• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १३६

  • २४ चैत्र २०८२, मंगलवार १२:५३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय छत्तीसौ हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/११/०७
    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३६[एकसय छत्तीसौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल
    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी
    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    प्रजातन्त्र विशेष पञ्चाङ्ग

    पञ्चाङ्ग:०१

    शान्ति,सुव्यवस्था कायम हुँदै आओस् देशमा

    मनको अशान्ति सबै हटेर जाओस् देशमा

    प्रजातन्त्र दिवसको म दिन्छु शुभकामना,

    प्रगतिको पाइला सधैंअघि लाओस् देशमा

    यस दिवसको आशिष पूर्ण छाओस् देशमा।

    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    प्रजातन्त्र पनि आएको छ देशमा
    बेथिति झनै मौलाएको छ देशमा
    बेरोजगारले युवा पलायनले ,
    जनताले दु:ख पाएको छ देशमा
    सबैमा निराशा छाएको छ देशमा ।
    -दुर्गा भट्टराई
    मोरङ

    पञ्चाङ्ग :०३
    लाेकतन्त्र भनेकाे कसरी भक्षक भयो र देश जल्याे प्रभु !
    लाेकतन्त्रमा पनि निहत्था विद्यार्थी माथि झन् गाेली चल्यो प्रभु!
    कहिल्यै नफल्ने फाेस्राे प्रजातन्त्र मान्न हामी बाध्य भएका छाैं,
    ताजा जनादेश धेरै पटक भयाे जनतालाई छल्यो प्रभु!
    स्वार्थी राजनीतिले गर्दा सरकार स्थिर भएन ढल्याे प्रभु !
    -प्रधुम्न चालिसे

    पञ्चाङ्ग:०४
    प्रजातन्त्र आयो जनताले के पाए देशमा
    सोझा र गरिब जनताले के खाए देशमा
    चुनेर पठाएका शक्तिका सधैँ कुरा ठुला,
    गल्लि र चोकमा जनताले के गाए देशमा
    नाङ्गै देखिन्छन् जनताहरू के लाए देशमा।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०५
    ल्याए तन्त्र र मन्त्र याे मुलुकमा दुःखादि टर्ला भनी
    गर्छन् शासन दीनले र सबकाे सन्ताप हर्ला भनी
    कैयाैँ वर्ष यही भनेर सबले ढाँटेर आए यहाँ,
    दुःखीका घरमाथि तन्त्र जपिए केही त झर्ला भनी
    आशा मात्र गरी प्रजा जन बसे यल्ले त गर्ला भनी।

    ताेयानाथ सुवेदी
    काँडाघारी काठमाडौं।

    पञ्चाङ्ग-०६
    प्रजातन्त्र आएको धेरै भो जनता कहिले जाग्ने हो
    विश्व पुग्यो कहाँ हामी भने कहिले उठेर भाग्ने हो
    कुर्सी त थाकिसक्यो सधैं यौटै नेतालाई बोक्दा बोक्दा,
    नेतालाई भने कुर्सी कहिले छोडौं- छोडौं लाग्ने हो
    सुनको थाली थाप्दै कहिलेसम्म हामी भिख माग्ने हो।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १३५

  • २४ चैत्र २०८२, मंगलवार १२:४८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयपैँतीसौ हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:- २०८२/१०/२९

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३५[एकसय पैँतीसौ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :


    सोमनाथ लुइटेल “रवि पाल्पाली

    गुणनिधि घिमिरे

    सुशीला पाैडेल

    चित्र संकलन


    सुशीला पौडेल

    संकलन

    सुशीला पौडेल

    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण


    भवानी घिमिरे

    पशपती राई

    संरचना


    अनुप्रास :- आफू खुसी

    स्थायी :- आफू खुसी

    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल


    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    ~~~~~

    पञ्चाङ्ग:०१
    हरिया वनमा छहरा देखियो
    चारैतिर हेर्दा पहरा देखियो
    सुन्दर मनमोहक अति हेर्दा,
    टम्म मिलेको लहरा देखियो
    बस्न बनाएको टहरा देखियो।
    -सुशीला पौडेल

