काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ३२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
photo: social media अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू –
१]
प्रकृति
सुन्दर आकृति
धरतीकै अमूल्य सम्पत्ति !
आर्त अकुलीन, कैलाली [२] बिहानी रमणीय हरियाली सूर्यको ज्योतिको प्रभाव
गुणनिधि घिमिरे, सूर्यविनायक [३] प्रकृति सुन्दर प्रतिकृति मन लोभ्याउने शक्ति !
पञ्चाङ्ग चित्रपट भाग :- ३० लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०७९/१०/२६ गते साँझ ८ बजे ।
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३० [तिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
शुद्धीकरण ————– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना ——— अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक ————-
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~~~~~~~~~~~~~~~~~ चित्रमा पञ्चाङ्ग ~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०१]
राष्ट्रिय पोशाक दाैरासुरवाल कति राम्राे। धेरै सुहाउँछ राष्ट्रिय पाेशाक अति राम्रो। हाम्रो देशकाे नै राम्रो लाग्छ राष्ट्रिय पाेसाक, राष्ट्रिय पाेसाक झैँ खुल्दैन अरु त्यति राम्रो। नारीकाे अरू सुहाउँदैन सारी जति राम्रो।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ । …………………………………………
चित्रपट पञ्चाङ्ग [०२]
सबै अगाडि नै कति राम्रो देखिन्छ सारी। धेरै सुहाउने जति राम्रो देखिन्छ सारी। हरेक चाडपर्वमा पनि लाउने मिल्ने, राष्ट्रिय पोसाक नै त्यति राम्रो देखिेन्छ सारी। नारीलाई धेरै अति राम्रो देखिन्छ सारी ।
नेपालमा नेपालीत्व झल्किने पहिरन। साडी चोलो महिलाको टल्किने पहिरन। किन होला चलनमा बिचलन आएको, दौरा सुरुवाल पद पल्किने पहिरन। विदेशीको नक्कलमा सल्किने पहिरन।
✍️होम प्रसाद नेउपाने,धरान,सुनसरी । ………………………………………………
चित्रपट पञ्चाङ्ग [०४]
नेपाली भूमि नाम राम्रो । हुन्छ सर्वोच्च काम राम्रो । भाषा संस्कृति भेष भुषा, सौम्य प्रकृति ठाम राम्रो । लेक र बेसी गाम राम्रो ।
✍️आर्त अकुलीन, कैलाली । ………………………………………
चित्रपट पञ्चाङ्ग [०५]
देश अनुसारकाे भेष हुन्छ सबैकाे। छुट्टै नै संस्कृतिकाे देश हुन्छ सबैकाे। रहन सहन खापिन फरक हुन्छ, यहाँ भिन्न खालकाे केस हुन्छ सबैकाे। नेपालीकाे पाेशाक पेश हुन्छ सबैकाे।
✍️नवराज भट्ट, कञ्चनपुर । …………………………………………
पञ्चाङ्ग [०६]
कहिले देश अनि विदेश आउने जाने गाह्रो छ। जतिसुकै दौडधुप गरौं स्वप्न समग्र थारो छ। नेपाल ~ गए कपाल सँगै बर्मा गए कर्म सँगै, एकै लयमा हुँदै यो जिन्दगी चलाउन साह्रो छ। जहाँ रहेपनि भाषाभेष प्राण भन्दा झन् प्यारो छ ।
✍️गणेश लोहनी, चितवन हाल काठमाडौं । …………………………………………………
चित्रपट पञ्चाङ्ग [०७]
हिमाल पहाड तराई संसारमै दुर्लभ देश हुन्छ नेपाली नारीको विवाह उत्सवमा पो सारी पेश हुन्छ राष्ट्रियता झल्काउने पोशाक लगाएर सजिरहँदा आ-आफ्नो देश अनुसारकै चिटिक्क मिलेको भेष हुन्छ नेपालीलाई सुहाउने दौरा सुरुवाल विशेष हुन्छ
✍️भगवती दवाडी दमक, झापा ……………………………………………………………
चित्रपट पञ्चाङ्ग [०८] [०१] राष्ट्रिय पोशाक दौरा सुरुवाल गुन्यूचोली लाउदैन जसैले त । नेपाली हुँ भन्नु पनि लाजैमर्न ब्यर्थै हुन्छ जस्तै लाग्छ त्यसैले त । राष्ट्रियता भाषा धर्म संस्कार र संस्कृतिको परिवेश छ भित्रै, नेपाली हुन विभिन्न कारण,देशको पहिचान खोज्छ यसैले त । त्यो पहिरन नेपाली हो,राष्ट्र गौरव परिचय दिन्छ कसैले त । [०२] दौरा सुरुवाल सारी चौबन्दी चोली लाएको मनपर्छ। नेपालीले नेपालको राष्ट्रिय गीत गाएको मनपर्छ। हिमाल पहाड तराइ मिलेको यो स्वर्गतुल्य देशमा, ढिँडो रोटो खाएनी हाँसीखेली बस्न पाएको मनपर्छ । सबै थरी जाती भाषी सबैमा माया छाएको मनपर्छ बिबस पारदर्शी।
✍️बिबस पारदर्शी ,झापा । …………………………………………………………
चित्रपट पञ्चाङ्ग [०९]
हामी नेपालीको नेपाल राष्ट्रिय देश राम्रो लाग्छ । ढाका टोपी दौरा सुरुवाल गुन्यौ चोली हाम्रो लाग्छ । हरियाली डाडाकाँडा सुन्दर ती नदी हिमाल छन् , नेपाल यस्तो सुन्दर देश हुँदा पनि डाम्रो लाग्छ । अविज्ञ धेरै राजनीति भएर होला दाम्रो लाग्छ ।
मेराे माटो मेरो देश आहा । मेरो देह मेराे भेष आहा । प्याराे लाग्छ प्राण भन्दा धेरै , टल्किने त्यो श्वेत केश आहा । बाँकी छ पुर्खाकाे शेष आहा ।
✍️भवानी घिमिरे, सर्लाही । ………………………………………
चित्रपट पञ्चाङ्ग [११]
पञ्चाङ्ग साहित्यकाे माझ हुर्किएकाे फूल भयो याे फूललाई टिपी फाल्ने नगर्नु है भुल भयो मगमगाउँदै गाउँ शहर बास्ना फैलियाेस् अझै, पाखा पखेरा सबैतिर माैलाउँदै झुल भयो । बाँधेर आए हुने साथी भाईहरू हुल भयो ।
✍️धनकुमारी रेग्मी , भरतपुर चितवन । ……………………………………………………
पञ्चाङ्ग [१२] [०१] त्याे पीडा दिनेलाई भगाउनु छ। चाेटलाई मलम मगाउनु छ । सफल जिन्दगी जिउनकाे लागि, पराइलाई पाखा लगाउनु छ। खुशीको पलहरु जगाउनु छ। [०२] जिन्दगी सांसारिक खेल रहेछ। बगिरहने आँसुको भेल रहेछ। सोचेर सोची नसक्नु भएको छ, माया जालकाे मीठो नेल रहेछ। सम्बन्धहरुकाे त्याे मेल रहेछ।
