• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: Uncategorized

शुसासन मेरो मुद्दा हो, शुसासन कायम गर्न निती निर्माण र निती संसोधनमा भुमिका खेल्छु : उम्मेदवार कमाल

  • ४ फाल्गुन २०८२, सोमबार १५:२५ मा प्रकाशित
  • कपिलवस्तु, ४ फागुन
    नेपाली काँग्रेस कपिलवस्तुबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार अतहर कमाल मुसलमानले जेएनजी आन्दोलनमा उठेको भ्रष्टाचार बिरोधी अभियान, नेपो बेबीहरुको बिरोध र नागरिकलाई सहज सेवा प्रवाह र राहत दिने कार्य बदलिएको काँग्रेस बाट संभव भएको बताएका छन । नेपाली काँग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ आजबाट शुरु भएको चुनावी प्रचार प्रसारमा मायादेवी गाउँपालिकाको पिपरामा रहेका उम्मेदवार कमालले भ्रष्टाचार बिरुद्ध कठोर भएर अगाडी बढ्न आवश्यक रहेको बताए । नेपाली काँग्रेसले गगन थापाको नेतृत्वमा नेतृत्व परिर्वतन गरि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि बढेकोले जेएनजीको माग बदलिएको काँग्रेसले नै पुरा गर्न सक्ने उनले दावी गरे । जेएनजीको माग बदलिएको काँग्रेसबाट संभव भएको उनले बताए । चुनावी प्रचार प्रसारमा नेता कार्यकर्ता र नागरिकको उत्साहजन सहभागीता रहेको उल्लेख गर्दै उनले् आफुले बिकासमा नागरिकका मुद्दा सदन सम्म पुर्याउनुको साथै बिकासका काम समेत गरेकाले बाँकी अधुरा बिकासका कार्य पुरा गर्न आम मतदाता आफ्ना पक्षमा एकिकृत भएको उनले जनाए । प्रचार प्रसार क्षेत्रमा आफुले बिगतमा गरेका बिकास कार्यको स्मरण गर्दै उनले चाकरचौडा पिपरा सडकको स्तरोन्नती र चाकरचौडा भंसारमा सवारी आवागमनका लागि भंसार सुबिधा सञ्चालन गर्न आफुले प्राथमिकता दिने बताए । चुनावी प्रचार प्रसारमा पार्टीका पुर्व जिल्ला सभापति राजेश आचार्य, पार्टी नेता तथा लुम्बिनी प्रदेशका पुर्वमन्त्री बिकासवादी नेता सहसराम यादव, पुर्व जिल्ला सचिव सुरेस शर्मा, पुर्व उपसभापति रामआशिष पाण्डेय, पुर्व सचिव महेन्द्र पाठक, जिल्ला सचिव शक्ति सिंह ठकुरी, सहसचिव वजिह अरसद, नेविसंघ जिल्ला अध्यक्ष चन्द्रकान्त पोख्रेल, युवा नेता ईस्तियाक खान, अजय तिवारी लगायत महिला नेतृहरुको सहभागीता रहेको छ ।

    Posted in Uncategorized

    कांग्रेस उम्मेदवार अतहर कमालकी छोरी आरजु कमालले लेखिन भावुव स्टाटस‘ अस्पतालको ओछ्यानदेखि चुनावी अभियानसम्म – मेरो बुबा, मेरो नायक। ’

