• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: Uncategorized

विराटनगरको सप्तकोशी बैंकमा करोडौं रकम हिनामिना

  • ८ पुष २०७८, बिहीबार १८:४१ मा प्रकाशित
  • धनकुटामा मुख्य कार्यालय स्थापना गरेर प्रदेश १ मा कारोबार गर्दै आएको सप्तकोशी डेभलपमेन्ट बैंकमा १५ करोडभन्दा बढी रकम हिनामिना भएको घटना बाहिरिएको छ।

    विराटनगरको मेनरोडस्थित कर्पोरेट कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकमा १५ करोडभन्दा बढी रकम अपचलन भएको बैंक स्रोतले जनाएको छ।

    नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पाएको बैंकको रेमिट्यान्सतर्फको सो रकम हिनामिना भएको अभियोगमा एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेर छानबिन गरिरहेको छ।

    मंसिर पहिलो साता रेमिट्यान्सतर्फको  ठूलो रकमको  हिसाब नमिलेपछि बैंकले मोरङ प्रहरीमा अनुसन्धानको लागि जाहेरी दिएको थियो।बैंकले कति रकम हिसाब नमिलेको उल्लेख नगरे पनि १५ देखि १६ करोड बराबरको बैंकको रेमिट्यान्सतर्फको रकम अपचलन भएको प्रहरी स्रोतको भनाइ छ।

    अहिले मोरङ प्रहरीबाहेक सिआइबी, नेपाल राष्ट्र बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले पनि आन्तरिक रूपमा यो घटनाको गरिरहेका छन्।

    बैंकले दिएको जाहेरीको आधारमा मोरङ प्रहरीले सप्तकोशी बैंक विराटनगर कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट (जिएसडी) प्रमुख हिमाल भट्टराईलाई १९ मंसिरमा नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

    पक्राउ परेका भट्टराई ६ वर्षदेखि उक्त बैंकमा कार्यरत छन्।

    उनले बैंकमा २०७१ सालदेखि रेमिट्यान्सतर्फ जिएसडी प्रमुखको जिम्मेवारीमा थिए।

    बैंकभित्रको ठूलो रकम हिनामिना भएकोले यस घटनामा जिएसडी प्रमुख भट्टराईको मात्र एकल संलग्नता हुन नसक्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।

    ‘बैंकको ठूलो रकम घोटालामा एक जनाको मात्र संलग्न मात्र हुन नसक्ने भएकोले हामीले सबै कोणदेखि अनुसन्धान अगाडि बढाएका छौं,’ उनले भने।

    पक्राउ परेका भट्टराई बैंकका सिइओ रहेका नविन सुवेदीका फुपुका छोरा हुन्।

    धनकुटामा केन्द्रीय कार्यालय रहेको बैंकको प्रदेश १ मा ३६ वटा शाखा कार्यालय छन्। बैंकमा चार अर्ब ३० करोड निक्षेप रहेको छ।

    सप्तकोशी डेभलपमेन्ट बैंकले बैंकको नाफा रहेको रकम हिनाहिना भएकोले निक्षेपकर्ता र लगानीकर्तालाई  ढुक्क हुन भनेको छ।

    निक्षेपकर्ता र लगानी कर्ताको रकम सुरक्षित भएको बैंकका अध्यक्ष डा. अर्जुन बरालले बताएका छन्।उनले बैंकको केही रकम हिनामिना भएकोले निक्षेपकर्ताको रकम हिनामिना नभएको बताएका हुन्।

    Posted in UncategorizedLeave a Comment on विराटनगरको सप्तकोशी बैंकमा करोडौं रकम हिनामिना

    उदक यात्री गुणनिधि घिमिरेका उत्कृष्ट उदकहरू

  • ८ पुष २०७८, बिहीबार ०७:४० मा प्रकाशित
  • १
    भेटमा
    रुमाल चिनो
    रत्नपार्क शहिद गेटमा
    २
    माया
    फूलको गुच्छा
    जुनी भरी छायाँ
    ३
    बन्धन
    अंग अंगमा
    पहिलो भेटको कम्पन
    ४
    परिवेश
    आनन्दको अनुभूति
    समस्या उपाय समावेश
    ५
    बन्धन
    समुचित चलन
    ब्यवहार सुन्दर कन्चन
    ६
    नियति
    जन्म मृत्यु
    सुख दुःख जिन्दगी
    ७
    संसार
    गहन अर्थ
    असार अपार अपरम्पार
    ८
    सृष्टि
    उदय विलय
    आवश्यक दिव्य दृष्टि
    ९
    मायाले
    सम्झना हरपल
    झझल्को र छायाँले
    १०
    स्मरण
    गहिरो छाप
    मुटु भित्र जलन
    ~~~~
    गुणनिधि घिमिरे #पाँचथर

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on उदक यात्री गुणनिधि घिमिरेका उत्कृष्ट उदकहरू

    टुक्का अन्ताक्षरी

  • ७ पुष २०७८, बुधबार २२:०३ मा प्रकाशित
  • टुक्काकारद्वय श्रीकृष्ण शर्मा र वसन्त अनुभव बिच घम्साघम्सी

    टुक्का एक काव्य विधा अन्तर्गतको एक नविनतम प्रविधाको रुपमा चिनिन्छ । जसमा समान अक्षर संख्या भएका दुई हरफ मात्र रहेका हुन्छन्। जसमा पहिलो हरफले विषयवस्तुको उठान र बिस्तार गर्दछ भने दोस्रो हरफले समर्थन र समापन गर्दछ। टुक्का छन्द र स्वच्छन्द रुपमा लेख्न सकिन्छ तर अन्त्यानुप्रास अनिवार्य हुनुपर्दछ । टुक्का सम्पूर्ण रसमा लेख्न सकिन्छ । हाल टुक्का ५ अक्षर देखि २७ अक्षरको सिमा भित्र रहेर लेख्न सकिन्छ ।

    टुक्का कविताका प्रवर्तक धादिङ निवासी वरिष्ठ साहित्यकार ताराप्रसाद चापागाईं हुनुहुन्छ । टुक्का साहित्य समाज नेपालका संस्थापक अध्यक्ष समेत रहनुभएका चापागाईंले विभिन्न पदाधिकारीहरू तथा टुक्काकारहरूको सहयोगमा टुक्का कविताको उन्नयन र विकासका लागि विभिन्न क्रियाकलापहरू सन्चालन गर्दै आउनुभएको छ ।

    टुक्का कविता लेखनमा नयाँ नयाँ तरिका अपनाउने गरिदै आएको छ । जसमध्ये टुक्का अन्ताक्षरी पनि एक हो । टुक्का इतिहासमा संभवत पहिलो टुक्का अन्ताक्षरी टुक्का साहित्य समाज नेपालका महासचिव एवं वरिष्ठ साहित्यकार श्रीकृष्ण शर्मा र साहित्यकार वसन्त अनुभव विच भएको थियोे । प्रस्तुत छ उक्त टुक्का अन्ताक्षरीको केही अंश ।

    टुक्का अन्ताक्षरी

    कोरोनाले भयो अचेल जिन्दगी नै जेल जस्तो,
    के छ त साथी हालखबर ज्यानलाई छ कस्तो ?
    ✍️ श्रीकृष्ण शर्मा

    तोप जस्तै पड्किराछ यता पनि कोरोनाको महामारी,
    ज्यान त मेरो ठिक छ मित्र अरुलाई पो लग्यो ओसारी ।
    ✍️ वसन्त अनुभव

    रीढ भाँचियो संसारको मान्छेको बेहाल
    जतातिर हेरे पनि छ कोरोनाकै जाल ।
    ✍️ श्रीकृष्ण शर्मा

