• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री र साउदी अरेबियाका राजूदतबीच भेटवार्ता

  • २६ माघ २०७९, बिहीबार १७:५७ मा प्रकाशित
  • काठमाडौँ । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ रहेका ४ लाखभन्दा बढी नेपालीलाई सुरक्षित राखेकामा सरकारको साउदी अरबीया सरकारलाई नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरिन् ।

    यस अवसरमा मन्त्री पौड्यालले साउदी अरेबियाको विकासमा नेपाली श्रमिकको पनि उल्लेख्य योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा श्रम सम्झौता गरेर दक्ष जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताइन् । भेटमा राजदूत हैमेदले साउदी अरेबियाको प्रगतिमा नेपाली श्रमिकको ठूलो योगदान रहेको उल्लेख गर्दै आफ्नो देशमा विकास
    निर्माणका काम तीव्र गतिमा अघि बढेकाले श्रम सम्झौता गरेर थप नेपाली श्रमिकहरु लैजाने प्रतिवद्धता जनाए ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on परराष्ट्रमन्त्री र साउदी अरेबियाका राजूदतबीच भेटवार्ता

    घरमा छोरा र साउदीमा श्रीमान् बिरामी : बोर्डको सहयोगले उपचारमा केही राहत

  • १६ माघ २०७९, सोमबार २०:४३ मा प्रकाशित
  • खाेटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का दानबहादुर खत्री साउदीको एक अस्पतालमा हुनुहुन्छ । यता नेपालमा उहाँका चार वर्षीय छोरालाई मुटुको समस्या छ । जन्मिदै मुटुको समस्या भएका छोराको उपचार खर्चमा लागेको ऋण तिर्नकै लागि उहाँ परदेश जानुभएको थियो । तर समय नै उल्टो भइदियो । अहिले आफै अस्पतालको बेडमा हुनुहुन्छ दानबहादुर ।

    दानबहादुर २०७७ सालमा साउदी जानुभयो । त्यहाँको अलिफाद कम्पनीमा कारपेन्टरको काम गर्नुहुन्थ्यो । तर साउदी गएको दुई महिना नहुँदै उहाँ कार्यस्थल दुर्घटनामा पर्नुभयो ।

    यता छोरालाई बेला बेला फलो-अपको लागि काठमाण्डौमा रहेको बालकान्ती अस्पतालमा लैजानुपर्छ । तर कमाउन परदेश जानुभएका दानबहादुर आफै दुर्घटनामा परेपछि छोराको खर्चमा पैसा पुगेन । स्वास्थ्यअवस्था बिग्रिँदै गयो ।

    घरमा पनि समस्या बढ्दै गयो । दानबहादुरको परिवारमा बिरामी एक छोरासहित श्रीमती र दुई छोरी छन् । आम्दानीको अरु स्रोत छैन ।

    छोराको उपचार र साउदी जाँदा लागेको खर्च सबै ऋण काढेरै जुटाउनुभएको थियो । १ लाख ६५ हजार रुपैयाँ त साउदी जानमै लाग्यो । तर साउदी गएर कमाउन नपाउँदै दानबहादुर अस्पतालको एउटा बेडमा थन्किनुपर्यो । नेपालमा बुनेर गएका सबै सपना चकनाचुर भए । कम्पनीले केही समय उपचार गरेर मात्रै नेपाल पठाउँछु भनेका कारण उहाँ साउदीकै अस्पतालमा उपचार गराइरहनुभएको छ । पहिलेका भन्दा अहिले थोरै सुधार भएको छ ।

    ‘पहिले त बिस्तराको बिस्तरामै हुनुहुन्थ्यो, अहिले अलि अलि हिँड्न थाल्नुभएको छ’, दानबहादुरकी श्रीमती नरकुमारी थोरै आशावादी सुनिनुहुन्छ ।

    आफ्नो छोराको उपचारको लागि पनि नरकुमारी उहाँले धेरै दौडधुप गर्नुभयो । आर्थिक सहायता पाइन्छ कि भनेर विभिन्न निकायमा पुग्नुभयो । अन्ततः वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा गएकाहरुको परिवारका सदस्यको स्वास्थ्य खर्च बेहोर्छ भन्ने थाहा पाउनुभयो । तर कहाँबाट कसरी त्यो सहयोग लिने भनेर थाहा थिएन । वडाबाट सिफारिस लिएर उहाँ सहयोग पाउने आशामा आप्रवासी स्रोत केन्द्रमा पुग्नुभयो ।