  • ४ फाल्गुन २०८२, सोमबार ०७:२४ मा प्रकाशित
  • कपिलवस्तु ,फागुन ०४

    कपिलवस्तुको क्षेत्र नम्बर १ का कांग्रेसका उम्मेदवार अतहर कमालकी छोरी आरजु कमालले आफनो फेस बुव बालमा आफनो बुवा अतहर कमाल बारे भावुक स्टाटस लेखेकी छिन । अग्रेजीमा पोस्ट गरिएको स्टाटसमा उनले आफनो बुवालाई ‘ अस्पतालको ओछ्यानदेखि चुनावी अभियानसम्म – मेरो बुबा, मेरो नायक’ भन्दै लेखेकी छिन । उनले लेखेको नेपाली अनुबाद यस्तो छ ।
    मलाई अझै पनि सम्झना छ, आईसीयू बाहिर सास रोक्दै, “कृपया, उसलाई बाँच्न देऊ।“ एक वर्ष पछि, ऊ जीवित मात्र छैन – उसले आफ्नो वरपरका सबैलाई प्रेरणा दिइरहेको छ । आज, ऊ ठूलो कुराको लागि लडिरहेको छः नेतृत्व र परिवर्तन । मृत्युलाई पराजित गर्ने मानिस चुनौतीहरूसँग डराउँदैन । शक्ति । साहस , लचिलोपन ,यो त्यस्तो प्रकारको नेता हो जसमा हामी विश्वास गर्छौं । अस्पतालको ओछ्यानदेखि चुनावी अभियानसम्म – मेरो बुबा, मेरो नायक हुन ।
    एक बर्ष अघि नेता कमालको मुटुमा गंभीर ब्लकेज भए पछि दिल्लीमा उपचार गरिएको थियो । त्यति बेला अप्रेशन पछि ३ दिन सम्म समेत होस नआए पछि सबैले आश मारिसकेका थिए । तर नेता कमाल बिस्तारै होसमा आएका थिए । दिल्लीमा ३ महिना बढी उपचार पछि बल्ल घर फर्केका थिए । २०७० सालमा संबिधान सदस्य जितेका पुर्व का.गैस केन्द्रिय सदस्य चुनावमा होमिएका छन ।

    Posted in Uncategorized

    कपिलवस्तु–२ मा जामवन्ती भुजको उम्मेदवारी, स्वारोजगारदेखि तिलौराकोटमा बुद्ध मूर्तिसम्मका योजना सार्वजनिक

  • ३ फाल्गुन २०८२, आईतवार ११:०७ मा प्रकाशित
  • कपिलवस्तु , फागुन ३

    राष्ट्रिय मुक्ति क्रान्ति नेपालले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–२ मा जामवन्ती भुजलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार घोषणा गरेको छ । उम्मेदवार भुजले आफ्नो चुनावी एजेन्डा सार्वजनिक गर्दै युवा, स्वास्थ्य, पर्यटन र नगरको पहिचानसँग जोडिएका महत्वाकांक्षी योजनाहरू अघि सारेकी छन् ।

    युवालाई स्वारोजगारमा जोड्ने योजना

    भुजले क्षेत्रका युवालाई लक्षित गर्दै सीपमूलक तालिम, सहुलियतपूर्ण ऋण र साना उद्यम प्रवर्द्धनमार्फत स्वारोजगार सिर्जना गर्ने योजना प्रस्तुत गरेकी छन् । “वैदेशिक रोजगारीमा निर्भरता घटाउँदै स्थानीय स्तरमै अवसर सिर्जना गर्नु प्राथमिकता हुनेछ,” उनले बताइन् ।

    तौलिहवा अस्पताल व्यवस्थापन

    तौलिहवास्थित जिल्ला सरकारी अस्पतालको सेवा–सुविधा विस्तार, आवश्यक जनशक्ति व्यवस्थापन र पूर्वाधार सुधार गरी प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    तिलौराकोटमा बुद्धको विशाल मूर्ति

    ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको तिलौराकोट क्षेत्रमा भगवान बुद्धको ठूलो मूर्ति स्थापना गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्ने योजना पनि सार्वजनिक गरिएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ ।

    कपिलवस्तु नगरपालिकालाई विश्वसामु चिनाउने लक्ष्य

    देशको दोस्रो नगरपालिका मानिने कपिलवस्तु नगरपालिकालाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहरको आधारमा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्यसमेत एजेन्डामा समेटिएको छ ।
    उम्मेदवार भुजका अनुसार यी योजनाहरू कार्यान्वयनका लागि संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै दीर्घकालीन विकासको मार्गचित्र तयार गरिनेछ । अब मतदाताले यी प्रतिबद्धताहरूलाई कत्तिको विश्वास गर्छन् भन्ने विषय आगामी निर्वाचनले तय गर्नेछ ।