    पञ्चाङ्ग::०२
    हरियो प्रकृति सँगको मित छहरा पनि रहेछ
    सँगसँगै मितेरी लगाउने पहरा पनि रहेछ
    रमाइलो उमङ्गले भरिपूर्ण छ मनै लोभ्याउने,
    धुम्न आउँदा समाउँदै जाने लहरा पनि रहेछ
    बस्नको बनाएका वरिपरि टहरा पनि रहेछ।
    -दुर्गा आचार्य
    मोरङ
    पञ्चाङ्ग:०३


    खोलानाला र झरनाको मान हुन्छ
    जलचरको नि सूर्यमा जान हुन्छ
    जलचर थलचर उभयचर ,
    सबै जीवमा आफ्नै खाले भान हुन्छ।
    आ-आफ्नो ठाउँमा सबैको सान हुन्छ।


    -मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग-०४
    झर झर गर्दै तलतिरै झर्ने झर्नाको पानी हेर
    हराभरा बनाइदिन्छ धर्ती कति राम्रो बानी हेर
    भएभरका जीवले पिएका छन्
    तैपनि सिद्धिदैन,
    पानीमै त छ धर्ती भेटिन्न कतै यसको खानी हेर
    पानी नै हो सृष्टि पानी नै हो सृष्टिको जिन्दगानी हेर।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    परिषद्को १८ औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न

  • २२ चैत्र २०८२, आईतवार ०७:२५ मा प्रकाशित
  • दाङ चैत्र २१
    राप्ती साहित्य परिषद् दाङ शाखाको १८औँ वार्षिकोत्सव कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा आधा दर्जन साहित्यिक व्यक्तित्वहरूलाई सम्मान एवम् पुरस्कार समर्पण गरिएको थियोे ।

    राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा भाषा आयोगका निवर्तमान सदस्य तथा वरिष्ठ साहित्यकार डा. अमर गिरीको प्रमुख आतिथ्य र राप्ती साहित्य परिषद केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

    कार्यक्रममा ‘यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार’बाट डा. टीकाराम उदासी, ‘कृष्ण गायत्री प्रज्ञा पुरस्कार’बाट हरि पोख्रेल, ‘नेत्रमोहनादेवी साहित्य पुरस्कार’बाट डिल्लीराज श्रीधर र ‘वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार’बाट खगेश्वर भण्डारीलाई पुरस्कृत गरिएको थियो। त्यसैगरी साहित्यकार तथा लेखक गुरुप्रसाद शर्मा रेग्मी र पुरस्कार संस्थापकहरू मध्येबाट देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका संस्थापक घरपरिवारलाई सम्मान गरिएको थियाे । पुरस्कृत स्रष्टाहरूको परिचय प्रतिभा छनोट समितिका संयोजक राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा दाङ शाखाका सल्लाहकार दीपक शर्मा ‘समीर’ गर्नुभएको थियो ।

    कार्यक्रममा दुई दर्जन बढी कवि एवम् साहित्यकारहरूले काव्य वाचन गर्नुभएको थियो । डा. हिमलाल पन्थी, धनसिंह गिरी, देवेन्द्र रिजाल, शंकर घर्ती मगर, पदमप्रसाद पोखरेल, महेश कुमार न्यौपाने, दीप बहादुर खत्री, कपिल किशोर घिमिरे, वसन्त अनुभव, पुरण शर्मा, नारदप्रसाद भण्डारी, शारदा शर्मा, सुरेशकुमार पाण्डे, डा. लोकराज पराजुली, अनुजा शर्मा संस्कृति लगायत पुरस्कृत स्रष्टा हरि पोख्रेल, डिल्लीराज श्रीधर र खगेश्वर भण्डारीले शुभकामना मन्तव्य सहित रचना वाचन गर्नुभएको थियोे ।

    नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक विभागका निर्देशक तथा पुरस्कृत स्रष्टा डा. टीकाराम उदासी, राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, सल्लाहकार पदमप्रसाद शर्मा, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापा, प्रगतिशील लेखक सङ्घ दाङका अध्यक्ष चन्द्रबहादुर थापा, लेखक सङ्घ दाङका उपाध्यक्ष गोविन्द पौडेल, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, सिस्नोपानी नेपाल दाङ शाखाका अध्यक्ष लोकराज पराजुली, झिल्का साहित्य समाज नेपालका अध्यक्ष एवम् झिल्का प्रवर्तक वसन्त अनुभव लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। त्यसैगरी सम्मानित स्रष्टा गुरुप्रसाद रेग्मी तथा वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका संस्थापक लालबहादुर आरसीले आफ्नो सान्दर्भिक भनाइ राख्नुभएको थियो।

    प्रमुख अतिथिको रूपमा रहनुभएका वरिष्ठ साहित्यकार तथा भाषा आयोगका निवर्तमान सदस्य डा.अमर गिरीले साहित्यकारले साहित्यको विधागत चेतनाका साथसाथै साहित्यको गुणस्तरमा पनि स्रष्टाले ध्यान दिनुपर्ने कुरा बताउनुभएको थियो। विशिष्ट अतिथि रूपमा रहनुभएका राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालले राप्ती साहित्य परिषद्का विभिन्न जिल्लाहरूमा छ वटा शाखा रहेको र सबै शाखाहरू सक्रिय रूपमा अगाडि बढेकोमा आफूलाई गर्व लागेको बताउनुका साथै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

    उक्त अवसरमा वार्षिक कार्यक्रम सञ्चालनमा आर्थिक सहयोग प्रदान गर्ने संस्थाहरू पार्वता स्मृति साहित्य प्रतिष्ठान, घोराही, दाङ र धनलक्ष्मी कानुनी सेवा, घोराही दाङलाई पनि सम्मान गरिएको थियो ।

    सो कार्यक्रममा परिषदका कोषाध्यक्ष सुशीला आचार्यले आर्थिक प्रतिवेदन र सचिव घनश्याम केसीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, वसन्त अनुभव

    राप्ती साहित्य परिषद् दाङद्वारा स्रष्टा सम्मानित तथा पुरस्कृत

  • १८ चैत्र २०८२, बुधबार ०८:२१ मा प्रकाशित
  • दाङ चैत्र १७
    विगतका वर्षहरूमा झैँ यस वर्ष पनि राप्ती साहित्य परिषद् दाङ शाखाले
    यही चैत २१ गते शनिबारको दिन पत्रकार महासङ्घ दाङको सभाहलमा स्रष्टा सम्मान, पुरस्कृत,साधारण सभा तथा साहित्यिक कार्यक्रमहरू गर्ने भएको छ। २०८२ सालको पुरस्कार समर्पणका लागि
    यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट डा टीकाराम उदासी, कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट हरि पोख्रेल, नेत्रमोहनादेवी साहित्य पुरस्कारकाबाट दिल्लीराज श्रीधर र वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट खगेश्वर भण्डारीलाई पुरस्कृत गर्ने भएको छ। त्यसैगरी यस वर्ष विगतका वर्षहरू झैँ साहित्यकार तथा लेखक गुरुप्रसाद शर्मा रेग्मी र पुरस्कार संस्थापकको तर्फबाट देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका संस्थापक लालबहादुर आरसी सम्मान गर्ने भएको छ । माथिका पुरस्कार समर्पणका लागि प्रतिभा छनोट समिति गठन गरिएको थियो। जसको संयोजकमा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ सदस्यहरूमा केन्द्रीय सचिव शारदा शर्मा र राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका निवर्तमान सचिव प्रकाश केसीलाई चयन गरिएको थियो ।
    उक्त दिन साहित्यिक कार्यक्रम पनि गरिने राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीले जानकारी गराउनुभयो।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज, साहित्यTagged वसन्त अनुभव

    राप्ती साहित्य परिषद् दाङ शाखाले स्रष्टा सम्मान, साधारण सभा, साहित्यिक कार्यक्रम गर्ने

