१ निशा दीपक विलिन चौतर्फी कृष्णको साम्राज्य ! २ लालुपाते जमिनतिर नुगेको शिशिरमा चौतर्फी ढकमक ! ३ हिमाल सेताम्मे हिउँ थरथर काँप्ने जिउ ! ४ बिरालो पृथक मौनता आन्तरिक विकृत चलखेल ! ५ कैलाश शङ्करको बास छुट्टै स्वर्गको आभाष ! ६ जिन्दगी उकाली ओराली पीडा मिश्रित जिम्मेवारी ! ७ बगैंचा फूलको मुस्कान आत्मिक प्रेमको जवाफ ! ८ अन्धकार सचेतनाको कमी सुन्दर फूलको विभत्सता ! ९ जिन्दगी मनभरिको चाहाना फूलसँग रमाउने बाहाना ! १० कृषि गरेपछि सम्भार जीवन जिउने आधार !
उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको दशौँ शृङ्खला सम्पन्न भएको छ ।
उक्त उदक वाचन कार्यक्रमको प्रमुख अतिथि साहित्यकार बालकृष्ण खनालले कवि र माझीको कहानी बताउँदै नेपाली साहित्यमा उदयमान काव्यिक विधा उदकको संरचनागत अवधारणाको जानकारी लिएर उदक लेख्न जाने सहज हुने विचार राखेर उदकको उज्ज्वल भविश्यको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उदक वाचन कार्यक्रमको दशौँ शृङ्खलामा विशिष्ट अतिथि पञ्चाङ्ग विधाका प्रवर्तक साहित्यकार सोम लुइटेलले कार्यक्रममा उदक यात्रीको सहभागिताका साथै काव्यिक विधाअन्तर्गतको उदकलाई सफलताको शिखरमा लैजान सामुहिक साहित्यिक एकताको आवश्यकता भएको गहन धारणा राख्नुभएको थियो ।
सो कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय बाछिटा प्रतिष्ठानका अध्यक्ष साहित्यकार खगेन्द्रप्रसाद बस्यालले कार्यक्रममा वाचन गरिएका उदकहरू भावगत विचारले माथि पुगेका र समग्र उदकहरू सबल र सफल भएको धारणा राख्नुभएको थियो ।
दशौँ साप्ताहिक उदक वाचन कार्यक्रममा उदक यात्री प्रेम थापा, लक्ष्मी बस्याल, सुमित्रा पोखरेल, केशब न्यौपाने, पुष्प राना, सरस्वती श्रेष्ठ ( रुपन्देही ), बादल वियोगी गुरूङ, सुरेशचन्द्र घिमिरे, वसन्त अनुभव, रोशन पराजुली, प्रद्युम्न चालिसे, कमला देवकोटा, पुष्पा सायरा, रमा पन्त, सविता केसी, सरस्वती वली राना, निर्मला सुवेदी, उर्मिला पन्त, गुणनिधि घिमिरे, लक्ष्मी प्रसाद मिश्र, नवराज भट्ट, घनश्याम पौडेल, कविता आचार्य, देवेन्द्र शाक्य, धर्मी शाक्य, जमुना कायस्थ लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।
उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनले उदकको सैद्धान्तिक अवधारणाको बारेमा जानकारी गराउँदै उदकमा पहिलो पङ्क्तिमा रहेको एक शब्दले परिचय, दोस्रो पङ्क्तिमा रहेका दुई शब्दले व्याख्या र तेस्रो पङ्क्तिमा रहेका तीन शब्दले निष्कर्ष दिनुको साथै उदक काव्यिक विधाको लघुतम रूप भएकोले काव्यिक भावका साथै आन्तरिक संरचनामा जोड दिन अनुरोध गर्नुभएको थियो ।