    श्रोत केन्द्रको सहजीकरणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले इमेल मार्फत आवश्यक कागजातहरु वैदेशिक रोजगार बोर्डमा पठाइदियो । नरकुमारी खत्रीको खाता मा २०७९ मसिर १९ गते वैदेशिक रोजगार बोर्डले उपचार खर्च बापतको पैसा पठाइदिएपछि नरकुमारीलाई केही राहत भएको छ ।

    उहाँ भन्नुहुन्छ, ‘बोर्डको आर्थिक सहयोगले गर्दा छोरालाई तत्काल फलो अपका लागि काठमाण्डौ लिन सकिने भयो ।’

    छाेराकाे उपचारकाे लागि पैसा त जुट्याे । तर नरकुमारीलाई परदेशमा उपचार गराइरहेका श्रीमान्काे भने चिन्ता लागिरहन्छ । उपचार त कम्पनीले नै गरिदिएकाे छ । तर निकाे भएर घर कहिले फर्किने हुन् थाहा छैन ।

    उज्यालो डटकम कमका लागि

    लिला निराैला द्वारा तयार पारिएको खबर सभार गरिएको।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on घरमा छोरा र साउदीमा श्रीमान् बिरामी : बोर्डको सहयोगले उपचारमा केही राहत

    साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलङ्कालीहरूलाई रोजगारी दिने

  • १२ माघ २०७९, बिहीबार १०:५२ मा प्रकाशित
  • श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायकाराले मङ्गलबार साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलङ्काली कामदार लैजान इच्छुक रहेको बताएका छन्।

    मन्त्रीले सन् २०२२ मा साउदी अरेबियाले श्रीलङ्काका लागि ५४ हजार रोजगारीको प्रस्ताव गरेको र सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरू वैदेशिक रोजगारीका लागि गएको र त्यसमा पनि अधिकांश मध्यपूर्वमा गएको जानकारी दिए।

    श्रीलङ्काका लागि वैदेशिक राजस्वको मुख्य स्रोत कामदारको रेमिट्यान्स हो।
    श्रीलङ्काका आप्रवासी कामदारहरूले सन् २०२२ मा करिब ३.८ बिलियन अमेरिकी डलर पठाएको देशको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थLeave a Comment on साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलङ्कालीहरूलाई रोजगारी दिने

    रोनाल्डोपछि मेस्सी पनि साउदी जाने चर्चा

  • ३० पुष २०७९, शनिबार ०१:१६ मा प्रकाशित
  • पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो साउदी पुँगेसँगै अब विश्वकप च्याम्पियन अर्जेन्टिनी स्टार लियोनल मेस्सी पनि साउदी जान सक्ने चर्चा सुरु भएको छ।

    रोनाल्डो साउदीको अल नासार पुगेपछि उनको चर्चा र आलोचना भइरहेको छ।

    धेरैले रोनाल्डो युरोपका क्लबमा बिक्न नसकेपछि साउदी पुगेको बताइरहेका छन्। धेरैले रोनाल्डो साउदी आउँदा एसियन फुटबल पनि ठूला खेलाडीलाई भित्र्याउन सक्षम रहेको भन्दै सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गरेका छन्।

    अल नासारको स्थानिय प्रतिद्वन्द्वी अल हिलाल पेरिस सेन्ट जर्मेनका फरवार्ड मेस्सीलाई अनुबन्ध गर्न इच्छुक रहेको बताइएको छ।

    आफ्ना प्रतिद्वन्द्वीले रोनाल्डोलाई दुई वर्षको सम्झौतामा ल्याउन सफल भएपछि साउदी क्लबले २०२२ को विश्व विजेतालाई पनि भित्र्याउन इच्छुक रहेको बताएका हुन्।

    अन्तर्राष्ट्रिय समाचार संस्था मुन्डो डिपोर्टिभोका अनुसार अल हिलालले मेस्सी साउदी जान तयार भएमा प्रतिवर्ष ३० करोड डलरको प्रस्ताव गर्ने तयारी गरिरहेको छ।

