• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

‘देउखुरीको माटो’को घोराहीमा समीक्षा

  • २७ असार २०८२, शुक्रबार २१:२७ मा प्रकाशित
  • दाङ ,२७ असार
    राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १९६औँ श्रृङ्खलामा साहित्यकार शेषमणि घिमिरेद्वारा लिखित “देउखुरीको माटो” कविता सङ्ग्रहको घोराहीमा समीक्षा गरिएको छ।

    परिषदका जिल्ला अध्यक्ष यम
    रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवम् लोकसंस्कृति विद् डा. गोविन्द आचार्य प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आदित्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

    राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पद्म प्रसाद शर्माले सो कृतिको समीक्षा गर्नुभएको थियो।
    समीक्षक शर्माले साहित्यकार घिमिरेको कृति साहित्यका हरेक दृष्टिकोणले उत्तम रहेको बताउनुभएको थियो । उहाँले लेखकलाई निरन्तर सिर्जना गर्न पनि आग्रह गर्नुभयो।
    “देउखुरीको माटो” कविता सङ्ग्रहको लेखक घिमिरेले पुस्तक लेख्दाखेरिका अनुभवहरू सुनाउनुभएको थियो।

    सो कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, निवर्तमान अध्यक्ष डा. टीकाराम उदासी, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा “समीर”, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम ,लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, सिस्नुपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुली, विश्व साहित्य सङ्घ नेपाल दानका अध्यक्ष डा. कृष्णराज डिसी नेपाल पत्रकार केन्द्रका निवर्तमान अध्यक्ष विपुल पोख्रेल, झिल्का साहित्य समाज, नेपाल संस्थापक अध्यक्ष एवम् झिल्का कविता प्रवर्तक वसन्त अनुभव, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, पत्रकार गोविन्द खड्का, लगायत विभिन्न सङ्घसंस्थाबाट गरिमामय उपस्थिति रहेको थियो।

    सो कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी साहित्यकारहरू सन्ध्या रेग्मी, कृष्णा शर्मा, वसुन्धरा शर्मा, खगेश्वर शर्मा पोखरेल, गोपाल पोख्रेल, लोकमणि शर्मा ज्ञवाली, मधुसुदन गौतम,सुशीला आचार्य, महेशकुमार न्यौपाने, हरिप्रसाद पौडेल ,धनसिंह गिरी, कुलबहादुर ओली, नरेशजङ्ग राणा, देवेन्द्र रिजाल, शरद गौतम, चन्द्रप्रकाश देवकोटा, नगेन्द्रकुमार शर्मा, सुनिल पोखरेल, केशवराज रिजाल, कपिल किशोर घिमि,रे वीणा रोका, विक्रम ओली “नेपाली बाबु” नारादप्रसाद भण्डारी, गोपाल भुसाल अभिनाषी दामोदर पौडेल, सुनिल कुमार देवकोटा, रिमा गौतम,पार्वती डाँगी, रामहरि शर्मा लगायतको गरिमामय उपस्थिति रहेको थियो।
    परिषदका जिल्ला उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो । संस्थाको तर्फबाट “देउखुरीको माटो” कविता सङ्ग्रहका लेखक शेषमणि शर्मा घिमिरेलाई प्रशंसापत्रले सम्मान गरिएको थियो भने परिवारको तर्फबाट लेखकका भाइ पुरुषोत्तम शर्मा घिमिरेले उपस्थिति सबैमा धन्यवाद मन्तव्य राख्नुभएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged यम रेग्मी, राप्ती साहित्य परिषद्, वसन्त अनुभव

    “निर्द्वन्द्व यात्रा” लोकार्पण तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

  • २७ असार २०८२, शुक्रबार ०८:१४ मा प्रकाशित
  • २६ असार, काठमाडाैँ
    टुक्का साहित्य समाजकाे आयाेजनामा मिति २०८२ साल असार २६ गते सुनौलाे पाइला बालगृहमा ताराप्रसाद चापागाईंकाे गद्य कविता सङ्ग्रह “निर्द्वन्द्व यात्रा” काे लोकार्पण भएकाे छ ।

    टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथी अग्रज साहित्यकार कलानिधि दहाल तथा विशिष्ट अतिथिकाे रूपमा कल्पतरू प्रज्ञा प्रतिष्ठानका कुलपति नवराज पुडासैनीकाे हुनुहन्थ्याे ।

    प्रमुख अतिथि दहालले पानसमा दियाे बालेर उदघााटन गर्नु भएकाे कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिगणकाे बाहुलीबाट पुस्तककाे लाेकार्पण भएकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि दाहालले टुक्का कविताका प्रवर्तक ताराप्रसाद चापागाईंका गद्य कविताहरू निकै उच्च स्तरकाे रहेकाे भन्दै बालगृहमा पुस्तक लाेकार्पण गरेर साहित्य सिर्जनाकाे साथमा समाज सेवाकाे कार्य गर्ने सर्जक ताराप्रसाद चापागाईँ तथा बालगृह सञ्चालकलाई बधाई ज्ञापन गर्नु भयाे ।

    लोकार्पित पुस्तक “निर्द्वन्द्व यात्रा”को समीक्षा विशिष्ट अतिथि नवराज पुडासैनीले गर्नु भएकाे थियाे । टुक्का साहित्य समाजका सल्लाहकार राजेशराज गडताैलाले स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने ।

    सभाध्यक्ष ताराप्रसाद चापागाईंले आफ्नो नव कृति “निर्द्वन्द्व यात्रा” को लेखन कार्यको सन्दर्भ जानकारी गराउँदै गद्य कविता लेखनकाे गुरु कलानिधी दाहाललाई दोसल्ला ओढाएर सम्मान गर्दै त्यस बालगृहमा आश्रय लिई रहेका अनाथ तथा हिंसा पिडित बालबालिकालाई शैक्षिक सामाग्रीहरू वितरण गरेर कार्यक्रमको समापन गर्नुभएकाे थियाे ।

    कार्यक्रममा प्रमाेद नेपाल, सुशील आचार्य, मन्दिरा सेढाई, दीपा समभाव, लता गुरुङ लगायतका साहित्यकारहरू तथा सुनाैलाे पाइलामा आश्रय लिएर बसेका नाै जना बालकालिकाहरूकाे सहभागिता थियाे । समाजसेवी उमा गाैतमले कार्यक्रम संयाेजककाे भूमिका निभाउनु भएकाे थियाे ।

    सुनौले पाइला बालगृहका संस्थापक रोजिना बिष्टले सञ्चालन गर्नु भएकाे उक्त कार्यक्रममा बालगृह सञ्चालनकाे अाैचित्य माथि प्रकाश पार्नुकाे साथै यसरी बालगृहमा अग्रज साहित्यकारहरूकाे उपस्थिति सहितकाे कार्यक्रमले बाल मस्तिष्कमा सकारात्मक छाप पर्ने कुरा व्यक्त गर्दै आयाेजक संस्था टुक्का सहित्य समाज, निर्द्वन्द्व यात्राका सर्जक ताराप्रसाद चापागाईँ तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भयाे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- १५५