उदक साहित्य समाज नेपालका अध्यक्ष तथा काव्यिक विधा उदकका प्रवर्तक साहित्यकार आर्त अकुलीनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उदक साहित्य समाज नेपालको महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।
१. मानव भगवानको वरदान बन्ने कर्मले महान ! २. कर्णाली सुन्दरताको धनी सयौं अमुल्य चिजहरु ! ३. नेपाल सुन्दर भुमी यसैमा नालायकको जन्म ! ४. राष्ट्र सिध्याउने खेल भ्रष्टाचारी नेता धेरै ! ५. सपना अमुल्य उपहार सबैको होस् बराबर ! ६. उदक उत्कृष्ट रचना हृदयको धेरै कल्पना ! ७. समृद्धि हासिल अवश्य सदैव कर्म मेहनत ! ८. विगत आँखा अगाडि देख्नु छ पछाडि ! ९. विकास चौतर्फी एकनास आओस् जोश जाँगर ! १०. मायामा धोका उपहार मुटुमा छुराको धार ! ११. निर्माण सबैको सोचमा बनाउन सके बलियो ! १२. श्रृङ्गारले भरिपूर्ण नारी पापी आँखाहरुको नजर ! १३. हिउँदमा अत्याधिक जाडो चिसोबाट जोगिन आवश्यक ! १४. प्रिया मनकी मान्छे तिम्रै माया अथाह ! १५. फुलबारीमा फुल्दै फुलहरु बिना कुनै भेदभाव ।
✍️ बिक्रम तिरुवा सलिन तिला गाउँपालिका ३ कुडारी जुम्ला
काठमाडौ, १० पौष। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३२ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
********************* १ संसारमा एक सानो छ देश नेपाल नामले, बिहानै सेतो सुन्दर हिमाल टल्किने घामले । २ बिहानै लाली उषाको किरण पँहेलै पाखामा, कोइली गर्छ कुहु मा कुहु रमाईलो भाखामा । ३ पाखा र पर्वत खोला र नाला पहाड तराई, नेपाल हाम्रो नेपाली हामी कोही छैन पराई । ४ लेक र बेँशी डाँफे र मुनाल न्याउली बासेको, उत्तरमा हेर सुन्दर सेतो हिमाल हाँसेको । ५ नेपाली वीर विश्वका कुना कुनामा पुगेर, देशको शान नबढी मान फर्कन्न झुकेर । ६ गाउँ घरका गरिब दुखी माग्दैछन् गुहार, सुनेर दैव शान्त्वना देउ आमाको पुकार । ७ जस्ताको तस्तै मिलाई राख्नु देशको आकार, राष्ट्रका सबै जनताहरु हुनेछन् आभार । ८ रोजगारी छैन् स्वदेशमा हाम्रो केही छैन् आधार, अर्काको देशमा गएर युवा बटुल्छन् आहार । ९ सोझो र सिधा काम गर्नु नत्र पोल्ने छ पापले, भोका र नाङ्गा दुःखी र गरिबको अभिशापले । १० बिदेशको दाउमा नपार देश होला है धराप, दुखेर देश सन्तान शाखाले नगरुन सराप । ११ सतिको श्राप परेको छ रे त्यस्लाई पञ्छाऔं, असल कर्म गरेर अब त्यो श्राप मञ्छाऔं । १२ सत्कर्म गरौँ हटाउँ अब सतिको सराप, सबैले मिली यो देश अब नपारौँ धराप । ———-+——- गुणनिधि घिमिरे #पाँचथर
लघुकथाकार दिनेश निरौलाले आज मिति २०७८/ ९/८ मा हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ” बिजुवा” पढेपछि मेरो पाठक मनमा आएका भावनालाई लघुपाठकीय टिप्पणीको रुपमा प्रस्तुत गर्ने जमर्को गरेकी छु ।