    लहर चल्यो मान्छे मर्ने रोक्न पनि सकिन्न,
    देख्दा साह्रै दु:ख लाग्छ साथी हुन्छ मन खिन्न ।
    ✍️ वसन्त अनुभव

    नभन्नू है पराई हुन् मलाई केही भाछैन
    मानवता गुण नभएको मानिस नै हैन ।
    ✍️ श्रीकृष्ण शर्मा

    नडराउनु त्यसै मित्र भन्याछैन पराई,
    ढुक्कसँग बस्दा हुन्छ सजकता अपनाई ।
    ✍️ वसन्त अनुभव

    ईश्वरको नाम लिन्छु आत्मबल बढाउँछु
    साथीको साथ पाए कोरोना झ्याप्पै लडाउँछु ।
    ✍️ श्रीकृष्ण शर्मा

    छुन्न भन्छन् कोरोनाले सजकता अपनाए,
    डर मान्नु पर्दैन आफ्नो आत्मबल बढाए ।
    ✍️ वसन्त अनुभव

    एकदिन मर्नु छँदै छ नि डर मान्नु हुँदैन
    सावधानी अपनाएमा यसले कैल्यै छुँदैन ।
    ✍️ श्रीकृष्ण शर्मा

    नडराउँ भन्छु तर मन रत्ति मान्दैन,
    साह्रै अनपढ भयो क्यारे केहि जान्दैन ।
    ✍️ वसन्त अनुभव

    नरमाइलो लाएको छ यस्तै कुरा सुनेर
    पढेर के भयो मानिस बस्छन् मुटु थुनेर ।
    ✍️ श्रीकृष्ण शर्मा

    रमाउनु पर्छ साथी दु:खपीडा भुलेर,
    तिज आउँदैछ नजिक नै नाँचौ खुलेर ।
    ✍️ वसन्त अनुभव

    रमाउने हो दुवै साथी एकैसाथ भेटेर
    बर्साैँदेखि बाँकी भएको यो तिर्सना मेटेर ।
    ✍️ श्रीकृष्ण शर्मा

    रहर त थियो भेट्ने दुबै टाढा परियो,
    सँगै हाँस्न र नाच्न हुन्थ्यो जाँगर मरियो ।
    ✍️ वसन्त अनुभव

    योजना क्यै बनाएमा पक्कै भेट हुन्थ्यो
    एकैपल्ट देख्न पाए किन मन रुन्थ्यो ?
    ✍️ श्रीकृष्ण शर्मा

    यो सालमा भेट हुने योजना केहि बनाऔं,
    मिल्छ भने आउनु दाङ तिज सँगै मनाऔं ।
    ✍️ वसन्त अनुभव

    औँलामा गन्छु अझै कति दिन छन् तीजलाई
    दाङ घुमी हाँसी – खेली रमाउने दाजुभाइ ।
    ✍️ श्रीकृष्ण शर्मा

    ईच्छा पुरा पक्कै हुन्छ हामी दुईले सोचेको,
    सच्चा मनले बरदान मागौँ पुग्छ खोजेको ।
    ✍️ वसन्त अनुभव

    कोरोना पनि अब त अलिक कम हुन्छ सुनेको
    म बुद्ध एयर चढेर आउँला भनी छु गुनेको ।
    ✍️ श्रीकृष्ण शर्मा

    कोट पाइन्ट लगाएर बाइक चढी आउँछु,
    दाङ जिल्लाका मठ मन्दिर सम्पूर्ण घुमाउँछु ।
    ✍️ वसन्त अनुभव

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्का अन्ताक्षरी

    उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

  • ७ पुष २०७८, बुधबार १०:३६ मा प्रकाशित
  • १
    फूल
    सुन्दर रूप
    तिम्रो मेरो यौवन !

    २
    सुन्दरता
    आँखाको दृष्टि
    प्रकृतिले गरेको सृष्टि !

    ३
    प्रकृति
    सुन्दर आकृति
    पहाडका ती झरना !

    ४
    अकबरे
    पीरो विशेषण
    खुर्सानीका अनेक विश्लेषण !

    ५
    घर
    जग छानो
    जीवनका अनेक पाटाहरू !

    ६
    सपना
    परदेशी भूमि
    देशको माया छातीमा !

    ७
    सम्झना
    अतीतका पलहरू
    यौवनमा रसिला गाला !

    ८
    सम्बन्ध
    अदृश्य सपना
    सिन्दुर पोते चिनो !

    ९
    यात्रा
    लक्ष्यमा परदेश
    गुन्द्रुक मस्यौराको पोको !

    १०
    युवा
    हातका ठेला
    परदेशी भएका चेला !

    ११
    कर्तव्य
    बाध्यतामा पिता
    खाडीको असह्य गर्मी !

    १२
    शीतलता
    चौतारीको हावा
    मनमा वरपिपलको छाया !

    १३
    बिहानी
    सूर्यको किरण
    धपधप पोल्ने सविता !

    १४
    आर्त
    संसार भवसागर
    आँसुको झरना सुन्दर !

    १५
    विचित्र
    रमझम संसार
    फूलको थुँगा मनमा !

    • सविता के.सी.
      काठमाडौँ
    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

    टुक्कामाथि टुक्का’ को १२औं शृङ्खला सम्पन्न; ५९ जना सर्जकहरूको सहभागीता

  • २७ मंसिर २०७८, सोमबार २२:४९ मा प्रकाशित
  • काठमाडौ, २६ मंसिर । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १२औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ५९ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १२औं शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    लाग्दैन म झैँ वरिष्ठ, कोही छ मानिस अरू,
    होलान् मेरो प्रगतिमा, आरिसले जल्नेहरू।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    १//
    हजुर नै हो वरिष्ठ मान्छे, यो सारा जगतको,
    आफैंले आफैं स्वघोषणा गर्ने मूर्ख फगतको ।
    ✍️
    वसन्त अनुभव

    घोराही उपमहानगरपालिका १४, दाङ

    २//
    बेअर्थमा खुसी थिएँ यथार्थमा छ जलेकाे,
    नमीठो त्याे बचनले प्रतिदिन छ मरेकाे।
    ✍️
    भावना मञ्जु

    माेरङ

    ३//
    सर्वेसर्वा म नै हुँ भाँड भैलाेमा अघि सर्छु,
    अरुकाे बालै छैन् खाने थालमा फाेहार गर्छु।

    ✍️ ताराप्रसाद चापागाईं

    ४//
    वरिष्ठ नै मै हुँ भनी हंगामा गर्दै उठेको,
    आफैंले खाएको थालमा लौ कसरी चुठेको ।
    ✍️

    बेदु न्यौपाने काठमाडौ

    ५//
    मुल्यांकन गर्ने अर्काले,
    पीडित रुदै छ मर्काले ।
    ✍️
    भुपेन्द्र राना मगर

    धादिङ

    ६//
    केही हुँदैन् जल्नेलाई जल्न दिनुपर्छ,
    जो जसले सक्छ उसले प्रगति गर्छ ।
    ✍️
    रत्ना पुन मगर

    रुकुम

    ७//
    देशभरि समृद्धिको बाटो मात्र खोजी गर्छु,
    काम बन्ने उद्देश्यले सुनचाँदी पैसा भर्छु।
    ✍️
    पौडेल विमुन्स

    पोखरा कास्की 💕

    ८//
    कुनै खाले दोष देख्दिनँ म आँफु भित्र,
    ईर्ष्या डाहाले भुतुक्क भएका हुन् मित्र।
    ✍️
    चिरञ्जीवी ढकाल

    नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके

    ९//
    जल्नेहरु जल्दै गरुन् म त आफ्नै कर्म ठूलो देख्छु ,
    प्रगतिका पाइला चाली सफलताका कथा लेख्छु ।
    ✍️
    त्रिलोचन भण्डारी

