बारा–४ मा युवाको बाढी, अजय कुशवाहाको घरदैलोले पुरानो राजनीतिलाई दिएको कडा चुनौती

  • ११ माघ २०८२, शनिबार २३:५३ मा प्रकाशित
  • उमेश कुशवाहा, वीरगञ्ज

    नेपाली कम्युनिस्ट पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर ४ का जेन–जी युवा उम्मेदवार अजय कुशवाहा बारा–४ मा परिवर्तनको केन्द्रमा उभिएका छन्। घर–घर पुगेर जनताको आवाज सुन्ने उनको घरदैलो अभियानले क्षेत्रमा नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ।

    आज प्रसौनी गाउँपालिका वडा नम्बर ४ र ६ मा सम्पन्न घरदैलो तथा भेटघाट कार्यक्रममा कुशवाहाले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै वर्षौंदेखि दबिएका समस्या, अपेक्षा र आक्रोशलाई नजिकबाट बुझे। उनले पुरानो शैलीको राजनीति तोडेर युवाको नेतृत्वमा इमानदार र जवाफदेही शासन प्रणाली निर्माण गर्ने स्पष्ट सन्देश दिए।

    घरदैलो अभियानमा युवाहरू, महिलाहरू र स्थानीय नागरिकको उत्साहजनक सहभागिता देखिएको छ। स्थानीयवासीहरूले “अब परिवर्तन चाहिन्छ” भन्ने एक स्वरमा प्रतिक्रिया दिँदै अजय कुशवाहाप्रति विश्वास बढेको बताएका छन्।

    अजय कुशवाहाको सक्रियता र जनतामुखी अभियानसँगै बारा निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी प्रतिस्पर्धा थप रोचक र तातिएको छ।