  • २२ असार २०८२, आईतवार १९:२१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:
    एकसयपचपन्नौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५५————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०३/१६
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग: ०१
    अहमताले पतन गराउने छ एकदिन
    आफूले आफैंलाई नै हराउने छ एकदिन
    अहमता धेरै नगर्दा हुन्छ जो कोहीले यहाँ,
    अकालमै तिमीलाई मराउने छ एकदिन
    नसोंचेको खाडलमा झराउने छ एकदिन
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    आजभाेलि हलाे हरायो जुवा हरायो
    शुद्ध पानीको त्यो मुहान कुवा हरायो
    थाेरै पानी राखी छाेपी छाेपी पकाउने,
    मकैकाे स्वदेशी खाना पुवा हरायो
    ग्याँस आयो भान्सामा चुलाे, धुवाँ हरायो ।

    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    रङ्गमञ्चमा अभिनय गरेर देखाउन मिल्ने भए
    साक्षात्कार बनाइ लोभ हरेर देखाउन मिल्ने भए
    विराट स्वरूप देखाउनलाई उचित हुन्छ भगवान्
    निर्दोष प्राणीको वशमा परेर देखाउन मिल्ने भए
    चाहे आफ्नै जीवन त्यागी मरेर देखाउन मिल्ने भए ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०४
    रोप्दैछन् धान खेताली लिएर बीउ हातमा
    हिलो खेल्छन् हली दाइ धानेर जीउ हातमा
    असार मास खाइन्छ अचार चिउरा दही,
    थकाई लाउँदा खान्छौॅ थापेर घिउ हातमा
    हिलो खेलिन्छ ठानेर खेले झैॅ हिउँ हातमा।
    ✍🏻घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०५
    हजारौँको त्यो भिडमा पनि तिमिलाई नै पाउँछु भन्थ्यौ
    तिम्रो घरको आगनमा जन्ती लिएर आउछु भन्थ्यौ,
    आफै माया दिएर बैरी आफैं कुरा काट्दैछौ रे आज
    तिम्रै रूपको गीत बनाई सधैभरि गाउँछु भन्थ्यौ
    वर र पिपल साक्षी राखी चोखो माया लाउँछु भन्थ्यौ।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०६
    क्रमसः विश्वासकाे दियाे , ढल्दै गरेकाेछ
    सधैं नै हृदयमा आगाे , बल्दै गरेकाेछ
    भेटिन अतितको कथा , याद सधैंभरि,
    सपना बिपनाकाे आशा , गल्दै गरेकाेछ
    नियति निष्ठुरीले सधैं , छल्दै गरेकाेछ ।

    ——— तीर्थराज जाेशी , कैलाली

    पञ्चाङ्ग:-०७
    बिर्सेको छुईन पहिलो पल खुसी आएको दिन
    तिमीले मसँग रमाउँदै कसम खाएको दिन
    दृढ संकल्प कता हरायो हामी दुवैले गरेका,
    सम्झना छ खुसीले रमाउँदै गीत गाएको दिन
    सपनीमा आइरहन्छ अँगालोमा पाएको दिन।
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी,
    दार्जिलिङ।

    👉️पञ्चाङ्ग :०८

    कसैले भनेर मैले माया गरेको होइन
    असहाय भनी तिमीतिर झरेको होइन
    माया गरे भूल गरेको छैन माया नै गर्छु,
    समस्या धेरै छ श्रमले नि टरेको होइन
    पिडाले सताए पनि दु:ख सरेको होइन।

    -सोमनाथ लुइँटेल

    पञ्चाङ्ग-०९
    सधैं यौटै कथा कसले सुन्छ र
    झुत्रो लुगा सधैं कसले धुन्छ र
    परिवर्तन सृष्टिको नियम हो,
    सधैं एकनास त कहाँ हुन्छ र
    प्रकृतिलाई कसले पो थुन्छ र!

    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- १५४

  • २२ असार २०८२, आईतवार १९:१६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयचौउन्नौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा धान दिवसको अवसरमा धान दिवस पञ्चाङ्ग लेख्नु हुन् अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५४————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०३/१४
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    असार पन्ध्र पानी परेको छ
    मानिस सबै बेँसी झरेको छ
    मानो रोपेर मुरी फलाउने,
    त्यसैको लागि काम गरेको छ
    खान नपाई कति मरेको छ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२


    किसानलाई आजको दिन असार पन्ध्र लाग्यो हजुर
    थकित ज्यानले आँप केरा दही चिउरा माग्यो हजुर
    सरकारले बीउ बिजन र मल खाद नदिए पछि,
    खेती गर्ने उमंग र हौसला पनि सबै भाग्यो हजुर
    विदेश गई युवाहरुले आफ्नो देश नै त्याग्यो हजुर


    -मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०३
    हाम्रो अन्नदाता भनेकै किसान हो
    असार पन्ध्र दही चिउरा खाने हो
    गाउँको खेतबारी नि बाँझो नराखौँ,
    सबै रमाउँदै धान रोप्न जाने ह‍ो
    रीतिथिति सँस्कृति बचाई लाने हो ।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०४
    आकाशमा हुँदैन अन्न माटोमा राेपिन्छ
    डाँडाे पाखा गरा सम्याइ पाटाेमा राेपिन्छ
    धान दिवसको धेरै धेरै शुभकामना ,
    चर्चित हुने नक्कलमा बाटोमा राेपिन्छ
    गाउँघरमा अर्मपर्म साटोमा राेपिन्छ ।

    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०५
    हिलोसँग आफ्नो सानको बीउ रोपौँ
    विनम्र बनेर मानको बीउ रोपौँ
    दही चिउराले सजिने चाडसँगै,
    असार मासमा धानको बीउ रोपौँ
    हातले पवित्र दानको बिउ रोपौँ ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग ०६
    रोप्दैछन्  धान खेताली लिएर बीउ हातमा
    हिलो खेल्छन् हली दाइ धानेर जीउ हातमा
    असार मास  खाइन्छ अचार  चिउरा दही,
    थकाई लाउँदा खान्छौॅ  थापेर घिउ  हातमा
    हिलो खेलिन्छ ठानेर खेले झैँ हिउँ हातमा।
    ✍🏻घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०७

    हिलो संग संगै मितेरी लाएर आज
    हिलो खेल्दै दही चिउरा खाएर आज
    सदियौं देखिको चलन बेठी लाउने,
    भेला भइ साथीको साथ पाएर आज
    बेठीमा नाच्दै हाँस्दै गीत गाएर आज।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०८

    पानी परेकाे छ राेपाइँ गर्ने बेला भयाे
    डिल बनाई अब पानी भर्ने बेला भयाे
    मानाे छरेर मुरी फलाउने हाे समय
    राेपेकाे बीउ अब छिट्टै सर्ने बेला भयाे
    धान रापेन भने गाह्राे पर्ने बेला भयाे।

    -नवराज भट्ट
    कञ्चनपुर
    ॐ
    पञ्चाङ्ग:०९


    खेतमा राेप्नु पर्ने बिउ सजायाे गलाे साथी
    यसरी कसरी हुन्छ र देशकाे भलाे साथी
    नक्कलीकाे चल्यो जताततै बिगबिगी हरे!
    भिजिट भिसामा युवा वृद्धकाे याे थलाे साथी
    मङ्सिर महिनामा खै भरिएला खलाे साथी ?

    -प्रधुम्न चालिसे

    पञ्चाङ्ग-१०
    यो असार पन्ध्र भन्दै धान दिवस मनाएको कति भो
    किसानका छोरालाई बलिलो बोको बनाएको कति भो
    जुन देशमा वास्तविक किसान दिनहुँ भोकले मर्छन् ,
    त्यही देशलाई कृषिप्रधान देश भनाएको कति भो
    किसानको पसिना चुसी- चुसी नेता गनाएको कति भो?

