२०७२ सालमा देशको लागि त केही गरौँ भन्ने मुल नाराका साथ स्थापना भएको ” नेपाली साझा मञ्च ” साउदीको छैठौं बार्षिक उत्सव , तेस्रो अधिवेशन यहि आउँदो २२ अप्रेल २०२३ शनिबार दमाम शहरको रोज गार्डेन होटलमा ( सिको गार्डेन सगै) हुने भएको छ ।
बिहान :११ बजे देखि बेलुका ६ बजे सम्म हुने उक्त कार्यक्रममा बिबिध सांस्कृतिक कार्यक्रम पनी समावेश गरिएको छ।
साउदी अरबमा रहेका सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनी हरुलाई कार्यक्रममा उपस्थित हुन नेपाली साझा मन्च राष्ट्रिय समन्वय समिति साउदी अरबले आह्वान गरेको छ।
भिजिट भिसामा दुबई उडाएका थिए । ८ कात्तिकमा दुबई पुगेका सन्तोषले श्रम स्वीकृति नभएका कारण तत्काल काम पाएनन् । तीन महिना नबित्दै घरमा फोन गरेर उनले आफूलाई दलालले ठगेको र घर फर्किन चाहेको सुनाएका थिए । तर, ऋण खोजेर दुबई पुगेका उनी फर्किन पनि सकेनन् । किनभने सात वर्षअघि बहिनी सतिलाको विवाह गर्दा सयकडा तीनका दरले लिएको सात लाख ऋण थियो । त्यसमाथि विदेश जाँदा दुई लाख ३० हजार थपिएको थियो । ‘राम्रो कमाइ हुन्छ भनेर दलालले छोरालाई दुबई पु¥यायो । छोरो उतै बिलायो,’ आमा झुनियादेवीले भनिन् ।
१२ माघ ०७७ मा दुबईस्थित सुप्रिमो हस्पिटालिटी सर्भिसेज प्रालिका सुमन परियारले आफूलाई क्लिनरको काम गर्ने गरी कम्पनीमा राखेको जानकारी सन्तोषले परिवारलाई गराएका थिए । बुबा किशोरका अनुसार उनले कार धुने काम गर्थे । तर, कति तलब पाइन्छ, कसरी बसेका थिए परिवारलाई केही थाहा थिएन । विदेश गएपछि सन्तोषले दुईपटक गरी ६७ हजार रुपैयाँ भने घर पठाएको भाइ रामवरणले बताए ।
यसैबीच गत पुसको दोस्रो साता सन्तोषको मृत्यु भएको खबर घर पुग्यो । युएईको स्वास्थ्य मन्त्रालयअन्तर्गत उम अल क्युवेन जिल्लास्थित प्रिभोन्टिभ विभागबाट जारी गरिएको मृत्यु प्रमाणपत्रमा १० पुस ०७९ (२३ जनवरी २०२३)मा उनको मृत्यु भएको उल्लेख छ । खाना र औषधि नपाएर छोरो बितेको खबर आए पनि त्यसबाहेक आफूलाई कुनै जानकारी नभएको बुबा किशोरले बताए ।
काठमाडौंमा रहेर सन्तोषको शव झिकाउन दौडधुप गरिरहेका आफन्त धीरू यादवका अनुसार सुप्रिमो कम्पनीमा काम गर्दागर्दै ढलेपछि मस्तिष्कमा पानी जमेको पाइएको थियो । शल्यक्रिया गरेको केही महिनापछि सन्तोष काममा पनि फर्किएका थिए । तर, पछि काम गर्दागर्दै निधन भएको खबर आयो । शव झिकाउन दूतावासका अधिकारी, वैदेशिक रोजगार बोर्डमा दौडधुप गर्दै आवश्यक निवेदन दिए पनि दुबई प्रहरीले छानबिन गरिरहेको भन्दै फकाईएको धीरूले बताए ।
सन्तोषलाई विदेश पठाउने एजेन्ट शम्भु ठाकुरले फोन नै ब्लक गरिदिएको भाइ रामवरणले बताए । ‘सुुरुमा फोन गर्दा शव ल्याउन पहल गर्दै छौँ भन्थ्यो, तर अहिले त फोन नै ब्लक गरेको छ,’ उनले भने । नयाँ पत्रिकाको सम्पर्कमा आएका ठाकुरले भने आफूले म्यानपावर कम्पनीले भनेअनुसार प्लेनको टिकट मात्रै बुक गराएको दाबी गरे ।
