वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव आएका सल्यान शारदा नगरपालिका ४ साहुटोला निवासी २२ बर्षीय रूपसिंह यारिको कामकै सिलसिलामा दुर्घटनामा परी मृत्यु भएको छ ।
नुरा मुतायरी कन्ट्रयाक्टटिङ कम्पनीमा सफाई कर्मचारीको रूपमा चार महिना अगावै साउदी अरब आएका रूप सिङ यारीको घरमा सानै उमेरमा आमाले उनी र दिदीलाई छोडी गएपछि बाबाको साथमा केही वर्ष बाल्यकाल बितेको थियो। तत्पश्चात बाबाले पनि अचानक एकदिन दुवै भाइबिनालाई छोडे लापत्ता भएबाट उनी आफ्नो काकाबाउ को घरमा बसी स्कुले जीवन पश्चात् सुन्दर भविष्यको कल्पना गर्दै साउदी अरब आएका थिए। तर गत शुक्रबारको दुर्घटनाले उनको सबै सपना तुहाइदियो ।
नेपाली दूतावास साउदी अरबका द्वितीय सचिव टिकाराम उपाध्यायले जानकारी गराए अनुसार शुक्रबारको घटनामा उनको मृत्यु भएको र सवलाई घर पठाउन दूतावासले छिटो छरितो तरिकाले प्रोसेस अगाडि बढाउने जानकारी गराउनुभयो।
समर्पण रम्जान ! गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमले आफ्नो १० औं बार्षिकोत्सब तथा इस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल अधाको शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ मनाउने कार्यक्रम आयोजना गरेको छ ।
संघले आफ्नो स्थापना कालको दशौँ बर्ष पूरा गरेको उपलक्ष्यमा यो कार्यक्रम गर्न लागेको संघका सचीव सिद्दिलाल श्रेष्ठले जानकारी गराएका छन् । उक्त कार्यक्रममा संघको आर्थिक तथा १ बर्ष सम्म संघले गरेको कार्यप्रगती विवरणहरु प्रस्तुत गरिनुको साथै स्थानीय कलाकारहरु द्वारा केही सांस्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिने जनाएको छ ।
संघले एक सूचना जारी गरि कार्यक्रम बारेमा जानकारी गराउँदै नेपाली राजदूतावास रियाद तथा नेपाली महाबाणिज्य दूतावास जेद्दा, साउदि अरबमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, एनआरएनएका प्रतिनिधि तथा सदस्यहरु, विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधिहरु, ब्यबसायीहरु, बिभिन्न राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिहरु,मिडियाकर्मीहरु, सामाजिक अभियन्ता तथा समाजसेवी सबैलाई गरिमामय उपस्थिति लागी पनि हार्दिक निमन्त्रणा गरेको छ ।
उक्त कार्यक्रम ७ जुन २०२४ , शुक्रबार, दिउँसो १ बजेदेखि अल कासिमको बुरैदा (अल कासिम कन्नभेसन सेन्टर नजिकैको ईस्तरहा) मा हुने पनि संघले जनाएको छ ।
थप बृस्तित जानकारीको लागी अध्यक्ष कृष्ण अधिकारीः-0556036023, उपाध्यक्ष बिनोद खड्गाः- 056 971 8205 सचीव सिद्धी लाल श्रेष्ठः-0542797023 सह सचिब बिर बहादुर तामाङः- 055 651 3107समिर के.सी, 059 478 5027राज पौडेल 050 574 1316, प्रबक्ता अली हुसैन मियाः 057 339 7731 हरुलाइ सम्पर्क गर्न पनि अनुरोध गरेको छ । कर्यक्रम हुने लोकेसन https://maps.app.goo.gl H6R3Uq1cPjUSosC18?g_st=com.google.maps.preview.copy