    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    टुक्का कविता सर्जकहरूको भेटघाट तथा ‘काव्य कलश’ काे विमोचन कार्यक्रम सम्पन्न

  • २२ असार २०८२, आईतवार १९:०९ मा प्रकाशित
  • २१ असार, काठमाडौँ
    टुक्का साहित्य समाजको आयोजनामा २०८२ साल असार २१ गते, शनिवार, काठमाडौँको अनामनगरस्थित डालो रेस्टुरेन्टको सभाहलमा टुक्का कविता सर्जक भेटघाट तथा स्रष्टा अमृता रसाइली ‘रामदाम’द्वारा रचित टुक्का कवितासङ्ग्रह ‘काव्य कलश’ को भव्य लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।

    समारोह टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंको सभापतित्वमा सम्पन्न भएको थियो भने नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव धनप्रसाद सुवेदी प्रमुख अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुहुन्थ्याे ।

    कार्यक्रममा प्राज्ञ–सभा सदस्य चेतनाथ धमला, वरिष्ठ साहित्यकार कलानिधि दहाल, अ.ने.सा.स.का पूर्व अध्यक्ष राधेश्याम लेकाली, मुक्तक अभियन्ता सुनिल अधिकारी, समीक्षक अरुणबहादुर खत्री ‘नदी’ तथा साहित्यकार जनार्दन अधिकारी ‘धड्कन’ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्याे।

    भरतपुर–२, चितवन निवासी सर्जक अमृता रसाइली ‘रामदाम’द्वारा लेखिएको ‘काव्य कलश’ टुक्का कवितासङ्ग्रह प्रमुख तथा विशिष्ट अतिथिहरूको संयुक्त उपस्थितिमा लोकार्पण गरिएको थियो। उक्त कृतिको समीक्षा टुक्का साहित्य समाजका सल्लाहकार रामशरण न्यौपानेले गर्नु भएकाे थियाे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि धनप्रसाद सुवेदीले साहित्य जीवनसँग प्रत्यक्ष जोडिएको विधा भएको उल्लेख गर्दै भने, “परम्परागत ढाँचामा मात्र सीमित रहँदा साहित्यको प्रभावक्षमता खुम्चिन सक्छ। आजको परिवेशमा प्रयोगात्मक साहित्यिक प्रवृत्तिको उत्थान अपरिहार्य छ। दुई हरफभित्र गहिरो सन्देश दिन सक्ने टुक्का कविता नेपाली साहित्यमा लोकप्रिय विधाका रूपमा स्थापित हुँदै गएको छ भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानले नेपालका सबै साहित्यिक विधाकाे संरक्षण र उत्थानकाे कार्य गर्ने नीति रहेकाे कुरा व्यक्त गर्नु भयाे । ” साथै उनले अध्यक्ष चापागाईं र सर्जक रामदामलाई विशेष बधाई एवं शुभकामना व्यक्त गर्नु भयाे ।

    विशिष्ट अतिथि चेतनाथ धमलाले टुक्का कवितालाई छोटो, लयात्मक, गेयात्मक र प्रभावशाली अभिव्यक्तिको
    सशक्त विधाकाे रूपमा अगाडि आएकाे छ । काेरनाकालमा प्रवर्तन भएकाे टुक्का कविता अहिलेकाे व्यस्त समयको आवश्यकता अनुसारको मौलिक विधा हो भन्दै यसको सैद्धान्तिक पक्ष र व्यापकता बारे धारणा राख्नुभयो।

    वरिष्ठ साहित्यकार कलानिधि दहालले टुक्का कविता छोटो समयमा प्रभावशाली अभिव्यक्तिको माध्यमका रूपमा स्थापित हुँदै गरेकाे कुरा व्यक्त गर्दै व्यस्त समयकाे सदूपयाे गर्दै टुक्का कविता सिर्जना गर्न सकिने बताउनु भयाे । वरिष्ठ साहित्यकार राधेश्याम लेकालीले टुक्का कवितालाई नेपाली भाषामा प्रचलित विधामध्ये एक उत्कृष्ट विधा मानेर यस्ता सिर्जनात्मक विधाको संरक्षण र प्रवर्द्धनमा संस्थागत पहल आवश्यक रहेको बताउनु भयाे । मुक्तक अभियन्ता सुनिल अधिकारीले टुक्का कविता मुक्तकसँग मिल्दोजुल्दो शैलीमा लेखिने भए पनि यसको आफ्नै विधागत विशेषता रहेको र यसले नेपाली साहित्यमा छुट्टै स्थान बनाउँदै गएको धारणा राख्नु भयाे ।

    कार्यक्रममा स्वागत मन्तव्य टुक्का साहित्य समाजका कोषाध्यक्ष होमप्रसाद नेउपानेले प्रस्तुत गर्नु भएकाे थियाे भने सदस्य शोभा आचार्य गौतमले टुक्का कविता विधा तथा टुक्का साहित्य समाजका बारेमा संक्षिप्त जानकारी दिनु भएकाे थियाे ।

    कार्यक्रममा ललिता दोषी, सुशील रिजाल, पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’, कृष्णबहादुर वैद्य, हरिगोपाल प्रधान, डम्बर थामी ‘अनुपम’, कल्पना मरासैनी, सुरेशचन्द्र घिमिरे, वासुदेव ठकुरी, राजेशराज गडतोला, रचना मोक्तान ‘यात्री’, पवनकुमार बुढाथोकी, प्रमोद नेपाल, इन्दु श्रेष्ठ, तिलक गाउँले, सङ्गी काली, कृष्ण बहादुर बजगाईं, शोभा आचार्य गौतम, रामप्रसाद पुरी, दीपा गुरुङ ‘समभाव’, राजकुमार राजभण्डारी, कल्पना भण्डारी, सुमित्रा पोखरेल, रुविना कट्टेल, कृष्ण घिमिरे लगायतका सर्जकहरूले आ–आफ्ना टुक्का कविताहरू वाचन गर्नु भएकाे थियाे ।

    कार्यक्रमको समापन गर्दै अध्यक्ष ताराप्रसाद चापागाईंले उत्कृष्ट काव्य बन्नका लागि आवश्यक सैद्धान्तिक तत्वहरूलाई ध्यान दिइ यसको लेखन सिल्पबारे चर्चा गर्दै छोटो अवधिम‌ै टुक्का कविताले व्यापकता पाउनुमा सबै सर्जकको य‍ोगदान रहेको बताउनुकाे साथै कार्यक्रममा उपस्थित सबै सर्जक, अतिथि, सञ्चालक तथा सहभागीप्रति धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे । कार्यक्रम सञ्चालन टुक्का साहित्य समाजका सदस्य रामप्रसाद पुरीले गर्नु भएकाे थियाे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का_कविता, वसन्त अनुभव

    झिल्का लेखन अभियानको ८१ औँ शृङ्खला (राष्ट्रिय धान दिवस एवम् दही चिउरा खाने दिन विषयक) सम्पन्न

