• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

जेद्दामा ईस्लामिक परिचायत्मक तथा भेटघाट कार्यक्रम सम्पन्न ।

  • २० जेष्ठ २०८१, आईतवार ००:२० मा प्रकाशित
  • समर्पण रम्जान ! जेद्दा! साउदी अरब!
    मिति ३१ मे २०२४ शुक्रबारका दिन ईस्लामिक दावा सेन्टर नेपाली बिभाग सनैया १ जेद्दाद्वारा ईस्लामिक परिचायत्मक तथा  भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

    नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई भेटघाट गराइ ईस्लामिक परिचय दिने उद्देश्यका साथ सेन्टरका नेपाली बिभागकाका प्रतिनिधि मन्जुर अलि मियाँको सभापतित्वमा र  नेपाली महाबाणिज्य दूतावास जेद्दाका कार्यबाहक महाबाणिज्यदुत सत्रुध्वन पोखरेलको प्रमुख आतिथ्यमा  संचालित उक्त कार्यक्रममा नेपाल बाट हजको लागि आउनु भएका अलाउदिन फलाही, बिशिस्ट अतिथी तथा प्रमुख बक्ताको रुपमा रहेका थिए ।


    मदिना युनुभर्सिटिमा पढ्दै गरेका प्राध्यापक महम्मद युसुफ द्वारा संचालन गरिएको कार्यक्रममा बिशेष अतिथिमा एनआरएनए उपाध्यक्ष राजकुमार गिरि, र अतिथिहरुमा दावा सेन्टरका सेखरु, एनआरएनए आरसिसि का का.वा. अध्यक्ष चिरञ्जीवी बस्नेत, बरिस्ठ  समाजसेवी भिम गुरुङ, हाजी मुमिन मियाँ, समाजसेवी सम्पुर्ण के.सि, युवा क्लबका सचिब पवन पराजुली  हरुले आशन ग्रहण गरेका थिए !

    कन्सुलर जेद्दाका प्रतिनिधि शेख अताउल्लाह जि बाट इस्लामीक पवित्र धार्मिक ग्रन्थ कुरानको बाचन गरेपछि  नेपाली राष्ट्रिय गान सँगै  सुरु गरिएको उक्त कार्यक्रममा नेपाली दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
    कार्यक्रममा प्रमुख  बक्ता अलाउदिन फलाही तथा अब्दुल्लाह बिष्टले इस्लामको परिचयका साथै जीवन जिउने पद्धति,आसय र ईश्वर प्रतिको आस्था बारे बृस्तित जानकारी गराइ सबैमाझ इस्लामको परिचय दिनु भएको थियो ।

    यसै गरि कार्यक्रममा रम्जानदिन मियाँले स्वागत मन्तव्य दिएका थिए । अतिथिहरु भिम गुरुङ राज कुमार गुरुङ ले इस्लामका बारेमा बुझ्ने मौका मिलेकोमा दवा सेन्टर लाई धन्यवाद दिएका थिए । अन्तमा प्रमुख अतिथि सत्रुध्वन पोखरेल ज्यु ले पनि यो कार्यक्रम बाट धेरै कुरा बुझ्न पाइएकोमा खुशी व्यक्त गर्दै संक्षेपमा सबैले सत्कर्म गर्न पर्ने र एक आपसी सद्भाव सहयोग तथा आदार सत्कार गर्नुनै जीवन यापन र मरण पछिको सफलता हुने बताउदै आयोजकलाइ धन्यवाद ज्ञापन गर्नु भयो ।
    कार्यक्रममा आयोजक टिमले  नेपाली सेल रोटि तथा खानाको ब्यबस्थापन पनि गरेको थियो ।


    कार्यक्रममा सफल र भब्य बनाउन उपस्थित रहनु भएका अतिथी तथा सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाइ कार्यक्रम आयोजक सभापति मन्जुर अलि मियाँद्वारा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on जेद्दामा ईस्लामिक परिचायत्मक तथा भेटघाट कार्यक्रम सम्पन्न ।

    कुवेतमा नेपाली युवति द्वारा आत्महत्या

  • १४ जेष्ठ २०८१, सोमबार १८:०३ मा प्रकाशित
  •  कुवेत/कुवेतमा एक नेपाली युवतिले आत्महत्या गरेकी छिन । घरेलु कामको लागि अवैधानिक बाटो हुदै कुवेत आएकी बागचौर नगरपालिका ९, सल्यानकी जानकी कवरले आत्महत्या गरेकी हुन ।