✍️सुशीला पौडेल । …………………………………………
चित्रपट पञ्चाङ [१३] [०१] नेपाली पहिचान पोसाक लगाऊ है। नेपाली सबै मिली एक भई आऊ है। सुन्दर राम्रो छ हाम्रो राष्ट्रिय पोसाक, एक एक न फुटी जुटी साथ छाऊ है। राम्रो र सुन्दर आफ्नै गाउँ धाऊ है। [०२] सन्ततिमा संस्कारको दियो बाल्न पाए हुन्थ्यो। पश्चिममी कुसँस्कार कुरिती फाल्न पाए हुन्थ्यो। अहिलेको यो पुस्तामा हराउँदै गएको संस्कृति, आउने पिढीमा भए पनि ढाल्न पाए हुन्थ्यो। कुरितीले च्यातिएको मन टाल्न पाए हुन्थ्यो।
✍️सुमित्रा पोखरेल, काठमाडौं ………………………………………………
चित्रपट पञ्चाङ्ग [१४]
नेपालीको पोशाक त जात जातीमा छ । अनेक भेषभुषा भाँती-भाँतीमा छ । अनेकतामा एकता पोशाक नै हो , दौरा र सुरुवाल खात-खातीमा छ । हाम्रो पोशाक हाम्रै जीउ छातीमा छ ।
✍️कला ढकाल, झापा । ……………………………………………………
चित्रपट पञ्चाङ्ग [१५]
दौरा र सुरूवालकोे भेष सुहायो। नारीलाई चै सारी र केश सुहायो। आआफ्नै मौलिकता बोकेको सुन्दर, संस्कृति अनेक भाषा देश सुहायो। पुर्खाले थाति राखेको शेष सुहायो।
✍️सीता शर्मा पन्थी, बिरगंज । …………………………………………
चित्रपट पञ्चाङ्ग [१६]
नेपालीको पाेशाक लगाउन मन लाग्छ मलाई । दाैरा र सुरुवाल मगाउन मन लाग्छ मलाई । नेपालीको गाैरव बाेकेकाे माैलिक संकृतिकाे याे, अर्कोकाे पहिरन भगाउन मन लाग्छ मलाई । विदेशीको पोशाक बगाउन मन लाग्छ मलाई ।
नेपाली पहिचान बचाउँनु पर्छ हामीले । शिरमा ढाका टोपी सजाउँनु पर्छ हामीले । हाम्रो संस्कृतिको जगेर्ना गरौँ सबै मिलेर , दौरा सुरुवालमा रमाउँनु पर्छ हामीले । गुन्यु र चोली सधैँ लगाउँनु पर्छ हामीले ।
✍️वीणा रोका, घोराही दाङ । …………………………………………………
चित्रपट पञ्चाङ्ग [१८]
दौरा सुरुवाल ढाका टोपी सजाएर सबै । सारी अनि चौबन्दीमा चट्ट गँजाएर सबै । नबसेर निरर्थक फाली समय त खेर , दिनदिनै सदुपयोगमा कजाएर सबै । प्रतिस्पर्धात्मक मौलिकता दँजाएर सबै ।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक । ……………………………………………
चित्रपट पञ्चाङ्ग [१९]
हामीले त राष्ट्रिय पाेशाक लगाएको राम्रो। ढाका टोपी दाैरा,सुरुबाल मगाएको राम्रो। नेपालीको पहिचान राष्ट्रिय पोशाक हो हाम्रो, अरुको नक्कल गर्नेलाई भगाएको राम्रो । गून्यू चोलो दौरा सुरुवाल जगाएको राम्रो।
✍️दुर्गा आचार्य, मोरङ । …………………………………………………
चित्रपट पञ्चाङ्ग [२०]
जातअनुसारको पाेसाक लाऊ हामीले । मिठाे मिठो दाेहाेरी गीत गाऊ हामीले । विविधताले भरिपूर्ण भएकाे देश हाम्रो , सबै मिलिजुली वनभाेज खाऊ हामीले । उपहारमा नि राम्रो कपडा पाऊ हामीले ।
भाेकभाेकै हुनुभन्दा अघाएकाे राम्रो । भाइचारा सकेसम्म जगाएकाे राम्रो । मरिजाँदा सँगसँगै लानु छैन केही , रिसराग आफूबाट भगाएकाे राम्रो । राष्ट्रिय पाेषाक चट्ट लगाएको राम्रो ।
नारीले सारी लाएको मलाई राम्रो लाग्छ। सधैँभरी नै धाएको मलाई राम्रो लाग्छ । इज्जत गरौँ हाम्रो प्यारो भेषभुषालाई, लोकमा सधैँ छाएको मलाई दाम्रो लाग्छ। ढाकाटोपी नै पाएको मलाई राम्रो लाग्छ।
✍️सरिता सेढाई, धादिङ । …………………………………………………
चित्रपट पञ्चाङ्ग [२३]
नेपाली पोशाकले देशको मान बढाउँछ। विश्वमा नेपालको बृहत ज्ञान बढाउँछ। नर-नारी मिलेर पोशाकको गरिमा राखौं , आफ्नो देशको संसार भरी सान बढाउँछ। हामीलाई नै नेपाली भन्ने भान बढाउँछ।
✍️शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा। ……………………………………………… चित्रपट पञ्चाङ्ग [२४]
दौरा सुरूवाल ढाकाटोपी लगाएको छैन। चौबन्दी पटुकी र फरिया मगाएको छैन। भेष र भुषा यो संस्कृती पहिचान बिग्रियो। गाउँघरमा दोहोरी गीत नै गाएको छैन। नेपालको राष्र्टिय पोषाक मगाएको छैन।
✍️कमला पाण्डे पराजुली, झापा । ……………………………………………
चित्रपट पञ्चाङ्ग [२५]
नेपाल र नेपालीको पहिचान बचाउँनु पर्छ । आफ्नो भेषभुषा र संस्कृतिमा रमाउँनु पर्छ । विदेशीको नक्कल गरेर केही नै छैन फाइदा , दौरा सुरुवाल टाेपी गुन्यु चोली लगाउँनु पर्छ । नेपाली सबै मिली नेपाल हाम्रो बनाउँनु पर्छ ।
नारीलाई सुहाउँदो मिल्ने सारी नै हो । जिउमा चिटिक्क अति खिल्ने सारी नै हो । आजभोलि बजारमा विकृति नै छायो , फाटेपछि मिलाएर सिल्ने सारी नै हो । वरपर देखाइमा जिल्ने सारी नै हो।
✍️सन्जना शर्मा, दाङ लमही । ………………………………………………
चित्रपट पञ्चाङ्ग [२८]
राष्ट्रिय पोशाक लगाउनु आफ्नै सम्मान हो । आरुको पोशाक भगाउनु आफ्नै सम्मान हो । दौरा, सुरुवाल र सारीले सान बढाउछ, जनमा विचार जगाउनु आफ्नै सम्मान हो। अरुको संस्कृति बगाउनु आफ्नै सम्मान हो।
काठमाण्डौँ, माघ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
photo: social media अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू –
