“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय सतहत्तरऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७७———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०८/२९
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
कर्म गर फलको आश नगर
प्यास लाग्दा जलको आश नगर।
हाँसो खुसीमा हजारौं हुन्छन् यहाँ,
दुःख पर्दा दलको आश नगर
बलियाको बलको आश नगर।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
देश समृद्धिकाे नारा भित्र जलेकाे छ हजुर
सुशासन प्रतिबद्धताले छलेको छ हजुर
भनाइ गराइएको तारतम्य नमिलेपछि ,
कलिमा त! मनुष्यमा पाप फलेको छ हजुर
विश्वमञ्चमा पू्र्खाको सान ढलेकाे छ हजुर ।
-प्रद्युम्न चालिसे
पञ्चाङ्ग-०३
यो बाटो गलत छ अझै अघि जान्छु नभन
आफू मात्रै हैन अरूलाई नि लान्छु नभन
लक्ष्यमा पुग्न सही मार्ग चुन्नुपर्छ पहिला,
यहीँबाट लक्ष्यलाई झटारो हान्छु नभन
भुइँमा बसिबसि मिठो फल खान्छु नभन।
-पशपती राई खोटाङ ।

