बैतडी : बाबु बितेको चार दिन भइसक्दा पनि भारतीय क्वारेन्टाइनमा रहेका तीन दाजुभाईले नेपाल प्रवेश अनूमति पाएका छैनन्। एकै परिवारका यी तीन दाजुभाई यतिखेर भारतको पिथौरागढस्थित गभर्मेन्ट इन्टरमेडियट कलेजमा बनाइएको क्वारेन्टाइनमा बसिरहेका छन्।
जिल्लाको पुर्चौडी नगरपालिकाका प्रेम धामी,अम्मर धामी र राम धामीले बाबुको निधन भएको चार दिन बितिसक्दा पनि नेपाल प्रवेश गर्न नपाएका हुन्। उनीहरूका बाबुको आइतबार निधन भएको हो।
यता जिल्ला प्रशासन कार्यालय बैतडीले भने भारतीय क्वारेन्टाइमा बसेका ती मजदुरलाई नेपाल ल्याउन पहल भइरहेको जनाएको छ। उनीहरुलाई बुधबार (आज) नेपाल भित्र्याइने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।
घरमा बाबु बितेपछि उनीहरूलाई नेपाल भित्र्याउन भारतीय प्रशासनसँग समन्वय गरिसकिएको उनले बताए। स्वास्थ्य चेकजाँच लगायतका सम्पूर्ण प्रकृया पुर्याएर नेपाल ल्याउन तयारी भइरहेको प्रजिअ पौडेलले थाहाखबरलाई जानकारी दिए।
पाँचमध्ये तीन दाजुभाई कोरोना संक्रमण फैलिएपछि भारतबाट नेपाल फर्कँदै थिए। सोही समयमा नेपालमा लकडाउन घोषणा भएको थियो। नेपालमा लकडाउन लागेपछि उनीहरू भारतीय क्वारेन्टाइनमै रोकिएका हुन्।
यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिकाका बासुदेव भट्टलाई उनकी आमाको निधन भएको ६ दिनपछि नेपाल भित्र्याइएको थियो। ThahaKhabar
कपिलवस्तु – ईलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुका प्रहरी निरीक्षक गणेश सुबेदीले एक्सनमा आएको छन् । कपिलवस्तु जिल्लाको हुलाकी राजमार्ग लगायत ग्रामीण भेगको सडक सुनसान भएको छ । लकडाउन उल्लघन गर्ने ब्यक्ती तथा लकडाउनलाई बेवास्ता गर्दै गुडाउने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिन थाले पछि सडक सुनसान बनेको हो । विश्वमा महामारीको रुपा लिएको कोभिड -१९ लाई नियन्त्रणमा लिनको लागी सरकारले जारी गरेको लकडाउनलाई बेवास्ता गरी ओहर दोहर गर्ने सवारी साधन, ब्यक्तीलाई नियन्त्रणमा कारवाही गर्दै आएको सुबेदीले बताए । उनले नेपाल सरकारले लागु गरेको लकडाउन सरकारको नभएर आम नेपाली नागरिकको लागी भएको हुनाले बेवास्ता गर्ने र उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिएको बताउनु भयो । ईलाका प्रहरी कार्यालय पकडीको मताहतमा पर्ने प्रहरी चौकीहरुका प्रमुखलाई कडा निर्देशन दिनुको साथै आफूपनि सडकमा खट्दै आएको बताउनु भयो । प्रहरीको कडाई हुनसाथ हुलाकी राजमार्ग तौलिहवा भैराहवा समेत ग्रामीण भेगमा चल्ने सवारी साधन ठप्पा भएको छ । अति आवश्यक सवारी साधन पुरै ठप्पा छ । निरीक्षक सुबेदीले आम सर्वसाधारणलाई आ -आफ्नो घरबाट बाहिर ननिस्किन अपिल समेत गर्दै आएको हुन । निरीक्षक सुबेदीले कोरोना भाइरस सँग जोगीने उपायहरु समेत गाउँ गाउँ टोल टोलमा पुगी प्रचार प्रसार समेत गर्दै आएको छन् । इलाका प्रहरी कार्यालय पकडी मातहातमा रहेको स्थानियको भनाइ अनुसार प्रहरी निरीक्षक सुबेदीले गरिरहेको कार्य सराहनीय रहेको बताएका छन । हाम्रो देश नेपाल लगायत विश्व भर फैलिएको यस्तो महामारीको बेला पनि प्रहरी निरीक्षक सुबेदीले आफ्नो जिउ ज्यानको ख्याल नगर्दै रात दिन स्थानियको सहयोगमा जुटेको कार्य सराहनीय रहेको स्थानियले बताउदै आएको छन् ।
