• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: Uncategorized

कपिलवस्तु–१ मा नयाँ नेतृत्वको खोजी, जनमत पार्टीको सक्रियताले चुनावी माहोल तातियो

  • १६ माघ २०८२, बिहीबार ०७:४४ मा प्रकाशित
  • कपिलवस्तु ,माघ १४

    कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ ले लामो समयदेखि एउटै प्रश्न दोहोर्‍याउँदै आएको छ—किन अपेक्षित विकास हुन सकेन ? २०४७ सालदेखि यता पटक–पटक फरक–फरक दल र उम्मेदवारले निर्वाचन जिते पनि जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन महसुस हुन नसकेको गुनासो रहँदै आएको छ । यही पृष्ठभूमिमा यसपटकको निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ ।
    यसै सन्दर्भमा इन्जिनियर नरेन्द्र प्रसाद चौधरी कपिलवस्तु–१ मा एक गम्भीर र भरोसायोग्य उम्मेदवारका रूपमा देखिएका छन् । चौधरी जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष समेत हुन् र लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएका व्यक्ति हुन् । उनलाई उम्मेदवार बनाएपछि क्षेत्र नम्बर १ मा चुनावी माहोल थप तातेको छ ।
    २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा चौधरीले सोही निर्वाचन क्षेत्रबाट आफ्नै बल, मिहिनेत र निरन्तर जनसम्पर्कका आधारमा ८ हजार ३९६ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए । सो निर्वाचनमा उनका प्रतिस्पर्धीमध्ये एक पूर्वमन्त्री दानबहादुर चौधरी शक्तिशाली दल नेकपा (एमाले) मा आबद्ध थिए । दलगत समर्थनको तुलनामा व्यक्तिगत प्रयासबाट प्राप्त उक्त मत परिणामलाई चौधरीको जनआधारको संकेतका रूपमा हेरिएको थियो ।
    समयक्रमसँगै राजनीतिक समीकरण फेरिएको छ । हाल पूर्वमन्त्री दानबहादुर चौधरी समेत जनमत पार्टीमा प्रवेश गरी केन्द्रीय उपाध्यक्ष बनेपछि कपिलवस्तु–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै गएको देखिन्छ । पार्टीमा उनको प्रवेशसँगै क्षेत्रमा जनमतको लहर देखिन थालेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
    जनमत पार्टीले संगठन सुदृढीकरण र स्थानीय जनसमस्यालाई प्राथमिकतामा राख्दै उम्मेदवार चयन गरिएको जनाएको छ। इन्जिनियरिङ पृष्ठभूमिका कारण नरेन्द्र प्रसाद चौधरीले विकासलाई नारामा सीमित नगरी योजना र कार्यान्वयनसँग जोडेर अघि बढ्ने दृष्टिकोण राख्ने बताएका छन् । सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता विषयलाई प्राथमिकतामा राखेर चुनावी अभियान सञ्चालन भइरहेको जनाइएको छ ।
    निर्वाचन मिति नजिकिँदै जाँदा कपिलवस्तु–१ मा राजनीतिक गतिविधि थप सुरु भएको छ ।