  • ४ चैत्र २०८२, बुधबार ०७:४७ मा प्रकाशित
  • दाङ चैत्र ३
    विगतका वर्षहरूमा झैँ यस वर्ष पनि राप्ती साहित्य परिषद् दाङ शाखाले यही चैत २१ गते शनिबारको दिन स्रष्टा सम्मान, साधारण सभा, साहित्यिक कार्यक्रमहरू गर्ने भएको छ।

    २०८२ सालको पुरस्कार प्रदानको लागि प्रतिभा छनोट समिति गठन गरिएको छ। जसको संयोजकमा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ सदस्यहरूमा केन्द्रीय सचिव शारदा शर्मा र राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका निवर्तमान सचिव प्रकाश केसीलाई चयन गरिएको छ। राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङमा विभिन्न व्यक्तिहरूले स्थापना गर्नुभएका चारवटा पुरस्कारहरू रहेका छन् ।

    प्रतिभा छनोट समिति सिफारिस गरेको स्रष्टाहरूलाई पुरस्कृत गर्ने, २/३ जना अग्रज श्रष्टालाई विगतका वर्षहरूमा झैँ सम्मान गर्ने, साधारण सभा तथा साहित्यिक कार्यक्रम गर्ने कुरा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मी बताउनुभयो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged राप्ती साहित्य परिषद्, वसन्त अनुभव

    ७७ औँ छन्द सङ्गम कार्यक्रम सम्पन्न

  • ३० फाल्गुन २०८२, शनिबार १९:०८ मा प्रकाशित
  • राप्ती साहित्य परिषद् जिल्ला शाखाको दाङले ७७ औँ छन्द सङ्गम कार्यक्रम घोराहीमा सम्पन्न गरिएको छ।

    राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम म रेग्मीको अध्यक्षतामा तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
    कार्यक्रममा साहित्यकारहरू गणेश विषम उत्तम कृष्ण मजगैयाँ पुरुषोत्तम खनाल खगराज न्यौपाने यम रेग्मी,
    नारदप्रसाद भण्डारी, महेशकुमार न्यौपाने, नगेन्द्र गुरु, शरद गौतम, रिमा गौतम, वीणा रोका क्षेत्री, कपिलकिशोर धनसिंह गिरी, घिमिरे ,एकराज शर्मा अधिकारी,अनुजा शर्मा “संस्कृति” लगायत छन्द कविहरूले आआफ्नो रचना वाचन गर्नुभएको थियो।

    सो कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य बिसी, प्रगतिशील लेखक दाङका सचिव पुरण शर्मा, त्यसैगरी साहित्यकारहरू रामप्रसाद जैसी, नरेशजङ्ग राणा, देवेन्द्र रिजाल, सुवास न्यौपाने, शंकर मगर, गोपाल भुसाल अभिलाषी, दामोदर पौडेल, दीपबहादुर क्षेत्रीलगायतको गरिमामय उपस्थिति रहेको थियो।
    राप्ती साहित्य परिषद् दाङ शाखाले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि यही चैत २१ गते साधारण सभा, काव्योत्सव, स्रष्टा सम्मान तथा पुरस्कृत गर्ने भएको छ। २०८२ सालको पुरस्कार प्रदानको लागि प्रतिभा छनोट समिति गठन गरिएको छ। जसको संयोजकमा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ सदस्यहरूमा केन्द्रीय सचिव शारदा शर्मा र गीतकार प्रकाश केसीलाई चयन गरिएको छ।
    राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    झिल्का कविता

