• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

साउदीको दमाममा ‘चौथो दमाम च्याम्पियन कप’को रौनक: विजेताले ७ हजार रियाल पाउने

  • ११ फाल्गुन २०८२, सोमबार २०:०७ मा प्रकाशित
  • दमाम, साउदी अरब ।

    साउदी अरबमा कार्यरत नेपाली युवाहरूबीच आपसी भाइचारा, सद्भाव र खेलकुदको विकास गर्ने उद्देश्यले ‘चौथो दमाम च्याम्पियन कप–२०२६’ आयोजना हुने भएको छ। युनाइटेड नेपाल फुटबल क्लब (युनाइटेड एफसी) दमामले मुस्लिम धर्मावलम्बीहरूको महान चाड इद–उल–फित्र (रमादान ईद) को पावन अवसर पारेर यो भव्य प्रतियोगिता सञ्चालन गर्न लागेको छ।

    प्रतियोगिताको तालिका र स्थान

    प्रतियोगिता आगामी मार्च २० देखि साउदी अरबको पूर्वी क्षेत्र खोबरस्थित अजेजिया फुटबल मैदानमा सुरु हुनेछ। साउदीमा रहेका विभिन्न नेपाली फुटबल क्लब तथा टिमहरूले यस प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन्। आयोजकका अनुसार टिम दर्ता शुल्क ७ सय साउदी रियाल तोकिएको छ।

    पुरस्कारको भारी राशी

    यस पटकको च्याम्पियन कपमा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ, जसले खेललाई अझ प्रतिस्पर्धात्मक बनाउने विश्वास गरिएको छ:

    • विजेता: नगद ७,००० साउदी रियाल (करिब २ लाख ६६ हजार नेपाली रुपैयाँ), ट्रफी, मेडल र प्रमाणपत्र।
    • उपविजेता: नगद ३,५०० साउदी रियाल (करिब १ लाख ३३ हजार नेपाली रुपैयाँ), ट्रफी, मेडल र प्रमाणपत्र।

    यसका साथै, व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर र प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई पनि आकर्षक ट्रफी र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।


    “खेल मात्र होइन, नेपाली एकताको उत्सव”

    आयोजक क्लबका अध्यक्ष ओम बहादुर कुमालले यस प्रतियोगितालाई नेपालीहरूको साझा उत्सवको रूपमा व्याख्या गर्नुभएको छ। उहाँले भन्नुभयो:

    “यो प्रतियोगिता केवल खेल मात्र नभएर यहाँ रहेका नेपालीहरूको एकतालाई अझ मजबुत बनाउने महत्वपूर्ण माध्यम हो। रमादान ईदको सार्वजनिक बिदाको अवसर पारेर परदेशमा रहेका नेपाली समुदायमा खुशियाली र अपनत्वको भावना फैलाउन हामीले यो पहल गरेका हौँ।”

    विगतको सफलता

    स्मरण रहोस्, यसअघि आयोजित ‘तेस्रो दमाम च्याम्पियन कप–२०२५’ को उपाधि आयोजक युनाइटेड नेपाल फुटबल क्लबले नै जितेको थियो। अघिल्लो संस्करणको भव्य सफलता र उत्साहलाई मध्यनजर गर्दै यस वर्ष अझ परिष्कृत र व्यवस्थित रूपमा चौथो संस्करण आयोजना गर्न लागिएको क्लबले जानकारी दिएको छ।

    प्रतियोगिताले साउदी अरबमा रहेका नेपाली फुटबल प्रेमीहरूमा उत्साह थप्ने र फुटबल प्रतिको लगावलाई अझ विस्तार गर्ने आयोजकको अपेक्षा छ।

    Posted in अन्तर्राष्ट्रिय, खेल

    एनआरएनए साउदीद्वारा दम्माममा अन्तरक्रिया: ‘सुरक्षित र मर्यादित रोजगारी’ मुख्य एजेन्डा

  • ११ फाल्गुन २०८२, सोमबार १९:५७ मा प्रकाशित
  • दम्माम, साउदी अरब ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको आयोजनामा दम्माममा ‘सुरक्षित, मर्यादित र सीपमूलक वैदेशिक रोजगारी’ विषयक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पूर्वी प्रान्तस्थित एभरेस्ट नेपाली होटलमा आयोजित उक्त कार्यक्रममा साउदीमा कार्यरत नेपाली श्रमिकका समस्या र समाधानका उपायबारे वृहत् छलफल गरिएको हो।

    एनआरएनए साउदीका अध्यक्ष उमेश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष डा. हेम राज शर्मा नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलको उपस्थिति थियो।