–वसन्त अनुभव- लकडाउनको अवधि लम्विएसँगै बाहिरी जिल्लाहरुबाट दाङ भित्रने यात्रुहरूको संख्या बढ्दै गएको छ । सरकारले लकडाउनको अवधी थपेर यहि बैशाख १५ गते सम्म पुर्याएको छ । लकडाउनमा यातायातका साधन नचले पछि मानिसहरू लकडाउनको बेवास्ता गरि हिडेरै भएपनि आफ्नो घर जान आउन थालेका छन ।
छिमेकी मुलुक भारत लगायत नेपालमा पनि कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ । प्राप्त जानकारी अनुसार नेपालमा संक्रमितको संख्या ३१ जना पुगिसकेको छ । यस परिस्थितिमा बैशाख १५ पछि लकडाउन खुल्छ नै भन्ने कुनै ग्यारेन्टी छैन ।
सुरु सुरुमा मानिसहरू लकडाउन छिट्टै खुल्ने आसमा जसोतसो जीवन गुजारा गरे पनि लकडाउन खुल्ने छाट नदेखिएपछि पैदल हिडेर भएपनि आफ्नो घर जाने सोचले हिड्ने गरेको देखिन्छ ।
घरबाहिर भोक र त्रासले मर्नु भन्दा मर्नै परे घर पुगेर परिवार सँग मर्नु वेस भन्दै हिडेको एक यात्रुले बताए । उनले १२ / १३ दिनसम्म भोकभोकै चाउचाउ पानीको भरमा तुलसीपुर आइपुगेको समेत बताए । तुलसीपुर उ.म.न.पा.ले खानपिन सहित घर जान बसको ब्यवस्था गरिदिएकोमा खुसी व्यक्त गरे ।
दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरसम्म आईपुगेका यात्रुहरूलाई खाना पानी, मास्कको व्यवस्था गरि उनिहरुको गन्तव्यमा पुर्याउनका लागि यातायातको व्यवस्था गर्दै आएको छ ।
शुक्रबारमात्र तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरमा विभिन्न् ठाउँवाट आयका ११८ जना पैदल यात्रुहरुलाई मास्क, खाना पानीको व्यवस्था गरि यात्रुहरूको गन्तव्यस्थल जस्तो ववई, कपुरकोट सल्यान लगायत तुलसीपुरका विभिन्न वडाहरुमा यातायातको साधनको व्यवस्था गरि पठाउने काम गरेको थियो ।
त्यस्तै शनिबार पनि तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर आई अलपत्र परेका यात्रुहरूको उद्दार गरि मास्क, खानपिनको व्यवस्था सहित थुप्रै यात्रुहरूलाई गन्तव्यसम्म यातायातको व्यवस्था गरि पठाउने काम गरेको छ । शनिबार दिउँसोमात्र पहिलो लटमा ७९ जना पठाएको छ भने दोश्रो लटमा १४ महिला, ९ वच्चा र ५९ पुरुष गरि ८२ जना (जसमा शारदा नपाका १५ जना र कुपिण्डेका ३ जना र कालीमाटी गापाका ६३ जना) लाई गन्तव्यमा पठाउने काम गरेको छ ।
त्यस्तै तेश्रो लटमा २३ जना यात्रुलाई गन्तव्यमा पठाउने काम गरेको छ । दिनरात नभनी खटेर तुलसीपुरमा अलपत्र परेका यात्रुहरूलाई मास्क, खानपिनको व्यवस्था लगायत गन्तव्य सम्म पुर्याउनका लागि तुलसीपुर उपमहानगरपालिका, वस व्यवसायी समिति, पत्रकार, रेडक्रस, व्यापारी आदिको उल्लेखनीय सहयोग रहेको थियो ।
शनिबार राती अबेरसम्म खटेर यात्रुहरूको खानपिन लगायत यातायातको व्यवस्थापनमा तुलसीपुर उमनपाको विपद व्यवस्थापन शाखा प्रमुख भिम प्रकाश खत्री , जनस्वास्थ्य प्रवर्धन महाशाखा तुलसीपुरका प्रमुख ओमप्रकाश न्यौपाने, जनस्वास्थ्य निरिक्षक विमल केसी , सिंअहेव अधिकृत विष्णु कुमार गिरि, प्रशासन शाखाका लक्ष्मी चौधरी ,वडा अध्यक्ष विरेन्द्र शाह, त्रिसेद्धेश्वरी यातायात अध्यक्ष सुरेश हमाल , उधोग वाणिज्य संघका विरु रावत , टेक प्रकाश केसी लगायतको टिम खटेको जानकारी जनस्वास्थ्य निरीक्षक विमल केसीले दिनुभयो ।
