• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: Uncategorized

भ्रष्टाचार र सुशासनका लागि गगन थापाको नेतृत्व आवश्यक : अतहर कमाल

  • २५ माघ २०८२, शनिबार २३:०४ मा प्रकाशित
  • कपिलवस्तु ,माघ २४

    नेपाली कांग्रेसका नेता तथा पूर्व संविधान सभा सदस्य अत्तर कमालले देशमा व्याप्त भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि गगन थापाको नेतृत्वमा सरकार बन्न आवश्यक रहेको बताएका छन् ।
    कपिलवस्तुको पकडीमा आयोजित कार्यक्रममा बोल्दै नेता कमालले आगामी निर्वाचनमा आफूलाई विजयी गराएर गगन थापालाई प्रधानमन्त्री बनाउने अभियानमा साथ दिन मतदातासँग आग्रह गरे ।
    उनले आफू २०७०सालमा संविधान सभा सदस्य हुँदा र २०७४ मा प्रतिनिधि सभा सदस्य हुँदा कपिलवस्तु यस क्षेत्रमा गरेका विकास निर्माणका कार्यहरू स्मरण गर्दै त्यसबेला आधारभूत पूर्वाधार विकासमा महत्वपूर्ण काम भएको दाबी गरे । कमालका अनुसार त्यस समय हिँड्नसमेत कठिन रहेका क्षेत्रमा पिच र ग्राभेल सडकको सुरुआत गरिएको थियो । साथै कृषिका लागि सिँचाइ सुविधा विस्तार, विद्यालयहरूको भौतिक पूर्वाधार सुधार तथा ग्रामीण भेगमा विद्युत् विस्तारका कामलाई प्राथमिकता दिइएको थियो ।
    कार्यक्रममा उनले वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै युवापुस्ताको आवाजलाई प्रतिनिधित्व गर्ने ‘जेन्जी’ (Gen-Z) आन्दोलनले उठाएका मुद्दाहरू—विशेष गरी भ्रष्टाचारविरुद्धको संघर्ष र संविधान संशोधन—आजको आवश्यकता भएको बताए ।
    “गगन थापालाई पार्टी सभापति र देशको आगामी प्रधानमन्त्री बनाउन सकेमा मात्र भ्रष्टाचार, नातावाद र कुशासनजस्ता समस्याहरूको जरैदेखि समाधान सम्भव हुन्छ,” उनले भने ।
    नेता कमालले आफू अहिलेसम्म कुनै पनि संस्थागत भ्रष्टाचार वा विवादमा नपरेको दाबी गर्दै स्वच्छ छविका साथ जनताको सेवामा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।


    Posted in Uncategorized

    प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा कपिलवस्तु–१ मा नरेन्द्र चौधरीको उम्मेदवारीले चुनावी सरगर्मी बढ्यो