    Posted in Uncategorized

    भन्सार छली साढे १७ लाखका फलफूल बरामद

  • १५ माघ २०८२, बुधबार ०८:५६ मा प्रकाशित
  • कपिलवस्तु, माघ १४

    कपिलवस्तु प्रहरीले भारतबाट भन्सार छली चोरी निकासी गरी अवैध रूपमा नेपाल भित्र्याइएका साढे १७ लाख रुपैयाँभन्दा बढी मूल्यका फलफूल तथा सवारी साधन बरामद गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको लु ३ च १११७ नम्बरको पिकअप नियन्त्रणमा लिएको हो ।
    पिकअप जाँच गर्दा भारतबाट भन्सार छली चोरी निकासी गरी अवैध रूपमा भित्र्याइएका ११३५ केजी फलफूल केरा, जुनार र अनार फेला परेको प्रहरीले जनाएको छ । बरामद फलफूलको बजार मूल्य १ लाख ४ हजार ८ सय रुपैयाँ रहेको छ भने पिकअपको मूल्य १५ लाख रुपैयाँ आँकलन गरिएको छ ।
    बरामद गरिएका फलफूल र सवारी साधनको कुल मूल्य १६ लाख ४ हजार ८ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । उक्त पिकअप दाङ राप्ती गाउँपालिका वडा नम्बर–०१ निवासी २५ वर्षीय मोहम्मद अकरमले चलाइरहेका थिए । घटनासम्बन्धी आवश्यक प्रक्रिया पूरा गरी पिकअप र फलफूलसहित संलग्न व्यक्तिलाई कृष्णनगर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
    यसै क्रममा भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका फलफूल फ्याँकेर फरार भएका व्यक्तिहरूले छाडेका १ लाख ९ हजार ३ सय रुपैयाँ मूल्य बराबरका केरा, जुनार र अंगुर समेत प्रहरीले बरामद गरेको छ ।
    बरामद गरिएका फलफूललाई आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले दिएका छन् ।

    Posted in Uncategorized

    कपिलबस्तु–१ मा जनमतका इन्जिनियर चौधरीको घरदैलो तीव्र

  • १४ माघ २०८२, मंगलवार २०:०८ मा प्रकाशित
  • कपिलबस्तु ,माघ १३

    आगामी फल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जनमत पार्टीले कपिलबस्तु निर्वाचन क्षेत्र नम्बर–१ बाट इन्जिनियर नरेन्द्र प्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष समेत रहेका चौधरीलाई उम्मेदवार बनाएसँगै उक्त क्षेत्रमा चुनावी प्रतिस्पर्धा थप चर्किएको छ ।
    लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका इन्जिनियर चौधरीलाई संगठन सुदृढीकरण तथा स्थानीय जनसमस्यालाई प्राथमिकतामा राख्दै उम्मेदवार चयन गरिएको पार्टीले जनाएको छ ।
    उम्मेदवार बनेसँगै चौधरीले निर्वाचन क्षेत्रमा घरदैलो अभियानलाई तीव्र पारेका छन् । घरदैलोका क्रममा मतदातासँगको भेटघाटमा उनले पुराना राजनीतिक दलहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । जनमत पार्टी नै नागरिकको हक–अधिकार स्थापित गर्ने विकल्प भएको उनको दाबी छ ।
    चौधरीले विशेषगरी सीमा क्षेत्रका युवाहरू लागूऔषधको दुव्र्यसनमा फस्दै घरपरिवार तथा समाजमा नकारात्मक असर परिरहेको उल्लेख गरे । यसको नियन्त्रणका लागि सरकारले स्पष्ट नीति तथा नियम बनाएर देशव्यापी जनचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
    उनले स्वदेशमै पर्याप्त सम्भावना हुँदाहुँदै पनि युवा पुस्ता रोजगारीका लागि खाडी मुलुक जान बाध्य भएको उल्लेख गर्दै नेपालमै उद्योग तथा कलकारखाना स्थापना गरी स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्ने योजना अघि सारे ।
    शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको औँल्याउँदै चौधरीले महँगो शुल्क तिरेर विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्दै नेपाललाई नै शिक्षाको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको बताए ।
    किसानका हकमा उनले उत्पादनको बजारीकरण व्यवस्थित गर्ने तथा किसानले आफ्ना उत्पादनको मूल्य आफैँ निर्धारण गर्न सक्ने वातावरण निर्माण गर्ने योजना अघि सारे ।
    सबै पक्षबाट हेर्दा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै चौधरीले निर्वाचन क्षेत्रमा अन्य दलको प्रभाव कमजोर रहेको दाबी समेत गरे ।
    २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा चौधरीले यही क्षेत्रबाट ८ हजार ३९६ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए ।