अन्य लघुकथाकारहरुसँग झै उहासँग पनि मेरो साक्षात्कार भएको छैन तर लघुकथाको माध्यमबाट हामी परिचित छौ ।अगस्त ५, २०२० देखि हाम्रो लघुकथा पाठशालामा जोडिनु भई दैनिक लघुकथा प्रेषित गर्नुहुने लघुकथाकारका सय भन्दा बढी कथाहरु हाम्रो लघुकथा पाठशालाको भित्तोमा पढन सकिन्छ ।
बि.सं.२०३७/७/ १२ मा पिता सुर्य प्रसाद र आमा जानुका निरौलाको कोखबाट पाँचौ संतानको रुपमा साहित्यकार दिनेश निरौला ओखलढुंगा साविक कुईभिर -९, हाल चिसंखुगढी -१ मा जन्मिनु भएको हो । हाल उहाँ नेपाल प्रहरीको हवल्दार पदमा दुहबी सुनसरीमा कार्यरत हुनुहुन्छ । लघुकथा बाहेक अन्य बिधामा पनि कलम चलाउनुहुने साहित्यकार दिनेश निरौलाको “आशाको त्यान्द्रो ” गजल संग्रह २०६४ प्रकाशित छ ।
प्रस्तुत कथा “बिजुवा” मा मुख्य पात्रको रुपमा बिजुवा र अन्य सहायक पात्रहरुको रुपमा ढोलेहरु र दर्शकहरु रहेकाछन् ।कथाको शुरुवात यसरी भएको छ । ढोलेहरू ढ्याङ्ग्रो र थाल बजाउन थाले । बिजुवा सेउली र फुर्का लिएर कहिले बिरामीलाई त कहिले कालो बोकोलाई लिसो छर्किँदै बिभिन्न देवी देवताहरूको नाम पुकार्दै कामी रहेको थियो बाह्र बजे राती सम्म । ठिक बाह्र बजे कालो बोकोको भोग दियो बिरामीलाई वनको शिकारी लागेर दु:ख दिएको हो सँगै कसैले उठन गरेर लगाई पनि दिएको छ । यस्ता बिमारी पहिल्यै देखि उस्ले निको बनाएको छ बिजुवाको भनाई त्यस्तै थियो ।
आज कसैले पनि जोखाना नराख्नू । मेरो गुरुदेउले जोखाना नहेर्न भनेको छ । उसले बिजुवा बस्नु भन्दा अगाडीनै भनेको थियो । रातभर बिजुवा बस्ने उसले आज यत्तिमै दियो थन्क्याएको थियो । बोको चाँडै पकाउन उस्ले ढोलेहरुलाई भनेको थियो । उज्यालो हुनै लाग्दा सबैले खाईवरी सके । अनि बिजुवाले भन्यो ।” यो वालाडाङ्ग्रे (बिमारीलाई) कालो जण्डिस पनि भएको छ । मेरो गुरुदेउले भनेको यो चै फुकेर निको हुँदैन, तपाईहरू चाँडै तयार गर्नोस् बिमारीलाई अब हामी सबै मिलेर अस्पताल लानुपर्छ ।” यसरी कथाको समापन गरिएको छ ।
ग्रामीण समाजको यथार्थ र परम्परागत धामीझाँक्री बस्ने प्रचलनलाई उजागर गर्दै बिजुवाले अस्पताल लानुपर्ने र जन्डिस बोको चढाएर ठिक हुदैन भन्दै सचेत गराएको छ भने धामीझाँक्रीले बोको खाने दाउछोप्दै बोको खाईसकेपछि मात्रै अस्पताल लानुपर्छ भनेर भन्छन भन्ने तितोसत्य पनि उजागर गरिएको छ ।कथाको भाषा सरल छ । स्थानियपन झल्किएको छ । सेउली र फुर्को लिएर बसेको बिजुवाले बोको चढाएर सम्पूर्ण रोग निको पार्ने कोसिस गर्ला कि भन्ने पाठकीय अनुमान बिपरित अस्पताल लैजानु पर्छ भन्दै कथाको समापनले झट्का दिन सक्षम रहेको छ । १७३ शब्दमा लेखिएको कथा पाठकलाई खुलदुली जगाउदै अन्त्यमा अस्पतालमै लानुपर्ने गहकिलो र महत्त्वपूर्ण संन्देश दिन सफल भएको छ। कथा मन परेकोले होला मेरो पाठकीय मनले कथामा खोट लगाउने ठाउँ देखेन ।