  • २५ माघ २०८२, शनिबार २०:१२ मा प्रकाशित
  • कपिलवस्तु ,माघ २४

    प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । यस क्षेत्रमा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष समेत रहेका नरेन्द्र चौधरी उम्मेदवारका रूपमा मैदानमा उत्रिएसँगै चुनावी माहोल थप तातेको देखिएको छ ।
    ‘निकास र विकास’लाई मुख्य एजेन्डा बनाएर घरदैलो अभियानमा सक्रिय चौधरीप्रति जनसमर्थन क्रमशः बढ्दै गएको स्थानीयहरू बताउँछन् । लामो समयदेखि उपेक्षा, विभेद र अविकासको चक्रमा परेको कपिलवस्तु–१ का मतदाताले यसपटक वैकल्पिक, दूरदर्शी र परिणाममुखी नेतृत्वको अपेक्षा गरेका छन् ।
    यही अपेक्षालाई सम्बोधन गर्दै नरेन्द्र चौधरीले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषिको आधुनिकीकरण र सुशासनलाई आफ्नो प्रमुख चुनावी प्राथमिकताका रूपमा अघि सारेका छन् । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्षको हैसियतमा संगठनात्मक अनुभव र नीति निर्माणको भूमिकामा सक्रिय रहँदै आएका चौधरी अहिले स्पष्ट विकास दृष्टिकोणसहित जनतामाझ प्रस्तुत भइरहेका छन् ।
    घरदैलो अभियानका क्रममा उनले वृद्ध, महिला, युवा, किसान, मजदुर तथा बुद्धिजीवीसँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या टिपोट गर्ने र समाधानका स्पष्ट प्रतिबद्धता व्यक्त गर्ने गरेका छन् ।
    “पहिले नेताहरू चुनावको समयमा मात्र देखिन्थे, तर नरेन्द्र चौधरीले हाम्रो घरमै आएर कुरा सुन्नुभयो,” एक स्थानीय मतदाताले प्रतिक्रिया दिए ।
    विशेषगरी युवापुस्तामाझ चौधरीप्रतिको आकर्षण बढ्दो देखिएको छ । स्वदेशमै रोजगारी सिर्जना, सीपमूलक शिक्षा, उद्यमशीलता प्रवर्द्धन र कृषिमा आधुनिक प्रविधिको प्रयोगसम्बन्धी योजनाले युवालाई उत्साहित बनाएको स्थानीयहरू बताउँछन् । महिलाहरू पनि शिक्षा, स्वास्थ्य र आत्मनिर्भरता सम्बन्धी एजेन्डाबाट प्रभावित देखिएका छन् ।
    राजनीतिक विश्लेषकहरूका अनुसार कपिलवस्तु–१ मा परम्परागत दलहरूप्रति बढ्दो निराशा र असन्तुष्टिको फाइदा जनमत पार्टीले उठाइरहेको छ ।
    जनमत पार्टीको चुनाव चिन्ह ‘लाउडस्पिकर’ लिएर नरेन्द्र चौधरी चुनावी मैदानमा सक्रिय छन् ।

    Posted in Uncategorized

    जनसेवाको उदाहरणीय संकल्प: विजय भए तलब–भत्ता जनताको हितमा समर्पण गर्ने कृष्णबहादुर कुंवर

  • २४ माघ २०८२, शुक्रबार २१:०३ मा प्रकाशित
  • कपिलवस्तु ,माघ २३

    प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ कपिलवस्तुबाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार कृष्णबहादुर कुंवरले निर्वाचनमा विजय हासिल गरेपछि आफूले पाउने सम्पूर्ण तलब भत्ता तथा सेवा सुविधालाई जनताको सेवामा समर्पण गर्ने ऐतिहासिक प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
    कपिलवस्तुमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उम्मेदवार कुंवरले सांसद पदलाई व्यक्तिगत लाभको साधन नभई जनताको सेवाको जिम्मेवारीका रूपमा लिने स्पष्ट धारणा राख्नुभयो । उहाँले प्राप्त हुने सम्पूर्ण सुविधा रकम क्षेत्रका ज्येष्ठ नागरिकको सम्मान, असहाय तथा दिनदुखीको सहयोग, सबै समुदायका धार्मिक स्थलहरूको संरक्षण, मर्मत तथा निर्माणमा खर्च गरिने घोषणा गर्नुभयो ।
    त्यसैगरी आर्थिक अवस्था कमजोर रहेका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न विशेष संयन्त्र स्थापना गरी प्राप्त सम्पूर्ण रकम सोही माध्यमबाट शिक्षा क्षेत्रमा लगानी गरिने उहाँको प्रतिबद्धता छ । यस कदमलाई स्थानीयवासीहरूले शिक्षा र भविष्यप्रति गरिएको दूरदर्शी निर्णयका रूपमा लिएका छन् ।
    कार्यक्रममा बोल्दै उम्मेदवार कुंवरले “विज्ञान कहिल्यै पुरानो हुँदैन, समयअनुसार यसको निरन्तर परिमार्जन आवश्यक हुन्छ” भन्दै सोच, नीति र कार्यशैलीमा परिवर्तनको खाँचो औँल्याउनुभयो । उहाँले बुबा–आमाको सेवा गर्नु सन्तानको कर्तव्य भएको उल्लेख गर्दै समाजमा वृद्ध–वृद्धाप्रति सम्मानको संस्कृति विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
    समृद्ध, न्यायपूर्ण र समावेशी कपिलवस्तु निर्माणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताउँदै उम्मेदवार कुंवरले जनताको विश्वास र साथ पाए परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्नुभयो । उहाँको जनमुखी सोच, स्पष्ट प्रतिबद्धता र निस्वार्थ सेवाको संकल्पले कपिलवस्तु–१ मा नयाँ आशा र उत्साह थपिएको स्थानीयवासीहरूको भनाइ छ ।