    श्रमिकका समस्या समाधानमा जोड

    कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष डा. हेम राज शर्माले साउदीमा कार्यरत नेपाली श्रमिकका समस्यालाई संघले नजिकबाट नियालिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “श्रमिकका समस्या बुझ्ने यो एउटा महत्वपूर्ण अवसर हो। साउदीमा सञ्चालन भइरहेको राहदानी (Passport) शिविरका लागि आवश्यक आर्थिक सहयोग जुटाउन हामी तत्काल पहल गर्नेछौँ।”

    सो अवसरमा उहाँले सुरक्षित र सीपमूलक रोजगारी आफ्नो मुख्य एजेन्डा रहेको बताउँदै आगामी मार्चमा हुने एनआरएनएको १२औँ महाधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा समेत गर्नुभयो।

    नेतृत्वको प्रतिबद्धता र चुनावी सरगर्मी

    अन्तरक्रियामा सहभागी अन्य पदाधिकारीहरूले पनि आ-आफ्नो धारणा राख्नुभएको थियो:

    • रोजिना प्रधान राई (महिला उपाध्यक्ष): उहाँले संघका अभियानहरूमा आफ्नो सक्रियता र अनुभव सुनाउँदै आगामी महाधिवेशनमा खुला उपाध्यक्ष पदका लागि समर्थनको आग्रह गर्नुभयो।
    • राजेन्द्र अर्याल (मध्यपूर्व संयोजक): कोरोना महामारीका बेला संघले खेलेको भूमिकाको स्मरण गर्दै उहाँले दूतावास र एनआरएनएबीचको समन्वयले श्रमिकको पहुँच विस्तार भएको बताउनुभयो।
    • डा. चिरञ्जीवी खड्का (युरोप संयोजक): खाडीका श्रमिकका मुद्दालाई संघको बैठकमा जोडदार रूपमा उठाउने प्रतिबद्धता जनाउनुभयो।

    खुला छलफल र प्रश्नोत्तर

    अन्तरक्रियाका क्रममा सहभागी श्रमिक तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले वैदेशिक रोजगारीको सुरक्षा, श्रम स्वीकृति, बीमा, र सरकारको भूमिकाबारे जिज्ञासा राखेका थिए। पदाधिकारीहरूले तत्काल गर्न सकिने कामहरू सुरु गर्ने र नीतिगत समस्याहरूलाई प्रतिवेदनमार्फत नेपाल सरकारको सम्बन्धित निकायमा पुर्‍याउने आश्वासन दिएका छन्।


    मध्यपूर्व भ्रमणको सुरुवात

    आगामी मार्च १४–१६ मा हुने १२औँ महाधिवेशनको पूर्वसन्ध्यामा डा. शर्मा नेतृत्वको टोलीले साताव्यापी मध्यपूर्व भ्रमण सुरु गरेको छ। टोलीले बहराइन, साउदी, कतार र युएईका नेपाली समुदायसँग भेटघाट र चुनावी अभियानलाई तीव्र बनाउने लक्ष्य राखेको छ।

    समचार श्रोत अन्जान गुभाजु

    Posted in अन्तर्राष्ट्रिय, समाज

    जेद्दाको अल खुम्राहमा एक दिने घुम्ती शिविर सम्पन्न,१०० भन्दा बढीले पाए सेवा

  • २ फाल्गुन २०८२, शनिबार ११:३९ मा प्रकाशित
  • समर्पण रम्जान, जेद्दा साउदी अरब

    गत १३ फेब्रुवरी २०२६ शुक्रबारका दिन नेपाली महावाणिज्यदूतावास, जेद्दाले गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समन्वय समिति, जेद्दासंगको सहकार्यमा जेद्दाको अल खुम्राहमा एक दिने घुम्ती शिविर सप्पन्न गरेको छ ।
    महाबाणिज्य दूतावासबाट करिब 80-90 किलोमीटर टाढा रहेको उक्त स्थानमा संचालित शिविरमा साउदी अरबको अलअबीर अस्पतालको सहयोगमा ४ जना वरिष्ठ डाक्टरहरु सहित १२ जनाको स्वास्थ्य टोलीद्वारा स्वास्थ्य सेवा प्रदान गरिएको थियो। उक्त शिविरबाट करिब १२० जना नेपाली श्रमिकहरूले प्रत्यक्ष रुपमा सेवा लिएर लाभान्वित भएका थिए।


    उक्त घुम्ती शिविरमा आँखाको परिक्षण , नाक कान घाँटीको परीक्षण, रक्तचाप र मधुमेह परीक्षण गरिएको थियो । सोही परिक्षण बमोजिमको रिपोर्ट अनुसार, श्रमिकको स्वास्थ्य समस्या अनुसारको स्वास्थ परामर्श सेवा समेत उपलब्ध गराइएको थियो।