    वैदेशिक रोजगारीको लागि PA०५४९४९९ राहदानी वाहक कवर २०८०/०६/०५ गते कुवेत आएकी हुन भने उनले २०८१/०२/०४ गते आत्महत्या गरेकी हुन । बागचौर नगरपालिका वडा न ९ ले कुवेतस्थित नेपाली दूतावासलाई मृतकको शव स्वदेश पठाउन सहजिकरण गरिदिनको लागि पत्राचार समेत गरेको छ ।

  • मृतकको शव स्वदेश पठाउनको लागि नेपाली दूतावास कुवेत, घर परिवार , एजेन्ट र रोजगारदाता संग समन्वय भईरहेको घनश्याम थापाले जानकारी दिएका छन । कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव प्रमराज गौतमका अनुसार ‘घटनाबारे प्रारम्भिक जानकारी दूतावासमा प्राप्त भएको छ । अन्य आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव छिट्टै स्वदेश पठाउने तयारी छ’।
  • निरेम प्रोडक्सन बाट

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on कुवेतमा नेपाली युवति द्वारा आत्महत्या

    पुर्ब विद्यार्थी र नेपाली साझा मन्चको संयोजकत्वमा श्री अजिङ्गरे माध्यमिक बिद्यालायलाई भौतिक सामाग्री हस्तान्तरण ।

  • १ जेष्ठ २०८१, मंगलवार ०१:२३ मा प्रकाशित
  • नुवाकोट ! नुवाकोटको विदुर -१३ स्थित एक मात्र माध्यमिक बिद्यालय श्री अजिङ्गरे माध्यमिक बिद्यालायका भूपू विद्यार्थी  तथा नेपाली साझा मञ्च साउदी अरबको संयोजकत्वमा साउदी र कतारमा रहनुभएका  भूपू बिद्यार्थी साथीहरु, नेपाली साझा मञ्च साउदी अरबका शुभेच्छुक साथीहरु तथा समाजसेवीहरु मिलेर आफुले पढेलेखेको  बिद्यालायका लागि आवश्यक भौतिक सामग्रीहरु सहयोग गरेका छन्  

    श्री अजिङ्गरे मा.बि. को साउदी अरब र कतारमा कार्यरत भुर्ब विद्यार्थी मित्रहरू तथा नेपाली साझा मन्च साउदीको सदस्य तथा शुभेच्छुकहरुबाट संकलन गरिएको नेरु ४९९११/- रकमबाट विद्यालयलाई आबस्यक टेलिभिजन 42″- १ थान , पानीको जारसेट मग र जार टेबल आईतवार एक अनौपचारिक कार्यक्रम गरि हस्तान्तरण गरिएको छ।

    हस्तान्तरण कार्यक्रममा स्थानीय सरकारका विदुर-१३वडा अध्यक्ष भरत तामाङ, बिब्यसका अध्यक्ष राजकुमार अधिकारी ,नेपाली साझा मन्च साउदीको पुर्ब केन्द्रिय सदस्य नरोत्तम अधिकारी , प्रअ रामचन्द्र भन्डारी लगायत शिक्षक शिक्षिका तथा विद्यार्थी भाईबहिनीको उपस्थिति रहेको थियो।

    यस परोपकारी अभियानमा साथ र सहयोग दिनु हुने उक्त विद्यालयक साउदी र कतारमा कार्यरत पुर्व विद्यार्थी मित्रहरू ,हाम्रो संस्थाको सदस्य तथा शुभेच्छुकहरु तथा अभियानलाई समन्वय गर्नु हुने संस्थाका अध्यक्ष अन्जान गुभाजुज्यु ,नेपालमा समन्वय गर्नुहुने पुर्व केन्द्रिय सदस्य नरोतम अधिकारी , बिब्यसका अध्यक्ष राज अधिकारी ,प्रअ रामचन्द्र भन्डारी , वडा अध्यक्ष भरत ब तामाङलगायत सम्पुर्णमा साझामन्च साउदीले हार्दिक आभारका ब्यक्त गरेको छ ।

    सहयोगको विवरण ( नेरुमा)

