साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८९ औँ भाग शनिबार सम्पन्न

  • २२ माघ २०७९, आईतवार ०३:०६ मा प्रकाशित
  • काठमाण्डौँ, माघ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    photo: social media
    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू –

    [१]
    सडक
    गरिबको घर
    प्राणी एकअर्कामा निर्भर !

    • वसन्त अनुभव, घोराही, दाङ

    [२]
    मान्छे
    खुल्ला आकास
    पशुसँगै सडकको बास !

    • भुपेन्द्र राना मगर, धादिङ

    [३]
    अनाथ
    हातमा भाग्य
    भेट्न सकिन्छ सौभाग्य !

    • म्यामराज राई, भोजपुर

    [४]
    विवशता
    खुला आकाशमुनि
    भोक तिर्खा अलग !

    • निर्मला सुबेदी, बागलुङ

    [५]
    आर्तनाद
    मनभित्र वेदना
    यही हो साम्यवाद !

    • देवी पन्थी

    [६]
    सम्बन्ध
    मालिक कुकुर
    सँगसँगै पुग्छन् सहर !

    • राजेन्द्रकुमार बज्राचार्य, काठमाण्डौँ

    [७]
    संसार
    विचित्रताकाे आवास
    मान्छे पशुमा एकता !

    • राेशन पराजुली, धरान

    [८]
    जिन्दगी
    बिधाताको खेल
    राज्यले मिलाएन तालमेल !

    • ऋजु दिल्पाली, ईटहरी-१, सुनसरी

    [९]
    विपन्नता
    धर्तीलाई डसना
    आकाशलाई सिरक वनाउने !

    • अमृत सुवेदी, रुपा सात, कास्की

    [१०]
    जीवन
    खुल्ला आकाश
    सम्बन्ध अन्यका साथ !

    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३,काभ्रे

    [११]
    बाध्यता
    प्राणीमा निर्भरता
    गरिबको अनेक विवशता !

    • मिलन के.सी.(थापा), पोखरा

    [१२]
    मानव
    हेर्दछ बिचल्ली
    पशुले दिन्छ सहारा !

    • सीता पान्डेय मरासिनी
      तम्घास, गुल्मी

    [१३]
    मानवता
    हराउँदै जाँदा
    कुकुर बन्यो साहारा !

    • तेजप्रसाद खनाल, लमही, दाङ

    [१४]
    बाध्यता
    हजारौँ सङ्घर्ष
    भोको पेटका लागि !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [१५]
    सडक
    दिन्छ बास
    मानिस कुकुर एकसाथ !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [१६]
    सहर
    धनीको कथा
    कैयौँ गरिबको यथा !

    • अच्युत घिमिरे, भुटान

    [१७]
    वेदना
    प्राणी समान
    अदृश्य प्रेम चेतना !

    • प्रभादेवी पौडेल
      भरतपुर-९, चितवन

    [१८]
    आर्तनाद
    मनभित्रको पीडा
    आँखामा आँसुको सागर !

    • आर्त अकुलीन, कैलाली

    [१९]
    कुकुर
    स्वामी रक्षक
    मालिकको छाडेन साथ !

    • ईमानसिंह राई, भोजपुर

    [२०]
    परिस्थिती
    गरिबको जिन्दगी
    पशु मानिस बराबरी !

    • सरिता सेढाई

    [२१]
    सहारा
    जनावरको साथ
    सडकको जीवन दर्दनाक !

    • इन्दिरा देवकोटा, कपिलवस्तु

    [२२]
    बेसहारा
    आफ्नै संसार
    भिडभाड कुकुर साथी !

    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई-४, झापा

    [२३]
    शहर
    सडकको बिचमा
    एक अर्कामा निर्भर !

    • सरस्वती वली

    [२४]
    जिन्दगी
    सडकको बास
    सास छ्ञ्जेलको आस!

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [२५]
    साहारा
    नाङ्गो सडक
    दुःख बिसाउने ठाउँ !

    • होम प्र. नेउपाने, धरान, सुनसरी

    [२६]
    कुकुर
    बफादार प्राणी
    बारम्बार मालिकको निगरानी !

    • शारदा आचार्य, ललितपुर

    [२७]

    कुकुरको साथ
    छैन जीवनमा त्रास !

    • रमेश मानन्धर

    [२८]
    विश्राम
    निलो आकाश
    मानिस कुकुरको साथ !

    • समुन्द्रा शर्मा, सुनसरी

    [२९]
    प्रकृति
    प्राणीको घर
    आत्मियता र एकता !

    • डि पी दोभान, कैलाली

    [३०]
    सहारा
    पशुको माया
    चिसो भुइँको आनन्द !

    • अम्बिका अधिकारी, झापा, बिर्तामोड

    [३१]
    प्राणी
    खुला धर्ती
    एकअर्कालाई जीवनको आस !

    • घनश्याम पौडेल, गौरीगङ्गा नगरपालिका-९, कैलाली

    [३२]
    विवश
    स्वान सिरानी
    सडक नरम शय्या !

    • गोपालप्रसाद पौड्याल, विराटनगर

    [३३]
    कुकुर
    मानवभन्दा असल
    मानवमा मानवता हराएपछि !

