गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरबले साउदी अरबको पूर्वी क्षेत्रमा हरितालिका तिज कार्यक्रम मनाउने भएको छ।
संघले चर्चित गायिका प्रीती आलेको उपस्थितीमा हरितालिका तीज विशेष कार्यक्रम गर्ने भएको हो भने उक्त कार्यक्रममा सहभागिता जनाउन कुनै शुल्क नलाग्ने बताईएको छ। कार्यक्रम ०६ सेप्टेम्बर २०२४ (भाद्र २१ गते) का दिन बिहान ११:०० बजे देखी साँझ ५:०० बजे सम्म सादी रिसोर्ट सफ्वा, जुबेल हाईवे, दम्माम साउदी अरबमा हुने भएको छ।
नेपाल आदिबासी जनजाति महासंघ साउदी अरबले यहि आउँदो ९ अगष्ट २०२४ शुक्रबारका दिन “संविधान प्रदत्त अधिकार आदिवासीहरुको बिशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यन्वयन गर ! प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर !!” भन्ने मूल नाराका साथ ३०औं बिश्व आदिबासी दिवस मनाउने भएको छ।
विभिन्न नेपाली आदिम सस्कार,सस्कृति झल्किने सास्कृतिक कार्यक्रम सहित आयोजना गरिने सो कार्यक्रममा साउदी अरबको पूर्वी क्षेत्रमा वा साउदी अरबको कुनै पनि क्षेत्रमा बसोबास गरी रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।
कार्यक्रम साउदी अरबको पूर्वी क्षेत्र जुबेलस्थित कुक जोन होटल मा आगामी शुक्रबार हुने भएको छ।
साउदी अरबले स्वास्थ्य र शिक्षा क्षेत्रमा आप्रवासी (फैमिली डिपेन्डेन्ट) आश्रितहरूलाई रोजगारीको अनुमति दिने भएको छ।
साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले स्वास्थ्य र शिक्षा क्षेत्रमा अबदेखि “फैमिली डिपेन्डेन्ट” भिजामा रहेका र स्वास्थ्य वा शिक्षा क्षेत्रमा दक्षता हासिल गरेका नर्स, डाक्टर, प्रोफेसर, वा यी दुवै क्षेत्रमा सम्बन्धित पेशामा दक्ष पारिवारिक सदस्यहरुलाई कामको अनुमति दिने भएको छ। यो भन्दा पहिले साउदीमा फैमिली डिपेन्डेन्ट भिजामा रही काम गर्ने अनुमति थिएन ।
यो सुबिधा लिनकालागि आश्रित कम्तिमा 18 वर्ष पुगेको, र ईकामा,( यहाँको आवासीय पत्र) म्याद नसकिएको हुनुपर्नेछ। ।
र आश्रित र प्राथमिक प्रवासी बीचको सम्बन्ध निम्नहुनुपर्नेछ। निम्न मध्ये: पति/पत्नी, पति/पत्नीको आफन्त वा कानूनी अभिभावक इत्यादि।
साउदी अरबमा कार्यरत एकजना नेपाली नर्सले आत्महत्या गरेकी छिन्।
साउदी अरबको पूर्वीक्षेत्र कतिपको अल बदर अस्पतालमा कार्यरत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ९ घर भएकी २४–२५ वर्षीया गीता देउजाले आत्महत्या गरेको नेपाली दूतावास रियादले जनाएको छ।
आत्महत्या गरेकी देउजाले सुसाइट नोट लेखेकी छिन्। आफ्नै कारणले आत्महत्या गर्न लागेको र अरू कसैको कारण नभएको उनले लेखेको सुसाइड नोटमा उल्लेख गरिएको बताईएको छ।
खबर अनुसार शव नेपाल नपठाउन सुसाइड नोटमा आग्रह गरिएको बताईएको छ। अहिले साउदी प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको नेपाली दूतावासले जनाएको छ।
मृतक देउजा करिब एक वर्षअघि साउदी अरब पुगेकी थिइन्। उनकी दिदी लक्ष्मी देउजा पनि नर्सकै रूपमा त्यही अस्पतालमा कार्यरत छिन्।
साउदी अरेबियाले लागुऔषध ओसारपसारमा दोषी ठहर भएका दुई जनालाई मृत्युदण्ड दिएको गृह मन्त्रालयले बिहीबार बताएको छ ।
साउदी नागरिकलाई एम्फेटामाइनको तस्करीको आरोपमा र अर्का पाकिस्तानीलाई हेरोइनको तस्करीका लागि मक्कामा मृत्युदण्ड दिइएको आधिकारिक साउदी प्रेस एजेन्सीले मन्त्रालयको घोषणालाई उद्धृत गर्दै बताएको छ ।