    Posted in Uncategorized

    कपिलवस्तु–१ मा जसपाको भरोसा बब्बु सिन्ह यादव, निर्णायक भूमिकामा देखिँदै

  • २४ माघ २०८२, शुक्रबार १६:४७ मा प्रकाशित
  • कपिलवस्तु ,माघ २३

    जनता समाजवादी पार्टी नेपालले कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा आगामी २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बब्बु सिन्ह यादवलाई उम्मेदवार बनाएको छ । पार्टीको यस निर्णयलाई यस क्षेत्रमा रणनीतिक र समयसापेक्ष कदमका रूपमा हेरिएको छ ।
    यस क्षेत्रमा यादवको मत निर्णायक मानिँदै आएको छ । विगतका निर्वाचन तथा सामाजिक गतिविधिले समेत यादवको जनआधार मजबुत रहेको संकेत गर्छ । जनता समाजवादी पार्टीले कपिलवस्तुका धेरै स्थानीय तहमा निरन्तर प्रतिनिधित्व गर्दै आएको र संगठनात्मक रूपमा जरा गाडेको पार्टी भएकाले यादवको उम्मेदवारीलाई थप बल पुगेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
    पछिल्लो समय भएका विभिन्न जनआन्दोलनहरूमा जनता समाजवादी पार्टीले जनताको हकहित, सामाजिक न्याय र अधिकारका पक्षमा अग्रपंक्तिमा रहेर आवाज उठाउँदै आएको छ । विशेषगरी जेएनजी आन्दोलनले उठाएका युवा रोजगारी, संघीयताको प्रभावकारी कार्यान्वयन र अधिकारको विकेन्द्रिकरणका मुद्दालाई पार्टीले प्राथमिकतामा राख्दै आएको छ ।
    यही राजनीतिक पृष्ठभूमिमा पार्टीले युवालाई अघि सार्दै बब्बु सिन्ह यादवलाई उम्मेदवार बनाएको हो । यादवलाई स्थानीय समस्याको राम्रो बुझाइ भएको, जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने र आवाजलाई संसदसम्म पुर्‍याउन सक्ने सक्षम नेतृत्वका रूपमा हेरिएको छ ।
    हाल उम्मेदवार यादव मतदाताको घरदैलोमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गर्दै आएका छन् । उनले विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र किसानको समस्यालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनसमर्थन विस्तारमा सक्रिय छन् ।
    स्थानीयस्तरमा बढ्दो जनसमर्थन र पार्टीको संगठनात्मक शक्तिका कारण कपिलवस्तु–१ मा बब्बु सिन्ह यादव बलिया उम्मेदवारका रूपमा उभिएका छन् ।