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३० [तिसौँ ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१०/२४ गते समय :- साँझ ८ बजे ………………………………………… प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————- पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- ———————– पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ । उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————
पञ्चाङ्ग तथा समपञ्चाङ्ग संरचना ………………………………………
बेथिति र कुसंस्कार फाल्न पाए राम्रो हुन्थ्यो [०१] नीति नियम समेटी टाल्न पाए राम्रो हुन्थ्यो [०२] ——————————– तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।
काम गर्नेलाई विरोध गर्न कत्ति हुँदैन [०३] …………………………………………………………………
४र ५ ले भाव र पञ्चाङ्गको निचोड दिनु पर्छ ।
भ्रष्टाचारीहरूलाई गाल्न पाए राम्रो हुन्थ्यो [०४] जरैदेखि कुप्रथा नै ढाल्न पाए राम्रो हुन्थ्यो [०५] …………………………………………………… १,२ मा जस्तै ६ र ७ लाई पनि माथी भन्न खोजेको उठान गेर्नु पर्छ ।
पूरा नहुने मिसिल बाल्न पाए राम्रो हुन्थ्यो [०६] ठिक बेठिक सदैव चाल्न पाए राम्रो हुन्थ्यो [०७] ………………………………………………………………… ८ स्वतन्त्र हुन्छ र सबैको भाव छुनु पर्छ।
व्यवस्था चल्दैन निति नियम पालन गर्नु {०८] ………………………………………………………………
९ र १० ले समपञ्चाङ्गको बिस्तार गर्नु पर्छ ।
विकास निकास दुबै हाल्न पाए राम्रो हुन्थ्यो [०९] नवीन काम साच्चिकै थाल्न पाए राम्रो हुन्थ्यो [१०] ……………………………………………………………
उदाहरण पञ्चाङ्ग तथा पञ्चाङ्ग ……………………………………
बेथिति र कुसंस्कार फाल्न पाए राम्रो हुन्थ्यो [०१] नीति नियम समेटी टाल्न पाए राम्रो हुन्थ्यो [०२] काम गर्नेलाई विरोध गर्न कत्ति हुँदैन [०३] भ्रष्टाचारीहरूलाई गाल्न पाए राम्रो हुन्थ्यो [०४] जरैदेखि कुप्रथा नै ढाल्न पाए राम्रो हुन्थ्यो [०५]
पूरा नहुने मिसिल बाल्न पाए राम्रो हुन्थ्यो [०६] ठिक बेठिक सदैव चाल्न पाए राम्रो हुन्थ्यो [०७] व्यवस्था चल्दैन नीति नियम पालन गर्नु {०८] विकास निकास दुबै हाल्न पाए राम्रो हुन्थ्यो [०९] नवीन काम साच्चिकै थाल्न पाए राम्रो हुन्थ्यो [१०]
बेथिति र कुसंस्कार फाल्न पाए राम्रो हुन्थ्यो । नीति नियम समेटी टाल्न पाए राम्रो हुन्थ्यो । काम गर्नेलाई विरोध गर्न कत्ति हुँदैन , भ्रष्टाचारीहरूलाई गाल्न पाए राम्रो हुन्थ्यो । जरैदेखि कुप्रथा नै ढाल्न पाए राम्रो हुन्थ्यो ।
पूरा नहुने मिसिल बाल्न पाए राम्रो हुन्थ्यो । ठिक बेठिक सदैव चाल्न पाए राम्रो हुन्थ्यो । व्यवस्था चल्दैन निति नियम पालन गर्नु , विकास निकास दुबै हाल्न पाए राम्रो हुन्थ्यो । नवीन काम साच्चिकै थाल्न पाए राम्रो हुन्थ्यो ।
💢सोमनाथ लुइटेल ” रवि पाल्पाली ” पाल्पा हाल बर्दिया । ……………………………………………………
समपञ्चाङ्ग [०२]
ईश्वरको बाहना फाल्न जान्नु पर्छ। मनको दीपदानी बाल्न जान्नु पर्छ। सलेदो झै बल्दै नासिने जिन्दगीमा , भरोसाको पाइला चाल्न जान्नु पर्छ। नकरात्मक तेज झाल्न जान्नु पर्छ।
दिमागमा क्षमता हाल्न जान्नु पर्छ। तहबह आभास गाल्न जान्नु पर्छ। रुपान्तरण भैरहने जिन्दगीमा, अलिकति सन्देह ढाल्न जान्नु पर्छ। शुद्धको सेतोबिन्दु पाल्न जान्नु पर्छ।
💢अच्युत घिमिरे-भुटानबाट🇧🇹। …………………………………………
पञ्चाङ्ग [०३]
मनलाई थाङ्ग्ना सरी टाल्न मिलेन। काम केही छैन भनी फाल्न मिलेन। जस्तो मिल्यो त्यसैमा काम निखार्नु, काठलाई पगालेर गाल्न मिलेन। इन्द्रेणीको रङ्ख त्यहाॅ हाल्न मिलेन।
💢घनश्याम पौडेल, पोखरा । …………………………………………………
पञ्चाङ्ग [०४]
आज फेरि फाल्न थाले । छुद्र नीति चाल्न थाले । तिमी आफू राम जस्तै, तिमीलाई ढाल्न थाले । हेर आगो बाल्न थाले ।
💢आर्त अकुलीन, कैलाली । …………………………………
पञ्चाङ्ग [०५]
काम गर्छु भन्नेलाई फाल्न थाले । विना अर्थका उजुर हाल्न थाले । अबत केही होलाकी भन्ने सोच्यो, थोत्रा पुराना खोजेर टाल्न थाले। फेरि व्यर्थको कदम चाल्न थाले ।
लड्नै पर्छ समाज सँग कुरिती फाल्न हामी । अंध्यारो चिर्नलाई उज्यालो दियो बाल्न हामी। कु संस्कारले भ्रष्टचार लाई टेवा पुरायो, जुर्मुराउँ यो कुविचारलाई नै गाल्न हामी। मिलिजुली बढौँ दुस्मनका किल्ला ढाल्न हामी।
💢सुरेशकुमार पान्डे घोराही दाङ १८ …………………………………………………………
पञ्चाङ्ग [०७]
देशको बेथिति विसंगतिलाई फाल्न पाए हुन्थ्यो। चारै तिर छ प्वाल पारेको देश टाल्न पाए हुन्थ्यो। राम्रो नेता छान्दा पनि गर्छन् अनेकानेक बहाना , यस्ता देश द्रोहीलाई सखाप् पारी ढाल्न पाए हुन्थ्यो। नराम्रो जति फालेर राम्रो काम थाल्न पाए हुन्थ्यो ।
अब एउटा राम्रै गाेटी चाल्न पाए हुन्थ्यो । नवीन ति याेजनाहरू हाल्न पाए हुन्थ्यो । ठगी खाने नेतागणले हाँकेकाे देशमा, भ्रष्टहरूको उच्च शिर ढाल्न पाए हुन्थ्यो। फाहाेरकाे कन्टेनरमा फाल्न पाए हुन्थ्यो।
यो मनलाई तड्पाई तड्पाई गाल्न थालिछौ। मेरो घरमा अर्कै मान्छेलाई पाल्न थालिछौ। के बयान गरौं अब तिम्रो चरित्रको मैले, मेरो नामको सिन्दुर पनि पखाल्न थालिछौ। जीवन गति उसकै तालमा ढाल्न थालिछौ।
💢मन्दिरा सेढाई, मलेखु धादिङ । …………………………………………………
पञ्चाङ्ग [१०]