काठमाण्डौ – भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एअरले दुई जना भुटानी नागरिकको उद्धार गरेर आफ्नो देश लगेको छ । नेपालमा रहेका दुई जना नागरिकलाई लिन शनिबार बिहान एटीआर ४२ सिरिजको विमान काठमाण्डौ आएको थियो । यो विमानको क्षमता ३० देखि ५० सिटसम्म हुन्छ ।
जहाजले नेपाली चलचित्रमा अभिनयको लागि नेपाल आएकी भुटानी नायिका उगेन छोदेन र हिमालय एअरलाइन्सका पाइलट सोनाम तोब्गेलाई लिएर थिम्पु फर्केको हो । नायिका उगेन ‘दुई नम्बरी’ नामक नेपाली चलचित्रमा अभिनय गर्न ८० दिनअघि नेपाल आउनुभएको चलचित्रका निर्देशक दिपेन्द्र लामाले जानकारी दिनुभयो ।
भुटान फर्केका दुवै जना पारोको ओलाथाङ होटलमा २१ दिने क्वरेण्टीनमा बसेका छन् ।
थिम्पुको एक क्वरेण्टीनमा बस्नुभएका पाइलट सोनाम तोब्गेले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘मैले त हिमालय एअरलाइन्समा दुई सय जना हाराहारी बोकेर जहाज उडाउँथे तर आज जम्मा दुई जना मात्रै यात्रु थियौँ, अनौठो लाग्यो ।’
उहाँले आफूलाई भुटान सरकारप्रति गर्व रहेको पनि बताउनुभयो । ‘जहाजको पैसा हामी दुई जनाले ति¥यौँ तर हाम्रो लागि सरकारले जुन रेस्पोन्स गर्यो, त्यसमा मलाई गर्व लागेको छ ।’
‘दुई जनालाई मात्रै लिन विमान आउनेभन्दा त हामी पनि अचम्ममा परेका थियौँ, जहाज आएर उहाँहरुलाई लिएर गएको छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले उज्यालोसँग भन्नुभयो ।
विमान पठाउने बन्दोबस्त भुटान सरकारले नै गरे पनि भाडा भने दुई जनाले तिरेका छन् । दुई जनाले पाँच हजार एक सय अमेरिकी डलर तिरेका थिए ।
नायिका पूजा शर्माले सामाजिक संजाल फेसबुकमा लेखेको एउटा स्टाटस अहिले चर्चामा छ । नायिका शर्माले केही दिन अगाडि मात्र चलचित्र क्षेत्रमा काम गर्ने विपन्न प्राविधिकहरुलाई राहात वितरण गरेकी थिइन् ।
पूजाको सामाजिक कामको चर्चा सबैतिर भयो । तर, उनै पूजाले सामाजिक संजालमा एउटा स्टाटस लेख्दै आफूलाई ‘सिंह’को रुपमा चित्रित गरेकी छिन् ।
पूजाले लेखेकी छिन्–‘कुकुर जति भुके पनि राजा सिंह नै हुन्छ । केही साना कुकुर भुक्दैमा सिंहले पछाडि फर्किएर हेर्दैन ।’
पूजाको यो आक्रोश किन एकाएक देखियो यो उनले जान्ने कुरा हो । तर, उनले यो स्टाटसको माध्यमबाट आफूलाई चलचित्र क्षेत्रको राजा बताउन खोजेकी छिन् । यतिमात्र होइन, उनले कोही चिल्लाउँदैमा आफूलाई केही फरक नपर्ने पनि संकेत गर्न खोजेकी छिन् ।
दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला विपद् व्यवस्थापन कोषमा १ सय बोरा चामल जम्मा गर्नुभएको छ । बिहीवार महराका स्वकीय सचिव प्रमोद शर्माले प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई उक्त चामल बुझाउनु भएको हो ।
कोरोना भाइरस (कोभिड– १९)ले विश्वलाई नै आक्रान्त बनाएको बेला नेपाल पनि अछुतो छैन । मुलुक यतिबेला लकडाउनमा रहेको र विपन्न परिवार, ज्यालादारी गर्ने मजदूर र विभिन्न कारणले चुलो नै लक्ड हुने अवस्थाका नागरिकहरुलाई उक्त चामल जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यकताअनुसार वितरण गर्ने बताइएको छ ।
पूर्वसभामुख तथा दाङ क्षेत्र नं. २ का सांसद महराले पहिलो चरणमा जिल्लामा आइपर्ने विपन्न तथा ज्यालादारी मजदूरहरुको छाक नबसोस भनेर जिल्ला विपद व्यवस्थापन कोषमा १ सय बोरा चामल उपलव्ध गराएको बताउनु भयो ।