    Posted in Uncategorized

    कपिलवस्तु निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीका उम्मेदवार नरेन्द्र चौधरी मतदातामाझ

  • २ फाल्गुन २०८२, शनिबार ०९:५३ मा प्रकाशित
  • कपिलवस्तु, फागुन २

    आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–१ मा जनमत पार्टी का तर्फबाट उम्मेदवार नरेन्द्र चौधरी यतिबेला सक्रिय रूपमा मतदातामाझ पुग्दै हुनुहुन्छ । घरदैलो, टोलभेला तथा अन्तरक्रिया कार्यक्रममार्फत उहाँले आफ्नो प्रतिबद्धता र घोषणापत्रका मुख्य बुँदा सार्वजनिक गरिरहनुभएको छ ।
    उम्मेदवार चौधरीले पुरानो असफल राजनीतिक अभ्यासको अन्त्य गर्दै सत्तामुखी होइन, जनमुखी तथा उत्तरदायी राजनीति आवश्यक रहेको बताउनुभएको छ । आर्थिक विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा तथा पारदर्शी सुशासनलाई प्राथमिकतामा राख्दै उहाँ मतदातासँग प्रत्यक्ष संवादमा जुट्नुभएको हो ।
    दलको एजेन्डाअनुसार आगामी पाँच वर्षभित्र आर्थिक वृद्धि तीव्र बनाउने, गरिबी न्यूनीकरण गर्ने, युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिइएको छ । हरित ऊर्जामा आधारित विकास, सुरक्षित आवास, स्वच्छ खानेपानी र ‘स्मार्ट सिटी–स्मार्ट भिलेज’ अवधारणालाई पनि प्राथमिकतामा राखिएको जनाइएको छ ।
    नरेन्द्र चौधरीले महिला, दलित, मधेसी, मुस्लिम, आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको समान अधिकार र सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरिने उहाँको भनाइ छ ।
    कपिलवस्तु क्षेत्र–१ मा मतदातासँगको प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै अघि बढ्नुभएका चौधरीको सक्रियताले चुनावी माहोल तातिएको स्थानीयहरूले बताएका छन् ।

    Posted in Uncategorized

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १५२

  • ३० माघ २०८२, बिहीबार २२:०६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयबाउन्नौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:- २०८२/१०/०८

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १५२[एकसयबाउन्नौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :


    सोमनाथ लुइटेल “रवि पाल्पाली

    गुणनिधि घिमिरे

    सुशीला पाैडेल

    चित्र संकलन


    सुशीला पौडेल

    संकलन

    सुशीला पौडेल

    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण


    भवानी घिमिरे

    पशपती राई

    संरचना


    अनुप्रास :- आफू खुसी

    स्थायी :- आफू खुसी

    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल


    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    ~~~~~

    पञ्चाङ्ग:०१

    सरस्वतीको बास होस्

    दुःख सबैको नाश होस्

    ज्ञानको प्रकाश छरुन् ,

    सुख शान्तिको रास होस् ।

    आजको दिन खास होस्।

    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    मनैदेखि नमन छ माता तिमीलाई

    धन मन र ज्ञानकी दाता तिमीलाई

    माघको शुक्ल पंचमीको तिथि पारेर,

    विद्याबुद्धि सिकाउने छाता तिमीलाई

    कैले पनि नमेटिने नाता तिमीलाई।।

    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग::०३

    सरस्वतीको पूजा गर्छु म

    यिनैको चरणमा पर्छु म

    ज्ञान दिनु माता सधैंभरि,

    तिम्रै पाउ नजिक सर्छु म

    तिम्रो साथ समुद्र तर्छु म।

    -ह्यारिस ह्यारिसन

    पञ्चाङ्ग:०४
    ज्ञानको भण्डार सरस्वती माता हजुर
    ज्ञानबिना दुरुस्त हुँदैन खाता हजुर
    अध्ययन नभए संसार हुन्छ अँध्यारो,
    विद्या अधिष्ठात्री,,शारदा हुन् दाता हजुर
    भाषाले विश्व सजिलै जाेड्ने नाता हजुर ।
    प्रद्युम्न चालिसे