कुरीति र कुसंस्कार लाई अब हामी सबै मिली फाल्नु पर्छ। एउटाले मात्र होइन देशको नियम सबैले पाल्नु पर्छ। नेपाल आमाको रक्षा गरेमात्र हामी नेपालीको रक्षा हुन्छ, देशको कुना कुनामा गएर अशिक्षामा शिक्षा अँगाल्नु पर्छ। देशमा भएको भ्रष्टाचारी हरूलाई जरैदेखि ढाल्नु पर्छ ।
फाटेको यो हाम्रो दिल टाल्न मन लाछ। अंध्यारोको टुकी झैं यो बाल्न मन लाछ। हिंड्नु पर्छ अब त एउटै गन्तव्यमा, रिस गर्ने शत्रु जति ढाल्न मन लाछ। सतबुद्दी यो मनमा पाल्न मन लाछ।
💢सरिता सेढाई, धादिङ । …………………………………………………
पञ्चाङ्ग [१२]
कुसंस्कार याे मनबाट फाल्न मनपर्छ। ज्ञानकाे ज्याेति दियाे जस्तै बाल्न मनपर्छ। सधैँ सकारात्मक हुन सकुँ जीवनमा, नकारात्मक कुराहरू ढाल्न मनपर्छ । अाध्यात्मिक ज्ञान, मनमा पाल्न मनपर्छ ।
💢शाेभा आचार्य गाैतम,काठमाडौँ । ………………………………………………
पञ्चाङ्ग [१३]
धर्म संस्कृति फाल्न हुँदैन। लुगा फाटेको टाल्न हुँदैन। समयसँग मिल्न सिक्नुहोस् लामो कपाल पाल्न हुँदैन। बोट विरुवा ढाल्न हुँदैन ।
💢भगवती दवाडी , जापा । ………………………………………………
पञ्चाङ्ग [१४]
अडकाउका क्रिया सङ्ग रिसाएर हेर। मुर्खतालाई जोरसित पिसाएर हेर। भित्र भित्रै रमाउने मन खुशी पार्नु हो , जिन्दगी जलाउने दुःख बिसाएर हेर। उमङ्गमा नम्र कौशल मिसाएर हेर।
💢अच्युत घिमिरे-भुटानबाट🇧🇹 ……………………………………
पञ्चाङ्ग [१५]
कुसंस्कार विरुद्ध आगो बाल्न पाए हुन्थ्यो। भ्रष्टचारीहरुको दम्भ ढाल्न पाए हुन्थ्यो प्रगती गर्नेहरुलाई गर्न दिनु पर्छ, खुट्टा तान्नेलाई खाल्डोमा हाल्न पाए हुन्थ्यो। खराब काम गर्नेलाई फाल्न पाए हुन्थ्यो।
💢सुशीला पौडेल । …………………………………………………
पञ्चाङ्ग [१६]
प्रेमिल संसारमा पाइला चाल्न पाए हुन्थ्यो। भएका दुश्मनहरु सबै गाल्न पाए हुन्थ्यो। समाजमा अनेक तह तप्काका मान्छे हुन्छन्, गरिब र दुःखीहरुलाई पाल्न पाए हुन्थ्यो। अहमता देखाउनेलाई फाल्न पाए हुन्थ्यो।
सन्ततीमा संस्कारको दियो बाल्न पाए हुन्थ्यो। पश्चिममी कुसंस्कार कुरिती फाल्न पाए हुन्थ्यो। अहिलेको यो पुस्तामा हराउदै गएको संस्कृति, आउने पिँढीमा भए पनी ढाल्न पाए हुन्थ्यो। कुरितीले च्यातिएको मन टाल्न पाए हुन्थ्यो।
💢सुमित्रा पोखरेल , काठमाडौं । ……………………………………………………
पञ्चाङ्ग [१९]
घरमा कुकुर पाल्न थालेछन्। राम्रा जतिलाई ढाल्न थालेछन्। यो पाराले देश उँभो लाग्ला र ? ठाउँ ठाउँ राँको बाल्न थालेछन्। तानाशाही निति चाल्न थालेछन् ।
💢धनमाया चौधरी ,कैलाली । …………………………………………
पञ्चाङ्ग [२०]
भत्किरहेका घरका भित्ता टाल्न आएँ । बिहान बेलुका तिम्रो चुलो बाल्न आएँ । दाइजोको कारण हेला भएँ अहिले , विकृति कुसंस्कारको जालो फाल्न आएँ। निरंकुश तन्त्रको जरोनै ढाल्न आएँ ।
बसन्तको पालुवा झै जस्तै हरियालीले बलेको भए। मान्छेको ज्यानमा आघात नपुगि कपडा जलेको भए। आफुले सोचेजस्तो भनेजस्तो कहाँ पुग्दो रहेछ यहाँ, चोरी हुदा घाटा लाग्दैनथ्यो सुनमा कीट दलेको भए। अगाडि बढ्न गाह्रो जीवन हर खाएर गलेको भए।
💢अम्विका अधिकारी, झापा विर्तामोड । ………………………………………………………
पञ्चाङ्ग [२२]
तिम्रो त्यो मनको शंका फाल्न पाए हुने। दाग लागेको हृदय टाल्न पाए हुने। संका पनि अति गर्छौ तिमीले के सानु , त्यो मन फलाम जस्तो गाल्न पाए हुने। कुरा गर्ने सत्रु बैरी ढाल्न पाए हुने।
💢दुर्गा रिजाल आचार्य, मोरङ । ………………………………………………
पञ्चाङ्ग [२३]
फुलेर जताततै मगमगाउन थाल तिमी । भमरारुपि त्यो कोमल दिललाई हाल तिमी । बहकिएर उड्नु हुन्न जताततै अब हामी , छियाछिया भएको मेरो मनलाई टाल तिमी । निभ्न लागेको ज्योतिलाई सलाईले बाल तिमी ।
पञ्चाङ्ग चित्रपट भाग :- २९ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०७९/१०/२० गते साँझ ८ बजे ।
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २९[उनन्तिसौ] चित्रपटमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
शुद्धीकरण ————– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना ——— अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक ————-
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~~~~~~~~~~~~~~~~~ चित्रमा पञ्चाङ्ग ~~~~~~~~~~~~~~
चित्रपय पञ्चाङ्ग [०१]
दौरा सुरुवाल कोट टोपी हाम्रो भेष हो रे । टिष्टा सतलज सम्म सबै हाम्रो देश हो रे । बावु बाजे पिता पूर्खा लागे देश बढाउन, लडे भिडे रे देशको लागि ठूलो रेश हो रे । आजभोली हालत के भो मात्रै मधेश हो रे।
चार किल्लाभित्रको माटो रहेछ देश । हिॅडेर नसकिने बाटो रहेछ देश। मुटुभित्र सॅगालेर राख्न सक्यौॅ भने, बिहान र बेलुकाको आटो रहेछ देश। स्वार्थ भन्दा फरक पाटो रहेछ देश।
✍️घनश्याम पौडेल, पोखरा । ……………………………………………
चित्रपट पञ्चाङ्ग [०३]
टिष्टादेखि सतलज सीमा आफैँ खाेल्छ। हिजो नेपाल ठूलो थियोे नक्साले बाेल्छ। भूमि सानो भएपनि छैन मन सानो , मायाप्रीति लगातार दुनियाँमा घाेल्छ । शान्ति अनि मानवता छताछुल्ल ढाेल्छ ।
सुन्दर अनि शान्तमा गनिन्छ हाम्रो देश नेपाल। भेष भुषामा झपक्क बनिन्छ हाम्रो देश नेपाल। चारै तिर हरियाली बन पाखा कल कल खोला, पर्यटनको खानि हो भनिन्छ हाम्रो देश नेपाल। सम्पदाको प्रतिकमा जनिन्छ हाम्रो देश नेपाल।