‘कोरोना संक्रमणले यतिबेला मुलुकलाई छोएको मात्र छ’, महराले भन्नुभयो, ‘भोलि महामारीले झनै उग्ररुप लिन पनि सक्छ । त्यसकारण म अब दोस्रो चरणका लागि पीपीई, मास्क, औषधि, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री जुटाउने अभियानमा छु ।’ दैनिक अनलाइन
काठमाडौं : सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउने आवश्यक व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
बिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले यस्तो आदेश जारी गरेको हो। कोरोना भाइरसको महामारी फैलिएसँगै विदेशी मुलुकहरुले पनि आफ्ना नागरिक फिर्ता ल्याइरहेको सन्दर्भमा यस्तो आदेश दिएको हो।
सर्वोच्चले विदेशमा श्रम गरिरहेका नेपालीलाई फर्काउन दबाबसमेत आएको सन्दर्भमा उचित व्यवस्थापन गरी फिर्ता ल्याउन भनेको हो। कोरोना महामारी फैलिएका देशमा रोजगारीमा रहेका नेपालीहरुको अवस्थाबारेको प्रतिवेदन तयार गर्न पनि सर्वोच्चले सरकारलाई भनेको छ। ThahaKhabar
काठमाडौं : सरकारले कोरोना भाइरस नियन्त्रणका लागि ६’टी’ को रणनीति अपनाएको छ। कोराना भाइरस सक्रमितको संख्या बढिरहेका बेलामा सरकारले रोकथाम तथा नियन्त्रणका लागि नयाँ रणनीति अघि सारेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रका लागि अहिले मुख्य ६ ‘टी’को शुत्रसँगै आफ्ना रणनीतिहरु अगाडि सारिएको बताएका छन्।
सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक अर्ब ९८ करोड ६७ लाख ७६ हजार ७ सय ६० रुपैयाँ जम्मा भएको पनि जनाएको छ।
पहिलो टी : ट्राभल रेष्ट्रिक्सन
यसका लागि आवतजावत नै बन्द गर्ने हो। जसका लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्ग बन्द गरिएका छन्। नेपाल भित्र पनि गत चैत्र १० गतेदेखि लकडाउनको अवस्था छ।
यो अवस्थामा विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरु क्वारेन्टाइनमा रहनु जरुरी छ। जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्न पाउँदैन। हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन्। यो प्रभावकारी सावित भएको छ।
लकडाउनले सर्वसाधारणलाई केही असहजता भएको छ तर देशलाई संक्रमणबाट बचाउन यो कुरा अपरिहार्य रहेको भन्दै सबैभन्दा पहिले विदेशबाट आएका संक्रमितको संसर्गमा रहेकाको परीक्षण भइरहेको ढकालले बताएका छन्।
दोश्रो ‘टी’ टेष्टिङ्ग
यसअन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनका सबै व्यक्तिहरुको नमुना परीक्षण गरिन्छ। होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि आवश्यकता अनुसार नमुना परीक्षण गर्ने नीति लिइएको छ।
कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधिमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा हामीले कार्यविधि बनाई व्यवस्थित गरेका छौँ। हाम्रो हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरै भन्दा धेरै व्यक्तिहरुलाई सो दायरामा ल्याई परीक्षण गर्नु रहेको बताइएको छ।
तेश्रो टी : ट्रेसिङ्ग
ट्रेसिङ्ग भन्नाले संक्रमित व्यक्तिका परिवार नजिकका व्यक्तिहरु जोसँग ती संक्रमितहरु सम्पर्कमा आए, त्यस्ता व्यक्तिहरुलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो।