गत ०५ जुलाई २०२४, शुक्रबारका दिन नेपाली काँग्रेसको बिदेश स्थित भातृ संस्था नेपाली जनसंपर्क समिती साउदीअरबले अलकासिम क्षेत्रिय समिति गठन गरेको छ ।
उक्त समिति गठनबाट सभापतिमा नेपाली कांग्रेसका युवा नेता टिकाराम तामाङ (वाइवा ) उप सभापतिमा कुमार बिक, महामन्त्री – बद्री खत्री ( समिर ),कोषाध्यक्षमा सुरज सापकोटा, र सदस्यहरुमा सुदेश महतो, रेशम थापा,सर्फुदिन मिया,आयुष धामि,अनिल बराल, दिनेश उपरकोटि,पुब्यन शाह, र प्रमुख सल्लाहकारमा – धन बहादुर गुरुङ, सल्लाहकारमा मनोज कुमार खवास रहेका छन् ।
१२ सदस्यीय अल कासिम क्षेत्रीय समिति सर्ब सहमत चयन भएको उक्त अल कासिमको बुरैदामा भएको कार्यक्रममा नेपाली कांग्रेसमा आस्था राख्ने नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपालि जनसम्पर्क समिति साउदि अरबका सभापति तुसुङ (अर्जुन) बहादुर थापाको सभापतित्वमा र नेपाली जनसंपर्क समिती साउदि अरबका अन्य पदाधिकारि तथा सदस्यहरु, सल्लाहकारहरु, अलकासिम क्षेत्रमा रहनु भएका नेपाली काँग्रेसमा आस्थावान ब्यक्तिहरु तथा अन्य संघसंस्था पदाधिकारिहरु, समाजसेबि, बुद्दिजिबिहरुको उपस्थितिमा नेपाली जनसम्पर्क समिती, अलकासिम क्षेत्रीय समिति गठन गरिएको थियो ।
जेद्दा साउदी अरब । नेपाली महावाणिज्य दुतावास जेद्दा साउदी अरबले एक सुचना जारी गर्दै साउदी अरबको जेद्दा शहरमा जेद्दा सिजन २०२४ आयोजना हुने जनाएको छ । उक्त आयोजना बिभिन्न मितिमा गरि ४ दिन हुने र नेपालीहरुको प्रस्तुती १६ अगष्टमा रहने जनाउँदै उक्त कार्यक्रममा नेपालीहरुको बाक्लो सहभागिताका लागि अनुरोध गरेको छ । महावाणिज्य दुतावासले आफ्नो सुचनामा जनाएको छ , जुलाई तथा अगष्ट २०२४ मा Equestrian Club (Al Frosyah District Jeddah) मा जेद्दा (Jeddah Season) आयोजना हुने र यस जेद्दा सिजनमा नेपालको प्रथम पटक सहभागिता रहने तय भएको सबैमा जानकारी सहर्ष गराउँदछौं । जुलाई २६ तथा अगष्ट २,९ र १६ गरी जम्मा चार दिन आयोजना हुने जेद्दा सिजनमा नेपालको प्रस्तुती १६ अगष्ट २०२४ शुक्रवार रहनेछ । १६ अगष्ट २०२४ मा आयोजना हुने कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहरु गायक प्रमोद खरेल नायिका केकी अधिकारी तथा वहाँको नृत्य समूह र प्रस्तोता रिमा विश्वकर्मा आउनुहुने जानकारी रहेकोछ ।
साथै महावाणिज्य दुतावासले यस सम्बन्धी जानकारी साउदी अरबमा रहेका सम्पूर्ण नेपालीहरु माझ पुर्याउन तथा कार्यक्रममा सहभागी नेपाली कलाकारहरु समेतको प्रस्तुती रहने कार्यक्रमलाई सफल बनाउन साउदी अरबमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक आग्रह गरेको छ । यस सम्बन्धमा अन्य प्रासंगिक सूचना तथा जानकारीहरु प्राप्त भएमा आगामी दिनहरुमा सबै नेपाली माझ सुचित गराउऩे पनि जनाएको छ । जेद्दा सिजनमा नेपालको सहभागिता सम्बन्धी अन्य जानकारीका लागि 0582495715, 0541596759, 0506879434 नम्बरहरुमा सम्पर्क गर्न सकिने छ।
साउदी : साउदी अरेबिया जेद्दा सिजनमा नेपालको पनि सहभागिता हुने भएको छ। आउँदो २६ जुलाई २०२४ बाट सुरू हूने यो सिजनमा नेपालसँगै भारत, पाकिस्तान, बङ्गालादेश, फिलिपिन्स, मुलुकहरूको सहभागिता हुने भएको हो।
नेपालको प्रदर्शन १६ अगस्ट २०२४ शुक्रबारका दिन इक्वेस्ट्रियन पार्कमा रहनेछ। साथै प्रदर्शनी का लागि नेपालबाट कलाकार प्रमोद खरेल, केकी अधिकारी,र रिमा विश्वकर्मा आउने भएका छ्न्।