युएईस्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीनबन्धु सुवेदीले सन्तोषको घटना सम्बन्धमा दूतावासले नो अब्जेक्सन लेटर (एनओसी) जारी गरिसकेको भए पनि घटना अनुसन्धानका क्रममा रहेकाले शव पठाउन नसकिएको बताए । ‘सन्तोष यादवको निधनको घटना उम अल क्युवेनको प्रशासनले अनुसन्धान गरिरहेको छ । प्रहरी रिपोर्ट आउनेबित्तिकै शव नेपाल पठाइनेछ,’ उनले भने, ‘स्थानीय प्रहरीबाट क्लेअरेन्स (सफाइ) सर्टिफिकेटको प्रतीक्षा छ । दूतावास निरन्तर सम्पर्कमा छ ।’
रामवरणका अनुसार सन्तोषको निधनपश्चात् ७० वर्षीय हजुरबुबा हरि यादवको १० पुसमा निधन भएको छ । तर, दाइको शव नआएकाले हजुरबुबाको काजकिरियासमेत गर्न नपाएको उनले बताए । दाहसंस्कार भने भइसकेको छ । ‘हजुरबुबाभन्दा अगाडि नातिको निधन भएको थियो । तर, शव पनि नआएकाले कसरी काजकिरिया गर्ने भन्ने कुरा उठेपछि दुवैको काजकिरिया भएको छैन,’ उनले भने । रामवरणले हालै मात्र कक्षा १२ उत्तीर्ण गरेका छन् । तर, विदेशमा दाइको ज्यान गएपछि उनी स्नातक भर्ना हुन सकेका छैनन् ।
साउदी अरबको जेलमा रहेका अधिकांश नेपाली मदिरा कारोबारीमा पक्राउ परी जेल जीवन बिताइरहेको पाइएको छ ।
साउदीका जेलमा परेका अधिकांश नेपाली रक्सी ओसारपसारमा लागेकाहरू रहेका रियादस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले शुक्रबार फेसबुक लाइभमार्फत यसबारे जानकारी दिँदै रक्सी ओसारपसार गर्ने कार्यमा नलाग्न अरु नेपालीलाई आग्रह गरेको छ।
रक्सी ओसारपसारमा कार्यमा लगाउनेहरु पनि धेरै जसो नेपाली नागरिक नै हुने गरेको दूतावासका श्रम काउन्सेलर देवेन्द्र कार्कीले बताए ।
काउन्सेलर कार्कीका अनुसार आफूले जेलमा पुगेर भेट्दा चिनजानकै मान्छेबाट ठगिएको भन्ने गुनासो आएकोले यसबारे सबैले सचेत रहन पनि आग्रह गरेका छन् ।
‘जेलमा गएर बुझ्दा सबैले चिनेकै साथीभाइले काम गर्न लगाएको भन्ने सुनियो’, उनले फेसबुक लाइभमा भने, ‘बढी पैसा कमाउने प्रलोभनमा परेर आफ्नो जिन्दगी खराब नगर्नुस्, जे कामको लागि आउनुभएको हो त्यही काम गर्नुस् ।’
साउदी नेपाली श्रमिकको लागि प्रमुख गन्तव्य देश हो तर यहाँको कानुन कडा छ । नियमकानुनको बारेमा थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा साउदीमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् ।
साउदीमा रक्सी सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । बिक्री वितरणको मात्राका आधारमा ६ महिनादेखि वर्षौँ वर्षसम्म जेल सजाय हुन सक्ने तथा जरिबाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन पनि दूतावासले त्यहाँ रहेका नेपाली समुदायलाई आग्रह गरेको छ ।
रक्सी ओसारपसारमा गर्ने कार्यमा जेल परेकाहरूलाई र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पुन:साउदी अरब फर्कन नसक्ने गरी डिपोर्ट गर्ने गरेको छ ।
साउदी अरबमा इकामाको म्याद सकिएको वा कम्पनीले हुरुब लगाईदिएको अथार्त “यहाँको कानुन अनुसार गैर कानुनी हैसियतमा रहेका” सम्पूर्ण श्रमिक हरुलाई नेपाली दूतावास रियादले आफ्नो विवरण टिपाउन आह्वान गरेको छ।
दूतावास बाट जारी बिग्यप्ती अनुसार इकामा नभएका, हुरुब लागेका श्रमिकहरूलाई एक्जिट भिसा प्रक्रियाका लागि सहयोगको निरन्तरताका साथै इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेको तर कम्पनी वा कफिलले इकामा नवीकरण नगरिदिएको अवस्थामा पनि दूतावासमा आफ्नो नाम टिपाउन आग्रह गरिएको छ ।