‘हामीले धेरैजसो संक्रमितहरुको ट्रेसिङ्ग कार्य पुरा गरिसकेका छौँ’, ढकालले भने, ‘पछिल्लो समयमा पहिचान भएका संक्रमितहरुको ट्रेसिङ्ग भइरहेको छ। यो कार्य इपिडिमियोजलोजी तथा रोग नियन्त्रण महाशाखाले व्यवस्थित रुपमा गर्दै आइरहेको छ।’
चौथो टी : ट्रयाकिङ्ग
सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा आवत जावत भएमा त्यसको एकिन गरी उनीहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्र्याकिङ्ग हो।
यसका लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु तथा स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेवसाइटमार्फत ट्रयाकिङ्गलाई थप व्यवस्थित गरिएको छ।
यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे नरहेको अनुगमन गर्नुपर्ने हुन्छ। यस कार्यका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको छ।
त्यसका साथै स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, मिडियाकर्मीहरु र सम्बन्धित सबै सरोकावालाहरुलाई यस कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि मन्त्री ढकालले आग्रह गरेका छन्।
पाँचौ टी : ट्रिटमेन्ट
हालसम्म नेपालमा १३ जना संक्रमितको संख्या रहेको छ। जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन्। १२ जना विभिन्न अस्पतालमा उपचाररत छन्। उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ।
सम्भावित संक्रमणको संख्या आँकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले रणनीति तय गरेको छ। कोरोना संक्रमितको उपचारका लागि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरका विभिन्न अस्पतालहरुलाई तोकिएको छ।
‘कोरोना संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निशुल्क गर्ने प्रबन्ध गरेको छ’, ढकालले भने, ‘कोरोना संक्रमण बाहेकका आकष्मिक सेवा र निरन्तर उपचारका क्रममा रहेका बिरामी थप समस्यामा नपरुन् र उनीहरुलाई सर्वसुलभ सेवा प्रवाह होस् भन्नका लागि मन्त्रालय गम्भीर छ।’ त्यस्तो सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन सरकार निरन्तर लागिपरेको ढकालले बताए।
छैटौं टी : टुगेदर
‘कोरोना संक्रमणको यो सम्भावित महामारी रोक्न स्वास्थ्य मन्त्रालय मात्र होइन सिंगो देश नै लागिपरेको छ’, उनले भने, ‘उच्चस्तरीय समितिदेखि लिएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विभिन्न तहमा कमिटी बनाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ।
यसका अतिरिक्त अन्य मन्त्रालयहरु तथा निकायहरुमा समेत विषयगत समितिहरु सक्रिय रहेका ढकालले बताए। यस कार्यमा स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, अत्यावश्यक दैनिक उपभोग्य सामानहरुको व्यवस्था गर्नेहरु, सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा सञ्चारमाध्यम लगायतसबै मिलेर कोरोना भाइरस संग लड्ने नीति रहेको मन्त्री ढकालले जनाएका छन्।
यस संक्रमणको नियन्त्रण र रोकथाममा आवश्यक पर्ने पीपीई, परीक्षणका लागि आवश्यक सामग्री लगायतका अन्य वस्तुहरुको विश्वव्यापी अभाव रहेको ढकालले बताए। ‘महामारीको यो लडाईंमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टीको रणनीति अघि सारिएको छ’, मन्त्री ढकालले भने। थाहाखबर
धादिङ, २९ चैत / मुलुक लकडाउनले ठप्प भएको बेला धादिङको त्रिपुरासुन्दरी गाउँपालिका, वडा नम्बर ३ स्थित मुलपानीमा तस्करहरूले खयरको जंगल सखाप नै हुनेगरी फँडानी गरेका छन्। जंगलमा ठुलो परिणाममा अवैध ढंगबाट खयर कटान भएको छ।