  • २० असार २०८२, शुक्रबार २३:०४ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ८१ औँ शृङ्खला (राष्ट्रिय धान दिवस एवम् दही चिउरा खाने दिन विषयक) यही असार १५ गते सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    ~~~~~~~~<•>~~~~~~~
    १.
    पाइँदैन बीउ मल
    बाँझै छन् खेतबारी
    कसले देला हल !
    २.
    खाएर दही चिउरा
    असार पन्ध्र मनाऔँ
    पछ्याई संस्कृति पूरा !
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार, घोराही, दाङ
    ~~~~~~~~<•>~~~~~~~
    १.
    पन्ध्र असार आयो
    धान रोपी किसानले
    दही चिउरा खायो ।
    २.
    असार पन्ध्र सहरमा
    धान रोप्ने गर्दछन्
    गमला राखी लहरमा !
    ✍️
    रचना शर्मा प्रतीक्षा
    काठमाडौँ
    ~~~~~~~~<•>~~~~~~~
    बचाउनु छ संस्कृति
    पश्चिमी खराब तत्वबाट
    फैलाई सर्वत्र जागृति !
    ✍️
    उपकार व्लग
    ~~~~~~~~<•>~~~~~~~
    पानी छैन खेतमा
    सुकेर गए व्याडहरू
    प्रचण्ड धूप तेजमा !
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    ~~~~~~~~<•>~~~~~~~
    १.
    आयो है फेरि
    असार पन्ध्र नबसौँ
    किसानहरू हो हेरी !
    २.
    असारे गीत गाएर
    खुसी हुँदै साटौँला
    दही चिउरा खाएर ।
    ✍️
    दीप गोले तामाङ
    रौतहट
    ~~~~~~~~<•>~~~~~~~
    १.
    असार पन्द्र मनाउनू
    दही चिउरा खाएर
    आफ्नो संस्कृति जनाउनू ।
    २.
    पावन यो चाड
    मनाऊ नेपाली जनहरू
    खुसी सबैमा बाँड
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~~~~~~~~<•>~~~~~~~
    १.
    धान दिवस आयो
    हरेक वर्षमा जस्तै
    विवशता बोकी ल्यायो ।
    २.
    खेतबारी बाँझै छन्
    मलखादको चिन्ताले गर्दा
    कृषक पीडित झन् !
    ✍️
    पदमराज न्यौपाने
    रामारोशन ४ अछाम
    ~~~~~~~~<•>~~~~~~~
    रोपाइँको छ चटारो
    समयमा मल पाइँदैन
    सरकार लाजको पसारो !
    ✍️
    सरिता सेढाई
    धादिङ
    ~~~~~~~~<•>~~~~~~~
    १.
    असार पन्ध्र आयो
    खेतमा व्यस्त किसान
    सबैमा हर्ष छायो ।
    २.
    मुरी फलाउने मानाको
    प्रभुको महिमा हुनेछ
    खुसी असारे गानाको !
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, न.प.
    ~~~~~~~~<•>~~~~~~~
    १.
    पन्ध्र असार आयो
    असारे गीत गाउँदै
    दही चिउरा खायो ।
    २.
    ओठमा हाँसो छाउँछ
    छिचोल्दै हिले यात्रा
    श्रमले चारो जुटाउँछ ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहुँ
    हाल चनपा ६ मनतातीर्थ
    ~~~~~~~~<•>~~~~~~~
    १.
    फलाउने बेला आयाे
    मानाे राेपी मुरी
    अभावले जाँगर हरायो ।
    २.
    किसानकाे परिश्रम अतुलनीय
    खराब व्यवस्था मलको
    नहाेस् अवस्था दयनीय ।
    ✍️
    प्रमोद नेपाल
    काठमाडौँ -५
    ~~~~~~~~<•>~~~~~~~
    १.
    धान दिवस मनाऔँ
    कृषिप्रधान यो देशमा
    बजेट बढी खनाऔँ ।
    २.
    दही चिउरा खाएर
    धान राेप्न जाऔँ
    असारे गीत गाएर !
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    ~~~~~~~~<•>~~~~~~~
    असार पन्ध्र आयो
    रोपाइँको चटारो छ
    दही चिउरा खायो ।
    ✍️
    बिबा तामाङ
    दार्जिलिङ
    ~~~~~~~~<•>~~~~~~~
    हिलोआली असारको झरी
    धान रोप्छन् किसानले
    पाक्ला खाउँला वर्षभरि !
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी
    ~~~~~~~~<•>~~~~~~~
    १.
    असार पन्ध्र मनाउँछन्
    रोपेर गमलामा धान
    असली कृषक जनाउँछन् ।
    २.
    पाइँदैन समयमा मल
    किसानको समस्या सुल्झाउने
    छैन सरकारी पहल !
    ३.
    आफ्नो संस्कृति जनाऔँ
    खाएर दही चिउरा
    असार पन्ध्र मनाऔँ ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ~~~~~~~~<•>~~~~~~~
    असार पन्ध्रको बेला
    किसानलाई किन जहिल्यै
    सरकारको हुन्छ हेला ?
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछपः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~~~~~~~~<•>~~~~~~~
    असारमा धान राेपाैँ
    नराखौँ खेतबारी बाँझो
    श्रम पसिनाले छोपौँ ।
    ✍️
    रवि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    ~~~~~~~~<•>~~~~~~~
    राेप्नुपर्छ सबैले धान
    असार पन्ध्र आयो
    माटोको गर्दै सम्मान !
    ✍️
    जगदिश अधिकारी
    तारकेश्वर, काठमाण्डाैं
    ~~~~~~~~<•>~~~~~~~
    १.
    गमलामा धान रोपी
    देखाउँछन् आफूलाई ठुलाबडा
    बाँझो जमीन छोपी !
    २.
    दही चिउरा खाएर
    असार पन्ध्र मनाऔँ
    खेतमा धान लगाएर !
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    ~~~~~~~~<•>~~~~~~~
    १.
    छैन असार मास
    बाँझै छन् खेतबारी
    बालीको के आस ?
    २.
    चर्चा टिकटके खेतीको
    सोध्छन् अझै उनैले
    खेत छैन तपाईँको ?
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    ~~~~~~~~<•>~~~~~~~
    १.
    मानाे पाथीकाे चल्याे
    समयमा राेपाइँ गर्दा
    धान मजाले फल्याे ।
    २.
    खान अन्न चाहिन्छ
    नत्र कसरी बाँच्ने
    यसैबाट शक्ति पाइन्छ ।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    ~~~~~~~~<•>~~~~~~~
    धान दिवस आयो
    दही चिउरा खाने
    बाध्यताले पो सतायो ।
    ✍️
    सुशीला पौडेल
    ~~~~~~~~<•>~~~~~~~
    १.
    दिवस मनाउनु कति
    श्रमजीवी किसानकाे घरमा
    मर्‍यो खुसी जति !
    २.
    किसानले बाेक्छ हलाे
    धान दिवस मनाउँदैमा
    श्रमिकको हुँदैन भलाे !
    ३.
    दही चिउरा खाएर
    छैन मन खुसी