    पञ्चाङ्ग-०५
    बन्दनाहरू धेरै छन् सरस्वती माताको गाउनको लागि
    ठाउँ-ठाउँमा मन्दिरहरू पनि धेरै छन् धाउनको लागि
    बन्दना गरी लड्डु चढाएर मात्रै ज्ञान प्राप्त हुँदैन नि,
    यस्ता कुरा त फगत हुन् मात्रै बाहिर सजाउनको लागि
    बदलौं है पूजा विधिको वास्तविक विद्या पाउनको लागि ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६
    विणा र पुस्तक हातमा धरेकी तिमीले
    विद्या, विवेक जगतमा छरेकी तिमीले
    हे माता! तिम्रो गुणकाे कति गरूँ ? बखान ,
    अज्ञानता हटाइ ज्ञान भरेकी तिमीले
    हौ , सरस्वती , उपकार गरेकी तिमीले।

    भवानी घिमिरे
    सर्लाही ।

    Posted in UncategorizedTagged पञ्चाङ्ग, वसन्त अनुभव, सुशीला पौडेल

    साप्ताहिक पञ्चाङ्ग भाग-१७०

  • ३० माघ २०८२, बिहीबार २२:०० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयसतरीऔं अभ्यासमा हामी पुगेका छौं। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।।

    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७०———-

    विधा :- पञ्चाङ्ग

    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

    मिति:- २०८२/०९/२१

    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।

    ……………………………………….

    प्रशिक्षक:-

    ……………

    सोमनाथ लुइटेल

    गुणनिधि घिमिरे

    सुशीला पौडेल

    ………………………

    भाषा शुद्धीकरण:-

    ———–

    भवानी घिमिरे

    पशपती राई

    सङ्कलक :-

    ———-

    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    =====

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]

    अनुप्रास :- आफुखुसी

    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१

    अहंकारी आफैं पछि पर्ने छ

    त्यस्ताको खुसी अरूले हर्ने छ

    आफू आफैंलाई महान् सम्झिने,

    आफैंलाई आक्रमण गर्ने छ

    आफैमा दुःखको बीज छर्ने छ।

    -सुशीला पौडेल

    पञचाङ्ग :०२

    मन वाणी शरीरले ईश्वरकाे भजन गर राम्रो

    भगवान त! एकै हुन् छैन भिन्न नाम र थर राम्रो

    लालनपालन भरणपोषण उनकै हुन्छ जिम्मा ,

    परमात्मा साक्षी रूपमा हृदयमा बस्छ नर राम्रो

    केवल प्रभु! इच्छामा पर्नु पर्छ हामीले भर राम्रो ।

    -प्रद्युम्न चालिसे

    पञ्चाङ्ग:०३
    किन मनमा पिर पर्दा मुटु जल्दो रहेछ
    आगो माथि घ्यू थप्दा जिन्दगी नै बल्दो रहेछ
    आज एउटा सँग त भोलि अर्कैसँग हुन्छौ,
    जेजे गरे पनि यो सहरमा चल्दो रहेछ
    दिनै फेरिने फल कसरी पो फल्दो रहेछ।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग-०४
    चुप बस्नै सक्दैन नेपाली बोलेर नै आगो बाल्न आउँछ
    आफू सुति- सुति भएपनि उठ्न खोज्नेलाई ढाल्न आउँछ
    सायद दिमाग धेरै भएर होला म भन्दा अरु देख्दैन,
    काम गरौं जाँगर छैन खाली अरुकै गिदी चाल्न आउँछ
    बरू बन्न लागेको काममा
    सधैं भाँजो मात्र हाल्न आउँछ।
    -पशपती राई खोटाङ ।