    त्यसैगरी, राहदानी नविकरण सम्बन्धी सेवा तथा बहिर्गमन (Exit) भिसाको लागि आवश्यक प्रक्रियामा सहजीकरण गरिएको थियो। शिवीरमा श्रमिकहरूलाई श्रम कानून तथा अधिकारका बारेमा नेपाली महाबाणिज्य दूतावास जेद्दाका कन्सुलर जीवन घिमिरेले जानकारी गराउँदै श्रमिकलाइ सचेत गरएका थिए भने वित्तीय साक्षरतामूलक सम्बन्धी कन्सुलेटका अर्का प्रतिनिधिले जानकारी प्रदान गरेका थिए । नियमित रूपमा सञ्चालन हुँदै आएको यस प्रकारको घुम्ती शिविरबाट महावाणिज्यदूतावासमा आएर सेवा लिन असमर्थ भएका नेपाली श्रमिकहरू लाभान्वित भएका थिए ।
    एनआरएनएका गतिविधि तथा एनआरएनए साउदिले गर्ने कार्यहरू अबगत गराउदै एनआरएनए साउदीका उपाध्यक्ष राज गिरिद्वारा संचालित उक्त श्रमिक अन्तरक्रिया कार्यक्रममा उपस्थित नेपाली श्रमिक कामदारसंग श्रम तथा कंसुलर सम्बन्धी विभिन्न विषयमा अन्तक्रिया गरिएको थियो।
    कार्यक्रममा महावाणिज्यदूतावासका महाबाणिज्यदूत पारस पण्डित, बाणिज्यदूत सुबास यादब,श्रम सहचारी जीवन घिमिरे तथा अन्य कर्मचारीहरु एनआरएनए का उपाध्यक्ष अर्जुन थापा, कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ, तथा अन्य पदाधिकारीहरुको साथै संघ संस्थाका पदाधिकारीहरु,पत्रकार तथा श्रमिक नेपाली दाजुभाइ दिदिबहिहरुको उपस्थिती रहेको थियो ।

    कार्यक्रम भब्य बनाउन सहयोग गर्नुहुने डाक्टर स्वास्थ्य कर्मि तथा सहयोगी दाताहरुलाइ आयोजक टिमले सम्मान पत्र र खादाले सम्मान गरेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाज

    रास्वपा प्रवास संगठन साउदी अरबको दोस्रो अधिवेशन सम्पन्न, सभापतिमा भुपाल भण्डारी चयन

  • २६ माघ २०८२, आईतवार ०१:५२ मा प्रकाशित
  • समर्पण रम्जान दिन मियाँ

    साउदी अरब

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास संगठन “‘प्रवास नेपाली सम्पर्क विभाग” साउदी अरबको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । साउदीमा कार्यरत रास्वपाका नेता भुपाल भण्डारीको सभापतित्वमा २०२६–२०२८ कार्यकालका लागि 15 सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

    संस्थाका का.बा. सचिब घनश्याम खत्रीद्वारा संचालित उक्त कार्यक्रम निवर्तमान का.बा. सभापति प्रेम आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिमा साउदी अरबस्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेती, अतिथिहरुमा समाजसेवी यम तमु, पत्रकार महासंघ साउदीका अध्यक्ष विष्णु घिमिरे, पत्रकार लालबहादुर श्रीपाली तथा पत्रकार लोकेन्द्र खड्का, रियाद क्षेत्रीय समितीका सभापति मनिष लामा रहेका थिए।

    रास्वपाको चुनाव चिन्ह घन्टि बजाएर उद्घाटन गरिएको कार्यक्रममा अधिकांस रास्वपा प्रेमि दाजुभाई दिदिबहीनीहरुको बाक्लो उपस्थिति रहेको थियो । निर्वाचन प्रक्रिया निर्वाचन समिति प्रमुख उमेश भट्टज्यूको नेतृत्वमा निष्पक्ष, पारदर्शी र लोकतान्त्रिक ढङ्गले सम्पन्न गरिएको थियो ।

    उक्त अधिबेशनद्वारा नव निर्वाचित सभापति भण्डारीद्वारा आफ्नो कार्यकालमा प्रवासमा रहेका नेपालीहरूको समस्या न्यूनीकरणका लागि व्यापक, व्यवहारिक गरिने महत्वपूर्ण चरणबद्ध ६ बुँदे कार्ययोजना, बाचाहरु प्रस्तुत गर्दै आफ्नो कार्यकालभित्रमा पूरा गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन् ।

    नवनियुक्त सभापति भुपाल भण्डारीको ६ बुँदे कार्ययोजनाहरु

    १. कानुनी सहायता र श्रमिक अधिकार संरक्षण
    प्रमुख शहरहरूमा कानुनी सहायता संयन्त्र स्थापना गर्ने, श्रम विवाद परेका कामदारलाई दूतावास र सम्बन्धित निकायसँग समन्वय गरी सहयोग उपलब्ध गराउने, श्रम सम्झौता, भिसा प्रक्रिया र रोजगारदाता परिवर्तनसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्ने योजना ।