    १) बिजय नेपाली पुर्व बिद्यार्थी ११११/-
    2) राजु केसी , नुवाकोट – १७५०/-
    ३ ) अन्जान गुभाजु ,पुर्व विद्यार्थी – ७०००/-
    ४) काजी गुरुङ ,काठमाडौं – १७५०/-
    ५) डिबि बलामी -55/- सारी – १९२५/-
    ६)सुरेश गुभाजु धादिङ – ३५००/-
    ७) कृष्ण (शमशेर)तामाङले पुर्ब विद्यार्थी ,समाजसेवी – ७०००/-
    ८) युद्ध ठकुरी ,पुर्ब विद्यार्थी ,समाजसेवी – नेरु ६१२५/-
    ९) शन्त ब तामाङ ,पुर्ब बिद्यार्थी – १७५०/-
    ११) राज जैरु,पुर्ब विद्यार्थी -१७५०
    १२) चन्द ब तामाङ, पुर्ब विद्यार्थी -२०००/- नेरु
    1३) सुब्बा तामाङ पुर्ब विद्यार्थी – १७५०/-

    कतारबाट
    १४) हरि गुभाजु ,पुर्ब विद्यार्थी – ४०००/-
    १५) गणेश श्रेष्ठ, पुर्ब विद्यार्थी – ५०००/-
    १६)राजिब गुभाजु ,पुर्ब विद्यार्थी – २०००/-

    १७) बिष्णु घिमिरे ,काभ्रे ( साउदी)- १५००/-

    सहयोगी मनहरु बाट संकलन भएको जम्मा रु.४९९११/-

    १) स्मार्ट टिभी -४३” ——–रु-३१००० /
    २)१२ थान पानी जारसेट —रु. ६,७०० /
    ३)१२ थान प्लास्टिक टुल –रु. ४२०० /
    ४)पानी पिउने जग ———-रु. ६०० /

    जम्मा रु. ४२,५०० बराबरको सामान वडाअध्यक्ष श्री भरत बाहादुर तमाङज्युको रोहबरमा हस्तान्तरण गरिएकी छ भने बाँकी रु. ६,३००/- विद्यालय्को सुरक्षाको लागि र्सिसिटिभी क्यामेरा खरिद गरिने भएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on पुर्ब विद्यार्थी र नेपाली साझा मन्चको संयोजकत्वमा श्री अजिङ्गरे माध्यमिक बिद्यालायलाई भौतिक सामाग्री हस्तान्तरण ।

    नेपाली युवकको मलेसियामा मृत्यु

  • ३१ बैशाख २०८१, सोमबार २०:२६ मा प्रकाशित
  • बैतडी । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ।

    मेलौली नगरपालिका—१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो। नायक सुतीरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो। उक्त आगलागीमा परेर नायकको मृत्यु भएको खुलेको छ।

    वैदेशिक रोजगारीको सिलसिलामा दिपक विगत ९ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए। नायकको शव नेपाल ल्याउन पहल भइरहेको वडा अध्यक्ष सरद नेगीले बताए। दिपको मलेसियामा मृत्यु भएपछि उनको घरपरिवार शोकमा डुबेको छ।

    हिमाल टाईम्स बाट सभार

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on नेपाली युवकको मलेसियामा मृत्यु

    मोसुको पूर्वी क्षेत्रमा क्षेत्रीय संगठन विस्तार।

  • २९ बैशाख २०८१, शनिबार १८:५५ मा प्रकाशित
  • मोरङ सुनसरी सेवा समाज साउदी अरबद्वारा साउदी अरबको पूर्वी क्षेत्रमा क्षेत्रीय संगठन विस्तार गरिएको छ।

    साउदी अरबको पूर्वी क्षेत्रमा हिजो १०मईका दिनमा गरिएको उक्त कार्यक्रममा मोरङ सुनसरी सेवा समाजको क्षेत्रीय संगठन विस्तार गरिएको हो।


    उक्त विशेष कार्यक्रममा मोसुका केन्द्रीय प्रतिनिधि कुमार कार्की मोसु साउदी अरबका अध्यक्ष दीपक थापा लगायत गैर आवासीय नेपाली संघकी अध्यक्ष रविना अर्याल नेपाली राजदूतावास पूर्वी क्षेत्रीय सम्पर्क अधिकारी नारायण पासवान, राप्रपा साउदी अरबका अध्यक्ष कुबेर हुमागाईं ले आफ्नो मन्तव्य राख्नुभएको थियो।
    त्यस्तै उक्त कार्यक्रममा जनप्रगतिसिल साउदी अरबका अध्यक्ष रामचन्द्र वाग्ले, जनसम्पर्क समिति साउदी अरबका महामन्त्री सुरेशराज त्रिपाठी तथा झापाली समाज साउदी अरबका अध्यक्ष रविन गिरी लगायतले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो।