गैर आवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिती जेद्दा, साउदी अरबले ईस्लाम धर्मावलम्बीहरुको आउदै गरेको दोस्रो महान पर्व ईद उल अधा (बकर ईद) २०२४ को पावन अवसरमा भब्य रुपले खुल्ला नकआउट भलिबल प्रतियोगिता कार्यक्रम आयोजना गर्न लागेको छ ।
इदको छुट्टी पारेर आगामी १५ जुन शनिबारका दिन नेपाली दाजुभाइहरुलाइ खेल मनोरञ्जन दिने उद्देश्यका साथ जेद्दाको सनैया १ स्थित टप कपि तथा मोर्डनको अफिस नजिकै रहेको ग्राउन्डमा खेल आयोजना गर्न लागेको आयोजक एनआरएनए जेद्दाले जनाएको छ ।
साउदी अरबको जेद्दा, रविक, यान्बु, ताईफ, जिजान, आभा-खामिस, तथा ताबुक लगायत साउदी अरबको पश्चिम् क्षेत्र आसपासमा रहनु हुने सम्पुर्ण नेपाली खेलप्रेमी दाजुभाई तथा दिदिबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई प्रतियोगितामा भाग लिईदिनुहुन पनि हार्दिक निमन्त्रणा गरेको छ ।
नेपाली खेलाडीहरु मात्रै खेलाइने उक्त भलिबल प्रतियोगितामा ५०० रियल इन्ट्री फि रहने छ भने प्रथम पुरस्कार २५००/- साउदी रियाल साथै ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार १५००/- साउदी रियाल साथै ट्रफी, मेडल र प्रमाणपत्र तथा प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
उक्त प्रतियोगितामा भाग लिने खेलाडी टिमहरुले १४ जुन शुक्रबार बेलुकी १० बजे सम्म कल गरेर आफ्नो टिम दर्ता गरिसक्नु पर्ने छ भने शनिबार ५ बजे भित्रमा टिम खेल मैदानमा उपस्थिति हुनु पर्ने छ ।
बिस्तृत जानकारी तथा टिम दर्ताको लागी सम्पर्क व्यक्तिहरु: १) डि.पी अर्याल – 056 414 6121 २) चिरञ्जीवी बस्नेत – 054 504 5597 ३) राजकुमार गिरी – 054 159 6759 ४) भिम गुरुङ – 056 149 4939 ५) रम्जान दिन मिया – 055 656 5419
नेपाली महाबाणिज्य दूतावास जेद्दाले गत बिहिवार ३० मे २०२४ का दिन नेपाली हाजिहरुलाइ आफ्नै कार्यलयमा आमन्त्रण गरि सम्मान स्वरुप भब्य स्वागत गरेको छ ।
हज समितिका अध्यक्ष इस्रामुल्लाह मियाँको साथमा हज समितिका अन्य पदाधिकारीहरु तथा चिकित्सकको टोलिहरुलाइ निमन्त्रणा दिएर भेटघाट तथा दिवा खानको ब्यबस्था गरि नेपाली हाजिहरुको सम्मानस्वरुप स्वागत गरेको थियो ।
नेपाली हाजिहरुको साउदी आगमनको क्रममा एयर्पोटदेखीनै नेपाली महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुध्वन पोखरेल तथा अन्य प्रतिनिधिहरु, नेपाली दूतावास रियादका राजदुत महामहिम नवराज सुबेदी, समाजसेवी तथा ब्यबसायी राजु सैयद र अन्य समाजसेवीहरुले स्वागत गर्नुको साथै हाजिहरुको सहयोग र सहजताका लागि आवास्यक कुराहरु उपलब्ध गाराउन, हज गर्दा मक्का मदिनामा आइपर्ने कुनैपनी समस्यामा सहयोग गर्न सदैब नेपाली महाबाणिज्य दूतावास जेद्दा तयार रहेको कुरा महाबाणिज्य दूतावास जेद्दाका कार्यवाहक दुत सत्रुध्वन पोखरेलले बताउनु भयो !
