“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयपैँतीसौ हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/१०/२९
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३५[एकसय पैँतीसौ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन

सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~
पञ्चाङ्ग:०१
हरिया वनमा छहरा देखियो
चारैतिर हेर्दा पहरा देखियो
सुन्दर मनमोहक अति हेर्दा,
टम्म मिलेको लहरा देखियो
बस्न बनाएको टहरा देखियो।
-सुशीला पौडेल
पञ्चाङ्ग::०२
हरियो प्रकृति सँगको मित छहरा पनि रहेछ
सँगसँगै मितेरी लगाउने पहरा पनि रहेछ
रमाइलो उमङ्गले भरिपूर्ण छ मनै लोभ्याउने,
धुम्न आउँदा समाउँदै जाने लहरा पनि रहेछ
बस्नको बनाएका वरिपरि टहरा पनि रहेछ।
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०३
खोलानाला र झरनाको मान हुन्छ
जलचरको नि सूर्यमा जान हुन्छ
जलचर थलचर उभयचर ,
सबै जीवमा आफ्नै खाले भान हुन्छ।
आ-आफ्नो ठाउँमा सबैको सान हुन्छ।
-मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार
बिर्तामोड झापा
पञ्चाङ्ग-०४
झर झर गर्दै तलतिरै झर्ने झर्नाको पानी हेर
हराभरा बनाइदिन्छ धर्ती कति राम्रो बानी हेर
भएभरका जीवले पिएका छन्
तैपनि सिद्धिदैन,
पानीमै त छ धर्ती भेटिन्न कतै यसको खानी हेर
पानी नै हो सृष्टि पानी नै हो सृष्टिको जिन्दगानी हेर।
-पशपती राई खोटाङ ।