    २. सूचना प्रवाह र डिजिटल प्लेटफर्म विस्तार
    प्रवासी नेपालीहरूका लागि एकीकृत डिजिटल प्लेटफर्म विकास गरी श्रमिक अधिकार, दूतावास सेवा, आपतकालीन सम्पर्क नम्बर, कानुनी प्रक्रिया, बीमा र स्वास्थ्य सेवासम्बन्धी जानकारी उपलब्ध गराइनेछ। अनलाइन उजुरी प्रणालीमार्फत समस्याको छिटो समाधान खोजिने।

    ३. सामाजिक सुरक्षा र आपतकालीन सहयोग
    आपतकालीन सहयोग कोष स्थापना गर्ने, मृतक श्रमिकको शव स्वदेश फर्काउन तथा परिवारलाई सहयोग पुर्‍याउने संयन्त्र बनाउने, स्वास्थ्य बीमा र सामाजिक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने योजना बनाईने।

    ४. मानसिक स्वास्थ्य र सामाजिक एकता
    नियमित सामाजिक भेटघाट, सांस्कृतिक कार्यक्रम र सामुदायिक संवाद सञ्चालन गर्ने, मानसिक स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने, तथा युवाहरू, महिला श्रमिक र कमजोर वर्गका लागि विशेष कार्यक्रम ल्याइनेछ।

    ५. सीप विकास र पुनःस्थापनाको योजना
    प्रवासी नेपालीहरूको सीप अभिलेख तयार गर्ने, व्यवसायिक तालिम, उद्यमशीलता विकास कार्यक्रम र लगानी जानकारीसँग जोड्ने, तथा सरकारी तथा निजी क्षेत्रसँग समन्वय गरी पुनःस्थापनाका अवसर सिर्जना गर्ने ।

    ६. संगठन सुदृढीकरण र पारदर्शिता
    नियमित बैठक, सार्वजनिक प्रतिवेदन, लेखा परीक्षण, डिजिटल सदस्यता प्रणाली, तथा नीति निर्माण प्रक्रियामा प्रवासी नेपालीहरूको सुझाव समावेश गर्दै संगठनलाई पारदर्शी, जवाफदेही र जनमुखी बनाउने ।

    यी मुख्य बाचाहरु बाहेक समय समयमा भैपरी आउने अन्य श्रमीक समस्याहरुमा सदैव कटिबद्द रहेर निस्वार्थ भावनाले सहयोग गर्ने पनि सभापति भण्डारीले बताए ।

    कार्यक्रममा अहिलेसम्म पार्टिको उथ्थान तथा पार्टि बिस्तारमा योगदान दिने सबैलाई सम्मान स्वरुप खादा, दोसल्ला र प्रमाणपत्र दिएर सम्मान गरिएको थियो

    कार्य समितिमा

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीति

    साउदीमा कार्यरत तेज सिलवालको नयाँ गीत ‘आशिष जिताऔँ यसपालि’ सार्वजनिक

  • २६ माघ २०८२, आईतवार ००:५५ मा प्रकाशित
  • साउदी अरब । सिन्धुली घऱ भई बिगत लामो समयदेखि साउदी अरबको जेद्दामा कार्यरत लोकगायक तथा सर्जक तेज सिलवालले आफ्नो क्षेत्रका प्रतिनीधि सभा सदस्का उमेद्वार समर्पित नयाँ चुनावी गीत ‘आशिष गजुरेल जिताऔँ यसपालि’ बोलको गित सार्वजनिक गरेका छन्।

    जनजी आऩ्दोलनपछिको अन्तरिम सरकारले तय गरेको फागुन 21 को चुनाब नजिकिँदै गर्दा, देशमा चुनावी माहोल तातिरहेको सन्दर्भमा तयार गरिएको यो गीत सिन्धुली क्षेत्र नम्बर २ बाट घण्टी चिन्ह लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का तर्फबाट उम्मेदवार बनेका यातायात विज्ञ आशिष गजुरेललाई लक्षित गरिएको छ।

    गीतमा “महान युवा नेता आशिष गजुरेल जिताऔँ यसपालि” भन्ने सन्देश प्रस्तुत गरिएको छ। सर्जक तेज सिलवालको शब्द सिर्जनामा तयार भएको गीतमा सिन्धुलीकी चेली कविता कुमारी श्रेष्ठ र ओमप्रसाद प्रसाईंको स्वर रहेको छ। गीत निर्माणमा गायिका मिना बेलबासेले विशेष सहयोग गर्दै मुख्य भूमिका निर्वाह गर्नुभएको छ।