    मेचीनगर,झापा

    १०//
    जान्ने बुझ्ने ठुलाबडा को छ म झैँ वरिष्ठ ,
    खुट्टा तान्न खोज्छन् मेरा महामूर्ख कनिष्ठ ।
    ✍️
    विबश पारदर्शी,

    भद्रपुर न० पा० -२ झापा

    ११//
    गुणगान अरुले आहा भन्दै ,गाएको नै राम्रो,
    परिस्थिति जे आएपनि, बुद्धि नगुमाऔं हाम्रो।
    ✍️
    दुर्गा अाचार्य

    मोरङ

    १२//
    एउटा फिस्टो तिमी हौं, थाम्दछौ क्यारी आकास,
    उछिट्टिई पुग्छौ कहाॅ, आएमा सानो बतास।
    ✍️
    घनश्याम पौडेल, सृजना चोक

    पोखरा

    १३//
    आफ्नै बखान त आफैले नगरेकै राम्रो
    बालीनाली अर्कैको भन्छन् बालबच्चा हाम्रो ।
    ✍️

    कमला देवकोटा, पाल्पा

    १४//
    नसोध्नुस् हजुर वरिष्ठको चाल हुन्छ कस्तो,
    भुलेर भूइँलाई आकाशलाई छोए जस्तो ।
    ✍️

    बी.कुलुङ ( दार्जिलिङ )

    १५//
    मनमा अहंकार अनि द्वेष सबै पाल्यौ,
    आफैलाई सबैभन्दा वरिष्ठ ठान्न थाल्यौ ।
    ✍️
    राजेशराज गड्तौला

    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    १६//
    बरिष्ठको छेउमा पुग्न म छु नसक्ने साच्चै
    कोही कोही बरिष्ठ त बुद्धिले पनि छन् काँच्चै ।
    ✍️

    पुष्पा शायरा । बिराटनगर ।

    १७//
    भुसुनो आफैँ मपाईँ, उसले कसैलाई टेर्दैन,
    आफु नाङ्गै छ सर्वाङ्ग, ऊ आफ्नो अनुहार हेर्दैन।
    ✍️
    अर्जुन उप्रेती (अप्रतिम)

    असम भारत

    १८//
    थाक्नु हुँदैन् गर्नुपर्छ निरन्तर काम काज,
    मुर्छा परी ढलुन् जो गर्छन् अर्काको रिस आज ।
    ✍️

    बिके माकजु , भक्तपुर ।

    १९//
    मै हुँ हर्ताकर्ता मै हुँ सारा जगतको मालिक,
    मलाई नै सधैं पुज ! नपुज अरुको सालिक ।
    ✍️
    डम्बर थामी ‘अनुपम’

    कालिन्चोक गाउँपालिका-६, दोलखा

    २०//
    आफुलाई संसारकै ठुलो मान्छे ठान्छन्
    भगवानले घमण्ड गर्नेलाई हान्छ्न ।
    ✍️
    बिक्रम तिरुवा सलिन

    तिला गाउँपालिका ३ कुडारी जुम्ला

    २१//
    आर्काको शान देखेर जल्नेलाई के भनौं,
    छनलाई त यस्ता कति छन् संख्यामा गनौं।
    ✍️

    सुरेश कुमार पाण्डे

    २२//
    मै हुँ जान्ने मै हुँ मालिक कसैलाई गन्दिनँ,
    कसैको रिस र डाहाको बाधक म बन्दिनँ ।
    ✍️
    बुद्धिमान चौधरी

    कनकाई नगरपालिका ४ झापा

    २३//
    मपाईत्व छोड्न मानविय पाठ पढ,
    खुट्टा तान्ने तान्दै गर्छन् तिमी अघि बढ।
    ✍️
    ज्ञानेन्द्र श्रेष्ठ

    मोलुङ गा. पा. १, ओखलढुंगा

    २४//
    भन्छौं आफूलाई वरिष्ठ, के छ तिमीमा उत्कृष्ट ?
    धेरै मपाईंत्व गरेमा आफैमा हुन्छ अनिष्ट ।
    ✍️
    गाेपालकृष्ण डङ्गाेल

    इटहरी, सुनसरी

    २५//
    म हुँदा हुँदै कसरी बरिष्ठ हुनुभयो तपाइँ?
    अरूले मानून नमानून मचाहिं मेरै मपाइँ!
    ✍️
    भूषण जंग

    अस्ट्रेलिया

    २६//
    आफ्नो काममा ध्यान दिई रहनु नसुन्नु अरुको कुरा,
    जारी राख्नु सँधै आफ्नो काम तिमी ध्यान दिइकन पुरा ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’

    संखुवासभा हाल मलेसिया

    २७//
    जल्नेहरू जल्दै गर्छन् वास्ता गर्नु हुन्न,
    आफ्नो डम्फू ठोक्नै पर्छ नभन्नु है छुन्न।
    ✍️
    अरुण कुमार भुजेल

    गोरूबथान कालेबुङ्ग,भारत।

    २८//
    देखायौ दम्भ असाध्यै भन्छौं शक्ति छ मेरै,
    धरातल बिर्सियौ साँच्चै अहंकार धेरै ।
    ✍️
    सूर्य मणि रेग्मी

    चितवन

    २९//
    आफुलाई ज्ञानी ठान्ने अज्ञानीका जात,
    सारालाई रुवाएर चढेको छ मात।
    ✍️
    ईशहाक हुसैन

    सिमरा बारा प्रदेस न २

    ३०//
    लाेभ लाभ गर्ने बानी मेराे छदै छैन्,
    पाएदेखि लुकाएर खान्छु देखिदैन् ।
    ✍️
    रामकृष्ण दुवाडी

    पाेखरा ।

    ३१//
    जो छ पढालेखा उही हुने छ समाजमा गुन्डो,
    त्यसैले त पाउँछ गाली शब्दका लात्ति भकुन्डो।
    ✍️
    लक्ष्मी श्रेष्ठ

    बिर्तामोड झापा

    ३२//
    के गरे राम्रो के गरे नराम्रो यत्ति जान्नुहोस्,
    बेकार मा आफुलाई धेरै ठुलो नठान्नुहोस् ।
    ✍️
    रिदम परियार

    शि न पा ४ डोटी

    ३३
    म हुँ सानो कसैलाई, लाग्दैन पृय लौ सुन
    मर्ने छन् ति सबै आफैँ , आफैंमा जल्दछन् जुन ।१ ।
    ✍️
    गुणनिधि घिमिरे

    पाँचथर मोरङ हाल अमेरिका

    ३४//
    खै कसरी ठुलो मान्छे हुनुभयो तपाइ,
    कस्ले दियो यो पगरी हुने गरी मपाइ ।
    ✍
    नवशिला

    बेलबारी-२,लालभित्ती,मोरङ हाल: गोदावारी लालितपुर ।

    ३५//
    जान्नु सुन्नु केही छैन् बनेको छ ठुलो नेता,
    सेतालाई काला भन्दछ कालालाई सेता ।
    ✍️

    भगवती दवाडी

    ३६//
    जो जले पनि गले पनि गर्ने नै माथि गयो,
    कलिमा छलि गर्ने कर्मले “म”वरिष्ठ भयो?
    ✍️
    मित्र कुमार आचार्य

    काठमाडौं ।

    ३७//
    नसंझ स्वभिमान मर्छ रात पर्छ मेरो जुनि ,
    म त घाम हुँ बिहानीको तिमी हाम्रो छाया मुनि।
    ✍️
    होम प्रसाद नेउपाने

    धरान,सुनसरी ।

    ३८//
    संक्षिप्त जीवनि बनाऔं सौन्दर्य सहज र सरल,
    सुनैका थालिमा भोजन गर्दा नि जाने हो मूत्र मल ।
    ✍️
    जिकुमार गौतम