  • १४ फाल्गुन २०८२, बिहीबार ०६:५१ मा प्रकाशित
  • १)
    पूज्य मेरो गुरु
    ब्रान्डका पिता हजुर
    हजुरबाट सृष्टि सुरु ।
    २)
    उघारी आँखा मेरा
    जहाँतहीँ देखूँ तिमीलाई
    तोडेर सम्पूर्ण घेरा ।
    ३)
    दिनपछि कालो रातमा
    भगवान् शिव छन्
    हरहमेसा मेरो साथमा ।
    ४)
    म भक्त शिवकाे
    उनकै पछि लाग्छु
    कल्याण हुन्छ जीवकाे ।
    ५)
    गुरुका पनि गुरु
    हजुरै त हुनुहुन्छ
    हजुरबाटै काम सुरु ।
    ६)
    माया र स्नेह
    गर्नुहुन्छ आफ्नाे भक्तकाे
    सम्झी आफ्नै देह ।
    ७)
    बनेर म अन्धभक्त
    लागिरहेछु रातदिन सदा
    भएर कट्टर सशक्त ।
    ८)
    लगाई बाघको छाला
    बस्नु हुन्छ ध्यानमा
    पहिरिई रुद्राक्ष माला ।
    ९)
    समातेर डमरु हातमा
    गर्नुहुन्छ उहाँ ध्यान
    केशरी जटाका साथमा ।
    १०)
    सारा पृथ्वी चलाउने
    सृष्टिदाता भगवान् उनै
    पापीलाई सिधैँ जलाउने ।
    ✍️
    ईश्वर साउद(भिक्षु )
    रामाराेशन गाउपालिका ६ सुदुरपश्चिम अछाम

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged ईश्वर साउद, झिल्का कविता, वसन्त अनुभव

    राप्ती साहित्य परिषद् दाङद्वारा बाल कविता प्रतियोगिता सम्पन्न

  • १४ फाल्गुन २०८२, बिहीबार ०६:०६ मा प्रकाशित
  • २०८२ फागुन १३ दाङ

    ​राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा ‘निमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कार’ का लागि शनिबार घोराहीमा बाल कविता प्रतियोगिता सम्पन्न भएको छ। घोराहीस्थित गोर्खा इन्टरनेसनल पब्लिक सेकेण्डरी स्कुलमा आयोजित उक्त प्रतियोगितामा १० वटा विद्यालयका १४ वर्ष भन्दा मुनिका २८ जना विद्यार्थीहरू सहभागी थिए।

    प्रतियोगितामा सिद्धार्थ एकेडेमीकी अंशु पौडेल प्रथम, ज्योति पुञ्ज बोर्डिङ स्कुलकी प्रेशा खनाल द्वितीय, गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलकी प्रिन्सा पोखरेल तृतीय र जनज्योति विद्यामन्दिरकी रुबी अधिकारी सान्त्वना भएकी छिन्।
    ​राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा पुरस्कार संस्थापक संस्थापक पुरुषोत्तम खनालको प्रमुख आतिथ्य तथा गोर्खा इन्टरनेसनलका प्रिन्सिपल मानसिङ घर्ती विशिष्ट आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी, देवेन्द्र रिजाल र विना रोका निर्णायक रूपमा रहनुभएको थियो । कार्यक्रम संयोजक सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसी र अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य बिसीले गर्नुभएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    प्रेमिल झिल्का कविताहरू

  • १३ फाल्गुन २०८२, बुधबार २०:३६ मा प्रकाशित
  • १)
    साँचो पिरती गाँसूँ
    सधैँभरि म तिमीसँगै
    खुसीले सधैँ हाँसूँ ।
    ​२)
    म मुटुभरी सजाउँछु
    तिमीलाई यो जुनीमा
    अब मायाले रिझाउँछु ।
    ​३)
    गुलाफको रातो थुङ्गा
    तिमी माझी हौ
    बन्छु तिम्रै डुङ्गा ।
    ​४)
    अमर रहोस् माया
    पवित्र यो सम्बन्धले
    नभोगोस् कहिल्यै छाया ।
    ​५)
    मुटुको एउटा कुना
    सजाएर तिमीलाई राख्छु
    सधैँभरि दुई गुना ।
    ​६)
    बाचा कसम खाऔँ
    भुलेर सारा दुनियाँलाई
    मायाकै संसारमा धाऔँ ।
    ​७)
    न्यानो त्यो अङ्गालो
    सजाइदिऊँ खुसीहरू सबै
    फुटाएर मनको भङ्गालो ।
    ​८)
    नटुटोस् यो साथ
    जिन्दगीको हरेक मोडमा
    कति सुन्दर माथ ।
    ​९)
    प्रणयको मिठो मास
    बदलियोस् यो जीवन
    बनेर तिम्रो बास ।
    ​१०)
    चोखो यो प्रीति
    बसौँला सँगै हाँसेर
    बदलेर संसारको रीति ।
    ​११)
    अटुट एउटा नाता
    तिमीलाई नै ओढाउँछु
    पिरतीको यो छाता ।
    ​१२)
    पवित्र रहोस् मन
    तिमी हौ मेरो
    जिन्दगीको अमूल्य धन ।
    १३)
    जपेर पिरतीको माला
    सजाउँला यो संसार
    हेरौँला त्यसको चाला ।
    ​१४)
    भरेर ओठमा हाँसो
    बाँचेका छौँ खुसीले
    नपारी कहिल्यै पासो ।
    ✍️
    ​नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, उदयपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, नन्दलाल आचार्य, वसन्त अनुभव