    Posted in Uncategorized

    कपिलवस्तु–१ : नरेन्द्र चौधरी — निर्णायक नेतृत्व, पक्का जितको प्रतीक

  • २४ माघ २०८२, शुक्रबार १५:२० मा प्रकाशित
  • कपिलवस्तु ,माघ २३

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कपिलवस्तु–१ क्षेत्र राजनीतिक रूपमै संवेदनशील मोडमा पुगेको छ । यस क्षेत्रका जनता र मतदाताहरूले समाजसेवी, इन्जिनियर र राष्ट्रिय उपाध्यक्ष नरेन्द्र चौधरीलाई निर्णायक उम्मेदवारका रूपमा मन पराइरहेका छन् । जनमत पार्टीले चौधरीलाई उम्मेदवार बनाएको घोषणा गरेसँगै क्षेत्रभरि उत्साह र समर्थनको वातावरण फैलिएको छ ।
    नरेन्द्र चौधरी केवल उम्मेदवार होइनन्, उनी कपिलवस्तु–१ को समग्र विकास र जनताको हितका लागि लामो समयदेखि प्रतिबद्ध नेता हुन् । शिक्षा, स्वास्थ्य, आधारभूत संरचना र सामाजिक कल्याणमा उनका योगदानहरू क्षेत्रीय स्तरमा उदाहरणीय रहेका छन्। उनका नेतृत्व र दृढता स्थानीय मतदातामा विश्वास जगाउने प्रमुख कारण बनेका छन् ।
    विशेषज्ञ र राजनीतिक विश्लेषकहरूले पनि औंल्याए अनुसार, चौधरीको अनुभव, समाजसेवा र नेतृत्व क्षमताले यस क्षेत्रको निर्वाचनलाई निर्णायक मोडमा पुर्‍याएको छ । क्षेत्रीय मतदाताले उनलाई पहिलो रोजाइका रूपमा हेरेका छन्, र उनका पक्षमा मतको बहुमत सुनिश्चित हुने सम्भावना उच्च देखिन्छ ।
    सामाजिक चेतना, विकासोन्मुख सोच र जनताप्रतिको प्रतिबद्धता बोकेको नेता नरेन्द्र चौधरीले आगामी निर्वाचनमा कपिलवस्तु–१ लाई नयाँ राजनीतिक दिशा र प्रगतिशील नेतृत्व दिने विश्वास जनतामा कायम छ। यसैले यस क्षेत्रको मतदातामा चौधरीको प्रभाव र समर्थन हरेक चुनावी मापदण्डमा निर्णायक साबित भइरहेको छ ।
    कुल मिलाएर, नरेन्द्र चौधरी केवल उम्मेदवार होइनन् — उनी कपिलवस्तु–१ को भविष्य, विकास र सशक्त नेतृत्वको प्रतिक बनेका छन् ।

    Posted in Uncategorized

    किसान र विकासको पक्षमा: अतहर कमाल कपिलवस्तु–१ बाट नेपाली कांग्रेसको उम्मेदवार

  • २४ माघ २०८२, शुक्रबार १२:११ मा प्रकाशित
  • कपिलवस्तु ,माघ २३

    नेपाली कांग्रेसको प्रतिनिधि सभा उम्मेदवार अतहर कमाल हाल कपिलवस्तु–१ क्षेत्रमा सक्रिय रूपमा अभियानमा छन् । उनी किसान र स्थानीय जनता भेटघाटमा ब्यस्त छन्, साथै क्षेत्रका वास्तविक समस्या बुझ्ने र समाधानका लागि पहल गरिरहेका छन् ।
    कमालले किसानलाई दिइने अनुदानको झन्झटिलो प्रक्रिया र दलालको चंगुलमा पुग्ने समस्यामा सरकारको ध्यानाकर्षण गराइसकेका छन् । उनका अनुसार कृषक हितमा अनुदान वितरण सहज, पारदर्शी र डिजिटल प्रणालीमार्फत सुधार्नु आवश्यक छ ।
    सडक विकास क्षेत्रमा पनि उनका योगदान उल्लेखनीय छन्। तत्कालीन प्रतिनिधि सभा सदस्य हुँदा उनले निम्न सडक योजना पारित गरिसकेका थिए:
    बरोहिया–पचेहरा सडक
    बरोहिया–पकडी–पुरानो हुलाकी सडक (रुपन्देही सीमा)
    सिमा क्षेत्र चाकरचौडा हुँदै दोहनी सडक
    यी योजनाले क्षेत्रीय यातायात सुविधा सुधार गरेको छ र जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारेको छ । स्थानीय बासिन्दाहरूले पनि उनका विकास पहल र सक्रियतालाई सकारात्मक रूपमा मूल्यांकन गरेका छन् ।
    कमालले भेटघाटका क्रममा प्रत्यक्ष सुझाव संकलन गर्दै किसान र आम जनता प्रत्यक्ष लाभ पाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । उनको लगातारको सक्रियता, विकास पहल र जनता भेट्ने अभियानले उनलाई क्षेत्रका सबै वर्गका मतदातासँग नजिक पुर्‍याएको छ र आगामी निर्वाचनमा बलियो समर्थनको संकेत दिएको छ ।

