“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयपचतरौऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७५———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०८/१५
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
देखिन र देखाउन जान्नु पर्छ यहाँ
आफू आफैंलाई ठूलो मान्नु पर्छ यहाँ
सारथि हुँ बाँचुन्जेल खलियान मेरै,
खुट्टा तान्ने दुष्ट गुरु तान्नु पर्छ यहाँ।
नेतृत्व पाए प्रगति ठान्नु पर्छ यहाँ ।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
फुलाएर फूल अरू झर्न दिन्न
लगाएर जल पनि मर्न मर्न दिन्न
अति राम्रो हुने फूल मुस्कुराए,
भँमराको हूललाई पर्न दिन्न
कसैले चुडाल्न खोजे हर्न दिन्न।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०३
उतार चढावको खालीपन पालेपछि
जीवन नै सम्झनाले भरिन थालेपछि
जितेको संसार फेरि हारेको जस्तै लाग्छ,
शान्ति र स्थिरता जीवनबाट फालेपछि
बदलिँदो चाला नै दिलभित्र हालेपछि ।
✍️अच्युत घिमिरे,
सर्पाङ, भुटान🇧🇹
ॐ
पञ्चाङ्ग:०४
“””””””””
गरियो काराेबार लाखाैैं लाख महाेदय
तर रहेन आज मेराे साख महाेदय
विधिवत् पदीय आचरण नगर्दा खेरि
जीवनको पूर्ण आम्दानी राख महाेदय
आखिर मेराे जाेगिएन नाख महाेदय ।
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग:०५
आँसुको भेलै भेलमा रहेछ यो जिन्दगी
बुझ्नै कठिन खेलमा रहेछ यो जिन्दगी
अनेकौं चोट बोकेर यसरी बग्नुपर्ने
हो जन्जालको मेलमा रहेछ यो जिन्दगी
कैयौँ नाटकको झेलमा रहेछ जिन्दगी ।
-दुर्गा आचार्य
मोरङ
पञचाङ्ग::०६
आगोले तन जलायो धुँवासँग किन गुनासो गर्नु
धनले मन जलायो बुवासँग किन गुनासो गर्नु
सधैं गुनासो तैपनि समय अनुसार गरे हुन्थ्यो ,
जरुवाको पानी सुक्यो कुवासँग किन गुनासो गर्नु
सिरकनै पातलो छ रुवासँग किन गुनासो गर्नु।
-मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार
बिर्तामोड झापा
पञ्चाङ्ग-०७
केही नबोली बस्दा पनि
कुँडिन्छ मन कसो गरुँ
बोलेर सम्झाउँदा पनि खुँडिन्छ मन कसो गरुँ
लुगा भए सिएर गाँस्न हुन्थ्यो मान्छेको मन पर्यो,
बल्ल यता गाँस्यो त उता चुँडिन्छ मन कसो गरुँ
जसो गरे पनि मिल्दैन मुडिन्छ मन कसो गरुँ।
-पशपती राई खोटाङ ।