    साउदीको पर्यटन राजदूत रहेकाले मेस्सी पहिलेदेखि नै साउदीसँग जोडएका छन्। त्यसैले पनि साउदी सरकारले अल हिलाललाई देशको फुटबललाई बढावा दिन पनि मेस्सीलाई भित्र्याउन आर्थिक सहयोग गर्न सक्ने आकलनसमेत गरिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, खेलLeave a Comment on रोनाल्डोपछि मेस्सी पनि साउदी जाने चर्चा

    जनवरी १बाट साउदी अरब भित्र डेयरी प्रडक्टमा ३३% मुल्य बृद्धि।

  • १९ पुष २०७९, मंगलवार ०१:०२ मा प्रकाशित
  • साउदी अरबका अधिकांश दुग्ध कम्पनीहरूले जनवरी १ बाट लागू हुने गरी आफ्ना उत्पादनको मूल्य ३३ प्रतिशतसम्म बढाएका छन् ।

    आफ्नो आधिकारिक ट्विटर विज्ञप्तिमा, साउदी अरबको चर्चित डेयरी कम्पनी अलमाराईले तीन मुख्य कारणहरू वृद्धिको कारण देखाएको छ । छ।
    ढुवानी लागतमा बृद्धि, उत्पादन सामग्रीको उच्च लागत, र दानाको
    मूल्यवृद्धि रहेको छ।

    यी यावत कारणले पछिल्लो समय उत्पादन लागतमा ठूलो वृद्धि आएको कम्पनीले जनाएको छ, जुन उच्च लागतको केही अंश धान्न केही दुग्ध उत्पादनको मूल्य समायोजनमा भर पर्नुपर्ने भएको जनाएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on जनवरी १बाट साउदी अरब भित्र डेयरी प्रडक्टमा ३३% मुल्य बृद्धि।

    रोनाल्डोको जर्सी किन्न साउदीमा फुटबल समर्थकको भिड

  • १८ पुष २०७९, सोमबार २१:३५ मा प्रकाशित
  • काठमाडौँ- पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको अल नासर क्लब जाने सम्झौता गरेसँगै उनको जर्सी खरिद गर्न समर्थकको भिड लागेको छ ।

    रोनाल्डोले अल नासरसँग साढे दुई वर्षको सम्झौता गरेपछि उनले लगाउने ७ नम्बरको अल नासर क्लबको जर्सी खरिदका लागि समर्थकको भिड लागेको द नेशनल न्यूजले जनाएको छ ।

    अल नासरले कीर्तिमानी मूल्यमा रोनाल्डोलाई क्लबमा भित्र्याएको हो । रोनाल्डो आउने भएपछि अल नासरको सामाजिक सञ्जालमा ‘फलोअर्स’ पनि ह्वातै बढेको छ । त्यससँगै उनले लगाउने जर्सीको माग पनि ह्वात्तै बढेको हो ।

    अल नासरले यसै हप्ता रोनाल्डोलाई समर्थकमा सार्वजनिक गर्ने भएको छ । अल नासरले रोनाल्डोलाई २०२५ को जुनसम्म वार्षिक २०० मिलियन डलर दिने गरी भित्र्याएको हो ।

    रोनाल्डोले क्लब स्तरमा ७ सय तथा देशका लागि १ सय १८ गोल गरेका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबरLeave a Comment on रोनाल्डोको जर्सी किन्न साउदीमा फुटबल समर्थकको भिड

    साउदी अरबमा काम गर्दागर्दै अस्ताए मुकेश।

  • ८ पुष २०७९, शुक्रबार १४:३३ मा प्रकाशित
  • साउदी अरबमा एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । पर्देश नम्बर एक धनकुटा ७ घरभई हाल धरानमा बस्दै आएका मुकेश राई करिब १० बर्ष देखि साउदी अरबको पूर्वी प्रान्त खोबर-दहरान अवस्थित एउटा प्रतिष्ठित सुपरमार्केटमा काम गर्दै आएका थिए !