अन्त्यमा, साहित्यकार दिनेश निरौलाको साहित्यिक यात्रा सप्तकोसी नदी जस्तै अविरल बगिरहोस , सगरमाथाको शिखर चुमोस् । लघुकथाहरुको संग्रह यथाशीघ्र प्रकाशित होस् भन्दै अग्रिम बधाई तथा कोटी कोटी शुभकामना सहित सुस्वास्थ र दीर्घायुको शुभकामना व्यक्त गर्दछु ।
बन्दना घिमिरे गठ्ठाघर, भक्तपुर
लघुकथा -: बिजुवा , दिनेश निरौला ढोलेहरू ढ्याङ्ग्रो र थाल बजाउन थाले । बिजुवा सेउली र फुर्का लिएर कहिले बिमारीलाई त कहिले कालो बोकोलाई ।लिसो छर्किँदै काम्न थाल्यो । उ बिभिन्न देवी देवताहरूको नाम पुकारी रहेको थियो । यो क्रम बाह्र बजे राती सम्म निरन्तर चलेको थियो । ठिक बाह्र बजे कालो बोकोको भोग दियो ।बिमारीलाई वनको शिकारी लागेर दु:ख दिएको हो ।सँगै कसैले उठन गरेर लगाई पनि दिएको छ । यस्ता बिमारी पहिल्यै देखि उस्ले निको बनाएको छ । बिजुवाको भनाई त्यस्तै थियो । आज कसैले पनि जोखाना नराख्नू । मेरो गुरुदेउले जोखाना नहेर्न भनेको छ ।उस्ले बिजुवा बस्नु भन्दा अगाडीनै भनेको थियो ।र रातभर बिजुवा बस्ने उस्ले आज यत्तिमै दियो थन्क्याएको थियो । बोको चाँडै पकाउन उस्ले ढोलेहरुलाई भनेको थियो । उज्यालो हुनै लाग्दा सबैले खाईवरी सके । अनि बिजुवाले भन्यो ।” यो वालाडाङ्ग्रे (बिमारीलाई) कालो जण्डिस पनि भएको छ । मेरो गुरुदेउले भनेको यो चै फुकेर निको हुँदैन । तपाईहरू चाँडै तयार गर्नोस् । बिमारीलाई अब हामी सबै मिलेर अस्पताल लानुपर्छ “
चिसाे बाेकेर बहेकाे सिरेटाे धुम्म लागेकाे बादल आङ्भरि घाम ताप्न पर्खाइमा बसेका मान्छेहरू मानाैँ सूर्यकाे दयादृष्टिकाे पर्खाइमा छन् कतै आँत हरहर छ तीव्र भाेकमा जठराग्नि तीव्र भएकाे बेला खानपानकाे उचित ब्यवस्थापन नभएकाे टिठलाग्दाे अवस्था
कतै विशेष व्यवस्था गरिष्ठ भाेजन पाैष्टिक आहार न्याना वस्त्रहरू विशेष रमाइलो गुलावी जाडाेकाे स्वागतका लागि आतुर हँसिला अनुहारहरू
कतै विवशता शीतलहर आङ् ढाक्नै धाै धाै ओढ्ने ओछ्याउनेकै दुख सुकेका शरीर पट्पटी फुटेका अनुहार पेटभरि खानकाे रहर हेमन्तले सिकिस्त पारेकाे अवस्था उफ! कस्ताे विवशता हाे याे कति ठुलाे खाडल हाे हुने खाने र हुँदा खाने बिचकाे
कतै हेमन्त रहर बनेकाे छ सुक्सुकाउँदाे मायालाग्दाे कतै कहर बनेकाे छ भयङ्कर डरलाग्दो प्राणघाती जहर बनेकाे छ के हाे यस्ताे विभेद र कस्ताे हाे याे प्रकृति पनि धरा एउटै छ गगन एउटै छ सूर्य एउटै छ तथापि मानवहरूबिच किन यस्ताे विषमता ??