कटान भएको खयर डिभिजन वन कार्यालय धादिङले नियन्त्रणमा लिएको छ। खयर कटान भएको क्षेत्र सव-डिभिजन वन कार्यालय सल्यानटारको भएपनि स्थानीयले कार्यालयकै कर्मचारीको भूमिकामाथि प्रश्न उठाएका छन्। डिभिजन वन कार्यालयलाई अवैध कटान रोकथामका लागि आग्रह गरेका छन्।
त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने मुलपानीको डुँडेखोला र ठूलीबेसी सामुदायिक वनभित्र कटान भएको ६८० क्युफिट खयरजातको काठ बरामद भएको डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत लोकनाथ लम्सालले बताएका छन्। बरामद भएको काठ सदरमुकाम ल्याउन लकडाउनको कारण तत्काल असम्भव रहेकाले वन कार्यालयले प्रकृया पुरा गरेर वडाअध्यक्षको रोहबरमा समुदाय र वन उपभोक्ता समितको जिम्मामा गाउँमै काठ राखेको लम्सालले जानकारी दिए।
सामुदायिक वनभित्र खयरको काठ कटान भएको सूचनाका आधारमा सशस्त्र वन रक्षकसहित पुगेको डिभिजन वन कार्यालयको टोलीले काठ नियन्त्रणमा लिएपनि तस्करहरू भने फेला नपरेको जनाएको छ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष लोकेन्द्र थापाले आफ्नो वडाभित्र बिना इजाजत खयर काठ कटान भएको बताएका छन्। बिहीबार वन कार्यालय, वडा अध्यक्ष, उपभोक्ता समिति र स्थानीयवासीको रोहबरमा वन क्षेत्र भित्रबाट अवैध कटान भएको काठ बरामद गरि लक्ष्मण बानियाँ र रामहरि बानियाँको घर छेउमा काठमा नम्बर लगाएर गोदाम गरिएको वडाअध्यक्ष थापाले जानकारी दिए। तस्करीमा संलग्न भएका व्यक्ति जो भएपनि कारवाही हुनुपर्ने वडाअध्यक्ष थापाले माग गरेका छन्।
तस्करहरूले लकडाउनको मौका छोपेर खयर कटान गरेको र यसमा वन उपभोक्ता समिति र वन कार्यालयका कर्मचारीको मिलेमतो हुन सक्ने स्थानीयले आशंका गरेका छन्। लकडाउनको मौका छोपेर भएको खयर कटानमा केही व्यक्तिको भूमिका शंकास्पद देखिएपनि सवुद प्रमाण नपुगेकाले कोही पनि पक्राउ गर्न नसकिएको सहायक वन अधिकृत लम्सालले बताए। कानून विपरित हुने यस्ता अपराधमा जो व्यक्ति संलग्न भएपनि अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याइछाड्ने लम्सालले बताए।
वन संरक्षणको जिम्मा पाएको उपभोक्ता समितिका पदाधिकारीहरूको जवाफ विवादास्पद देखिएकाले वन फँडानीमा संलग्न भएको व्यक्तिसंग समिति परिचित भएको हुन सक्ने केही स्थानीयको दावी छ। माता जलेश्वरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष श्यामबहादुर बानियाँले रूख काट्नका लागि सचिव गणेशवहादुर अधिकारी आफैंले गएर रूख देखाइदिएको वताएका छन्। समितिका सचिव अधिकारीले काट्नेबारे आफूलाई जानकारी नभएको भन्दै पन्छिन खोजेका छन्।
स्थानीय शिव गुभाजुको नाममा रहेको खेतको खयर काट्ने प्रक्रिया पूरा गरी कागजपत्र बनाएरर सोही कागजको आडमा वनभित्र खयर फँडानी गरेको रहस्य खुलेको छ। गाउँमा खयर काट्ने ठेकेदार आएपछि गोपी बानियाँ र लक्ष्मण गुभाजुले आफ्नो खेतको छेउछाउको रूख समेत आफ्नै लिगपातको हो भनेर केही खयरका रूख ठेकदारलाई बेचेको गाउँलेहरूले बताएका छन्।