    उक्त गीत TejSilwal Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। पछिल्लो समय सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो देखिएको छ। उम्मेदवार आशिष गजुरेल यातायात व्यवस्थापन विज्ञका रूपमा परिचित छन्। उनी सवारी साधनमैत्री मात्र होइन, मानवमैत्री सडक र सुरक्षित यातायात प्रणालीको अवधारणामा जोड दिन्छन्। “सडक बनाउँदा पैदलयात्री र साइकल प्रयोगकर्तालाई बेवास्ता गरिन्छ,” गजुरेल भन्छन्, “मानवमैत्री पूर्वाधारले ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन रूपमा सुधार गर्न सक्छ।” जर्मनीबाट उच्च शिक्षा हासिल गरेका इन्जिनियर गजुरेलको नेतृत्वमा चोभार परियोजना सम्पन्न भइसकेको छ भने अन्य थुप्रै विकास योजनाहरू अघि बढिरहेका छन्। गोबिन्द ओलीको लय रहेको उक्त गीत सार्वजनिक भएसँगै मतदाता माझ सकारात्मक सन्देश प्रवाह गर्न सफल देखिएको छ। गीतले आगामी चुनावी अभियानलाई थप ऊर्जा र उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।

    पुरा गित यसमा हेर्नुहोला

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीति

    साउदीमा कार्यरत जित गैरे क्यान्सरद्वारा पिडित, उपचारका लागि सहयोगको अपिल

  • २५ माघ २०८२, शनिबार २३:५४ मा प्रकाशित
  • साउदी अरब— साउदी अरबस्थित पिज्जा सप नामक कम्पनीमा कार्यरत रहँदै आएका पाल्पा जिल्लाका जित बहादुर नेपाली (गैरे) गम्भीर प्रकृतिको क्यान्सर रोगद्वारा पिडित भएपछि उपचारका लागि सहयोगको अपिल गरेका छन् । जीवन–मृत्युको संघर्ष गरिरहेका ४३ बर्षिय गैरे आर्थिक अभावकै बीच उपचाररत छन्।

    पाल्पा जिल्लाको साविक दर्छा गाउँ विकास समिति–१, हाल रामपुर नगरपालिका–३ स्थायी ठेगाना भएका गैरेले साउदी अरबमा श्रम गरी परिवारको भविष्य सुरक्षित गर्ने प्रयास गर्दै आएका थिए। तर स्वास्थ्यमा समस्या देखिएपछि प्रारम्भिक उपचार साउदीमै गरेपनि रोग जटिल बन्दै गएपछि थप उपचार सम्भव हुने नदेखिएकोले उनलाई नेपाल ल्याइएर उपचार गरिरहेको परिवारले जनाएको छ।

    नेपालकै उत्कृष्ट चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा निरन्तर उपचार गराईरहेका गैरेको उपचार प्रक्रिया लामो र अत्यन्तै खर्चिलो रहेको उपचार गर्ने चिकित्सकहरुले बताएका छन् । गैरेको आर्थिक अवस्था कमजोरका कारण परिवारलाई उपचार खर्च जुटाउन कठिनाइ भइरहेकोले स्वदेश तथा बिदेशमा बस्ने नेपालीहरु उपचारकोलागि सहयोग गर्न परिवारले अपिल गरेको छ।

    श्रम गरी देशको अर्थतन्त्रमा योगदान पुर्‍याएका श्रमिकको जीवन बचाउन सबैमा मानवीय सहयोग आवश्यक रहेको भन्दै “सानो सहयोगले पनि एउटा अमूल्य जीवन जोगाउन ठूलो भूमिका खेल्न सक्छ,” परिवारजनले बताएका छन्।

    जित गैरेको उपचारका लागि आर्थिक सहयोग गर्न चाहने इच्छुक व्यक्तिहरूले साउदी अरबमा रहनु भएका नम्न समाजसेवी सँग सम्पर्क गरि सहयोग गर्न सक्नेछन्।

    आर्थिक संकलन संयोजक:
    श्री बीरेन्द्र कुमार चौधरी : 054-054-7829
    श्री पदम महत : 055-700-3824

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    “नेपाली साझा मञ्च साउदी”को चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन.अन्जान गुभाजु

  • २७ पुष २०८२, आईतवार ०१:१८ मा प्रकाशित
  • समर्पण रम्जान

    नेपाली साझा मञ्च, साउदी अरबले नववर्ष २०२६ को पावन अबसर पारेर आफ्नो १०औँ वार्षिकोत्सव तथा चौथो अधिवेशन, नववर्ष २०२६ शुभकामना आदान–प्रदान कार्यक्रम गत 9 जनवरी २०२६ शुक्रबारका दिन दम्माम शहरमा भव्य रूपमा सफलतापूर्वक सम्पन्न गोरेको छ छ ।