    • रमेश प्रभात, चितवन

    [३४]
    घर
    खुल्ला आकाश
    प्राणी एकअर्काको विस्वास !

    • प्रद्युम्न चालिसे, भक्तपुर, कटुञ्जे

    [३५]
    गौण
    अनाथको जीवन
    सडक शहर मौन !

    • बिके माकजु, भक्तपुर

    [३६]
    प्राणी
    प्रेमिल सहनशीलता
    स्वजातीय भिडको उपेक्षा !

    • कण्ठराज गिरी, टीकापुर, कैलाली

    [३७]
    मित्रता
    सजीव प्राणी
    एक अर्कोमा आत्मियता !

    • बिमला पोख्रेल, अर्घाखाँची

    [३८]
    जनता
    सडकको बास
    संसदमा ताण्डव नृत्य !

    • राजाराम रत्गैंया, अमौरा, कैलाली

    [३९]
    जिन्दगी
    मित्रताको साथ
    विवशता आत्मिक सन्तुष्टि !

    • रुपा भट्टराई, जुम्ला

    [४०]
    आकाश
    प्राणीको वासस्थान
    एकापसमा प्रेम सद्भाव !

    • त्रिलोक रामदाम
      भैरहवा-८, रुपन्देही

    [४१]
    शहर
    छैन मानवता
    कुकुर छ महानता !
    -:धनमाया चौधरी, कैलाली

    [४२]
    विश्वास
    साथ उसैको
    कठिनाइमा साथ जसको !

    • सिङ्गर विशाल, कोहलपुर, बाँके

    [४३]
    बेसहारा
    छैनन् कोही
    कुकुर असल साथी !

    • प्रदिप नेपाली
      बिहादी-५, उराम, पर्वत

    [४४]
    नाथ
    छु अनाथ
    प्रभु पाऊँ साथ !

    • रसज्ञ छहरा
      कावासोती-३ नवलपुर, नेपाल

    [४५]
    प्राणी
    सहारामा जीवन
    प्रकृतिको अनुपम उपहार !

    • सविता के.सी., काठमाडौँ

    [४६]
    सम्बन्ध
    पिडामा गाँसिएको
    देखियो भाग्यले ठगिएको !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा

    [४७]
    जीवन
    सडककाे बास
    आखिर पशु मानवसँगै !

    • भावना मञ्जु

    [४८]
    साहारा
    सडकमा सर्वहारा
    दुबै जगतका बेसाहारा !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [४९]
    परस्पर
    गहिरो माया
    पशु मानिस सुखी !

    • टीकाराम जाेशी, टीकापुर

    [५०]
    मित्रता
    दु:खमा साथ
    मानव पशुको सम्बन्ध !
    -:श्रद्धा आचार्य, पोखरा

    [५१]
    सडकछाप
    फराकिलाे मन
    कुकुरझैँ लावारिस जीवन !

    • ताराप्रसाद चापागाई, धुनिबेसी, धादिङ

    [५२] सम्झौता बाच्नको लागि नाङ्गो आकास बाध्यता !

    • दुर्गा आचार्य, मोरङ

    [५३]
    ममता
    मान्छेकाे साथी
    इमानदार प्रिय कुकुर !

    • टङ्कबहादुर आलेमगर
      त्रियुगा नगरपालिका-११, उदयपुर

    [५४]
    जीवन
    लमपसार बाटोमा
    बेसाहारा कुकुर साथी !

    • सम्झना ‘कुसुम’, जापान

    [५५]
    पशु
    नि:स्वार्थी मित्र
    स्वार्थी मानव दुनियाँ !

    • राम बहादुर चौधरी
      जानकी-५, कैलाली ( हाल: गोरखा )

    [५६]
    बेसहारा
    मानव रक्षक
    सडकमा कुकुर साथी ।

    • राजकुमार राजभण्डारी ‘खाेटाङ्गे’
      मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर

    [५७]
    जीवन
    अनन्त यात्रा
    परिस्थिति समयको खेल!

    • राम न्यौपाने, कैलाली

    [५८]
    मझधार
    भातृत्व अभाव
    सहारा सिरानी जनावर !

    • जमुना कायस्थ, पोखरा

    [५९]
    अनाथ
    दैवको खटन
    परस्पर प्रेमको सहरा !

    • सावित्री अधिकारी

    [६०]
    आत्मा
    पर्दा राहत
    मिल्छ सबैको साथ !

    • टीकाराम पुन ‘टिपु’, सल्यान

    [६१]
    मित्रता
    दुबै प्राणी
    कुकुर मान्छेको सिरानी !

    • सरस्वती श्रेष्ठ, रूपन्देही, बुट्वल

    [६२]
    संसार
    बाँच्नलाई पनि
    कुकुरको साथ आवश्यक !

    • उर्मिला के.सी.,धनकुटा

    [६३]
    भीड
    नहुने वास्ता
    आफ्नै खोजीमा रास्ता !

    • जमुना आचार्य, सिन्धुपाल्चोक

    [६४]
    अनाथ
    जिन्दगी आहत
    कसैले दिन्नन् राहत !

    • सुरेश विश्वकर्मा, डोटी

    [६५]
    विवशता
    सडकको जीवन
    जीवन एक चिन्तन !

    • कविता आचार्य, कैलाली

    Leave a Reply