    Posted in UncategorizedTagged पञ्चाङ्ग, वसन्त अनुभव, सुशीला पौडेल

    मायादेवी–२, मनखोरियामा चौथो भलिबल प्रतियोगिता सुरु

  • ३० माघ २०८२, बिहीबार २१:१० मा प्रकाशित
  • कपिलवस्तु ,माघ २९

    कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर २ मनखोरियामा मन्खोरिया युवा क्लबको आयोजनामा चौथो भलिबल प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ । प्रतियोगिता फाल्गुन २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
    कार्यक्रमको उद्घाटन नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अतहर कमालले गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै कमालले खेलकुद युवाहरूको व्यक्तित्व विकास, अनुशासन, नेतृत्व क्षमता तथा सकारात्मक सोचको आधार भएको बताउनुभयो ।
    उहाँले युवाशक्तिलाई सही दिशामा अगाडि बढाउन खेलकुद अत्यन्त प्रभावकारी माध्यम भएको उल्लेख गर्दै कुलत र नकारात्मक प्रवृत्तिबाट टाढा राख्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । “स्वस्थ युवा नै समृद्ध राष्ट्रका आधार हुन्,” उहाँले भन्नुभयो ।
    कमालले ग्रामीण क्षेत्रमा खेलकुद पूर्वाधारको विकास र नियमित प्रतियोगिता आयोजना आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता सिर्जनात्मक गतिविधिलाई थप प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खेलकुदले जात, धर्म र राजनीतिक भिन्नताभन्दा माथि उठेर समाजलाई एकताबद्ध बनाउने शक्तिशाली माध्यम भएको पनि उहाँको भनाइ थियो ।
    उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरू, पालिकाका जनप्रतिनिधि तथा नेता–कार्यकर्ताहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा मन्खोरिया युवा क्लबका पदाधिकारी, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    Posted in Uncategorized

    काठमाडौं–सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा आगलागी, पूर्ण रूपमा जलेर नष्ट

  • ३० माघ २०८२, बिहीबार ०७:४२ मा प्रकाशित
  • कपिलवस्तु ,माघ २९

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना.७.ख ६०४८ नम्बरको बस कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ टिटिहिरिया स्थित तौलिहवा–भैरहवा सडकखण्डमा आज बिहान करिब ४:३० बजे आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
    गुडिरहेको अवस्थामा अचानक आगो लागेको बस सडक छेउमा रोकिएको थियो । स्थानीयवासी र प्रहरीले आगो निभाउन प्रयास गरे पनि बस केही बेरमै पूर्ण रूपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय पकडीले जनाएको छ ।
    घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ । बसमा सवार सबै ४१ जना यात्रु सकुशल रहेका छन् । आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन ।
    प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

    Posted in Uncategorized

    राष्ट्र निर्माण दल–१ बाणगंगामा सक्रिय, उम्मेदवार निसार अहमदको घरदैलो अभियान

  • २६ माघ २०८२, आईतवार २१:५५ मा प्रकाशित
  • कपिलवस्तु ,माघ २५

    आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीमा राष्ट्र निर्माण दल नेपालले कपिलवस्तु जिल्ला, क्षेत्र नम्बर–१, विशेषगरी बाणगंगा नगरपालिकामा आफ्नो अभियान तीव्र बनाएको छ । दलका प्रत्यक्ष उम्मेदवार निसार अहमद र समानुपातिक उम्मेदवारहरूले घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् ।
    उम्मेदवार निसार अहमदले मतदातालाई आफ्नो योजना र प्रतिबद्धता प्रस्तुत गर्दै स्थानीय विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस कदम चाल्ने आश्वासन दिएका छन् । “जनतासँग प्रत्यक्ष भेटघाट गरेर समस्या बुझ्ने र समाधानतर्फ अघि बढ्ने हाम्रो अभियानको मुख्य लक्ष्य हो,” अहमदले बताएका छन् ।
    राष्ट्र निर्माण दलले बाणगंगा नगरपालिका क्षेत्रमा संगठन विस्तार गर्दै युवा र महिला सहभागितालाई प्राथमिकता दिएको छ । दलका नेता र कार्यकर्ताहरूले उम्मेदवारको सक्रियताप्रति उत्साह देखाउँदै अभियानलाई थप बल दिने प्रतिबद्धता जनाएका छन् ।
    अभियानका सहभागीहरूले मतदातासँग प्रत्यक्ष संवाद र घरदैलो कार्यक्रमले जनसामान्यमा दलको दृष्टिकोण र उपस्थिति स्पष्ट भएको बताएका छन्। यस अभियानसँगै राष्ट्र निर्माण दल नेपाल क्षेत्र नम्बर–१ मा आफ्नो जरो मज़बुत गर्दै अघि बढिरहेको छ ।