    कार्यक्रम संयोजक रोशनकुमार श्रेष्ठ द्वारा उपलब्ध गराइएको जानकारी अनुसार पूर्वी क्षेत्रीय संगठनको अध्यक्षमा राजन ओझा, उपाध्यक्षमा तेजु श्रेष्ठ, सचिवमा राकेशकुमार राजवंशी। सहसचिवमा धर्मप्रसाद भट्टराई, कोषाध्यक्षमा जीवनगिरी तथा सदस्यहरूमा पुष्पा राई, रामप्रसाद पुरी, शुक्र लिम्बू, तथा सुरेश जिमी ले जिम्मेवारी पाएका छन्।

    सो कार्यक्रम सभ्य तथा भव्य रुपमा सफल पार्न कार्यक्रम संयोजक रोशन श्रेष्ठ, कर्ण बहादुर बस्नेत तथा जिवन गिरीको मुख्य भूमिका रहेको थियो।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीति1 Comment on मोसुको पूर्वी क्षेत्रमा क्षेत्रीय संगठन विस्तार।

    साउदी अरबको अल कासिममा आयोजित दुई दिने राहदानी नविकरण घुम्ती टोलिद्वारा ८०० जनाले लिए सेवा !

  • ११ बैशाख २०८१, मंगलवार ०१:१९ मा प्रकाशित
  • अल कासिम साउदी अरब ! नेपाली राजदूतावास रियाद र गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अलकासिमको सयुक्त सहकार्यमा गत मिती २०२४ अप्रिल १९ शुक्रबार  र २० शनिबार गरि दुई दिनमा सम्पन्न राहदानी नवीकरण घुम्ती सेवाद्वारा  ८०० जना नेपालीले सेवा लिएका छन् ।

    उक्त  कार्यक्रम अन्तर्गत राहदानी नविकरण फाराम संकलन, नविकृत रादानी बितरण, ट्राभल डकुमेन्टका सेवा सुबिधाहरु प्रदान गरिएको थियो ।  राहदानी नवीकरण घुम्ती सेवाका लागी नेपाली  राजदूतावास रियादका नियोग उप-प्रमुख डा. डम्बरु बल्लब पौडेल ज्युको नेतृत्वमा, प्रथम सचीव श्र टोप नारायण गिरी, तृतीय सचिब आनन्द चुवाइ, तथा अन्य दूतावासका कर्मचारीहरु र अल कासिम स्थित एनआरएनए का पदाधिकारी तथा अन्य संघसंस्था का पदाधिकारी मिलेर सेवा दिइएको थियो !


    उक्त  कार्यक्रमबाट सेवा सुबिधा लिनको लागी अलकासिम लगयात आसपासका अनैजा, हायल, जुल्फी आदी अलकासिम आसपास बिभिन्न कम्पनिमा कार्यरत ८०० जना नेपाली दाजुभाइ दिदीबहिनीहरु राहदानी नविकरण गर्नका लागी, ५० जना नविकृत राहदानी लिनका लागी  र १ जनाको ट्राभल डकुमेन्टको लागी आएका थिए ।
    राजदूतावास रियाद द्वारा जारी गरिएको पुर्व सूचना अनुसार धेरै जसो दाजुभाइ दिदिबहिनी  राहदानी नविकरणको लागी Pre-enrollment फाराम सेवाग्राही आफैले भरेर आउनुपर्ने भएकोले फाराम भर्न नसक्ने र पहुंच नभएका श्रमिकहरुलाई  एनआरएनका पदाधिकारी तथा समाजसेवीहरुले नेपाली राजदूतावास रियादको सुचना जारी गरेको मिती देखी नै प्रचार प्रसार गरी  राहदानी नविकरणको लागि चाहिने Pre enrollment फाराम निःशुल्क रुपमा भरी सहयोग गरिएको कुरा एनआरएनए आरसिसिका सचीव सिद्दिलाल श्रेष्ठले जानकारी दिए  ।