    भद्रपुर १ (पृथ्विनगर) झापा

    ३९//
    सर्वज्ञानी प्राणी म नै हुँ ! धनीमानी पनि,
    सर्वोपरि दखल राख्छु के चाहियो अनि !
    ✍️
    रचना मोक्तान “यात्री”

    नमोबुद्ध नगरपालिका -५, काभ्रे ।

    ४०//
    मै हुँ भन्नेहरु नै हेर! पछि गलेर जान्छन्,
    आफू केही नगर्ने अरुलाई बेकार ठान्छन्।
    ✍️
    परिक्रमा श्रेष्ठ

    धरान- सुनसरी।

    ४१//
    आरिसले जल्नेहरु आफैँ घायल हुन्छन् ,
    पश्चातापले जलेर सधैँभरि नै रुन्छन् ।
    ✍️
    गंगा खड्का

    बूढानीलकण्ठ १, काठमाडौँ

    ४२//
    प्रगतिमा जल्नेलाई जलाउँदै जान्छु,
    गर्दिन म कसैको रिस न खुट्टा तान्छु।
    ✍️
    ललिता अभागी

    सुनकिशी५सिन्धुली

    ४३//
    भन्छौं आफैलाई वरिष्ठ, गर्छौं ठुला कुरा,
    देख्दा लाग्दछ तिमी त हिजो अस्तिकै भुरा।
    ✍️
    सहयात्री शाेभा अर्याल

    रुपन्देही , बुटवल

    ४४//
    आफू मात्र ठुलो हुँ भन्ने गर्छन् ठूला कुरा,
    माखो मार्दैनौं गर्नु पर्दा कुनै काम पुरा ।
    ✍️
    तारा घिमिरे

    सङ्खुवासभा

    ४५//
    सत्तकाे साँचो लिन मात्र रह्याे सबैकाे नि खेल,
    नीति नियम खल्ती भित्र सके जति गरे झेल ।
    ✍️

    प्रद्युम्न चालिसे

    ४६//
    अरुको प्रगति देखेर जसले डाहा गर्छ,
    गर्न दिनुस् न हामीलाई के नै फरक पर्छ।
    ✍️
    निर्मला शाही ठकुरी

    दैलेख, हाल दार्जिलिङ

    ४७//
    आफूलाई वरिष्ठ नठान, छन् है अरु पनि,
    तिम्रो प्रगतिमा नजलेर के गरौँ त अनि।
    ✍️
    कल्पना थामी

    सिन्धुपाल्चोक

    ४८
    सेक्छ कान कसैको बातहरु हुँदै गर्छ,
    अघि बढ्ने गर जलेर ति आत्तिई मर्छ।
    ✍️
    सुरेखा चाम्लिङ्ग**

    भक्तपुर

    ४९//
    अति नै ज्ञानी वरिष्ठ हुनुहुन्छ तपाई,
    अरुले नभनी आफै बन्नुहुन्छ मपाई।
    ✍️
    बिके मुखिया

    दार्जीलिङ, भारत।

    ५०//
    मै खाऊ मै लाऊ भन्ने संस्कार बिग्रेको छ पारा,
    सबै जान्ने वरिष्ठ भए हेर मन्त्री, राजा सारा ।
    ✍️
    शान्ता निरौला

    पाँचथर कन्याटार

    ५१//
    म सँग छ मै हुँ भन्ने रावण झैं घमण्ड सज्जित,
    शक्तिशाली हुँदाहुँदै कसरी हुन सक्छु ? लज्जित।
    ✍️
    शर्मिला श्रेष्ठ

    भैंसेपाटी ,ललितपुर

    ५२//
    मपाईँत्वकाे अहंकारले स्वघाेषित ती व्यक्ति ठुला,
    कामभन्दा कुरा चर्का गर्छन् हिँड्दा तिनकै खुट्टा लुला।
    ✍️
    रामकृष्ण रिजाल

    बा न पा १३ बाग्लुङ

    ५३//
    संसारमै आफुलाई सर्वश्रेष्ठ ठान्छन्
    अरु सबै व्यक्तिलाई निरिह नै मान्छन् ।
    ✍️
    दुर्गा भट्टराई

    मोरङ

    ५४//
    न विज्ञता न छन् नै दक्षता,
    घमण्ड अघि झुक्छ क्षमता।
    ✍️

    म्यामराज राई,भोजपुर

    ५५//
    आफैले आफैलाई वरिष्ठ ठान्नेहरू,
    तिनै हुन् बज्रस्वाँठ त छैनन् बरु अरू ।
    ✍️
    मित्र उराठी गाैतम

    अमरपुर- गुल्मी हाल: बुटवल

    ५६//
    भो ठुला कुरा अब नगरे हुन्छ लिखे,
    जसको सिङ्ग छैन उसैको नाम तिखे।
    ✍️
    गणेश नेपाली

    बगनासकाली-१,बगनास,पाल्पा।

    ५७//
    भाँजो हाल्न नसक्नेलाई त अगुवा नै मानिदैन,
    जसको शक्ति उसकै भक्ति, कहाँ हुन्न जानिदैन ।
    ✍️
    केशव प्रसाद ढकाल `प्रीतबीज ´

    गाेरखा

    ५८//
    काँडाबिना अब फूल फुल्दैन है साथी,
    झर्ने मानिस चाहिन्छ जानलाई माथि ।
    ✍️
    धनुष न्यौपाने

    जुम्ला

    ५९//
    अरूको प्रगतिमा जल्ने जल्दै गर्छन् आफू जल्नु हुन्न,
    त्यस्ताहरू जल्न मात्र होइन खप्पिस् हुन्छन् जाल बुन्न।
    ✍️

    दीपक ठटाल

    जय टुक्का ! जय साहित्य !!

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on टुक्कामाथि टुक्का’ को १२औं शृङ्खला सम्पन्न; ५९ जना सर्जकहरूको सहभागीता

    साप्ताहिक उदक अभ्यास शृङ्खला सम्पन्न; ६४ जना स्रष्टाहरूको सहभागीता

  • २५ मंसिर २०७८, शनिबार २०:१२ मा प्रकाशित
  • काठमाडौ, २५ मंसिर। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३० औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    photo: social media

    अभ्यास क्रममा सृजना गरिएका उदकहरू

    १//
    बुवा
    जन्मदाता कर्मदाता
    सन्तानको भाग्य विधाता !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २//
    गगन
    निश्चल मन
    सन्तानको सदा पालनपोषण !
    ✍️
    भावना मञ्जु

    ३//
    बुवा
    सृष्टिकर्ता परमेश्वर
    आनन्दमय जीवनको अनुभव!
    ✍️
    गुणनिधि घिमिरे
    पाँचथर, मोरङ हाल अमेरिका

    ४//
    बा
    जीवन रथ
    मीठो चित्र कल्पना !
    ✍️
    सविता के.सी., काठमाडौँ ।

    ५//
    अकाट्य
    सत्य भावना
    सन्तान प्रतिकाे सम्बन्ध!
    ✍️
    राेशन पराजुली,धरान।

    ६//
    बाबा
    जीवनको मार्ग
    सुन्दर सृष्टिको उत्पत्ति !
    ✍️
    आर्त अकुलीन, कैलाली

    ७//
    बाबा
    जिन्दगी दाउमा
    आफ्नै सन्तानका खातिर !
    ✍️
    वेद प्रसाद रिजाल

    ८//
    पिता
    जीवनको पुल
    पारी तार्ने जिम्मा!
    ✍️
    प्रभादेवी पौडेल
    चितवन

    ९//
    बाबा
    सुन्दर संसार
    जीवनको मार्ग निर्देश !
    ✍️
    सरस्वती श्रेष्ठ, इटहरी