    ‘धुवाँको रङ्ग’को परिचर्चा कार्यक्रम सम्पन्न

  • ११ फाल्गुन २०८२, सोमबार ०९:१८ मा प्रकाशित
  • काठमाडौँ, फागुन ०९ गते
    वसन्त अनुभव

    लघुकथाकार चुडामणि नेपाल ‘अकिञ्चन’को लघुकथासङ्ग्रह ‘धुवाँको रङ्ग’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि ९ बजेसम्म चलेको थियोे ।

    ‘धुवाँको रङ्ग’ लघुकथासङ्ग्रह, लघुकथाकार चुडामणि नेपाल ‘अकिञ्चन’को पहिलो लघुकथा कृति हो । जसमा कुल ७९ वटा लघुकथाहरू सङ्ग्रहित रहेका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. विदुर चालिसेले लघुकथासङ्ग्रहमा आयामगत आवृति एउटै भएको उल्लेख गर्दै लघुकथाकार अकिञ्चनको शिर्ष लघुकथा धुवाँको रङ्ग दार्शनिक चिन्तनबाट अभिप्रेरित रहेको बताउनुभयो । साथै उहाँले सेतो रङले सकारात्मक उर्जा र कालो रङले नकारात्मक उर्जा दर्शाउने भन्दै ती प्रतिकात्मक रूपमा आएको भन्नुभयो ।

    लघुकथामा शब्द सङ्ख्याको सन्दर्भमा बोल्नुहुँदै उहाँले भन्नुभयो- “जब लघुकथाकार लेखनमा पारङ्गत अवस्थामा पुग्छ नि शब्द कति भयो भनेर उसलाई शब्द गनिरहनुपर्दैन । उसले मानक सङ्ख्याभन्दा बढी लेख्नै सक्दैन ।”

    साथै उहाँले लघुकथामा प्राविधिक मोडुलाइजेसन खाँचो रहेको, जसको लागि वृहत् गोष्ठी आयोजना गर्नुपर्ने बताउनुभयो ।
    धुवाँको रङ्ग लघुकथासङ्ग्रहमा ‘प्रोजेक्ट वर्क’ लघुकथा शिर्षक आफैँमा अङ्ग्रेजी शब्दको भएको र त्यसभित्र २४ भन्दा बढी ठाउँमा अङ्ग्रेजी शब्द प्रयोग भएको उल्लेख गर्दै अङ्ग्रेजी शब्द मोह त्याग्न उहाँले सर्जकलाई सुझाउनुभयो ।