    जिम्वालकाे खेत धाएर !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।
    ~~~~~~~~<•>~~~~~~~
    १.
    नरोपौँ गमलामा धान
    हरेक वर्षको जस्तै
    सदनमा बस्नेले जान ।
    २.
    दही चिउरा खाएर
    कृषिप्रधान हाम्रो देशमा
    रोप्छन् धान रमाएर !
    ✍️
    कला ढकाल झापा
    ~~~~~~~~<•>~~~~~~~
    दही चिउरा खाएर
    खेतमा धान रौपौँ
    असारे गीत गाएर !
    ✍️
    सान्नानी
    ~~~~~~~~<•>~~~~~~~
    १.
    रोपाई गरौँ आएर
    असार पन्द्रमा साथी
    दही चिउरा खाएर !
    २.
    सारा काम छोपेर
    मुरी उब्जाउनु पर्छ
    माना बीउ रोपेर !
    ✍️
    जानुका बास्कोटा
    काठमाण्डौ
    ~~~~~~~~<•>~~~~~~~
    दही चिउरा खाने
    असार पन्ध्रमा मिलेर
    धान रोप्न जाने !
    ✍️
    साबित्री प्याकुरेल
    धादिङ्ग
    ~~~~~~~~<•>~~~~~~~
    मनमा खुसी जागेनँ
    खेत देखेर बाँझो
    असारे पन्ध्र लागेनँ ।
    ✍️ सविता भट्टराई
    जनकपुरधाम
    ~~~~~~~~<•>~~~~~~~
    १.
    असार  महिना  रुझाउने
    रोपाइँको  मौसम  आयो
    मन  कसरी  बुझाउने ?
    २.
    खेतको गरा आली
    छुपुछुपु  धान  रोपेको
    सम्झना भयो  खाली !
    ३.
    धानलाई चाहिने जल
    मलिलो माटो भएमा
    सप्रन्छ आफैँ फसल !
    ✍️
    मोती योन्जन सुब्बा
    दार्जिलिङ
    ~~~~~~~~<•>~~~~~~~
    १.
    खेतमा राेपाइँ गरेर
    असार पन्ध्र मनाऔँ
    छेउ भित्ता भरेर !
    २.
    परिश्रमी हात बढाऔँ
    ऎँचाेपैँचो पर्मा तिरेर
    शिरमा फूल चढाऔँ ।
    ३.
    धानको राेपाइँ गर्नुछ
    मानो छरेर मुरी
    उब्जाई भकारी भर्नुछ ।
    ✍️
    श्रीबहादुर केसी शैलुङ्गे
    दुवाकाेट, भक्तपुर
    ~~~~~~~~<•>~~~~~~~
    १.
    यसपालि पानी परेन
    असार पन्द्रको दिनमा
    रोपेको धान सरेन ।
    २.
    रहोस् मङ्गल भावना
    असार पन्द्रको सबैमा
    छ सबैलाई शुभकामना !
    ✍️
    दुर्गा भट्टराई
    मोरङ
    ~~~~~~~~<•>~~~~~~~
    १.
    झरीको मौसम आयो
    सहरेले अरूलाई देखाउन
    हलो कोदालो समायो ।
    २.
    धान रोप्न नभुलौँ
    गरीब छौँ हामी
    बेकामी भई नडुलौँ ।
    ३.
    आकाशमा उज्यालो चन्द्रको
    शुभकामना छ मेरो
    सबैलाई असार पन्द्रको !
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    ~~~~~~~~<•>~~~~~~~
    आलस्य सबै छोपौँ
    कुनाकानी सम्याई खेतको
    असारमा धान रोपौँ ।
    ✍️
    साहित्य प्रेमी सुशील
    धनगढी
    ~~~~~~~~<•>~~~~~~~
    धानको बीउ हातैमा
    लिई लहरै रोपाहार
    रोप्छन् धान साथैमा !
    ✍️
    डा.पुष्पा भण्डारी
    पोखरा-१९
    ~~~~~~~~<•>~~~~~~~
    मिलाई गरेमा मलजल
    असारे खेतमा अहिले
    धान हुनेछ हलहल !
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~~~~~~~~<•>~~~~~~~
    १.
    बीउ, मल पाए
    धान धेरै फल्छ
    समयमै खेतमा लगाए !
    २.
    गमलामा होइन धान
    खेतमा लगाऔँ हामी
    माटोको हुन्छ सम्मान !
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ~~~~~~~~<•>~~~~~~~
    दही चिउरा खानलाई
    कुर्दै होलिन् आमाले
    परेँ तयार जानलाई !
    ✍️
    सञ्जना शर्मा
    ~~~~~~~~<•>~~~~~~~
    १.
    ट्र्याक्टरको जमाना आयो
    खेताला भेटिँदैनन् कतै
    हलो बिस्तारै हरायो ।
    २.
    धान रोप्ने असार
    हाहाकार मल बीउको
    सरकार छ लम्पसार !
    ✍️
    चुडामणी देबकोटा
    सिन्धुली, मरिणखोला, जखनी
    हाल थानेटार, पुरानोनैकाप, काठमाण्डौ
    ~~~~~~~~<•>~~~~~~~
    १.
    भन्डारे परेछन् कमिना
    कसरी गर्नु रोपाइँ ?
    आवश्यक पर्ने मलविना !
    २.
    खुल्दैन नेताको चेत
    फाँट ठान्छन् गमलालाई
    बाँझैँ राखेर बेँसीखेत !
    ३.
    धान दिवस आयो
    अहिले पनि सरकारले
    अधिकांश किसानलाई रुवायो  !
    ✍️
    बाबुराम गौतम
    गुल्मी
    ~~~~~~~~<•>~~~~~~~
    १.
    राेपाइँमा उपस्थिति जनाऔँ
    पन्ध्र असारको दिन
    धान दिवस मनाऔँ ।
    २.
    घरमै छ हल
    गरौँला धान खेती
    मिलाई बीउ मल !
    ✍️
    काेपिला अधिकारी
    सिरानचाेक-७, गाेरखा
    ~~~~~~~~<•>~~~~~~~
    १.
    असार पन्द्र आयो
    दही चिउरा खाँदै
    हिलोमा किसान रमायो ।
    २)
    जीवन बितोस् रमाई
    आत्मैदेखि छ सम्मान
    शुभकामना सबै किसानलाई !
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज, बाँके
    ~~~~~~~~<•>~~~~~~~
    १.
    धान मुख्य अन्न
    मल बीउ नपाउँदा
    छैनन् कृषक प्रशन्न !
    २.
    गजेट बजेट भएको
    समस्या जिउँका तिउँ
    किसानमा छैन गएकाे !
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कठुञ्जे
    ~~~~~~~~<•>~~~~~~~
    १.
    खेलौँ असारे हिलो
    रोप्दै धान खेतमा
    नगरी रत्तिभर ढिलो !
    २.
    खेलाई बीउ हातमा
    असार पन्ध्र मनाऔँ
    किसान लौ मेलापातमा !
    ✍️
    विवश पारदर्शी
    झापा
    ~~~~~~~~<•>~~~~~~~
    १.
    घन्किन्छ असारे गीत
    हिलाम्मे खेतमा जाँदै
    माटोसँग लगाउँदै मीत !
    २.
    पानीमा भिजेर रमाउँला
    हिलोमा लड्न लागे
    मायालुको हात समाउँला !
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    ~~~~~~~~<•>~~~~~~~
    १.
    परेन यहाँ पानी
    सुख्खा छ खेत
    यस्तै छ जिन्दगानी !
    २.
    जताततै बाढी पहिरो
    अनाथ धेरै बने
    पीडा छ गहिरो !
    ✍️
    कमल प्रसाद बगाले रेग्मी
    वालिङ्ग बजार स्याङ्जा
    ~~~~~~~~<•>~~~~~~~
    फलाऔँ दु:खले मुरी
    नछोडौँ बाँझो जमिन
    गर्नु पर्दैन मजदुरी !
    ✍️
    राधा चाम्लिङ
    खोटाङ
    ~~~~~~~~<•>~~~~~~~
    १.
