
काठमाण्डौँ, माघ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८८ औँ भाग गत शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

photo: social media
अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू –
[१]
राजनीति
घिनौनो खेल
देशभक्त सधैँ फेल !
🌑वसन्त अनुभव
घोराही, दाङ
[२]
देशभक्त
सदैव पोख्त
इमान्दार ठगिँदै ध्वस्त !
🌑जमुना कायस्थ, पोखरा
[३]
राजनीति
बिग्रेको नीति
राज्य अभावको विधि!
🌑टीकाराम पुन ‘टिपु’, सल्यान
[४]
राजनीति
सत्य छोपाछोप
असत्य हुनेछ लोप !
🌑अच्युत घिमिरे, भुटान
[५]
राजनीति
असत्य अधर्मीको
विजय हुने निसर्मीको !
🌑अमृत सुवेदी, रुपासात, कास्की
[६]
राजनीति
जालझेलको खेल
कहिल्यै नमिल्ने तालमेल !
🌑अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[७]
राजनीति
फोहोर खेल
सत्ता पक्षको जालझेल !
🌑मङ्गला उपाध्याय, बारा
[८]
राजनीति
फोहोरी खेल
जताततै ठुलो बेथिति।
🌑पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती न.पा.-३,काभ्रे
[९]
चलखेल
चौतर्फी अन्धकार
औँसीको रातमा बागडोर !
🌑आर्त अकुलीन, कैलाली
[१०]
मियो
एकताको सूत्र
बनाउँदै उज्यालोविहीन दियो !
🌑हिमाल अम्मै, घोडाघोडी, कैलाली
[११]
राजनिती
कमाउने भाँडो
जनतालाई झुक्काउने खेल !
🌑बिमला पोख्रेल, अर्घाखाँची
[१२]
षडयन्त्र
सत्ताका लागि
फोहरीले फुक्ने मन्त्र !
🌑शारदा आचार्य, ललितपुर
[१३]
राजनीति
होइन अनौठो
नेताले गरिरह्यो जालझेल !
🌑नारायण कोइराला, तानसेन, पाल्पा
[१४]
राजनीति
अनौठो चलखेल
सतिले सरापेको देश ।
🌑समुन्द्रा शर्मा, सुनसरी
[१५]
नेता
देशका घृणित
जनताको नजरमा क्षणिक !
🌑विक्रम तिरूवा सलिन, जुम्ला
[१६]
मानव
सबैका लागि
कानुन बराबर हुने !
🌑कमलराज बिष्ट मगर,(पश्चिम)रुकुम
[१७]
देश
फिरौटी भेष
चल्दैछ राजनीति रेस !
🌑सागर कुस्मी, कैलाली
[१८]
राजनीति
हुँदै गएको
गरी खाने भाँडो !
🌑सुशिला पौडेल, काठमाडौँ
[१९]
राजनीति
फोहोरी खेल
तानातान अनि जालझेल !
🌑इमानसिंह राई, अमाचोक, भोजपुर
[२०]
राजनीति
कु-नीतिमा परिणति
नेतृत्वकाे बिग्रेको मति !
🌑प्रद्युम्न चालिसे, कटुञ्जे, भक्तपुर
[२१]
भाषण
सधै जालझेल
सत्ता हत्याउने खेल !
🌑ऋजु दिल्पाली, इटहरी-१, सुनसरी
[२२]
राजनिती
फोहोरी खेल
भ्रष्ट तस्करीको जालझेल !
🌑सरीता सेढाइ, धादिङ
[२३]
राजनीति
सधैँ जालझेल
व्यक्तिगत स्वार्थमा तालमेल !
🌑राजाराम रत्गैंया, अमौरा, कैलाली
[२४]
राजनीति
सर्बज्ञानी नेतृत्व
नियन्त्रित राष्ट्रकाे बेथिति !
🌑नारायणप्रसाद उपाध्याय, कैलाली
[२५]
चौतर्फी
मेरो जन्मभूमि
नेता भएका विमुख !
🌑सम्झना कुवँर ‘कुसुम’, जापान
[२६]
नीतिगत
झेल फगत
अवस्था गम्भिर अवगत !
🌑जमुना आचार्य, सिन्धुपाल्चोक
[२७]
नेता
चुनाव जिते
नागरीकताको अभावमा एता !
🌑सुमित्रा पोखरेल, काठमाडौँ
[२८]
राष्ट्रसेवक
भएका अनागरिक
आफ्नै प्यारो जन्मभूमिमा !