✍️दुर्गा आचार्य , मोरङ । ……………………………………………………………………
चित्रपट पञ्चाङ्ग [०५]
मन सानो नहोस् देश यो सानो नहोस्। हामी बस्ने घर अरुको छानो नहोस् । मातृ भूमि नेपालको होस् मानचित्र , रक्षा होस् सिमानाको सत्ता कानो नहोस्। मायाले मुरी मुरी भरोस् मानो नहोस्।
✍️होम प्रसाद नेउपाने,धरान,सुनसरी । ………………………………………………………
चित्रपट पञ्चाङ्ग [०६]
हिजो थिए हाम्रा पू्र्खाहरू कहाँ आज हामी कता हेर यहाँ । यस्तो कारुणिक अवस्थादेखि चस्स दुख्छ मनमा धेर यहाँ। सिमा रक्षा र तारवार छैन झगडा कुर्सी मै भै रहे पनि, भोलि छिमेकीले सिङ्गै देश निल्न लाउदैन कत्ती बेर यहाँ । देश बचाउन करोड जनता जाग्नै पर्छ एक फेर यहाँ ।
✍️रुपा गौतम , निज्गढ बारा । ……………………………………………………………………
चित्रपट पञ्चाङ्ग [०७]
टिष्टा देखुन सतलज सम्म विशाल थियो। संसारमा गुलाम नभएको मिसाल थियो। थर्कमान थिए गोर्खा विरहरूलाई देखी, हाम्रो मस्त यो मधेश पहाड निसाल थियो। विर जातिलाई देखी दुनियाँ रिसाल थियो।
✍️सुरेशकुमार पान्डे। दाङ घोराही १८ ……………………………………………………
चित्रपट पञ्चाङ्ग [०८]
राम्रो भूमि देख्नै हुन्न हडपेर लगि छाडेका छन्। चारैतिरबाट भ्याएसम्म मस्त किल्ला गाडेका छन्। किन राख्दथे यतैका पो नेतृत्व पनि मिलेपछि, आफ्ना आर्जित जमिनहरु घटाएर बाँडेका छन्। सिमानामा न त तारबार न तगारो फाँडेका छन् ।
दुइ ठुला देशको बिचमा सानो मेरो देश छ। अरु देशको भन्दा भिन्न मेरो देशको भेष छ। हिमाल पहाड तराई मिली बनेको छ देश, खोला नाला ती वन जंगल हरियाली फेस छ। जे जस्तो भयपनि मलाई मेरै देश बेस छ।
✍️सरिता सेढाई धादिङ …………………………………………………………
पञ्चाङ्ग [१०]
तराई,पहाड, हिमालकाे देश हाम्रो। जातीय विविधता भएको भेष हाम्रो। आफ्नाे देश राम्रो देख्दा गर्व लाग्छ, देश हिमालले सजिएको लेस राम्रो। खाेलानाला, हरियाली डाँडा फेस राम्रो ।
सगरमाथाको देश हाम्रो सान हो । वीर गोर्खालीको यहि राम्रो मान हो। विकास अनि समृद्धि हाम्रो चाहना , नेपाल र नेपालीको त यामान हो। बुद्धले दिएको शान्ति ज्ञान दान हो ।
टिष्टादेखि सतलजसम्म हिजो हाम्रो देश । मेचीदेखि महाकालीसम्म आज राम्रो देश। सुगौली सन्धिलाई सम्झदा पनि मुटु दुख्छ, दुई छिमेकीको बिच चेपिएको दाम्रो देश । थाह छैन कहाँ पुग्ने हो भोलिको चाम्रो देश ।
ग्रेटर नेपाल कल्पनामा मात्र सिमीत भयाे हाम्रो । पटके सन्धिमा सिध्याएर नेपाल यस्ताे गयो हाम्रो । अझै बाँध लगाउँदै पिल्लर सार्दछ छिमेकी , नेता आसन फेरेर गरेकाे शासन के बयो हाम्रो । गएकाे भूमी आउँदै नआउने विलय लयाे हाम्रो ।
✍️धन कुमारी रेग्मी, चितवन । ………………………………………………
चित्रपट पञ्चाङ्ग [१४]
सहिदको सपना पुरा गर्ने कोहि भइदिए हुने। भ्रष्टाचारको भारी बोक्नेहरु चाडै गइदिए हुने। बलात्कार ,हत्याहिंसा, अपराध बढाउनु भन्दा नि, समय खर्चिलो पावन्धीलाई छोडि धोइदिए हुने। कता टिष्टा सतलज चिनेर राष्ट्र रइदिए हुने।
✍️अम्विका अधिकारी, झापा विर्तामोड। ………………………………………………………
चित्रमा पञ्चाङ्ग [१५]
अभिभावक सरह हेर्न नासो राख्ने सरकार छ हामीलाई। देश, जनताको हित् गर्ने सरकारको दरकार छ हामीलाई। पुर्खाहरुको नासो, जनताहरूको उन्नति प्रगतिका खातिर, आफ्नो सम्पत्ति नै संरक्षण गर्न नसक्ने अधार छ हामीलाई। गर्न सके पुर्खाले आर्जित सम्पत्तिमा अपकार छ हामीलाई।
✍️रामप्रसाद पुरी बादेल, खोटाङ । ………………………………………
चित्रपट पञ्चाङ्ग [१६]
नेपाल बिशाल थियो रे। कहि भारतले लियो रे। मेची कालीमा सिमीत, पुर्खाको श्राप पियो रे। थियो त हाम्रो मियो रे।
✍️सुमित्रा पोखरेल, काठमाडौं । ………………………………………
चित्रपट पञ्चाङ्ग [१७]
फर्केर आउ युवा परदेश छोडेर आउ। देश जोगाउन तिमी त्यो मन मोडेर आउ। पराइले मिच्दै छ सिमा देश रहन्न अब, मेट बिदेशी तक्दिर पर्खाल फोडेर आउ। मनमा देश छ काँधमा झण्डा बोकेर आउ।
हिमाल पाहाड तराई बाडिएकोछ मेरो देश। हाम्रो सिमाना चारकिल्ला गाडिएकोछ मेरो देश। हरियो वन् नेपालो धन् गित सुनेकै हौला हैन र। लिपुन्लेक अधुरामा बैरी फाँक्यडिएकोछ मेरो देश। यिनै भ्रष्टचारी ले धेरै माडिएकोछ मेरो देश।
✍️कमला पाण्डे पराजुली, झापा चारआलि । …………………………………………………
चित्रपट पञ्चाङ्ग [१९]
हाम्रो देशको आफ्नै ठूलो शान छ। विश्व सामु एतिहासिक मान छ। गरिब भनेर कसैले नहेप्नु, दुश्मनको जहिले लागि हान छ। आत्मीयताको लागि भने दान छ।
✍️ह्यारिस काठमाडौं । …………………………………………
चित्रपट पञ्चाङ्ग [२०]
प्रकृतिको यो धनी देश हाम्रो । अरु भन्दा फरक भेष हाम्रो । बिश्वमा चिनिने नेपाली भनी , शुद्धता नै मनको क्लेश हाम्रो । चुडेर रहेकोे याे शेष हाम्रो ।
✍️दुर्गा भट्टराई , मोरङ । …………………………………………
चित्रपट पञ्चाङ्ग [२१]
पुर्व,पश्चिम चट्ट फैलिएकाे देश हाम्राे । दाैरा,सुरुवाल,काेट टाेपी हाे भेष हाम्राे। पाैरखी र मिहनेती हामी सवैले जानाै, परिश्रम गरी खाँदा लाग्दैन ठेस हाम्राे। गाेर्खाली सन्तान हामी मिलकाे फेस हाम्राे।
✍️उर्मिला के.शी. , धनकुटा । …………………………………………………