    Posted in Uncategorized

    युवा विद्यार्थीका लागि रोजगारी प्राथमिकता : अतहर कमाल

  • १४ माघ २०८२, मंगलवार १२:०२ मा प्रकाशित
  • कपिलवस्तु ,माघ १३

    नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं–१ कपिलवस्तुका उम्मेदवार अतहर कमाल मुसलमानले युवा विद्यार्थीहरू आजका सक्रिय साझेदार र भोलिको भविष्यका कर्णधार भएको बताएका छन् ।
    कपिलवस्तुमा आयोजित युवा विद्यार्थीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले आउने दिनमा युवा विद्यार्थीका लागि रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारे । “पढाइ सकेपछि बेरोजगार बस्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ । शिक्षा, सीप र रोजगारीलाई एउटै सूत्रमा बाँधेर अघि बढ्छौं,” उनले भने ।
    मुसलमानले युवा विद्यार्थीलाई लक्षित गरी सीपमूलक शिक्षा, उद्यमशीलता प्रवर्द्धन, स्टार्टअप सहयोग, कृषि–पर्यटन तथा साना उद्योगमार्फत स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गरिने प्रतिबद्धता जनाए । युवाले आफ्नै गाउँ–ठाउँमा अवसर पाउने वातावरण बने मात्रै समृद्धि सम्भव हुने उनले बताए ।
    नेपाली कांग्रेस सधैं युवा विद्यार्थीहरूको हक, अधिकार र भविष्यका पक्षमा उभिँदै आएको उल्लेख गर्दै उनले नीति निर्माण तहमा युवा विद्यार्थीको आवाज सशक्त रूपमा पुर्‍याइने विश्वास दिलाए । “युवा विद्यार्थीको सपना पूरा हुनु नै राष्ट्रको उज्यालो भविष्य हो,” उनले जोड दिए ।
    भेटघाट कार्यक्रममा सहभागी युवा विद्यार्थीहरूले शिक्षा सुधार, रोजगारी र अवसरका विषयमा आफ्ना सुझाव राखेका थिए । कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा युवा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    Posted in Uncategorized

    ‘खसी खान पाइन्छ भने गाई पनि खान पाउनुपर्छ’ : रास्वपा नेता खगेन्द्र सुनार

  • १३ माघ २०८२, सोमबार ०८:१५ मा प्रकाशित
  • काठमाडौँ ,माघ १२

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता खगेन्द्र सुनारले खसीको मासु खान पाइने अवस्थामा गाईको मासु खान पनि पाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।

    उनको उक्त भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा बहस सुरु भएको छ । नेपालमा गाई राष्ट्रिय जनावर घोषित छ र गाई वध तथा मासु सेवन कानुनतः निषेध गरिएको छ ।

    Posted in Uncategorized

    खान पाइन्छ भने गाई पनि खान पाउनुपर्छ’ : रास्वपा नेता

  • १३ माघ २०८२, सोमबार ०८:०८ मा प्रकाशित
  • काठमाडौँ ,माघ १२

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता खगेन्द्र सुनारले खसीको मासु खान पाइने अवस्थामा गाईको मासु खान पनि पाउनुपर्ने अभिव्यक्ति दिएका छन्नको उक्त भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा बहस सुरु भएको छ । नेपालमा गाई राष्ट्रिय जनावर घोषित छ र गाई वध तथा मासु सेवन कानुनतः निषेध गरिएको छ ।

