अरब। गैर आवासीय नेपाली संघ  पुर्बी क्षेत्रीय समन्वय समिति  द्वारा आउदै गरेको बिजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको छ।


     

    साउदी अरबको पुर्बि क्षेत्र दमाम स्थित सियादमा आयोजित शुभकामना कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली राजदूतावासका पुर्बि क्षेत्रीय जनसम्पर्क अधिकारी नारायण पासवानको उपस्थिति रहेको थियो भने साउदी अरबमा सक्रिय बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे ।

    उक्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले हामी नेपाली  सन्सारको कुनै पनि भुगोलमा रहेतापनि आफ्नो कला संस्कृतिको जगेर्ना गर्नुपर्ने र यसै माध्यमबाट आफुलाई नेपाली समाजको परोपकार सङ्ग जोड्नु पर्नेमा जोड दिएका थियो।

    कार्यक्रममा गैर आवासीय नेपाली संघ आईसीसी महिला उपाध्यक्ष यासमिन बेगम सैयद , आईसीसी सदस्य तेज थापा , एनसीसी साउदीका अध्यक्ष डमर यादब ,उपाध्यक्ष रबिना अर्याल , नेपाली साझा मन्चका अध्यक्ष अकल प्रधान , प्रवासी नेपाली मन्चका महासचिव याम लामा तामाङ ,पानस साउदीका महासचिव मनोज धिमाल ,हेल्प मधेसी साउदीका कार्यबाहक अध्यक्ष श्याम कुमार महतो ,किरात राई यायोय्खा शाखा साउदी अरबका अध्यक्ष चित्र कुमार चाम्लिङ्ग राई, तामाङ घेदुङ पुर्बी क्षेत्रका अध्यक्ष बिजय लामा , पत्रकार अन्जान गुभाजु , आरसीसी दमाम कोषाध्यक्ष प्रजिता महर्जन लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य दिएका थिए ।

    गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति दमामका अध्यक्ष विष्णु भण्डारीले  शुभकामना आदानप्रदान विषेश कार्यक्रममा गरिमामय उपस्थिति जनाइ कार्यक्रमको शोभा बढाउनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक आभार ब्यक्त गरेका थिए।

    कार्यक्रममा स्थानीय कलाकारहरूको नृत्य,गायन तथा साहित्यिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।

    उक्त कार्यक्रम गैर आवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति दमामका सचिब पुर्ण सुनार संचालन गरेका थिए भने कार्यक्रमको सभापतित्व अध्यक्ष विष्णु भण्डारीले गरेका थिए।

    कार्यक्रममा हेल्थ केयर अस्पताल दम्मामले त्यहाँ उपस्थित नेपाली दाजुभाईहरुलाई चेक जाँच गरि स्वास्थ्य सेवा उपलब्ध गराएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on गैरआवासीय नेपाली संघ पुर्बी क्षेत्रीय समन्वय समिति दम्माम द्वारा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।