    किसानलाई भयो हतार
    दही चिउरा खाने
    चटारो पन्ध्र असार !
    २.
    मनाए धान दिवस
    गमलामा धान रोपी
    किसान सधैँ विवश !
    ✍️
    सरस्वती श्रेष्ठ
    रुपन्देही बुटवल
    ~~~~~~~~<•>~~~~~~~
    १.
    जवानहरू सहर पसे
    असार पन्ध्रको दिन
    खेतबारी बाँझै बसे !
    २.
    असारे गीत गाएर
    धान दिवस मनाऔँ
    दही चिउरा खाएर !
    ✍️
    देव स्याङ्देन
    कालेबुङ
    ~~~~~~~~<•>~~~~~~~
    १.
    हातमा कोदालो बीउ
    झरीको छ रमाइलो
    हिलोमा खेल्दैछ जीउ !
    २.
    धान हाम्रो सान
    हिलोमा फुल्छ सपना
    अन्न बन्छ पहिचान !
    ✍️
    नन्दा धामी
    नौगाड  दार्चुला
    ~~~~~~~~<•>~~~~~~~
    १.
    असार पन्ध्र घरघरमा
    पर्म खेल्दै रमाउँछन्
    बाली काट्दै प्रहरमा !
    २.
    रुझेर भिजेर रोप्दैछन्
    हृदयमा कान्छी बसेकी
    आशाको किरण छोप्दैछन् ।
    ✍️
    देबिका सुब्बा खवास
    चिरियाँ मोड, कदमतला
    सिलगढी, प० ब०
    ~~~~~~~~<•>~~~~~~~
    १.
    धान दिवस मनाइन्छ
    असार पन्ध्र जनाउँदै  
    असारे गीत गाइन्छ ।
    २.
    गमलामा धान रोपेर
    कृषिप्रधान देश नेपालमा
    नबसौँ मुख छोपेर !
    ३.
    पूर्णिमा उज्यालो चन्द्रको
    खेतमा रोपाइँ जनाउँदै
    शुभकामना असार पन्ध्रको !
    ✍️
    वेदु न्यौपाने
    ~~~~~~~~<•>~~~~~~~
    बीउ मलको अभाव
    असारे झरीमा पर्यो
    धान खेतीमा प्रभाव !
    ✍️
    कमला  देवकोटा
    पाल्पा
    ~~~~~~~~<•>~~~~~~~
    १.
    असार महिना लाग्यो
    धान रोपौँ खेतमा
    वर्षाको बैँस जाग्यो ।
    २.
    नौमती बाजा बजाउँछन्
    लगाउँदै बेठी असारमा
    खेतलाई हरियाली बनाउँछन् ।
    ३.
    असारमा रोपेको धान
    झुल्छन् बाला कार्तिकमा
    भित्र्याउने मङ्सिरमा जान !
    ४.
    असारको हिलोमा जाऊँ
    दही चिउरा खाँदै
    धान दिवस मनाऊँ ।
    ✍️
    यशोदा रेग्मी चम्लागांई
    नामराङ पूर्व सिक्किम
    ~~~~~~~~<•>~~~~~~~
    १.
    दहीचिउरा खाने दिन
    असार पन्ध्र आयो
    कसैलाई नलागोस् रिन !
    २.
    खेतबारी बाँझै राखी
    सहरको गमलामा रोप्छन्
    झोला च्याप्दै काखी !
    ✍️
    धनमाया चौधरी
    कैलाली
    ~~~~~~~~<•>~~~~~~~
    राष्ट्रिय धान दिवस
    दही चिउरा खानुपर्नेमा
    भोकै बस्न विवश !
    ✍️
    रमेश मानन्धर
    ~~~~~~~~<•>~~~~~~~
    १.
    छन् खुसी किसान
    असारे पन्ध्र मनाउँदै
    सबैले रोप्छन् धान !
    २.
    रोपेर खेतमा धान
    गोडमेल गरे राम्ररी
    पालिन्छ आफ्नो जहान !
    ✍️
    कोपिला समीक्षा
    खार्पा खोटाङ
    ~~~~~~~~<•>~~~~~~~
    आयाे असार मास
    पन्ध्रमा विशेष गरी
    मानिन्छ है खास !
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    ~~~~~~~~<•>~~~~~~~
    १.
    यो महिना असार
    धान रोप्न थाले
    छन् बीउको पसार !
    २.
    पुगोस् सबैको चाहना
    कोही नरहुन् भोको
    असार पन्द्रको शुभकामना !
    ✍️
    रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    ~~~~~~~~<•>~~~~~~~
    १.
    जसोतसो रोपेँ धान
    मलविना सकिन्न होला
    उत्पादन गरेर खान !
    २.
    कोठामै रोप्छन् धान
    असारको पन्ध्र भन्दै
    थाले दहीचिउरा खान !
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~~~~~~~~<•>~~~~~~~
    १.
    धान रोपेर छुपुछुपु
    बुढाबुढी सँगसँगै बसेर
    खाउला भात कुपुकुपु !
    २.
    धान दिवसको महिमा
    प्रशस्त धान फलोस्
    हुनेछ शुभकामना सहीमा !
    ✍️
    हिरालाल न्यौपाने
    बागचौर नपा, ८ कोटमौला सल्यान
    ~~~~~~~~<•>~~~~~~~
    रोपेर गमलामा धान
    खोइ के बढ्ला ?
    देशको इज्जत मान !
    ✍️
    जयनारायण नेपाल
    बालकोट, भक्तपुर
    ~~~~~~~~<•>~~~~~~~
    १.
    असार पन्ध्र आउँदा
    निरुत्साहित छन् किसान
    बीउ मल नपाउँदा !
    २.
    कसले बुझ्छ मर्म
    रोप्छन् धान वर्षेनी
    बुझी आफ्नो कर्म !
    ✍️
    चन्द्रिका रिमाल न्यौपाने
    काठमाडौँ बालाजु
    ~~~~~~~~<•>~~~~~~~
    १.
    आकाशको के भर
    ब्याडमा बीउ सुक्यो
    मल पाउँदैनन् नर !
    २.
    गरिरहन्छ कृषक कर्म
    प्रवाह नगरी मौसमको
    निभाउँछ्न् आफ्नो धर्म !
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    ~~~~~~~~<•>~~~~~~~
    १.
    धान दिवस मनायौँ
    दही चिउरा खाएर
    असार पन्ध्र जनायौँ ।
    ✍️
    पुष्पा राई, बादेल, खोटाङ ।
    ~~~~~~~~<•>~~~~~~~
    १.
    असार पन्ध्रको दिन
    दही चिउरा बोक्दै
    आमा रुन्छिन् किन ?
    २.
    आकाशले गाए गीत
    यो खडेरीको बेला
    हुन्थ्यो किसानको जीत !
    ✍️
    राजेश्वरी राजोपाध्याय
    ललितपुर
    ~~~~~~~~<•>~~~~~~~
    १.
    कृषि क्रान्ति भन्थे
    गमलामा धान रोपेर
    देश बनाए मगन्ते !
    २.
    फुर्सद् मिलाऊँ एकैछिनको
    असार पन्ध्रको शुभकामना
    आज दहीचिउरे शुभदिनको !
    ✍️
    गुणनिधि घिमिरे
    पाँतथर खान्द्रोङ्ग
    हालः- अमेरिका
    ~~~~~~~~<•>~~~~~~~
    १.
    बगाई पसिना खलल
    जोगाउन अस्तित्व मानवको
    उब्जाउँछन् कृषकले फसल !
    २.
    सधैँकाे असार पन्ध्र
    हिलो धूलाेमा धसिनु
    उत्पादन हो मूलमन्त्र !
    ✍️
    हितमान छन्त्याल (सहाेदर)
    पाेखरा, कास्की
    ~~~~~~~~<•>~~~~~~~
    धान दिवस मनाएका
    दही चिउरा खाएर
    चाडको महिमा जनाएका !
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ~~~~~~~~<•>~~~~~~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    पञ्चाङ्ग अभ्यास शृङ्खला- १५३