चित्रपट पञ्चाङ्ग [२२]
मेरो देशमा हीराको खानी छ हेर । चिन्न नसक्ने नराम्रो बानी छ हेर । सीप र श्रमको सही प्रयोग भए, पाल्छ देशले निस्वार्थ दानी छ हेर । फुट्न छोडौँ जुध्दै आफ्नै हानी छ हेर ।
✍️प्रभा पोखरेल , अमेरिका । ……………………………………………
चित्रपट पञ्चाङ्ग [२३]
हाम्रो देश कहाँसम्म छ नक्शाले बताउँछ यहाँ। हेर्दा सारा नेपालीको रगत तताउँछ यहाँ। हाम्रो देश कित्ता कित्तामा बिक्री हुँदै छ दिनहुँ, हाम्रो देशको मायाले दैनिक सताउँछ यहाँ। हाम्रो देश किन अरु देशले जताउँछ यहाँ।
✍️सुशीला पौडेल । ………………………………………………………
चित्रपट पञ्चाङ्ग [२४]
देशलाई बचाउने नेता भएनन् । इतिहास रचाउने नेता भएनन् । दोहन गर्ने मात्र भए नेताले नै , हौसियत जचाउने नेता भएनन्। राम्रोसँग मच्चाउने नेता भएनन् ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया । …………………………………………………
चित्रपट पञ्चाङ्ग [२५] स्वर्ग जस्तो जन्मभूमि नेपाल हाम्रो देश छ। नेपालीको छुट्टै चिन्न आफ्नै त्यो भुषा भेष छ। जन्मभूमि नेपाल जस्तो स्वर्ग नि प्यारो छैन , मेची काली तिब्बत नेपाल नक्साको रेस छ। वीर गोर्खाली सन्तान भन्ने हाम्रो फेस छ। ✍️बेदु न्यौपाने,काठमाडौ ✍️ । ………………………………………………
चित्रपट पञ्चाङ्ग [२६]
नेपालको सिमाना मिच्ने छिमेकी छ । नेपालकै पानीले सिच्ने छिमेकी छ । सुस्ता लिपुलेक लिम्पेधुरा हाम्रो हो , दिनदिनै सिमाना किच्ने छिमेकी छ । नेपालको अस्तित्व घिच्ने छिमेकी छ ।
✍️कला ढकाल ,झापा । …………………………………………
चित्रपट पञ्चाङ्ग [२७]
विदेशीले नेतालाई नचाउने भयो । नेपालको धनमाल पचाउने भयो। सिमाना दिनहुुँ सार्ने काम छिमेकी छ , चोर डाकालाईहरू बचाउने भयो। लोभी हुँदै इतिहास रचाउने भयो ।
✍️गिता रिजाल , धरान । ………………………………………
चित्रपट पञ्चाङ्ग [२८]
मलाई आस देशको । किन हो खास देशको । कपास सौम्य माटोमा , स्वादिष्ट गाँस देशको। मेरो त बास देशको ।
✍️आर्त अकुलीन, कैलाली । ………………………………
चित्रपट पञ्चाङ्ग [२९]
थोरै थोरै गर्दै देश साँघु-रीन थाल्यो। राजनीति देख्दा किन लाग्न घिन थाल्यो । देशभक्ति ओँठे भन कहिलेसम्म ? भ्रष्टाचार देशको बरु के दिन थाल्यो । गुमेका भूमी के नेपालले लिन थाल्यो ।
✍️तेजप्रसाद खनाल , लमही दाङ्ग । …………………………………………
चित्रपट पञ्चाङ्ग [३०]
कमिलाले माटो खन्दा घर बन्छ अरे । फलाम तताई पिट्दा शर बन्छ अरे । चलन यहाँ चल्दै छ स्वीकार्दै छौँ हामी , बिहे गरे छाेरीकाे नि थर बन्छ अरे । घाँस राम्ररी सुकेमा खर बन्छ अरे ।
‘छाउगोठमा फूल’ – कविता ——————- – देवकी के.सी. सबैको आँखामा सजिएको म एक सुन्दर फूल आज समाजको कुप्रथाले गलहत्याएर कैद छु छाउगोठमा रजस्वला म जस्ता फूलको प्राकृतिक प्रक्रिया हो सृष्टिको आधार हो आधुनिक युगमा पनि अन्धविश्वासले जेलिएका मान्छेहरू रजस्वलालाई घृणित नजरले हेर्दै कैद गर्छन् छाउगोठमा अन्धविश्वासको शिकारले छाउगोठमा म नजरबन्द भएको बेला जून तिमी रातमा सुस्तरी चियाउन नआउनु किनभने मैले उज्यालो हेर्नु हुन्न झुक्किएर पनि बतास छाउगोठमा नपस्नु किनकि मैले निस्सासिँदै बाँच्नुपर्छ जङ्गली जनावर विषालु गोमन भोकाएका लाहुरे भमराहरू कुसंस्कारको मौकामा चौका हान्न रातमा छाउगोठमा नआउनु मेरो अस्मिता गिजोल्न यतिखेर म सुन्दर फूल प्रकृतिको नियम पालना गर्दै रगतले लपक्क भिजेको छु मेरो यो रक्ताम्य शरीरलाई समाजले अछुतो बनाएको छ अझैँ मैले केही दिन छाउगोठमा बिताउनु छ उज्यालोको स्पर्शबिना हावाको सुवासबिना गोमन जङ्गली जनावर र जङ्गली मानसिकता बोकेर फर्केका तिर्खालु लाहुरे भमराहरूको आहार बनेका आफ्ना आमाहरूको धमिलो ती विगत सम्झेर सुनेको थिए मैले सहरमा फूलहरू रजस्वला हुँदा केक काटेर खुशियाली बाँड्छन रे तागतिला भोजन गर्छन् रे नुहाएर सफा बन्छन् रे आफनै घरको बिस्तारामा सुत्छन् रे आमाको मैलो फरियाको टालो होइन स्यानिटरी प्याड प्रयोग गर्छन रे के थाह ? सहरिया फूलहरूलाई रजस्वला हुँदा छाउगोठमा नजरवन्द मृत्युसित मितेरी गाँसेका गाउँले फूलहरुको व्यथा !!
काठमाण्डौँ, माघ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
photo: social media अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू –
[१] सडक गरिबको घर प्राणी एकअर्कामा निर्भर !
वसन्त अनुभव, घोराही, दाङ
[२] मान्छे खुल्ला आकास पशुसँगै सडकको बास !
भुपेन्द्र राना मगर, धादिङ
[३] अनाथ हातमा भाग्य भेट्न सकिन्छ सौभाग्य !
म्यामराज राई, भोजपुर
[४] विवशता खुला आकाशमुनि भोक तिर्खा अलग !
निर्मला सुबेदी, बागलुङ
[५] आर्तनाद मनभित्र वेदना यही हो साम्यवाद !
देवी पन्थी
[६] सम्बन्ध मालिक कुकुर सँगसँगै पुग्छन् सहर !
राजेन्द्रकुमार बज्राचार्य, काठमाण्डौँ
[७] संसार विचित्रताकाे आवास मान्छे पशुमा एकता !
राेशन पराजुली, धरान
[८] जिन्दगी बिधाताको खेल राज्यले मिलाएन तालमेल !
ऋजु दिल्पाली, ईटहरी-१, सुनसरी
[९] विपन्नता धर्तीलाई डसना आकाशलाई सिरक वनाउने !
अमृत सुवेदी, रुपा सात, कास्की
[१०] जीवन खुल्ला आकाश सम्बन्ध अन्यका साथ !
पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’ पनौती न.पा.-३,काभ्रे
[११] बाध्यता प्राणीमा निर्भरता गरिबको अनेक विवशता !
मिलन के.सी.(थापा), पोखरा
[१२] मानव हेर्दछ बिचल्ली पशुले दिन्छ सहारा !
सीता पान्डेय मरासिनी तम्घास, गुल्मी
[१३] मानवता हराउँदै जाँदा कुकुर बन्यो साहारा !
तेजप्रसाद खनाल, लमही, दाङ
[१४] बाध्यता हजारौँ सङ्घर्ष भोको पेटका लागि !
प्रेम थापा ‘मन’, बागलुङ
[१५] सडक दिन्छ बास मानिस कुकुर एकसाथ !
धर्मी शाक्य, बुटवल, रुपन्देही
[१६] सहर धनीको कथा कैयौँ गरिबको यथा !
अच्युत घिमिरे, भुटान
[१७] वेदना प्राणी समान अदृश्य प्रेम चेतना !
प्रभादेवी पौडेल भरतपुर-९, चितवन
[१८] आर्तनाद मनभित्रको पीडा आँखामा आँसुको सागर !
आर्त अकुलीन, कैलाली
[१९] कुकुर स्वामी रक्षक मालिकको छाडेन साथ !
ईमानसिंह राई, भोजपुर
[२०] परिस्थिती गरिबको जिन्दगी पशु मानिस बराबरी !
सरिता सेढाई
[२१] सहारा जनावरको साथ सडकको जीवन दर्दनाक !
इन्दिरा देवकोटा, कपिलवस्तु
[२२] बेसहारा आफ्नै संसार भिडभाड कुकुर साथी !
बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’ कनकाई-४, झापा
[२३] शहर सडकको बिचमा एक अर्कामा निर्भर !
सरस्वती वली
[२४] जिन्दगी सडकको बास सास छ्ञ्जेलको आस!
बुद्धिप्रसाद लामिछाने, कैलाली
[२५] साहारा नाङ्गो सडक दुःख बिसाउने ठाउँ !
होम प्र. नेउपाने, धरान, सुनसरी
[२६] कुकुर बफादार प्राणी बारम्बार मालिकको निगरानी !
शारदा आचार्य, ललितपुर
[२७] छ कुकुरको साथ छैन जीवनमा त्रास !
रमेश मानन्धर
[२८] विश्राम निलो आकाश मानिस कुकुरको साथ !
समुन्द्रा शर्मा, सुनसरी
[२९] प्रकृति प्राणीको घर आत्मियता र एकता !
डि पी दोभान, कैलाली
[३०] सहारा पशुको माया चिसो भुइँको आनन्द !
अम्बिका अधिकारी, झापा, बिर्तामोड
[३१] प्राणी खुला धर्ती एकअर्कालाई जीवनको आस !
घनश्याम पौडेल, गौरीगङ्गा नगरपालिका-९, कैलाली
[३२] विवश स्वान सिरानी सडक नरम शय्या !
गोपालप्रसाद पौड्याल, विराटनगर
[३३] कुकुर मानवभन्दा असल मानवमा मानवता हराएपछि !
रमेश प्रभात, चितवन
[३४] घर खुल्ला आकाश प्राणी एकअर्काको विस्वास !
प्रद्युम्न चालिसे, भक्तपुर, कटुञ्जे
[३५] गौण अनाथको जीवन सडक शहर मौन !
बिके माकजु, भक्तपुर
[३६] प्राणी प्रेमिल सहनशीलता स्वजातीय भिडको उपेक्षा !
कण्ठराज गिरी, टीकापुर, कैलाली
[३७] मित्रता सजीव प्राणी एक अर्कोमा आत्मियता !
बिमला पोख्रेल, अर्घाखाँची
[३८] जनता सडकको बास संसदमा ताण्डव नृत्य !
राजाराम रत्गैंया, अमौरा, कैलाली
[३९] जिन्दगी मित्रताको साथ विवशता आत्मिक सन्तुष्टि !
रुपा भट्टराई, जुम्ला
[४०] आकाश प्राणीको वासस्थान एकापसमा प्रेम सद्भाव !
त्रिलोक रामदाम भैरहवा-८, रुपन्देही
[४१] शहर छैन मानवता कुकुर छ महानता ! -:धनमाया चौधरी, कैलाली
[४२] विश्वास साथ उसैको कठिनाइमा साथ जसको !
सिङ्गर विशाल, कोहलपुर, बाँके
[४३] बेसहारा छैनन् कोही कुकुर असल साथी !
प्रदिप नेपाली बिहादी-५, उराम, पर्वत
[४४] नाथ छु अनाथ प्रभु पाऊँ साथ !
रसज्ञ छहरा कावासोती-३ नवलपुर, नेपाल
[४५] प्राणी सहारामा जीवन प्रकृतिको अनुपम उपहार !
सविता के.सी., काठमाडौँ
[४६] सम्बन्ध पिडामा गाँसिएको देखियो भाग्यले ठगिएको !
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा-६, संखुवासभा
[४७] जीवन सडककाे बास आखिर पशु मानवसँगै !
भावना मञ्जु
[४८] साहारा सडकमा सर्वहारा दुबै जगतका बेसाहारा !
हिमाल अम्मै, घोडाघोडी, कैलाली
[४९] परस्पर गहिरो माया पशु मानिस सुखी !
टीकाराम जाेशी, टीकापुर
[५०] मित्रता दु:खमा साथ मानव पशुको सम्बन्ध ! -:श्रद्धा आचार्य, पोखरा
[५१] सडकछाप फराकिलाे मन कुकुरझैँ लावारिस जीवन !
ताराप्रसाद चापागाई, धुनिबेसी, धादिङ
[५२] सम्झौता बाच्नको लागि नाङ्गो आकास बाध्यता !
दुर्गा आचार्य, मोरङ
[५३] ममता मान्छेकाे साथी इमानदार प्रिय कुकुर !
टङ्कबहादुर आलेमगर त्रियुगा नगरपालिका-११, उदयपुर
[५४] जीवन लमपसार बाटोमा बेसाहारा कुकुर साथी !
सम्झना ‘कुसुम’, जापान
[५५] पशु नि:स्वार्थी मित्र स्वार्थी मानव दुनियाँ !