    १०//
    पिता
    माताकाे ममता
    सन्तान आदर्श पुञ्ज!
    ✍️
    खड्गबहादुर गुरुङ।

    ११//
    बाबा
    जिबनको मार्गदर्शन
    सांसारिक जिवन चक्र!
    ✍️
    रमा पन्त

    १२//
    बुबा
    सन्तानको लागि
    प्राणभन्दा अधिक प्यारो !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    १३//
    बाबा
    जीवन दान
    संसारकै अमुल्य बलवान!
    ✍️
    सरस्वती वली
    बर्दिया

    १४//
    स्कूल
    खाेला पारी
    तर्न पुलकाे खाँचाे !
    ✍️
    नवराज भट्ट, महेन्द्रनगर

    १५//
    सन्तान
    भविष्यको दर्पण
    आमाबाबुको प्राण समर्पण!
    ✍️
    चक्र आलेमगर “लाफा” कैलाली

    १६//
    पिता
    जिन्दगीको प्रेरणा
    कठिन मोडमा पुल !
    ✍️
    घनश्याम पौडेल
    गौरीगंगा – ९ , कैलाली

    १७//
    सन्तान
    प्राणभन्दा प्याराे
    संसार सुन्दर यसैमा !
    ✍️
    इन्दिरा ज्ञवाली
    तानसेन,पाल्पा

    १८//
    सहारा
    जीवनको भरोसा
    उज्यालो संसारको आशा!
    ✍️
    हिमाल अम्मै घोडाघोडी कैलाली

    १९//
    बाबा
    संसार देखाउने
    कठिन माेडमा पुल!
    ✍️
    राम सुन्दर थारु
    जानकी कैलाली

    २०//
    बाबा
    सन्तानका निमित्त
    जीवन दिन तयार !
    ✍️
    सुशीला पौडेल

    २१//
    बुवा
    आदर्श पुरुष
    विश्वासको मार्ग दर्शन !
    ✍️
    बासुदेव दनुवार सिन्धुली

    २२//
    पिता
    श्रेष्ठ सहजकर्ता
    प्रेरणाको स्राेत जीवनका!
    ✍️
    मुना दाहाल

    २३//
    बाबा
    तारणहार रक्षक
    सन्तानकाे जीवनकाे मार्गदर्शक !
    ✍️
    सुधा बाँस्काेटा ढकाल
    काठमाडौं

    २४//
    पिता
    सफलताका सोपान
    शिक्षा सन्तानप्रेम महान !
    ✍️
    वासुदेव ज्ञवाली,पाल्पा,तानसेन-१

    २५//
    बुवा
    सन्तानको इच्छा
    पुरा समस्याको समाधान !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    २६//
    पिता
    अफ्नो सन्तान
    कठिन अबस्थामा साथ!
    ✍️
    चक्र शाही ,कैलाली ।

    २७//
    सम्पूर्ण
    बाबाको साथ
    बिनाको जीवन अपूर्ण
    ✍️
    घनश्याम पौडेल, पोखरा

    २८//
    उडान
    एक सपना
    लक्ष्य भेटाउन पितासँग!
    ✍️
    सोमनाथ लुइटेल रवि पाल्पाली

    २९//
    पिता
    सहयोगी हरबखत
    अप्ठ्यारोमा बन्दै सहजकर्ता !
    ✍️
    बिके माकजु , भक्तपुर ।

    ३०//
    पिता
    त्यस्तो ब्यक्ति
    आँफू मरेर बचाउँछ !
    ✍️
    बालकृष्ण खनाल

    ३१//
    बाबा
    जोडेर किनार
    बन्छन् सफलताको आधार!
    ✍️
    श्रीकृष्ण शर्मा पोखरा

    ३२//
    सन्तानको
    खुसीको निम्ति
    पिताको संघर्ष अनगिन्ती !
    ✍️
    बिक्रम तिरुवा सलिन
    तिला गाउँपालिका ३ कुडारी जुम्ला

    ३३//
    उत्कर्ष
    सन्तानका लागि
    बाबाको जीवन संघर्ष ।
    ✍️
    प्रेम थापा बागलुङ

    ३४//
    पिता
    दायित्व निर्वाह
    सन्तान प्रतिको कर्तव्य!
    ✍️
    देवेन्द्र राज शाक्य

    ३५//
    बुवा
    सन्तानको जिवनदाता
    समृद्ध मार्गकाे पथप्रदर्शक ।
    ✍️
    नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    ३६//
    बुवा
    सन्तानको भविष्य
    अक्करको झोलुङ्गे पुल !
    ✍️
    तिला लेकाली

    ३७//
    भर्याङ्ग
    जीवन आधार
    पिता ईश्वर समान !
    ✍️
    शिव खनाल जीवम

    ३८//
    पिता
    पुल बनेको
    बनाउन भविष्य छोराको!
    ✍️
    लक्ष्मी बस्याल बर्दिया

    ३९//
    बुबा
    सृष्टिकर्ता पहरेदार
    जगदीश्वरको एक अंश !
    ✍️
    टिकाराम पुन
    सल्यान छत्रेश्वरी २

    ४०//
    पिता
    सन्तानको निम्ती
    हरदम वाधासँग जुझ्ने!
    ✍️
    सरस्वती श्रेष्ठ

    ४१//
    माया
    बाबुको हेर
    सुनेर चीत्कार छोराको!
    ✍️
    धर्मी शाक्य
    बुटवल ,रुपन्देही ,लुम्बिनी प्रदेश

    ४२//
    पिता
    प्रेरणाकाे स्रोत
    सुन्दर भविष्यकाे चित्र !
    ✍️
    बलराज गिरी
    कैलाली

    ४३//
    पिता
    सर्बश्रेष्ठ ज्ञाता
    जन्म एवं कर्मदाता !
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा ।

    ४४//
    पिता
    अर्थको सार
    बुझ्नेले नबुझे बेकार !
    ✍️
    बुद्धि प्रसाद लामिछाने कैलाली

    ४५//
    पिता
    प्रेरणाको खानि
    उज्ज्वल भविष्य निर्माता !
    ✍️
    राम न्यौपाने

    ४६//
    पिता
    एक जीवनदाता
    सत्मार्ग देखाउने ज्ञाता!
    ✍️
    पशपती राई खोटाङ

    ४७//
    पुल
    छुट्कारा भवसागर
    सेबक पिता अपरम्पार!
    ✍️
    जमुना कायस्थ

    ४८//
    बुवा
    हुन् सन्ततिको
    श्रोत सदा समुन्नतिको !
    ✍️
    मित्र कुमार आचार्य
    काठमाडौं ।

    ४९//
    बुवा
    भविष्यका आधार
    हटाउदै बाधा अबरोध !
    ✍️
    समुन्द्रा शर्मा
    इटहरी सुनसरी

    ५०//
    बाबा
    पुलको काम
    सन्तानको खुशीको लागि !
    ✍️
    धनमाया चौधरी
    कैलाली

    ५१//
    पिता
    जीवनको आधार
    ईश्वरको रुप धरोहर!
    ✍️
    कमला देवकोटा
    पाल्पा

    ५२//
    संघर्ष
    कठोर अग्निपरीक्षा
    सफलताको खुड्किलाे पार !
    ✍️
    श्रद्धा आचार्य , पोखरा

    ५३//
    बा
    जिन्दगीको बहार
    साँचो प्रेमको आधार!
    ✍️
    किशोर खनाल
    तानसेन १,पाल्पा

    ५४//
    बुवा
    आफु मेटिएरै
    सन्तानलाई पार लगाउँछन्!
    ✍️
    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर , काठमाण्डौ

    ५५//
    नरमाइलो
    कष्टकर जिन्दगी
    बाबा जिम्मेवारीमा तल्लीन !
    ✍️
    नारायण कोइराला
    युएई।