फागुन ८ गते भारतबाट नेपाल आएका इन्द्र कँडेललाई वनमा काटिएको खयरको मुढा बोक्ने काममा लगाइएको थियो । तर त्यहीँ काम गरिरहेका अरू कामदारले कँडेल भर्खरै भारतबाट आएको हुँदा कोरोनाको जोखिम हुन सक्ने भन्दै आफूहरूले काम गर्न नसक्ने भनि काम छाडेर हिँडेका थिए। यसपछि खयर फँडानी र तस्करीबारे थाहा लागेको उपभोक्ता हरिमाया अधिकारीले जानकारी दिइन्।
खयरको काठ काट्ने ठेकेदारका रुपमा चिनिएका मित्रबहादुर सारु र मित्रलाल सारु अहिले फरार छन। उनीहरूलाई गाउँमा कसले ल्यायो र अवैध कार्य गर्न उक्सायो भन्ने बारेमा निष्पक्ष छानबिन र दोषि उपर कारवाही हुनुपर्ने स्थानीयको माग छ। थाहाखबर
तुलसीपुर, २०७६ फागुन १० गते / दाङको बेलझुण्डीमा प्रदेश स्तरीय एक्स्पो सुरु भएको छ ।
प्रदेश नं. ५ सरकारको आयोजनामा शनिवारदेखि एक्स्पो सुरु भएको हो । एक्स्पोको उद्घाटनसत्रलाई सम्बोधन गर्दैै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ ले सातवटै प्रदेशको अगुवाई गरेको बताए । ‘ हामीले योजनातर्जुमा गरेर बजेट तर्जुमा गर्न सफल भएका छौं’ उनले भने‘ यो सातवटै प्रदेशमा हामीले मात्रै यो अभ्यास गरेका छौं ।’ प्रदेश नं. ५ लाई मिनी नेपालका रुपमा लिईएको भन्दै उक्त प्रदेशको विकासले नै समग्र मुलुकको विकासमा फड्को मार्ने उनको भनाई थियो ।
उनले प्रदेश सरकार गठन भएको दुई बर्षमा सातवटै प्रदेश भन्दै उत्कृष्ट काम गरेको समेत बताए । साथै प्रदेश नं. ५ का सवै स्थानीय तहरुले अन्य प्रदेशको स्थानीय तहभन्दा उत्कृष्ट काम गरेको समेत बताए । ‘ प्रदेश नं. ५ले सातवटै प्रदेशभन्दा बजेट परिचालनका हिसाबले उत्कृष्ट काम गरेको थियो’ उनले भने‘ प्रदेश नं. ५ भित्रका सबै स्थानीय तहले पनि उत्कृष्ट रुपमा बजेट परिचालन गरेका थिए ।’उनले प्रदेश एक्स्पोले प्रदेश नं. ५ को समृद्धिमा टेवा पु¥याउने समेत बताए ।
‘प्रदेश नं. ५ का १२ वटा जिल्ला मध्ये ६ वटा जिल्ला तराईमा, ५ वटा पहाडमा र एउटा हिमाली क्षेत्रमा पर्छन्’ उनले भने‘ यी सबै जिल्लाको विकासकालागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’
आगामी दिनमा पनि यो गतिलाई थप बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका राख्ने उनको भनाई थियो । उनले प्रदेश नं. ५ को हालको अबस्था, आगामी दिनहरुमा गर्नुपर्ने काम, प्रदेशको कला संस्कृति संरक्षणमा पनि एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
उनले प्रदेश नं ५ मा ४८ वटा कानुन निर्माण भईसकेको समेत बताए । उनले प्रदेश सरकारले कानुनी राज्यालाई स्थापीत गर्ने काम समेत गरेको बताए । प्रदेश नं. ५ को प्रशासनलाई व्यबस्थित बनाउनकालागि प्रशासनीयक फाउन्डेशन बनाउने समेत सफल भएको बताए । यसले प्रशासनीयक काम गर्न कुनै कठीनाई नहुँने समेत उनको भनाई थियो ।
प्रदेश नं. ५ का आन्तरिक तथा कानुनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मन्त्री केसीले यो कार्यक्रमले जनता र सरकारलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले स्वागत मन्तब्य ब्यक्त गर्दै दाङ दक्षिण एसियाकै ठूलो उपत्यकाभित्र पर्ने भएकाले यहाँ हरेक हिसाबले उत्तम जिल्ला भएको बताए । एक्स्पोमा प्रदेश नं. ५ का सवै जिल्लाले आफ्नो पहिचान झल्किने झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए । एक्स्पो तीन दिनसम्म चल्ने छ । प्रदेश नं. ५ ले स्थापना दिसवको अवसरमा १२ गतेसम्म यो कार्यक्रम गर्ने भएको हो । Tulsipur Online