राम बहादुर चौधरी जानकी-५, कैलाली ( हाल: गोरखा )
[५६] बेसहारा मानव रक्षक सडकमा कुकुर साथी ।
राजकुमार राजभण्डारी ‘खाेटाङ्गे’ मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर
काठमाण्डौँ, माघ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८८ औँ भाग गत शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
photo: social media अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू –
[१] राजनीति घिनौनो खेल देशभक्त सधैँ फेल ! 🌑वसन्त अनुभव घोराही, दाङ [२] देशभक्त सदैव पोख्त इमान्दार ठगिँदै ध्वस्त ! 🌑जमुना कायस्थ, पोखरा [३] राजनीति बिग्रेको नीति राज्य अभावको विधि! 🌑टीकाराम पुन ‘टिपु’, सल्यान [४] राजनीति सत्य छोपाछोप असत्य हुनेछ लोप ! 🌑अच्युत घिमिरे, भुटान [५] राजनीति असत्य अधर्मीको विजय हुने निसर्मीको ! 🌑अमृत सुवेदी, रुपासात, कास्की [६] राजनीति जालझेलको खेल कहिल्यै नमिल्ने तालमेल ! 🌑अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा-६, संखुवासभा [७] राजनीति फोहोर खेल सत्ता पक्षको जालझेल ! 🌑मङ्गला उपाध्याय, बारा [८] राजनीति फोहोरी खेल जताततै ठुलो बेथिति। 🌑पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’ पनौती न.पा.-३,काभ्रे [९] चलखेल चौतर्फी अन्धकार औँसीको रातमा बागडोर ! 🌑आर्त अकुलीन, कैलाली [१०] मियो एकताको सूत्र बनाउँदै उज्यालोविहीन दियो ! 🌑हिमाल अम्मै, घोडाघोडी, कैलाली [११] राजनिती कमाउने भाँडो जनतालाई झुक्काउने खेल ! 🌑बिमला पोख्रेल, अर्घाखाँची [१२] षडयन्त्र सत्ताका लागि फोहरीले फुक्ने मन्त्र ! 🌑शारदा आचार्य, ललितपुर [१३] राजनीति होइन अनौठो नेताले गरिरह्यो जालझेल ! 🌑नारायण कोइराला, तानसेन, पाल्पा [१४] राजनीति अनौठो चलखेल सतिले सरापेको देश । 🌑समुन्द्रा शर्मा, सुनसरी [१५] नेता देशका घृणित जनताको नजरमा क्षणिक ! 🌑विक्रम तिरूवा सलिन, जुम्ला [१६] मानव सबैका लागि कानुन बराबर हुने ! 🌑कमलराज बिष्ट मगर,(पश्चिम)रुकुम [१७] देश फिरौटी भेष चल्दैछ राजनीति रेस ! 🌑सागर कुस्मी, कैलाली [१८] राजनीति हुँदै गएको गरी खाने भाँडो ! 🌑सुशिला पौडेल, काठमाडौँ [१९] राजनीति फोहोरी खेल तानातान अनि जालझेल ! 🌑इमानसिंह राई, अमाचोक, भोजपुर [२०] राजनीति कु-नीतिमा परिणति नेतृत्वकाे बिग्रेको मति ! 🌑प्रद्युम्न चालिसे, कटुञ्जे, भक्तपुर [२१] भाषण सधै जालझेल सत्ता हत्याउने खेल ! 🌑ऋजु दिल्पाली, इटहरी-१, सुनसरी [२२] राजनिती फोहोरी खेल भ्रष्ट तस्करीको जालझेल ! 🌑सरीता सेढाइ, धादिङ [२३] राजनीति सधैँ जालझेल व्यक्तिगत स्वार्थमा तालमेल ! 🌑राजाराम रत्गैंया, अमौरा, कैलाली [२४] राजनीति सर्बज्ञानी नेतृत्व नियन्त्रित राष्ट्रकाे बेथिति ! 🌑नारायणप्रसाद उपाध्याय, कैलाली [२५] चौतर्फी मेरो जन्मभूमि नेता भएका विमुख ! 🌑सम्झना कुवँर ‘कुसुम’, जापान [२६] नीतिगत झेल फगत अवस्था गम्भिर अवगत ! 🌑जमुना आचार्य, सिन्धुपाल्चोक [२७] नेता चुनाव जिते नागरीकताको अभावमा एता ! 🌑सुमित्रा पोखरेल, काठमाडौँ [२८] राष्ट्रसेवक भएका अनागरिक आफ्नै प्यारो जन्मभूमिमा ! 🌑दुर्गा भमरकोटे, काठमाडौँ [२९] जनता निराश चौतर्फी भ्रष्टले बाँडीरहेका बर्फी ! 🌑तेजप्रसाद खनाल, लमही, दाङ [३०] राजनीति नीतिको राज यहाँ देख्नेलाई लाज । 🌑म्यामराज राई, भोजपुर [३१] राजनीति सदा जालझेल प्रणाली विहिन खेल! 🌑कमला देवकोटा, पाल्पा [३२] न्याय अल्मलिएकाे देशमा जनता कतिञ्जेल झुक्किने 🌑राेशन पराजुली, धरान [३३] नेता राजनीतिको फेटा चर्काउने देशको व्यथा ! 🌑सरस्वती श्रेष्ठ, रूपन्देही, बुट्वल [३४] राजनीति सत्ताको खेल एक अर्कामा ठेलमठेल ! 🌑डम्बर थामी ‘अनुपम’ कालिञ्चोक गा.पा.-६, दोलखा [३५] राजनीति अस्थिर चाहाना देशभक्त निकाल्ने बाहाना ! 🌑सविता के.सी., काठमाडौँ [३६] राजनिती भ्रष्टाचारको खेती शहिदको रगतको क्षती ! 🌑 पशपति राई, खोटाङ्ग [३७] राजनीती नेताको भाषण गरिबको नहुने रासन ! 🌑त्रिलोक रामदाम, भैरहवा, रुपन्देही [८८] राजनीति घिनलाग्दो खेल सच्चा नागरिक फेल ! 🌑दुर्गा भट्टराई, मोरङ [३९] नेता भाषण चर्को खोतल्दै जाँदा लर्को ! 🌑धर्मी शाक्य, बुटवल, रुपन्देही [४०] राजनीति राज्यको सुशासन भ्रष्टाचारको घृणित बेथिति ! 🌑 दुर्गा भट्टराई, मोरङ [४१] उदक राजनीति भाँडभैलोको स्थिति तिथि न मिति ! 🌑प्रेम थापा, बागलुङ [४२] अदालत समान कानुन फाेहाेरी राजनीतिक खेल ! 🌑श्रद्धा आचार्य, पोखरा [४३] नेता राजनीति भाषण दस्तावेजमा मात्र सुधार ! 🌑सोमनाथ लुइटेल, बर्दिया [४४] राजनीति फोहोरी खेल जालझेल जनतामा सास्ती ! 🌑अम्बिका अधिकारी, झापा [४५] बोली भोटको झोली झोली भर्छ भोलि ! 🌑गोपेन्द्र रिजाल, पाँचथर [४६] नेता आफै जान्ने अरूको राम्रो अमान्य ! 🌑चक्र शाही, कैलाली [४७] राजनीति नेताको खेल जनता सधैँ पीडामा ! 🌑प्रदीप नेपाली, पर्वत [४८] राजनीति कानुनविनाको खेल नेताहरू गर्दै जालझेल ! 🌑खेमराज पुरी, कैलाली [४९] राजनीति अदालतले हस्तक्षेप सत्तामा राम्रो फेस ! 🌑मङ्गला उपाध्याय, बारा [५०] वेथिती नेपालको नीति भ्रष्ट नेताका राजनीति ! 🌑भगवती दवाडी, दमक, झापा [५१] राजनीति किन जालझेल सत्ता हत्याउने मेल ! 🌑दुर्गा आचार्य, मोरङ [५२] नेतृत्व घिनौना खेलाडी कुरा गर्छन् जाली ! 🌑रमा पन्त, पाल्पा [५३] राजनीति चोर भ्रष्टहरूको जिन्दगी सपार्ने बाटो ! 🌑अन्जिता राउत, सोलुखुम्बु [५४] राजनीति ढाटीछलीको खेल गरिबको टाउकोमा तेल ! 🌑होमप्रसाद न्यौपाने, सुनसरी [५५] राजनीति नेपालको गतिविधि घृणित नियम प्रवृत्ति ! 🌑रामप्रसाद पुरी, खोटाङ ५६ राजनीति कुरूप आकृति चौतर्फी कुरूप बिचार ! 🌑कविता आचार्य, कैलाली