    कार्यक्रममा ‘धुवाँको रङ्ग’ लघुकथासङ्ग्रहलाई दुई पक्ष- विषयवस्तु वा संरचनागत पक्ष र शिल्प शैली वा सौन्दर्य पक्षमा आधारित रहेर परिचर्चा गरिएको थियोे ।
    लघुकथा कृतिमा समाविष्ट लघुकथाहरूको ‘विषयवस्तु वा संरचनागत पक्ष’मा केन्द्रित रही सोको परिचर्चा वरिष्ठ लघुकथाकार/समालोचक डा.हरिप्रसाद भण्डारीले र शिल्प शैली वा सौन्दर्य पक्षको परिचर्चा वरिष्ठ लघुकथाकार/समालोचक प्रा.डा. कपिल लामिछानेले गर्नुभएको थियोे ।
    ‘धुवाँको रङ’ भित्रका लघुकथाहरूको संरचनागत पक्षको कोणबाट परिचर्चा गर्नुहुँदै डा. हरिप्रसाद भण्डारीले लघुकथा कृतिमा विषयगत विविधता रहेको उल्लेख गर्नुभयो ।

    साथै लघुकथा लेख्नका लागि जुन विषय छान्ने गरिन्छ त्यसलाई लघुकथाको विषयवस्तु वा कथावस्तु मानिन्छ । सुनको प्रसङ्ग उठाउँदै उहाँले संरचनागत पक्ष र शिल्प शैली बीच रहेको भिन्नता स्पष्ट पार्नुभयो । खानीबाट सुन निकाल्नु लघुकथाको संरचनागत पक्ष हो भने बुद्धि विवेक सीप प्रयोग गरेर सुनलाई गहनामा परिवर्तन गर्नुलाई शिल्प पक्ष मान्न सकिन्छ, उहाँले भन्नुभयो ।

    लघुकथा कृतिको शिर्ष लघुकथा धुवाँको रङ्गका बारेमा परिचर्चा गर्दै कथामा निर्दोष युवाको चिताको धुवाँको रङ सफा सेतो निस्किएको तर धनी स्वार्थी व्यक्तिको चिताको धुवाँको रङ कालो भएको दर्शाइनुले मान्छे जिउँदो हुँदा जस्तो चरित्र छ मरेपछि उसै अनुरूपको प्रभाव छोड्छ भन्ने सन्देश दिएको बताउनुभयो ।

    साथै उहाँले सङ्ग्रहमा समाजमा रहेका सामाजिक, राजनैतिक, सास्कृतिक विकृति, विसङ्गतिहरूको उजागर गर्नुका साथै जेष्ठनागरिकको पीडा, वैदेशिक रोजगारले पारेको प्रभाव, महिनावारी बार्ने प्रचलन, महिलाले भोगेका पीडा, प्रेमको प्रसङ्ग, धार्मिक अन्धविश्वास, यौन चाहना, साहित्यमा भएको विकृति, प्राकृतिक प्रकोपले निम्त्याएको अवस्था लगायत विविध विषयलाई कथावस्तु बनाइएको बताउनुभयो।

    साथै कृतिमा धेरै भूमिका, शुभकामना नराख्दा उत्तम हुने, पुस्तकको शिर्षक एउटा लघुकथाको शिर्षकबाट नलिई समग्र लघुकथाहरूको प्रतिनिधित्व हुने गरी उपयुक्त शिर्षक राख्दा सबै लघुकथालाई न्याय हुने, विषयवस्तुको पुनरावृत्ति राम्रो नमानिने भन्दै लघुकथामा परिमार्जन आवश्यकता भएको जनाउनुभयो । साथै केही लघुकथा लघुकथाभन्दा पनि बालकथा हुनपुगेको बताउनुभयो । साथै अन्तमा लघुकथाकार अकिञ्चनको प्रयास अत्यन्त सुन्दर, प्रशंसनीय रहेकोे बताउनुभयो ।

    त्यस्तै धुवाँको रङ्गको शिल्प शैली अर्थात् सौन्दर्य पक्षको परिचर्चा गर्दै परिचर्चाकार प्रा.डा. कपिल लामिछानेले सङ्ग्रहभित्र सबै लघुकथाहरू उस्तै उस्तै आकारको भएको, एउटै पृष्ठमा अटाएको अर्थात् सन्तुलन कायम गर्नुभएकोमा सर्जकको प्रशंसा गर्नुभयो ।
    लघुकथाहरूको शिर्षकबारे बोल्दै उहाँले कृतिमा ३६ लघुकथाहरू दुई शब्दको र बाँकी सबै लघुकथाहरू एक शब्दको शिर्षक हुनु कृतिको सुन्दर पक्ष रहेको बताउनुभयो ।