🌑दुर्गा भमरकोटे, काठमाडौँ
[२९]
जनता
निराश चौतर्फी
भ्रष्टले बाँडीरहेका बर्फी !
🌑तेजप्रसाद खनाल, लमही, दाङ
[३०]
राजनीति
नीतिको राज
यहाँ देख्नेलाई लाज ।
🌑म्यामराज राई, भोजपुर
[३१]
राजनीति
सदा जालझेल
प्रणाली विहिन खेल!
🌑कमला देवकोटा, पाल्पा
[३२]
न्याय
अल्मलिएकाे देशमा
जनता कतिञ्जेल झुक्किने
🌑राेशन पराजुली, धरान
[३३]
नेता
राजनीतिको फेटा
चर्काउने देशको व्यथा !
🌑सरस्वती श्रेष्ठ, रूपन्देही, बुट्वल
[३४]
राजनीति
सत्ताको खेल
एक अर्कामा ठेलमठेल !
🌑डम्बर थामी ‘अनुपम’
कालिञ्चोक गा.पा.-६, दोलखा
[३५]
राजनीति
अस्थिर चाहाना
देशभक्त निकाल्ने बाहाना !
🌑सविता के.सी., काठमाडौँ
[३६]
राजनिती
भ्रष्टाचारको खेती
शहिदको रगतको क्षती !
🌑 पशपति राई, खोटाङ्ग
[३७]
राजनीती
नेताको भाषण
गरिबको नहुने रासन ! 🌑त्रिलोक रामदाम, भैरहवा, रुपन्देही
[८८]
राजनीति
घिनलाग्दो खेल
सच्चा नागरिक फेल !
🌑दुर्गा भट्टराई, मोरङ
[३९]
नेता
भाषण चर्को
खोतल्दै जाँदा लर्को !
🌑धर्मी शाक्य, बुटवल, रुपन्देही
[४०]
राजनीति
राज्यको सुशासन
भ्रष्टाचारको घृणित बेथिति !
🌑 दुर्गा भट्टराई, मोरङ
[४१]
उदक
राजनीति
भाँडभैलोको स्थिति
तिथि न मिति !
🌑प्रेम थापा, बागलुङ
[४२]
अदालत
समान कानुन
फाेहाेरी राजनीतिक खेल !
🌑श्रद्धा आचार्य, पोखरा
[४३]
नेता
राजनीति भाषण
दस्तावेजमा मात्र सुधार !
🌑सोमनाथ लुइटेल, बर्दिया
[४४]
राजनीति
फोहोरी खेल
जालझेल जनतामा सास्ती !
🌑अम्बिका अधिकारी, झापा
[४५]
बोली
भोटको झोली
झोली भर्छ भोलि !
🌑गोपेन्द्र रिजाल, पाँचथर
[४६]
नेता
आफै जान्ने
अरूको राम्रो अमान्य !
🌑चक्र शाही, कैलाली
[४७]
राजनीति
नेताको खेल
जनता सधैँ पीडामा !
🌑प्रदीप नेपाली, पर्वत
[४८]
राजनीति
कानुनविनाको खेल
नेताहरू गर्दै जालझेल !
🌑खेमराज पुरी, कैलाली
[४९]
राजनीति
अदालतले हस्तक्षेप
सत्तामा राम्रो फेस !
🌑मङ्गला उपाध्याय, बारा
[५०]
वेथिती
नेपालको नीति
भ्रष्ट नेताका राजनीति !
🌑भगवती दवाडी, दमक, झापा
[५१]
राजनीति
किन जालझेल
सत्ता हत्याउने मेल !
🌑दुर्गा आचार्य, मोरङ
[५२]
नेतृत्व
घिनौना खेलाडी
कुरा गर्छन् जाली !
🌑रमा पन्त, पाल्पा
[५३]
राजनीति
चोर भ्रष्टहरूको
जिन्दगी सपार्ने बाटो !
🌑अन्जिता राउत, सोलुखुम्बु
[५४]
राजनीति
ढाटीछलीको खेल
गरिबको टाउकोमा तेल !
🌑होमप्रसाद न्यौपाने, सुनसरी
[५५]
राजनीति
नेपालको गतिविधि
घृणित नियम प्रवृत्ति !
🌑रामप्रसाद पुरी, खोटाङ
५६
राजनीति
कुरूप आकृति
चौतर्फी कुरूप बिचार !
🌑कविता आचार्य, कैलाली