  • १६ असार २०८२, सोमबार १४:१९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयत्रिपन्नौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५३————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०३/०९
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग;०१
    मिलेर माया र प्रीति गाँसेर जाउँ
    दुष्टकाे दुष्ट्याइ सबै मासेर जाउँ
    चाेथाले मुखले नपार्नु ठिक्क अब
    तिताे बाेल्नेकाे त्याे बाेली नासेर जाउँ
    हातेमालो गर्दै प्रिय हाँसेर जाउँ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    बढेको छ माया मुटु सुकाएर जान्छ
    किन मौन साथी शिर झुकाएर जान्छ
    सुकेको छ सधै बनी धेर प्यासी यहाँ,
    जलेको छ छाती पीडा लुकाएर जान्छ
    कहाँ पोखूँ माया छाती फुकाएर जान्छ।
    -गोर्खे साइँलो

    पञ्चाङ्ग:०३
    हालै विश्व युद्धतर्फ लागिरहेको छ
    हानाहानको प्रभाव जागिरहेको छ
    परमेश्वरका सन्तानहरूको बुद्धि
    कोही बमको डरले भागिरहेको छ
    कोही तुरुन्त उद्धार मागिरहेको छ ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०४


    म आएँ तिम्रो घर भन्दै जनाएर गयो।
    जन्म दिनको केक छुट्टै बनाएर गयो
    मैले भने चिनेकै छैन को हो यो जवान,
    केक काटी मेरो वर्थडे मनाएर गयो।
    शिर भरी फूलको वर्षा खनाएर गयो।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०५
    साउन झरी मेरै निम्ति झरे जस्तो लाग्छ
    त्यो निस्ठुरीले घर डेरा सरे जस्तो लाग्छ
    मर्म नबुझ्नेलाई केही छैन भन्ने कुरा ,
    मैलाई देखेर नक्कल गरे जस्तो लाग्छ
    सपनामा कर्णाली नदी तरे जस्तो लाग्छ ।

    -धनमाया चौधरी कैलाली

    ॐ

    पञ्चाङ्ग:०६

    स्वार्थकाे फूलबारी नास्नु पर्छ हामीले
    जन जन मिलेर हाँस्नु पर्छ हामीले
    ईशले दिएकाे जिन्दगी हाम्रो हजुर
    मनुष्यले मित्रता गाँस्नु पर्छ हामीले
    कदापि कलङ्क त ! मास्नु पर्छ हामीले ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०७

    उज्यालोलाई छेकेको हुँदा मोल पाएन जूनले पनि
    आयात निर्यात धेरै हुदा भाउ पाएन सुनले पनि
    जाली हुदो रहेछ समय पनि त्यही अनुसार मान्छे,
    कहिल्यै हिउँद नआउँदा तौल पाएन ऊनले पनि
    बैगुनीलाई ऋणदिएर थर पाएन गुनले पनि।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०८

    हरियाली देखिन्छ असारको दिनमा दाजै
    झम्के झरी छन् कतै घाम लाग्छ छिनमा दाजै
    खाेला नाला रमाउँछन् एकताको माला गाँसी ,
    संसारलाई रुवाउने शक्ति तिनमा दाजै
    अझ त्रास रातदिनकाे कठै दीनहीनमा दाजै ।

    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०९
    व्यर्थमा कुरा टारेर नबस
    मनका ईच्छा मारेर नबस
    अब त बेला भएको छ तिम्रो
    दिन्दिनै आँसु झारेर नबस
    एक्लो जिन्दगी पारेर नबस।

    -गुणनिधि घिमिरे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १२५

  • १६ असार २०८२, सोमबार १४:१४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयपच्चीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०३/०५

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२५[एकसयपच्चिसौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफूखुसी
    स्थायी :- आफूखुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    मनै लोभ्याउने सुन्दर ठाउँ छ हाम्रो
    यहाँ हरियाली सादृश्य नाउँ छ हाम्रो
    पर्यटकीय आकर्षण केन्द्र सबैको,
    त्यहाँ टेक्ने अति उज्ज्वल पाउ छ हाम्रो
    एकपटक सबै नै घुम्ने गाउँ छ हाम्रो।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    हेर्दा सुन्दर प्रकृति तिमी
    स्वच्छ र सफा आकृति तिमी
    संरक्षण गर्न सबै लागौं
    हाम्रो देशको संस्कृति तिमी
    मनोरम कलाकृति तिमी ।

    -धनमाया चौधरी कैलाली।

    पञ्चाङ्ग०३

    प्रकृतिको सुन्दरता त्यो कति राम्रो
    कतै देखिदैन नेपाल जति राम्रो
    खोला,झरना, हरियाली जताततै
    मौसम परिवर्तनको गति राम्रो
    ऋतुको आफ्नै विशेषता अति राम्रो
    -शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०४
    जहाँ छ शान्त त्यही नै सर्न मन लाग्ने
    चित्त बुझे ओरालो पनि झर्न मन लाग्ने
    प्रकृतिको अनुपम मनमा राखेर
    त्यसैको हेरविचार गर्न मन लाग्ने
    अतुलनीय‌ बाटोमा पर्न मन लाग्ने ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    ॐ
    पञ्चाङ्ग:०५
    *–
    प्रकृतिभित्रकाे हरियाली मन प्रफुल्ल हुन्छ
    नेपाल सधैँ नै हरियाली वन प्रफुल्ल हुन्छ
    जङ्गलकाे जडिबुटी दैव निसृृत निधि हाम्रो
    वनपैदावार हरियाली धन प्रफुल्ल हुन्छ
    हिमाली देशमा हरियाली जन प्रफुल्ल हुन्छ ।

    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग;०६

    कति सुन्दर मन लोभ्याउने ठाउँ होला
    कहाँ पर्छ यो रमाइलो कुन गाउँ होला
    मोहित बनेर सधैँ भरि ध्यानमा बस्नु,
    प्रकृतिले दिएको काख पार्ने नाउँ होला
    साथीहरू मिलेर घुम्नलाई जाउँ होला।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०७
    यही हरियालीमा फूल्न मन छ
    म यसैको साथमा खुल्न मन छ
    आहा सुन्दर रमणिय ठाउँमा,
    सधैंभरि मलाई झुल्न मन छ
    यसको फूलसँग भुल्न मन छ।
    -ह्यारिस

    पञ्चाङ्ग-८
    प्रकृतिको कति धेरै छौं धनी हामी
    प्रकृतिकै हौं एक अंस पनि हामी
    नछरौं भ्रम स्वर्गको यही हो स्वर्ग,
    फेरौ न सास यहीँ गनि गनि हामी
    नगरौं मरेर अर्काको बनी हामी।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    पञ्चाङ्ग लेखन शृङ्खला- १५२