    राहदानी नविकरण टोलि बिहिवार  बेलुका बुरैदामा उपस्थित भइ  शुक्रवार बिहान ७:०० बजे देखी बेलुका ६ः३०बजे सम्म र शनिवार ७ बजे देखी ७ः३० बजे सम्म  शिवीर संन्चालन  गरेको श्रेष्ठले जानकारी गराए  ।
    शनिबारको शिविर संन्चालनमा केही प्राविधिक समस्या आएता पनी नेपाली राजदूताबास रियादका टोली र गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले निरन्तर खटिएर सेवा दिएका थिए।

    राहदानी नविकरण गर्न  अल कासिम बाट राजदूतावास रियाद धाउनु पर्ने बाध्यता र खर्चिलो यात्राबाट नेपली दाजुभाई दिदी बहिनीहरुलाई मुक्त गराउन नेपाली राजदूतावास रियादले बुरैदामा राहदानी नविकरण शिविर संञ्चालन गरेकोमा अल कासिममा रहनु हुने एनआरएनएकर्मी, समाजसेवी स्वंयसेवकहरुको आत्मिय र निस्वार्थ सेवाग्राहीरु  खुसी  भएका थिए ।
      सेवा भावले रियादबाट ४०० की.मी. टाढा  अलकासिम बुरैदा आएर अहोरात्र रुपमा  नेपाली श्रमिकलाई सेवा प्रदान गरिदिनु हुने नेपाली राजदूतावास रियादका सम्पुर्ण टिम तथा साजसेवी स्वंयम सेवक साथीहरु, इस्लामिक सेन्टर बुरैदा, गोर्खा होटल बुरैदा, नेपाली युवा क्लव अलकासिमलाई एनआरएनए आरसिसि अल कासिमले अभार व्यक्त गरेको छ

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदी अरबको अल कासिममा आयोजित दुई दिने राहदानी नविकरण घुम्ती टोलिद्वारा ८०० जनाले लिए सेवा !

    युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु

  • ६ बैशाख २०८१, बिहीबार २०:३१ मा प्रकाशित
  • काठमाडौं । युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।

    युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । पुनले एक रेस्टुरेन्टमा काम गर्ने गरेको दूतावासले जनाएको छ ।

    युएईमा दुई दिनदेखि भएको भिषण वर्षाका कारण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ ।

    युएईमा अहिले भइरहेको बर्षा ७५ बर्ष यताकै ठुलो भएको बताइएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु

    जुबेलमा आयोजित भलिबल प्रतियोगिताको उपाधी बागमती प्रदेश भलिबल क्लबलाई

  • ३ बैशाख २०८१, सोमबार १७:०६ मा प्रकाशित
  • जुबेल,साउदी। साउदी अरेबियाको पुर्बी क्षेत्र अल जुबेलमा आयोजित भलिबल प्रतियोगिताको उपाधी बागमती प्रदेश भलिबल क्लबले चुमेको छ।

    नवबर्ष २०८१ तथा रमादन ईदको अबसरमा ए जि एस नेपाली भलिबल कमिटी जुबेल र गण्डकी क्लब जुबेलको सयुक्त आयोजनामा शुक्रवार राती सम्पन्न खेलमा बागमतीले आयोजक ए जि एस नेपाली भलिबल टोलीलाई फाईनलमा हराउदै उपाधी चुमेको हो। २८ टोली सहभागि प्रतियोगिताको उप-बिजेता आयोजक ए जि एस र तेस्रो स्थान सह आयोजक गण्डकी क्लब जुबेलले जितेको छ। उल्लेखनीय दर्शक उपस्थिति रहेको प्रतियोगीताको उपाधी बिजेता बागमतीलाई २५ सय रियाल , उपबिजेता ए जि एस १३ सय र तेस्रो पुरस्कार गण्डकीलाई ६ सय प्रमुख अतिथी प्रवासी मिलन एकता समाज साउदी अरबका अध्यक्ष काजी गुरुङले नगद ,प्रमाण पत्र र शिल्ड प्रदान गरेका छन् ।