    Posted in Uncategorized

    राजनीति होइन, जिम्मेवारी हो : उम्मेदवार कृष्णबहादुर कुवर

  • १२ माघ २०८२, आईतवार १३:५४ मा प्रकाशित
  • कपिलवस्तु, माघ ११ ।


    कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार कृष्णबहादुर कुवरले राजनीति पद र पैसाका लागि नभई जनसेवाको जिम्मेवारीका रूपमा हुनुपर्ने बताएका छन् । उनले कपिलवस्तुलाई आफ्नो आत्मीयता र कर्तव्यको केन्द्र मानेर जनताको दुःख–सुखमा साथ दिने नेतृत्व आजको आवश्यकता रहेको धारणा व्यक्त गरे ।
    एक कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार कुवरले आफ्नो एजेन्डा सरल तर सशक्त रहेको बताए । विद्यालयलाई बलियो बनाउने, स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्‍याउने, स्वच्छ तरिकाले बिजुली र खानेपानी हरेक घरसम्म विस्तार गर्ने, किसानका लागि समयमै मलखाद र बिउबिजन उपलब्ध गराउने विषय आफ्नो प्राथमिकतामा रहेको उनले उल्लेख गरे ।
    त्यसैगरी खेलकुद र संस्कृतिको सम्मान, संरक्षण तथा प्रवर्द्धन गर्दै हरेक कपिलवस्तुवासीलाई “हामी पनि राज्यका नागरिक हौँ” भन्ने अनुभूति दिलाउने आफ्नो लक्ष्य रहेको कुवरको भनाइ छ ।
    “म वाचा मात्र गर्ने होइन, काम गरेर देखाउने मान्छे हुँ,” उम्मेदवार कुवरले भने, “पैसा र पद होइन—सेवा, माया र निस्वार्थता नै मेरो राजनीति हो ।”
    उनले आफूलाई जनताले साथ दिएमा कपिलवस्तुको मुहार फेरिने र आगामी पुस्ताले गर्वका साथ ‘हाम्रो घर कपिलवस्तु हो’ भन्न सक्ने वातावरण निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे । बुद्धभूमि कपिलवस्तुलाई अझ राम्रो, समृद्ध र सम्मानित जिल्ला बनाउने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको उनले बताए ।
    सम्बोधनको अन्त्यमा उम्मेदवार कुवरले परिवर्तन, भरोसामा आधारित नेतृत्व र समृद्ध कपिलवस्तुको चाहना राख्ने सम्पूर्ण मतदातासँग समर्थन र मतको अपिल गरेका छन् ।

    Posted in Uncategorized

    कपिलवस्तुमा प्रतिनिधिसभा निर्वाचन लक्षित करिब ४ हजार सुरक्षाकर्मी परिचालन

  • १२ माघ २०८२, आईतवार १३:१४ मा प्रकाशित
  • कपिलवस्तु, माघ ११ गते ।

    अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिन्हाले निर्वाचनलाई लक्षित गर्दै जिल्ला एकीकृत सुरक्षा योजना लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्लामा एक हजार चार सयभन्दा बढी नेपाल प्रहरी खटाइएका छन् भने थप दुई हजार नौ सय त्रियानब्बे जना सहित करिब चार हजार सुरक्षाकर्मी परिचालनको तयारी भइरहेको छ ।
    प्रवक्ता सिन्हाका अनुसार हाल निर्वाचन सुरक्षाका लागि प्रहरी छनोटको काम भइरहेको छ । छनोट प्रक्रिया पूरा भएपछि तत्काल तालिम प्रदान गरी फिल्डमा खटाइने उहाँले बताउनुभयो ।
    त्यसैगरी उहाँले उम्मेदवारहरूको सुरक्षा, निर्वाचन स्थल तथा मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था मिलाइसकिएको र मतदानसम्बन्धी गतिविधिको अनुगमनसमेत सुरु भइसकेको जानकारी दिनुभयो ।
    नेपाल प्रहरीतर्फ २ हजार ६ सय ६८ जना र सशस्त्र प्रहरीतर्फ ३ सय २५ जना गरी कुल २ हजार ९ सय ९३ जना सुरक्षाकर्मी छनोट भई परिचालन गरिने उहाँले बताउनुभयो ।
    कपिलवस्तु जिल्लामा निर्धारण गरिएका २३५ मतदान स्थलमध्ये ५४ वटा अति संवेदनशील, १०२ वटा संवेदनशील तथा ७९ वटा सामान्य श्रेणीमा रहेका कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो । यी सबै स्थानमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
    कपिलवस्तुमा २३५ मतदान स्थल अन्तर्गत ४९० मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा ३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम गरिएका छन् ।

    Posted in Uncategorized

    बारा–४ मा युवाको बाढी, अजय कुशवाहाको घरदैलोले पुरानो राजनीतिलाई दिएको कडा चुनौती

  • ११ माघ २०८२, शनिबार २३:५३ मा प्रकाशित
  • उमेश कुशवाहा, वीरगञ्ज

    नेपाली कम्युनिस्ट पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर ४ का जेन–जी युवा उम्मेदवार अजय कुशवाहा बारा–४ मा परिवर्तनको केन्द्रमा उभिएका छन्। घर–घर पुगेर जनताको आवाज सुन्ने उनको घरदैलो अभियानले क्षेत्रमा नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ।