    गर्नेबारे एकापसमा छलफल गर्दै भारत र साउदी

  • ५ आश्विन २०७९, बुधबार १०:१० मा प्रकाशित
  • नयाँ दिल्ली (भारत) । भारत र साउदी अरबले रुपया–रियालमा व्यापार गर्ने सम्भावनाबारे छलफल गरेका छन् । यसबाहेक पनि साउदीमा यूपीआई र रुपये कार्डको प्रयोग शुरु गर्नेबारे छलफल भइरहेको वाणिज्य मन्त्रालयले सोमवार बताएको छ । 
    सेप्टेम्बर १८ देखि १९ को बीचमा वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलको साउदी भ्रमणको समयमा यसबारे छलफल भएको हो । भ्रमणका क्रममा उनी भारत–साउदी अरब रणनीतिक साझेदारी परिषद्को मन्त्रीस्तरीय बैठकमा पनि सहभागी भएका थिए । 
    साउदी भ्रमणका क्रममा गोयलले राजकुमार अब्दुलाजिज बिन सलमान अल साउदसँग अन्य विविध विषयमा पनि छलफल भएको थियो । मन्त्रीस्तरीय बैठकले कृषि तथा खाद्य सुरक्षा, ऊर्जा, प्रविधि तथा आईटी र उद्योग तथा पूर्वाधारका ४१ क्षेत्रमा सहकार्यका लागि समर्थन गरेको छ । 
    समय तोकेर प्राथमिकताका परियोजनाहरु कार्यान्वयन गर्ने र दुबैको संलग्नता रहेका परियोजनाहरुमा सहकार्यलाई निरन्तरता दिनेबारे पनि भारत र साउदी दुबैले समर्थन जनाएका छन् । दुई देशका एक्जिम बैंकहरुबीच संस्थागत टाई–अप,  तेस्रो देशमा संयुक्त परियोजना सञ्चालन, पूर्वाधार विकासमा सहकार्य लगायन अन्य कयौं विषयमा पनि छलफल भएको बताइएको छ ।
    भारतले व्यापार घाटा कम गर्न, विदेशी विनिमय सञ्चिति घट्न नदिन, रुपयामाथिको दबाब कम गर्न, पश्चिमी देशहरुको प्रतिबन्ध उल्लंघनको अवस्थामा आउन नदिन पछिल्लो समय विदेश व्यापारमा रुपयाको प्रयोगलाई बढावा दिने नीति लिएको छ । केही समयअघि रुससँग पनि भारत सरकारले रुपयामा व्यापार गर्ने संयन्त्रण स्थापना गर्ने सहमति भएको थियो । 
    इरानमाथि पश्चिमी देशहरुले लगाएको प्रतिबन्ध उल्लंघन हुने अवस्था टार्न केही वर्ष अघि भारत र इरानले रुपयामा कारोबार गरेका थिए । रुसले युक्रेनमाथि आक्रमण गरेयता भारतले पनि रुपयामा कारोबारलाई अगाडि बढाउने अर्को अवसर पाएको छ । 
    रुपया–रुबलमा द्विपक्षीय व्यापारलाई सहज बनाउन रुसको पिटर्सबर्ग सोसल कमर्सियल बैंक (पीएससीबी) ले भर्खरै भारतीय बैंक यस बैंकमा रुपयामा आधारित खाता खोलेको छ । यो खातालाई पछि विशेष रुपया खातामा रुपान्तरण गर्न सकिने बताइएको छ । एजेन्सी 

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on गर्नेबारे एकापसमा छलफल गर्दै भारत र साउदी

    भैरहवा : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एअरवेजको दैनिक उडान।

  • १ आश्विन २०७९, शनिबार ०९:३९ मा प्रकाशित
  • भैरहवा : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एअरवेजले शुक्रबारदेखि दैनिक उडान सुरु गरेको छ। शुक्रबार बिहान ६ः४५ बजे १ सय ६८ यात्रुलाई लिएर जजिराले विमानस्थलबाट नियमित उडान सुरु गरेको हो।

    विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने यो एक मात्र एअरवेज कम्पनी हो। ‘शुक्रबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेका छौँ’, जजिरा एअरवेज नेपालको अपरेसन प्रमुख संगीता रौनियारले भनिन्, ‘राम्रो प्रतिक्रिया आए भविष्यमा विमान थप गरेर पनि सेवा दिने छौँ।’

    जजिराले कुवेतका लागि उडान भर्ने गरे पनि यात्रुहरूले ट्रान्जिट गरेर अन्य मुलुकमा पनि विमानस्थलबाट जाने गरेका छन्। विमानस्थलबाट सिधा कुवेत र ट्रान्जिट गरेर दोहा, दुबई र साउदी अरेबियामा बढी यात्रुहरू जाने गरेको अपरेसन प्रमुख रौनियारले बताइन्।

    हालसम्म एयरलाइन्सले कुबेत–भैरहवाबीच हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीनवटा उडान भर्दै आएको थियो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रबारदेखि जजिरा एअरवेजले कुबेत–भैरहवाबीच नियमित रूपमा दैनिक एउटा उडान सञ्चालन गरेको बताए। 

    कुबेतबाट–भैरहवा विमानस्थलमा कुल ६ हजार ५ सय ८७ जना हवाईयात्रु आएका छन्। भैरहवाबाट कुबेतका लागि कुल ७ हजार २ सय ४० जना गएका छन्। जजिरा एयरलाइन्सको ‘एयर बस ३२० नीओ’ विमानले हवाई उडान भर्दै आएको छ। यो विमानस्थललाई चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्दा विभिन्न छुट र सहुलियत दिएका कारण जजिरा एअरवेजबाट काठमाडौं–कुबेतभन्दा भैरहवाबाट भाडा दर धेरै सस्तो छ।

    लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र पूर्वमा वीरगन्जसम्मका यात्रुले कुबेतको हवाई यात्रा भैरहवाबाट गर्ने गरेका छन्। हंगेरीको वायुसेवा कम्पनी विज एयरले पनि अक्टोबर ३० देखि दुबईको अवुधाबी–भैरहवा हवाई उडान सञ्चालन गर्ने तयारी गरेको छ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on भैरहवा : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एअरवेजको दैनिक उडान।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P