    Posted in Uncategorized

    पकडीमा ‘एक शाम राष्ट्रको नाम’ नारासहित इन्डो–नेपाल मुसायरा कवि सम्मेलन सम्पन्न

  • २४ माघ २०८२, शुक्रबार १०:४५ मा प्रकाशित
  • कपिलवस्तु ,माघ २२

    कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–१, पकडीमा “एक शाम राष्ट्रको नाम” भन्ने मूल नारासहित आयोजित इन्डो–नेपाल मुसायरा कवि सम्मेलन आज सफलतापूर्वक सम्पन्न भएको छ ।
    आयोजक समितिका सदस्य र रियाज खानका अनुसार, सम्मेलनमा भारत र नेपालका ख्यातिप्राप्त कवि तथा शायरहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा उर्दू, हिन्दी र नेपाली भाषामा राष्ट्रप्रेम, सामाजिक सद्भाव, मानवीय भावना र समसामयिक विषयवस्तुमा आधारित कविता तथा शायरी प्रस्तुत गरियो, जसले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको आयोजकले जनाएका छन् ।
    कवि सम्मेलनमा स्यान शबनम, गुले सबा फतेहपुरी, चाँदनी शबनम लगायतका चर्चित कवि–शायरहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले बताएका अनुसार उनीहरूले प्रस्तुत गरेका रचनाले राष्ट्रिय एकता, भाइचारा र आपसी समझदारीको सन्देश प्रवाह गरेको थियो ।
    दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा साहित्यिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको यस मुसायराले राष्ट्रिय एकता, आपसी समझदारी र भाइचारा अभिवृद्धि गरेको आयोजकले विश्वास व्यक्त गरेका छन् ।
    कार्यक्रमका अवसरमा प्रमुख अतिथि तथा उपस्थित सम्पूर्ण व्यक्तित्वलाई आयोजक समितिको तर्फबाट खादा, माला तथा सम्मानपत्र प्रदान गरिएको क्षेत्रका समाजसेवी अबु सुफियान खानले जानकारी दिए । उनका अनुसार सम्मान कार्यक्रममा सहभागीहरूको सम्मान मात्र नभई कार्यक्रमको गरिमा पनि अझ बढेको थियो ।
    स्थानीय बुद्धिजीवी, साहित्यप्रेमी, सामाजिक अगुवा र सर्वसाधारणको उल्लेख्य सहभागिताबीच कार्यक्रम शान्त, सभ्य र भव्य वातावरणमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ ।

    Posted in Uncategorized

    जेएनजी आन्दोलनका माग प्रतिनिधिसभामा उठाइसकेका अतहर कमाल कपिलवस्तु–१ बाट कांग्रेस उम्मेदवार

  • २३ माघ २०८२, बिहीबार २१:१७ मा प्रकाशित
  • कपिलवस्तु ,माघ २२

    जेएनजी आन्दोलनले अघि सारेका युवा स्वरोजगार, संघीय व्यवस्थाअनुसार अधिकारको विकेन्द्रिकरण तथा नागरिकमैत्री सेवा प्रवाहसम्बन्धी मागहरू २०७५ जेठ २० गते प्रतिनिधिसभाको बैठकमा उठाइएको थियो । सो अवसरमा तत्कालीन प्रतिनिधिसभा सदस्य अतहर कमालले ती विषय सदनको ध्यानाकर्षण गराउनुभएको थियो । उक्त बैठकमा अतहर कमालले संघीय शासन प्रणालीको मूल उद्देश्य अधिकार र सेवा जनतासम्म पु¥याउनु रहेको उल्लेख गर्दै केन्द्रमा सीमित अधिकारलाई प्रदेश र स्थानीय तहमा हस्तान्तरण नगरेसम्म संघीयताको मर्म पूरा नहुने धारणा राख्नुभएको संसदीय अभिलेखमा उल्लेख छ । उहाँले त्यसक्रममा युवामा बढ्दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै स्वरोजगार प्रवर्द्धनका लागि राज्यले दीर्घकालीन नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।त्यसैगरी, उहाँले सार्वजनिक सेवा प्रवाहको अवस्थाप्रति टिप्पणी गर्दै नागरिकले भोग्दै आएका प्रशासनिक झन्झट, ढिलासुस्ती र जटिल प्रक्रियाले सेवाग्राहीलाई असहज बनाएको उल्लेख गर्नुभएको थियो । सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउन प्रशासनिक सुधार अपरिहार्य रहेको उहाँको भनाइ थियो ।
    नागरिकका सरोकारसँग सम्बन्धित विषयहरू संसदमा निरन्तर उठाउँदै आएका अतहर कमाल हाल कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका उम्मेदवारका रूपमा आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागीको हुन् ।