    ५६//
    बाबा
    सन्तानकाे चाहाना
    सदा पूर्णताको भावना !
    ✍️
    सहयात्री शोभा अर्याल
    रुपन्देही

    ५७//
    बुवा
    हाम्रा आधार
    प्रस्थान जीवन सिकाएर!
    ✍️
    रामचन्द्र दुलाल
    सोयाक, इलाम

    ५८//
    अभ्यास
    निरन्तर प्रयास
    असम्भव केही नहुने !
    ✍️
    भवानी घिमिरे
    सर्लाही

    ५९//
    अभिभावक
    जीवनका साधक
    सदैव बाटो देखाउने !
    ✍️
    कविता आचार्य, कैलाली

    ६०//
    बाबा
    सन्तानको लागि
    सधै सङ्घर्षमा तल्लीन !
    ✍️
    सुमित्रा पोखरेल
    काठमाडौं

    ६१//
    मानव
    अधिकार खोस्ने
    नेपालका नेता दानव!
    ✍️
    लक्ष्मी प्रसाद मिश्र
    लमजुङ।

    ६२//
    जिन्दगी
    कर्म गरे
    के हुन्न र ?
    ✍️
    तोयनाथ सुवेदी

    ६३//
    बुवा
    सन्तानको भविष्य
    उज्ज्वल बनाउन तल्लीन !
    ✍️
    अन्जिता राउत
    नेचा सल्यान -५ सोलुखुम्बु

    ६४//
    बा
    बोकेर भार
    सन्तानको गर्छन् उद्धार !
    ✍️
    इन्दिरा देवकोटा

    :::::: जय उदक ! जय साहित्य !! :::::::

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक अभ्यास शृङ्खला सम्पन्न; ६४ जना स्रष्टाहरूको सहभागीता

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको आठौं शृङ्खला सम्पन्न; ५६ जना सर्जकहरूको सहभागीता

  • २९ कार्तिक २०७८, सोमबार १०:३४ मा प्रकाशित
  • काठमाडौ, २८ कार्तिक । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको आठौं शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ५६ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको आठौं शृङ्खलाको लागि वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    मैले गर्छु हानेजस्तो रोएजस्तो तिमी गर्नु,
    तिमी र म मिलिकन पर्छ हैत छारो छर्नु।

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    १//
    छारो नैत छरेका छौं जनताका आँखाभरी,
    नेता तिम्रो मनभित्र बस्ने भैनन् कैल्यै हरी।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २//
    छदम्वेशी दुनियाँ याे सबले नाटक गर्छन्
    छुरा धस्छन् पछिल्तिर अघिल्तिर छाराे छर्छन्।
    ✍️
    ताराप्रसाद चापागाई
    धुनिबेसी

    ३//
    गर्ने मान्छेले काम नसिकाए नि गर्छु भन्छ,
    जस्ले नाटक गरि रहन्छ उहि हिरो बन्छ।
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३, काभ्रे

    ४//
    नेता बिकासको कुरा गर्दै जनतालाई छारो हाल्छौ
    कहिले दलित कहिले जनजाति भन्दै किन टाल्छौ ।
    ✍️
    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    ५//
    चोरको सरदार चोरै हुन्छ डाकाकोनि डाकै,
    नाटक गर्ने छारो छर्ने राम्रा नेता जनताकै!
    ✍️
    विबस पारदर्शी
    भद्रपुर न० पा० – २ झापा

    ६//
    विकासकाे छाराे छरि जनता पाराैँ अलमल,
    एमसिसिमा कुम्ल्याउँ धन जीवन झलमल।
    ✍️
    शर्मिला श्रेष्ठ
    भैंशेपाटी,ललितपुर

    ७//
    रामनामी पछ्यौरा ओढेर कति चल्छ छुरी,
    सबै किर्ते उदांगिन जन चेतनाको हुरी!
    ✍️
    भुषणजंग

    ८//
    एघार महिना सुतौं हामी मज्जाले निन्द्रा पुग्नेगरी,
    विकास गर्न असार छ नि फिजाइदिउॅं आँखाभरि।
    ✍️
    म्यामराज राई
    भोजपुर

    ९//
    ऐनाको घरमा बसी ऐनामै ढुङ्गा हान्छौ,
    छारो हाल्दै हाम्राे आँखामा मान्छे किन छान्छौ?
    ✍️
    दीपक ठटाल जलन,खरसाङ,

    १०//
    जनतालाई लटपट्याएर हाल्यो सबैका आँखामा छारो,
    आफैँले गल्ती गरेका हुँदा आज बन्नुपर्यो सबैको तारो!
    ✍️
    प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    ११//
    जो चोर हुन्छ उसैको ठुलो स्वर देश भरी,
    जनता मुक्त हुँने यो रोग बाट कसो गरी?
    ✍️
    सुरेशकुमार पान्डे।दाङ घोराही १८,

    १२//
    धनको पोको कुम्ल्याउन आफै लागेछन्
    चोरको खुट्टा काट भन्दा कता भागेछन्।
    ✍️
    मन्दिरा सेढाई
    धादिङ,मलेखु

    १३//
    भष्टाचार गरी जनतालाई ठग्यो गाउँ गाउँमा,
    नेता चिनी अब मुद्दा हाल्नुपर्छ उसको नाउँमा ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    १४//
    चोक्टा खान गएकी बूढी मरी झोलमा डुबेर,
    सुखको खोजीमा हिड्दा कठै बाटैमा चिप्लिएर ।
    ✍️
    शारदा दाहाल भण्डारी

    १५//
    सोझा भए जनता साह्रै नेता कमिसन खोर,
    विकास नाममा लुटैलुट छ सबै चोरैचोर!
    ✍️
    भगवती दवाडी ,झापा

    १६//
    रोए जस्तो गर्ने अनि गर्ने कराए जस्तो,
    बुझ्नै नसकिने चाल कसैको कस्तो कस्तो!
    ✍️
    ललिता अभागी
    सुनकोशी५-सिन्धुली

    १७//
    भित्र चल्छ मिलेमतो बाहिर पार्छन् नेता ठिक्क,
    रस जति बाहिरिदा जनता मान्छ्न् हदै दिक्क ।
    ✍️
    त्रिलोचन भण्डारी
    मेचीनगर,झापा

    १८//
    देशको के चिन्ता गर्नु आफै हुन्छ समृद्ध नि,
    हामी आफ्नो चिन्ता गरौ अनि हौला सुखी पनि!
    ✍️
    कमला देवकोटा, पाल्पा

    १९//
    हामीले जस्तै गरौं जनता सबै मिलि देशमा,
    उन्नति हुन्छ प्रगति हुन्छ छदम्वेशी भेषमा।
    ✍️
    होम प्रसाद
    धरान,सुनसरी

    २०//
    सोझा जनता बेकुफ पार्न लड्नु पर्छ हामी,
    जनता लडाई ढुकुटीमा राज हुन्छ दामी ।
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    २१//
    आँशु आए जस्तो गर्नु दुखे जस्तो गर्नु,
    श्वास रोकिए जस्तो गर्नु तर नमर्नु।
    ✍️
    विमुन्स पौडेल

    २२//
    छारो छर्न सजिलो छैन तिमी भागी हाल्छौ,
    देख्न भेट्न हुँदै हुन्न मलाई पूरै गाल्छौ ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    २३//
    झण्डा डन्डा र गुन्डा हामीले प्रयोग गरेको,
    देखावटी रूपमा विकासको छारो छरेको ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा

    २४//
    नेताहरुको आफ्नै गीत हुन्छ आफ्नै हुन्छ धुन,
    देशका नेताहरु सबै फिल्मी कलाकार हुन!
    ✍️
    बि कुलुङ राई भारत