  • १६ असार २०८२, सोमबार १४:११ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय बाउन्नौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५२—————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०३/०२
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    नेपाली हुनुमा गौरव गर्नु पर्छ
    विश्वको सुन्दर सूचीमा पर्नु पर्छ
    नेपाल भएर नेपाली भएका हौ,
    सम्पूर्णमा ज्ञानको ज्योति छर्नु पर्छ
    दुःखका बीजलाई सबै हर्नु पर्छ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    आँगनीमा डाफे चरी नाच्ने देश मेरो
    आफु भरी अरूलाई बाँच्ने देश मेरो
    मानवता जहिँतहीँ नभेटिन सक्छ
    सोधेर नै कुशलता जाँच्ने देश मेरो
    कोपिलामै हाॅगाबिगा भाॅच्ने देश मेरो।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०३
    याे कविको तिलस्मी कलम चलिरहन्छ सधैँ
    तेल थपेमा निभ्दैँन दीयाे बलिरहन्छ सधैँ
    आउन ठुला अस्त्र शस्त्र ,सुनामी तुफान आओस् ,
    ढाल बनेर अक्षर उभिँदै छलिरहन्छ सधँ
    मसी छर्दा सृजनाकाे फल फलिहरन्छ सधैँ।
    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग :०४

    फूल फुल्नु पर्दछ भमरो डुल्नलाई साथी
    बादल हट्नु पर्छ आकाश खुल्नलाई साथी
    दिनरात , दुःख र सुख सृष्टिको नियममा,
    आपसी प्रेम चाहिन्छ खुसी घुल्नलाई साथी
    परिवार हुनुपर्छ मन भुल्नलाई साथी ।

    -भवानी घिमिरे
    सर्लाही ।

    👉पञ्चाङ्ग:०५
    अल्छ्याइँले गलत बाटो जान्छौ भने
    झुक्याइ अरूलाई त्यतै लान्छौ भने
    जानी राख्नु सबै कुराको सीमा हुन्छ
    सपना खोज्न पनि कष्ट मान्छौ भने
    दिनहुँ दृढ भै क्षुद्र नै छान्छौ भने ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    ॐ

    पञ्चाङ्ग:०६

    तिर्खा मेट्ने अन्तत; पानी हुन्छ मित्र
    मान्छेमा आफ्नाे आफ्नाे बानी हुन्छ मित्र
    मायामा फुल्ने संसार रहेछ प्रिया
    सद्भाव भित्र प्रेम खानी हुन्छ मित्र
    खासमा व्यवहार रानी हुन्छ मित्र ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०७
    उज्यालोलाई छेकेको हुँदा मोल पाएन जूनले पनि
    आयात निर्यात धेरै हुँदा भाउ पाएन सुनले पनि
    जाली हुँदो रहेछ समय पनि त्यही अनुसार मान्छे,
    कहिल्यै हिउँद नआउँदा तौल पाएन ऊनले पनि
    बैगुनीलाई ऋण दिएर थर पाएन गुनले पनि।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०८
    जूनको उज्यालो राम्रो मान्नु पर्छ
    सांसारिक माया आफ्नो ठान्नु पर्छ
    देख्नेले जूनमा पनि देख्छन् दाग,
    गलत सही आफैंले जान्नु पर्छ
    खराब जो कोहीलाई हान्नु पर्छ।
    -ह्यारिस

    पञ्चाङ्ग:०९


    हामीले आफ्नो देशलाई आफैं बनाउनु छ
    हामी नेपाली हौँ भनेर आफैं जनाउनु छ
    दु:खी भएकी नेपाल आमालाई सबै मिली
    सुख र शान्त हामी पार्छौँ भनी मनाउनु छ
    विश्वलाई सुन्दर शान्त देश भनाउनु छ।


    -मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:१०
    फूर्ति नगर पुरानो पदको कहिले पनि
    सकियो हातको मैलो रहन्न अहिले पनि
    सानोलाई भेट्दा माया गरे सम्मान पाइन्छ,
    मीठो कुरा बोलेर माया गर्नु जहिले पनि
    चोखो भनी नुहाको हुन्न दूध दहीले पनि।

    -सुरेश चन्द्र घिमिरे

    पञ्चाङ्ग -११

    मेरा कुरा थाती राखेर  मलाई  झार्‍यौ तिमी
    अलि बुढोबुढो भएपछि  माया चार्‍यौ तिमी 
    माया   पनि   यही   रुपमा    निहित   रहेछ ,
    माया पाउँदा   पाउँदै अर्कैलाई नार्‍यौ तिमी 
    मलाई राम्रो देखिनौ मेरो माया मार्‍यौ तिमी ।
    -सोमनाथ लुईटेल

    पञ्चाङ्ग-१२
    यो जिन्दगी पनि तिमीलाई नै थमाउँला सानू
    जति नै दु:ख आओस् हाँसी हाँसी रमाउँला सानू
    दुइदिने चोलामा मरिलानु केही पनि छैन,
    बाँचुन्जेल हामी हातमा हात समाउँला सानू
    भएभरको खुसी जति यहीँ कमाउला सानू।

    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १२४

  • १६ असार २०८२, सोमबार १४:०८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय चौबिसमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०२/२९

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२४ एकसय चौबिसौँ चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~

    पञ्चाङ्ग:०१
    सुन्दर हिमाल हेर्न मन छ
    दुईचार शब्द केर्न मन छ
    प्राकृतिक छटा क्या छ गज्जब,
    यहाँ बसि श्वास फेर्न मन छ
    रमणीय ठाउँ बेर्न मन छ ।
    -सुशीला पौडेल

    ॐ

    पञ्चाङ्ग:०२

    सुन्दर शान्त नेपाल राम्रो साथी
    सनातन हिन्दु धर्म हाम्राे साथी
    जन्मदेखि मृत्यु पर्यन्त व्यवस्था
    विदेशी चलखेलले दाम्राे साथी
    दिनदिनै बिग्रेको छ काम्राे साथी ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०३
    सूर्य जस्तै चम्किन सक्नु पर्छ
    पोल्दा पानी छम्किन सक्नु पर्छ
    प्रकृतिको महिमा छ असाध्यै,
    यस्मै हामी लम्किन सक्नु पर्छ
    परी आए गम्किन सक्नु पर्छ।
    -ह्यारिस

    पञ्चाङ्ग:०४

    माथि निलाे आकाशकाे तलपट्टी सेताे हिउँ देखिन्छ
    पानीमा टलक्क टल्किएकाे यो हरियो जीउ देखिन्छ
    अरुले के अर्थ लगाई तर्क गर्लान् त्यो त ठेक्का लिन्न,
    नेपाल हेर्दा लाग्दछ स्वर्ग सानाे टुक्रा बिउ देखिन्छ
    मनाेरम दृश्य सानो घर आहा साच्चै घिउ देखिन्छ ।

    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग- ०५
    हिमालको सेतो छायाँ निलो तालमा टल्केको देखिन्छ
    हरियो बन चारैतिर सौन्दर्यता छल्केको देखिन्छ
    यस्तो दृश्य देखेपछि स्वर्गै पाए पनि नजाऊँ लाग्छ,
    नजर अन्त जानै मान्दैन आँखा यहीँ पल्केको देखिन्छ
    शब्दहरु निशब्द भइ भावतिरै सल्केको देखिन्छ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग-०६
    अक्षर-१७

    वरिपरि हिमाल बिचमा देखिन्छ गाउँ हजुर
    यस्तो दृश्यले मनमा धेरै लेखिन्छ नाउँ हजुर
    रमाइलो सुन्दर त्यो ठाउँ कहाँ पो होला हेर्नु छ,
    वर्षा अनि मेघ लाग्यो भने छेकिन्छ ठाउँ हजुर
    लागिरहोस् घाम यो ठाउँ सधैं हेर्न पाऊँ हजुर।

    दुर्गा आचार्य
    मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P