यस्तै हुरुब लागेको छ वा कम्पनीले तपाईँमाथि जरिवाना लगाएको छ वा कुनै मुद्दा वा जरिवाना लागेको छ भने पनि दूतावासमा आफ्नो विवरण टिपाउन अनुरोध गरिएको छ।
जजिरा एयरवेजले साउदी अरेबियाको रियाद, जेद्दा, मदिना, ताईफ र हायल शहरबाट कुवेत ट्रान्जिट हुदै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा आगामी ०८ मार्च २०२३ देखि पुन: उडान सञ्चालन गर्ने भएको छ।
यस अघि जजिरा एयरलाइन्सले मार्च ९ तारिखदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान गर्ने बताएको थियो । केही महिनादेखि उडान रोकेको उक्त एयरलाइन्सले उडान पुनः सञ्चालन गर्ने जनाएको हो ।
२०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमानस्थल उद्घाटनको दिनदेखि कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो ।
विगत वर्ष देखि फरक संस्कृति भएको देश साउदी अरबमा होली विशेष कार्यक्रम गर्दै आईरहेको हेल्प मधेशी साउदीले आउदो मार्च ३ तारिखमा होली कार्यक्रम गर्ने भएको छ।
हेल्प मधेशीले मार्च ३ मा साउदीको पुर्बी क्षेत्र दम्माम जुबेलको रोडको जाष्मिन फार्महाउसमा बिहान ११:०० देखि बेलुका ०४:३० बजे सम्म होलि विशेष कार्यक्रम गर्ने संस्थाका अध्यक्ष राम दुलार मण्डलले जानकारी दिए।
साउदीमा सक्रिय संघसंगठन , सामाजिक ब्यक्तित्वहरुलाई पत्राचार गर्ने क्रममा रहेको हुदा सबैलाई समेट्ने हाम्रो प्रयास रहेको छ ,कुनै कारण हाम्रो पत्र पाउन भएन भने हामिलाई सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछु अध्यक्ष मण्डलले भने ।
कार्यक्रममा साउदीका स्थानीय कलाकारहरुको होली विशेष प्रस्तुति रहने संस्थाका अध्यक्ष राम दुलार मन्डलले जानकारी दिए।
स्थान:- जाषमिन फार्महाउस जुवैल-दमाम रोडमा समय: बिहान ११:०० देखि बेलुका ०४:३० बजे सम्म तिथि: ०३ मार्च २०२३
तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित हुनुभएको छ ।
बहराइनमा आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उहाँलाई अवार्र्ड प्रदान गर्नुभएको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बहराइनका राजा अल खालिफाले डा रुइतलाई १० लाख डलर बराबरको उक्त अवार्र्डसहित सम्मानपत्र प्रदान गर्नुभएको हो ।
‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले उहाँलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्र्ड प्रदान गरेको हो । गत माघ महिनामा डा रुइतलाई उक्त संस्थाले इसा अवार्र्ड दिने घोषणा गरेको थियो ।
उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए । अन्तिम छ व्यक्ति तथा संस्थाको सूचीमा परेर उहाँ छनोट हुनुभएको हो । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ ।
डा रुइतले मोतियाविन्दु उपचार गर्ने सरल विधि विकास गर्नुभएको छ । उहाँले प्रतिष्ठानमा अन्धोपन हटाउनका लागि आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आउनुभएको छ ।