    Posted in Uncategorized

    कपिलवस्तु–२ मा जामवन्ती भुज साझा महिला उम्मेदवार

  • १९ माघ २०८२, आईतवार १८:२९ मा प्रकाशित
  • कपिलवस्तु, माघ १८

    राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालको संयुक्त समर्थनमा कपिलवस्तु प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट जामवन्ती भुज साझा महिला उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएकी छन् ।
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भई क्षेत्रको विकास र महिला सशक्तीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्यसहित उनी चुनावी अभियानमा जुटेकी छन् ।
    तीन दलको साझा उम्मेदवारका रूपमा भुजले जाँतो (चकिया) चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गरिरहेकी छन् । घरदैलो तथा प्रचार–प्रसार अभियानका क्रममा महिला उम्मेदवार भएकै कारण स्थानीय तहमा उल्लेख्य समर्थन र सहयोग प्राप्त भइरहेको जनाइएको छ ।
    महिला प्रतिनिधित्व सशक्त बनाउने उद्देश्यसहित अघि सारिएको साझा उम्मेदवारीप्रति महिला, दलित तथा पिछडिएका समुदायबाट उत्साहजनक समर्थन देखिएको नेताकार्यकर्ताहरूले बताएका छन् । स्थानीय बासिन्दाहरूले यसपटक परिवर्तनका लागि महिला उम्मेदवारलाई अवसर दिनुपर्ने बताएका छन् ।

    Posted in Uncategorized

    कपिलवस्तु–१ मा जनमत पार्टीको घरदैलो कार्यक्रम तीब्र

  • १८ माघ २०८२, शनिबार २१:०० मा प्रकाशित
  • कपिलवस्तु, माघ १७

    डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार नरेन्द्र प्रसाद चौधरीलाई विजयी गराउने उद्देश्यसहित कार्यकर्ताहरु निरन्तर रूपमा जनतासँग भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छन् ।कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पार्टीका नेताकार्यकर्ताहरूले पूर्वमन्त्रीसमेत रहेका दानबहादुर चौधरीको नेतृत्वमा बिजुवा स्थित समय माता मन्दिरमा दर्शन गरी मायादेवी गाउँपालिका–०८, बिजुवामा घरदैलो अभियान सम्पन्न गरेका छन् । घरदैलो कार्यक्रममा बोल्दै पूर्वमन्त्री दानबहादुर चौधरीले कपिलवस्तुको विकासका लागि इमानदार र जनताप्रति उत्तरदायी नेतृत्व आवश्यक रहेको बताए । उनले जनमत पार्टी जनताको मुद्दा बोकेको पार्टी भएको उल्लेख गर्दै उम्मेदवार नरेन्द्र प्रसाद चौधरीले संसदमा पुगेपछि क्षेत्रको विकास, रोजगारी सिर्जना र आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने विश्वास व्यक्त गरे । घरदैलोका क्रममा पार्टीका प्रतिनिधिहरूले जनतासमक्ष आफ्ना राजनीतिक एजेन्डा, विकास योजना तथा प्रतिबद्धता प्रस्तुत गर्दै मत मागेका थिए । कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो भने जनताबाट सकारात्मक साथ, सहयोग र समर्थन प्राप्त भइरहेको जनमत पार्टीले जनाएको छ ।

    Posted in Uncategorized

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P