    नेपाली दूतावास रियादका श्रम काउन्सिलर कबिराज उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशन ,तृतीय सचिव दिनेश शिवाकोटी, नेपालबाट आमन्त्रित लोक तथा दोहोरी गायिका तुलसी क्षेत्री हरु विशिष्ट अतिथिमा रहेका थिए भने नेपाल एयरलाइन्सकी कन्ट्री हेड अन्जु शर्मा, ग्लोबल आईएमई रेमिटका गल्फ हेड राम बी. छेत्री, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदकी निवर्तमान उपाध्यक्ष यासमिन सैयद बेगम, साउदीस्थित एनआरएनए एनसिसी अध्यक्ष उमेश भट्टराई, साथै विभिन्न राजनीतिक, जातिय भातृ तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्वहरू, स्थानिय कलाकारहरू आतिथ्य र बाक्लो जनमानसको उपस्थितमा सांस्कृतिकमय बाताबरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बाट पानसमा बत्ती बालेर सम्पन्न गरिएको कार्यक्रममा मञ्चका महासचिव राजु केसीले स्वागत मन्तव्यसहित मञ्चले हालसम्म गरेका सामाजिक, आर्थिक, शैक्षिक तथा श्रमिक राहत एवं उद्धार गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्दै यो कार्यकालमा करिब १५ हजारभन्दा बढी नेपालीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित भएका जनाएका थिए।

    कार्यक्रमलाई थप आकर्षक र स्मरणीय बनाउन लोक तथा दोहोरी गायिका तुलसी छेत्रीले “तथा गायक रोम लामा तथा स्थानीय कलाकारहरू दिव्या र दीक्षा थापा, मुस्कान शर्मा, अर्जुन छेत्री, सुभाष परियार आदिको उत्कृष्ट प्रस्तुतिले कार्यक्रमको रौनक अझ बढाएको थियो।

    कार्यक्रममा प्रमुख अतिथि श्रम काउन्सिलर उप्रेतीले मञ्चले विगतदेखि हालसम्म पुर्‍याएको योगदानको खुलेर प्रशंसा गर्दै नववर्ष २०२६ को शुभकामना तथा नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभेच्छा व्यक्त गर्नुभयो। साथै साउदी अरबको कानुनी संवेदनशीलताबारे सचेत गराउँदै दूतावास सधैँ श्रमिकको पक्षमा रहेको स्पष्ट पार्नुभयो। अन्य अतिथिहरूले पनि शुभकामना मन्तव्यमार्फत मञ्चको सामाजिक योगदानको उच्च मूल्याङ्कन गर्नुभयो।

    नेपाली साझा मञ्च, साउदी अरबको नव–गठित कार्यसमिति (२०२६–२०२८)मा   प्रमुख संस्थागत संरक्षकमा कृष्ण पुरी, संरक्षकमा विष्णु घिमिरे, प्रमुख सल्लाहकारमा अकल प्रधान, सल्लाहकारहरूमा टिकाराम पाण्डे, नागेश तामाङ, अध्यक्ष अन्जान गुभाजु, उपाध्यक्षहरूमा राजु केसी,भरत पौडेल, महासचिवमा तेज सिलवाल,सिन्धुली, सचिवमा बिपुल ढुङ्गाना, कोषाध्यक्षमा डिबी बलामी मगर, सदस्यहरूमा प्रनिशा रिमाल, राज जैरु, पुन्य प्रसाद घिमिरे, टी.बी. कुबर, गङ्गाराम तामाङ, कृष्ण गिरी, नेत्र न्यौपाने, रम्जानदिन मियाँँ , प्रेम बोहोरा, जगदिश खनाल. खड्ग तामाङ, सोम ब बिके रहेका छन्

    कार्यक्रम सफल पार्न प्रायोजन तथा सहयोग प्रदान गर्नु हुने नेपाल एयरलाइन्स, ग्लोबल आईएमई रेमिट, लालीगुराँस रेस्टुरेन्ट (रियाद), काठमाडौँ नेपाली रेस्टुरेन्ट (दम्माम), एभरेस्ट नेपाली रेस्टुरेन्ट, हलेसी नेपाली रेस्टुरेन्ट (खोबर), भेटघाट चौतारी रेस्टुरेन्ट, एभरेस्ट जर्नी ट्राभल, बीपीएल कार्गो, विभिन्न संघ–संस्था, सामाजिक व्यक्तित्व, मञ्चका सदस्यहरू तथा सम्पूर्ण शुभेच्छुक मित्रहरूमा साथै, नेपालबाट लोकगायिका ल्याउन पहल गर्नु हुने कास्की सेवा समाजका संरक्षक तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघ साउदी शाखाका प्रमुख सल्लाहकार अमर सापकोटा, संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक कृष्ण पुरी तथा अमृता पुरी संरक्षक विष्णु घिमिरे, प्रमुख सल्लाहकारअकल प्रधान तथा नेपाल एयरलाइन्सकी कन्ट्री म्यानेजर अन्जु शर्मा लगायत सम्पूर्ण सहयोगीहरूलाई मन्चले धन्यबाद तथा आभार ब्यक्त गरेको छ ।

    साथै आगामी कार्यकालमा नेपाली साझा मञ्च, साउदीले बचत, बैंक खाता, डिम्याट, निःशुल्क श्रम नवीकरण, अनलाइन पासपोर्ट फाराम तथा सामाजिक सुरक्षा कोषसम्बन्धी विषयमा श्रमिकहरूका लागि समन्वयकारी भूमिका अझ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, समाज

    भारतमा बसमा आगलागी हुँदा तीन नेपालीको मृत्यु !