हाजिहरुको सहयोगका लागि केही मुस्लिम स्वयंसेवकहरुलाइ पनि खटाइएको जानकारी गराउदैँ सम्पुर्ण हाजिहरुको मनोकामना तथ हज यात्राको सफलताको शुभकामना पनि दिनु भएको थियो । यसरी नेपाली हाजिहरुलाइ प्रहिलो पटक स्वागत गर्न पाउँदा महाबाणिज्य दुत पोखरेल ले खुशी ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी तथ ईस्लामिक सेन्टरका मन्जुर अलि मियाँको पनि उपस्थिति रहेको थियो ।
समर्पण रम्जान ! जेद्दा! साउदी अरब! मिति ३१ मे २०२४ शुक्रबारका दिन ईस्लामिक दावा सेन्टर नेपाली बिभाग सनैया १ जेद्दाद्वारा ईस्लामिक परिचायत्मक तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई भेटघाट गराइ ईस्लामिक परिचय दिने उद्देश्यका साथ सेन्टरका नेपाली बिभागकाका प्रतिनिधि मन्जुर अलि मियाँको सभापतित्वमा र नेपाली महाबाणिज्य दूतावास जेद्दाका कार्यबाहक महाबाणिज्यदुत सत्रुध्वन पोखरेलको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा नेपाल बाट हजको लागि आउनु भएका अलाउदिन फलाही, बिशिस्ट अतिथी तथा प्रमुख बक्ताको रुपमा रहेका थिए ।
मदिना युनुभर्सिटिमा पढ्दै गरेका प्राध्यापक महम्मद युसुफ द्वारा संचालन गरिएको कार्यक्रममा बिशेष अतिथिमा एनआरएनए उपाध्यक्ष राजकुमार गिरि, र अतिथिहरुमा दावा सेन्टरका सेखरु, एनआरएनए आरसिसि का का.वा. अध्यक्ष चिरञ्जीवी बस्नेत, बरिस्ठ समाजसेवी भिम गुरुङ, हाजी मुमिन मियाँ, समाजसेवी सम्पुर्ण के.सि, युवा क्लबका सचिब पवन पराजुली हरुले आशन ग्रहण गरेका थिए !
कन्सुलर जेद्दाका प्रतिनिधि शेख अताउल्लाह जि बाट इस्लामीक पवित्र धार्मिक ग्रन्थ कुरानको बाचन गरेपछि नेपाली राष्ट्रिय गान सँगै सुरु गरिएको उक्त कार्यक्रममा नेपाली दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख बक्ता अलाउदिन फलाही तथा अब्दुल्लाह बिष्टले इस्लामको परिचयका साथै जीवन जिउने पद्धति,आसय र ईश्वर प्रतिको आस्था बारे बृस्तित जानकारी गराइ सबैमाझ इस्लामको परिचय दिनु भएको थियो ।
यसै गरि कार्यक्रममा रम्जानदिन मियाँले स्वागत मन्तव्य दिएका थिए । अतिथिहरु भिम गुरुङ राज कुमार गुरुङ ले इस्लामका बारेमा बुझ्ने मौका मिलेकोमा दवा सेन्टर लाई धन्यवाद दिएका थिए । अन्तमा प्रमुख अतिथि सत्रुध्वन पोखरेल ज्यु ले पनि यो कार्यक्रम बाट धेरै कुरा बुझ्न पाइएकोमा खुशी व्यक्त गर्दै संक्षेपमा सबैले सत्कर्म गर्न पर्ने र एक आपसी सद्भाव सहयोग तथा आदार सत्कार गर्नुनै जीवन यापन र मरण पछिको सफलता हुने बताउदै आयोजकलाइ धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा आयोजक टिमले नेपाली सेल रोटि तथा खानाको ब्यबस्थापन पनि गरेको थियो ।
कार्यक्रममा सफल र भब्य बनाउन उपस्थित रहनु भएका अतिथी तथा सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाइ कार्यक्रम आयोजक सभापति मन्जुर अलि मियाँद्वारा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो ।