    बुधबार, बिहिवार र शुक्रबार सम्पन्न प्रतियोगिता जुबेलको अल गोसाइबी क्यामको खेलमैदानमा सञ्चालन भएको थियो। प्रतियोगिता सम्पन्न गर्न उल्लेखनीय भुमिका निर्वाह गर्नुहुने खेलाडी ,सहभागी क्लब ,आर्थिक ,नैतिक ,भौतिक लगायत विभिन्न सहयोग गर्नु हुने प्रवासी मिल एकता समाज र गण्डकी क्लब लगायत सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्दै कुनै कारणबस गल्ती हुन गएमा माफी चाहन्छु – खेल संयोजक खेमराज खनालले भने ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on जुबेलमा आयोजित भलिबल प्रतियोगिताको उपाधी बागमती प्रदेश भलिबल क्लबलाई

    झापाली समाज साउदीको दोस्रो महाधिवेशनबाट रबिन गिरी अध्यक्षमा निर्वाचित

  • ३ बैशाख २०८१, सोमबार १६:५८ मा प्रकाशित
  • रियाद।

    गत 12 अप्रिल 2024 शुक्रबारका दिन रियादमा भएको झापाली सेवा समाज साउदी अरेबियाको दोस्रो महाधिवेशनबाट अध्यक्षमा गायक रविन गिरी निर्बिरोध निर्वाचित भएका छन्।

    साउदीको प्रतिष्ठित अल्माराई कम्पनीमा क्वालिटी कन्ट्रोल सहायक म्यानेजरमा बिगत १० बर्ष देखि कार्यरत समाजसेवी गिरी गायकारको पनि रहेका छन् । उनको केही एल्बमहरु बजारमा आईसकेको छ भने केहि रेकर्डिङको क्रममा रहेको छ। विद्यार्थी जीवन देखि सामाजिक अभियानमा आवद्ध गिरी वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत रहेर पनि श्रमिक राहत तथा उद्वारमा सकृय रहदै आईरहेको छन्। रियाद सिजनमा नेपाली समुदायको संयोजक भएर सफल कार्यक्रम गरिसकेका गिरी एक कुशल ब्यबस्थापक पनि हुन्।

    बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सामाजिक अभियन्ताहरु तथा साउदीमा कार्यरत नेपाली दाजुभाईहरुको बाक्लो उपस्तिथि रहेको उक्त कार्यक्रममा लोकप्रिय गायक प्रमोद खरेल लगायत स्थानीय कलाकारहरुले उत्कृष्ट प्रस्तुति दिएका थिए । नयाँ कार्यसमिति चयनका साथै सांस्कृतिक मनोरन्जनका साथमा महाधिवेशन सम्पन्न भएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on झापाली समाज साउदीको दोस्रो महाधिवेशनबाट रबिन गिरी अध्यक्षमा निर्वाचित

    माओवादी भातृ संगठन जनप्रगतिशिल मन्च साउदीको अध्यक्षमा रामचन्द्र वाग्ले निर्वाचित

  • २ बैशाख २०८१, आईतवार ०२:२० मा प्रकाशित
  • दम्माम, साउदी अरब ! सतारुढ नेकपा माओवादी केन्द्रको प्रवास भातृ संगठन नेपाली जन प्रगतिशील मोर्चाको अध्यक्षमा रामचन्द्र वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।

    गत १२ अप्रेल २०२४ शुक्रबार का दिन साउदी अरबको को पुर्बी क्षेत्र दम्माममा आयोजित मंचको छैठौं महाधिवेशनले एक दसक देखि साउदीमा कार्यरत नुवाकोटका वाग्लेलाई अध्यक्षमा निर्वाचित गरेको हो।

    साउदीको प्रतिष्ठित कम्पनी अनाबिबमा बिगत १०  बर्ष देखि कार्यरत वाग्ले श्रमिक आन्दोलन मार्फत तत्कालीन बिद्रोही माओवादीमा आबद्ध भएका थिए। वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत अबस्थामा श्रमिक राहत तथा उद्वारमा सकृय रहदै आईरहेका छन् ।

    महाधिवेशनमा माओवादीका केन्द्रिय उपाध्यक्ष तथा पुर्व मन्त्री पम्फा भुसाल र सचीव तथा पुर्व मन्त्री राम कार्की हरुको सहभागिता रहेको थियो  ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, राजनीतिLeave a Comment on माओवादी भातृ संगठन जनप्रगतिशिल मन्च साउदीको अध्यक्षमा रामचन्द्र वाग्ले निर्वाचित

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P