    धेरै लघुकथामा संवाद शैलीको प्रयोग भएको तर कतिपय लघुकथामा वर्णनात्मक शैली, नाटकीय शैली र संस्मरणात्मक शैलीको पनि प्रयोग भएको बताउनुभयो ।
    कृति अन्तर्गत सुधार गर्नुपर्ने पक्ष बारे बोल्नुहुँदै उहाँले शिर्ष लघुकथामा रङ हुनुपर्नेमा रङ्ग भएको, कतिपय स्थानमा हलन्त हुनुपर्नेमा अजन्त र अजन्त हुनुपर्नेमा हलन्त भएको उल्लेख गर्दै सर्जकले वर्णविन्यासमा सचेत रहन सुझाउनुभयो ।

    साथै उहाँले केही लघुकथाहरूमा अन्त्य बिस्तार भएको, धेरै संवादलाई एउटै अनुच्छेदमा राखेको, दुईवटा वा बढी संवादलाई एउटै उद्धरण चिन्हभित्र राखेको, लघुकथामा द्वन्द आवश्यक हुन्छ, भएको तर हुर्कन नपाएको तर्फ औल्याउँदै सङ्ग्रहमा परिमार्जनको आवश्यकता रहेको बताउनुभयो ।
    साथै उहाँले लघुकथा भनेर छापिएका सबै आख्यान लघुकथा हुँदैनन् । तसर्थ सङ्ख्यात्मकलाई भन्दा गुणात्मक पक्षलाई जोड दिनु आजको आवश्यकता भएको बताउनुभयो ।

    कृतिकारको तर्फबाट बोल्नुहुँदै लघुकथाकार चुडामणि नेपाल ‘अकिञ्चन’ले समीक्षकहरूबाट आएको सुझावलाई शिरोपर गर्दै आगामी दिनमा सुधार गरेर अगाडि बढ्ने बताउनुभयो । साथै उहाँले सुन्दर समीक्षाका लागि समीक्षकहरूप्रति, अवसर र व्यवस्थापनका लागि नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूप्रति आभार एवम् धन्यवाद व्यक्त गर्नुभयो ।

    कार्यक्रमका सभाध्यक्ष एवम् नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले केही सर्जकहरूमा आफ्नो सृजना ठिक भएको र जस्ताको तस्तै छापियोस्’ भन्ने चाहना हुन्छ जुन उचित नभएको बताउनुभयो । साथै अर्काले लेखेको लघुकथा चोरेर त्यसमा थोरै विषयवस्तु, शिल्प शैली परिवर्तन गरेर आफ्नो लघुकथा बनाउनु अनैतिक व्यवहार भएको, जुन क्षम्य नहुने बताउनुभयो ।

    ‘लघुकथा वन्दना’को प्रशारणसँगै सुरु भएको कार्यक्रममा वरिष्ठ साहित्यकार हरि कट्टेल र दिनेश राज सुवेदीले शुभकामना मन्तव्य दिनुभएको थियोे भने वरिष्ठ लघुकथाकार/साहित्यकार ध्रुव मधिकर्मी, डा.टिकाराम पोख्रेल, वसन्त अनुभव, नर पल्लव, रमेन्द्र कोइराला, इन्दिरा चापागाईं, सीता रेग्मी, नारायणनाथ योगी, लक्ष्मी रेग्मी खनाल, तुलसी पण्डित, दुर्गा ढकाल, हरि कट्टेल, दिनेश राज सुवेदी, चिरञ्जीवी काफ्ले, तिर्थ राज भाट लगायत संस्थाका पदाधिकारी, लघुकथाकार, साहित्यकार, समीक्षक, पाठक, पत्रकारहरूको बाक्लो उपस्थिति रहेकोे थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण लघुकथाकार आयुष बडालले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, लघुकथा परिचर्चा, वसन्त अनुभव

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P