काठमाडौंबाट नयाँ दिल्लीतर्फ उड्न लागेका एक जना टर्किस नागरिकको साथबाट ठूलो परिमाणमा साउदी रियाल फेला परेको छ । दिउँसो सवा २ बजे एअर इण्डियाको उडानमा त्यसतर्फ जान लागेका हैदर कायान सारिकाकमाकको साथबाट एक लाख २६ हजार साउदी रियाल बरामद गरिएको बताइएको छ ।
टर्किस पासपोर्ट नम्बर यु२६९२०२८२ बोकेका सारिकाकमाकको ह्याण्ड ब्याग सुरक्षाकर्मीले जाँच गर्ने क्रममा निजलाई उक्त विदेशी मुद्रासँगै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको थालिएको जनाएको छ ।
नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा)ले यस बर्ष देखि शुरु गरेको इन्जा फोटो पत्रकारिता पुरस्कार लामो समयदेखि कार्यरत २ जना फोटो पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ । फोटो पत्रकारिताको माध्यमद्धारा नेपाली समाज तथा आम नागरिकलाई सुसूचित गराउदै आउनु भएका बरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ र सुरेशकुमार श्रेष्ठ ( सुरज श्रेष्ठ)लाई प्रदान गर्ने निर्णय गरेको इन्जा ग्लोवलका अध्यक्ष गुणराज लुइटेलले जानकारी दिनुभयो ।
बिस २०५२ सालदेखि नेपाल समाचारपत्रबाट फोटो पत्रकारिता शुरु गर्नु भएका नरेन्द्र श्रेष्ठले कान्तिपुर पव्लिकेस, लस एन्जलस टाइम्स, न्यूर्योक टाइम्स, टाइम्स म्यागजिन,गार्डियन डेली, टेलिग्राफ युके, इन्डिपेन्डेन्ट युके, फाइनान्सियल टाइम्स, वालस्ट्रीट जर्नल,द टाइम्स लण्डन,डाइ वेल्ट,नेशनल ज्योग्राफी, वाशिंगटन पोष्ट लगायतका संचार माध्यममा काम गरी सक्नु भएको छ ।
त्यसै गरी पुरस्कृत हुने अर्का फोटो पत्रकार सुरेशकुमार श्रेष्ठ( सुरज श्रेष्ठ) ले पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिदै आउनु भएको छ । २०६२ सालबाट फोटो पत्रकारितमा संलग्न रहनु भएका श्रेष्ठ बिभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेर सामाजिक क्षेत्रमा समेत आफ्नो पहिचान बनाउन सफल हुनु भएको छ ।
५०– ५० हजार राशीको उक्त पुरस्कार नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) को स्थापना दिवस मार्च १ अर्थात फागुन १७ गते प्रदान गरिने भएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा कार्यरत मोरङ पथरी शनिचरेका धन बहादुर तामाङको सव हिजो अपरान्ह ५ बजे काठमाडौ आईपुगेकाे थियो ।
शवलाई नेपाली साझा मंचका केन्द्रिय अध्यक्ष शारदा भुसालको उपस्तिथिमा मृतकको परिवारले बुझेका हुन् ।
भुसालको समन्वय तथा नेपाल सरकारका सम्बन्धित निकायको सहयोगमा सव घर सम्म पुर्याउन निशुल्क यातायातको गरिएको थियो।
साउदी अरबको एक प्रतिष्ठित कम्पनीमा कार्यरत तामाङको गत माघ १ गते हृदयघातका कारण मृत्यु भएको साउदीको यम्बु जनरल अस्पतालले जनाएको थियो।
तामाङको मृत्यु भएको जानकारी प्राप्त भएपछि नेपाली साझा मन्चका अकल प्रधानले संस्थाका अध्यक्ष, परिवार ,कम्पनी , जेद्वा महाबाणिज्य राजादुताबासमा समन्वय गरेर आबस्यक प्रक्रिया लागि पहल गरेका थिए ।
मृतक कार्यरत कम्पनीबाट पाउनु पर्ने तलब लगायत सुबिधा साउदी रियाल १३८६४/- जेद्वा महाबाणिज्य दूतावास मार्फत जिल्ला प्रशासन कार्यालय मोरङले परिवारलाई उपलब्ध गराउने दूतावासका अधिकारी भुवन पौडेल बताउनु भएको छ।