    २५//
    छातीमा मुटु मुटुमा माया मायामा तिम्रो नाम,
    तिम्रो र मेरो नहुँदा भेट मायाको के छ काम!
    ✍️
    प्रेम नेउपाने प्रहर
    रुम्तेक सिक्किम

    २६//
    नाटक गर्दै छारो छर्नु पर्दैन है जानु ,
    घाइते नै छिन् साँचो लिनु मिलिजुली खानु।
    ✍️
    मित्र कुमार आचार्य, काठमाडौं।

    २७//
    विकास नगरेको होइन गरेका छन् ठाउँमा,
    नपत्याए हेर्नुस् सडकमै पोखरी छ गाउँमा !
    ✍️
    भुपेन्द्र राना मगर धादिङ

    २८//
    भाैतिकवादी दुनियाँमा छ धनै प्याराे,
    आँखा छल्न मानिसको छर्नै पर्ने छाराे ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    २९//
    हाने जस्तो किन गर्नु हान्नै पर्ने रहेछ अब,
    सक्दैनौ है छारो छर्न सबै शिक्षित हुन्छन् तब।
    ✍️
    धनुष न्यौपाने
    गुठिचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    हाल – सुर्खेत

    ३०//
    आँसु भित्र हाँसो खोज्ने नियति छ हाम्रो,
    छातीभरी पीडा बोकी हाँस्ने यत्न राम्रो!
    ✍️
    सूर्य मणि रेग्मी
    चितवन

    ३१//
    सामान्य कुरा भो अभिनय गर्नु र छारो छर्नु,
    बिर्सेकाछौ तिमीले पर्छ पछि खाली हात मर्नु!
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग।

    ३२//
    सहिरन्छन् यी जन्ताहरूले जे जे गर्छौ गर?
    मोजमजा यिनैलाई नफापेको कहाँ छर।
    ✍️
    ईशहाक हुसैन
    सिमरा उ.म.न.पा. १४ २ नं.प्रदेश जि. बारा

    ३३//
    दुष्मनी वा बैरभाव देखावटी गर्नु,
    सत्ता भत्ता लिनु अनि आफ्नै भुँडी भर्नु।
    ✍️
    रामजी लामिछाने

    ३४//
    आफै बोक्सी अनि आफै झाँक्री बन्नुहुन्छ नेता,
    काला कर्तुत जे गरेनी खाँट्टी हजुर सेता !
    ✍️
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके

    ३५//
    मिलिजुली खानु पर्छ,खाउँ छानी छानी,
    टन्न भराैं भुँडी ,देश आफ्नै पेवा ठानी ।
    ✍️
    मित्र उराठी गाैतम
    अमरपुर गुल्मी हाल: बुटवल

    ३६//
    चित्त कत्ति नदुखाऊ नानाथरी भनी,
    राम्रो काम गर्नुपर्छ सत्यनिष्ठ बनी ।
    ✍️
    रत्ना पुन मगर
    रुकुम पश्चिम्

    ३७//
    लाटो देशको गाँडाे आज तन्नेरी पाे भयाे ,
    बजेटजति लुँड्यायाे र छाराे छरी गयाे !
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा

    ३८//
    जानेर पनि नजाने गरी हान्छन् नि छारो,
    गरुन् अरु जेसुकै आफुले नपार गारो !
    ✍️
    मन बहादुर पुन मगर
    आठविसकोट न.पा ८ रुकुम पश्चिम

    ३९//
    दुश्मन भएपछि छिमेकीले हमला गर्याे,
    भर्खर पलाउदैथ्यो विश्वास ठहरै पर्यो।
    ✍️
    भावना मञ्जु
    विराटनगर -३/बुद्ध चाेक

    ४०//
    रुन्छौ आफै हाँस्छौ आफै नाटक गरि गरि,
    सिमा बेच्यौ नदी बेच्यौं कहाँ छ तिम्रो हरि?
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    ४१//
    नानाथरी मन्तव्यमा गाली वर्षाउँछन्,
    पाँचतारेमा कक्टेल ताली पड्काउँछन्!
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १ नवलपुर (वसुपू)

    ४२//
    देशका नेताहरू देश बिकाश गर्छौ भन्दै जनताका आँखामा छारो छर्छन्,
    दुखी ती जनताबाट कर उठाई राजस्वको मोजगरि आफ्नै भुँडी भर्छन् ।
    ✍️
    बेदु न्यौपाने काठमाडौ

    ४३//
    खुट्टा तान्नेको के कमी हजुर अहिलेको जमानामा यहाँ,
    जति नै नुहाइधुवाई गरेपनि नेता साधु हुन्छ कहाँ?
    ✍️
    नीमा छिरिङ्ग भोटिया
    जलढक्का /कालेबुङ

    ४४//
    मतलबी रहेछ दुनियाँ सबैलाई उहीँ धन प्याराे,
    कुम्ल्याउछन् ढुकुटी गर्दै देखावटी हाली आँखामा छारो।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    ४५//
    धर्म संस्कृति बेच्यौं कृत्रिम द्वन्द्व देखाएझैं गरी,
    छारो हान्दै जनताका आँखामा आफ्नै भकारी भरी।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    ४६//
    बिकाशको नाममा जनताका आँखामा छारो छर्छौ,
    भाषण मात्रै ठुला गरेर सधै आफनै पेट भर्छौ।
    ✍️
    निर्मला शाही ठकुरी
    दैलेख, हाल दार्जिलिङ

    ४७//
    यी जनतालाई भ्रम छरी मूल्य धेरै बढाउने,
    विरोध आयो भने जम्मा पाँचमा दुई घटाउने ।
    ✍️
    श्रीकृष्ण शर्मा पोखरा

    ४८//
    म चोर्दछु तपाई थुने जस्तो गर्नु,
    म निस्कन्छु तपाईं अलिपछि सर्नु।
    ✍️
    लक्ष्मी श्रेष्ठ
    बिर्तामोड झापा

    ४९//
    स्वार्थी यो जमाना होकि मान्छे हो पापी,
    जानीजानी विश्वास लुट्ने कस्ता घाती ।
    ✍️
    तारा घिमिरे संखुवासभा

    ५०//
    बाँड्याे ठूलो आश्वासनकाे झूठाे पाेका ,
    लियाे भाेट जनतालाई दियाै धाेका।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर ,कटुञ्जे सु न पा ५

    ५१//
    नेताज्यूले देश समृद्ध बनाउने सपना देख्ने,
    आसेपासे ती झोले पत्रकारले बढाएर लेख्ने !
    ✍️
    रामकृष्ण रिजाल
    बा न पा १३ बागलुङ

    ५२//
    कति हिड्छौ नेता हो अझै अन्धो बनेर,
    माखो मर्दैन गफले विकास भनेर !
    ✍️
    रिजाल विनोद
    बेलबारी ०२ मोरङ

    ५३//
    चुनावी मुद्दा संवाद युद्ध मनमा नछर्नु,
    बिकास गर्छु मुखैले भन्नु हातले नगर्नु।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ भारत।

    ५४//
    आजीत भयौं हामी जनता, तिम्रो गरेर भर,
    सानो ठान्दै हौला जनतालाई, अलि मान्नु डर ।
    ✍️
    रचना शर्मा प्रतीक्षा, ललितपुर ।

    ५५//
    हाने जस्तो भन्छौ तर ढाडै सेकाउँछौ
    नचाहिॅदो ढाॅचा पारी भद्र देखाउँछौ!
    ✍️
    घनश्याम पौडेल, सृजना चोक
    पोखरा

    ५६//
    छारो हानी जनतालाई आफनै देश बेच,
    समाई कस्छन् कुन दिन हरामीको पेच।
    ✍️
    समा रेगमी रावत, यू एस

    जय टुक्का ! जय साहित्य !!