  • १७ मंसिर २०८२, मंगलवार १७:२३ मा प्रकाशित
  • एक महिला गुल्मीकी परिचित—दुई जनाको सनाखत अझै नमिलेन

    भारतको उत्तर प्रदेशस्थित बलरामपुर–गोण्डा सडकखण्डमा नेपाली यात्रु लिएर जाँदै गरेको बसमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटना गएराति करिब २ बजे भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ।

    बलरामपुरका एसपी विकास कुमारका अनुसार मृतकमध्ये एक महिला गुल्मी जिल्लाकी भएको प्रारम्भिक पुष्टि भएको छ। तर बस पूर्ण रूपमा जलेको कारण अन्य दुई जनाको सनाखत गर्न कठिनाइ भएको भारतीय प्रहरीले जानकारी गराएको बीबीसीले जनाएको छ।

    सुनौली–दिल्ली रुटमा यात्रु बोकेर हिँडेको बस विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किएपछि सडकछेउको बिजुलीको पोलमा ठोक्किँदै आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। दुर्घटनाबाट जोगिएका एक नेपाली यात्रुका अनुसार बसमा झन्डै ४० भन्दा बढी नेपाली सवार थिए।

    घाइतेहरू:-

    सूचीमा रूपन्देही, पाल्पा र गुल्मीका नागरिकको नाम धेरै भेटिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई लखनऊ रेफर गरिएको भारतीय प्रहरीले जनाएको छ। सामान्य घाइतेहरूलाई नेपाल वा दिल्लीतर्फ पठाउने प्रक्रिया सुरु गरिएको भारतीय अधिकारीलाई उद्धृत गर्दै पीटीआईले जनाएको छ।

    नेपालतर्फ जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुर्घटनास्थल सीमा क्षेत्रबाट टाढा भएकाले नेपाली नागरिकहरूको अवस्थाबारे बुझ्न भारतीय पक्षसँग समन्वय भइरहेको जनाएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर

    साउदीमा आठ दिनदेखि एक नेपालीको शव रोकियो, नेपाली दूतावासलाई पहल गर्न प्रवासी नेपाली विभागको अनुरोध

  • ७ मंसिर २०८२, शनिबार २२:४१ मा प्रकाशित

  • रियाद, साउदी अरब — साउदी अरबको रियादस्थित अलरबिया हस्पिटलमा एक नेपाली नागरिक ॐ नाथ योगीको मृत शरीर आठ दिनदेखि रोकिएको छ। बीमा, कागजात र क्लियरन्स प्रक्रियामा निरन्तर ढिलाइ हुँदा शव नेपाल पठाउने काम रोकिएको हुँदा प्रवासी नेपाली बिभाग रियादले दूतावासलाई पहलका लागी अनुरोध गरेको छ, रियाद क्षेत्रीय समितिका सचिब उमेश भट्टले जानकारी गराए । शब नेपाल जान ढिला हुँदा, परिवारमा गम्भीर पीडा र तनाव सिर्जना गरेको पनि भट्टले बताए ।

    चिकित्सकहरूको प्रारम्भिक प्रतिवेदन अनुसार, योगीको मृत्यु दुवै मिर्गौला फेल (Kidney Failure) भएपछि भएको ह। अस्पतालका अनुसार, उनी खाना पकाउने क्रममा होस्टेलमा बेहोस भएर लडेका थिए र तत्काल अस्पताल पुर्‍याउँदा निधन भएको थियो।

    कम्पनीको लापरवाहीले ढिलाइ

    योगीका साला बब्लु गीरीका अनुसार, कम्पनीले बीमा र कागजी प्रक्रिया समयमा सुरु नगर्दा शव आठ दिनसम्म अस्पतालमै रोकिएको हो। गीरी भन्छन्:
    “अस्पतालले कागजात पठाउन कम्पनीलाई पटक–पटक आग्रह गरिरहेछ, तर तत्परता देखाएन। परिवार निरन्तर पीडामा छ, हामी सरोकारवालालाई छिटो हस्तक्षेपका लागि अपिल गर्छौँ।”