    आज प्रसौनी गाउँपालिका वडा नम्बर ४ र ६ मा सम्पन्न घरदैलो तथा भेटघाट कार्यक्रममा कुशवाहाले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै वर्षौंदेखि दबिएका समस्या, अपेक्षा र आक्रोशलाई नजिकबाट बुझे। उनले पुरानो शैलीको राजनीति तोडेर युवाको नेतृत्वमा इमानदार र जवाफदेही शासन प्रणाली निर्माण गर्ने स्पष्ट सन्देश दिए।

    घरदैलो अभियानमा युवाहरू, महिलाहरू र स्थानीय नागरिकको उत्साहजनक सहभागिता देखिएको छ। स्थानीयवासीहरूले “अब परिवर्तन चाहिन्छ” भन्ने एक स्वरमा प्रतिक्रिया दिँदै अजय कुशवाहाप्रति विश्वास बढेको बताएका छन्।

    अजय कुशवाहाको सक्रियता र जनतामुखी अभियानसँगै बारा निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी प्रतिस्पर्धा थप रोचक र तातिएको छ।


    Posted in Uncategorized

    स्वतन्त्रका प्रचार संयोजक खाँणले लेखे “म चार तारे झण्डा र रुखमै छु ”

  • ११ माघ २०८२, शनिबार २२:२३ मा प्रकाशित
  • कपिलवस्तु, १० माघ

    कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माको प्रचार प्रसारका लागि गठन गरिएको भनिएको युवा परिचालन समितिका संयोजक चर्चित युवा समाजसेवी राजकुमार खाँँणले आफु काँग्रेस पार्टीमै रहेको बताएका छन । समिति गठनको ३ घण्टा नबित्दै खाड्ले आफ्नो आधिकारीक फेसबुकपेजमा “जहाँ चार तारे झण्डा । जहाँ रुख चिन्ह । त्यहाँ राजकुमार खाँण” लेखेका छन । खाँणले आफु नेपाली काँग्रेसमै रहेको र काँग्रेसका आधिकारीक उम्मेदवार अतहर कमाललाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको खुल्न आएको छ । यस अघि शनिबार दिउँसो खाँँणको संयोजकतामा १४ सदस्यीय युवा परिचालन समिति गठन गरिएको भन्दै प्रचारबाजी गरेको देखिएको छ । खाँणले पार्टीका आधिकारीक उम्मेदवार र रुख चुनाव चिन्हमा रहेको स्पष्ट पारें सगै स्वतन्त्र उम्मेदवारको प्रचार प्रसार समिति नेतृत्वबिहिन हुन पुगेको छ । निर्वाचन क्षेत्रमा स्वतन्त्रको पक्षमा घटदो जनमत सगै पार्टीका प्रतिबद्ध नेता तथा कार्यकर्ता पार्टीका आधिकारिक उम्मेदवार अतहर कमालको पक्षमा संगठित हुन थालेका छन । रुख चिन्हमा मतदान गर्न पाउने र पार्टीले रुपान्तरणको माग अबलम्बन गरेका कारण पार्टीका आम कार्यकर्ता उत्साहित देखिन थालेका हुन ।
    यसै बिच नेपाली काँग्रेस जिल्ला कार्य समिती कपिलवस्तुले आयोजना गरेको बैठकमा पार्टीका जिल्ला सदस्य हरिराज घिमिरे र क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति अब्दुल मन्नान खाँले तिन वटै क्षेत्रका नेपाली काँग्रेस पार्टीका आधिकारीक उम्मेदवारलाई जिताउन सबै नेता कार्यकर्ता सँग अपिल गरेका थिए । घिमिरे र खाँले जिल्ला कार्य समिती बैठकमा गरेको अपिलकै आधारमा निर्वाचन क्षेत्रमा पार्टीका आधिकारिक उम्मेदवारको प्रचार प्रसार गर्नेमा पार्टी नेतृत्व विश्वस्त देखिएको छ । “बैठकमा आधिकारीक उम्मेदवारलाई सहयोगको अपिल गरे सगै उहाँहरुले क्षेत्रमा सोहि अनुसारको नैतिकता प्रदर्शन गर्दै आधिकारिक उम्मेदवारलाई जिताउन लाग्ने बिषयमा हामी बिश्वस्त छौं ।” एक पार्टी नेताले भने ।

    Posted in Uncategorized

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P