कुवेत/कुवेतमा एक नेपाली युवतिले आत्महत्या गरेकी छिन । घरेलु कामको लागि अवैधानिक बाटो हुदै कुवेत आएकी बागचौर नगरपालिका ९, सल्यानकी जानकी कवरले आत्महत्या गरेकी हुन ।
वैदेशिक रोजगारीको लागि PA०५४९४९९ राहदानी वाहक कवर २०८०/०६/०५ गते कुवेत आएकी हुन भने उनले २०८१/०२/०४ गते आत्महत्या गरेकी हुन । बागचौर नगरपालिका वडा न ९ ले कुवेतस्थित नेपाली दूतावासलाई मृतकको शव स्वदेश पठाउन सहजिकरण गरिदिनको लागि पत्राचार समेत गरेको छ ।
मृतकको शव स्वदेश पठाउनको लागि नेपाली दूतावास कुवेत, घर परिवार , एजेन्ट र रोजगारदाता संग समन्वय भईरहेको घनश्याम थापाले जानकारी दिएका छन । कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव प्रमराज गौतमका अनुसार ‘घटनाबारे प्रारम्भिक जानकारी दूतावासमा प्राप्त भएको छ । अन्य आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव छिट्टै स्वदेश पठाउने तयारी छ’।
नुवाकोट ! नुवाकोटको विदुर -१३ स्थित एक मात्र माध्यमिक बिद्यालय श्री अजिङ्गरे माध्यमिक बिद्यालायका भूपू विद्यार्थी तथा नेपाली साझा मञ्च साउदी अरबको संयोजकत्वमा साउदी र कतारमा रहनुभएका भूपू बिद्यार्थी साथीहरु, नेपाली साझा मञ्च साउदी अरबका शुभेच्छुक साथीहरु तथा समाजसेवीहरु मिलेर आफुले पढेलेखेको बिद्यालायका लागि आवश्यक भौतिक सामग्रीहरु सहयोग गरेका छन्
श्री अजिङ्गरे मा.बि. को साउदी अरब र कतारमा कार्यरत भुर्ब विद्यार्थी मित्रहरू तथा नेपाली साझा मन्च साउदीको सदस्य तथा शुभेच्छुकहरुबाट संकलन गरिएको नेरु ४९९११/- रकमबाट विद्यालयलाई आबस्यक टेलिभिजन 42″- १ थान , पानीको जारसेट मग र जार टेबल आईतवार एक अनौपचारिक कार्यक्रम गरि हस्तान्तरण गरिएको छ।
हस्तान्तरण कार्यक्रममा स्थानीय सरकारका विदुर-१३वडा अध्यक्ष भरत तामाङ, बिब्यसका अध्यक्ष राजकुमार अधिकारी ,नेपाली साझा मन्च साउदीको पुर्ब केन्द्रिय सदस्य नरोत्तम अधिकारी , प्रअ रामचन्द्र भन्डारी लगायत शिक्षक शिक्षिका तथा विद्यार्थी भाईबहिनीको उपस्थिति रहेको थियो।
यस परोपकारी अभियानमा साथ र सहयोग दिनु हुने उक्त विद्यालयक साउदी र कतारमा कार्यरत पुर्व विद्यार्थी मित्रहरू ,हाम्रो संस्थाको सदस्य तथा शुभेच्छुकहरु तथा अभियानलाई समन्वय गर्नु हुने संस्थाका अध्यक्ष अन्जान गुभाजुज्यु ,नेपालमा समन्वय गर्नुहुने पुर्व केन्द्रिय सदस्य नरोतम अधिकारी , बिब्यसका अध्यक्ष राज अधिकारी ,प्रअ रामचन्द्र भन्डारी , वडा अध्यक्ष भरत ब तामाङलगायत सम्पुर्णमा साझामन्च साउदीले हार्दिक आभारका ब्यक्त गरेको छ ।
सहयोगको विवरण ( नेरुमा)