    उमेरले ४० पुगेका मुकेशको गत सनिबार (डिसेम्बर १७ तारिख)
    मध्यान्ह करिब १२:४० हृदयघातका कारण अस्पताल पुग्न नपाउँदै बाटोमै मृत्यु भएको थियो।

    हामि बिहान ७बजे कार्यस्थलम पुग्यौं, करिब चार घन्टा पष्चात मुकेशले मुटु दुख्नथालेको भन्दै आफ्नो कम्पनीमा आएका अल्मराईका बजार प्रतिनिधि श्रीलंकन‌् नागरिक लाई आफुलाई अस्पतालसम्म पुर्याईदिन आग्रह गरे तर १० मिनेट को दुरीमा रहेको अश्पताल पुग्ननपाउदै उनको बाटोमै मृत्यु भएको उनकै कम्पनी कार्यरत मेखबहादुर मैनालीले बताए ।

    साउदी अरबको एउटा प्रतिष्ठित सुपर मार्केटमा काम गर्दै आएका राईको शवलाई छिटो भन्दा छिटो नेपाल पठाउने कामले तिब्रता पाएको र अबको केही दिनमा शव नेपाल पुग्ने बताइएको छ ।

    राईको एक छोरा र श्रीमती रहेको बताइएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on साउदी अरबमा काम गर्दागर्दै अस्ताए मुकेश।

    जापानमा एक नेपालीको मृत्यु

  • ३ पुष २०७९, आईतवार १०:५९ मा प्रकाशित

  • जापानको टोकियोमा एक नेपालीको मृत्यु भएको छ । सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आउनु भएका भोजपुरका ४२ वर्षीय राम प्रसाद राईकाे गए राति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

    १३ वर्ष देखि जापानमा श्रीमतीसहित बस्दै आउनु भएका राई गए राति ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिनु भएकाे थियाे । शनिवार राति ११ बजे श्रीमती कामबाट फर्कँदा राई मृत अवस्थामा भेटिएको र तुरुन्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ ।

    राईको मृत्युको कारण पोस्टमार्टम पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on जापानमा एक नेपालीको मृत्यु

    हुरुब लागेकाहरूले एक्जिट भिसा लागेको दुई हप्ताभित्र साउदी छाड्न पर्ने

  • २ पुष २०७९, शनिबार १७:४१ मा प्रकाशित
  • साउदीमा हुरुब लागेकाहरूले एक्जिट भिसा लागेको दुई हप्ता भित्र साउदी छाड्नु पर्ने नयाँ नियम लागू भएको छ ।

    साउदीमा रहेको नेपाली दूतावासका अनुसार साउदी जवाजतको नयाँ नियम अनुसार हरुब लागेका व्यक्तिहरूले एक्जिट भिसा प्राप्त गरेको दुई हप्ता भित्रै साउदी छाड्नु पर्ने भएको हो ।

    एक्जिट भिसाको प्रक्रिया दूतावासले निःशुल्क रूपमा गरिरहेको छ । तर दूतावासले प्रक्रिया गरेर एक्जिट भिसा प्राप्त भइसकेपछि भने नेपाल फर्किने हवाई टिकटको व्यवस्था व्यक्ति आफैँले गर्न पर्छ ।

    एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आएको छ भने घर फर्किने बेलामा त्यही म्यासेज विमानस्थलमा देखाउँदा हुन्छ । तर मोबाइलमा म्यासेज आएको छैन र दूतावासले सूचीमा आफ्नो नाम निकालेको छ भने दूतावासमै गएर एक्जिट भिसाको कागजात लिन पर्छ ।

    इकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेका वा साउदी पुगेको ३ महिनाभन्दा बढी समयसम्म पनि इकामा नबनाइदिएका वा हुरुब लागेका व्यक्तिको मात्र दूतावासले एक्जिट भिसाको प्रक्रिया गरिदिन्छ । इकामाको म्याद भएकाहरूको एक्जिट भिसाको प्रक्रिया दूतावासबाट गर्न नमिल्ने दूतावासले जनाएको छ । त्यसै गरी साउदीमा कुनै मुद्दा, जरिवाना छ भने त्यो क्लियर नहुँदासम्म एक्जिट भिसा लाग्दैन ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on हुरुब लागेकाहरूले एक्जिट भिसा लागेको दुई हप्ताभित्र साउदी छाड्न पर्ने

    अमेरिकाको मेरिल्याण्डमा एक नेपाली यूवाको घरमै सुतेको अवस्थाम निधन

  • २२ मंसिर २०७९, बिहीबार १०:१३ मा प्रकाशित
  • अमेरिकाको मेरिल्याण्ड राज्यस्थीत रकभीलमा एक नेपाली युवाको आफ्नै घरमा सुतेको अवस्थामा निधन भएको छ ।

    नेपालको उदयपूर जिल्लाको गाईघाट साउने घर भएका ३७ बर्षका भूपाल कुमार मगरको मंगलबार विहान निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

