साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- १७५

  • २६ पुष २०८२, शनिबार १०:३९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयपचतरौऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७५———-

    विधा :- पञ्चाङ्ग

    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

    मिति:- २०८२/०८/१५

    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।

    ……………………………………….

    प्रशिक्षक:-

    ……………

    सोमनाथ लुइटेल

    गुणनिधि घिमिरे

    सुशीला पौडेल

    ………………………

    भाषा शुद्धीकरण:-

    ———–

    भवानी घिमिरे

    पशपती राई

    सङ्कलक :-

    ———-

    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    =====

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]

    अनुप्रास :- आफुखुसी

    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१

    देखिन र देखाउन जान्नु पर्छ यहाँ

    आफू आफैंलाई ठूलो मान्नु पर्छ यहाँ

    सारथि हुँ बाँचुन्जेल खलियान मेरै,

    खुट्टा तान्ने दुष्ट गुरु तान्नु पर्छ यहाँ।

    नेतृत्व पाए प्रगति ठान्नु पर्छ यहाँ ।

    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    फुलाएर फूल अरू झर्न दिन्न

    लगाएर जल पनि मर्न मर्न दिन्न

    अति राम्रो हुने फूल मुस्कुराए,

    भँमराको हूललाई पर्न दिन्न

    कसैले चुडाल्न खोजे हर्न दिन्न।

    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०३

    उतार चढावको खालीपन पालेपछि

    जीवन नै सम्झनाले भरिन थालेपछि

    जितेको संसार फेरि हारेको जस्तै लाग्छ,

    शान्ति र स्थिरता जीवनबाट फालेपछि

    बदलिँदो चाला नै दिलभित्र हालेपछि ।

    ✍️अच्युत घिमिरे,

     सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०४

    “””””””””

    गरियो काराेबार लाखाैैं लाख महाेदय

    तर रहेन आज मेराे साख महाेदय

    विधिवत् पदीय आचरण नगर्दा खेरि

    जीवनको पूर्ण आम्दानी राख महाेदय

    आखिर मेराे जाेगिएन नाख महाेदय ।

    -प्रद्युम्न चालिसे

    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०५

    आँसुको भेलै भेलमा रहेछ यो जिन्दगी

    बुझ्नै कठिन खेलमा रहेछ यो जिन्दगी

    अनेकौं चोट बोकेर यसरी बग्नुपर्ने

    हो जन्जालको मेलमा रहेछ यो जिन्दगी

    कैयौँ नाटकको झेलमा रहेछ जिन्दगी ।

    -दुर्गा आचार्य

    मोरङ

    पञचाङ्ग::०६


    आगोले तन जलायो धुँवासँग किन गुनासो गर्नु

    धनले मन जलायो बुवासँग किन गुनासो गर्नु

    सधैं गुनासो तैपनि समय अनुसार गरे हुन्थ्यो ,

    जरुवाको पानी सुक्यो कुवासँग किन गुनासो गर्नु

    सिरकनै पातलो छ रुवासँग किन गुनासो गर्नु।


    -मल्ल लक्ष्मी श्रेष्ट

    मेची किनार

    बिर्तामोड झापा

    पञ्चाङ्ग-०७
    केही नबोली बस्दा पनि
    कुँडिन्छ मन कसो गरुँ
    बोलेर सम्झाउँदा पनि खुँडिन्छ मन कसो गरुँ
    लुगा भए सिएर गाँस्न हुन्थ्यो मान्छेको मन पर्यो,
    बल्ल यता गाँस्यो त उता चुँडिन्छ मन कसो गरुँ
    जसो गरे पनि मिल्दैन मुडिन्छ मन कसो गरुँ।
    -पशपती राई खोटाङ ।