१) बिजय नेपाली पुर्व बिद्यार्थी ११११/- 2) राजु केसी , नुवाकोट – १७५०/- ३ ) अन्जान गुभाजु ,पुर्व विद्यार्थी – ७०००/- ४) काजी गुरुङ ,काठमाडौं – १७५०/- ५) डिबि बलामी -55/- सारी – १९२५/- ६)सुरेश गुभाजु धादिङ – ३५००/- ७) कृष्ण (शमशेर)तामाङले पुर्ब विद्यार्थी ,समाजसेवी – ७०००/- ८) युद्ध ठकुरी ,पुर्ब विद्यार्थी ,समाजसेवी – नेरु ६१२५/- ९) शन्त ब तामाङ ,पुर्ब बिद्यार्थी – १७५०/- ११) राज जैरु,पुर्ब विद्यार्थी -१७५० १२) चन्द ब तामाङ, पुर्ब विद्यार्थी -२०००/- नेरु 1३) सुब्बा तामाङ पुर्ब विद्यार्थी – १७५०/-
कतारबाट १४) हरि गुभाजु ,पुर्ब विद्यार्थी – ४०००/- १५) गणेश श्रेष्ठ, पुर्ब विद्यार्थी – ५०००/- १६)राजिब गुभाजु ,पुर्ब विद्यार्थी – २०००/-
जम्मा रु. ४२,५०० बराबरको सामान वडाअध्यक्ष श्री भरत बाहादुर तमाङज्युको रोहबरमा हस्तान्तरण गरिएकी छ भने बाँकी रु. ६,३००/- विद्यालय्को सुरक्षाको लागि र्सिसिटिभी क्यामेरा खरिद गरिने भएको छ।
बैतडी । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ।
मेलौली नगरपालिका—१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो। नायक सुतीरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो। उक्त आगलागीमा परेर नायकको मृत्यु भएको खुलेको छ।
वैदेशिक रोजगारीको सिलसिलामा दिपक विगत ९ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए। नायकको शव नेपाल ल्याउन पहल भइरहेको वडा अध्यक्ष सरद नेगीले बताए। दिपको मलेसियामा मृत्यु भएपछि उनको घरपरिवार शोकमा डुबेको छ।
मोरङ सुनसरी सेवा समाज साउदी अरबद्वारा साउदी अरबको पूर्वी क्षेत्रमा क्षेत्रीय संगठन विस्तार गरिएको छ।
साउदी अरबको पूर्वी क्षेत्रमा हिजो १०मईका दिनमा गरिएको उक्त कार्यक्रममा मोरङ सुनसरी सेवा समाजको क्षेत्रीय संगठन विस्तार गरिएको हो।
उक्त विशेष कार्यक्रममा मोसुका केन्द्रीय प्रतिनिधि कुमार कार्की मोसु साउदी अरबका अध्यक्ष दीपक थापा लगायत गैर आवासीय नेपाली संघकी अध्यक्ष रविना अर्याल नेपाली राजदूतावास पूर्वी क्षेत्रीय सम्पर्क अधिकारी नारायण पासवान, राप्रपा साउदी अरबका अध्यक्ष कुबेर हुमागाईं ले आफ्नो मन्तव्य राख्नुभएको थियो। त्यस्तै उक्त कार्यक्रममा जनप्रगतिसिल साउदी अरबका अध्यक्ष रामचन्द्र वाग्ले, जनसम्पर्क समिति साउदी अरबका महामन्त्री सुरेशराज त्रिपाठी तथा झापाली समाज साउदी अरबका अध्यक्ष रविन गिरी लगायतले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम संयोजक रोशनकुमार श्रेष्ठ द्वारा उपलब्ध गराइएको जानकारी अनुसार पूर्वी क्षेत्रीय संगठनको अध्यक्षमा राजन ओझा, उपाध्यक्षमा तेजु श्रेष्ठ, सचिवमा राकेशकुमार राजवंशी। सहसचिवमा धर्मप्रसाद भट्टराई, कोषाध्यक्षमा जीवनगिरी तथा सदस्यहरूमा पुष्पा राई, रामप्रसाद पुरी, शुक्र लिम्बू, तथा सुरेश जिमी ले जिम्मेवारी पाएका छन्।
सो कार्यक्रम सभ्य तथा भव्य रुपमा सफल पार्न कार्यक्रम संयोजक रोशन श्रेष्ठ, कर्ण बहादुर बस्नेत तथा जिवन गिरीको मुख्य भूमिका रहेको थियो।