ॐ”पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय छयाहत्तरौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७६———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०८/२२
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
फाटेको मन सिएर हिँड्नु परेको छ
मुटुमा आगो दिएर हिँड्नु परेको छ।
एकदिन मरेर जाने मानव शरीर,
मान्छे टक्कर लिएर हिँड्नु परेको छ
कहिले रक्सी पिएर हिँड्नु परेको छ।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
फाटनु जति फाटी सक्दा उधार्दै पनि टाल्नुपर्छ,
हारहरू जति खादै यहाँ आशा बनी पाल्नुपर्छ
किन आँखाहरू रसायनी मन मुटु टुक्रिएनी,
सधैँ खुसी धेरै देखाएर पीडा भनी पाल्नुपर्छ
डाँडा र काँडा पन्छाउदै पाइला गनी चाल्नुपर्छ।
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०३
हिमाल हुन जमेको चिसाे हिउँ हुनुपर्छ
हात्ती कहलाउन विशाल जीउ हुनुपर्छ
फल त्यतिकै लाग्दैन माटो खनेर दिनहुँ ,
राम्रो फसल लिन असल बिउ हुनुपर्छ
सेलराेटी पकाउन तेल,घिउ हुनुपर्छ ।
-भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग०४
“””””””””
जातपात लेखिएको छैन वेदमा साथी
ईश सृष्टि पलाएको हैन फेदमा साथी
कामकाे आधारमा गरेकाे हाे विभाजन,
जन्मेको आधार जात मान्नु खेदमा साथी
हाम्रो अक्षम्य ठुलो पाप छ भेदमा साथी।
-प्रधुम्न चालिसे
पञ्चाङ्ग-०५
हिजोआज जोपनि जीउ छाडेर बोलेको देखिन्छ
आफ्नालाई बचाउन अरुलाई पोलेको देखिन्छ
सत्यतथ्य के हो सुन्ने फुर्सद कसलाई पो छ र?
उसै त रूखो बोली त्यसैमा विष घोलेको देखिन्छ
अन्त्यमा बोल्दाबोल्दै आफ्नै धोती पो खोलेको देखिन्छ ।
-पशपती राई खोटाङ ।