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको आठौं शृङ्खला सम्पन्न; ५६ जना सर्जकहरूको सहभागीता

    धनवन्तरीमा ६२ करोड रुपैयाँको सुन-चाँदीको कारोबार

  • १७ कार्तिक २०७८, बुधबार १३:२४ मा प्रकाशित

  • १७ कात्तिक, काठमाडौं । मंगलबार देशभर करिब ६२ करोड रुपैयाँ बराबरको सुन-चाँदीको कारोबार भएको व्यवसायीहरुले दाबी गरेका छन् । धनवन्तरीको दिन सुन तथा चाँदीको गहना जोड्ने धार्मिक मान्यताअनुसार उपभोक्ताहरु सुन चाँदी खरिदमा उल्लेख्य रुपमा सहभागी भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार बिहानैदेखि कारोबार थालेका सुन चाँदी पसल रातिको १० बजेसम्म खुलेको महासंघले जनाएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यकाअनुसार मंगलबार ५० किलो सुन र २ हजार किलो चाँदीको कारोबार भएको प्रारम्भिक अनुमान गरिएको छ । ‘मंगलबार बजार मूल्यअनुसार ४० करोड बराबरको सुन र २२ करोड मूल्य बराबरको चाँदीको कारोबार भएको प्रारम्भिक अनुमान नगरिएको छ,’ अध्यक्ष शाक्यले भने ।

    यस वर्ष धनवन्तरीको दिन कोभिड अघिको बेलामा भन्दा धेरै सुन चाँदीको कारोबार भएको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए । ‘अपेक्षा गरे भन्दा धेरै सुन चाँदीको कारोबार मंगलबार भएको विवरण देशभरबाट आएका छन्,’ महासचिव बज्राचार्यले भने, ‘पूर्ण विवरण आउँदासम्म कुल कारोबार रकम एक अर्बभन्दा बढी पुग्न सक्ने प्रारम्भिक अनुमान गर्न सकिन्छ ।’ कोभिडका कारण झण्डै तीन वर्षदेखि सुन-चाँदीको कारोबार प्रभावित बनेको थियो । तर यस वर्ष सुन-चाँदीको कारोबार उत्साहजनक भएको उनको भनाइ छ ।

    Posted in UncategorizedLeave a Comment on धनवन्तरीमा ६२ करोड रुपैयाँको सुन-चाँदीको कारोबार

    सुशान्त खत्रीको आरोप- ‘बिना गल्ती प्रहरीले झापड हान्यो’

  • १६ कार्तिक २०७८, मंगलवार १५:११ मा प्रकाशित
  • ‘डान्सर’ सुशान्त खत्रीले प्रहरीले गल्ती बिना नै आफूलाई दुर्व्यवहार गरेको बताएका छन् । हलोइन नाइट(आइतबार)मा साथीहरूसँग रमाइलो गरेर ठमेलको एक क्लबबाट बाहिर निस्कने बेला प्रहरीले झापड लगाउँदै हिरासतमा राखेको उनको भनाइ छ ।

    ‘क्लबमा साथीहरूसँग रमाइलो गर्दै थिएँ। ठ्याक्कै क्लब बन्द हुने समय थियो। म निस्कन लागेको थिएँ। मेरो बिल तिर्न बाँकी थियो। प्रहरीले ‘अब तपाईं निस्कनुपर्छ, बन्द गर्ने बेला भइसक्यो निस्किनुस्’ भन्दै हुनुहुन्थ्यो। मैले ‘सर मेरो बिल त्यसपछि निस्कन्छु’ भनें। त्यहाँ एउटा मिसअन्डरस्ट्याण्डिङ के भयो भने एकजना भाइले मेरो बिल भइसक्यो भनिदिएछ। अर्को भाइसँग मेरो बिल बाँकी थियो,’ सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनलेगुनासो गरे, ‘त्यसपछि प्रहरी आउनुभयो। कठालो समातेर बाहिर घिर्सादै लैजान खोज्नुभयो। मैले ‘सर मेरो गल्ती के छ’ भनेर सोधेँ । यसरी तपाईँलेलैजान पाउनु हुन्न भनेँ । उहाँले बेस्सरी हातमा समात्नु भएको थियो। मलाई दुखिरहेको थियो। मैले मलाई त्यसरी नसमात्न भनेँ । त्यतिखेरै एक झापड हान्नुभयो।’

    खत्रीले आफूलाई महानगरीय प्रहरी परिसर सोह्रखुट्टेमा एक घण्टा राखिएको पनि बताएका छन्। ‘एक घण्टा हिरासतभित्र बसें। बिना कारण थुनामाथिएँ म। मैले फोन गर्न दिनुस् भनेर अनुरोध गरें। तर उहाँहरूले मेरो फोन दिनुभएन। कत्तिपछि नेपाल आउँछु, यस्तो व्यवहारले मन दुख्छ,’ उनले भनेका छन्, ‘१२ वर्ष भयो, भारतमा गएर नेपालको नाम राखेको। मैले अन्त्यमा के पाएँ, झापड !’ खत्रीले दुर्व्यवहारविरुद्ध अब कानुनी कदम चाल्ने सोचेको पनि बताएका छन्।

    भारतीय रियालिटी शो मार्फत्चर्चा कमाएका सुशान्त पछिल्लो समय बलिउडमा समेत काम गरिसकेका छन् ।

    सुशान्तले बलिउड फिल्म ‘स्ट्रीट डान्सर थ्रीडी’ मा अभिनयसमेत गरेका छन् । भारतीय टेलिभिजन रियालिटी शो डान्स प्लस सिजन–२ को उत्कृष्ट चारमा पुग्न सफल भएका सुशान्त भारतसहितविदेशमा पनि निकै चर्चित छन् । सलमान खान, कैट्रिना कैफसहित बलिउडका चर्चित सेलिब्रिटीहरूले समेत डान्स प्लस सिजन–२ मा उनको प्रस्तुतीको प्रशंसा गरेकाछन्। सुशान्तको प्रस्तुती हेरेपछि ‘डान्स प्लस’ शोका मुख्य निर्णायक रेमो डिसुजाले सुशान्तलाई फिल्ममा अभिनय गराउने घोषणा गरेका थिए ।

    Posted in UncategorizedLeave a Comment on सुशान्त खत्रीको आरोप- ‘बिना गल्ती प्रहरीले झापड हान्यो’

    नेपालगन्ज विमानस्थलमा सीताको जहाजसँग बँदेल ठोक्किए

  • १६ कार्तिक २०७८, मंगलवार ०९:१६ मा प्रकाशित
  • नेपालगन्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एयरको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएका छन् । नेपालगन्ज विमानस्थल प्रमुख सुवास झाका अनुसार मंगलबार बिहान ६:२० बजे धावनमार्गमा पूर्वबाट पश्चिमतर्फ टेकअफ रोल (उडानका लागि गुडिरहँदा) गर्ने क्रममा सीताको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएका थिए ।

    बँदेल ठोक्किएपछि चालकदलले तीव्र गतिमा गुडिरहेको जहाजको टेकअफ रिजेक्ट गरेका थिए ।

    अहिले जहाजलाई धावनमार्गबाट पार्किङमा ल्याइसकिएको छ । सीता एयरका वरिष्ठ महाप्रबन्धक धनश्याम आचार्यले घटनालगत्तै मंगलबार बिहान काठमाडौंबाट प्राविधिकहरुको टोली जहाज मर्मतका लागि पठाएको बताए ।

    नेपालगन्ज विमानस्थलभित्र ठूलो झाडी भएकाले त्यहाँ बदेलको बासस्थान छ । यसअघि पनि जहाज उड्ने बेला बँदेल देखिने र ठोकिने घटना भएका छन् ।

    Posted in UncategorizedLeave a Comment on नेपालगन्ज विमानस्थलमा सीताको जहाजसँग बँदेल ठोक्किए

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P