सिजनमा नेपाली मौलिकता झल्कने गरी गायन र नृत्य द्वारा नेपालको प्रर्दशन गरिने छ। जसको आयोजना साउदी सरकारद्वारा परिचालित जी ई ए (क्रस कल्चर)ले गरेको छ।
गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले दोस्रो एनआरएनए गोल्डकप २०२४ आयोजना गर्ने भएको छ। साउदी अरबको पूर्वी प्रान्त दमामको एक स्थानीय खेलमैदानमा इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल आधाको अवसर पारेर यही जुन महिनाको १६ र १७ तारिखका दिन उक्त आयोजना हुन लागेको संघले जनाएको छ।
फिफाको नियम अनुसार नकआउट विधिबाट सञ्चालन हुने उक्त खेल गैरआवसीय नेपाली संघ साउदी अरबले विगतमा गरिएका राहत तथा उद्धारका कार्यहरूलाई निरन्तरता दिन एवं नेपाली फुटबल खेलाडीहरूको खेलप्रतिको लगावलाई समेत निरन्तरता दिँदै हौसला बढाउन प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ। संघले उक्त प्रतियोगितामा सहभागी टिमहरूमध्ये विजेतालाई प्रथम पुरस्कार ६,६६६/- साउदी रियाल राखिएको छ भने द्वितीय पुरस्कार ३,३३३/- र तृतीय पुरस्कार १,६१६/- रियाल रहने जनाएको छ।
गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबको उपाध्यक्ष तथा खेलकुद समिति संयोजक राज गिरीको मातहतमा रहने गरी गठन भएको उपसमिति संयोजक चित्रकुमार चाम्लिङ राईले जनाए अनुसार जुन महिनाको दोस्रो हप्ताभित्रमा प्रतियोगिताको सम्पूर्ण तयारी पुरा हुने जनाएको छ। उनका अनुसार समितिका पदाधिकारीहरूलाई विभिन्न अलगअलग जिम्मेवारी सुम्पिएर तयारी अगाडि बढाएको छ।
समिति सदस्य पासाङ शेर्पाका अनुसार हालसम्म २३ वटा फुटबल क्लबले सहभागिताको लागि आशय व्यक्त गरेका छन् भने ती मध्यबाट १९ वटा फुटबल क्लबले सहभागिताको लागि सुनिश्चितता जनाई सकेको छ। त्यस्तै गरेर चारवटा क्लबले भने आफ्नो सहभागिताको सुनिश्चितता गर्न बाँकी रहेको छ। पूर्व सूचनालाई उल्लेख गर्दै उनका अनुसार १३ जुन २०२४ को रातको १२ बजे भित्रमा टिम दर्ता गर्न सकिने जनाएको छ। उक्त समयभन्दा पछाडि टिम दर्ताको लागि आउने फुटबल क्लबहरूलाई दर्ता गर्न नसकिने पनि जनाएको छ। उनका अनुसार टिम दर्ता शुल्क साउदी रियाल ६६६ रहेको छ। उनले समयमा नै आफ्नो टिम दर्ता गराउनको लागि सम्बन्धित सबै फुटबल क्लबहरूलाई आह्वान समेत गरेका छन्।
उक्त फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न साउदीअरब स्थित क्रियाशील सामाजिक संघ संस्थाहरू, बैचारिक एवम् राजनीतिक दलका भातृ संगठनहरू, सक्रिय फुटबल क्लबहरू र समाजसेवी व्यक्तित्वहरूलाई साथ र सहयोग गरिदिन संघका अध्यक्ष रबिना अर्यालले आह्वान गरेकी छिन्।
अहिलेसम्म ४० जनाको मृत्यु भएको पुष्टि भएको र यीमध्ये अधिकांश भारतीय नागरिक रहेको भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बीबीसीलाई भनेका छन् ।
कुवेतका लागि भारतीय राजदूतले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । यस घटनामा अरू करिब ५० जना घाइते भएका छन् ।
कुवेतको मङ्गाफ क्षेत्रमा रहेको ६ तले भवनको भान्छाबाट आगलागी भएको अधिकारीहरूले बताएका छन् । त्यतिबेला भवनमा १६० जना कामदार थिए । सबै कर्मचारी एउटै कम्पनीमा काम गर्थे । कुवेतका आन्तरिक मन्त्री फहद युसेफ अल सबाहले घटनास्थलको भ्रमण गरेका थिए ।