    Posted in Uncategorized

    कपिलवस्तु-१ मा कांग्रेसको तीव्र चुनावी अभियान,मतदातासँग प्रत्यक्ष संवाद

  • २६ माघ २०८२, आईतवार २०:३९ मा प्रकाशित
  • कपिलवस्तु ,माघ २५

    प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ । गाउँ–टोल केन्द्रित कार्यक्रम, घरदैलो अभियान र ठाउँ–ठाउँमा सम्पर्क कार्यालय उद्घाटन गर्दै कांग्रेस मैदानमा सक्रिय देखिएको छ । कांग्रेसको यो सक्रियताले क्षेत्रको चुनावी माहोल थप तातेको छ ।
    कांग्रेसका उम्मेदवार अतहर कमालले क्षेत्र नम्बर–१ मा कांग्रेसको संगठनात्मक अवस्था मजबुत रहेको जनतासँग प्रत्यक्ष सम्पर्क नै आफ्नो मुख्य शक्ति भएको बताएका छन् । “यो क्षेत्रमा कांग्रेस सबैभन्दा माथि छ,” कमालले भने, “हामी प्रचारका लागि मात्र होइन, मतदाताका गुनासा सुन्न र समाधानको बाटो खोज्न मैदानमा उत्रिएका हौं ।”
    चुनावी अभियानका क्रममा कांग्रेस टोलीले किसान, मजदुर, युवा, महिला तथा व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गरिरहेको छ । स्थानीय मतदाताले कृषि मल–बिउको समस्या, सिँचाइ, बेरोजगारी, शिक्षा र स्वास्थ्य सेवाको पहुँच, सडक र खानेपानी जस्ता आधारभूत विषय उठाइरहेका छन् । उम्मेदवार कमालले यी विषयलाई संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका छन् ।
    स्थानीय मतदाताहरू कांग्रेसको अभियानप्रति सकारात्मक देखिएका छन् । उनीहरूका अनुसार उम्मेदवार र पार्टी नेतृत्व प्रत्यक्ष गाउँमै आएर समस्या सुन्नु र संवाद गर्नु सकारात्मक संकेत हो । “नेता चुनावमा मात्र होइन, समस्या बुझ्न पनि आउनुपर्छ,” एक स्थानीय मतदाताले भने, “कमालको टोली गाउँमै आएर हाम्रो कुरा सुन्दैछ, यो राम्रो संकेत हो ।”
    यसैबीच, कांग्रेस नेता गगन थापाको नेतृत्व र पार्टीभित्र देखिएको नयाँ ऊर्जा पछि कांग्रेसप्रति जनआकर्षण बढ्दै गएको कांग्रेस नेताहरूको भनाइ छ । विशेषगरी युवा मतदाता कांग्रेसप्रतिको विश्वास पुनःस्थापित हुँदै गएको संकेत कपिलवस्तु–१ मा देखिएको छ । कांग्रेसले मतदाता केन्द्रित अभियानलाई निरन्तरता दिदै कपिलवस्तु–१ मा चुनावी प्रतिस्पर्धामा बलियो उपस्थिती छ । जनताको मुद्दा उठाउने, सुशासन र विकासको एजेन्डालाई प्राथमिकतामा राखेको कांग्रेसको अभियानले अन्तिम मतपरिणाममा महत्वपूर्ण प्रभाव पारेको छ ।
    कांग्रेसको आक्रामक अभियान, संगठन र मतदातासँगको प्रत्यक्ष संवादले कपिलवस्तु–१ को चुनावलाई निर्णायक मोडतर्फ लैजाँदै गरेको छ ।


    Posted in Uncategorized

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P