    प्रवासी नेपाली विभागको पहल

    घटना सार्वजनिक भएपछि प्रवासी नेपाली सम्पर्क विभाग, रियाद शाखाका सभापति मनीस लामा नेतृत्वको टोलीले दूतावास र सम्बन्धित साउदी प्रशासनिक निकायहरूसँग समन्वय गर्दै शीघ्र समाधानको प्रयास सुरु गरेको छ। लामाका अनुसार:
    “शव क्लीयर गर्न आवश्यक प्रक्रिया छिटो गर्न निरन्तर समन्वय भइरहेको छ। परिवारको पीडा बुझ्दै छिटो समाधानका लागि सबै तहमा पहल भइरहेको छ।”

    मुख्य तथ्यहरू

    शव आठ दिनदेखि अलरबिया हस्पिटलमा रोकिएको।कम्पनीले बीमा,

    कागजात र क्लेम प्रक्रियामा गम्भीर ढिलाइ गरेको।

    दूतावास र सरकारी निकायबाट समयमै कूटनीतिक हस्तक्षेप नभएको।

    प्रवासी नेपाली विभागले पहल गरेको भए पनि अझै शव नेपाल पठाउने प्रक्रिया पूरा हुन बाँकी।

    दूतावासको तत्काल पहलको माग

    पीडित परिवार, आफन्त, समाजसेवी समूह र प्रवासी नेपाली सम्पर्क विभागले रियादस्थित नेपाली दूतावासलाई छिटो हस्तक्षेप गरी आवश्यक कागजात पूरा गरी शवलाई नेपाल पठाउन आग्रह गरेका कुरा प्रवासी नेपाली सम्पर्क विभागले रियादका सचिबले हिमालयन दृस्टीलाई जानकारी गराए ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर

    इस्लामिक दावा सेन्टर सनैया जेद्दाद्वारा भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

  • ७ मंसिर २०८२, शनिबार ०९:५१ मा प्रकाशित

  • जेद्दा, साउदी अरब ! साउदी अरबको जेद्दा स्थित सनैयामा रहेको इस्लामिक दावा सेन्टरको नेपाली बिभागद्वारा गत २१ नोभेम्बर शुक्रबारका दिन नेपाली श्रमिकहरू बीच एक आपसी भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न गरेको छ।

    नेपाली महावाणिज्य दूतावास जेद्दाका महावाणिज्य दूत पारस पण्डितको प्रमुख अतिथ्यमा दावा सेन्टरका नेपाली विभागका प्रमुख मन्जुर अलि मियाँको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। सनैया स्थित श्रमिक नेपाली दाजुभाईहरूको उपस्थितिमा एकआपसी भेटघाट तथा परिचय गराउने उद्देश्यका साथ गरिएको उक्त कार्यक्रममा अतिथिहरूमा एनआरएनए साउदी अरबका उपाध्यक्ष राजगिरी, एनआरएनए आरसीसी जेद्दाका कार्यवाहक अध्यक्ष चिरञ्जीवी बस्नेत, साझा मञ्च साउदी अरबका उपाध्यक्ष तेजबहादुर सिन्दुली, सेन्टरका इन्चार्ज इब्राहिम अबु खालिद रहेका थिए !


    रमजान दिन मियाँद्वारा संचालित उक्त कार्यक्रम अलि अख्तरले कुरानिक आयत पढेर सुरु गरिएको थियो ! सेन्टरका इन्चार्ज अबु खालिदले स्वागत गरेका थिए ! छोटो छोटो मन्तव्य दिने क्रममा आफ्नो सेन्टरको उद्देश्य, सेन्टरले गर्ने कामहरु र नेपालीहरुका लागि सेन्टरले गर्ने साथ सहयोग तथा ईस्लाम प्रतिको आस्था संबन्धी सेन्टरका नेपाली बिभागका प्रमुख मन्जुर अलि मियाँले जानकारी गराएका थिए ! अतिथिहरु सबैले आ आफ्नो परिचय दिदैं सेन्टरले समय समयमा नेपाली दाजुभाइहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रमका साथै खेलकुद कार्यक्रम गर्दै नेपालीहरुलाइ एकजुट गराउन सहयोग गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेकाथिए ।


    प्रमुख अतिथी महाबाणिज्यदूत पारस पन्डितद्वारा कार्यक्रममा उठेका केही श्रमिक समस्याहरुको जवाफ दिदै यस्तो श्रमिकमुखी कार्यक्रम गरिएकोमा सेन्टरलाइ धन्यवाद दिएका थिए ! श्रमिकहरुलाइ कुनैपनि समस्या परेमा दूतावासको नम्बरमा कल गर्न र म्यासेज गर्न अनुरोध गर्दै श्रमिक समस्या समधानमा महाबाणिज्यदूताबास जेद्दाले कुनै कसर बाकी नराख्ने पनि जानकारी गराए ।
    कार्यक्रममा सेन्टरद्वारा प्रमुख अतिथिलाइ मायाको चिनो दिदैं कार्यक्रम समापन गरिएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P