    “सोमबार बेलुका भूपाल भर्जिनियाका आफन्तको घरमा भएको पूजामा गएका थिए ।” भूपालका फुपाजु उद्धव खपागींले भने ।

    भूपालले त्यहां आफ्नो दुई महिनाको छोराको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै काखमा लिएर पूजास्थललाई तीन फन्को घुमेको पनि फुपाजु खपागींले सम्झिए ।

    भूपाल घरमा आएर पनि खाना खाएर सुतेका थिए ।

    “राती साढे २ बजेतीर छोरा रोयो । सधैं उहां उठेर फुल्याउनु हुन्थ्यो तर उठ्नु भएन । म उठ्दा उहांलाई श्वासप्रश्वासमा समस्या भएको देखें । छटपटाईरहनु भएको थियो । के भयो भन्दै झकझक्याएं । उहांलाई धेरैपटक बोलाउने कोशिस गरें । उहांले नबोलेपछि ईमरजन्सीमा कल गरें ।” श्रीमती पारु थापाले भनिन, “रेस्क्यु टिमले बेड मै आएर केही प्रयास गर्यो तर केही पार लागेन, ३ बजेतीर ‘डेथ डिक्लियर’ गरिदियो ।

    भूपालको शबलाई अहिले बाल्टिमोर मेडिकल सेन्टरमा पोष्टमार्टमका लागि राखिएको उद्धवले जानकारी दिए । हिजो धेरै ‘डेड बडी’ को पोष्टमार्टम गर्नु पर्ने भएकोले पालो आएन । आज पोष्टमार्टम हुन्छ । अनि अन्तिम संस्कारका बारेमा निर्णय गर्छौं ।” उद्धवले भने ।

    भूपाल सन् २०१४ मा डिभी लटरी परेर अमेरिका आएका थिए । सन् २०१८ मा नेपाल गएर उदयपुर बांसबोटेकी पार्बती थापा ‘पारू’ संग विवाह गरेर फर्किएका थिए ।

    भूपालकी श्रीमती अमेरिका आएको एक बर्ष मात्र भएको छ । उनीहरुबाट जन्मिएको छोरा अहिले दुई महिनाका छन् ।

    घट्नाका बारेमा बुझ्न नेप्लिज डायस्पोराका समाचार संकलकले उद्धवसंग कुरा गर्दा श्रीमान गुमाएकी पार्बती पनि संगै थिईन । उनले फोनमा समाचार संकलकलाई भनिन्- “तपाईको समाचारमा हामी तीनजनाको अन्तिम तस्वीर पनि संगै राखिदिनु होला । मैले ठूलो भएपछि छोरालाई उस्को बाबुको बारेमा त्यो समाचार देखाउने छु ।”

    भूपालको निधनको खबर नेपाल आफन्तलाई पनि पठाईसकिएको जानकारी प्राप्त भएको छ ।

    भूपालको श्रीमती र छोरालाई यहांका उनका साथीभाईहरुले सहयोग गरिरहेका छन् ।

    भूपाल केही समयदेखि डब्लुएफजी नामक कम्पनीसंग पनि आबद्ध थिए । पारिवारको आर्थिक सुरक्षाको बारेमा ख्याल गर्नुपर्छ भनेर चेतना जगाउने सहयोग गर्ने गर्थे ।

    “उनले यो संसार छाडेर जादै गर्दा परिवार र समाजलाई आर्थिक भार भने थोपरेका छैनन । उनले फेमिली प्रोटेक्सन वापत १.२ मिलियनको ईन्सुरेन्स खरीद गरेर बसेका थिए ।” डब्लुएफजीका सिनियर मार्केटिगं डाईरेक्टर समेत रहेका उद्धव खपांगीले भने ।

    उनले थपे, “भूपाल अति नै रमाईलो र असल मान्छे थिए । उनले धेरै छिटो यो संसार छाडेर गएकोमा हामी दु:खी छौं । उनको अभाव परिवारमा सधै खड्किईरहनेछ तर, उनले परिवारको जिम्मेवारी चटक्क छाडेर गएनन् । जादाजादै एउटा लिगेसी भने छोडेर गएका छन् ।”

    नेप्लिज डायस्पोराबाट

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on अमेरिकाको मेरिल्याण्डमा एक नेपाली यूवाको घरमै सुतेको अवस्थाम निधन

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P